कविता : सोल्टिनी र मायाँको रेखा

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

ओ,सोल्टिनी
हामी त मायाँको समानान्तर रेखामा
नजिकिंदै रहेछौ
किनकी हाम्रा दृष्टिहरु
उसरी नै समान भएर फैलिएका रहेछन्
मानौ हामी मायाँको एउटै रेखामा छौं
यदि यसो नहुनु हो भने
हाम्रो अन्तर सम्वन्धको रेखा
हाम्रो प्रेमको रेखा
हाम्रो बिचारको रेखा
हाम्रो जीन्दगीको रेखा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झौता

~टिका भाई ~tika-bhai

१.
सेतो झन्डा बोकेर
आत्मीयहरूको सव बटुल्ने
कारुणिक क्षण।
तिमी हाँस वा रोऊ

असमान सम्झौताको
जुठो गाँस
निल्न खोज वा उगेल्न खोज Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्तर

~डा. कपिलदेव लामिछाने~Dr. Kapil Dev Lamichhane

२०४८-२०४९ तिर
“हजुर मलाई जसरी पनि जागिर चाहियो ।”
“पैसा लाग्छ ।”
“कति ?”
“देऊ दुई लाख ।”
“दुई लाख ?”
“के त ? एक महिनाको कमाइ त हो नि !”
“कोई बात छैन ।”

२०६०-२०६१ तिर Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : कविको जीवन

~आरती पोख्रेल~

त्यो कविता म सुन्दा सुन्दै भक्कानिएँ
स्तब्ध भएँ,
विव्हल भई आँशुका ढिक्काहरुसँगै हराएँ

आफैं सँग प्रश्न तेस्र्याएँ
के कविहरु यसरी नै मर्छन?
मलाई थाहा छै उनी कस्ता थिए?
राम्रो ठम्याई छैन उनी सँग मेरो
तर,
साहित्यको कखरा सिक्तै गरेको मेरो मस्तिष्कले Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो प्रयात हो

~भुवन सुब्बा खरेल~bhuwan-subba-kharel

हिजो र अघिहरू धुवाँको मुस्लो सँगै
अस्पष्ट चित्र बन्दै निरव शून्यता तिर
वरिपरि अब अमूर्त छवि मनहरूमा मात्र
हुनु र थियो वीचको अपरिमित अन्तर
सियोको टुप्पोबाट फैलिँदै विराट सगरको व्यापकता
नाप्दैछ कता हो कता नदेखिने गन्तव्यतिर
अजश्र अश्रुका जँघारहरू व्यर्थ व्यर्थ
रुझ्नु र भिज्नु त अहिलेलाई पो हो त Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : दशैँ यात्राको पीडा – २

~शुभचन्द्र राई ‘सुवास’~Subha Chandra Rai 'Subas'

खै कथाको पन्तुरो कहाँबाट फुकाउँ….? यसपालीको मेरो दशै यात्रा सुनाउँ कि नसुनाउ…..? पोहोर सालको मेरो “दशै यात्राको पीडा” यात्रा संस्मरण माइसंसारमा छापिए पछि आफ्नै घुरेनबारीमा गुरुजीलाई झण्डै घोक्राएको विषयमा पाठकहरुबाट हुन सम्मको खप्की खाए पछि थुक्क कुन दिनमा यस्तो संस्मरण लेखिएछ भन्ने लागिरह्यो। एउटा सानो नकरात्मकताले लेखको सम्पूर्ण सकरात्मकतालाई नै स्वाट्टै ओझ्यालमा पार्‍यो। मेरो संस्मरणको मुल मर्मलाई ख्वात्तै मार्‍यो। मैले सम्बन्धित पक्षलाई दिन खोजेको सन्देशलाई ह्वात्तै तल झार्‍यो। मैले आफैलाई नै लोप्पा ख्वाएँ इस्….तेरो लेख। Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : लासको बिस्कुुन

~केशव सिलवाल ~keshab-silwal

सजाएर राखिएको छ लहरै
लासको बिस्कुुन
बिल्कुुल त्यसरी नै
जसरी सजाएर राखिन्छन् सोकेसमा
‘टोकन अफ लभ’हरू
जसरी सजाएर राखिन्छन् बारमा
हार लगाएर रक्सीका बोतलहरू
जसरी भाँती पुुर्या‍एर सजाइन्छन् भित्तामा
खुुसीका तक्माहरू
एकदम ताजा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भैया

~अनन्त वाग्ले~ananta-wagle

तपाईं ज्ञान र सूचनाले भरिएपछि
कुनामा थुपारेका अखबार लिन आएको म
तपाईं फिलिली हुँदा थुप्रिएका बोतल बटुल्न आएको म
र पुराना अखबारमा जब देख्छु,
काठको बाकसमा मोरिएका तपाईंका भाइभतिज
बोतल उठाउँदा उठाउँदै सम्झन्छु
ओखती नपाएर घिटघिट गाउँले
र म आँसु पुस्छु यही धोतीले
जे सम्बोधन मैले पाएको छु Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : …त्यसपछि दसैंबाट दसैं हरायो

~नीलम कार्की निहारिका~Neelam Karki Niharika

२०५६ साल, मध्यरात भएको हुँदो हो । बाहिर ठूलो होहल्ला सुनियो । जुलुस नै आएजस्तो हिँडाइ । झ्यालढोका लगाएर सुतेकाहरू पनि राम्ररी निदाउन नसक्ने असुरक्षित समय थियो । कारण भूमिगत युद्धमा थियो देश । हाम्रो घर बर्दियाको सिताला बजारमा थियो । केही अघिसम्म अलि भित्री गाउँमा थियो । हामी बजारमा सरेको धेरै भएको थिएन । घरमा तलका दुई कोठा र त्यसमाथिका दुई कोठामात्र उभिएको थियो ।

सायद सुरक्षाकै कारण तलका कोठा बनाइनसकी सुत्नका निम्ति बाबाले माथिका कोठा बनाउनुभएको थियो । दाजु देवेन्द्र नेपालगन्ज अस्पतालमा चिकित्सक हुनुहुन्थ्यो, त्यहीँ बस्नुहुन्थ्यो । दिदीको विवाह भइसकेको थियो । उहाँ आफ्नो गृहस्थ जीवनमा हुनुहुन्थ्यो । म काठमाडौं बस्थेँ । रेडियोको करार जागिरे अनि मेडिकल कलेजमा स्टाफ नर्स । एमएडको विद्यार्थी पनि । चाडपर्व र विशेष समयमा मात्र पुग्ने गर्थें बर्दिया । त्यस वर्ष दसैं Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

Satire Poem : The Great Friends

~Jiwan Kshetry~Jiwan Kshetry

In the midday
they kidnapped her.
They had machine guns in shoulders
And dollars in the bag
And they had mask in the face.
They dragged her
In the rough floor of civil war
They disrobed her
Among a large crowd, the whole world
But all others blindfolded
Yes in the midday,
They battered her. Continue reading

Posted in Poem | Tagged | Leave a comment

छन्द कविता : मनको त्यो स्वतन्त्रता

~प्रविण अर्याल~pravin-aryal

छन्द : पञ्चचामर

हैन हैन हुदै हुन्न, भन्छ मन स्वतन्त्र झै ।
अविच्छिन्न महाकाश, मित्रबद्ध भर्इ उसै ।।
तर हुन्छ कुनै अर्को, भनेको त्यो हुदैन झन् ।
हुन्छ हुन्न भनी केही, लछार्दैन स्वतन्त्र मन ।।

सकेको जति कोशिस्ले षड्यन्त्र जति रच्दछ ।
मिलेको जती एेश्वर्य, लुटेंर सुख ढाक्दछ ।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : महाकाव्य लेख… !

~गीता त्रिपाठी~Geeta Tripathi

महाकाव्य लेख कवि, मेरो दुःख टिपी
दुनियाँले बुझेन खै यो आँसुको लिपी !

झेल्दैछु म महाभारत, शकुनिका पासा,
बुझे पनि नबुझे झै कपटका भाषा ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रै आसपासमै छु म

~मिथिला प्याकुरेल~

कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म
छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म ।

छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखा भरी
कहाँ भेट्छौ मलाई, तिमीले फेर्ने हर सासमा छु म । Continue reading

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : चाइना कम्पनी

~सरुभक्त~Sarubhakta

गीतका अनेक परिभाषा होलान्, तर मलाई विद्यार्थीकालमा पीबी शेलीले ‘अड् टु स्काइलार्क’मा अभिव्यक्त गरेको एउटा परिभाषाजन्य वाक्य साह्रै सुन्दर लाग्थ्यो- आवर स्विटेस्ट संग्स आर दोज् द्याट टेल अफ् स्याडेस्ट थट । यो विक्रमाब्द तीस-चालीस दशकको कुरा थियो, पोखराको पीएन क्याम्पसदेखि कीर्तिपुर क्याम्पससम्म विस्तारित । म सरोजगोपाल, अरुण थापा, किरण थापा, विनोद गौचन, विक्रम गुरुङहरूको संगतमा थिएँ ।

कहिलेकाहीँ नाटकको प्रयोजनका लागि र त्यत्तिकै पनि गीत रच्थेँ । गीतरचना मेरो प्राथमिकतामा थिएन ।
कविता, नाटक र रंगकर्म – मेरो प्राथमिकतामा पर्थे । धेरै व्यस्तताबीच थकाइ मार्नझैं गीत रच्ने भएको हुनाले म आफूलाई मध्यान्तरको गीतकार सम्झन्थेँ । पचासको दशकमा ‘स्पेसटाइम’ पत्रिकाको लागि राजकुमार Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : सबै सबै भङ्ग देखे

~अतित मुखिया~Atit Mukhiya

सम्झौता र सर्तहरु सबै सबै भङ्ग देखे
आफन्तकै ब्यवहारमा नौलो रुपरङ्ग देखे

आस्थाका लडाईमा साथ दिन्छु भन्थ्यो जस्ले
उही मित्र भनाउदोलाई शत्रुहरुको सङ्ग देखे Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : युद्ध

~नन्दलाल आचार्य~Nandalal Acharya_1

१)
शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस्
गरिस्, थुप्रै गरिस्
मनमनमा ढ्याङ्ग्रो ठोकिस्
जीवनमा पटकपटक भूकम्प ल्याइस्
सडक तताइस्, न्रि्रा खोसिस्
सपना बाँडिस्, अस्थिर भविष्य दिइस्
थोरै चेतना दिएर ललिपप चटाउँदै
तन, मन, धन लिइस्,
कुनाकन्दराबाट र्समर्थन भेटिस् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनागरिक आवाज

~शशि लिम्बू~

ढालेर बूढो रूख आफैंलाई
होमिदिएँ मैले दावानलमा
र, लगाएर निधारमा
आफ्नै आँसुको विभूति
गरेँ— श्रद्धापूर्वक प्रणाम
धरती उधारेर
उँभो निस्किरहेको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय मान्छे

~ठाकुर बेलवासे~Thakur Belbase

आज पनि छैन
मेरो घरको धुरीमा घामको स्पर्श
मेरो घरको आँगनमा
एउटा आदिम दुःख अग्लिरहेछ
अझ्ै पनि देखिएको छैन
मेरो घरको धुरीमाथिको आकाश
म गर्व गर्छु, म घमण्डले उन्मत्त छु
मैले बाँचेको जीवन, तिमीले मात्र होइन
सम्भवतः कसैले पनि बाँच्न सक्दैनन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दैनिकी

~सरिता तिवारी~Sarita Tiwari

सबेरै उठेर
उघार्नु छ घरका ढोका
बढार्नु छ कसिंगर र धुलो
पुछ्नु छ भुईं
चमक्क चम्किएको भुईं हेर्दै
मुस्कुराउनु छ गृहिणी मुस्कान
सजाउनु छ बैठक
मिलाउनु छ शयनकक्ष
र ओलम्पिकको स्वर्णपदक जित्ने दौडजस्तो
दौडनु छ भान्साको अविदित भूगोलमाथि बिहानभर Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘लू’ उपन्यास: अभाव र सङ्घर्षको कथा

~सञ्जु शिल्पकार~

‘लू’ नयनराज पाण्डेद्वारा लिखित उपन्यास साहित्य साहित्यकै निम्ति लेख्नेहरूको भीडमा ‘लू’ एउटा पृथक परिचय बोकेको उपन्यासभन्दा फरक नपर्ला।book cover - Nayanraj Pandey - Lu

पात्रहरूको सजीव चित्रण र पाठकसँगको भावनाको साइनो जोड्ने कार्यमा लेखक सफल भएका छन्। अभावले चेतना र बुझाइमा तुवाँलोको पर्दा लगाइदिन्छ भन्दा अतिशयोक्ति नहोला। बजरङ्गी त्यस्तै एउटा पात्रको रुपमा पाठकको आँखामा आउँछ। अभाव, गरिबीको भुमरीले मान्छेलाई गलत कार्य गर्न उक्साउन त उक्साउँछ तर गरिबको मन सबैभन्दा बढी विद्रोही पनि हुन्छ। आफ्नो गल्तीलाई महसुस गरेर बजरङ्गीले ‘दिर्जीकामा जान्छु, कट्टु सिलाउन’ भनेको छ। देशलाई माया गर्ने प्रत्येक नेपालीले भारतीय हस्तक्षेपको विरुद्ध बोलिएका यी शब्दहरूलाई अवश्य नै आत्मसात गर्छन्। भारतको निम्ति उसको झण्डा उसको सान मान्नेले नेपालको अस्तित्वमा कुल्चिने आँट गरेको छ। हाम्रो अस्मितालाई नस्वीकार्ने भारतको पाखण्डलाई यस उपन्यासले उजागर गरेको छ।

नेपालीलाई नेपालकै सीमाभित्र, आफ्नै माटोमा एसएसबीका जवानले पिट्छ Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : श्री नन्दीलाई

~विनोदविक्रम केसी~Binod Bikram KC

ए साँढे !
निकाल तेरो पशुपतिनाथलाई बाहिर
म त्यसलाई देखाउन चाहन्छु
मेरो सेप्रो पेट
जहाँ कोरेको छु मैले
त्यसले कल्याण गरिरहेको
देशको मानचित्र
निकाल बाहिर !
भित्र के गरिरहन्छ तेरो पशुपतिनाथ ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आंगनमा दसैं पर्व

~पुरुषोत्तम सुवेदी~Purushotam Subedi

हेंलपुर हुनै थाल्यो गैरी खेतको मनशुली धान हाम्रो ।
मैन खांवो नेरा फेरा मदुस मुनी राखेका जमरा कती राम्रो ।।

पोहोर साल झैं अहिले पनि हजुर बा को हातको टिका लाउने हो ।
पाखा बारीको लिंगे पिङ् मा साथी भाई संग टिका जमरा लगाइ रमाउने हो ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : म दाग भएरै बाँचुला

~गणेश कार्की~Ganesh Karki

तिमी जुन झैं छदै छौ, म दाग भएरै बाँचुला
तिमी बेल लटरम्म, म काग भएरै बाँचुला ।

डसेर घाउ दियौ, माया होला भनी सम्झिरहे
भन्छौ ऐले तिम्ले डस्यौ, लौ नाग भएरै बाँचुला ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : सहयात्री

~रजनी ढकाल~

आकाशमा टाँगिएको क्षितिजसँग

उषामा उदाएको उज्यालोसँग

वनसँगै हाँसिरहेको हरियालीसँग

र घामसँगै फैलिएका किरणहरूसँग

कसरी माग्न मिल्छ मैले Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : साहित्यमा मधेशको संवेदना

~धीरेन्द्र प्रेमर्षि~book-cover-sangor-ramesh-ranjan

“नेपाली साहित्यमा हाम्रो अनुहार छैन” भन्ने मधेशीहरू लू र सङोर पढेर आफ्नो संवेदना चित्रण गर्न आफैं अग्रसर हुन सक्छन्।

तराई–मधेशको सम्पदा र संवेगबाट देशले पर्याप्त लाभ लिइरहे पनि कृतज्ञता प्रकट गर्न कञ्जुस्याईं गरेको अनुभव हुन्छ, राजनीतिमा मात्र हैन सिर्जनामा पनि। यसले गर्दा नेपाली साहित्यमा मधेशीको हार्दिकता पाउन कठिन भएको छ। यही असंगत परिस्थितिबीच २०६९ मा आएका एकाध कृतिमा मधेश–मधेशीको स्पन्दन अनुभव गर्न सकिन्छ। नयनराज पाण्डेको लू र रमेश रञ्जनको सङोर ले मधेशको मर्म छाम्ने, भावना केलाउने र घाउ सुम्सुम्याउँदै खिल निकाल्ने यत्न गरेका छन्।

मैथिली उपन्यास सङोर ले मधेश आन्दोलनपछि आम मधेशीमा बढेको आत्मविश्वास, उपलब्धि र त्योसँगै झ्ाङ्गिएका विकृतिलाई मिहिन रूपमा केलाएको छ। रञ्जनले ‘सर्च फर कमन ग्राउण्ड’ र ‘नयाँ संसार’ नामक Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : हतारका यी मान्छे

~योगेश ढकाल~ Yogesh Dhakal

यी मान्छे,
भेटिंदा पनि हतारमा छन्
छुट्टिंदा पनि हतारमा छन्
भोजमा पनि हतारमा हुन्छन्
मेलामा पनि हतारमा हुन्छन्
सातु पनि छैन
साथ पनि छैन।

न पाइलाहरूको बाटो छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : मेरिल्याण्डका उडुस

~युवराज नयाँघरे~Yubaraj Nayaghare

उडुसको खानीमै परिएछ— सोफा, ओछ्यान, कुर्सी, टेबुल, चकटी जताततै उडुसको सिलिङबिलिङ, दिनरात उडुसकै चर्चा !

अपार्टमेन्ट नम्बर ६१२ मा बसेकै दिनदेखि शरीरभरि डाबर देखियो । राति ग्यास स्टेसनमा काम गर्ने कुइरे बूढा उज्यालो खसिनसक्तै आइसक्थे । कामविहीन म वरपरका चिनारुकहाँ जान्थेँ, इमेल चेक गर्थें, घरकुरुवा हुने नै भइयो । मूल कोठाको दक्षिणी भित्तामा कालो रङको लामो सोफा थियो । एक मध्यान्ह त्यसमै निदाएछु, बिउँझ्दा त कुहिनाभरि डाबरै–डाबर ! कन्याउँदा कन्याउँदै डाबरहरू झ्न् सप्रिए । नुहाई–धुवाईले पनि केही लागेन । जीउमा अन्त पनि सरे जस्तो भयो । Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : अरुले नै किन्न लागे

~बद्रि चम्लागाई~

हेर आज नेपाललाई अरुले नै किन्न लागे
सिमानाका खम्बाहरु आज सबै छिन्न लागे

बाहिर -बाहिर माया गर्ने नेपालका सन्तान हरु
भित्र- भित्र देस बेची अन्त कतै हिड्न लागे Continue reading

Posted in गजल | Tagged | Leave a comment

थारू भाषी मुक्तक : ख्वाजल बाटु

~राम पछलदङग्याँ अनुरागि~ram-pachaldangya-anuragi

पह्रल लिखल निपतीत लाती ख्वाजल बाटु
मनक पिर दुख बुझ्ना छाती ख्वाजल बाटु
संघ मुना संघ जीना सहारा जिन्दगी भर Continue reading

Posted in थारू मुक्तक | Tagged | Leave a comment

गजल : हिड्ने बाटो

~नवराज योन्जन~ Nabaraj Yonjan

उसले रचना कोर्दाकोर्दै, शब्दहरु फोरेको थियो |
काहिँ भाव लुकेका थिए, ल्याएर जोडेको थियो ||

समय र परिस्थिति संगसंगै ,बगेका मषीहरुले
सम्पूर्ण जीवन जोड्दै, कुविचार तोडेको थियो || Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : एउटा कथा

~अभागी कान्छा गाउँले~Abhagi Kancha Gaule

जिन्दगीको एउटा कथा, लेख्दै थिए आज !
हर अक्षरमा उनैलाई, देख्दै थिए आज !!

शब्द-शब्द लेख्दै गए, नयनलाई रुझाई
सपनीमा उनकै बाटो, छेक्दै थिए आज !! Continue reading

Posted in गजल | Tagged | Leave a comment

पत्र कथा : हजुरआमाको चिट्ठी

~सुजाता ढुङ्गेल~

मिती: अक्टोबर १७, २०१४
लेखिएको स्थान: केरी, नर्थ क्यारोलिना
प्यारो बाबु नबिन शूभाशिर्बाद!

हामी यहाँ सञ्चै छौ। त्यहां तिमीहरुलाई कस्तो छ? आशा छ, तिमीहरु सबैलाई आरामै छ। बुवाले चिट्ठी लेख्ने भए लेख म फोटो खिचेर कम्प्युटर बाट आजै पठाइदिन्छु भन्नु भएकोले यो चिट्ठी हतारमा लेख्दैछु। तिमीसँग भोली शनिबार फोनमा कुरा गरौंला। Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment