~दिव्य गिरी~
रक्सी र मायालुको मात उस्तैउस्तै
मायालु र रक्सीको जात उस्तैउस्तै ।
आँखाभरि आँसु अनि छातीभरि चोट
दुखाई र वेदनाको खात उस्तैउस्तै । Continue reading
~दिव्य गिरी~
रक्सी र मायालुको मात उस्तैउस्तै
मायालु र रक्सीको जात उस्तैउस्तै ।
आँखाभरि आँसु अनि छातीभरि चोट
दुखाई र वेदनाको खात उस्तैउस्तै । Continue reading
~टिका खड्का ‘राष्ट्रप्रेमी’~
देश् बनाउन सबको लगाव हुनुपर्छ
असल काममा सधैँ झुकाव हुनुपर्छ
.
पढ्नेहरु सबै झार्दै थिए आँसु
त्यो दु:खद गजलको किताब हुनुपर्छ Continue reading
~सोम सुनुवार~
हिमाल होइन, दृष्य तिनको बेच्न सकिन्छ
मेची–काली होइन, बिजुली बरु बेच्न सकिन्छ
मेरो देश तुइन तर्दैन अब
तराईमा रेल र पहाडमा केवुल कार चढ्छ
बामे सरेको छ इलाम त Continue reading
~नाइलु क्याबचा~
प्लेचा माल्त इन्कलि देश्या प्लेने काइ मचबु
मार्देम् दोथ्देम् प्लोइतिनि इन्लो रुम्ने काइ मचबु ।
थार्शो नन्नी आ थुमी आ गिमी ङा लाँ गोइ ननिदे
दिम्श्या ताइश्या लाइतीनि ङाश्या रिन्ने काइ मचबु । Continue reading
~अभागी कान्छा गाउँले~
मान्छे बद्लिन्छ, मन बद्लिन्छ !
हेर्दै जाउ उस्को, तन बद्लिन्छ !!
नहेप धेरै, अछुत भनि
काले कामीको, घन बद्लिन्छ !! Continue reading
~बाबुलाल बुढा मगर~
भन्छन यहाँ
समय बदलियो
दिन बदलियो
रात बदलियो
युग बदलियो
अहँ
मलाई बिश्वास लाग्दैन
यहाँ न समय बदलिएको छ
न दिन बदलिएको छ
न त रात बदलिएको छ
न त युग नै बदलिएको छ Continue reading
~डा. कपिलदेव लामिछाने~
बनारसमा पढ्दा ठूलो घरमा बस्थेँ । दसैँको अवसर थियो । घरमा बस्नेहरू घर गएका थिए । तेस्रो तलामा एक साधु बस्थे । भुइँ तलामा म । त्यत्रोमा जम्मा हामी दुई !
एक रात ! छतमा डङ्ङ कोही हाम फाले जस्तो लाग्यो । साधु कोठाबाट बरन्डामा निक्ले । उनको हातमा कठबाँसको लठ्ठी थियो । ठक्ठक् पारे ।
चर्को डाँकोले बोले – ए बालकृष्ण ! कठबाँस लिएर निक्ल । Continue reading
~मुक्तिनाथ शर्मा~
असीम डाक्टर अङ्कलसँग भेट्न पाएपछि रमाउँछन् । सानो हुँदा असीम डा. अङ्कलको घाँटीमा बसेर कान समाउँथे र डा. अङ्कललाई चाडै दौडाउन भन्थे । असीमले भनेको मान्नुहुन्थ्यो डा. अङ्कल पनि । असीम त्यसो गर्न पाउँदा मजा मानेर खितितिती हाँस्थे । तर असीम अहिले सात वर्षका भइसके । उनी तीन कक्षामा पढ्दै छन् । डा. अङ्कल घरबाट अलि टाढाको एउटा अस्पतालमा काम गर्नुहुन्छ ।
असीम आजभोलि घर आएपछि डा. अङ्कलसँग थुप्रै सवाल जवाफ गर्छन् । एक दिन असीम खाना खाँदै थिए डा. अङ्कल घरमा आउनुभयो । असीमसँग सोध्नुभयो- ‘खाना किन खानु पर्दछ त्यो तिमिलाई थाहा छ ?’ असीमले जवाफ दिए भोक मेटाउन । असीमको जवाफ सुनेपछि डा. अङ्कलले भन्नुभयो- ‘भोक मेटाउन मात्र होइन, हामीलाई बलियो हुन र ठूलो हुनुपर्दछ र त्यसका लागि खानु पर्दछ । भोक लाग्नु भनेको हाम्रो शरीरले केही Continue reading
~खगेन्द्र पराजुली ‘शून्य’~
तिम्रो लागि जूनतारा नि झार्छु भन्नेले
जस्तोसुकै बाजी पनि मार्छु भन्नेले
चटक्कै माया मार्यो बिर्स्यो भुसुक्कै
तिम्रै छेउमा आफ्नो डेरा सार्छु भन्नेले
१
असरल्ल कपाल फिंजाएर आयौ
किन कुन्नी नयन भिजाएर आयौ
धेरै-धेरै कोमल लाग्थ्यो त्रि्रो आगमन
तर आज का”डासरी बिझाएर आयौ Continue reading
~टेक बहादुर सुनुवार ~
गाने चाब्ब पोड खिस्या बाकिन
लाअ साम्चा कलि मार गानिनी
मुर खुल्बमी लाअ तुइचा माल्ब
जाम्चा कलि मार गाचा माल्नी
आमन जाम्बमी मुल सु माल्नी?
गो नेल्लके गो त्य बानी गोइ?
गो इन्कली माल्ता स्यदिनी लो Continue reading
~राजव~
ऊ विश्रामपुरबाट आउँथ्यो। म सलकपुरबाट जान्थेँ। दुवैले बँगरी खोलो तर्थ्यौं। हामी एउटै हाईस्कूलमा पढ्थ्यौँ। उसको पूरा नाम रघुरामप्रसाद उपाध्याय। म पनि नामपछि उपाध्याय नै लेख्थेँ। ऊ आफ्नो थर पौडेल लेख्दैनथ्यो। म पनि पोखरेल लेख्दिनथेँ। हामी दुई अरू पनि कतिपय कुरामा मिलेकै थियौँ। ऊ विश्रामपुरको पन्ध्र-बीस बिगाहा खेतबारी भएको सम्पन्नको सन्तान थियो। म पनि लगभग त्यति नै खेतबारीको जोरजाम भएको किसानको पुत्र थिएँ। मैले गाउँकै मिडिल स्कूलमा सात कक्षा सकेर कलैया बजारको हाईस्कूल पढ्न पाएको थिएँ, जहाँ हाम्रो पहिलो भेट भएको थियो।
त्यो दिन सेतो कमिज, पाइजामा र बाटाको चप्पलमा थिएँ म। आमाले कपालमा तोरीको तेल पनि मार दलिदिनुभएको थियो, आँखा पोल्ने गरी। नयाँ स्कूलको त्यो मेरो पहिलो दिन थियो। त्यो दिन रघुराम पनि म Continue reading
~वसन्त प्रवीण~
चोखो माया जसले लाउँछ, उही जान पाउँछ
स्वर्गभन्दा पनि पर, पिरतीको गाउँ छ ।
जति हेरयो वरपर, उति हुन्छ राम्रो
त्यतै कतै बसाउँला, दुनियाँ यो हाम्रो Continue reading
~इन्द्रकुमार श्रेष्ठ ‘सरित’~
बिहानीको आगमनसँगै
एक हुल भँगेराहरु चाँचाँ र चुँचुँ गर्दै
मेरो झ्यालमा ठोक्किन आइपुग्छन
लहरिएका मनिप्लान्टमा लुकामारी खेल्छन
निरन्तर मलाई उनीहरुको खेल हेर्न बाध्य पार्छन ।
एउटा न्यानो बिहानी
म भँगेराहरुको चर्तिकला हेरेरै बिताउँछु
थोरै चारो फालेर तिनीहरुलाई आफतिर बोलाउँछु Continue reading
~आचार्य प्रभा~
आमा तिम्रो मात्रित्वको परीभाषा
कसरी म दिउ ?
जब कि तिमीले त मलाई
न्यानोपनको आभाष नै नदिइे
छाडेर गयौ ….
बात्सल्यताको महत्व नबुझाई
बिलिन भयौ …
म भने आमा ,आमा चिच्याइ रहें
तिमी त कठोर् बनी Continue reading
~पुष्पा खनाल~
मनको साथी पाए हुन्थ्यो पिर व्यथा साट्नलाई
सच्चा साथी पाए हुन्थ्यो एक्लो जीवन काट्नलाई
आकाशलाई भनौं भनें समेटिन सक्दिन कि ?
धरतीलाई भनौं भनें मा भेटिन सक्दिन कि ? Continue reading
~लोक राज भट्ट~
सडक आन्दोलनले देश लुटिने पक्का भएदेखी
अब भुस्याहा क्रान्तिको बिरुद्ध
उधोगका खियाहरु पखाल्दै
ग्यास्टिक बिरुद्धका हड्तालिया हरुलाई
कौवा लखेट्न पठाएर
राजनितिमा
नौलो क्रान्तिहुनु पर्छ ।
सडकमा टायर सल्कायर
लोडसेडिङमा रात गुजार्दैमा Continue reading
~कमल प्रकाश पौडेल ~
फुकेको त्यो कपालमा, आउँ लाग्छ चुल्ठी बाट्न
जिन्दगीका सुखदुःख, मन लाग्यो त्यहीं साट्न ।।
अरू ठाउँ कहाँ जाने, कोसँग पो नाता गासूँ
विछोड नै चुलिएमा, के बेर हुन्छ मुटु फाट्न ।। Continue reading
~बासुदेव बुढाथोकी ‘सागर’~
छातीमा छुरा रोप्यौ तिमीले ;
मुटुमै चस्स खोप्यौ तिमीले ।
जन्मे-हुर्केको जिमी सम्झेर ;
आएँ निर्मोही तिमी सम्झेर । Continue reading
~रामकुमार पाँडे~
हो जमाना उल्टो भो ! उहिले उहिले नेताले माछा माछा भन्दै भ्यागुतो देखाइदिन्थे । जनता पनि हो न हो माछै फेला पारे भनेर तिनका पछि यसरी उफ्रन्थे जसरी तातो तावाका फुलौरा उफ्रन्छन् । नेता भने मनमनै जनताका नाममा भ्यागुतो भ्यागुतो भनेर माछा हात पार्थे । क्या भ्यागुतो ! क्या माछा !
हे जनता जनार्दन भ्यागुतोको विहे नगरी पानी पर्दैन ! यो कुरा वैज्ञानिकका बाजेलाई के पत्तो ? त्यसै हाम्रा नेता भ्यागुतोको पछि दगुरेका हुन् र ? कसैलाई भ्यागुतोले पुच्छरको पानी छर्केर आँखै गए के भो त्यसलाई सहिद घोषणा गरेर आफ्ना बाउका विर्ताबाट माछैमाछा ! अनि भएन नेताको जय भ्यागुतोको विजय ? Continue reading
~कृष्ण पहारी~
यसपालीको तिहारमा
सयपत्री फुलेन
मखमली फुलेन/फूलहरू नफूलेपछि
यसपालिको तिहार नआए जस्तो छ ।
यसपालिको तिहारमा
काग कराएन
कुकुर आएन
न त कागको पूजा भयो
न त कुकुरले माला लायो
मन नरमाइलो भएपछि Continue reading
~दिव्य गिरी~
शब्दद्वारा परिभाषित गर्नुपर्दा गीत भनेको मानव मनको अन्तरआत्मादेखि प्रष्फुटन हुने कोमल भावना हो अर्थात मनको सुन्दर सशक्त र शक्तिशाली अभिव्यक्ति हो । नेपाली बृहत् शाब्दकोषले गीतलाई यसरी परिभाषा गरेको छ – गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्य-रचना गाना गान ने.रा.प्र.प्र. नेपाली बृहत् शब्दकोष २०४० पृ.३४० । यस परिभाषाले पनि गीतका दुई महत्वपूर्ण विशेषताहरू – लयात्मक र सुललितलाई औंल्याएको छ । सङ्गीतवद्ध गरेर गीतलाई गाउँदा जुन स्वर दिइन्छ त्यो लयात्मक हुनु पर्दछ र गीत सुन्दा सबैले बुझ्न सक्ने सरल अर्थात सुललित हुनुपर्दछ । त्यसरी गाइएको गीतले मानिसको मनमा आनन्द दिनुको साथसाथै उसको हृदयलाई समेत झङ्कृत पार्दछ । गीतले मानिसको मनमा गहिरो प्रभाव पर्ने हुनाले नै गीतलाई भावनाको सुन्दरतम् अभिव्यक्ति भनिएको हो । Continue reading
हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु
बाँकि रहेको जिन्दगी छिटो छिटो जिउने गर्छु
आँसु नझारी भक्कानिएर धुरु धुरु रुने गर्छु
दु:ख र पीडालाई रक्सीलेनै धुने गर्छु Continue reading
~बाबुराम पन्थी ‘गुल्मेली’~
एउटा सानो एकनले खरले छाएर बनाएको गाइगोठ को एउटा कुना । जसमा बस्ने भाग लाई बाँस चिरेर बनाएको भाटा ठोकी बारीएको र त्यै माथी गोबर माटोले लेप लगाएर बनाएको साँहीला मामाको जिवनका सुनौला सपना बुन्ने महल । एक श्रीमती र एक छोराको सानो परिवार दु:खी परिवार । त्यै घर माथी छिमेकीको जग्गामा पर्ने ठूला ठूला रूखहरू । रिप्यानले गर्दा खरको छाना छिट्टै कुहिने हुनाले प्रत्यक बर्ष कटेरो छाउनै पर्ने बाध्यता । अगाडी पट्टी बलेनी संगै अग्लो काल्नो । बर्षा याममा लेउ पलाएर हरीयै र चिप्लै हुने चिप्लीयो भने काल्नो मुनी । पल्लो पट्टी एक हल मत्त बलिया गोरू र Continue reading
~इप्सुल मगर~
इच्छाहरु असफलताले साथ दिँदा मरेको छ
फूल्नै नपाई कोपीलामा खुशीहरु झरेको छ
के त रहेछ जीन्दगी भनि संघर्ष पनि गर्दै आए Continue reading
~प्रतिमान सिवा~
उम्कदा उम्कदैको,
स्मृतिको थैलिमा,
पोको पारी राखेको
उबर- पाबर्
वैंश पो लिएर जाऊँ कि….?
दिन-रात नभनी,
लाला-बालालाई, Continue reading
~इलामेली टीकाराम दुलाल~
कुनै न कुनै कुराको डर त हुन्छ नि जिन्दगीमा
सम्पन्न भए पनि अभर त हुन्छ नि जिन्दगीमा
आजनै वेवास्ता नगरे हुने थियो मलाई समाजमा
सधै जीवन र मृत्युको खबर त हुन्छ नि जिन्दगीमा Continue reading
~नेत्रबहादुर कुँवर ‘अशोक’~
उ त्यो माथि आकाशमा
एक जोडी पङ्ख फिँजाएर
बादलसँगै लुकामारी खेल्दै
नियाल्नु छ
अग्ला अग्ला शिखर
गहिरो समुद्र
वन,
पाखा,
पखेरा Continue reading
~केवलमान सुनुवार~
जन्म दिने आमाबाबु शिक्षा दिने गुरु
भक्तपुरको सम्झनामा लेख्न गरे शुरु ।
हातैमा चाइनीज घडी सिसा फुटी जानु
भेट होला वर्षदनमा माया मारी जानु । Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
आफु भन्दा अगाडीको त्यो मानिसलाई उसले खुब नियालेर हेरीरहेकी थिई । हातमा सानो लेदरको ब्याग, त्यस भित्र त्यही एप्पलको ल्यापटप र केही बिदेशी चुरोटको बटाहरु होलान् । त्यो मानिस बिर हष्पीटल अगाडी ओर्लीयो र महाबौद्धको गल्लीतिर हानीयो । उनलाई त्यसको पिछा गर्न मन थियो । तर त्यो छिप्पीन थालेको साँझ त्यही पुग्नु पर्ने बाध्यता पनी, त्यसैले उ सदा झै आफु भोटाहीटीको त्यही भिडभाड युक्त्त गल्लीमा ओर्लिई । उसलाई त्यहाँ बाट ३० मिनेटको लामो पदैल हिडाई गर्नु थियो । त्यही समयमा उसले ग्राहाक खोज्नु र त्यसलाई यथास्थानमा पुर्याएर आफुलाई भोगाउनु थियो ।
तिमी बेश्या हौ भनी कसैले सोध्न आउँदैन थिए तर उ त्यही होस् भन्ने चहाना गर्थी । उ आफुलाई बेश्या हुँ भन्न रुचाउँथी । तर उसलाई आज घरीघरी त्यही मानीसको संझना आइरहन्छ । त्यसले गए राती मलाई किन Continue reading
~उदय निरौला~
एकनास तम्तम्याइलो सहनाइ बजिरह्यो
ढोल, मृदङ्ग र झ्याउँकिरी बजिरह्यो ।
पातहरू पनि बजिरहे
बातहरू पनि बजिरहे ।
० ० ०
ठान्थें कुनै सुरम्य मेलोडी सङ्गीतकार सिर्जना गर्छ
भ्रम टुट्यो
सङ्गीत त ! प्रकृति दिँदोरहेछ । Continue reading
~कुशल ‘सुमन’~
आसुँको समुन्द्र गहिरिदै गएपछी
विस्तारै विस्तारै
रगतहरु तात्ने छन
उम्लने छन रगतहरु
र अचानक
भक्लक्क भक्लक्क उम्लिरहेका रगतहरु
ज्वालामुखी बनेर फुट्नेछन्
विस्फोटित अचम्मै ताता रगतहरु
धेरै धेरै माथिसम्म उचालिने छन् Continue reading
~रामचन्द्र खतिवडा~
गाउँमा थुप्रै जातिका मान्छे थिए । खास गरी ब्राहृमण–क्षेत्रीको बाहुल्य रहेको त्यस गाउँका बीचमा एउटा दमाईको घर थियो । दमाई बूढालाई गाउँलेहरू खूब हेप्थे । उनकी एक छोरी थिइन् जसलाई दमिनी कान्छी भन्थे गाउँलेहरू । तिनीहरू विष्टहरूका लुगा सिलाएर जीविकोपार्जन गर्थे ।
दमिनी कान्छी आफ्नो बुबालाई लुगा सिलाउन सघाउँथिन् । उनी रूप सौन्दर्यमा पनि राम्री थिइन् । उनको सुन्दर रूप देखेर गाउँका विष्टहरू थुक चाट्थे । उनी गाउँका केटाकेटीलाई खानेकुरा दिन्थिन् । केटाकेटी पनि Continue reading