कविता : जन्मदिन

~रुकला अनुरागी~

छोडेर कहिल्यै नफर्किने
बितेका ती वसन्तहरू
उभिएको छु म यो दोबाटोमा
जहाँबाट सुरु भएको छ
मेरो नयाँ परीक्षा ।

फर्केर हेर्छु र छोडेर आएका वसन्तहरू
श्यामश्वेत भइसकेछन्
तर आउँदै गरेको वसन्तजस्तै
ती पनि कति रङ्गीन थिए है ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : रोदनका एकासी प्रसङ्ग

~तुलसीहरि कोइराला~book-cover-prasangabash-shree-om-shrestha-rodan_antarwarta-sangraha

नेपालमा अन्तर्वार्ता साहित्यलाई स्थापित गर्ने काम रुपरेखा का सम्पादक उत्तम कुँवरले गरेका हुन्, जसको स्रष्टा र साहित्य (२०२३) यस विधाको पहिलो कोशेढुङ्गा थियो । कुँवरले कोरेको बाटोमा ढुङ्गा थप्दै जाने र यसलाई फराकिलो पार्ने काम मधुपर्क मासिकका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले गरेका छन्, प्रसङ्गवश अन्तर्वार्ता सँगालो निकालेर । निबन्धअन्तर्गत पर्ने र वार्ता, निवार्ता, संवाद, संवार्ता आदि नामले पुकारिने यो विधामा साहित्यिक पत्रकार कुँवरपछि अरूले पनि कलम चलाए, तर साहित्यबाहेक कला, सङ्गीत, गायन, लोकसंस्कृति समेत विभिन्न क्षेत्रका यति धेरै मर्मज्ञलाई समेट्ने प्रयास चाहिँ सम्भवतः यही नै पहिलो हो ।

२०४२–६६ बीचका ८१ वटा अन्तर्वार्ता सङ्ग्रहित प्रसङ्गवश मा परेका पात्रमध्ये सबैभन्दा जेष्ठमा वि.सं. १९ Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : समयको गुनासो

~नवराज योन्जन~Nabaraj Yonjan

मेरो एउटै गुनासो
एकनासमा टक टक रोकिदै
एकपेज दिन एकपेज रातको साथमा हिडीरहेको
त्यो घाम र त्यो जुन ताराहरूले गर्दछन् प्रश्नहरु…

वैशालु हावाको बेगमा उडेर बतासिय पछी
कलिला आसाका मुनाहरु लतारिदै जादा
परिस्थितिलाई समयसंग जोड्दै मलाइ
किन दूषित बनाउछन् यी मान्छे भनाउदाहरु ?

आफै गास्छन्,आफै मास्छन्,आफै खोज छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नयाँ जीव

~सुषमा मानन्धर~Shushma Manandhar

चिडियाखानामा नयाँ जीव ल्याइएको थियो । त्यसैले होला, हेर्नेहरुको निकै भीड थियो । कोलाहलपूर्ण वातावरणभित्र उपस्थित सबैमा कौतूहल चुलिइसकेको थियो तर पिँजडामा पर्दा लगाइएकोले कस्तो जीव ल्याइएको भन्ने बारे भने सबै अनभिज्ञ नै थिए ।

पिँजडा अगाडिको भीड बढदै थियो । पूर्व निर्धारित समय नाघिसकेकोले सबैको धैर्य टुटदै थियो । बाँदर कराउँदै ताली पिटन थाल्यो । हात्ती लामा र ठूला कान हम्कँदै अधैर्य हुँदै थियो । कुकुरले भुक्यो, ‘हैन, कति बेला उदघाटन गरेर पर्दा उघार्ने हो ? सबैलाई हतार भैसक्यो ।’ रुखमाथि बसेको लाटो कोसेरोले टाउको घुमाउँदै तिनलाई आश्वस्त पा¥यो, ‘हल्ला गरेर कृपया पशुहरुको जस्तो चरित्र नदेखाउनु होला । नआत्तिनुस्, Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : टिठलाग्दा बाटाहरु

~सौभाग्य बज्गाईँ~

रित्ता सपनाहरु जीवनका टिठलाग्दा बाटाहरु
खै नयाँ नौलोपन यौवनका टिठलाग्दा बाटाहरु

ओझेलमा परेका कलम शिपको सामिप्यता
हिडेर थाक्ने भी यो मनका टिठलाग्दा बाटाहरु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : म आउन सकिन दाजु

~आचार्य प्रभा~acharya Prabha

सम्झिरैछु भाइटिका, म आउन सकिन दाजु
निधारमा भाइटिका लाउन सकिन दाजु ।

बाध्यता नै यस्तै भयो,परदेशमा रुँदैछु
सयपत्रिको मालामा ,मुस्काउन सकिन दाजु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : भविष्यवाणी

~गङ्गा कर्माचार्य पौडेल~Ganga Paudyal

छोराको उदण्ड स्वभाव देखेर सुन्तलिले सम्झाउँदै भनिन् “हेर बले तँ खराव मान्छेको सङ्गत गरेर अरुलाई किन दुःख दिन्छस् ? सात पल्ट जाँच दिएर भएपनि एस.एल.सी पास गरेकै छस् बरु कलेज भर्ना भएर खुरखुरु पढ । भविष्यमा ठूलो मान्छे बन्नु पर्छ क्या ।”

त्यहिबेला उनले झट्ट ज्योतिषको भविष्यवाणी पनि सम्झिन र फेरी भनिन्– “ साँच्ची त जन्मेपछि ज्योतिषले घडीपलाको हिसाब गरेर राशी नक्षत्र जुराएर यो वालक पछि गएर ठूलो मान्छे बन्नेछ, धेरै धन कमाउनेछ, Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : करोडौं मा एक छ

~सुनिता सापकोटा~Sunita Sapkota

हरियाली त्यो बन करोडौं मा एक छ
र नेपाली यो मन करोडौं मा एक छ

एकान्तमा मरौ जस्तो लाग्दा सोच्ने गर्छु
आहा! मेरो जीवन करोडौं मा एक छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तिहारको सम्झना

~योगेन्द्र गिरी ‘संघर्श’~yogendra giri 'sangharsha'

बसेको छु दिदि परदेशमा रोएर
बस्नु पर्यो मिसिनको तातो राप

अनि पसिनाले मुख धोएर
याद आउछ दिदि सप्तरंगी टिका निधारमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अमरावती कान्तिपुरी नगरी

~भैरव अर्याल~Bhairab Aryal

‘उहाँ छउन्जेल डिट्ठाविचारीसित बिन्ती बिसाउँदैमा बित्यो, कहिले उडुस–उपियाँको नाचगान हेरेर झ्यालखाना रुङ्दैमा बित्यो, कविता लेख्ने कत्रो धोको हुँदाहुँदै पनि मन फुकाएर मनग्ये ठेली लेख्नै पाइएन’ स्वर्ग पुगेकै दिन आदिकवि भानुभक्तले नन्दनवनस्थित उर्वशी–पार्कमा टुसुक्क बसेर अपशोचको एक सुस्केरा हाले । उर्वशी– पार्कको रमिता बयान गरिनसक्नु थियो । त्यसमाथि बिर्खे टोपी र छड्के पछ्यौराको कसिएका निकै पुड्का भानुभक्तलाई त्यहाँ देखेर झुम्मिन आउने रम्भा र तिलोत्तमा आदि चपला अबलाहरूका चनमते आँखा छनमते कम्मर कसले हेरिदियोस् । त्यसैले अपशोचको सुस्केरा हाल्नेबित्तिकै आदिकविले अर्को खुसीको सुसेली पनि छाडिहाले– Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : गणतन्त्रको पुतला

~नरनाथ लुइँटेल~Naranath Luitel

खोलो अब तलतिर होइन मास्तिर बग्छ
आकाश निहुरिएर भुइँमै लम्पसार पर्छ
र अब जमिन उचालिएर आकाश बन्छ
यो उलटपुलट हो, यो फेरबदल हो
समयले ल्याएको जबरजस्त अदलबदल हो ।

गणतन्त्रको स्वप्नवगैँचामा फुलेको म जुही हुँ, जाई हुँ Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : समयको अदालतमा दामासाही परिचय

~इन्दु अंशु~

बल्ल बुझेँ
बाटो किन मोडयौ तिमीले,
दौडको दामासाही प्रतिस्पर्धामा किन हारलाई बारम्बार मसँंग जोडयौ
घटना त सुनियोजित रहेछ नि !
लजालु प्रतिमालाई मनभित्र गोडयौ,
एक पोल्टो प्रेमको घाम बोकेर तिमी भए ठाउँमा आउँदा मैन,
तिमीले स्वीकारेकै थियौ मैले जबरजस्ती केही
लिन नै चाहिनँ तिमीबाट त्यसैले,
सबै तन्नेरी सपनाहरुलाई तिमीले मैल्याएको
पछयौराभित्र लुकाएर
गर्दै छु अन्धकार बाटोको
उज्यालो यात्रा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनः प्रेमपत्र

~अनन्तभद्र लामिछाने~

ऊ पर,
क्षितिज पारिबाट,
निरन्तर,
अनवरत आइरहेको
यो कोलाहलका बीच म
तिमीलाई यो प्रेमपत्र लेख्दै छु ।

मनभित्र गुम्सिएका असङख्य पीडाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सिजो : नजरको तीर

~सुष्मा मानन्धर~Shushma Manandhar

नजरको तीरले हान्ने त मुटुमै हो

भुतुक्क भै ढले पनि Continue reading →

Posted in सिजो | Tagged | 2 Comments

गजल : पग्लिएर तरल बन्छ

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

ठोस पार्छु भनी सोच्यो, पग्लिएर तरल बन्छ
बिर्सूं, बिर्सूं, फेरि बिर्सूं, सम्झना नै हरपल बन्छ ।।

साँच्चै खोज्यो नसम्झन, प्रयास ग¥यो बिर्सन
मन मुटु तिर्सनाले, खहरेको भेल बन्छ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आँसु रीत रहेछ जिन्दगानी

~गोविन्द लुइँटेल~Govinda Luitel

बाहिर हाँसो भित्र आँसु रीत रहेछ जिन्दगानी
कहिले मिलन कहिले विछोड प्रीत रहेछ जिन्दगानी

एउटा लेख्ने अर्को सुन्ने संगित त्यो संगितकारको
भाव स्वर मिलार्इ गाइने गीत रहेछ जिन्दगानी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : उसले चुमेको देश

~चण्डी सुवेदी~Chandi Subedi

“यात्रुहरूलाई यो अनुरोध गरिन्छ कि उडान नम्बर …..ले रसिया पाल्नु हुने यात्रुहरू कृपया २ नम्बर गेट अगाडि पाल्नु होला “ – कुर्चीमा निदाइरहेको निमेश अचानक ब्युझियों।

खेलकूदको एउटा सेमिनारको लागि ऊ रसिया हिडेको थियो। घण्टौको उडान पछि ऊ पुग्यो पनि मस्को।

सान्द्रा उसलाई लिन आएकी थिई।

“ कस्तो रहयो निमेश जी तपाईंको उडान “ – सान्द्राले गाडीको ऐनामा कपाल मिलाउदै थिई।

“ लामो उडान , म धेरै समय निदाए पनि” – निमेश चश्मा मिलाउँदै उत्तर दियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : अन्धकार

~किशोर पहाडी~Kishor Pahadi

देखिँदैन सेतो हुँदै गएको
मेरो कपाल,
चर्किंदै गएको भित्ता
आफ्नो घरको, देखिँदैन क्यालेण्डर पनि दिनगन्तीको —
घटदै गएको । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि र कविता

~कृष्ण पहारी~Krishna Pahari

यहाँ लेख्ने मात्रै कवि हुँदैनन्
पढ्नेहरू पनि कवि हुन्छन्
सुन्नेहरू पनि कवि हुन्छन्
र पो कवितालार्इ ताली पिटिइन्छ
हाँसिन्छ कविता पढ्दा पढ्दै
रोइन्छ कविता पढ्दा पढ्दै
अनि लेख्न थालिन्छ कविताका बारेमा
समीक्षा र टिप्पणीहरू । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नदिको पार नबनिदेऊ

~कृष्ण पौड्याल~

वारी भएछु तिमी नदिको पार नबनिदेऊ।
रानो बिना अशुभ मौरिको घार नबनिदेऊ॥

सिक्काको दुई पाटा हौं सक्दिन अलग हुन।
समाउदा पोल्ने करेन्टको तार नबनिदेऊ॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

इन्द्रेणी शर्मा ‘जलद’का नौ हाइकुहरु

~इन्द्रेणी शर्मा ‘जलद’~Mohan Acharya Jalad

मनको दियो
निभ्न नदेउ बाळ
नारी जीवन

तिमीले चिन्यौ ?
शायद चिनिनौ कि ?
मेरो बिस्वास ! Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : सयौ थरि फुल हामी

~उमेश राई~Umesh Rai

फुल्न कहिले नपाएका सयौ थरि फुल हामी
कसिंगर भै बिझाईएको नजरको धुल हामी

पहिचानको कुरा गर्दा देश द्रोही नाम पाइयो
समानताको दियो बाल्न सधैनै ब्याकुल हामी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : बाल्यावस्था र राज्यारोहण

~शंकर लामिछाने~Shanker Lamichhane

डिसेम्बर ११, १९११ युवराज त्रिभुवनको शिक्षारम्भ भएको आज १४ दिन भयो ।

यसबीच, आचार्य बाजेले निकै मिहिनेत गरी साउँ अक्षरको एक पुस्तक आफ्नै हातले तयार पारेका छन् । कालो, रातो, पहेँलो, हरयिो रंगहरूले फूलबुट्टा काटेर ठूल्ठूला अक्षरमा पहिलो पुस्तक तयार पारिएको छ । युवराज त्यही पढ्छन् ।

युवराज सधैँ मुआँकहाँ आउँछन् । उनी पढुन्जेल मुआँ बसिरहन्छिन् । कि त धागो कातेर, कित चूप लागेर, छोराको शैक्षिक प्रगतिमा ठूलो चासो छ उनलाई । रोजरोजैको प्रगति स्वयं आफ्नै नजरले हेर्न चाहन्छिन् उनी । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : दुखेको बेला झर्केर नहेर !

~हरि सिंह माल “मुस्कान”~Hari Singh Mal 'Muskan'

मनको घाउ दुखेको बेला झर्केर नहेर !
बिचमै एक्लै छोडेर गयौ फर्केर नहेर !!

अतित सम्झी आएको थिए घरको छेउमै !
बाटैमा भेट्दा यसरी आँखा तर्केर नहेर !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : स्पष्टिकरण

~गणेश कार्की~Ganesh Karki

एकोहोरो बातले पर्छार्छौ भने
धित नमरुञ्जेल
आकाशबाट चट्टानमा पछार मलाई
दुखोस् यो तन
र,म बुझ्न सकुँ
म पनि जिउँदै रहेछु/बाँचेकै रहेछु
धित मरिसके पछि पनि
पुषको ठिहीमा
हिउँले पुर मलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्त्यहीन कथा

~राजेश विद्रोही~Rajesh Bidrohi

मलाइ थाहा छ तपाइहरु कथा पढ्ने तरखरमा हुनुहुन्छ । तर यो कथा होइन । सूर्यबाट खसेको समयको टुक्रा हो यो जहाँ रातको मात्र होइन दिनको अनुहारमा पनि कालो पोतिएको छ । त्यही कालो समयलाइ प्रकाशमा ल्याउन यहाँ कथा नाम दिइएको छ उज्यालोका कथित ठेकेदारहरुलाइ झुक्याउन ।कथा कहिले सुरु भयो त्यो अहिले पनि रहस्यकै गर्भमा छ । विद्वान्हरु भन्छन् यो कथा वैदिक कालदेखि नै सुरु भएको हो । तर आज लोकतान्त्रिक युगको कथा सुनाउँद्छु जहाँ मानवअधिकार मात्र होइन महिला अधिकारका रक्षकहरु पनि बग्रेल्ती छन् । अब कथा सुरु गरौं । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : महोत्सव

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

अशान्तिको धरित्रिमा
छ आज दन्केको चिता
उखाडिनु छ दुर्दशा
हुँदै प्रभुत्ववादिता

मिटाउने गरीवका
रगत् निचोरने प्रथा
उदीयमान छन् हुँदै
मनुष्यमा मनुष्यता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : इच्छा

~आभास~Aavaas - Achyut Prasad Phuyal

तिम्रो मन
सागर भैदिए
म त्यहाँ पौडने थिएँ
माछाको जुनी बाँच्ने थिएँ
तिमीले स्वीकृति दिइदिए
तिमीभित्रै हराउने थिएँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रुन्छौ रे किन हो

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

म छँदै व्यर्थैमा रुन्छौ रे किन हो
अनुहार आँसुले धुन्छौ रे किन हो
**
रहर् सोध्दा बोलेनौ, ईरादा खोलेनौ
नौरङ्गी सपना बुन्छौ रे किन हो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित लघुकथा : सोमबार या मंगलबार

~भर्जिनिया वुल्फ~virginia-woolf
अनुवाद : एकदेव अधिकारी

आलसी र उदासीन, आकाशको शून्यतालाई आफ्नो पँखेटाले मिलाउँदै, ज्ञात गन्तब्य तर्फ चर्चको माथिबाट बकुल्ला अगाडि बढ्छ। सेता र सुदूर, आँफैमा लीन हुँदै अनन्त आकाश ढाकिँदै, देखिँदै, रोकिँदै चलिरहेछ। सायद एउटा ताल? त्यसका किनाराहरू ढाकीएका छन्। सायद एक पर्वत? पक्कै हो–यसका पखेरामा सूर्यको सुनौलो प्रकाश। त्यताबाट तल झर्छ, त्यसलाई ढाक्छ, सेताम्मै प्वाँखहरू, सँधैभरी––––––

सत्यको चाहना, त्यसको पर्खाई, कठीनाईपूर्वक केही शब्दहरू मथ्न सफल, अझै अरू चाहना– (देब्रेतिर एक चित्कार, दाहिनेतिर अर्को। पाङ्ग्राहरू एकअर्कासँग ठोक्कीँदै टाढीँदै छन्। लेखीएका कथनहरू एक Continue reading →

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

कविता : बने मै आफु अन्जानी

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

हिड्दा हिड्दै जीवन को यो गोरेटो मा
धेरै ठाउमा ठक्कर खाइयो
प्रियसी को आस जवानी को जोश मा
दिए चोखो प्रेम सबै स्वार्थी माया पाइयो

जीवन भन्नु हाम्रो अनुभव को संगालो पो रहेछ
आज हो या भोलि ?? यहाँ कस्लाइ केथाहा?
आखिर यहाँ मरी लानु केनै पो रहेछ ??? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म आगोमा फुल्छु

~बाजुराम पौडेल~bajuram-poudel

आगोको पनि धर्म हुन्छ यसको छोई नपोल्ने हुनु
काँडाको पनि धर्म फूलसँग भै घोच्दा नदुख्ने हुनु

धोएका मनभित्र पस्न त्यसरी आगो तरेली बनी
लाखौँ हात उठाइदिन्छ युगको भाका करोडौँ लिई । Continue reading →

Posted in कविता | Tagged | Leave a comment