गजल : यसैगरी खोच्याएर

~मनु ब्राजाकी~Manu Brajaki

कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।

आवारा झैं भएपछि डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : जिन्दगीको कल्पना बन्नु

~मीना पुमा राई~mina-puma-rai

तिमी मेरो जिन्दगीको कल्पना बन्नु
हररात मेरो निदरीको सपना बन्नु

मेरो खाली दिल भित्र प्रीत बनि फूलिदिनु
माया बनि हरेक पल म भित्रै भुलिदिनु
सधै हासो भर्न पाउँ तिम्रो अधरमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कलमको चित्कार!

~राजेश बुढाथोकी~rajesh-budhathoki

क पुरी क बाट सुरु गर्दै
विवेक संचार गर्ने नाममा
विभिन्न रङमा
मेरो मसि खसालिन्छ!
ज्ञान् गुन बाड्ने,
अनि
ठूलो मान्छे बनाउने नाममा
कोरा कागजमा दिनहु
मलाई लतारिन्छ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गमन्चमा प्रेम

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

मेरो रित्तो रङ्गमन्चमा
तिमी अर्को नयाँ पात्र ।
घरि यता
घरी उता,
असमन्जसमा टोलाएको
म,
तिम्रो सौन्र्दयको रसास्वादन गर्न,
आतुर देखिएको छु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अशेष मल्लका दुई मुक्तकहरु

~अशेष मल्ल~ashesh-malla

(एक)
दु;ख बाँड्न मिल्दैन
सुख पनि बाँड्न मिल्दैन
दु;ख सुखमा अन्तर छ-
यस्लाई यौटै बनाउन मिल्दैन ! Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : दिल्लीका मच्छरहरु

~मातृका पोखरेल~Matrika Pokhrel

उद्वेलित आगोका लप्काहरुको
चेतना बोकेर
हामी बारम्बार
बिद्रोहको एउटा जुलूश निकालिरहेका छौं
तर प्रत्येक दिन
मक्किएको सन्धीको ठूटोमा बास बसेर
निरन्तर हाम्रो अभिमानलाई टोकिरहन्छन्
दिल्लीका मच्छरहरु ।
***

एक भाँडो उज्यालो बोकेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : कविता पढ्दै थोराङला

~साम्ब ढकाल~Samba Dhakal

अन्नपूर्ण संरक्षण कोषको संरक्षण कविता यात्राले जुराइदिएको यात्राका रसिक कविहरू थिए । अजङ्गका चट्टाने पहाडको काखै-काख रेखिएको गोरेटोमा गोराहरूको दोहोरीलत्तो थियो । ढेस्सिएर हिँड्नुपर्ने । खोकिलामा हिमाली जडीबुटीको खुद्रापसल थाप्न र कलिला केटाकेटीलाई च्यापेर पढाउन बेँसी झरेका थिए, गाउँलेहरू । ढाडमा मरिकुच्चे भारीले लादिएर दुवै कन्चटबाट तर्तरी पसिनाको मस्र्याङदी बगाउने भरियाहरू पनि बाटामा भेटिए । त्यो लर्कनमा अनगिन्ती सपनाका बथान थिए ।

सेपिला खोँचबाट हाम्फालेका निख्खर सेता झरनाले हिँडाइको लखतरानलाई बिर्साइदियो । आकाश छुन हतारिएका पहाडले कतिपल्ट मन एकतमासको पनि बनायो । पदमार्गले कुनाकाप्चालाई सुगम बनायो । यस्तो Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : प्रयास नगर

~कृष्ण पौड्याल~

बियोगमा पिंडा ब्याथा मल्ने प्रयास नगर।
नुन चुक आलो घाउमा दल्ने प्रयास नगर॥

लक्ष्य बिहिन यात्राको गन्तव्य छैन यहाँ।
अधुरो जिन्दगी हो चल्ने प्रयास नगर॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कविता : विद्यार्थी तिमी

~देवेन्द्र अर्याल ‘आँसु’~

फूलको शोभा फूलबारीमा,
विद्यार्थीको पाठशालामा ।
ज्ञानको दिव्य ज्योति छर्ने,
विद्यार्थी नै संसारमा ।

ठूलो मान्छे मात्र होइन, Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : शैतानको शैली

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

धुम्रपानले लिन्छ ज्यान,
एउटा चुरोट पारखी
गाँउले माड्साब
कक्षामा चिच्याइरहेछ।
पथभ्रष्ट, पथप्रदर्शक बनिरहेछ,
पथभ्रष्ट, दिशानिर्देश गरिरहेछ।।
**
भ्रष्टाचारमुक्त प्रशासन,
एउटा घुस्याहा हाकिम
जुँगा मुसार्दै
साखिलो बन्छ।
नैतिकता नामेट छ,
अनुशासन रड्डीमा मिल्किइरहेछ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : सांस्कृतिक रूपान्तरणको आवश्यकता र कार्यदिशा

~तुलसीहरि कोइराला~Tulasi Hari Koirala

राजनीतिक परिवर्तनको सन्दर्भबाट हेर्दा हामीले ऐतिहासिक फड्को मारेका छौँ । राजनीतिक परिवर्तनले मात्र समाजको बनोट, सांस्कृतिक परिवर्तन र व्यावहारिक रूपान्तरण हुन सक्दैन । हाम्रो सामाजिक जनजीवन र रहनसहन परम्परागत कार्यशैलीमा आधारित भएकाले समाजलाई रूपान्तरण गर्नका लागि सांस्कृतिक रूपान्तरणको आवश्यकता भएको निचोड प्रगतिशील साहित्यकारहरूको वि.सं. २०६५ मङ्सिर २७ गते सम्पन्न कार्यक्रममा निकालिएको छ । प्रगतिशील लेखक सङ्घद्वारा आयोजित ‘सांस्कृतिक रूपान्तरणको आवश्यकता र दिशा’ विषयक विचारगोष्ठीको समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको थियो । उक्त कार्यक्रममा ‘सांस्कृतिक रूपान्तरणको आवश्यकता र दिशा’ विषयक कार्यपत्रहरू वरिष्ठ माक्र्सवादी विश्लेषक मोहन वैद्य ‘चैतन्य’ र प्रगतिशील साहित्यकार प्रदीप ज्ञवालीले छुट्टाछुट्टै रूपमा प्रस्तुत Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु

~तीर्थ श्रेष्ठ~Tirtha Shrestha

बासनारहित
तर प्लाष्टिक होइनौ
तिमी लाहुरे फूल !

म यतिखेर
युद्धमा क्षत–विक्षत
मेरा पति संझिरहेकी छु
काँचो धागोले बेरिएको चिठ्ठी
लास गन्हाउने पेन्सन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मनमा बसिराख तिमी

~बासुदेव बुढाथोकी ‘सागर’~ Basudev Budhathoki 'Sagar'

मनमा बसिराख तिमी ,तनमा बसिराख ,
सधैंसधैं मेरो यो जीवनमा बसिराख ।

धोका ,छल र विश्वासघातका कुरा हुन्नन् पिरतीमा ,
कालो मनका काला इच्छा पूरा हुन्नन् पिरतीमा । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : खास बनी आयौ तिमी !

~सजना गुरुङ~Sajana Gurung

साथीहरु बीच पनि खास बनी आयौ तिमी !
निराशाले छाको बेला आश बनी आयौ तिमी !

वेवारिसे भाको थियो जिन्दगानी आफ्नै माझ
जन्मोजन्म साथ दिने वास बनी आयौ तिमी ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : साँढे

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

मेरो नाम छ साँढे !
वैज्ञानिक पटु शक्तितन्त्रले
मन्त्र गरीकन छाडे !
पशुबल पाँडे !
क्षेत्र क्या फाँडे !
पन्ना पृथिवी उजाडेँ !
“हा ! हा !” गर्दछ तर्सी दुनियाँ,
डुक्री, हाँकी–हपारेँ !
मेरो नाम छ साँढे !
मानिस जाति थिचियोस्, मिचियोस्, Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : मुस्ताङ एडभेन्ट

~गनेस पौडेल~

दिमागमा कुनै तिब्बती तान्त्रिकको कथा थियो, जसलाई म मुस्ताङको कुनै गुम्बाको लामा बनाउन चाहन्थेँ । उपयुक्त गुम्बा हन्टिङका लागि भदौको तेस्रो साता मुस्ताङ बाइकिङ गर्ने योजना बन्यो । तर निर्धारित दिन नआउँदै अवरोधक जानकारी आयो, ‘बेनीदेखि १० किलोमिटरमाथि बेगखोलाको पुल बाढीले बगाइदिएको छ । बाइक त के जिप समेत जान सक्ने सम्भावना छैन ।’ पाँच दिन लगातार पर्खिएपछि बेगखोलाको वेग थोरबहुत मत्थर भएको सूचना आयो । सूचना आउनेबित्तिकै केही दिनयताको अशान्त मन बोकेर भदौ मसान्तमा घरबाट हिडेँ ।

सात वर्षअगाडि पहिलोपटक मुस्ताङ बाइकिङ गरेको थिएँ । दशैंको माहौल थियो । तर गाउँमा दशैं थिएन । मुक्तिनाथ दर्शनका लागि हिडेँका गाउँलेहरू जिप दुर्घटनामा परी सामूहिक ज्यान गुमाएको अवस्था थियो । दुर्घटनाको प्रकृति र त्यसको न्यारेटिभ यति दर्दनाक थियो कि घरका मान्छेले मुस्ताङ बाइकमा जान अनुमति दिने अवस्था नै थिएन । तैपनि ४ थान बाइकमा सात थान मनुवाहरू मुस्ताङको बाटो नाप्न निस्केका थियौं । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : नेपाली संगीत हिँडेको बाटो

~राप्रउ पोखरेल~raprau-pokharel

१)

नेपाली संगीतको इतिहास चार/पाँच शताब्दी वा त्योभन्दा पर पनि जान सक्छ । गण्डकी क्षेत्रका मगर, गुरुङ समुदायमा खासखास चाड पर्वमा सोरठी, घाँटु आदिजस्ता गीति नाट्यहरूको परम्परालाई हेर्र्दा त्यस्तो निचोडमा पुगिन्छ । झ्याउरे वा झामरे गायन त पश्चिमका मगर, गुरुङदेखि पूर्वका राई, लिम्बू, तामाङ र खस भाषी समुदाय, यथा बाहुन, क्षत्री, दमाई, कामी र पहाडे मुसलमान समुदायसम्ममा लोकप्रिय रहेको पाइन्छ । समाजको प्रारम्भसँगै मनुष्यको जैविक रुचि र प्रकृति अनुरूप साहित्य कलाको प्रादुर्भाव भएको पुष्टि विश्वको सर्वप्राचीन ग्रन्थ ऋग्वेदको सामगायनले गर्छ । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : तिर्खा -एक

~अविर खालिङ~abir-khaling

तिर्खा सुतेर हरेक
अनिंद्राका रातहरू
जब
ऐंठन व्युँझन्छन्
काँशका फ़ूलहरू
कहीं झरिसक्छन्
एउटा इतिहास खोजेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अनि पाखुरा बेचिन्छ

~कल्पना आचार्य ओली~kalpana-acharya-oli

साँच्चै गरिबको पसिना अनि पाखुरा बेचिन्छ ।
बेच्दा बेच्दै कसैको त जीन्दगी नै पुरा बेचिन्छ ।

तिमी नै गुमाउनु परेपछि मलाई केको माया ?
अब मङ्गलसुत्र ,तिल्लहरी अनि चुरा बेचिन्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : बिचरो

~अनुप नेपाल~

त्यो भित्ताको तस्बिर त्यसरी मुस्कुराईरहेको हुन्छ । ।
जस्तोकी सारा दुनियाँमा बसन्त छाईरहेको हुन्छ । ।
हिजो जस्तो लाग्छ फुलमाला पहिरेर पठाएको । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित कविता : कहिलेकहीँ

~लीलाकान्त नायक~
अनुवाद : सुदिप पाख्रिन

नखाइ नै एउटा थाल रहन जान्छ….
आमा चाहन्छिन्
आज छोरीले खाओस् पेट भरी
र
छोरी चाहन्छे कि
आमाले खावोस आज पेट भरी
गरीबको घर देखेको हुँ मैले
हो, देखेको हुँ ! Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : पर्ख है प्रिया

~देश सुब्बा~Desh Subba

म यताको कोसेली पठाउँदैछु
एक बट्टा समय छ
त्यो बट्टामा पसिनाको मूल्य छ
समुद्रको वासना छ बाहिर
मरूभूमिको बालुवा छ भित्र
यता बग्ने
हावामा वरपिपलको वासना आउँदैन
समुद्रमा तिते माछा पनि पाइन्दैन

समय महँगो छ यहाँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : संघारमा परेको छु

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

न त भित्र न बाहिर संघारमा परेको छु ।।
आगो या म पानी रोजूँ दोधारमा परेको छु ।
.
खै कसोरी पार गरूँ ? खतराको सिमारेखा ।
खुकुरीको घेरा माँझ तरबारमा परेको छु ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

आर. पि. आचार्यका चार मुक्तकहरु

~आर.पि.आचार्य~ Ram Prasad Acharya

#
पत्तै भएन आजभाेली , नशामा रम्न थालेछु रे
दुनियाँभरी तिम्लाई देखि, त्यतै घुम्न थालेछु रे
देख्नेजति सबैले पागल भन्दा भन्दै पनि
अशम्भव शम्भव साेची ,शिखर चुम्न थालेछु रे

#
सुनेकाे छु आजभाेलि चर्चा, चल्दै छ रे Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : साथ् भए हुन्थियो

~नवराज योन्जन~Nabaraj Yonjan

एक्लै यात्रा कठिन,कसैको साथ् भए हुन्थियो |
यो मधुर हावासंगै,उसैसंग बात भए हुन्थियो ||

पिरतीको बाटोमा,गर्नु थियो धेरै लामो यात्रा
सधैँ साहारा दिने, कसैको हात भए हुन्थियो || Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : झझल्को तिम्रो

~अतित मुखिया~Atit Mukhiya

झझल्को तिम्रो लगातार हुनु
जम्काभेटमा आँखा चार हुनु
नबोलीकन बाटो साटिनु
तिमी पूर्व म पश्चिम हाँकिनु ।

पाइला विपरित भएपनि
आँखा एकआर्कालाई पछ्याउनु
नजर नजरमा पर्दा एकाएक Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आसुँ बनेर

~आचार्य प्रभा~acharya Prabha

आँखाबाट झर्यो याद आसुँ बनेर
गएथ्यौ मलाई छाडि आउँछु भनेर ….

पल,पल सम्झनाले सताइरैछ मलाई
बाँचिरैछु आफ्नो मनलाई हरपल जलाइे …. Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मारेर पो के हुन्छ र !

~अभागी कान्छा गाउँले~Abhagi Kancha Gaule

मेरो माया तिम्ले अचेल, मारेर पो के हुन्छ र !
दिल्को बाटो काँडे तारले, बारेर पो के हुन्छ र !!

मुटु भित्र छुरा चलाई, नचिने झैँ गरि तिम्ले
मनै मारी सधै बसाइँ, सारेर पो के हुन्छ र !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : गलाउने रहर छैन

~लोक राज भट्ट~Lok Raj Bhatta

आफै गल्छु तिमिलाई ,गलाउने रहर छैन,
एउटै दिल काम लाग्नेछ, जलाउने रहर छैन।

केही तिम्रा केही मेरा ,गल्ती बराबरी,
कस्को गल्ती कती थियो,कलाउने रहर छैन। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : बाच्न सिकायौ

~शेर्पीनी कान्छी ‘निम’~Sherpini Kanchi 'Neem Sherpa'

हाँस्न सिकायौ तीमीले बाच्न सिकायौ
बिस्तारै आँखामा आँसु साच्न सिकायौ।।

हाँस्दै हसाउदै मुटु भित्र बास माग्यौ
त्यस पछी पो अमुल्य ति रात माग्यौ
बाँच्न सिकायौ जोबन ढाक्न सिकायौ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिम्रो घोषणा पत्र

~नेत्रबहादुर कुँवर ‘अशोक’~Netra Bahadur Kuwar 'Ashok'

नेताज्यू !
मैले पढेको छु तिम्रो घोषणा पत्र
लेखिएका थिए काला काला अक्षरहरूमा
देश यस्तो हुने छ
देश उस्तो हुने छ
बनाइएको थियो नक्सा
कोरेर राजमार्ग, हवाई मार्गका रेखा
तयार पारिएको थियो नयाँ नेपालको खाका । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो स्वागतार्थ

~जय सिंह महरा~Jay Singh Mahara

पुर्णीमाले चहकिलो उज्यालो छरिरहेछ
औंसीका ताराहरु चम्किरहे छन्
एक थान बशन्तले तिमी आउने बाटोभरी
पालुवा फिजाएको छ,
गाउदै छन् कोइलीले स्वागत गीत
सेताम्मे हिमालहरुले ल्याएका छन् हिउफूल, Continue reading →

Posted in कविता | Tagged | Leave a comment