समीक्षा : भाइटीकामा मितेरी साइनो

~त्रिभुवनचन्द्र वाग्ले~tribhuwan-chandra-wagle

भाइटीकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित भातृत्तेश्वर महादेव मन्दिरमा धेरै दाजुभाइहरूले टीका थाप्छन् । राजधानी काठमाडौंमा अन्जली दिदीले विगत केही वर्षदेखि धेरै भाईहरूलाई टीका लगाइदिंदै आउनु भएको भएको छ । यसमाथि ओम शान्तिका दिदीहरूले जनै पूणिर्माको अवसरमा राजनीतिक र सार्वजनिक “भाईहरू”लाई आकर्षक राखी पठाइने गरिएर दिदीभाईको सम्बन्ध विस्तार गर्ने गरिएको छ । इच्छा गर्ने हो भने कोही पनि दाजुभाइले राजधानीमा भाइटीकाको दिन निधार राख्नुपर्ने छैन । समाजशास्त्रीहरू यस्तो नातालाई सामाजिक सम्बन्ध विस्तार र सामाजिक सुरक्षा प्राप्त गर्ने संगठन भन्न रूचाउँछन् । तर, यस्तो नाता भने अस्थायी मात्र होइन क्षणिक पनि देखिएको छ ।

नेपाली समाजमा रहेका विचित्र विशेषतामध्ये यहाँभित्र समाजलाई एकीकरण गर्न अपनाइएका विभिन्न तरिकामा यस्ता नातेदारीले आफ्नै प्रकारको महत्व राख्ने गरेका छन् । यस्ता नाताबाहेक नेपालीमा समाजमा Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : तरूल खन्दैछु आमा

~देबेन्द्र बस्याल~devendra-basyal

म तरूल खन्दै छु आमा
हाडीकोटको घना वनमा
बाख्रा पनि हेर्दैछु आमा
बौसिफूलको पाखामा

तरूल त ठूलै भेटेको छु आमा
तर निकै अप्ठेरो मा
तरूल त मिठेहो आमा
तर दुईढुङ्गाको अन्तरमा

थुप्रै माटो र ढुङ्गा फालें Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दाग लागेपनि कुर्तासुरुवाल नलागेपनि कुर्तासुरुवाल

~उदय निरौला~

टक्टकाउँदो सेतो कुर्ता सुरुवालमा
सजिएको त्यो मान्छे
अलिकति बाटोको हिलो टाँसिन्छ र सुरुवाल कुरुप हुन्छ
पान पिच्काउँदा खयर मुस्काउँछ छात्तिमा र दाग दुख्छ
सेकुवापसलको धूँवाले अरु बढी रंगिन्छ पोशाक
र किच्च हाँस्छ
त्यो मान्छे कुर्तासुरुवाल सफा भए पनि ठूलो मान्छे
दाग लागे पनि ठूलै मान्छे ।

दाग लागेको कुर्तासुरुवाल भएपनि ऊ नमस्कार पाउँछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना

~देवान किराती~

भित्तामा झुण्डीएको ऐना हेरें
पटक्कै चित्त बुझेन
झिकेरै– हेरें
अहँ फ्याट्टै मन बुझेन ।

उधोलाई उभो बनाएँ
दायालाई बायाँ बनाएँ
रत्तीभर मिलेन अनुहारको चौखुँडा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ताहूँ र यात्री

~राजेशकुमार अर्याल~

यात्री न हुँ
तिमीलाई स्पर्श गर्न
यसपाली ताहूँ आएको छु ।
जिन्दगीको बटुवा न हुँ
थकाईको सुस्केरा हाल्न
यसपाली कराउने पहाड आएको छु ।

खल्डुक र सल्लाका हाँगा भाँचेर उकालो चढेँ
बैशाखी टेके र गन्तव्यमा अगाडि बढें
भग्नावशेष दरबार र जीर्ण गढी देखें Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तपाई र मेरो पेशा

~दिङ्लाली कान्छो~Dinesh Subedi 'Dimali Kancho'

मलाई एउटा प्रश्नले संधै सताई रहन्छ …..
त्यो हो —-
” मेरो जिम्मेवारी के हो ? ”
मलाई यो पनि थाहा छ
मेरो पेशा वा जागिरले
म एउटा शिक्षक हुँ
तिनै सानानानीहरु वा
युवा-युवती देखि अधबैंसे
उमेरका संग मैले
मेरा जीवनका सुनौला
क्षणहरु बिताएको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भगवान भरोसा

~लोप्चन लामा~

कहिले माओको बन्दुक पड्कियो
कहिले र्हितिक कान्डा मच्चियो
त कहिले मदेश करायो

कहिले वाइ सियलले बजायो

कहिले चक्क जाम

त कतै फोहोरको गन्ध Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गयो दशैं

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

आउला भन्दाभन्दै
यसपाली त
अघाउञ्जेल
मनाउँला भन्दाभन्दै
परदेशमा
पुरानै पस्केर
उही
परार झैं
सन्नाटा चिरेर एकदिन
सुटुक्क
आएर गयो दशैं। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘मुक्तिसंघर्ष’को मैदानमा कवि राजेश विद्रोहीको परीक्षा

~नन्दलाल आचार्य~Nandalal Acharya_1

‘थोरै साहित्यको निर्माण गर्न धेरै इतिहास लाग्छ ।’– हेनरी जेम्स

‘मनुष्यभन्दा ठूलो कुनै शक्ति छैन, मनुष्य समस्त वस्तु र स्वयं स्रष्टा हो, मनुष्य चमत्कारकर्ता हो र प्रकृतिका समस्त शक्तिहरूको भावी स्वामी हो ।’– म्याक्सिम गोर्की

अ. विषय प्रवेश ः

दार्शनिक ओशोले सांस्कृतिक रूपान्तरण गर्न समय लाग्ने कुरा गर्दै भनेका छन्– ‘अहिलेसम्म हाम्रो के सोचाइ रह्यो भने क्रान्ति दुईचार वर्षमै होस् । यो बेबकुफी हो । व्यवस्था र शासन बदलेर केही हुँदैन । मानिसको मन बदल्नुपर्छ । त्यसका लागि समय लाग्छ । क्रान्तिको नाममा हठात् सबै कुरा बदल्नेहरूले पहिला समाजको मन बदल्न सक्नुपर्छ । यदि कुनै मुलुक सय वर्षसम्म क्रान्तिकारी हुने हिम्मत जुटाउन सक्दैन भने उसले क्रान्तिको झन्झटमै पर्नु हुँदैन ।’ हामीकहाँ पनि असन्तोषका कुराहरू धेरै छन्, अभावका पोकापन्तेराहरू मनग्यै छन् तर सन्तुष्टि दिने आधारहरू पनि मनग्यै छन् । जुनसुकै क्रान्ति पनि मक्किएका नीतिनियम Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : माटो यो जोगाऊ

~श्यामसुन्दर श्रेष्ठ~

कल्कल बग्ने खोलाले भन्छ, माटो यो जोगाऊ
मासेर वन पहाडको मलाई खहरे नबनाऊ
पुग्नु छ टाढा समुद्रसम्म स्वच्छ म बन्न पाऊँ
मायाले हेरुन् सवैले मलाई, हृदय धुन पाऊँ ।।१।।

हरियो जंगल पहाडमा भए म स्वच्छ हुनेछु
जंगल मासे पहाडको तिम्ले म सधैं रुनेछु
नरुवाऊ मलाई हे मनुज हो, माटो यो जोगाऊ
नदुखाऊ दील कलिलो छ यो, पहाड जोगाऊ ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : डोली चढे पछि

~दिनेश श्रेष्ठ~dinesh-shrestha

आसु चै नझार्नू डोली चढे पछि
जीतमा नहार्नू डोली चढे पछि

तड्पिदैछु पल्पल् तिम्रै वियोगमा
सम्झना नमार्नू डोली चढे पछि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : महिलाहरू कहाँ छन् ?

~सङ्गीत श्रोता~Sangeet Srota

आजैको कार्यक्रम हेर्नुस्–
प्रमुख अतिथिको आसन
मुन्तिर
पुरुषकै खुट्टाहरू हल्लिरहेका छन्
विशिष्ट पाहुनाको पिर्कामा
पुरुषकै घुँडाले पलेटी कसिरहेका छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : देखावटी गर्छन यहाँ

~कृष्ण पौड्याल~

आफ्नो बनाउन माया देखावटी गर्छन यहाँ।
बे अर्थका हासो खुसी मुटुभरी छर्छन यहाँ॥

मन भित्रको कालो दाग देख्न कहाँ सकिन्छ र।
अन्ध विश्वासको आधारमा भर पर्छन यहाँ॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : हास्न कहाँ सकिन्छ र

~बि बी सुब्बा~

बितेका ति दिन सम्झी हास्न कहाँ सकिन्छ र
कडा रोपी मुटु माथि बास्ना कहाँ सकिन्छ र

बाल्यकालको याद दिलाउने अल्लारे यो बैशा लाई
फेरी बालपन संग गास्न काहा सकिन्छ र Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : इमेल

~अर्जुन नवोदित~

अफिसबाट घर आइपुग्न बसमा कम्तिमा पनि एक घन्टा लाग्थ्यो। साथमा सँधैझैँ उपन्यासका किताब थिएनन आज। के गरेर समय बिताउने भनेर घोरिनु अगिनै जुक्ति फुर्यो। ब्यागबाट ल्यापटप निकाले।फेसबुकमा धेरैबेर अडिग रहन सकिन सरासर मेल खोल्न लागेँ। तिनवटा नयाँ मेल आएको रहेछ। अगिल्लोदिन दुइटा र एउटाको मिति उल्लेख थिएन। दुइटामध्यो एउटा प्रकासनगृह बाट कथासङ्ग्रह प्रकाशनको अन्तिम चरणमा पुगेको र एकपटक लेखकसँग भेट गर्ने आसयको थियो। अर्को भेदिकाको मेल हाइ हल्लो के छ ? कता हरायौ ? यस्तै यस्तै थियो। तेस्रो मेल अरुजस्तो झट्ट खुलेन। इन्टरनेट पनि स्लो छैन किन खुल्दैन म अलमलमा परेँ।तर हार Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : पैसा

~अर्चना न्यौपाने~

कसले जन्मायो होला पैसा ? कसले न्वारान गरे होला यसको ? शिक्षा दिने गुरु को होलान् ? कहिलेकाहिँ त पैसा जन्माउने आमालाई समेत झर्पान मन लाग्छ, न्वारान गर्ने पुरोहितदेखि रिस उठ्छ, शिक्षा दिने गुरुदेखि दुःख लाग्छ ।

ए पैसाका गुरु हो तिमी कस्ता गुरु हौ ? तिमीले आफ्नो चेलालाई सामान्य सदाचारसम्म सिकाएनौ ? यतिसम्म कि आफ्ना कारणले कसैलाई चोट नपुगोस्, आफूले गर्दा कसैले दुःख नपाउन्, आफ्ना कारणले कुनै असहज परिस्थितिमा कोही नरुमल्लिउन् भनेरसम्म सिकाएन छौ । त्यसैले भन्न कर लाग्दैछ – तिमी त गुरुका नाममा गोरु रहेछौ । कस्तो शिक्षा चेलालाई दिने हो तिमीलाई नै थाहा रहेनछ । धिक्कार छ तिमीलाई ! केटाकेटीका लागी पहिलो पाठशाला घर दोस्रो स्कुल, गुरुले जे सिकाए त्यही सिक्ने त हुन चेलाले । पैसाको गुरु तिमी कति Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रङ्गबिनाका जीवनहरु

~लेनिन बञ्जाडे~Lenin Banjade

टिरङ…टिरिङ…टिरिङ

“हलो”

“हजुर .. ए हुन्छ ल”

“ए विज्ञान, फोन छ”

घण्टी बज्नुअघि र पछि एकतमासको फरक छ परिवेशमा। बज्नुअघि जुरुक्क उठ्छु, पछि थचक्क बस्छु। यसपालि पनि बजेन घण्टी मेरो लागि।

“रोल्पा जानुपर्छ अब त, यता बसेर हुने छाँटकाँट देखिन्न…” एकछिनको अन्तरालपछि सुस्तरी बोल्छन् रामुदाइ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : मखमली काव्य हाइकु लेखनको लहर र रचनाको रहर

~रामकुमार पाँडे~Ram Kumar Pande

सानो नै सुन्दर र अणु नै परमाणुका रूपमा सूक्ष्म काव्य हाइकु पूर्वीय दर्शन र जीवन शैलीको उत्कृष्ट उदाहरण हो । जटिल मन्त्र, सूत्रबद्ध पारम्परिक पद्धतिलाई सरलीकृत सिर्जनाका रूपमा हाइकु कवि, महाकवि मात्र हैन चिन्तक दार्शनिकका लागि ज्ञानान्तको शून्य ब्रह्माण्डमा लागि उज्यालो अदृश्य-दृश्य प्रकाशको ‘ब्ल्याक होल’को विचरण गराउँछ । सूक्ष्म भित्रको विश्वरूप दर्शनमा ज्ञान र ध्यानको टेलिस्कोपबाट मात्र ब्रह्माण्डको झलझलाकारका अनेक आकार सगबगाउँछन् र दृश्य रूपमा प्रस्फुटित हुन्छन् । पढ्ने बित्तिकै बुझ्ने, च्वाट्ट छुने र चित्र देखिने नहुन सक्छ । दृश्य मात्र सत्य नहुन सक्छ । वैदिकदेखि बौद्ध सभ्यतामा गुनगुनाइएका, गाइएका र वाचन गरिएका मन्त्रोचारण, लोकभाकाकै सभ्यताक्रममा हाइकु जापानमा उद्बोधित भएको हो । बौद्ध, सुत्रहरूकै काव्यिक Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : सात समुद्र वारिपारि

~बासुदेव बुढाथोकी ‘सागर’~ Basudev Budhathoki 'Sagar'

सात समुद्र वारिपारि हुनुपर्यो आज सानु ,
आफ्नै तक्दिर खोटो ठानी रुनुपर्यो आज सानु !

वर्षौँ बिते एकै झल्को देख्न पनि रहर भयो ,
म बाँचेको सुन्दर बस्ती काकाकुलको सहर भयो ।
फूल सम्झी काँडालाई छुनुपर्यो आज सानु , Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सँधै नै म

~दिव्य खालिङ~Divya Khaling

सँधै नै म हाँसें, तिमिलाई रुवाई
आज सारा खुसि, म दिन तयार छु
तिम्रा पिरहरु ती केहि मेटिएला
जुनी भरको लागि म लिन तयार छु
सँधै नै म….

कहाँ मेरो भाग्य, तिमीलाई पाउने २
तर बाँचुन्जेल यहाँ, घात गर्ने छैन
तिमि हांसी देउ, त्यो आँट लिएर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मैन

~श्रेष्ठ समनश्री~Shrestha Samanshree

पग्लदैथिए निधारहरु…
…
बिस्तारै– मध्यान्हमा,
सुर्यले निकै नजीकबाट नियालेर
प्रत्येक अंगहरुको रापिलो स्पर्शमा,
उनी–
यस्सो नाकको टुप्पो चलाउन नपाउदैं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : शहीद परिवार

~आभा~

यति धेरै त श्रीमान् शहीद हुँदा पनि ज्योतिको मन चोइटिएको थिएन । श्रीमान्को शहादतले कहिल्यै नभरिने एउटा खालीपन दिए पनि देश जनताको मुक्तिको लागि उनले गरेको बलिदानी सम्झँदा छाती गर्वले फुल्थ्यो । जीवन जगतलाई हेर्ने, बुझ्ने स्पष्ट दृष्टिकोण थियो ऊसँग । श्रीमान् गुमाउँदा पनि मान्छे मान्छेबीच खडा भएको विभेदको पर्खाल भत्काउने संकल्प कमजोर भएको थिएन । श्रीमान्को हातबाट खसेको बन्दुक समाउँदै शोकलाई शक्तिमा बदल्ने कुरालाई ब्यवहारिकता दिएकी थिई ज्योतिले । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : भ्रम

~अभि वशिष्ठ~abhi-basistha

म उस्लाई हेर्छु, अनि बोलाउँछु,
उ लतारिँदै आउँछ मेरो समिपमा,
म अगाडि फर्किन्छु,
फेरि चाल्न थाल्छु पाइलाहरु,
उ पछाडी छोडिन्छ,
अनि हराउन थाल्छ, आफ्नै संसारमा ।।

म सक्दिन, रहन मौन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ‘‘भ्रष्टाचार– निवारण’’ दिवस

~डा. कपिलदेव लामिछाने~Dr. Kapil Dev Lamichhane

मुलुकमा भ्रष्टाचार चरममा थियो । घुसतन्त्र र कमिसनतन्त्रको बोलबाला थियो । मानिसहरू आजित भइसकेका थिए । घुस बिना कुनै काम हुन्नथ्यो । मन्त्रीपरिषद्को बैठकमा यसबारे छलफल भयो ।एक मन्त्रीले भ्रष्टाचार–निवारण दिवस मनाउने प्रस्ताव राखे । अरूले उडाए– आज मन्त्रीज्यूलाई के भयो ? यस्तो फोकट्या प्लान ल्याउनुभयो । हामीलाई के फाइदा हुन्छ, त्यसबाट ? आफ्नै खुट्टामा बन्चरो हान्ने काम गर्नुहुन्न, मन्त्रीज्यू ! Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

तेजिन्द्र रानाका तीन मुक्तकहरु

~तेजिन्द्र राना मगर~tejindra-rana

१
दिनरातको त्यो गुजारा कटाउनु पर्छ हेर
सानो घरमा सबै जना अटाउनु पर्छ हेर
मिठो-मसिनोको त के कुरा गर्नु र प्रिय
हालेको खानालाई पनि घटाउनु पर्छ हेर

२
भयो अब मायाले सताउँदिन सानु
माया गर्छु भनेर हताउँदिन सानु Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : दशैं

~मुक्ता सापकोटा~Mukta Sapkota

दशै के हो दसै हो यो निर्धा कंगाल जो मर्दछन
दसै होइन दशै हो यो बसि जो मोज गर्दछन
भेडा च्यङ्रा खसिहरुको अन्त्यस्टिको दिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कोकोहोलो

~एकराज प्रधान~Ekraj Pradhan

कठ्याङ्ग्रिँदो पुसको स्याँठ । घरि–घरि बन्द झ्यालको चेपचापबाट छिर्छ र सिरिङ्ग बनाएर जान्छ शरीरलाई । त्यही चिसोसँगसँगै हजुरआमाले फेरिरहेको एकोहोरो सास रोकिन्छ र छाती नै चर्केलाझैँ गरी निस्कन्छ खोकी । नसाहरु फुलिन्छन् । हत्तपत्त म अघि बढ्छु, टाउको सुम्सुम्याउँछु । विस्तारै शान्त हुन्छ खोक्ने क्रम । अनि म कुङ्लिङ परेर अस्पतालको बेडलाई सिरानी हाल्छु र मेचमा अडिन्छु । रात चकमन्न छ, हजुरआमाको एकोहोरो घ्वार्रघ्वार्र आवाजबाहेक । त्यसमा अरुहरुको पनि ऐयाऽया मिसिन्थ्यो बेलाबेला । ओर्तिरपर्तिर पनि थुप्रै हजुरबा–हजुरआमा छन्, पुसको जाडोले अँठ्याएपछि भर्ना भएकाहरु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : सपना

~शेर्पीनी कान्छी ‘निम’~Sherpini Kanchi 'Neem Sherpa'

म अनि मेरा बिचरा अन्गीन्ती चाहानाहरु,
खोज्दै बस्छु आफैमा रमाउने बाहानाहरु,
सपनाको सागरबाट मोति बटुलेको पनि Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : दार्जिलिंगको बाघचुलिमा

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
कञ्चनजङ्घा लेक भरिभर
ब्राह्ममुहूर्तमा मिरमिर, मिरमिर,
आँग जोरी भेडा उँग्छन् दलका दल,
पाठा, माउ सब, बादलका,
निश्छल !
भेडीगोठमा उँचाइका, बाफ–पस्विना, परिणत, जल
मेषभूत, विभूति रङ्गका
बादल !
निशिभर हावाघरका सुतेका
बिउँझिन लागे पलपल ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वागत छ दिपावली

~रमेशप्रसाद तिमल्सिना~ ramesh-timalsina

स्वागत छ दिपावली तिमीलाई
खुसियालि ,हर्षर उमंग बोकि आऊ
रंगीचंगी फुल बनी सुगन्ध र्छन आउ
भाइनभएका दिदीलाई भाइ बनी आउ

स्वागत छ दिपावलि तिमीलाई
दिदी बहिनी बनि भैलो खेल्न आउ
दाजुभाइ बनी देउसी खेल्न आऊ
मखमली फुल बनि भाइको गलामा आऊ
सप्तरंगी टिका बनि दिदीको गलामा आऊ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भोटे कुकुर

~सुरज काफ्ले~Suraj Kafle

हरेक हरेक ऋतुमा बाहिरै ,
बसन्तमा त ठीकै हुन्थ्यो !
शरद ऋतुमा पनि बाहिरै,
उ अाफैँ नै भित्र अाउँदैन थियो,
मेरो गुणवान भोटे कुकुर ।

जब बच्चा थियो,
चन्चले थियो ।
जिस्कँदै भित्र बाहिर गरिरहन्थ्यो,
भित्र पसेको म रूचाउन्नथेँ,
त्यसैले,
बाहिरै बनेको छ उसको घर ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पानीबादल र आत्मा

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

क्षणीका,
चम्किएर आँगनमा पोखिएको बेला
र्बषातको र्शबत चाख्न पुग्छु ।
पानी बादल
जब र्तकिएर मेरो आँत भिज्न पुग्छ
म मन भित्र बाट मन चिह्याउँछु् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment