कविता : नौलो क्रान्ती

~लोक राज भट्ट~Lok Raj Bhatta

सडक आन्दोलनले देश लुटिने पक्का भएदेखी
अब भुस्याहा क्रान्तिको बिरुद्ध
उधोगका खियाहरु पखाल्दै
ग्यास्टिक बिरुद्धका हड्तालिया हरुलाई
कौवा लखेट्न पठाएर
राजनितिमा
नौलो क्रान्तिहुनु पर्छ ।
सडकमा टायर सल्कायर
लोडसेडिङमा रात गुजार्दैमा
सल्किने हैनन आशाका बत्तिहरु
त्यसैले
पानिमा आगो सल्काउन
जल क्रान्तिहुनु पर्छ ।
अरे मुखिया बा
आयातमुखी परनिरभर्ताले
उछिनेको बजारमा
चुलो सल्काउने ओखती छैन
त्यसैले अब
आलु क्रान्तिहुनु पर्छ
प्याज क्रान्तिहुनु पर्छ।
अब झुल्नु पर्छ सिंजामा मार्सीधान
र लटरम्म हुनुपर्छ सिन्धुलिका जुनार
अब ओखती बन्नु पर्छ कर्णालिको बुटी
यार्सा जन्मिने देशमा
अनेकौ छन गरिबका सपनाहरु
त्यसैले
हिमालमा स्याउ क्रान्ती हुनु पर्छ
पहाडमा सुन्तला क्रान्तिहुनु पर्छ
र तराईमा
धान क्रान्ती हुनु पर्छ।
यहाँ
कोही सगरमाथालाई शंका गर्छ भने
असम्भबको त्रासले भयभित हुन्छभने
सफलताको पाठ सिक्न
नासा र बैकानुर पठाएर
नव निर्माणको ध्वजा फहराउदै
बलिष्ठ पाखुरीलाई देश देखाएर
बिउझाइदिनु पर्छ बलबाहुहरुलाई,
श्रीस्थानको ज्वालाले देश झल्किन्छ भने
चौलानिको रेडियमले
सपनाहरु फूलाउछ भने
अब
खनिज क्रान्तिहुनु पर्छ
धातु क्रान्तिहुनु पर्छ ।
बुद्धलाई तर्साएर
लुम्बिनी लुट्ने क्रान्तिले
भलाईउदैन गण्डकी र कोशिका
पिडाहरुलाई
त्यसैले
हिमालको देश हेर्ने आएका जहाजहरु भनिरहेछ
देशलाई गरिबीको पराकाष्टा बाट पर धकेल्दै
गुम्बा मस्दिज र मन्दीरहरुमा
शान्ति गुन्जाएर
कन्चन हिमाल जस्तै
देश बनाउन
हिउँ क्रान्तिहुनु पर्छ।

यो धर्तिले भनिरहेछ
आकाशले भनि रहेछ
बताशले भनिरहेछ
पानीले भनिरहेछ
घामले भनिरहेछ
अझै सबै भन्दा बढी
नेपालले भनिरहेछ
यो
क्रान्तिको पनी क्रान्ती
अब नौलो क्रान्तिहुनु पर्छ।

लोक राज भट्ट
वायल डोटी
हाल धनगढी

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.