गजल : चकित छु अहिले

~राबत~rabat

यो जमघट देखेर चकित छु अहिले
आफ्नै दुश्मनहरूको मीत छु अहिले ।

जब ढोका हालेँ, घरमै त्रसित थिएँ
ढोका फालेदेखि सुरक्षित छु अहिले । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : परिवर्तन

~सुनील पुरी~

कुनै युग
यो देशमा धर्मग्रन्थकै श्लोकहरू
मार्गदर्शक थिए, महावाणी थिए
चेतना र सभ्यताको स्रोत
तिनै सीमित धर्मग्रन्थ थिए

यो विज्ञान युगमा
ज्ञान र चेतनाको स्रोत बढिरहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माग

~अनमोलमणि~Anmolmani

गोलीले छिनेको मेरो खुट्टो फिर्ता देऊ
छर्राले चुँडाएको मेरो दाहिने हात फिर्ता देऊ
फिर्ता देऊ मलाई
कैयन् दिनसम्म झ्ण्डा ओढेर सुतेको मेरो फराकिलो छाती
जहाँ टाउको अड्याएर रोएकी थिई मेरी मायालु
भिजाएकी थिई मेरो छातीको फाँट, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : नेपाल भोट

~कुन्द दीक्षित~kunda-dixit

हाम्रो देशको भौगोलिक विविधताको बखान गर्दै नेपाललाई जहिले पनि हिमाल, पहाड र तराईले बनेको मुलुक भनिन्छ। तर, यसो भन्दा हिमालपारिका जिल्लाहरू हुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङले ओगटेको नेपालको लगभग एकचौथाइ भूभाग समेटिंदैन। भौगोलिक विकटता र थोरै जनसंख्याले होला हामी तिनलाई हिमालमै गाभिदिन्छौं, जबकि त्यहाँको धर्म, संस्कृति, भेषभुषा, रीतिरिवाज, प्रकृति र हावापानी हिमालवारिको भन्दा बेग्लै छ। गोर्खा, रसुवा, दोलखा, खुम्बु, ताप्लेजुङका केही भाग पनि यस्तै छन्। यस्ता छुट्टै विशेषताका कारण यी क्षेत्रको भिन्दै भौगोलिक नामकरण गर्नुपर्ने देखिन्छ।

अंग्रेजीमा यो क्षेत्रलाई ‘ट्रान्स–हिमालय’भनिन्छ। त्यस हिसाबले नेपालीमा ‘हिमालपार’ भने हुन्थ्यो, तर मुस्ताङ र मनाङका बासिन्दाको दृष्टिमा दक्षिण नेपाल ‘हिमालपार’ हुन्छ। बरु ‘नेपाल भोट’ भन्दा यो भेगको तिब्बतसँगको Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मीठो उच्छ्वास भर्दै

~आचार्य प्रभा~acharya Prabha

मीठो उच्छ्वास भर्दै जब तिमी आयौ समिप
म्रीगत्रीष्णा बोकेर पुगेँ म पनि तिमी नजिक …………..

बढेथ्यो ढुक्ढुकी मुटुको लौन कस्तो बेगले
सताएथ्यो हामी दुवैलाई माया नामको रोगले ……….. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : तृष्णा

~हरिकृष्ण काफ्ले~

पुग्न कहाँसम्म होला, कहाँबाट आउँदैछ?
अघि बढ्ने प्रेरणा कहाँबाट पाउँदैछ?
अरू कति जीवन खोलाबाट तिर्खा मेट्छन्, Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : कलाकार चन्द्रको सपना

~श्रवण मुकारुङ~Shrawan Mukarung

पृथ्वीनारायण शाहको सैनिक भएर
युद्ध लडेका जाबर शेख
र उसको सन्तान–
रियाद शेखको अग्लो तर पुरानो घर
र त्यसको भुईंतलाको आधा अँध्यारो छिँडीमा
प्रथम किराती राजा यलम्बरको एक थोपा खुन
कलाकार चन्द्र रानाहँछा
जग्गा दलालको नयाँ गाडीको नम्बरप्लेट
आईएनजीओको साइनबोर्ड
वाईसिएल, युथफोर्स र तरुण दलको ब्यानर
जातीय संस्थाका लोगो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँच्ने आत दह्रो छैन

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

कति दयनीय जीवन, बाँच्ने आत दह्रो छैन
निर्लज्ज भै उभिन नि, टाउको धन्ने जरो छैन ।।

दैवको नै नियतिले, हान्यो लात कति रुखो
दुनियाका महल हुँदा, ऊ ओत्ने टहरो छैन ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : दशैं

~बद्री पौडेल~

सोचेथें प्रत्येक दशैंमा नेपाल जाउँला
बुढा बाआमाको हातबाट टीका लाउँला
हरियोपत्ताको लोभी मनले जाने आँट गरेन
बाबुआमा मरेर गए पत्तो हातमा परेन Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

गजल : छले पनि गै´ हाल्छ्यौ

~बासुदेव बुढाथोकी ‘सागर’~ Basudev Budhathoki 'Sagar'

नियतिले छल्दै छ, छले पनि गै´ हाल्छ्यौ,
छाती मेरो जल्दै छ, जले पनि गै´ हाल्छ्यौ ।

तिमीसितै जाने छन् मेरा हाँस्ने बहाना,
आँसु मात्रै जुनीभर फले पनि गै´ हाल्छ्यौ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सालपते फट्याङ्ग्रोलाई

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
चिल्लो ताजा हरियो सुन्दर
सालको नकली पात !
दुरुस्त रेखा, धर्सा, शिरा छन् !
विशालताका साल विपिनको
तरु शाखाको ए सुन्दर पतङ्ग !
अभिनवजात !

ख.
रुपकी माउ, इच्छाशक्ति,
जादूगर्नी खासा ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : गोविन्द वर्तमान

~राजव~

गोविन्द अधिकारी ‘गोविन्द वर्तमान’ (२ चैत २०१७ – ५ कात्तिक २०६९) भएको खाली सोख र फेसनको कुराGobinda Adhikari 'Bartaman'_1 थिएन। यो नामबाट नेपाली साहित्यमा सार्थक हस्तक्षेप गर्नुथियो, उनलाई। उनको काव्यकर्म कवि हुने सोखबाट मात्र प्रेरित थिएन। निरंकुश राजनीति र त्यसले सिर्जना गरेको सामाजिक, सांस्कृतिक, साहित्यिक जडताविरुद्ध प्रतिकारपूर्ण काव्यात्मक हस्तक्षेप चाहन्थे, उनी। उनका लागि हरेक हस्तक्षेपकारी कवि र तिनका जुझारु कविता प्रिय थिए। उनले लेखे पनिः

म असाध्यै माया गर्छु Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

कविता : शब्द फूल

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

नचिने नि
आज चिनेर तिमीलाई
नबुझे नि
आज बुझे झैं तिमीलाई
स्वागतको
यो एक शब्द फूल।
**
बिर्सिए नि
आज संझेर तिमीलाई
ओइलिए नि
आज सजल तिमीलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रापितकाल

~विप्लव प्रतीक~ biplav-prateek

तुइनले काटिएको डुंडो हात लिएर
राजमार्ग पारि नदीले बारेको गाउँबाट
नियाल्दै बसेकी छ एउटी किशोरी
पर्यटक घुमाउन हिंडेको चम्किलो बसलाई।

परिवारले काढेको ऋण तिर्न
अब पर्दैन जानु अरूको खोपीमा
घरकै सुरक्षा घेराभित्र,
कुलीन कहलाइनेहरूको बाहुपाशमा
किचीमिची हुन पाउँछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बडा दशैं

~प्रविण अर्याल~pravin-aryal

छन्द : शार्दूलविक्रीडित

आयो हेर बडा दशैं, दश दिशा उल्लास बन्दै गयो ।
हिन्दू मात्र महाँ अपार खुशिको उत्सव् तयारी भयो ।।
राजारंक समान हर्ष विधिले श्री देव माता महाँ ।
सन्तोष् मंगलका निमित्त झगडा छोडेर पुजा महाँ ।।

रम्छन् राज हवस् मनोहर सवै पारेर माता भनी ।
घरघर्मा दिप ज्योति धूप फल्फूल् अर्पेर भक्तै सरी ।।
गर्छन गान सुमंगलै र मनमा साव चोखो लिई ।
आयो हेर दशैं भनेर गदगद् बस्छन् सवै यो घरी ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : लाचार नबन

~रामचन्द्र कार्की~Ram  Chadra Karki

देशका लागि केही गर लाचार नबन,
जन्तालाई दुखी पार्ने समाचार नबन ।

शासन गर्ने पापी भए देश नै डुबाए,
रक्सीसँग खान मिल्ने अचार नबन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : दाऊ दाऊ दाऊ

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

दाऊ दाऊ दाऊ
कलो कलो कलो
च्व् च्व् च्व्…!
तर्सिएका आस्थाका पर्खालहरू
लगलग कामेर आँत्तिदाखेरी
बारम्बार सातो डाकेर खुवाउँदाको हैरानी,
का˜तीच पोइँबो सानेलाई ।
दाऊ दाऊ दाऊ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भन वृन्दा त्यसपछि के भयो !

~साम्ब ढकाल~Samba Dhakal

भन वृन्दा त्यसपछि के भयो ?
पहेँलपुर तोरीबारीमा हावा बयेली खेलिराखेका छन् कि छैनन्
तिमीलाई मैले पठाउने चिठीका अक्षरजस्ता चराहरू
..माथि आकाशमा लामबद्ध उड्छन् कि उड्दैनन्
बाले रुन छाडे कि छाडेनन्
भन वृन्दा त्यसपछि के भयो ?
भाउजू हतप्रभ हुनुहुन्छ कि हुनुहुन्न
घर करेसामा
आँगनमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अमृत फल्ने सञ्जीवनी

~स्मृति ढकाल~

बलिदान माग्दै नियतिले छल्दैछकि जस्तो लाग्छ
नेपालको शिर सगरमाथा ढल्दैछकि जस्तो लाग्छ

रणभूमिमा देखेँथे गोली खाएको बुद्धको लास
बचाउ-बचाउ भन्दै आर्यघाटमा बल्दैछकि जस्तो लाग्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : घनश्यामलाई चिठी

~नेत्रबहादुर कुँवर ‘अशोक’~Netra Bahadur Kuwar 'Ashok'

घनश्याम !
गाउँ रित्तिएको छ
मालीले बोट बिरुवा अन्तै सारेपछि
बगैँचा रित्तए सरि
खाली खाली छ
शून्य शून्य छ
तिमी जन्मिएको गाउँ
तिमीले भन्ने गरेको
तिम्रो प्यारो जन्मभूमि ।
नयाँ समाचार भन्नु पर्छ तिम्रा लागि
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गल्ती भन या भूल गरें

~पुष्पा खनाल~Pushpa Khanal

गल्ती भन या भूल गरें
जे गरें मैले माया गरें
तिमीलाई केवल तिमीलाई

दुई मुटु एउटै बनाउने
पराईलाई आफ्नो भनाउने
सृष्टिको वर हो माया
ईश्वरको घर हो माया Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यासी छ यो मन

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

उदायो घाम
चढेछ बादल
गोधुली साझमा
फर्केर आउलाकी??

जुझ्यो आखामा आँखा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छोड अब कलम बोक्न

~संजु रायमाझी~

छोड कलम बोक तलबार
देसै नभए केको घरबार !

आफ्नो गर आफै रखबार
तोड अब पराइको छेकबार !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मैले बोलाएको हैन

~कृष्ण पौड्याल~

वास्तवमा मैले बोलाएको हैन।
भोली भोली भन्दै भुलाएको हैन॥

थिएन गन्तव्य अधुरो यात्राको।
स्वार्थ पुरा गर्न डुलाएको हैन॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छोक : कवि

~विमला तुम्खेवा~Bimala Tumkhewa

शहरबाट चुपचाप हरायो
हरायो सँगै उसको इतिहास।
त्यस दिनदेखि मैले गीत सुन्न छाडिदिएँ
गाउन थालें आफ्नै गीत।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिजुली निभेको रात

~बसन्त गौतम~Basanta Gautam

अस्तित्वहीनझैं लाग्छ-
डराएर लुकेजस्तो
कसैको कर्कश आदेशमा
लत्रिएर झुकेजस्तो
चारै सूरमा लहर लागेर
विपत्ति र पिडाले ढुकेजस्तो
अन्धकारको भारले थिचिएर
पाईलाहरु रुकेजस्तो,

यो बिजुली निभेको रात Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : थापिरहेछ

~शीतल कादम्बिनी~ Shital Kadambini Gurung

ऊ आशीर्वाद सम्झेर थापिरहेछ
थाहा छैन उसैलाई सरापिरहेछ

खुब फस्टाएको छ प्रेमको व्यापार आजकल
कतै जोखिरहेछ, कतै नापिरहेछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जिन्दगी भरीलाई

~यमूना घिमिरे~

कता कता आजमलाई नरमाइलो लागेछ
समातेर राख्न खोज्छु तरङ्गनै आउछ
धर्तीवारी, धर्तीपारी अन्धकारले छायो
प्रकाश भन्ने प्रतिबिम्व बोलाउदै गयो
अतित लाई लिन खोज्छु बर्तमाननै आउछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

डा. हेमनाथ घिमिरेका एघार हाइकुहरु

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

शीतको थोपा
गुलाफको फूलमा
मेरी प्रेयशी ।

सधैँ हँसिली
लालुपाते फूलेझैँ
मेरी संगिनी । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : आमा

~श्रवण मुकारुङ~Shrawan Mukarung

छोरी!
जब तिमीले जानैपर्ने भयो स्कूल
तिम्रो हात समाउन आयो ऊ
पुर्‍यायो उसले स्कूलको ढोकासम्म
र आफ्नो काँधबाट झिकेर
दियो तिमीलाई झोला र टिफिन।

फर्किने बेला फेरि
पुग्यो ऊ त्यही ढोकामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : बज्जि गणराज्यको अभिनन्दन

~शीतल गिरी~Shital Giri

यादव गोत्रीय राउतहरू शान्त स्वभावका जङ्गली जातिका थिए । उनीहरूको प्राचीन थलो यमुना वा महिष्मती नदीको किनार नै हो ।

बज्जि गणको क्षेत्रफल कति थियो यस कुराले खासै अन्तर पार्दैन, मात्र किम्वदन्ती हो । यसको न गतिलो इतिहास छ, न अन्वेषणको आधार भेट्न सकिएको छ । यो इतिहास नहुँदा समय र घटना नलिए पनि फरक पर्दैन । यो केवल तर्क मात्र हो । पुरानो कुरो लेख्न बस्दा ‘हो’- ‘होइन’ मा अल्झिन हुँदैन । ‘हो-होइन’ मा अल्भिmँदा लेख्नुपर्ने कुरो छुट्न सक्छ । नलेख्नुपर्ने कुरा धेरै लेख्न पुगिन्छ ।

यी दुवैमा द्वन्द्व हुन्छ । आˆनै मनको छट्पटी, निर्णयमा पुग्नु अघिको अवस्था । दुवै एक अर्काका पुरक, सार्थक तर पनि द्वन्द्व हुन्छ । यो कुरो अरूले बुझ्न सक्दैन । वास्तवमा धेरैजस्तो मतभेद शब्दलाई लिएर हुने गर्दछ । व्यवहारको क्षेत्रमा सुविधा के छ भनेर शब्दले त्यहाँ एउटा अर्थ दिन्छ । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : हाँसो चिरेर छाती यो !

~रवि प्राञ्जल~Ravi Pranjal

कसरी देखाऊँ अोठमा हाँसो चिरेर छाती यो !
सिस्नु झैँ पोल्छ दशैँको बेला फूल र पाती यो ।

उस्तै छ घाम उस्तै छ जून उता त्यो शहरमा,
गाउँमा घाम लाग्दैन अचेल कालो छ राती यो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment