कविता : प्रीति रोपूँ म पल्पल

~कलानिधि दाहाल~Kalanidhi Dahal

न जानी पाइला चाले चल्न सक्तैन जीवनी
दुःखको गहिरो गर्त भित्र यो घुम्छ फन्फनी ।
तातो तनावले पोल्छ पानीभित्र पसे पनि
छट्पटीले सधैँ घोच्छ फूलमाथि बसे पनि ।

कहाँ यो पिल्पिले पीडा कहाँ उदात्त कल्पना
कहाँ यी जनका घाउ कहाँ ती मनका मुना ।
कहाँ लहरको चर्को नित्य निनादनादका
कहाँ ती हरिया झोक्का पिउने स्वादस्वादका ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्तर चाहना

~श्याम दाहाल~

मेरो चेतनाले जान अराउँथ्यो र म प्रायः गइरहने गर्थेँ, उहाँ । परिवारका सबै जना आ-आˆना सुरमा छरिँदै जाँदा संयोगले एक दिन त भार्गवीसँग पो भेट हुन पुग्यो । घाम तापेर चकमन्न आˆनै मनभित्र अल्मलिएर डुबेकी रहिछन् उनी । झस्केर उठिन् र उनकै ईशाराले त्यहीँ राखेको अर्को कुर्सीमा बसेँ । उनी भित्रकी भार्गवीलाई छुट्टै राम्ररी बुझेको थिइनँ मैले । मसँग भित्री इच्छा र आशा पस्किने मौका पो कुरिरहेकी रहिछन् उनले । विस्तारै-असाद्धे राम्रो लाग्ने, असल लाग्ने कुरालाई मोडेर भित्रभित्रै खुब माया लाग्ने सङ्केत गरेर उनले त मसँग विवाहको यो आशा लुकाएर राखेकी रहिछन् । त्यो क्रमशः पोखिन आइपुग्यो उनले । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बेमौसम

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

हरियाली काखमा
निक्लँदो बैशाखमा
पर्छ हिऊँ भने त
अवाक्, म के भनूँ ?
**
बसन्ती साँझमा
धुपको यो माझमा
चर्छ हिउँद भने त
अलमल्ल, म के गरुँ ?
** Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाच्नुको पिडा

~शेर्पीनी कान्छी ‘निम’~Sherpini Kanchi 'Neem Sherpa'

मर्नु भन्दा सहेर बाच्नुको पिडा ।
आशु लुकाई याहा हास्नुको पिडा।।

कस्ले सुन्छ अधुरो प्रेम कहानी ।
गुलाफ सग्ग दिल साट्नुको पिडा।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : छुवाछूत सबै मिली हटाऊँ

~गोविन्द पुन ‘गिरीश’~gobinda-pun-girish

भेदभाव र छुवाछूत सबै मिली हटाऊँ
कुरीति र कुसंस्कारलाई बिदा गरी पठाऊँ

काटे रगत सबको रातो केही छैन अन्तर
अन्धकार र अन्धविश्वास समाजबाट घटाऊँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : कालो चश्मा

~मातृका पोखरेल~Matrika Pokhrel

बाहिरको वातावरणबाट भित्र पस्नेबित्तिकै एउटा सानो डम्पिङ साइडमा गएजस्तो याद आउँछ । चिसोले भित्ताहरूमा लेउले बनेका धर्साहरू देखिन्छन् । वर्षौँअघि बिछ्याइएका कोरियन कार्पेटहरूमा पत्रैपत्र धूलो जमेको छ । धूलो र फोहोरमा भुइँबाट आएको चिस्यानले एक प्रकारको दुर्गन्धको सृष्टि हुनु स्वाभाविकै थियो ।

म भरखरै मात्र कार्यालयको कोठामा प्रवेश गरेको थिएँ । पहिले पहिले भन्दा दुर्गन्ध अझ बढेको जस्तो महसुस भयो मलाई आज ।

“तँ त साँच्चै जागिरे भइछस् यार ! यस्ता कामहरू छाड्दे बुझिस् !” मेरो कोठामा पस्नेबित्तिकै कुबेरले भनेको कुराले मलाई झनक्क रिस उठेको थियो ।

“के अफिसको काम गरेको भन्ने ठान्या छस् ! ” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यथार्थ

~सौरभ कार्की~Saurav Karki

परबाट आयो
हावाको एक झोंका
त्यहीँबाट उदायो
एक टुक्रा घाम

अनि म रङ्गिए सातै रङमा
सायद सदियौंदेखि
म यहाँ उभिनुको अर्थ यही थियो ।

छि !
हेर त त्यहाँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक : तिमी र म

~ए.पी. सुमन~A P Suman

म बेचिएँ तिम्रो प्रेमको नगरमा,
जुवाको दाउमा, कवाडीको भाउमा,
मेरा रहरहरू बेचिए, चाहनाहरू बेचिए,
तिमीलाई माया गर्ने, वाहानाहरू बेचिए,
बेचिए मैले तोडेका आदर्शहरू,
जो वर्षौ पहिले शहिद भएका थिए,
बेचिए तिम्ले छोडेका स्पर्शहरू,
जो वर्षौ पहिले कैद भएका थिए,
यी धमिनीहरूभित्र, शिराहरूभित्र,
मुटुका प्रत्येक चिराहरूभित्र…। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : के गरुँ

~सुरेन्द्र देवकोटा ~

मनमा गहिरो, चोट छ के गरुँ
नफूल्ने नफल्ने, बोट छ के गरुँ ।

रहर त छ नि, छलाङ मारौं भन्ने
कुर्सीमा पुरानै, कोट छ के गरुँ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : लुक्न चाहन्न

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

आफैंलाई छल्दै व्यर्थै लुक्न चाहन्न
स्वाभिमानी बन्धक राखी झुक्न चाहन्न

आफ्नो स्वार्थ पूरा गर्न जिन्दगीमा
बेचिएर अहँ कहिल्यै चुक्न चाहन्न Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : प्यारो छ नेपाल

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

धान र गहुँ तराईमा झुल्ने प्यारो छ नेपाल
पहाडी पाखा गुराँस फुल्ने प्यारो छ नेपाल

मोती झैँ लहर मिलेका पंति स्वच्छ र कन्चन
चाँदनी जस्तै हिमाल खुल्ने प्यारो छ नेपाल Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : अनायासै रोएँ आज

~सुमन कार्की~

रुन्न भन्थें उनको यादमा अनायासै रोएँ आज
छुन्न भन्थें उनको तस्वीर अनायासै छोएँ आज

चोखो माया मैले गर्दा उनले छोडिन् साथ
आफ्नो स्वार्थ पूरा गरी उनले मारिन् लात
लिन्न भन्थें उनको नाम अनयासै लिएँ आज Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सपनाका हत्याराहरू

~जीवन क्षेत्री~Jiwan Kshetry

सपनाका हत्याराहरू
हरपल छुरी उज्याइरहेछन्
अँध्यारोको एकछेउ
बुनिरहेछन् कपटको धागो
अर्को छेउ घुमाइरहेछन्
षड्यन्त्रको भीमकाय चर्खा
अँध्यारोको एक छत्र साम्राज्य बनाउन
कोही बनाउँदैछन् बस्तीसम्म
अँध्यारो गल्ली
कालोलाई सेतो र सेतोलाई कालो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : म पहाडकी छोरी

~अतित मुखिया~Atit Mukhiya

हिमाल झैं गोरी म पहाडकी छोरी
फुलीदिनछ गुराँश पनि मेरै रंग चोरी

मैले औंलाचाल्दा झुल्छन धानकाबाला
मैले हाँस्दा फुल्छन खोरियामा तोरी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीलाई सम्झिरहें

~रामगोपाल ‘आशुतोष’~Ramgopal Ashutosh

भुल्ने एक बहानामा तिमीलाई सम्झिरहें
फुल्ने एक बहानामा तिमीलाई सम्झिरहें ।।

छातीभरि वेदनाका छालहरू छचल्किँदा
घुल्ने एक बहानामा तिमीलाई सम्झिरहें ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : समता

~रेखा लोहोरुङ राई~

तिमी मात्र एक्लो हैन, निरा
आकाशमा हेर त
रातभरि जून एक्लै
दिनभरि घाम एक्लै
सदियौं देखि
पृथ्वी पनि त
एक्लै नै हो नि ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हिँडिरहेछु

~जीवन अर्याल~

यात्री हुँ यात्रामा सवार हिँडिरहेछु
चल्नु नै जिन्दगीको सार हिँडिरहेछु

छिचोलिए हजार यात्रा बस्तीहरुमा
कुल्चेर नदीका किनार हिँडिरहेछु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : गुर्खाज युद्ध बहादुरी र बेलायती खप्लेटो पेन्सन

~जेकी चाप्चा राई~

हाम्रो कोक्पाहरु, बाउहरु, दाजुहरु
तन्नेरी गुर्खाज–लाहुरे हुँदा,
बेलायती राजमुकुट र झण्डाहरुको लागि,
भोक थामेर परेड खेलेको छ
भोकै युद्ध लडेको छ ।

त्जभ दचबखभकत या तजभ दचबखभ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : हामी साना नानीले

~गौतम ‘उदय’~Gautam 'Uday'

धेरै माया गर्नु हुन्छ, मम्मी अनि ड्याडीले
सधै ज्ञानी बन्नु पर्छ, हामी साना नानीले
नानीहरु भएको, घरै रमाइलो
बनाउँछौं परिवारको, मनै रमाइलो ।

हामीहरु स्कूल जाँदा, मम्मी घरमा बस्नु हुन्छ Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : “अन्तिम कोशेली”गिरिजालाई

~आचार्य प्रभा~acharya Prabha

एउटा हस्ती अनी
राजनीतिक धरोहरको
समापन …….
आखिर पेवा न हो मृत्‍यु
कहाँ रोक्न र छेक्न
सक्थ्यो र? सम्बेदना र
मायाका पर्खालहरुले
त्यसैले उ निभेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सुनें ! बुझें ! भन्थिस् माइला

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

अभिनन्दन मञ्चनमा, सुनें ! बुझें ! भन्थिस् माइला
सेना पुलिस जम्मा गरी, समर्थक गन्थिस् माइला ।।

देखिस् तेरा मान्छेहरू, कति रैछन् सडकमा
स्वतन्त्रता दिन भन्दा, ठस्ठसी कन्थिस् माइला ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : निसन्तान आमाको सन्तान हामी

~सरोज पंहाङगो लिम्बू~Saroj Panghanggo

अहिले पनि
उस्तै लाग्छ,
हाँस्दै, रमाउँदै
खेलेको– ‘त्यो काख’
लुछा–चुँडी गर्दै
तानेका लेम्टा
र लुटुपुटु भै–
बिछ्याइएका गुन्युका थाङ्नाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हिमाल छ म सँग

~लोक राज भट्ट~Lok Raj Bhatta

चाँदीको मुकुट पहिरीएको, हिमाल छ म सँग,
कस्तुरी र डाँफे सँगै, मुनाल छ म सँग।

एकताको मन्दिरमा, अगरबत्ति बाल्ने,
बिबिध भाषा संस्कृतिको, चाल छ म सँग। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : क्षणिक चरा

~नारायणी पौडेल खनाल~narayani-poudel-khanal

निष्ठावान शिवराम गुरुले आफ्नो एक्लो छोरा पिताम्बरलाई संस्कृत–अंग्रेजी दुवै पढाएका थिए । जन्मेदेखि व्रतबन्ध नगरुन्जेल पालेको कपाल काट्दा लामो भएको टुपी, निधारमा बुबाले पूजा सकेपछि धर्का काटेको चन्दन, देख्दा साना पण्डित पिताम्बरलाई सबैले जिस्काउँथे । छोरालाई लिएर शिवराम गुरु रुद्री, सत्य नारायण पूजा गराउन सबेरै जजमानकोमा जान्थे । आजभोलि गर्दै छोराले पनि काम सिकिसकेका थिए । पिताम्बरको कामको कदर गर्नेभन्दा पिते बाजे र टुपी बाजे भनेर जिस्काउने धेरै थिए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : एउटा युग, एउटा इतिहास

~अशेष मल्ल~ashesh-malla

अहिलेझैँ थिएन, त्यसबेलाको साहित्यिक वातावरण । एउटा कविले अर्को कविलाई नचिन्ने प्रश्नै उठ्दैनथ्यो । थोरै जनसंख्या, थोरै साहित्यकार सायद एउटै परविारझैँ लाग्थ्यो । मैले काठमाडौँ प्रवेश गरेको त्यो ‘३० को प्रारम्भिक वर्ष । भूपीका विद्रोही कविताहरू, सरल र सम्प्रेषणीय कविताको एउटा धार अनि मोहन कोइराला प्रवृत्तिको अर्को धार । ‘३० को प्रारम्भिक वर्ष जब हामी युवा कविहरू कवितामा सक्रिय हुन खोजिरहेका थियौँ, हामीलाई भूपीको धारले छोयो । तत्कालीन पञ्चायती प्रणालीले उब्याएको विद्रोही भाव, केवल त्यही असन्तोष, पीडा र सकसले निम्त्याएका अनुभूतिहरू कविताका विषय हुन्थे । अमूर्त प्रस्तुतिभन्दा अलि भिन्नै हाम्रा कविताका प्रस्तुतिहरूले हामीलाई ह्वात्तै परििचत गरायो तत्कालीन साहित्यिक माहोलमा । लगातारको साहित्यिक जमघटले लाग्थ्यो, एउटा सिंगो परविार थियो साहित्यकारहरूको । र, अहिले सम्झन्छु, कवि केदारमान व्यथित जो त्यसबेला हाम्रालागि कविताको सिंगो हिमाल थिए । जीवन्त व्यक्तित्व उनका कविताका मूल्यांकन गर्ने समालोचकहरू छन्, मेरो विषय त्यो होइन । अहिले मैले सम्झन खोजेको प्रसंग बेग्लै छ । बेग्लै यस अर्थमा कि उनी त्यसबेलाका हामीजस्ता युवा कविहरूका लागि एउटा बलियो प्रेरणा दिने व्यक्तित्वका रूपमा चिनिन्थे । अनायास उनलाई नै सम्झनु पर्ने Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : माया गरेको मान्छे

~मीना पुमा राई~mina-puma-rai

म त सधैं तिमीलाई चोखो माया गरेको मान्छे
तिम्लाई खुसी मिल्छ भनी आफैँ मरेको मान्छे

बहाना गरी मायाको झेल गरेर रुवायौ फेरि
विश्वासको नाटक गरी खेल गरेर रुवायौ फेरि
अब कैले रुन्न भन्थे दिलमा चोट परेको मान्छे Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : मैनबत्ती र खुकुरी

~विपुल सिजापती~Bipul Sijapati

‘अझै यो डाँडा छिचोल्नु पर्छ ।’

‘यसपछि पनि दुईवटा डाँडा नाघेपछि बल्ल … ।’

‘बाटो लामो भएन र ?’

‘यस्तै हो बाटो, अलि उबडखाबड नै छ ।’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सौम्य क्रोध

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

क्रोध,
मैले सालीन र सौम्य क्रोध देखाँए ।
मेरो उर्जाशील अङ्गहरु चलाएँ
बुझनेले बिस्तारै कठोर भने
तर,
सिक्काहरु उछालेर हरेक पाटोहरुलाई
एकएक गरेर नियाले
मैले भबिष्य संग दाँजे ।
मेरो पिरोलीएको छाँयालाई फिजाँए ।
उसको बाहुपासमा
मैले जान संधष्र्ष गरे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पत्रकारको डायरीबाट

~नवराज खतिवडा~

प्यारी लक्ष्मी
जीवनभरको सम्झना!

तिमीलाई मेरा दैनिकी त्यहीँ आएर बताउने छु। यो अभागी मोफसल, यी दुर्गम जिल्ला, अत्यास र आस अनि जीवन-मृत्युको दोसाँधमा ‘जीवनजस्तो बोझिलो भारी’ बोकेर बाँचिरहेका यहाँका मानिस, बम-बारुदले विद्रोही र सुराकीका नाममा जीवनबाटै छुटकारा पाउनुपर्ने मानिसका कथा त्यहीँ आएर बताउने छु। हामी पत्रकारसँग यो दूरदराजमा कलमबाहेक के नै हतियार छ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘चुली’ भित्रको चुल्याइ

~रुपकेशरी उलक~book cover - Chuli - Sarubhakta

असारे झरीसँगै चियाको चुस्कीहरूको साथमा उपन्यासकार सरुभक्तको लघु उपन्यास ‘चुली’ पल्टाउँदै गर्दा मैले धेरैपल्ट हिमचुलीहरूको कल्पना गरें, सँगसँगै सरुभक्तभित्रको लेखन चुलीको आनन्द लिएँ।

हिमाल चढाइमै मात्र सीमित राखेर ‘चुली’ लाई हेर्ने हो भने एकथअजययिनष्अब भााभअत का रुपमा यसले हिमालको चिस्याइका कारण शरीरमा उब्जिने काँडे तरङ्गमात्र उब्ज्याउला तर समग्र जीवनको चुलीलाई गम्न सके प्रत्येक पाठक मन तरङ्गित नपारी यसले छोड्दैन।

‘हिमालमा जोखिमहरू हुन्छन्। जीवनमा हिमालहरू हुन्छन्। जीवन भनेको जोखिमहरूको एक सुन्दर कविता Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : नारी आफूलाई पढ

~वैरागी जेठा~bairagi-jetha

अपाङ्ग राज्यमा
आठमार्च मनाइरहँदा
पुन्टिको सत्वहरू गाउँदै
सेतीलाई नियाली रहेछु
पढ्न नसकेका अक्षरहरूमा
युद्धको अनुभव गर्दै
मानव सभ्यताको संघार भित्र छिरेको छु
यति वेला
डोल्पाको डिहीमा बसेर
पुन्टी रोकायको
बृत्तचित्र कोरिरहेछु
क्रान्तिको सत्वहरू छैनन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जिन्दगी यत्ति भए पुग्छ

~जे. सागर~

भयो दुख्यो जिन्दगानी यत्ति भए पुग्छ
कति सहुँ यो हैरानी यत्ति भए पुग्छ ।

काम, नाम, दाम देलास् आशा छैन सरकार,
छिटो गर्दे राहदानी यत्ति भए पुग्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment