कविता : चोका

~डा बमबहादुर थापा ‘जिताली’~dr-bam-bahadur-thapa-jitali

हिजो र आज
पग्लिँदै छ हिमाल
दिनानुदिन
अग्लिँदैछ महल
मूल सुक्दो छ
असुरक्षा फुक्दो छ
बढ्दो महँगी
प्रतिकूल याम छ
राष्ट्रियतामा
मिलौँ सबै नेपाली
सङ्कल्प गरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नेता म यो देशको

~देव भट्टराई~dev-bhattarai

मान्छेको अनुहारको छु जति नै नाङ्गो भए तापनि
सोझो नाटक गर्न सक्छु अतिनै नै बाङ्गो भए तापनि
यो मेरो घर बङ्गला छ सुविधा सम्पन्न राम्रो अति
मेरो उन्नति भैरहेछ जति होस् यो देशको दुर्गति ।

छोराले जति सक्छ हिम्मत गरोस् ल्याओस् बुहारी अरु
छोरी ज्वार्इं सबै सभासद बनून् नाता कुटुम्बीहरू Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : कठिन यात्रा

~हरिप्रसाद भण्डारी~

धेरैले यसै भन्थे। एउटा अनिवार्य यात्रा, शिखरमा पुग्नका लागि हिँडिरहेका थिए यात्रीहरू। थाक्ने पछि पर्थे र हिँड्नेहरू हिँडिरहन्थे, निरन्तर। कहिले भीरको बाटो, कहिले जङ्गलको बास। यात्रा कहाँ हुन्छ र सुगम ! चितुवा र ब्वाँसाको झम्टाइ, तीखा ढुङ्गा र काँडाको घोचाइ।

भोकप्यासका कुरा त सामान्य हुन्छन् यात्रामा। बाटो सजिलो थिएन, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : युग बालक

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

पिन्चे, लुत्याहा, परेवा–छाती
छाडा,
पुट्ट, सिँगाने, भुस्याहा साथी,
काँढा !
घ्यारघ्यार बिरालोको घाँटी,
जाँडा ।
यही न हाम्रो भविष्य सुई हो !
टाढा ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चिठ्ठी प्राप्तिलाई

~अतित मुखिया~Atit Mukhiya

पृय प्राप्ति,
अतिक्रमण गरेर आफ्नै मनको मझेरी
आंसुका डोबमा हांसो पहिल्याउदै
खुसीको ढुकुटी खोज्ने प्रयास
नगरेको त काहा हो र ?
बाँधहालेर मनका विचलनहरुमा
धैर्यको घाउ सुम्सुमाउदै
पीडाको मूल थुन्ने कोशिश
नगरेको त काहा हो र ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गोविन्ददेव आचार्यका केही छन्दबद्ध छोटा कविताहरु

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

■ छन्द :- स्रग्धरा

१
जोजो लाभार्थमा नै अगलबगलमा आउँछन्-ती छुरा हुन्
नाता वा मित्रताका दृढ परिचय ती- भावनाका कुरा हुन्
राम्रो साथीत्व हेर्ने गणित र गुणको चिन्ह नै एकता हो
ढर्रा वा बाध्यतामा मिलन यदि भए मात्र त्यो “मूत्रता” हो ।।

२
केही बाधाविना नै प्रगतिपथ छुने लाख गर्छन् जमर्को
पन्छायो एक बाधा निमिषभर गयो शीघ्र तेर्सिन्छ अर्को
स्रष्टाको जादुविद्या कुटिल चटक यो खेल हो जग्जगी हो
मर्दै बाँचेर रम्ने भ्रमजडित झुटो स्वप्न नै जिन्दगी हो ।।

■ छन्द :- तोटक

१
प्रभु यो भवसागर पार तरूँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : छाल आयो अनि पो त !

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

नयन तालमा छाल आयो अनि पो त !
जिन्दगीले रून सिकायो अनि पो त !

तर हरेस त खानेवाला छैन भनि दिनु
उनीको यादहरूले सतायो अनि पो त ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : दुखेर के गर्नु

~आनन्द अधिकारी~ananda-adhikari

बानी नै भयो मन, दुखेर के गर्नु
अझै रुनु छ आँशु, सुकेर के गर्नु ।

हिमाल झैं अटल रहे पो जिन्दगी
अग्लिदै बा“स जस्तै, झुकेर के गर्नु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : लुकीछिपी लुकीछिपी हेर्नेले

~शम्भुजित बास्कोटा~shambhujit-baskota

लुकीछिपी लुकीछिपी हेर्नेले
सुटुक्क मेरो मन चोर्नेले
सम्झिदेऊ बुझिदेऊ सुनिदेऊ
मलाई नेपाली माया मन पर्छ
मलाई नेपाली माया चाहिन्छ

जसको रमरममा जादु छ
जसको अधर झुकाउने प्यार छ
जसको पृत पृतमा गीत छ
जसको माया आफ्नै रीत छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : उकुस मुकुस

~इस्माएल सुब्बा~Ismael Subba

सबैथोक त छ,तै पनि जिवनलाई सराप्ने कताबाट आदत बसेछ। अरूलाईभन्दा बढी अचेल आफ्नै जिन्दगी लाई देख्छ कुरूप र भन्छ थुक्क जिन्दगी। अनि एकोहोरिरहन्छ। म सोच्छु- मान्छेको जिवन के यति सस्तो छ र,एक बटल रम? के यो नै हो जिन्दगी….. भाइ मलाई थाहाँ छैन,जिन्दगीको बारेमा,म पिउँछु केही आन्नद र शान्तीको खोजीमा..मेरो मनले गरेको प्रश्नको उत्तर दिन्छ उ। अनि फेरी बोल्छ-थाहाँ छ भाइ,म सानो छदाँ देखी नै स्मार्ट,पढाइमा,सबै कुरामा एक्टिभ,तर जिवनको दौडमा म यसरी हारे कि यसको दोष कसलाई दिनु मैले,नियतीलाई,भाग्यलाई या स्वयंलाई??

भाइ,मलाई आमा बाबाले हिडाको असल गोरेटोमा हिड्दा यस्तो सजाय पाउँछु भनेर थाहाँ भाको भए,मैले पनि सिक्ने थिए सबै त्यो आर्टहरू जसले मान्छेको जिवन सरल पार्ने गर्छ। सरल यो रम जस्तो…..म मौन सुनिरहन्छु- Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमको बाटो

~सन्तोष खतिवडा~Santosh Khatiwada

उमेर त खासै भएको छैन तर उसको शारीरिक बनावटले उमेर भएकै लाग्दछ । निख्खर कालो हैन, हिस्सी परेको कालो भए पनि गालामा भएका अनगिन्ती दागहरुले अनुहार कालो नै लाग्दछ । दुवै कानमा चाँदीको कुण्डल लगाएको छ । पातलो शरीरमा उसले लगाएको कपडा पटक्कै सुहाएको छैन । लामो अगाडितिर राखेको जुल्फे कपाल कहिलेकाँहि निधारसम्म आइपुग्दा टाउको झड्काएर पछाडितिर पठाउँछ । बेला बेलामा दाहिने हातका औंलालाई फिँजाएर काँइयो जस्तै बनाउँछ र निधारमाथिबाट औंलााहरुलाई छिराएर टाउकोको बिच भागसम्म पु¥याउँछ । अनि छरिएका कपाललाई मिलाउँछ । ऊकहाँ जन्मियो ऊ आफैँलाई थाहा छैन । आमा बाबु को हुन्, त्यो पनि थाहा छैन । ऊ बुझ्ने हुँदा उसले आफूलाई कुलेश्वर महादेवस्थानको एउटा पाटीमा पाएको थियो । हरेक मिनेटमा दुई सर्को गाँजा तान्ने जोगीको साथमा ऊ मात्र हैन उसको बहिनी पनि ऊ सँगै थिई । गाँजाको नशा मष्तिस्कमा मात्र हैन शरीरको फोक्सो र मुटुमा पनि चढेकोले होला त्यो जोगीले पनि उनीहरुलाई छोड्यो, यो संसार छोड्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कवूल गर्दैनन् यहाँ

~राजेन्द्र थापा~Rajendra Thapa

मेरो पनि छ दोष भन्दै किन कवूल गर्दैनन् यहाँ
घर बिग्री सक्दा पनि मेरो किन भूल भन्दैनन् यहाँ

दह तातेर कालो बादल म देख्छु घरको चारैतिर
के पानी नपरीकन नै कुनै मूल फुट्दैनन् यहाँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छोक : आँखाभित्र बिलाउँदैन

~कृष्णप्रसाद पराजुली~Krishna Pd Parajuli

आँखाभित्र बिलाउँदैन जति, भाषाभेष
म त आएँ विदेशबाट सम्झी आफ्नै देश
चिल्ला चौडा बाटा देखेँ
आकाश ताक्ने घर
जस्तो देखे पनि मैले
सम्झेँ गाउँघर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : अङ्ग्रेजीमा नेपाली साहित्य : एक सर्वेक्षण

~महेश पौड्याल~Mahesh Paudyal

यस  आलेखले पहिले नेपाली लेखकहरूले सिधै अङ्ग्रेजीमा लेखेका, तथा नेपालीमा लेखिएर अङ्ग्रेजी भाषाका अनुवाद गरिएका साहित्यको सङ्ख्यात्मक चर्चा गर्नेछ । यसपछि नेपाली साहित्यको वैश्विक उपस्थिति अझै पनि सन्तोषजनक नहुनुका पछाडिका केही सम्भावित कारणहरूको विश्लेषण गर्नेछ । अन्त्यमा, यस आलेखले नेपाली साहित्यको–विशेष गरी नेपाली कविताको–अन्तर्राष्ट्रियकरणको एक मार्गचित्र प्रस्तावित गर्नेछ, यो आशाका साथ, कि कविताको सन्दर्भमा प्रस्तावित मार्गचित्र उचित ठहरिएमा यही मार्गचित्र साहित्यका अन्य विधाको हकमा पनि लागु हुनसक्ने छ ।

सन् १६६० मा अङ्ग्रेजहरूले उपनिवेशको उद्देश्यले पहिलोपटक अमेरिकाको भर्जिनियामा पाइलो टेकेपछि विश्वमा फैलन लागेको अङ्ग्रेजी भाषा आज विश्वको साझा भाषा बन्न पुगेको छ । टेरी इगल्टनले भनेजस्तो, यो भाषा एउटा शक्ति संकलन र त्यसमार्फत वैचारिक उपनिवेशका लागि विकास गरिएको भाषा हो (२००४) । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : नेपालको वर्तमान स्थिति

~सिर्जना ङावाच~

वर्षौ बित्यो नेपालमा संविधान बन्ने मिति
गरिब दुःखी जनताहरुको उस्तै छ खै स्थिति
दिनानुदिन बढ्दै गा’छ कानुन बन्ने नीति
जता हेर्‍यो भद्रगोल छ सरकारको स्थिति ।।१।।

जान्ने बुझने नेताहरु कुर्सी नै प्यासी बन्छन्
जनताहरुले न्याय मागे आशावादी बनाइदिन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राजनितिक रङ्गमन्च!!!

~आशा खनाल~asha-khanal

उु टक्क एक अडमा उभीरहेको छ
यता उता अगाडि पछाडि वरपर
आउनेजाने क्रम चलिरहेको छ……
मारुति सुजुकी कारमा,
कोट पाइन्ट अनी काला जुत्ता टल्काउदै
महाशयको सवार होइसिन्छ
तर उु ठिङ पहाड जस्तै उभिएको छ….
महाशयको चर्को भाषण अनी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : भन्छन् कोही जिन्दगी यो

~मदन दिपबिम~madan-dipbim

भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो
कोही भन्छन् जिन्दगी यो डुबिजाने घाम जस्तै हो
म त भन्छु सृष्टिको अमूल्य उपहार
मानिसको जूनी झैं के छ र बराबर?
बाँचुञ्जेल गरौं रमाइलो
नाच्दै गाउँदै गरौं रमाइलो

आएका थियौं खाली हात जान्छौं नै खाली Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मनको माया हजुरलाई

~बुद्धवीर लामा~buddha-bir-lama

मनको माया हजुरको कहिले पाउने हो
हुम्ला जुम्ला गाडीमा कहिले जाने हो
डुंगा चढी राराताल कहिले घुम्ने हो

कति मिठो शीतल हजुर हिमाल छायाँको
कति मिठो भोकप्यास ज्यानकै मायाको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झस्केर दुख्छ यो मुटु

~मञ्जु शर्मा~

झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा
राखेको थिएँ उसलाई मैले दिलको माझमा

नसम्झाइदेऊ अतीतका व्याथा हृदय जल्दछ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : उषाकालीन स्वप्न

~डा. लेख निरौला~Dr Lekh Niraula

(भुजङ्गप्रयात)

चरा चिर्बिराए कतै कुञ्जनेर
उठूँ भन्छु आफू मिठा स्वप्न धेर
लुकाऊँ कहाँ खै उषा लालिमा छ
मिठा स्वप्न मानौँ सँगै कालिमा छ ।।

चरा गीत सङ्गीतका ताल उस्तै
सुतू वा उठूँ स्वप्नका चाल उस्तै
बिहानी छ वेला बढेको प्रकाश
मिठा स्वप्नभित्रै गढेको छ आस ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : चाहना मन पर्‍यो !

~दयामोहन आचार्य~dayamohan-acharya

विलासी तेरो चाहना मन पर्‍यो !
जनतालाई ढाँट्ने बहाना मन पर्‍यो !!

पढ्न त कति कक्षा पढिस् कुन्नी !
हुनेनहुने कोरेका ती पाना मन पर्‍यो !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : चढाएर एउटा फूल ढुङ्गामा

~रेनुका पौडेल “आहत”~Renuka Paudel 'Ahat'

चढाएर एउटा फूल ढुङ्गामा
नगर तिमिले कबुल ढुङ्गामा ।

सधै गर्छौ आराधना शिवजिको,
बोकेर त्यो आस्था त्रिशुल ढुङ्गामा । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सम्बन्ध

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

म त एक सत्यधारी कलम हु
तर तिमि त एक अनबुझ धारिलो हतियार हौ
मेरो मन मा त सधै मेरो जनता प्रति
मेरै जनताको बिस्वाश माया यो मेरो मुटुमा
अटी नअटी गुम्सेर बसेको छ
त्यसैले होला म त सधै
जनता को बिस्वसिलो आवाज मेरो
भित्रि मनै देखि निडर ता को साथ
जनता सामु पोख्छु
तर ………………… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सुनुवार भाषी कविता : श्याँदर पिदार

~अमरदिप क्युँइतिचा~

कोँइच आन सङ्स्यो
कोँइच आँइके नेँस
आँइके सिनातङा रागीनु
बुँखि फुः बोइस्शो खोइपा
थुः थुः मि आँइकल माल्श्या बाःब श्याँदर ।

तोलोम कुरस्शो सगुनी
लाम्जकल लाइस्शो चामरे नु एरी
इचिइचि दुःश्यो रेबेआ चिरो Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कथा : आत्मावतार

~प्रा. डा. सूर्यमणि अधिकारी~

शनिबारको दिन थियो। रमेशले अपराह्न तीन बजेतिर लगभग यस्तै अठार वर्षकी हिस्सी परेकी गोरी केटी लिएर आयो। त्यस दिन मैले रमेशकी केटी साथीसँग धेरै कुरा सोधखोज गरें। केटी फरासिली रहिछे, मेरा हर प्रश्नको खुलस्त जवाफ दिई।

मैले सोधें – “तिम्रो नाम के हो नानी।”

उसले भनी – “जुली”

“ए…………। मेरो नाम जुनेलीको पहिलो र अन्तिम अक्षरले तिम्रो नाम बनेछ।”

“आम्मै। हो त नि ” (ऊ खित्का छोडेर हांसी)।

“तिम्रो बा के गर्नु हुन्छ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो प्यारो मनसूनलाई !

~जे.बी. शेर्पा ~J B Sherpa

झर झर झरी !
तप तप पानि !
छप् छप् पानि !

बन जंगल पहरा पर्वत ,
एक हूल केटाकेटि ,
खेत को किसान ,
एक बथान चराहरु ,
सवै भिजाउँदै प्यास हरु !
रमाउदै आँखा हरु !
मनसुन मुस्कानमा ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म हुतिहारा भएरै बाँच्न चाहन्छु

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

म हुतिहारा
अनी
उ पौरखी मान्छे
भन्छ यो समाज
समाजको नजरले मलाई
हुतिहारा देख्दा
उस लाई
पौरखी म देख्दीन खै !

म कसैलाई हानी पुर्याउन सक्दीन
वयाक्ती ,समाज न त राष्ट्र लाई
बस् आफ्नो कर्म गरेको छु
आफ्नो पसीना बेचेको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : माया देखिन्छ

~शेर्पीनी कान्छी ‘निम’~Sherpini Kanchi 'Neem Sherpa'

आज भोलि झुटको खेती माया देखिन्छ
आफ्नै मन मुटु सस्तै दाममा बेचिन्छ।।

तेरो मेरो भन्दा भन्दै जीवन रीतिन्छ
मरे पछि चार गजको कफन बेरिन्छ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : परदेशमा

~श्रीओम श्रेष्ठ रोदन~Shree Om Shrestha Rodan

भीडमा एक्लो हुँदा कस्तो हुन्छ ? अनुभव नगर्ने धेरै कम होलान् । एक्लो भएर एक्लो हुँदाको अनुभव पनि नहुने कुरो भएन ।यी दुईमध्ये कुनले बढी सताउँदो होला ? भीडमा एक्लो हुनुलाई अरूसँग मिल्न नसक्ने भनेर बुझ्नुपर्ला कि ? कि चाहेर एक्लिनुको मजा अर्कै हुन्छ भनेर Û हिजोआज विश्वभरि यसको बहारजस्तै आएको छ, ध्यान गरेर संसारबाट मात्र होइन आफैबाट पनि एक्लिने । तर एक्लो भएर एक्लिनु चाहिँ पीडादायी नै हुन्छ । मौन कारागारजस्तो । चल्न त सबै चलिरहेकै हुन्छन् । बाध्यताको चलाइजस्तो अथवा भारी बोकेको खच्चडको हिँडाइजस्तो । देखिने अनुहारको के कुरा ? नदेखिने मनले पो गर्छ, जे गर्छ । नरोकिने करौँतीले नदेखिने गरी रेट्दा नदेखिने गरी नै दुख्छ । न कसैलाई देखाउन मिल्ने न कसैलाई भन्न मिल्ने । बैँस बढेकी असुन्दर युवतीको आत्मालापजस्तै सुन्न नसकिने । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : विवशता…

~सजना गुरुङ~Sajana Gurung

यो वर्तमानमा कतै तिमी र म भेट हुँदा
विना सम्बोधन , विना मुस्कुराइ
यि नायनहरु त्यसै झुकछन् भने ,
तिमीसँग तर्किन्छन् भने
मलाई केही नसोध !
एउटा भीषण विवशताको पहाडले थिचिएका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मलाई छोडी मेरो छायाँ

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

मलाई छोडी मेरो छायाँ कतै झरेछ
तिमि सम्म आई पुग्दा साँझै परेछ

त्यसै कति बिते मेरा, चिसा चिसा रातीहरु
तातो माया संगालेर, खोजि रहें साथीहरु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : गुफा

~आभास~Aavaas - Achyut Prasad Phuyal

हातमा मैन बत्ती लिएर
तिमी
अनकण्टार जङ्गलतिर लाग्यौ भने
अँध्यारोको साम्राज्य
पहाडले थचक्क थिचेको
कुनै मुलुक भेट्ने छौ
त्यसले Continue reading →

Posted in कविता | Tagged | Leave a comment