कविता : छातीभित्र देश दुख्छ

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

राति निदाउँदा पनि मन आफ्नै देश पुग्छ ।
बिदेशमा हुँदा पनि छातीभित्र देश दुख्छ ॥

अरु के नै मागुँ र खै मात्र शान्ति फुले पुग्छ ।
दुःख बिसाउँदा पनि छातीभित्र देश दुख्छ ॥ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो पिडा

~शोभा सुनुवार~

मेरो मात्र कस्तो जीवन ?
चोट पनि मेरै हृदयमा
बज्रपात पनि मेरै टाउकोमा
पीडा पनि मेरै मनमा
कस्तो हो लिला हे दैब !.
पहाड्ले मलाइ नि थिच्नु पर्ने
प्रकृतिले नि मलाइ हेप्नु पर्ने
समयले नि मलाइ उल्टो गर्नु पर्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मुटु चोरेर टाढा

~अनिल बराल ‘गरीब चिराग अछुत’~

नजाउ मेरो मुटु चोरेर टाढा
नजाउ मेरो मुटु छोडेर टाढा |

तिमी बिना नबाच्ने भैं सके
नजाउ मेरो मुटु मोडेर टाढा | Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : छुट्नु अघि मरूँ !

~विक्रम तिमिल्सिना~Bikram Timilsina

बिछोड लेखिएकै भए छुट्नु अघि मरूँ !
तिम्रो मेरो एउटै मुटु फुट्नु अघि मरूँ !

पानी बिना नदी कस्तो होला सोचिहेर,
हावा बिना आकाश कस्तो होला भोगिहेर,
छुट्टीएर मर्नुभन्दा छुट्नु अघि मरूँ ! Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

सुनुवार भाषी कविता : कोइच सुम्निहाम्नी जारिनारी

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

गिगिच ङा सालिवा मि
शिल पङ दे दाम्शायी
लेम्फिम नु शेल्ची चाशायी
लला पा गुने नु हौ किप्शुर फेशायी
कम्पनी, आठनि, चारानी रेल्शायी
शेरेम फु पियामी चुइशायी
दार्शो दुमङा कोअ दे हिर्शा कोशायी

जिम्नाच ङा बिग्यो पिदार पा
हाम कुम हाशा बाल, रु मि आङनाअत शिल्लअ दे Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कविता : मृत्युदण्ड र कविता

~कर्मठ सुवेदी~Karmath Subedi

मलाई मृत्युदण्डसँग डर लाग्छ
मैले “एउटा बुढो बकाइनोको रुख” मा
झुण्डिएको लाशको कथा पढेको छु
मैले कञ्चटमा विजुलीको झट्का दिएर
मृत्युदण्ड दिएको दृश्य पर्दामा नै भएपनि हेरेको छु
घुँडा टेकाएर पछाडिबाट गोली हानी पनि
मृत्युदण्ड दिइन्छ अनि
सुकरातलाई झैं प्यालामा विष पनि पिलाइन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी जागरण देउसी २०७३

~सिस्नुपानी~

भन भन भाइ हो –नौ मैना
गन गन बैनी हो –नौ मैना
गर्भमा मान्छे –नौ मैना
सरकारका भान्छे – नौ मैना
मनमोहन सरकार –नौ मैना
ओली सरकार –नौ महिना
प्रचण्ड सरकार –नौ मैना
पख पख देउवा –नौ मैना ।

हामी त्यसै आएनौँै, अदालतले खटायो
लोकमानजीको घरमा नोटिस् टाँस्न पठायो ।

नोटिस् टाँस्न जाँदा घरमा ज्वाइँ राजाले खेदेका
हाम्रा तामिलदारले बाउको बिहे देखेका । Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सर ‘म ताराबाजी लै लै’ पढ्दिनँ

~अमृत शर्मा ‘ढकाल’~

व्यवस्थाको घामले पखाल्न नसकेको एउटा गहिरो रात भोग्नु
जस्तो रहेछ अरुको सपना अपनाउनु पनि
सौताको घरमा सुत्केरी बनेर छोरा जन्माउनु
जस्तो आफ्नै आधा आङ खाएर डकार्ने
बाघको बहादुरीमा ताली पिटनु जस्तो
बारीमा उम्रदै गरेको दुई पाते
पसिना बगाएर भोको पारिजाने बाढीको यौवन गाउनु
जस्तो मलाई यो कविता निक्कै अप्ठयारो लाग्छ सर ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वल्लो घाट न पल्लो तीरका भए…

~निर्मला अवस्थी~Nirmala Awasthi_1

सानातिना गुनासा हुन् लेखिदिने भए
कता पोखुं कता पोखुं भने जस्ता भए
कति राख्नु मनभित्र उर्लिएर आए
हल्का हुन्थ्यो मनका ब्यथा सबलाई भन्न पाए।

छोराछोरी भन्दाभन्दै दिन वित्दै गए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : ठूलो प्रभाव भो

~राधा भट्टराई~Radha Bhattarai

छिमेकीको हस्तक्षेपले घरमा ठूलो प्रभाव भो !
पठाई देउ उनलाई फेरि घरमा उनकै अभाव भो !!

नसारी अब तिथिमिति सहमतिमा सबै आई !
संविधान लेख भन्दा तिमीलाई दबाब भो !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : अज्ञात रोग

~दिवाकर स्वप्नील~Diwakar Swapneel

“ओइ डोमा,हेर्ना केटी सारले पनि कति काइदा बोलेको!”

“चुप ना पेमा,अझै के भन्छा सुनम्!”

“…तपाइहरुको सहयोग बिना हामी यो सबै काम गर्न सक्दैनथ्यौँ।यस्तो जाडो ठाउँमा आवास प्रदानगर्नु हाम्रो लागी महत्वपूर्ण कुरा हो …हामीले यहाँ स्वास्थ्य समस्या देख्यौँ र हाम्रो पक्षबाट तपाईहरु बीस घरका लागी केही सामान्य औषधी उपहार दिन चाहान्छौ।”गाउँलेका अगाडी गैरसरकारी संस्थाकी टोली नेताले बोलेर औपचारिकता पुरा गरिन्।केही औषधी प्रत्येकलाई हस्तान्तरण गरिन्।स्वास्थ्य सेवाबाट बञ्चित उनिहरुलाई Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : कविता यसरी नै फुर्छ

~निर्मला अवस्थी~Nirmala Awasthi_1

कहिले काहीं कविता पानी जस्तै बग्छ
मोडै पिच्छे बदलिएर बाटो फेर्न सक्छ
जीवनको भोगाईसंगै ठोक्किएर दुख्छ
थाहै नपाई कविता यसरी नै फुर्छ।

कहिले काहीं कविता बादलभित्र लुक्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाहरुको खेल

~आशा खनाल~asha-khanal

म फेरी त्यही यात्रामा
सपनाहरुको खेल खेल्दै,
जीवनसङ्ग्रामको मैदानमा
कालो अन्धकार र तितो अतित पन्छाउदै,
विमोचित चोटहरुको सामना गर्दै
केवल २/४ कदम पाइला चाल्दै छु,
मात्र २/४ कदम……
किनकी परिसकेछु सपनाको जकडबन्दमा
न त म सपनालाई धोका दिन सक्छु,
न त म सपनाको समिपलाई बिर्सन सक्छु, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अनुमान

~डा. रविन्द्र समीर~Dr Rabindra Sameer

आजकाल डा.शर्माको लोकप्रियता बढिरहेको छ । अस्पतालमा डा.शर्मासँग जांच गराउने बिरामीको घुइंचो नै हुन्छ । त्यसैले डा.शर्माले तौल, तापक्रम, नाडीको गति तथा रक्तचाप जांच गर्न आफ्नो कक्षमा सहायकलाई राखेका छन । डा.शर्माको बारम्बार फोन आइरहन्छ । उनी सबैको फोन उठाउछन, छोंटो कुरा गर्छन ।

‘नमस्कार ! हुन्छ, आइहाल्नुस ।’ उनको सहायकले अनुमान गर्यो – यो बिरामीको फोन हो ।

‘गुड इभिनिंग ! आजै ? आज त आफै गाडी ड्राइभ गरेर आएको छु । मापसेको झन्झट होला । अर्कोपटक Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आमा ! सरकारलाई जाडो हुँदैन, हो ?

~विनोद भण्डारी~binod-bhandari

“आमा जाडो भयो।”

“ला यो ओड्” भनेर धनमायाले आफूले घाटीमा वेरेको पूरानो पछ्यौराले छोरालाई छोपिदिइन् ।

“कत्ति चिसो बढेकोरु” भन्दै उनले माटाले बनाएको चुलोमा केही स साना दाउरा झोसिन् अनि सलाइ कोरिन् । तर सलाइ कोरिएन । चिसोले सलाई पनि ओसिएछ क्यारे । एकछिन पछि मात्र कोरियो र चुलो सल्काइन् ।

“ल लाइज बावु आगो ताप” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘चाँदनीको व्यथा’मा लुकेको पीडा-प्रलाप

~नन्दलाल आचार्य~book-cover-chandani-ko-betha-laxmi-datta-bhatta-satyapremi

सुदूर पश्चिमाञ्चल भौगोलिकरूपमा दुरुह भए पनि साहित्यको विकासका दृष्टिले समृद्धशाली क्षेत्र हो । इतिहासका पाटालाई केलाउँदा पनि महत्वशाली र गौरवशाली क्षेत्र हो । प्राकृतिकरूपमा समेत मनोरम स्थलले ढाकेको त्यहाँको जनजीवन प्राकृतिकता छ । चाँदनी र दोधारा गाविस नै नेपालका पश्चिमी बिन्दु हुन् । चाँदनीको मनोरम दृश्यको भुक्तभोगी भई त्यसैको जयगान गाउँदै धेरै रचना साहित्यसंसारमा आउका छन् । सुदूर पश्चिमाञ्चलले जन्माएका साहित्यका एक युवा सारथी हुन्- लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’ । उनी गीत, गजल र कविता विधामा कलम चलाउँछन् । हालसम्म उनका ‘हाम्रो कर्तव्य र गन्तव्य’ -खण्डकाव्य, २०६३), ‘चाँदनीको व्यथा’ -गजलसङ्ग्रह, २०६८) र ‘आमाको स्मृतिमा’ -शोककाव्य, २०६९) गरी तीन कृतिहरू प्रकाशित भएका छन् । तीमध्ये यस छोटो आलेखमा ‘चाँदनीको व्यथा’ -गजलसङ्ग्रह, २०६८) कृतिको सङ्क्षिप्त मूल्याङ्कन गर्न खोजिएको छ । यसमा आफ्नो जन्मभूमिको ममता र व्यथाहरूलाई मार्मिक ढङ्गमा केलाउने काम गर्न खोजिएको छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : यादहरू

~रामु गैरे~Ramu Gaire

सुनसान रात छ
गाडीहरुको हुइँयको आवाज
मात्रै आउँछ
निन्द्रा पटक्कै लाग्दैन
कोल्टे फेर्छु
१२ बज्छ
मनभरि कुरा खेल्न थाल्छन्
मेरो वरिपरिका साथीहरु
मस्त निन्द्रामा
सुतिरहेका छन्
चरीहरु पनि मस्त निन्द्रामा छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अहो ! मलाई ताजूब लाग्छ

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
थलथल माछो नृसिंह जाग्छ !
वानस्पत अणु मङ्गल माग्छ !
बानर एउटा चन्द्रमा ताक्छ !
अहो ! मलाई ताजूब लाग्छ !

ख.
मृतकणी औ किरणको शादी,
थियो अगाडि !
एक प्यारको स्पन्दन जाग्छ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खुशी छु म धेरै!

~श्रृजना क्षेत्री~Shirjana Chhetri

तिमी सँग माया लाउदा खुशी छु म धेरै!
तिम्रो मन भरी छाउदा खुशी छु म धेरै!

हिजो सम्म सोच्थे को होला मेरो प्रियतम
आज तिमी लाई पाउदा खुशी छु म धेरै! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘नजन्मिनुपर्ने मान्छे’ कथासङ्ग्रह भित्र एकछिन घोत्लिदाँ !

~कुमार काफ्ले~book-cover-najanmina-parne-manche-dhir-kumar-shrestha_katha

नेपाली साहित्यमा धीरकुमार श्रेष्ठ एउटा यस्तो सशक्त नाम हो जसको परिचय गरिरहनुपर्ने जरुरत छैन । उनको आफ्नो छुट्टै पहिचान र योगदान छ । वि.सं. २०१८ साल असार २५ गते पकरी ६, सप्तरीमा जन्मेका उनले नेपाली साहित्यमा स्नातकोत्तर गरेका छन् । ‘आरम्भ अर्थात सुरुआत’ (कथासङ्ग्रह ,२०६३), ‘घुर'(उपन्यास, २०६४),तन्द्रामा अमेरिका (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ,२०६५) बाइसौं शताब्दी (हिन्दीबाट अनुवाद,२०६७), जेब्रा क्रसिङ (सचित्र बालकथा,२०६५),अग्लो घाँस (तथ्य पुस्तक ,सन् २०१०),हलो जोत्यो खायो माम (बालकथा सङ्ग्रह,२०६८) लगायत विद्यालय तहका नेपाली पाठ्यपुस्तकहरूको लेखन र शब्दाङ्कुर , दीपशीखा , प्रशासन, ज्यतिपुञ्ज ,सम्प्रति , हेमचन्द्र पोखरेलका केही कविता आदिको सम्पादन समेत गरेका छन् ।

आख्यानको क्षेत्रमा अनवरत कलम चलाइरहेका कथाकार धीरकुमार श्रेष्ठको ‘नजन्मिनुपर्ने मान्छे’ कथासङ्ग्रह Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : यो संसार अनौठो

~अतित मुखिया~Atit Mukhiya

यो संसार अनौठो र घरबार अनौठो
मानिसबिच असमान व्यवहार अनौठो

मनको देवताको नगरी वास्ताब्यस्ता
ढुङ्गा पुज्ने मानिसको अहंकार अनौठो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Satire Poem : Bush! Your Highness

~Jiwan Kshetry~Jiwan Kshetry

Can’t tolerate, Bush! Your highness,
Your prosperous and well secured world.
Stabbing bayonets in the bellies of the hungry,
Throwing grenades to the bodies of the naked,
Bombing the roofless from the fighter planes.
Bush ! your highness Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : आँसु पुस्न काम लाग्यो

~जितु थापा~

तिम्ले देको रुमाल आज आँसु पुस्न काम लाग्यो
जीवनदेखि आत्तिसके मृत्युसामु जाम लाग्यो ।

दोधारमा तिमी बस्यौं केवल मलाई तडपाइराख्यौं
मेरै भनी रटिराथे अर्को को पो नाम लाग्यो ।
जीवनदेखि आत्तिसके मृत्युसामु जाम लाग्यो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : खुशी छर्छु भन्यो उस्ले !

~सजना गुरुङ~Sajana Gurung

मेरो जिन्दगीमा खुशी छर्छु भन्यो उस्ले !
रातो गुलाब् दिँदै माया गर्छु भन्यो उस्ले !

नयाँ नाता जोड्दै हात थामी सधैलाइ
खाली यो सिउँदो आजै भर्छु भन्यो उस्ले ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : माया

~रामचन्द्र कार्की~Ram  Chadra Karki

डाँडाकाडा हरिया छन्, निलो आकाश कञ्चन,
जिन्दगीमा माया लगाई हाँसी जिउनु भन्छन् ।
खेतका गह्रा धान सरी, झुलाउनलाई माया,
जिन्दगीलाई हिमालसरी,े चुलाउनलाई माया ।

शिशिरको कुहिरोले, बरिखामा डाँडा ढाक्छ,
पे्रम पनि एउटा फल हो, मलजल पाए पाक्छ ।
फूलबारीको फूल सरी, फूलाउनलाई माया, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सीमा

~खगेन्द्र पराजुली ‘शून्य’~khagendra-parajuli-shunya

शून्य आकाशमा ताराहरु अनवरत चम्किरहेका छन् । मध्येरातमा धर्ती चकमन्न निदाएको छ, कीराहरुको किरीरी पनि कम हु”दै गएको अनुभूति हुन्छ । तर उफ् ! उसलाई पटक्कै निन्द्रा लाग्दैन । भाडाको सानो कोठा, शीशाको झ्यालबाट माथि आकाशका ताराहरुतिर एकोहोरो टोलाइरहेको छ ऊ । यी ताराहरु तिनै हुन्, ती तीनआ”ख्ले र त्यो ठूलो जून तिनै हुन्, जसलाई उसले आजभन्दा पा”च महिनाअघि यसैगरी नियालेको थियो । तर आज र त्यसबेलाको हेराइ विल्कुल फरक छ, हो ऊ र ती ताराहरु जत्तिकै फरक । त्यसबेला उसको शीर उसकी प्यारी जीवनसंगीनीको मायालु काखमा थियो तर आज वियोगान्त उपन्यासका खातहरुमा । उसका आ”खाको त्यो खुशीयाली र मनको प्रफुल्लता केवल क्षणिक रहेछ, पानीको फोका जस्तै । उसका सारा खुशीहरु तुसारोले खाइसकेको छ, हो विश्वासघातको रुखोचिसो Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : म एउटा श्रद्धाञ्जली

~जोतारे धाइबा~Jotare Dhaiba

ठेट्ना मनहरूले चपाएका
मिहीन सपनाहरूबाहेक
केही रहने छुइनँ म

माझी घामले बिछ्याएको जालमा
पर्छ एका बिहानै, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बेवारिस मत !

~दीपेन्द्र के.सी.~Dipendra KC

देशको सीमा काटेपछि
स्वतः अनुपस्थित छु म
मतपत्रका स्वस्तिक छापहरुमा ।
मेरा विचारहरु
छिराओस् सिंहदरवार
तिम्रा घोषणाका टेपरिकर्डर
सुनाओस संसदमा
र, फेरियोस् एउट कथा,
कम्तीमा तुरुन्तै सम्भव छैन ।

मैले चाहनुु र नचाहनुमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दीपावली

~होमनाथ सुवेदी~Homnath Subedi2

दीपावली जलाएको आंैसीको रात देखियो
सदा हार कहीँ हुन्न खुसीको हार लाइयो ।

भेटे जस्तो हुँदैहुन्न भगिनी भाइको कुरो
दीपावली समाएर पार लागिन्छ सेतु यो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रित्तिएको सम्वेदना र मेरो आग्रह

~सन्त थुलुङ्~

अहिले मसँग
छैन कुनै नयाँ कविताको प्लट
छैन नयाँ कविताको लागि
कुनै सुन्दर विम्व
न त छ कुनै राष्ट्रियता झल्काउने प्रतिक
छ त केवल शुन्य मष्तिष्क
छ त केवल रिक्तो मन
भयो नजिस्काउन नवयौवना वैंशहरू
भो नचलाउन कामुक औंलाहरू
र, नदेखाउन, वैशालु देह
यी सबै सबैले
हुने छैनन् मलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म जन्मेको ठाँउ

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

कमै हुन्छ वर्णन जति गरे पनी सुन्दर रेसुड्गाको
काखैमा खेलेर रमेकोछ जाँहा तम्घास बजार त्यो

स्वर्ग भन्दा पनि सुन्दर लाग्छ यो म जन्मेको ठाँउ
एउटा सानो सुन्दर शान्त बस्ती तम्घास यसको नाँउ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परिणामका पाइला

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

परिणामले आफ्ना पाइला
जतासुकै मोडोस्
अन्धकारले जस्तोसुकै उसको
विषाक्त व्यूह रचोस्
म सत्यको मियो,
न्यायको शिर
सधैं झलमलाउँदो दिग्विजयी हिमाल हरपल मुस्कुराउँदै
म अदम्य भाष्कर/अजश्र ओजस्वी ब्रह्मज्योति,
अविरल अनन्त कोसी/पवित्र पावन शिखर गंगा
बगिरहन्छु/बगिरहन्छु,
म अभिछिन्न सृष्टिको खुसी मौलाइरहन्छु ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment