कविता : सरकार नुन पठाइदिनु होला

~लोक राज भट्ट~Lok Raj Bhatta

सरकार
तम्रो हड्तालको क्रान्ती चलिरहेका बखत
गाउमा सारै महङ्गिएको छ नुन,
बलाई छ ,
तम्रा सहरले दिएका कागजले
हाम्रो पहुँचमा सपनाहरु सिचाँउदैन,
त्यो आश्वासन,
सहरमै बाँडिचुँडी खाईबक्सेला।
हामिले त
तम्रा क्रान्तिका घाउले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अनि उ नेपाल फर्कने निर्णय गर्छ

~ध्रुव थापा~Dhruba Thapa

ऊ नेपाल फर्कने निर्णय गर्छ

आज क्रिसलाई आफैदेखि दिक्क र आत्मग्लानीले सताइरहेको थियो। त्यसैले ऊ एक्लै प्रशान्त महासागरको किनारमा बसेर धेरै बेर रोइरहन्छ। कोही छैन उसलाई सान्त्वना र उसको मनको बहलाई बुझिदिने। हो, उसले सुनेको छ , छोरो मान्छे भएर रुनु हुँदैन रे। त्यसैले त ऊ आफन्तको सामु वा आफ्नै श्रीमतीसित समेत आफ्नो दुःख पोखेर मन हलुङ्गो हुने गरी रुन सक्दैन। उसलाई अहिले एक प्रकारको आत्मग्लानीले सताइरहेको छ। आज उसकी छोरीको बिहे। पिताको सबैभन्दा ठूलो कर्तव्य कन्यादान दिनसमेत असमर्थ छ यो अमेरिकाको बसाइले।

९ वर्षकी जेठी छोरी र ७ वर्षको छोरोलाई छाडेर अमेरिका आएको पनि १५ वर्ष बितेछ। यतिका वर्ष कसरी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शिलान्यास

~अतित मुखिया~Atit Mukhiya

आउ तिम्रा दुर्गम हातहरुले
छातिका पटाङ्गीमा
मनको सुन्दर भवन निर्माणार्थ
भावनाका शिला राखेर शिलान्यास गर
म परेलीका हत्केलाले ताली वजाउला
माटो मुच्छन,
सकेजती आशु र पसिना निचोरुला ।

उद्वेगमा विरानी तिर
अलिकती खुसी फुल्यो त के फुल्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चियाबारीको अर्थशास्त्र

~बासु थापा पुलामी~

सपनामा
मेलोहरू लश्कर लागेर आउँछन्
अनि बुन्छन् अनेक थरीका सपनाहरू चियाबारीले।

बिहान झिसमिसेमा उठ्छन्
परिवारको एकमुठ्ठी जाँगरिला सपनाहरू लिएर उनी।

हप्ताभरिको
खर्चबाट
उसले घरको अर्थशास्त्र सञ्चालन गर्नुपर्छ।
तल्लो गाउँमा
मरौ परेको छ। त्यहाँ पनि नपुगी हुँदैन। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : गरी सके मैले

~अनिल बराल ‘गरीब चिराग अछुत’~

जीबनको अन्त्य गरी सके मैले
धर्तीमा छैन म मारी सके मैले |

मेरो नाम निसाना नखोज्नु अब
मृत्युको जीबन सागर तरी सके मैले | Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : होस्टेलकी आन्टी

~सबिता सापकोटा~sabita-sapkota

आन्टी म एकछिन बाहिर गएर आउछु । हस, बाबा छिटै आउनुस ल खाना खाने बेला हुन लागेको छ । अरुभन्दा फरकपन छ उनीमा , सबैलाई रिजाउन सक्छिन् । एकजनाको बोलि होइन होस्टेलमा बस्ने सबैको प्रश्नको उतर झर्को नमानी दिन्छिन । सानो कुरामा रिस उठ्ने आफ्नो बानीलाई निहाल्छु र सोच्ने गर्छु के आन्टिलाई कहिल्यै पनि रिस उठ्दैन ? घरदेखि टाढा रहेर यो सहरमा आफ्नो भविष्य उज्वल बनाउने आशामा होमिएका केटिहरुका लागि खोलिएको होस्टल हो । त्यहि होस्टेल चलाउँदै आएकी सबैकी प्यारी आन्टी हुन तारा आन्टी ।

घर छोडेर हिँड्दा डेरा लिएर बस्ने सोच थियो । केहि दिन डेराको खोजीमा भौतारियो । तर कहाँ सहज थियो र डेरा पाउन । बल्लबल्ल भेटिएका रुम पनि अध्यारा थिए । कुनै साङग्रा थिए , दुईवटा खाटपनि नअटाउने । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उत्तरआधुनिक मान्छे !

~शिव प्रकाश~SHiva Prakash

मान्छेजस्तो देखिने
विनम्रताविहीन मान्छे
भकभकाउँछ एक्लै, बक्बकाउँछ,
सग्लै छन् खुट्टा
टेकिँदैन सीधा
बङ्ग्याएर हिँड्छ
दुरुस्त मान्छेकै जीउडाल
कक्रक्क कक्र्याएको छ
मैमत्ता, घमण्ड, अहङ्कार
मान्छेको नयाँ संस्करण
उत्तरआधुनिक मान्छे
एउटा नौलो परिचय बाँडेर हिँडेको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बौलाहा ट्राफिक

~उमेश राई~Umesh Rai

प्रदुषित सहरको धुवाँ र धुलोले जब बेस्मारी सताउँछ
मध्यान्नको तातो घामले बेस्मारी बेस्मारी तताउँछ
अनि
बेलाबेलामा चोकको त्यो ट्राफिक पुलिस बौलाउँछ
यहि बाटोमा बुलेट बाईक चढेर
जमिनै भत्किलाझैँ आवाज गर्दै
दोस्रो लटको जवानी सम्हाल्दै
सोर्ह बर्षे नवयौवना चिप्काएर हुईकिन्छ्न्
दोस्रो लटको जवानी सङ्गाल्दै गरेको
बज्जिया चालिसे बुढा तन्नेरी हरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : सङ्केतको कविता संग्रह

~होम सुनुवार~book cover - Sanket ka Kabitaharu - Kedar Sangket

सबै साहित्यिक मनहरुमा समर्पण गरी लेखिएको ‘सङ्केतका कविता’ नामक दोस्रो कविता संग्रह सम्झना स्वरुप मेरो हात पर्दा म अचम्भित र खुशीको सम्मिश्रणमा एकछिन टोलाएँ । किनकि लेखकका अन्य साहित्यिक कृतिहरु पैँयूका फूलहरु, हाईकु संग्रह र यात्रा स्पर्श, यात्रा संग्रह पढेको केही समय नबित्दै फेरि अर्को कोसेली प्राप्त भएको थियो । साहित्यिक यात्रामा खुड्किलाहरु यसरी छिटोछिटो चढ्नको लागि साहित्यकर्मीहरु पक्कै निकै जाँगरिला हुनुपर्दछ । जसमध्ये केदार सुनुवार सङ्केत पनि एक जाँगरिला साहित्यिक उद्यमी हुन् भन्दा फरक नपर्ला । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका तथा विश्व नेपाली साहित्य महासंघका पनि आजीवन सदस्य रहेका उनी ‘सङ्केत’ नामले परिचित छन् । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : देवकोटा तिमी प्रसाद हौ

~आचार्य प्रभा~acharya Prabha

देवकोटा,
तिम्रा अमानुषी श्रीजनाका किरणहरुले
अझै जग्मगिएको छ साहित्य जगत
तिम्रा अटल प्रेरणाहरुले बाँचेको छ
नेपाली बाङ्मय अझ सहज,
तिमी अपरिमेय छौ
तिम्रा श्रीजना अमेय छन।
हाँसी रहेछौ तिमी अटल सूर्य बनेर
नेपाली साहित्यकाशमा ,
बाँची रहेछौ तिमी”मुना मदन”बनेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : र फेरि

~राजव~Janardan Pudasaini Rajab

उताबाट आउने फोनको कुनै निश्चित समय छैन। तर, बार निश्चित छ– आइतबार वा शनिबार। अरू बार फोन आएको रेकर्ड छैन। यी बार कुनै पनि समय उसको फोन बजेको हुन्छ। त्यसकारण ऊ आइतबार र शनिबारका दिन फोन हातमै लिएर हिंड्छे। नभए आफूले लगाएको पोशाकको खल्तीभित्र घुसारिरहेकी हुन्छे। तर, फोन आउँछ नै भन्ने निश्चित हुँदैन। नआउला भन्न पनि सकिन्न। किनभने अघिल्लो फोनको एकाध महीनापछिको आइतबार वा शनिबार पारेर उसले फोन प्रायः गर्छ। हरेक फोनको अन्तर डेढ महीनाभन्दा बढीको हुँदैन। त्यसकारण अरू बार फोन जता राखे पनि शनिबार र आइतबारका दिन फोन उसको ज्यानको कतै टाँस्सिएकै हुन्छ। अरू बार साइलेन्ट वा भाइब्रेसनमा रहने उसको फोन यी बार ऊ सचेततापूर्वक साउन्ड मोडमा राख्छे। यत्ति गर्दा पनि उसलाई फोनबारे शंका लागिरहन्छ। र, फोन कहीं साइलेन्टमा त राखिनँ भन्ने आशंकामा ऊ बारबार सेटिङ्ग चेक गरिरहन्छे। फोनको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे खोजिरहेछ यती

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

मेरा अनेकौं इच्छाहरूमध्ये
अग्र र उग्र इच्छा- सपनामै मरुँ,
हिउँदमा घाम तापेका दिनहरूभन्दा
अरू बढी न्याना र उज्याला लाग्छन् मलाई
सपना ओडेका रातहरू
मेरा अनेकौं इच्छाहरूमध्ये
अग्र र उग्र इच्छा- सपनामै मरुँ ।

म सपना ओडेर जागेको बेला
तिमी जीवनदेखि डराएर भागेको बेला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भर्खर गाल्न तयार छु

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

सून हुन्छ भने पित्तल, भर्खर गाल्न तयार छु
जति लाग्छ लागोस् पाप, सब पखाल्न तयार छु ।।

तिम्रो माया दिन्छ्यौ भने, पर्दैन भो केही खान
भोकै पेट दिन रात, गिट्टी चाल्न तयार छु ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

जय सिंह महराका दुई हाईकु

~जय सिंह महरा~Jay Singh Mahara

रसिला आँखा
बादल भित्र जून
अँध्यारो मन
´´´´´´´´´´´´´´´´ Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : बर्लिनको पर्खाल

~सौरभ कार्की~Saurav Karki

दश गजाले छुट्टयाएझै
यत्ति मेरो बाँकी तेरो
एउटा सानो धर्सो
कोरिएको मानचित्र
बर्लिनको पर्खालझै
झन्डै–झन्डै
निषेधित क्षेत्र झै
वाह ! महोदय
तिमीले त आफ्नै
कलङ्कित बिचारहरुजस्तै
विभाजित गर्ने भएछौ नि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

भवानी न्यौपाने ‘भावना’का केही हाइकुहरु

~भवानी न्यौपाने ‘भावना’~Bhawani Neupane 'Bhabana'

कल्पना भरी
स्निग्ध प्रेम सागर
स्वप्न सन्सार ।

अञ्जान यात्रा
निर्दोष कन्यादान
कुहिरो लाग्दा । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

लघुकथा : नाजवाफ

~दिवाकर स्वप्नील~Diwakar Swapneel

“अरे?हजुर अफिस गइसेको होइन?”

“अँ।तर जानै सकिनँ।”

“किन?”

“बाटो भरिका जुलुसले गाडी अगाडी बढाउन सकिएन।” मैले श्रीमतिको प्रश्नको जवाफ मात्र दिएँ।मन त्यसै भारी भएको थियो।त्यस्तो नीच कुकृत्य कसले गर्यो?त्यो भीडभित्र अपराधको दण्ड तोकिएका मान्छेहरुको अनुहार जो अपराध बिरुद्ध सफेद पोशाकमा बुलन्द मुर्दावाद चिच्याउँदै थिए,सम्झेर घृणा जागेर आयो।तर सानो छोरासँग खेल्ने मौका मिलेकाले एकैछिनमा अघिको भारी मन बिर्सिएँ। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : यौनको सम्मान

~निर्भीक र्रार्इ~Nirvik rai

ब्ढ्यौलीले गलाएको, यौन दुबलताले शिथिल बनाएको,
दर्रि्रताले भक्रान्त पारेको, धार्मिक अन्धताले ग्रसित भएको र
असभ्य मान्छेले नै यौनलाई घिनाउने, खिसी गर्ने
हेला गर्ने र यौनसँग लजाउने ।
नत्र त्यसो गर्ने किन,
त्यति प्यारो यौनलाई –
ओहो हो हो !
सबभन्दा रमाइलो उत्तेजनाले विभोर पार्ने कुरा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ख्युःरा

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

यति रिस उठी रा छ कि अहिले –
चोक, गल्ली, चिया पसल र चौतारीमा
देश बनाउने सुन्दर सपना बुन्न
अविरल बौद्धिक वेश्यवृत्ति गर्नुहुने श्रद्धेय महानुभावहरुसँग ।

रिङ–ने दा,
यति रिश उठी रा छ कि अहिले
यति रिस उठी रा छ –
जसको आफ्नो पछाडि चार जना मान्छे जम्मा पार्ने छाँट छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : आडम्बरका विरोधी डायमनशमशेर राणा

~नरेन्द्रराज प्रसाई~diamond_shumshere_rana

डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी कान्छा थिए । उनी बाल्यकालदेखि नै निडर, निष्पक्ष र निर्भीक थिए । राणाको विबाह ढालविक्रम शाहकी छोरी बालिकासँग २००१ सालमा भएको थियो । यी दम्पतीबाट एउटी छोरी गीता र दुई जना छोरा खुस्वु अनि रघु जन्मेका थिए । राजा त्रिभुवन २००७ सालमा भारतमा जाँदा नेपाली जनता राजालाई फर्काउने अभियानमा सक्रिय थिए । त्यसै सिलसिलामा देशभित्र क्रान्तिको शङखघन्ट बजिरहेको थियो । काठमाडौं शहरमा पनि नाराजुलुसले राणा शासकका कान घोच्न थालेको थियो । त्यही क्रममा डायमनशमशेरलाई प्रजातन्त्रवादीहरुलाई दबाउने जिम्मा दिएर राणा सरकारले इन्द्रचोकतिर खटाएको थियो । त्यस बेला उनी सेनाका कप्तान थिए Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

कविता : आजका मान्छे

~विश्वम्भर चन्चल~Bishwambhar Chanchal_1

आजभोलि मान्छे सस्तो छ पशुुभन्दा
पैसा सस्तो छ
संवेदना, दया–माया र प्रेमभन्दा
स्वार्थ प्यारो छ देशभक्ति र राष्ट्रवादभन्दा
बाबु पठाउँछ छोराछोरीलाई
बन्दुकको नालमा होमिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हिप्पोक्रिट संवेदनशीलता

~सुधीर छेत्री~

“साहित्य, कविता, सत्यं, शिवं, सुन्दरम् -यी के हुन् ? सब अक्षरका खेलमात्र हुन्, अक्षरको एक विशेष मर्यादाक्रम हुन्। आजको भोलि नै यिनलाई बदलिन सकिन्छ, यिनलाई म अहिले नै बदलिनसक्दछु।”

-शङ्कर लामिछाने

एब्स्ट्र्याक्ट चिन्तन प्याज
कार्निभल चल्दैछ। कार्निभल।
समुद्री ढुङ्गाजस्ता
चिप्ला भूगोलमा
हातहरू पसारिरहेको छ माग्दै केही
थकित अक्टोपस्। मलिलो गर्भाशय छ
मागिरहेछ वीर्य।
त्यसका रूबी झैं टल्कने आँखामा त्रास
एकथरिको बाक्लो।
घनीभूत आतङ्क। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एरिस्टोक्र्याटहरू

~जीवन क्षेत्री~Jiwan Kshetry

खाली खुट्टा
आधा ढाकिएको शरीर
एक सुकुम्बासी बर्बराइरहेछ–
थूः निर्लज्ज एरिस्टोक्र्याटहरू ।

तिम्रो शान्ति भर्सेला परोस्
एक्लो काठमाण्डुलाई ‘नेपाल’ मानने
ए एरिस्टोक्र्याटहरू ।

हिम्मत छ भने सार्वजनिक बस चढेर
पश्चिम सीमा पुगेर त हेर
बन्दुकको खेती, बारुदको मलजल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : घान्द्रुकको-यात्रा

~अमोल आचार्य~amol-acharya

१० अक्टोबर, शनिवार, बिहान नै उठेर, पदयात्राकै लागि भनेर किनेको ‘ट्रेकिङग् ब्याग’ बोकें। पदयात्रा जाने जोशले होला ब्यागमा कोची-कोची राखिएका कपडाहरु, साबुन-स्याम्पुहरु केहीको पनि तौल थाहा भएन। विहान ७:०० बजे जमल पुगेर ‘टुरिष्ट’ बसमा चढेर पोखरा जाने निधो भएको थियो। सबै कुरा निधो गरेझैं भयो। ‘नेपाली टाइम’को परम्परागत प्रवृति भत्किदैगएकोमा खसी लाग्यो। नेपालीहरुले समयको महत्तव बुझ्न थालेको थाहा पाउँदा कुन नेपाली हुनुमानै गर्व गर्ने नेपालीलाई सुखदायक हुँदैन र?

काठमाडौंदेखि मुङलिङ, मुङलिङदेखि पोखरा। विच-विचमा खाना र खाजा। त्रिशुली, पहिरो गएको ढुङ्गे डाँडाहरु, केवुलकार, झोलुङ्गे पुलहरु। यत्तिमात्र वर्णन गर्छु काठमाडौँदेखि पोखरा छिर्नु अघिको यात्राको बारेमा, है। विषेशणहरु भुरुन्दी खोला, पुनहिल, घान्द्रुक, हिमालहरुका लागि बचाउन मन लाग्यो क्या Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : म साँचो नेपाली भई मरी दिन्छु

~ज्ञानेन्द्र गुरुङ्~

मेरो राष्ट्रिय चन्द्र, सुर्य अंकित ध्वजा,
अनन्त सम्म फहराउन खोज्दा खोज्दै…
म डुब्ने बेलाको घाम भएछु भने
म प्रेषक बिनाको खाम भएछु भने
सुन्दर हिमाल हाँसेको हेर्ने दुई आँखा चिम्ली…
औशिको रातमा जुनकिरसंगै हराएछु भने,
म साँचो नेपाली भई मरी दिन्छु;
सदा सदाकोलागि आफ्नो प्राणभुमि “नेपाल”
संसार सामु चिनाउन सकेछु भने !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचरी बागमती !

~कलाधर काफ्ले~

हिउँदभरि, जब बागमती
दर्ुगन्धित लेदोमा परिणत हुँदै
फोहोरैफोहोरको डङ्गुरभित्र रुमलिँदै
घिस्रिरहेकी हुन्छिन् ।
बागमती बचाउ अभियानका
मै हुँ भन्ने नाइकेहरू
बर्खाका च्याउभै Fm उम्रेका र
दर्जनौँ सङ्घसंस्थाहरू
बागमती सभ्यताका हिमायतीहरू
सिङ्गो नेपाल सरकार अनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाचा गरी रुवाएर गयौ

~बालकृष्ण भट्टराई~Bal Krishna Bhattarai

सँगै जिउने बाचा गरी रुवाएर गयौ।
तिमी हाँस्यौ मेरो आँशु चुहाएर गयौ।।

तिम्रो माया स्वार्थी रै’छ विश्वाश गरे मैले,
सोझो देख्यौ उल्टै कसम खुवाएर गयौ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कसो खेर गइएन

~नारायण तिवारी~Narayan Tiwari

ठूलो हुरी बोकेको थिए
कसो शहीद भइएन
ठीकै भएछ–
कसो खेर गइएन …. ।

कहाँ भइरहेछ इमानको पूजा
खोइ फेरिएको छ
संस्कार ।
अहिले पनि उस्तै–उस्तै
उत्पातहरू छन्
उस्तै–उस्तै
आघातहरू छन्
मोटाउने मोटाएकै छन्
कसलाई छ चासो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विचलित मान्छे

~रमेशजङ्ग सिजापति~

त्यही मान्छे हो
वर्तमानमा देखिएको
विगतको पहिचान हराएको
बोली वचन र आस्थामा विचलनपछि
देखिएको यथार्थ रूपलाई भन्न करै लाग्यो
स्वयम् आफैंँमा विचलन आएको मान्छे ।
यसरी नै क्रमशः
भूत, वर्तमान र भविष्यमा पनि
कर्तव्यबाट चुक्दै जाने हो भने
मान्छेको विचार, अनुशासन, व्यवहार र चरित्रमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तित्वबोध

~सुबेश घिमिरे~subesh-ghimire

मेरो अस्तित्वको अविर्भावसँगै
जननीसँग मैले
गर्भको राप माँगे
ममतामयी काख माँगे
आन्द्राको प्यास मेट्न
छातीको धार माँगे॥

बिस्तारै बामे सर्दै
बाबासँग मैले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : उपहार मौनताको

~तिलक खत्री~tilak-khattri

दिनभरिको थकान अनि, गाउघरको ‘याद’ संगालेर बेलुका कोठामा आएर फेसबुक अन गर्छु। अन गर्दा साथ इनबक्समा ३ वटा राता बत्ती देख्छु। हतार नगरि ओप्पन गर्दै गर्दा एउटा सधै सम्झिरहने उनै ‘प्रियसी’को हुन्छ अर्कों संगै पढ्दाको कलेज साथीको अनि अर्कों अपरिचित मान्छे कहिलै नदेखेको अनुहार कहिलै नसुनेको नामबाट सायद, उस्ले मलाइ चिन्छ चिन्दैन थाहा भएन तर उस्लाइ एउटा कुरा थाहा रैछ मलाइ सधै सम्झने मेरी “प्रेमिका” हो भन्ने। हत्त पत्त त्यही अपरिचित को म्यासेज अन गर्छु । म्यासेज यस्तो देख्छु .. “फ़लानी मेरो २ बर्ष पहिलेको ‘लवर’ हो अब देखि उस्को पछि नलाउनु ल”.. म त्यो म्यासेज पढेर कति बेला सके आफैले पत्तो पाइन अनि टु रिप्लाइ गर्न कोर्छु ,,

“जम्मा दुइबर्ष ? मेरो २ जुनी पहिले देखि माया बसेको छ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फर्किन्छु गाँऊ फेरी

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

गाँऊ घर उजाड भएछ कठै सबै शहर पसे पछी
घर छाना भित्ता घाँस पलाएछ छाडेर हिंडे पछी
गाई गोठ कडकुरो थर्कु याँहा सबै ढली सकेछन्
घरको खाँबा डाँडा भाटाहरू सबै गली सकेछन्

सुन्दर फूल फूल्ने बँगैचा आज बनमाराले ढाकेछ
पहेंलै तोरी फुल्ने पाटा भरी बुकी फुल्न थालेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment