कविता : जुन

~सागर कार्की~Sagar Karki

निधारका पसिना पटुकीमा भिजाउदै
आमाले छर्नुभएका पे्रमका बिउ
जब टुसा बनेर आकाश चुम्न निस्कए
मैले आमाको चेहेरामा जुन देखे
र त्यो जुन मेरा आँखाका सपना बने ।

आमा ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेडको बकपत्र

~डिल्ली मल्ल~dilli-malla

सपनाले देश सरेपछि
विपनाले भेष फेरेपछि
खैँ, के भयो-भयो
हिजो संसारै लाग्ने गाउँबस्ती
आज बिरानो-बिरानो भएझैँ लाग्छ
हिजो मुटु नै लाग्ने साथी सङ्गी
आज पराई-पराई भएझैँ लाग्छ
हो कमरेड,
देश हराएजस्तो न भेष हराएजस्तो
यो सुनसान-सुनसान शहीद गाउँबाट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साथी म यतिबेला एम्बुसमा छु

~सन्तोष काफ्ले ‘स्पन्दन’~Santosh Kafle 'Spandan'

हो साथी म यतिबेला एम्बुसमा छु
खुट्टा मुनि एम्बुस छ
खुट्टा छोडे पडक्न्छ
नछोडे समय घटिरहेको छ
यधपी जिबनको लामो सास तानेर
समयका रेखाहरु हेर्दै
चारै तिरको बाताबरणमा हराऊछु
जिबन
कल्पना
अनि मिठो सपना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : शितको सुनामी

~सुमन क्षितिज~suman-kshitij-sudip

कलेजमा मलाई ऊ जत्तिको राम्री कोही पनि लागेकै थिएन् । सुरुवाती दिन देखि नै उसमा नजर ठोक्किएको थियो । खासमा भन्नुपर्दा कलेजमा अधिकांश विवाहित थिए । पचास प्रतिशत बचेका मध्ये पच्चीस प्रतिशतको ब्वाईफ्रेण्ड कलेजभित्रै भेटिन्थ्ये । बाँकि पच्चीस प्रतिशत मध्ये कोही आफुभन्दा जेठी, कोही आफु भन्दा अग्ली, आफु भन्दा मोटी, आफु भन्दा धनी, कोही बोल्दै नबोल्ने, कोही आज बोल्न पाएन भने भोली घाम नउदाउला झैं गर्ने आदी इत्यादि गरेर विभिन्न ‘क्याटेगोरी’का थिए । तिनीहरु सबै मेरो सर्कलभन्दा बाहिरका थिए ।

ग्रामिण भेगको एउटा सानो कलेज । प्रायः सबैजना साईकल चढेर कलेज आउँथे । आफुलाई एक किसिमको हतार महसुस हुन्थ्यो । त्यसैले निर्धारित समय भन्दा अगाडी नै कलेज गेटमा उभिएर पर नेपथ्यमा नियालिरहन्थ्येँ । मानौं की ठुलो कम्पनीको गेटपाले मालिकको आगमनको पर्खाईमा छ । पर गुलाबी र·को साईकल देखेपछि मन पुलंकित हुन्थ्यो तर जति त्यो आकृति नजिकिन्थ्यो, त्यति म सर्माउँथे र स्पर्शपछि खुजमुजिएको लज्जावती झारझैं शिर निहुराउँथे । कहिले काँही त्यो आकृति कलेज गेट कटेर जान्थ्यो । म Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : धेरै रोए!

~श्रृजना क्षेत्री~Shirjana Chhetri

पानी लिन पंधेरी मा चुक्दा खेरी धेरै रोए!
समाज मा ब्यर्थै शिर झुक्दा खेरी धेरै रोए!

काटे खुन रातै बग्छ दुख्छ मुटु मेरो पनि
अछुत भनी समाजले थुक्दा खेरी धेरै रोए! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : भोक र युद्ध

~देवान किराती~

भोक लागि रहेछ
र लागिरहन्छ–
सत्य- मूर्दा नभइन्जेल ।

आगो वालिरहेछु
र बुद्ध जपिरहेछु ।

बुद्ध एउटा परेवा भन्दा
रत्ती फरक छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न ?

~श्रेष्ठ समनश्री~Shrestha Samanshree

धेरै भयो नसोधेको,
तिम्लाई –
र एक्लै अनुत्तरित भएको म,
तिमीजस्तै ।

नढांटी भन –
भर्खरै मेरो दिलको कुनामै ; Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर

~अशोक कुँवर ‘नेत्र’~ashok-kuwar-netra

गाउँ जस्तो छैन यो सहर
न सोचे जस्तै आनन्दको छ
यहाँ मानव सभ्यताहरू भत्किएका छन्
खोक्रो आदर्श बोकेर गल्लीमा
आफन्त आफन्तकै पर्खाल बनेका छन्
उपहासको सगरमाथा बोकेर
विरह रुँदा हाँस्ने यो सहरमा
एउटा छुट्टै अस्तित्वको खोजीमा
मलाई अचम्म लाग्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : तिम्रो माया एक पाउ, मेरो माया डेढ पाउ

~एन.के.’अबिवाहित’~n-k-abiwahit

समय गतिशिल छ । समयले कसैलाई पर्खदैन जतिसुकै धनि भएपनि वा गरिब भएपनि अनि जतिसुकै पढेलेखेको भएपनि आखिर सबैले यो संसार एकदिन अवश्य छोडेर माटोमा बिलिन हुनुपर्ने प्रकृतिको नियम छ । जसलाई कसैले पनि तोड्नु र मृत्युबाट उम्केर भाग्न सक्दैनन्,सबैको खोजी हुने भनेको नै चित्रामाथि राखेर वा जमिनमुनि नगाड्नु जेल सम्म मात्र हो ।

निजगढ नगरपालिका जिरोमा बस्ने जंगेको आफ्नै घर संसार छ, उसलाई जतिखेर नि घर देखि अलिपर रहेको भट्टिमा भेटिन्छ । पान, गुट्खा, खैनी, सुर्ति, चुरोट भनेसी मरिहत्य गर्छ ।

सुकुम्बासी जीवन जिउदै बसेको छ । वास्तवमा ऊ एक धनि परिवारको मान्छे थियो । उसको नराम्रो साथी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुहागरात

~सौरभ कार्की~Saurav Karki

‘आश्रिया, ए आश्रिया!’

म अडिएँ। देखें- सडकपारि बसन्ता हात हल्लाइरहेकी थिई। त्यहीँ पर्खी। यही उसको संकेत थियोे सायद।

कत्तिपछि भेट्दैछु म उसलाई, ६-७ वर्ष भइसक्यो क्यारे।

‘आम्मामा! कत्ति सारो मोटाएकी तँ!’

म फिस्स हाँसे। ऊ उस्तै थिई। पातली, धेरै त होइन, कम्मर छिनेकी। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : छेपाराहरुको हातमा छ देश

~टीकाराम उदासी~Tikaram Udasi

छेपाराहरुको कुनै मौलिक रङ हुँदैन
छेपाराहरुको कुनै मौलिक संस्कृति हुँदैन
छेपाराहरुको कुनै आदर्श र नैतिकता पनि हुँदैन
छेपाराहरुको कुनै आस्था र विश्वास पनि हुँदैन
छेपाराहरुको कुनै पहिचान र सिद्धान्त पनि हुँदैन
छेपाराहरुको कुनै देश र सपना पनि हुँदैन
छेपाराहरुको कुनै यात्रा र गन्तव्य पनि हुँदैन
बस, बदलिरहन्छन् छेपाराहरु मौसमसँग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो दोलखा

~गीताकृष्ण शर्मा “विनीत”~

कति मन दुखेको होला तिम्रो
कति मुटु दुखेको होला तिम्रो
सन्तानले एक्लै छोडे, मायामारे भनेर
तिम्रा मनहरु त लालीगुराँस संगै
तिम्रै मायालु काखमा फुलिरहेछन
म भने विरहको सुस्केरा हाल्दै

नियतिको पर्खालले घेरेको
अभागी पुर्पुरो लिएर
बाँच्नुकोको पीडामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दै गरेका समाचारहरु

~मधु पण्डित क्षेत्री~madhu-pandit-kshetri

सायद खवर सिरहाको मात्र नबन्ला
कठ्याग्रीएको सितलहरहरुको
खवर यो मात्र पनि बन्ने छैन
सप्तरीमा पराल ओढेर रात विताएको जस्तै
खबर त ताप्लेजुङको पनि आउला
वा दोलखा चरिकोटको समेत
हेडलाईन बनेर आउला
किनकी वर्ष वित्दा समेत
त्रिपालको बास हराएको छैन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : ठिटो गयो विदेश

~नबराज खड्का~nabaraj-khadka

गयो एउटा ठिटो विदेश कमायन धन के गरोस त विचारा ! हुन त विदेश जान थिएन उसलाई मन आफ्नै देशमा बसी उ बनन चाहान्थ्यो ईन्टरनेशनल डन, के गरोस त विचारा ! डन बन्नलाई चाहिन्छ गन, गन किन्नलाई चाहिन्छ धन ।

धन कमाउन मनले चाहेर पुग्दैन राम्रो काम पाउनुृ पर्यो त्यसैले त आज विदेश गयो । खाडी मुलुक जानु अघि उसको ‘सुड्डो’ बेकुफ यत्रो पैसा तिरेर परको देश जाँदैछस टिकस काटिस त ? छैन भने यो हँसिया संगै लिएर जा तँलाई टिकस काट्ने बेलामा सजिलो पर्छ ।’ भन्दै ब्यागमा राखिदिए हँसिया छोरा हिड्यो भएर विदा चढ्नलाई बस बसमा चढेसी निदाएछ फस फस…।

कन्टेक्टरले उठाएर भन्यो –‘भाडा दिनुस’ Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अमुर्त मानिस

~पौल भाट~Paul Bhat

मैले सुर्य हेरे ,
तातो छ ,
रातो छ ,
रंग बदल्छ !

अझ नजिक हेरे ,
अजंग छ , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रंग घोलि दिन्छन् उनी

~करूण थापा~Karun Thapa

जिन्दगीमा थरिथरि रंग घोलि दिन्छन् उनी ।
एउटा ढोका बन्द गरे अर्को खोली दिन्छन् उनी ।

अमूल्य छ जिन्दगी यो त्यसै खेर फाल्नु हुन्न
हजार जुनीपछि मात्र यस्तो चोली दिन्छन् उनी । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : अतितको सपना

~एच.बि. शेरचन~H. B. Sherchan

उर्वशीले मन दुखाएर थुप्रै पत्र लेखिन् कुनै पत्रमा त आफू अरुको बन्नै नसक्ने पत्र पनि कोरेकी थिइन । लेखु त यो कथामा अड्दैन । यस्तै मनमा छचल्कीरहेका कुराहरु सोच्दै सानोतिनो काममा बिजि रही बेलुकीको खाना खाएर विस्तारामा पल्टिन्छु । निदाउँने कोशिश गर्छु, सायद निद्रादेवी रिसाएर होला मलाई साथ दिदैनन् । पटक्कै निद पर्दैन, भित्तामा टाँगेको भित्तेपात्रो तिर नजर फ्याक्छु । २०७२ सालको आखिरी दिनहरु बित्दैछन् । टिकटिके घडीमा नजर दौडिन्छ । रातको ०१ः४७ बजेको छ । बिस्तारै उठेर घरबाहिर बरण्डामा आउँछ । हल्का चिसो हावा चलिरहेको हुन्छ । त्यही हावामा चैत चैत बोल्दै सानो पंक्षी पूर्व–पश्चिम उडिरहेको हुन्छ । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : यसपालि म दशै मनाउछु

~प्रदीप सुबेदी~Pradeep Subedi

हाम्लो घर मा खसी कहिले ल्याउने बाबा ? ५ बर्षे छोराको प्रश्न ले म झसँग भए । पल्लो घरका भरत काकाले आँगन मा बाँधेको खसी देखेर पो सोधेको रहेछ । दसैं नजिकिदै थियो, गाँउमा प्रदेसी हरु फर्किरहेका थिए । मुस्ताङ तिर बाट एक हुल भेडा च्यङ्रगा हरु गाउमा छिराइसकेका थिए ब्यापारिहरुले । आमा पिढिमा चामल केलाउदै हुनुहुदो रहेछ छोराको प्रश्न सुनेर म तिर पुल्लुक्क हेर्नु भयो । आमा का अनुहार भरी प्रश्न थिए जस्लाई मैले बुझेर पनि बुझ पचाइदिए वा मैले आफ्नो लाज छोप्नलाई नबुझेको जस्तो गरेको छु । एकछिनको लागि मानौ म ढुङ्गा हुँ न मन्दिर मा राख्न मिल्ने न बगर मा फ्याल्न मिल्ने । आमा कती महान हुन्छन भन्ने कुरा मैले मेरी आमा बाटै जानेको छु जसरी मेरी आमाले मलाई जानेकी छिन् त्यसैले पनि मुटुमा भक्कनो पारेर भए पनि मेरी आमाले मलाई कहिले पनि प्रश्न गर्दिनन ।

भोली पर्र्सी ल्याउने ल खसी मैले छोरोको चित्त बुझाउनलाई त्यतिकै ढाटिदिन्छु । मेरो बुडिले सल्लाघारी बाट Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अबोर्सन

~प्रमिशा केसी~Pramisha KC

” हेर् कान्छी, अलि दिन यताउता हुने नर्मल होला, तर अहिले डेढ महिना हुन लाईसक्यो । आज आइतबार, भोली सोमबार दिँउसोसम्म तेरो पिरियड्स भएन भने हामी हस्पिटल जान्छौँ । ए सरी ! हामी हैन, तँ । भोली बेलुका तँ KMC जा, टिकेट काट् , डक्टरको मा जा, जेसुकै गर्, तर प्रेग्नेन्सी को टेस्ट गराएर आइज । “

मेरो मन अझै मान्न तयार छैन कि म गर्भवती छु । असारको पहिलो सातामा हामी बहकियौँ । यती अचानक भयो त्यो सब कि न सुरक्षित हुने हेक्का थियो न समय नै । आइपिल किनेर उसले मलाई जब ख्वायो , ढुक्कथियौँ हामी । त्यसबिचको एक महिनामा यती सब भयो कि ती दुइ चक्किमाथी आँखा चिम्लिएर बिश्वास गरेझैँ बिर्सियौँ सब । जब होशमा आएँ, तब याद आयो महिनावारी रोकिएको, अनि झास्किएँ । रोकिएको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भू. पू. नरेश नरोद्दम सिंहानुकलाइ चिठ्ठी

~दयाकृष्ण राई~Dayakrishna Rai

भूतपूर्व महाराज सिंहानुकज्यु,
पोलपोटले खोसेको गद्दीमा फेरि आशिन भएर
इतिहासमा नयाँ अध्याय आरम्भ गरि बक्सीयो ।
त्यहि गद्दीलाई स्वेच्छाले परित्याग गरेर
फेरि अर्को किर्तिमान कायम गरि बक्सीयो ।।
राजतन्त्रप्रति महाराजमा किन यत्रो वितृष्णा –
यो त महाराजको दुरदर्शितानै हुनु पर्छ ।
सिंहानुक महाराज र मेरो
भोग चलन उस्तै-उस्तै हुने भयो क्यारे !
आफु नावालक हुदै शिरमा श्रीपेज ढल्कियो
केहि दिन पछि शिरको श्रीपेज हजुरवाकै शिर तिर फर्कियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : परिणाम

~दिपक कुमार खड्का~deepak-kumar-khadka

धेरै वर्ष अगाडीको कुरा हो । एकदिन भेडालाई बाघ बनेर जंगल घुम्ने ईच्छा लाग्यो र ऊ सो मुताविक एकदिन उसले बाघ जस्तै हुनका लागि चाहिने सम्पूर्ण सामानहरु उपलब्ध गरायो र ऊ दुरुस्तै बाघको रुप धारण गरी क्रमशः ऊ बाघकै चालमा र बाघकै आवाजमा ज·ल पस्यो । धेरै हिडाई पश्चात ऊ घनघोर जंगलमा पग्यो ।

उसलाई मनभित्र डर लागि रहेता पनि मुटुलाई दरो पार्दै अझै अगाडी बढ्दै गयो । केही हिडाई पश्चात अकस्मात उसग बाघको जम्का भेट भयो । भेडा भित्र–भित्रै डराई रहेको थियो तर हिम्मत राखी फुर्तिसंग बनावटी गर्जदै बाघलाई भन्यो–म स्वर्गका राजा इन्द्रले पठाउनु भएको दुत हुँ । स्वर्गमा तिम्रो बारेमा धेरैले उजुरी Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

Poem : The Wedding Of The Doll

~Dibya Giri~Dibya Giri

Once I happened to see a doll in the cup-board
The Old doll but very beautiful and attractive
My daughter used to love it to a great extent
She used play and enjoy with the doll
She used to sleep at night along with the doll
Even I found a letter near by the doll Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : कसले जात बनायो

~अनिल बराल ‘गरीब चिराग अछुत’~

मान्छे सबै एकै हुन्छ कसले जात बनायो
दलित माथी किन यस्तो घात बनायो |

कुन कानुनमा छ कसले लेख्यो दलित भनेर
यहि समाजले दलितलाई बर्वाद बनायो | Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म ऐना हेर्दिन

~जे.बी. शेर्पा ~ J B Sherpa

भन्दा भन्दै
सुन्दा सुन्दै
हेर्दा हेर्दै ,
मैले आफैंलाई पनि बुढो सम्झन थालें,
अनुभव गर्न थालें !

मलाई याद छ
पहिलो पटक जब
जुंगा रेखी देखें ओँठमाथि
दोश्रो पटक जब
फुच्चेहरुले अंकल र दाइ भन्न थाले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : गैँडाल्याण्ड – जिन्दाबाद

~राजेश राई~Rajesh Rai

भर्खरै सकिएको गैँडा गणनाको सन्तोषप्रद नतिजा सुनेपछि हर्षित त्यो केटो खुशी अनि उत्तेजनाको भावमा आमालाई भन्दै थियो – एउटा कुरा त हामीले बिर्सिएछौँ नि।

आमा – के कुरा ?

केटो – गणकलाई हाम्रो आफ्नो पूरा थर र आफ्नै भाषा पनि लेखाउनु पर्ने।

आमा – किन त्यसले के फरक पार्छ र ? Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : चुके जस्तो लाग्यो

~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~

तारहरू उदाउन चुके जस्तो लाग्यो
जून छोडी कसैसँग झुके जस्तो लाग्यो

जुन एक्लै एकान्तमा रूदै बसेको छ
पीरै पीरले हिजो आज सुके जस्तो लाग्यो

चम्किला त चम्किलै हुन् हैन कस्ले भन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : दिलमाया

~श्यामल~Shyamal_1

मेरो सपना खोसेर राखिएको छ
थिम्पूको अँध्यारो जेलमा
सर, म त्यसै फर्कनेछैनँ भुटान ।

म सम्झन्छु आफू रोएको बाल्यकाल
तर जति म रोएँ
मेरो सात क्लासको किताब
च्यातिएको दिन रोएँ
त्यही दिन म जति रोएँ रोइसकें
जुन दिन पसे सिपाहीहरु हाम्रो घरमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो जस्तो मुटु

~गोपाल योन्जन~Gopal Yonjan

तिम्रो जस्तो मुटु मेरो पनि
तिम्रो जस्तो माया मेरो पनि
नबोलाउ मलाई निस्ठुरी भनी
तिम्रो जस्तो बाधा मेरो पनि
तिम्रो जस्तो…

तिमीलाई अंगाली कता कता,
भागी जाने धोको मेरो पनि
तर पाउमा दस्तुरको,
तिम्रो जस्तो कल्ली मेरो पनि
दुइ प्राण एक नभए पनि, Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : लाहुरेका दशैं

~दिनकर नेपाल~

भारतीय गोर्खाहरूको यसपालाको दशैंलाई युद्धको बादलले अँध्यारो बनाइदिएको छ।

हामी सानो छँदा घरमा ५/६ महीना अघिदेखि नै ‘यसपालिको दशैंमा बुबा आउनुहुन्छ कि हुन्न?’ भन्ने छलफल चल्न थाल्थ्यो। बुबा भारतीय लाहुरे। अहिले जस्तो सञ्चार सजिलो थिएन। दुई/तीन महीनामा एउटा चिठी आउँथ्यो।
बुबा आउँदा ल्याउने खेलौना र मीठा खानेकुराले लाहुर चिनाउँथे। कश्मीरमा हुँदा त्यहाँको स्याउ, ओखर र बदाम ल्याउनुहुन्थ्यो। उहाँले ‘स्याउ त त्यहाँ गाईले पनि खाँदैन, यति धेरै हुन्छ’ भन्दा हामी अचम्ममा पर्थ्यौं। कस्तो ठाउँ होला त्यो भन्ने लाग्थ्यो। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : छाँयाको तागत

~निर्भीक रार्इ~Nirvik rai

(तस्विरले भूतकाल जन्माउने)

Photo विगतको चिनो भएको ।
Photo ले भूतकाललाई जतन गर्ने ।
Photo इतिहासको दसी भएको ।
Camera मा थुनी कागजमा सारिएको छाँया (Photo) को
भूतकालमा पनि ठूलो महत्व हुने ।
Photo ले सम्झना र मायाको संरक्षण गरिरहेको हुने । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : न्आत्तिनु कहिल्यै!

~धर्म सन्देश~

आपत् बिपत् आउछ जान्छ,न्आत्तिनु कहिल्यै!
सुख भन्ने क्षणिक हुन्छ,नमात्तिनु कहिल्यै!

उत्ताउलो त हुन्छन् सबै,बैंश छछल्किदा
यस्तो बैंश सबको आउछ,नपात्तिनु कहिल्यै! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

श्रीराम श्रेष्ठका भुकम्प २०७२ सम्बन्धी चौबिस हाइकु

~श्रीराम श्रेष्ठ~Shreeram Shrestha

बैशाख बाह्र
दिउँसै कोलाहल
ठूलो प्रलय ।

त्रिशूली नदी
गर्भैबाट निस्कियो
बज्र प्रहार ।

दह्रो भूकम्प
भित्रैसम्म छिरेछ
नसा चुँढाल्दै । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment