Tag Archives: Dr Hemnath Ghimire

छन्द कविता : नयाँ बर्ष

~डा. हेमनाथ घिमिरे~ रातै लेक फुलुन् गुराँसहरुले बेशी फुलुन् काँशले । पाखा-पर्वतमा बुकी पनि फुलुन् वास्ना छरुन् घाँसले ॥ हाँगा मग्मग भै सुनाखरि फुलुन् नाना थरी रङ्गमा । नौलो याम फुलुन् सबै ह्दयमा उत्साहका सङ्गमा ॥ १ ॥ हाम्रा यी … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : दुःखी चेली

~डा. हेमनाथ घिमिरे~ लहरै फुले जाही र जुही बेली र चमेली । फुलीनौ तिमी किन हो कैल्यै भन न ए चेली ॥ आएन बैंश लागेन मात जवानी सकियो । मनका ईच्छा सपना सारा मनमै रोकियो ॥ १ ॥ दाउरा घाँस … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : छातीभित्र देश दुख्छ

~डा. हेमनाथ घिमिरे~ राति निदाउँदा पनि मन आफ्नै देश पुग्छ । बिदेशमा हुँदा पनि छातीभित्र देश दुख्छ ॥ अरु के नै मागुँ र खै मात्र शान्ति फुले पुग्छ । दुःख बिसाउँदा पनि छातीभित्र देश दुख्छ ॥

Posted in कविता | Tagged | Leave a comment

गीत : जूनको आँसु शीत बनी

~डा. हेमनाथ घिमिरे~ जूनको आँसु शीत बनी धरतीमा खस्यो उनको आँसु तीर बनी मुटुभित्र बस्यो पिरतीले सिँचेको थेँ मायाको त्यो फूल हेर्दाहेर्दै वैलाएछ कहाँ के भो भूल त्यही फूल आज हरे बालुवामा खस्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : मधू–मिलन

~डा. हेमनाथ घिमिरे~ मीठो यौवनमा गुराँसहरुले लाली चढाईदिए । लाली जोवनमा बुकी पनि फुले वास्ना बढाईदिए ।। बैंशालू मनमा सुनाखरि फुले हाँगा सबै रङ्गिए । मेरो अन्तरमा उनी पनि फुलिन् आहा ! म नै रङ्गिएँ ।। १ ।। वास्ना अन्तरको … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मेरा “पैयूँ” र तिम्रा “साकुरा”

~डा. हेमनाथ घिमिरे~ बसन्तको आगमनसंगै िसंगो बसन्तकै प्रतीक बनेर पूरै वातावरणलाई नै बसन्तमय पारेर हाँगा-हाँगामा पात-पातमा ढकमक्क भई फुलेका छन् तिम्रा साकुराहरु । सायद मेरा पहाडका

Posted in कविता | Tagged | Leave a comment

डा. हेमनाथ घिमिरेका एघार हाइकुहरु

~डा. हेमनाथ घिमिरे~ शीतको थोपा गुलाफको फूलमा मेरी प्रेयशी । सधैँ हँसिली लालुपाते फूलेझैँ मेरी संगिनी ।

Posted in हाइकु | Tagged | Leave a comment

छन्द कविता : फालौँ बिष त्यो

~डा. हेमनाथ घिमिरे~ कालो मेघ मडारियो गगनमा धर्ती मलीनी भईन् । सारा अन्ध भयो यहाँ जगतकी ज्योती कहाँ ती गईन् ।। चारैतर्फ बगे नदी रगतका, बस्ती जले दन्दनी । आयो के कलि यो अहो यति छिटै दाह्रा किटी फन्फनी ।। … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : सम्झना

~डा. हेमनाथ घिमिरे~ स्वदेश छाडी बिदेश आएँ लाग्दैछ अँधेरो । सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो ।। ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन् बाटोमा । आँशुका थोपा झरेर गए बिलाए माटोमा ।। १ ।। बिहान उठी पियारी मेरी … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : हिमालपारिका दाजु

~डा. हेमनाथ घिमिरे~ ‘नमस्ते ! दाजु’ उहाँबाटै सिकेका यी दुई मीठा शब्दसंगै नाकको सामुन्ने जोडिएका मेरा दुबै हत्केला बिस्तारै छुट्टएर अनायासै खस्न थालेका आँसुका थोपाहरु पुछ्न पुगे । दाजुले नदेख्ने गरी आँसु त लुकाएँ, तर अनुहारमा देखापरेका भावनाहरु मेरो बुर्खाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो प्यारो गाउँ

~डा. हेमनाथ घिमिरे~ स्वच्छ हिमालको पंति, देखिएको सिरानमा । हरियाली सबै तर्फ, बसेको हिमकाखमा ।। स्वच्छ निर्मल ती खोला, बगेका कल्कलाउँदै । हिमाली सिर्सिरे हावा, बगेको बहलाउँदै ।। १ ।। पहाड ती रमाईला, सेतो हिमालको मुनि । बगेका छन् नदी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पूनरावृत्ति

~हेमनाथ घिमिरे~ सधैं झैं आज पनि बिहानको नित्यकर्म सकेपछि स्वास्थ्यचौकीबाट मूल सडकतिर ओर्लिएर मायाको चिया पसलतिर लागेँ । स्वास्थ्य शिविरको लागि यहाँ आएको दोश्रो पटकदेखि नै उनको पसलमा गएर बिहानको चिया पिउने बानी परेको थियो । स्वास्थ्यचौकीबाट उनको पसल पुग्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : बादशाहको अत्याधुनिक पोशाक

~हेमनाथ घिमिरे ~ प्राचीन युगको कथाका बादशाह निरङ्कुश तथा मूर्ख थिए । भारदारहरु उनको निरङ्कुशताबाट आजित भई उनको मूर्खताको फाइदा उठाई उनको बेईज्जत गर्न विद्वानले मात्र देख्ने अत्याधुनिक पोशाक लगाइदिने नाममा बादशाहलाई नाङ्गै शहर घुमाए । सजायँको भय तथा मूर्ख … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लोक कथा : अन्धा र हात्ती

~हेमनाथ घिमिरे~ एकादेशमा अन्धाहरूको राज्य थियो । सबै अन्धा भएपनि राज्य ब्यवस्था सुचारु रुपले चलिरहेको थियो र राज्य आत्मनिर्भर पनि थियो । अन्धाहरूले राज्य संचालनको लागि हरेक चार बर्षमा पाँचजना मन्त्रीहरूको चयन गर्थे । यी मन्त्रीहरू दिनहुँ राज्यका बिभिन्न ठाउँ … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment