कथा : काठमान्डु कथा- राम र काम

~मनोज दाहाल~

मलाई मानिसका नामहरूमा अद्भुत जिज्ञासा छ । बुवाले राखिदिएको मेरो नामको अर्थ हेर्न मैले कयौंपटक शब्दकोष पल्टाएको छु । मेरी छोरीको नाम ऋतम्भरा हो भन्ने थाहा पाएपछि अधिकांशले ‘अहा, कस्तो राम्रो नाम’ भन्दै अर्थ सोध्छन् । म बढो उत्साही भएर ‘ऋतम्भरा’को अर्थ बताउन थाल्छु । दुई महिनाअघि जन्मेको छोराको नाम मैले ‘ऋग्वेद’ राखेको छु । धेरैजसोलाई यसको अर्थ बताइरहनु पर्दैन । जतिले सोध्छन्, त्यो मेरा लागि एउटा महत्त्वपूर्ण अवसर हो- आफ्नो विद्वता प्रदर्शन गर्ने ।

रामप्रीत बाबालाई पहिलोपटक भेट्दै मलाई उहाँको नामले लोभ्याएको थियो । ‘रामप्रीत’को सामान्य अर्थ थाहा भए पनि यो शब्दको रहस्य बाबाकै मुखबाट खोतल्न म जिज्ञासु भएको थिएँ । राम भन्ने शब्द मलाई मन पर्नुको कारण स्कुल पढ्दाको मेरो साथीको नाम भएरमात्र पक्कै होइन । यो शब्द उच्चारण गर्दा एकप्रकारको आनन्द Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : पृयतमा

~सुबेश घिमिरे~subesh-ghimire

मुहार शौम्य चन्द्र झैं । प्रत्यंग हाय ! कोमल
गुलाफ फुल्छ ओठमा । सुरम्य आह ! कुन्तल ।
सुश्राब्य मृदु – बोलीकी धनी पृया निरञ्जना
नशालु नैन गर्दछन्– अथाह गोप्य मन्त्रणा ॥१॥

कपोल लाल हाय ! ती सफेद दन्‍त मालिका
छ केश मेघ झैं घना ! ती नैन आह ! कातिल
उठेको पुष्‍ट बक्षले अनेक साउती गरी
निमन्त्रणा पठाउँछन्‌ मलाई नै घडी – घडी ॥२॥ Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सुत्छौ तिमी खाटमा

~वामदेव पण्डित~

चिच्याएर सदा कराउन बढी काङ्गे्रस सज्जन ।।
थाले कट्कन सुन्न चाख नलिने, दाहाल सोगर्जन ।।
यस्तोभो अब संविधान सहसा बन्दैन हो निश्चय ।।
प्यारा बान्धव हो, नराख मनमा आशाहरू सञ्चय ।।१।।

के कोतर्न पर्‍यो बुझेर मनले, जानी हलेदो भनी ।।
सत्ता छैन तयार कार्य तिरमा, बस्दै छ ठण्डा बनी ।।
काङ्गे्रसी जनले बुझी अघि बढे, यो जालसाजी कुरो ।।
सत्ता यो अब भित्र-भित्र हुन गो, जालो दिने माकुरो ।।२।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेम

~आर.पि.आचार्य~Ram Prasad Acharya

तिमिसगँ माया लाएरै छाेड्छु सानू
प्रितिकाे मिठाेगित गाएरै छाेड्छु सानू

जुनिजुनि सँँगैै बाच्छु सँगै मर्छु भनि
तिम्रैलागि कसम खाएरै छाेड्छु सानू Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मत लाहुरे

~देबेन्द्र बस्याल~devendra-basyal

दशैंमा रंगीन टिका थाप्ने
तिहारमा गलामा माला लगाउने
तिजमा लाखे बनेर हँसाउने
मिठो चोखो खाएर राम्रा लुगा लगाउने
मेरो पनि इच्छा थियो तर…..

दशैंमा ममीलाई ढोगेर आषिर्वाद लिने
दाजुलाई ढोगेर शिक्षालिने Continue reading

Posted in कविता | Leave a comment

कथा : पिल्सिएको आत्मा

~भूपेन्द्र काफ्ले ‘नयन’~Bhupendra Kafle 'Nayan'

“नयन, तिमि कहाँ गको थियौ?”, शालु भन्दै थिँ |म बजार जादा पनि उनको मन मा अनेक आसंका उब्जिएको रहेछ |

” थाहा छ नयन मा तिमि लै एक्लो छोडेर जादैछु यो पापी संसारमा तिमी मलाई नबिर्स ल मोले बिर्सिए पनि | मलाई त भगवानले स्वार्थी बनायो तर तिमी त मा जस्तो छैनौ नि है |” शालु मलाई उसको मनमा उठेको तरङ्गहरु सुनाउदै थि| तर मलाई यसले मन्द बिष बनेर गलाउदै लैजादै थियो |

” चुप लाग त शालु के बोलेको? तिमीलाई के हुन्छ र मा हुन्जेल?”, मेरा लाचार शब्दले उनलाई जिस्कौदै थियो तर केवल बाहिर मात्र भित्र त म पनि आसु भक्कानिएर पिल्सिएको थिए | Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बहरबद्ध गजल : कालो छालै भो त के भो

~करूण थापा~Karun Thapa

भित्र गोरो मन छ मेरो, कालो छालै भो त के भो ।
दूध कालो हुन्न कैले, गाई त कालै भो त के भो ॥

याद तिम्लाई गर्न छाडें, आँसु मेरो बग्न छाड्यो
आज पैलो पल्ट हाँसें, घाउ आलै भो त के भो ॥ Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : बिषादि भरेकोछ

~तिलक अनुरागी~Tilak Anuragi

कसम तिम्रो दिलमा बिषादि भरेकोछ
कोमल मुटुको पथमा काँडा छरेकोछ!

पलमै बसमा पार्यौ पलमै डसेर मार्यौ
भन अपराध त्यस्तो मैले के गरेकोछ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

देउडा गीत : गाउल्या भाई

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~Muskan Bahadur KC 'Deudapremi'

दाई – आज दिउसो मुम्बईबाट मिसकल आयो मलाई
फोन गर्दा त्यो रहेछ मेरै गाउल्या भाई

भाई– ढोग गर्या दाई त्या तुम्रो हाल खबर कस्तो छ
यू.ए.ई. गई हजुर मलाई भुल्लि ग्या जस्तो छ Continue reading

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : हिमाल

~रेनुका पौडेल “आहत”~Renuka Paudel 'Ahat'

अहो!
सेतो चम्किलो हिमाल
मिलेका दन्त लहर जस्तै
कोमल स्पर्शी अंग जस्तै
मनमोहक सुन्दर दृश्य
आहा! पर्वतारोहण मा तल्लिन
सुकुमारी त्यो अधरमा
अहो कुल्चिदै कुल्चिदै
हिमपहरामा
आनन्दता लिदै Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कहाँ हुन्छ र परदेशमा

~बाबुलाल बुढा मगर~Babulal Budha Magar

सजिलै आत्ने काम कहाँ हुन्छ र परदेशमा।
फोकतमा लिने दाम कहाँ हुन्छ र परदेशमा।

जोतिनु पर्छ बाह्रै घन्टा हजुर गोरु जोते झै,
एकछिनलाइ आराम कहाँ हुन्छ र परदेशमा। Continue reading

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : भाषण मन्त्रालयको ल्याट्रिनभित्र

~भैरव अर्याल~Bhairab Aryal

…मेरो टेबिलमाथि राखेको काठको टुक्रामा गफ विकास अधिकारी श्री बकमफूस अधिकारी लेखिएको थियो । मलाई जानेआउने कुनै समय थिएन । म चाहेको बेलामा आउन र जान सक्क्थेँ । एक दिन म टेबिलमाथि खुट्टा पसारेर र मेचको अडेसीमा टाउको अड्याएर अब देश कसरी विकास गर्ने भन्ने विषयमा सोचिरहेको थिएँ । मेरो गालामा केले किटिक्क टोक्यो । म झस्याङ्ग भएँ । नीलमले हत्तपत्त आफ्नो मुख झिकिन् । मैले रिसाए झैँ गरेर भने–
“सबैको सामने के गरेको यस्तो ?”

जवाफको बदला उनले घडी देखाइन् । सवा दुई बजेको रहेछ । खरदार किताबमा लुटपुटिएका थिए, बहिदार, मुखिया र सुब्बा निद्रादेवीको काखमा । त्यसैले नीलमलाई मेरो काखमा लुटपुटिन केही गाह्रो परेन । उनी साँच्चिनै मेरो काखैमा बसिन् र मुखमा मुख जोड्न खोज्दै भनिन्– Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : गाह्रो भा‘छ

~मरुभूमि नारायण~Marubhumi Narayan

थोरै पिउँदा हात टेक्नै गाह्रो भा‘छ
आइरहन्छ दबाव छेक्नै गाह्रो भा‘छ ।

बन्द हड्ताल नानाथरी के के हो हो
आजकल बजारमा देख्नै गाह्रो भा‘छ । Continue reading

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सिजो : तिम्रो बोलाई

~मञ्जुल~manjul

ख्वै, तिम्रो बोलाई हरियो हो कि रातो हो कुन्नि

मैले त राम्ररी छुट्याउन Continue reading

Posted in सिजो | Tagged | Leave a comment

कथा : त्यसपछि निधाइन् बहिनी

~महेश पौड्याल~ Mahesh Paudyal

म एघार वर्षको । बहिनी आठ वर्षकी । त्यसैले म नै ठुलो । मैले बहिनीलाई बोकें । आमाले पोको बोक्नुभो । त्यस पोकोमा धेरै कुरा थिएनन् । केही थोत्रा लुगाफाटामात्रै थिए । खाने कुराचाहिँ केही पनि थिएन ।

झिसमिसेमै हामीले मेचीको पुल काट्यौं र नेपाल पस्यौं । आमाले कसरी हामीलाई भुटानबाट यहाँसम्म ल्याउनुभो, म बुझ्दिनँ । भुटानको पुलिसले आमालाई फुयेन्सोलिङ् गेटमा लछारपछार पारेको त हामीले देखेका हौं । तर केही गर्न सकेनौं । मलाई पनि हान्यो एक झापड । म अलि ठुलो भैदिएको भए त्यसलाई एक लात्ती दिन्थें । आमाले आँखाभरि आँसु परेर हामी दुवैलाई भारतको सिलिगुडी हुँदी तीन दिन, तीन रातको बाटो पैदल यहाँसम्म ल्याउनुभएको हो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जाग मिथिला जाग

~जीवन दहाल~Jiwan Dahal 'Pidit'

“४५ मिनेट पछि क्लास सकिन्छ र टिफिन टाइम पनि हुन्छ अनिमात्र तपाईंले छोरो भेट्न पाउँनु हुन्छ,पर्खदै गर्नु होला”-भनेर स्कूलको पियनले दिएको जानकारीले केहीबेरसम्म त मेरा मनमा खटपटी न बढाइ छोडेन । पर्खदा के गरेर पर्खने र घुम्न गए कहाँ जाने त्यो पनि भरखर-भर्खर सितलहरले गोडा पसार्न थालेको समय , शहरको पश्चिम उत्तर कुनाको अन्त्य जसो भागमा रहेको सगरमाथा स्कूल र घुम्ने बरालिने ठाऊँनै नभएको नामकोमात्र शहर बिराटनगरमा ।

खटपटिकै बिचमा म बसेकै बेन्चमा अर्का मधेसी मूलकाजस्ता देखिने अबिभावक पनि आएर थ्याच्च बसे हात मुठ्ठी पारेर काखीभित्र घुसार्दै । Continue reading

Posted in लघुकथा | Tagged | 1 Comment

छोक : गुमाएँ मैले

~नकुल सिलवाल~Nakul Silwal

गुमाएँ मैले
………मात्र बचाएर स्वविचारलाई
कसैगरी पनि गुमन नदिएर
……….आफ्नो चेतनालाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

दिनेश राज पुरीका पाँच हाइकु

~दिनेश राज पुरी~Dinesh Raj Puri

१)
के नै थियो र?
सपना बाहेक त
लग्यो बाढीले
२)
आमाको चोली
मुठ्याउँदै रुन्छे त्यो
जीवित कान्छी Continue reading

Posted in हाइकु | Tagged | Leave a comment

विमल गिरीका छ मुक्तकहरू

~विमल गिरी~Bimal Giri

रमाइरहु,गुन्युचोली,दौरासुरुवाल भेषसङ्गै
थुप्रै धर्म,संस्कृति,समाज र हाम्रो देशसङ्गै
मान्छेको,जीवनको,भोगाइहरुमा आइरहने
पहाड,तराइ,बस्ती र जीवनको परिवेशसङ्गै ।

छिनमा बोलाउ लाग्ने नाम जस्तै तिमी
तिम्रै नामको ति सेतो खाम जस्तै तिमी
मनले होस् बेहोसमा साँच्चै भत्रे हो भने Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : पिरतिका मुनाहरु

~ईश्वर शाही~Ishwor Shahi

कठ्याङ्ग्रियो तुसारोले पिरतिका मुनाहरु !!
बिगारीद्यो चेपारोले पिरतिका मुनाहरु !!

दुस्मनका आँखा लाग्दा मेरो पिरतिमा !
ढुट्टै पर्‍यो झटारोले पिरतिका मुनाहरु !! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : सम्झौता

~रोबिन मानन्धर~Robin Manandhar

‘ओ मेरे दिलके चयन………..’

‘हेल्लो’ बिहानै आएको फोन उठाएर भनें । ‘हे ! रोहन कहाँ छौ ?’ स्मृतिले भनिन् । मैले भने,‘भर्खर त उठें यार, अनि यति बिहानै किन कल गरेको ?’,‘यति बिहानै रे, बिहानको ८ बजिसक्यो, अहिलेसम्म सुतिरा’को ?’ उनले भनिन् । मैले सोधें,‘के छ भन ?’

अनि उनले भनिन्,‘अहिले ९ बजे मलाई शहिदस्मारक पार्कमा भेट ल, अहिले म राख्दिन्छु ।’ मैले सोधें,‘किन ?’ अनि उनले ‘भेटेर भन्छु’ भन्दै फोन राखिदिइन् ।

कस्तो मान्छे रहेछ, बिहानै फोन गरेर, निन्द्रा पनि पुगेको छैन, भै’गो अब त उठ्छु । अनि म आफ्नो नित्य कर्म तर्फ लागें । सबै काम सकिएर म किचेनमा लागें । के गर्नु शहरको ठाउँ त्यो पनि एक्लै छु, रुममा । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : झरीको सन्देश

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

अहो !
यो कस्तो लहडको लहर !
यौटा मान्छे !
घाममा पानी उचालिए झैँ,
सागरको ।

त्यती वितत छैन मान्छे ।
स्वार्थ, लिप्सा,
इच्छा र रहरहरुले
खुम्चिएको परिधीमा
कती निच बनेको छ मान्छे । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाहुरे फूल

~टंक वनेम~Tanka Wanem

तिमीले नभोगेको डेथ भ्याल्ली भोगेर
रातो पहाडको गहिरो नदीहरु
अटप्पे जङ्गलका
काँडाहरुले घोचिन्दै
उक्लि रहेछु उकालै उकालो
ओर्ली रहेछु ओरालै ओरालो
लम्बी रहेछ
जीवनको आरोहावरोह ।

भनेका थियौ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : दुइटा फूल देउरालीमा

~ईश्वर बल्लभ~Iswar ballav

दुइटा फूल देउरालीमा, साथै राख्यौ जस्तो लाग्छ
कतै टाढा जाँदा खेरि, संगै हिड्यौ जस्तो लाग्छ
देखे जस्तो पनि लाग्छ, बोले जस्तो पनि लाग्छ
कतै टाढा जाँदा खेरि, संगै हिड्यौ जस्तो लाग्छ
दुइटा फूल देउरालीमा…

गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो
टल्किने त्यो निधारमा, पसिना Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : स्पेनका वीर बलिदानी साँढेहरु

~जे.बी. शेर्पा ~J B Sherpa

हज्जारौ मानव आँखा हरुको कौतुहल पूर्ण पर्खाई !!!
कोही अन भिज्ञ छैन,
के हुनेवाला छ भनेर,
कस्लाई फसायेर, झुक्कायेर हत्या गरिदै छ भनेर ,
मनोरंजन को नाममा,
पैसा नामको चीज लाइ
कुनै निर्दोष साँढे को निर्मम हत्या को दृश्य संग साटन र
Blood Sport को मज्जा लिन
रमाई रमाई, कुरी रहेछन मानव आँखा हरु !!! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यहाँ

~वियोगी काइँला~biyogi-kaila

म जस्त माया बाँड्नेहरु
यस सहरमा कयौँ देखेको छु
बाँड्दै जाँदा जाँदा
जति नै बाँडे पनि माया नटुङ्गिदो रैछ ।

मजस्तै बाटो हिड्नेहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुक च्याट

~सुधीर ख्वबि~Sudhir 'Khwabi'

‘दिनपछि रात, रातपछि दिन किन ?’ – मैले सोधें उसलाई, फेसबुकको च्याट बक्समा।

‘सुखपछि दुःख, दुःखपछि सुख किन ?’-प्रतिप्रश्न रोप्यो मेरो मनमा उसले।

जवाफमा म चुप बसें नजर भित्ताको घडीमा गएर अडियो १२ बज्न लागिसकेथ्यो ।

‘सुखमा दुःख लुकेको हुन्छ अनि दुःखमा सुख नदेखिने हुन्छ।

रातले दिनलाई, दिनले रातलाई पछ्याइरहेको हुन्छ’ -पवनले च्याटबक्समा लेखेर पठायो। म उसको यो Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : The little girl

~Pranika Koyu~pranika-koyu

Mama
in the labyrinths of your heart
a little girl softly treads
mama
in the labyrinths of your heart
solace she seeks
to lull into sleep Continue reading

Posted in Poem | Tagged | Leave a comment

कथा : फेसबुकबाहिर

~टङ्क उप्रेती~

फागुनको सुरू बेला न्यानो घामको रापिलो तेजमा आनन्दित छु । काठमाडौँबाट भाग्न लागेको चिसो । विदाको दिन । व्यस्त जीवनबाट मिलेको सानो अवकास र पत्रपत्रिकाको साथ । एउटा म्यागेजिन पल्टाउँदै थिएँ, अचानक भेट भयो युवराज नयाँघरेसँग ‘फेसबुकमा फत्तेमाया’ शीर्षकको ‘ननफिक्सन’ रचनामा, पढेँ ।

सुरूमै लेखिएको छः

‘हराएका मान्छे भेटिए भटाभट ।

हो, थुप्रै मान्छेहरू हराएका थिए । हृदय र शरीरहरूहराउने क्रम बढिरहेथ्यो । हिजो आज ती भेट्दै छु । विस्तारै विस्तारै । सूचनाको जालोले नबेरिएको घर रहेन । खबरको अँगालोबाट अलग्गिएको पिँढी अछुतो रहेन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : अन्तै डेरा सर्नु भन्दा

~अभागी कान्छा गाउँले~Abhagi Kancha Gaule

यता घर सजाएर, अन्तै डेरा सर्नु भन्दा
म नै पहिला मर्नु परोस, तिमी मर्नु भन्दा

पानी भनी जहर पिलाउ, “मन्दी” तिम्रै हातले
छातीमा बसी मुटुमा छुरा, प्रहार गर्नु भन्दा Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : पसल पुराण

~जगदीश घिमिरे~Jagadish Ghimire

(एक)

स्वागतद्वारको रुपमा उभिएका भट्टीहरूको हरपबाट थालिएको यो हाट तरकारी पसलमा टुंगिन्छ, जहाँबाट थालिएर जहाँ या कथा टुंगिन्छ ।

भट्टीमा साँझ नपर्दै पस्न तपाईं डराउनुहुन्छ । साँच्चै, डराउनु पनि त पर्छ भट्टी । जहाँ रक्सी बिक्छ । छिः कस्तो पतित ठाउँ हगि । अँग्रेजीमा “बी. ए. आर.” लेखेर पाटी झुन्ड्याएको भए कुरा बेग्लै थियो । तर यो त भट्टी पो त – जहाँ पैला गरीब, दोस्रा गरीब मतवाली, जसको इज्जत हुँदैन, स्तर हुँदैन, पो पस्छन् । तपाईं त उपाध्याय ब्राम्हण । त्यसमाथि वशिष्ठ गोत्रोय । वशिष्ठको सन्तान हुनुमा तपाईंलाई गर्व छ । हुन पनि पर्छ । (वशिष्ठ मूनि बेश्यापूत्र थिए) यो कटुसत्य म मनको ब्राकेटभित्रै राख्छु । भनें भने तपाई मलाई सकेदेखि फाँसीमा झुन्ड्याउन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : हामी एक नम्बरको भाते

~यम घिमिरे~Yam Ghimirey

मान्छेलाई काम नलाग्ने, बेकामे, खाएर मात्र बस्ने अरु केही सीप कौशल जाँगर नभएको भन्नु पर्यो भने हामीले भनिआएको शब्द हो ‘भाते’। तर, हामीकहाँ काम लाग्ने, गरिखाने सीप जाँगर भएकाले पनि खाने भनेको चैं त्यही भात नै हो । कसैले ‘के छ के गरिँदै छ’ भनेर सोध्यो भने हामी यसो गरिँदैछ भनेर पेसाको नाम भन्नु भन्दा पहिले नै ‘के गर्नु र, भात खाइँदै छ’ भन्छौं । ‘सन्चै हुनुहुन्छ’ भनेर सोध्नुस ‘एक मुठी जाउलो निलिदै छ’ भन्छ मान्छे । साँझपख बाहिर घुम्न निस्केका बेला छोरीले ‘मम्मी म:म: खाने’ भनी भने आमाको उत्तर आउछ ‘कहाँ खानु म: म: भरे भात रुच्दैन ।’ भात हाम्रो पेशा हो, सन्चो बिसन्चो हो र हो त्यो Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment