कविता : बेमौसम

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

हरियाली काखमा
निक्लँदो बैशाखमा
पर्छ हिऊँ भने त
अवाक्, म के भनूँ ?
**
बसन्ती साँझमा
धुपको यो माझमा
चर्छ हिउँद भने त
अलमल्ल, म के गरुँ ?
**
शरद फाँडेर
नियति बाँडेर
चल्छ भेल भने त
नि:शब्द, म के भनूँ ?
**
मंसिर मोडेर
लगन त्यो छोडेर
सर्छ प्रीत भने त
पुषलाई म, प्रश्न के गरुँ ?
**
चन्द्रको रातमा
खुशीको खातमा
टर्छ नीद भने त
विवश, म के बनूँ ?
**
सदाको साटोमा
बिरानो बाटोमा
झर्छ दिन भने त
असमञ्जस, म के गरुँ ?
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.