लघुकथा : प्रश्नहरूको पहाडमुनि

~निरा शर्मा ~nira-sharma

घरदेशको मेरो मान्छेसँग म बेखबर भएको पनि धेरै दिन भइसकेको थियो । आज फेसबुक च्याट खोलेको केही बेरमै ऊ टुप्लुक्क आयो । उसको आगमन धेरै दिनको झरी पछि लागेको न्यानो घाम जस्तो आभास भयो मलाई ।

आतुर थिएँ बोल्न । त्यसैले बोलाएँ, ‘हाइ डियर!’

‘हाइ!, म त अझै काममै छु । यो कागज ओच्छ्याएर अक्षरको गिटी कुट्दा कुट्दा थाकेर लखतरान् भैसकें । एकछिन् पर्ख है, साहू गैसके पछि म बोलाउँला नत्र अहिले साहूले देख्यो भने हामी भेट्ने बाटोको यो पुल पनि भत्काइदेला ।’ एकै सासमा लेखेझैं यति लेख्यो उसले । ऊ निक्कै चलेको दैनिक पत्रिकामा थुप्रै जिम्मेवारी Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : सबै भेटिन्न बुझ्यौ

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

खोजेको सबै भेटिन्न बुझ्यौ
भावीको लेखा मेटिन्न बुझ्यौ

औकात आफ्नो नभुल तिमी
हातले घाम छेकिन्न बुझ्यौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : उत्तेजित लिङ्गको लौरो टेकेर…….

~अराजक अर्चु~

१
अध्यारो खोपीमा
योनीको लिलाम बढाबढ गरेर,
मन्दिरहरुमा
भैरबको उत्तेजित लिङ्ग ढोग्ने
योनीधारीहरु !
सडक र मन्चमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खाइसंग

~तिर्थ प्रसाइ ‘अभिनव’~Tirtha Prasai 'Abhinav'

कालो बादलमा
चाँदीको सेतो घेरा हुन्छ
उफ्
त्यै पूरानो उखान
बढ्दै जान्छ
पदचाप मृत्युको
बोध हुन्छ
हतार हतार पो हो त जीन्दगी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अचल बचीरा छु

~लक्ष्मी निरौला~

दुख सुख तिम्रो यादमा म त अचल बचीरा छु
तिमि आउने दिन गंद्य औला हरु भाचीरा छु

धेरै भयो तिम्रो मेरो भेट पनि भाको छैन
भेट नहुने कारण के को आज आफै सोचीरा छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : रुख

~हाङ्ग्युग अज्ञात~Hangyug Agyat

उभ्दा-उभ्दै
चौकीदारको जिन्दगी
१२-१२ घण्टा यो हाम्रो होङ्कोङ्मा
पैतलाबाट जराहरू पलाएर
हातबाट पातहरू पलाएर
जीउबाट हाँगाहरू पलाएर
म त रुख भइसकेछु !

चराहरू खेल्छन् मनको हाँगाहाँगा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रद्धाञ्जली

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

बिउँझ बिउँझ उठ उठ अब निद्रा पुग्यो ।
देशलाई आवश्यक छ तिम्रो योगदानको ।
आली कान्ला तोडीफोडी सम्मो बनाईदियौ ।
चारै दिशा फर्केकाको चोसो मिलाई दियौ ।
१

अझै तिमी बााच्नु पर्छ हाम्रो देशको लागि ।
द्वेशरहीत छैनन् नेता सङ्लो छैन राजनीति ।
कुन दहमा फस्यौ तिमी उद्धार भएको छैन ।
उठेका हौ पुरुषार्थले पुन:उठ आफ्नै बाहुबलले । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : सुस्तरी सुस्तरी……

~श्रेष्ठ समनश्री~Shrestha Samanshree

सुस्तरी सुस्तरी म तिम्रो छेउमा, बस्न खोज्दैछु ।
अनर्थ नसोच मलाई, तिम्रो दिलमा पस्न खोज्दैछु ।।
सुस्तरी सुस्तरी,………….

यो के भयो मलाई, आज यो कस्तो हलचल हुँदैछ
पवनझैँ तिम्रा यादले, यी नजर मेरो हरपल छुदैछ
थाहा छैन किन तिमीलाई, यो मुटुमा कस्न खोज्दैछु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : लभ एनिभर्सरी

~बिष्णु पोखरेल~Bishnu Pokharel

अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।

क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विदेशी हात

~जुगल भूर्तेल~

प्यारो छ हामीलाई नेपालै, किन बत्रु र जापान
जनप्रिय छन् नेता हाम्रा, प्रधानमन्त्री छन् विद्वान

बनेन सडक चलेन गाडी, तिनलाई के को बात
सुख’नि हुन्थ्यो, शान्ति’नि हुन्थ्यो नभए विदेशी हात ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रप्रेम

~सुवास खनाल~subash-khanal

मलाई जप्नु छैन
हरेकक्षण
सन्ध्या मन्त्रजस्तो
अन्धराष्ट्रवादको नारा
वा
कन्ठ गर्नु छैन
रुढ राष्ट्रिय गानको
हरेक शब्द र वर्णहरू
के यसपछि
म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दशै

~अज्ञात~

दशैँबाट दशैँ हराएको खबर
छ छैन अखबारमा ?
शरद भुईंमा ओर्लेको छ,
स्कूल मावल गइसकेको छ ।

केही आएन भन्न असजिलो छ
तथापि,
दशैँ नआएको कुरा कतै
छ छैन शहरमा ?
उन्नाइस तोपको सलामीले भर्खरै
टुँडिखेलको मौन घोडा
उन्नाइस पटक तर्सेको ठीक साँचो हो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई सम्झिनुको कारण

~सुमनराज श्रेष्ठ~

तिमीलाई सम्झिनुको
विशेष कारणहरू छैन मसँग ।
अग्ला–अग्ला हिमालहरू
देखेपनि
तिमीलाई सम्झिन्छु
गहिरा–गहिरा खोंचहरू
देखेपनि
तिमीलाई सम्झिन्छु
जंगलका लहराहरू देखें भने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छा

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

चुप-लु होपोको कसम
मेसेल-मि,
तिमीसँग मैले अमर जीवन मागेको छैन
तिमी आस्थाको देवी
तिमीसँग मैले न त रोमान्स जीवन नै मागेको हो
तिमी मेरो जीवनमा
तायामा खियामा भएर बस
म खाक-चिलिपा काक-तिसोला
किरातीको साम्यो ओलो भएर बाँची रहुँ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश अस्ताउदैन

~दिल निसानी मगर~Dil Nisani Magar

बरु हीमाल पग्लेर
काला-पत्थर हरुको
पहाड बनोस
अनी
नदी सुकेर
बागमती को कीनार झै
बगर बनोस-कोइला को
बश, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हकदाबी !

~छवि अनित्य~chhabi-anitya

सरकार !
सदियौँदेखि तपाइँले
देखाइआएको
त्यो भोटोको हकदार
मै हुँ त्यो ‘ज्यापू’,

जसले हरायो आफ्नै खेतको आलीमा
बहुमूल्य रत्नजडित
उपहार— त्यो भोटो
के फर्काउनुहुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्नुपर्ने युद्ध

~श्रीरामसिंह बस्नेत~

जित्नुपर्ने युद्ध त अर्कै थियो
यो कस्तो जित आइ लागेछ
मान्छेका रुझेका गहहरू
पुछ्नुपर्ने हातहरूमा
रगत कट्कटिएर काइ लागेछ ।

जित्नुपर्ने त मान्छेको मन थियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बूढो प्रोफेसरको पुरानो चस्मा

~हिमाल घिमिरे~Himal Ghimire

बूढा प्रोेफेसर पुरानै कक्षा दोहोर्‍याउाछन्
विश्वविद्यालयमा अग्रवालको इकोनोमिक्स बोकेर
म अर्थशास्त्रको कक्षा पढ्दै छु यतिबेला
बृहत् अर्थशास्त्रमा अन्तर्राष्ट्रिय व्यापार
कहिल्यै बुझिनँ मैले

प्रोफेसर भन्छन्- नेपाल आयात धेरै
निर्यात कम गर्छ
त्यसैले, शोधनान्तर नकारात्मक छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा गाउँका नानीहरू

~ए.पी. सुमन~A P Suman

सवेरै झिसमिसेमै दाउराघाँस गरेर,
अरुले झैँ क, ख, ग, घ, पढ्ने आश गरेर,
आमाले सिलाइदिएकी,
जसोतसो मिलाइदिएकी,
कुनै १९औँ शताब्दीको
झोला भिरेर
मुटु भरि उत्साहको खोला भिरेर,
भर्खरै स्कुल जान थालेका,
मेरा गाउँका नानीहरू
मीठो सपना पालेका, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : क्षेत्री “क्ष”

~भुपाल राई~Bhupal Rai

वर्णमालाका मैदानमा
खेलिरहका हुन्थे
मजस्तै कलिला
कपुरी ‘क’
आँखे ‘ख’
र, अरु थुप्रै नानी—वर्णहरु

लाग्थ्यो,
तिनका पनि मेरैजस्ता आमा होलान्
बाबा होलान्
होलान् साथीसँगीहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नसोध्नू उसलाई

~राजा पुनियानी~Raja Puniyani

नसोध्नू उसलाई
महङ्गो आइसक्रीमको स्वाद।
भर्खरै
ब्याट-बल-विकेट बोकेर जाने
सुकिला केटाकेटी कहाँ पुगे होलान्?
फुच्चा प्वाँख पल्हाएको
तिम्रो इच्छाको पखेटाले
आकाशतिर हेर्छ?
साँच्चै भन त,
तिमीलाई कहाँ दुख्छ बाबु? Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : भ्यागुताको बिहे

~विप्लव ढकाल~Viplav Dhakal

हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
…
सिमसारमा बजिरहेको होला नौमती बाजा !
शिरमा बाबरी फूलको मुकुट लगाएर
पाल्कीमा चढिसके होलान् दुलाहा राजा !
जलकुम्भी झारको गुन्द्रीमा बसेर
जुहारी खेलिरहेका होलान् आदिवासी चराहरू ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चश्मा

~रश्मिला कवाङ ‘रश्मि’~Rasmila Kawan

नीलो आकाशमुनि एउटा नीलो
सागर जहाँ उर्लिरहेका छन् जीवनका
ज्वारभाटाहरु एउटा विशाल
ज्वालामुखी जहाँ विविध सुखदुःख समाहित छन्
अनि नीलगिरीमाथि चम्कने एउटा नीलो चाँद
अनि त्यही चाँदनी सुन्दर छ साँच्चै तिमीजस्तै सुन्दर
लाग्छ नीलो धरातलमा एउटा सेतो
चश्मा मोटोमोटो पावर चश्मा हो त्यही चश्मा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हरिकृष्ण काफ्लेका तीन मुक्तकहरु

~हरिकृष्ण काफ्ले~

कहिले रुन्छ कहिले हाँस्छ, कहिले गुन्गुनाउँछ मान्छे
सुख खोज्न कहिले यता, कहिले उता धाउँछ मान्छे ।
सुख सयल मोज भन्नु केवल मृगतृष्णा रे’छ,
मजा खोज्दा-खोज्दै एक दिन, मृत्युलाई पाउँछ मान्छे ।

न त ऊर्जा न उमङ्ग, कुनै अट्टहास छैन ।
परझर सरी जिन्दगी छ, खुसीको आभास छैन । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : एक पन्ना — शहर कथा

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

‘दाई, ट्याम कति भयो ?’ त्यो युबक ले सोध्यो ।

त्यो युबकको हातमा पानिको दुई वटा बोतल थियो । एउटामा कालो र मैलो पानि थियो र बोतल पनि उसको उमेर जत्तिकै पुरानो भैसकेको जस्तो देखिन्थ्यो । अनि अर्को चाँहि भर्खर किनेको जस्तो देखिन्थ्यो तर पानि भने थियन । बोतल रित्तो थियो । त्यो बोतल पनि उसलेर किनेको होईन । कसैले भर्खर पानि खाएर फालेको थियो । उसले टिपेको होला । उसको हुलिया देख्दा उ पानि किन्ने क्षमताको पनि देखिँदैन थियो ।

‘४ बज्न थाल्यो’- मैले संक्षिप्त बताईदिँए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बाँसुरी

~देवेन्द्र नेपाली~

तातो रसिलो ओठ र बाँसुरी
हे प्रभु मलाई बाँसुरी बनाऊ
र, प्रियतमाको रातो ओठसम्म पु¥याऊ
सास फुकेर राग रागिनीको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छातीभित्रको झण्डा

~आर.बी. राई~ratna-bantawa-rai_r-b-rai

मेरो झण्डा खोस्न
झण्डासँगै मलाई आत्मसमर्पण गराउन
उनीहरू आए
धम्काएर गए/ धेरैपल्ट
म टसकोमस नहुँदा उनीहरू
फेरि आए/ आखिरीपल्ट/ उनीहरू आए
गोली-गट्ठा
खुकुरी तरवार
भिरेर आए/ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि अर्को आइतबार

~चन्द्र घिमिरे~Chandra Ghimire

सुदूरपूर्वको क्यासिनो रात स्थगन गरेर
लावारिस सालका पातहरू
सल्र्याङ–सल्र्याङ सन्त्रास बजाउँदै
आयो अर्को आइतबार ।

सुर्ताको सुर्ती मल्दै
मलेशियामै हात छुटेको रघुवीरको खुइयऽऽऽ तन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : पैयुँका फूलहरु नियाल्दा

~अतित मुखिया~Atit Mukhiya

एउटै मूल क्युँइतिच मुइलि -सगोत्रि) भएरै पनि साहित्य सहयात्रीका रुपमा फेसबुकको भित्तो मार्फत परिचित युवा कवि भाई केदार सङ्केत उनको नियात्रापुस्तक एथेन्सको झरीको बिमोचन कार्यक्रमबाट मात्र प्रत्यक्ष परिचित बन्नपुगेका थिए । गहकिला साहित्य सृजना गर्नसक्ने सङ्केत ले फेसबुक कै मेसेजमार्फत उनको हाइकु संग्रह पैयुँका फूलमा भूमिका कोरीदिन आग्रह गरेको केही दिन पश्चात उनले अफगानिस्थानदेखि पठाएको पाण्डुलिपि पनि मेरो हातलाग्यो रम उनले दिएको यो दायित्व बहनगर्न लागिरहेछु । मैले उनको हाइकु संग्रहका बारे केही कोर्न अगडि हाइकु बिधाबारे केही कोट्याउन पर्ने आवश्यकताको महशुसगरे ।

हाइकु १७ अक्षरका तीन पदिय अनुभूतिपरक सघन अभिव्यक्ति भएको साहित्य विधा हो । हाइकुको स्वरुप थोरै बोलेर घेरै बुझनुपर्ने जापानी पारंपरिक पद्धतिकोसाहित्यिक परावर्तन हो । जापानी साहित्यमा प्रचलित Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : गोर्कीले कसैसँग बास मागेको छैन

~सङ्गीत श्रोता~Sangeet Srota

एउटा समाचार छ नयाँ
समाचारः गोर्की नेपाल आएको छ
समाचारको पछिपछि अर्को आश्चर्य आएको छ
आश्चर्यः किन गोर्कीले कसैसँग बास मागेको छैन ?

कोही भन्छन्–
घुम्न आएको हो गोर्की नयाँ नेपाल
घुम्न देऊ, उसको पनि त छ एउटा निजी जीवन
स्टालिनसँग हैरान परेर ऊ यता आएको हुन सक्छ

कोही भन्छन्– Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कविको दाजु

~एनबी इलुंगा~nabin-bhandari-elunga_nbelunga

आज हजुरबाको जन्मदिन । वहाँलाइ पार्क घुमाउन लानु प¥यो । पेट्रोल अभावले पनि फाइदै भयो । व्हिल चेयरमा घुमाउँदै लाने विचार गरेँ । व्हिल चेयरलाई पछ्याउँदै बाहिर निस्केँ ।

“ऊ हेर्, कविको हजुरबाऊ ।” एउटा फुच्चेले हामीतिर औंलो तेस्र्यायो ।

“लाटो बुढो”, अर्काले थप्यो । मलाई चित्त बुझेन, तैपनि चुपै लागेँ ।

“त्यो मान्छेलाई चिन्छेस् ? ” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सहिदको रगतको मोल

~लता खरेल~lata-kharel

आज राति सपनामा
माथि माथि उँडेर पुगें
एउटा ठूलो सभा भईरहेको स्थानमा पुगें
अकस्मात ठूलो सभामा पुग्दा
अचम्म र अप्ठेरो महशूष भयो
न त मलाई निमन्त्रणा थियो
न मेरो तयारी नै थियो
साथमा साथिभाइ नभएको म एक्लो
फिरन्ते अनि घुमन्ते
सभाका सबैले मलाई हेरे
केहीलाई मैले चिनें
मुस्कुराउन खोजें Continue reading →

Posted in कविता | Tagged | Leave a comment