~कमल प्रकाश पौडेल ~
फुकेको त्यो कपालमा, आउँ लाग्छ चुल्ठी बाट्न
जिन्दगीका सुखदुःख, मन लाग्यो त्यहीं साट्न ।।
अरू ठाउँ कहाँ जाने, कोसँग पो नाता गासूँ
विछोड नै चुलिएमा, के बेर हुन्छ मुटु फाट्न ।।
सच्चाप्रेमी भई बाचौं, खुशीयाली सँगालेर
रहर् कस्लाई लाग्छ भन, जलनका दिन काट्न ।।
एक–एक दुई भई, दुई फेरि एक हुँदा
समस्याका पहाड् फोड्न, कति सहज् होला आट्न ।।
हुन्छन् इष्र्या गर्नेहरू, सबका मित्र सबका शत्रु
दुनिँयाको कर्के नजर, बाध्य हुन्नौं हामी फाट्न ।।
आउ साथ दिने कसम्, मुटु साक्षी राखी खाऔं
संसारलाई ढाँटेपनि, को सक्छ र आत्मा ढाट्न ।।
–रचनाकालः–२०६३÷०४÷०६
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
