छन्द कविता : बाध्यता

~वासुदेव पाण्डेय~basudev-pandey-prabhakar

छन्द : शार्दूलविक्रीडित

हर्के हङकङ राम रोम छ भने माने छ मुग्लानमा
बिर्खे बेरुत कालु काबुल पुग्यो जेठो छ जापानमा ।
कान्छो खट्छ कुवेतमा विवश भै घैॅटे छ घानातिर
आधा देश विदेशमा मुलुकको फेरिन्छ के तक्दिर ?

पढ्दैमा घरखेत बन्धक भयो घट्दै गयो तागत
खोज्दा काम मिलेन यो मुलुकमा खाडी पुगे अन्तत: ।
नेपाली श्रमले विदेश सजियो, खट्दै बिताए जुनी
बोकाझैॅ बलिको भईकन रहे जो बन्न खोज्थे धनी ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : फूल खोज्दा काँडा मात्रै

~हरि मानन्धर “विवश”~Hari Manandhar Biwash

फूल खोज्दा काँडा मात्रै मिल्छ कति काली
नङ्गाएर आफैलाई छिल्छ कति काली

नचिनेको बेश हुन्थ्यो त्यो साँझमा भेटि
बिछोडिने पीडाले नै चिल्छ कति काली Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आज पत्थर भएँ भन्छ

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

हिजो फुट्ने सिसा थिएँ आज पत्थर भएँ भन्छ ।
एउटा मान्छे मृत्यु जिती सदा अमर भएँ भन्छ ।।
.
हजारौँले चोखो प्रीति सजाएर गएदेखी ।
मुटु पनि पिरतीको रंगिन् शहर भएँ भन्छ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मानिस विराट

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
सहस्रशीर्ष, सहस्रपाद !
झल्किरहेछ एक विराट् !

ख.
अल्प सहस्र संवत्सरले केवल, जिनतिन,
अल्पोच्चोरित,
उसका इङ्गित
हामी सारा नेपाली हुँ !
हाम्रो देश छ हाल,
एक अनाविष्कृत केवल,
एक अनुच्चारित, कल्पनु
परको, लोक कमाल !
अदृष्ट विशाल ! नेपाल ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बेड नं. १३

~भुपेन~Bhupen

भगवान ढोकाबाट भित्रिए ।

उनले आमाको ढुकढुकी सुन्ने इयरफोन घाँटीमा भिरेका थिए । भगवान गोरा र अग्ला थिए । वरपरको अत्यासलाग्दो रोगी माहोलका बाबजुद पनि उनको गोरोपनामा कमी आएको थिएन ।

भगवान ढोकाभित्र छिर्नेबित्तिकै म लगायतका भक्तजनले आफ्नो आशा–भरोसा सुस्केरामार्फत् उनलाई सुनाउने प्रयास ग¥यौं । उनी झुल्किदा लाग्थ्यो– भगवानले बढी समय मलाई देऊन् ।

भगवानको व्यस्त समय आफ्नो भागमा बढी पार्न हामी भक्तजनबीच निःशब्द लुछाचुँडी गथ्र्यौं । तर उनी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पिकदान या पाइखाना

~सरिता तिवारी~Sarita Tiwari

सुकिलो छ तपाइँको दौरा
बेदाग छ सुरुवाल
ठूलै छ शान र शौकत तपाइँको
तर सारै नराम्रो छ आदत
नबिर्सिकन प्रत्येक दिन
थुक्नुहुन्छ खकार भरिएको थुक
मेरो दैलै अगाडि
र बनाइदिनुभएको छ मेरो प्रवेशद्वारलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको दुःखेसो

~ठाकुरमान लामा~Thakur Man Lama

आइपुग्यो टुप्लुक्कै आँगनीमा दसैं यो साल पनि
आमा बिचरी हेर्दैछिन् बाटो छोरा आउँछ कि भनी
पोहर साल दसैं त्यसै बित्यो दिन गनी गनी
भन्छिन् ती आमा आँसु झार्दै भक्कानो मनमा लिई

अरूका छोरा लाहुरे घन्काउँदै रेडियो घर फर्किए
आफ्ना पनि आउलान् भनी आँखा कति सोझयाए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : यतिखेर म

~मुक्तिनाथ शर्मा~Muktinath Sharma

यतिखेर म
आङ्खनै चेतनाले
थिच्चिएको छु
खोलापारिको
एक्ले रुखजस्तो
एक्लिएको छु
र, एक्लिनुको अतिशय पीडाबाट
ठाउँ–ठाउँमा दुखेको छु !
म आफ्नै आवाज सुनेर तर्सेको शून्य आकाशको बादल Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : नोर्बु शेर्पा

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

सोलुखुम्बूको उच्च हिमाली क्षेत्रको विकट गाउँमा नोर्बु शेर्पाको घर थियो । पन्ध्र वर्षअगाडि उनी त्यहाँ गरिबीको जीवन बाँच्दै थिए ।

उच्च हिमाली क्षेत्र जैविकताले भरिएको ठाउँ हो । प्रशस्त जडीबुटी र पर्यटकका कारण यस क्षेत्रले नेपालको अर्थव्यवस्थामा विशेष महत्व राख्छ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : सबै बेहोशी नशा पिएर

~रवी प्राञ्जल~ Ravi Pranjal

सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म।
अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म…२।
सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म।
अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म…२।
सबै बेहोशी नशा पिएर।

सपना फुटेर, आँसु बनेछ, त्यो आँसु फेरी व्यथा बनेछ। …२ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

सुनुवार भाषी कविता : खामे गेचा ब्लितामे इ गोति

~चन्द्रप्रकाश सुनुवार~chandra-prakash-sunuwar

नाअ्तिकुसकुस
बुरु रुमि ग्यारचा ग्यारसाउ शाँ इँ गोति
ते तेरेङा एकके जाअते बÞालाइ पाँ पुत निशशा
आँ थुकुमि बाअ्ते क्योराप थेपुलमि ग्यारसोनु
थिशशा हेराला उइ लुच दोति
आँके मिअ्चिमि फुर बेरशा
काङरे सुवाके फु बÞोति Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गजल : अब नयाँ आवासको

~ज्ञानुवाकर पौडेल~Gyanuwakar Paudel

नदेखौं क्यारे सपना अब नयाँ आवासको
निकट छ जब भविष्य मेरो बनवासको

थचारिनु परेपछि धर्तीमा नराम्रोसित फेरि
किन देख्नुपर्‍यो सपना त्यो मुक्त आकाशको Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : कति सम्झ्यौ कति बिर्स्यौ

~आनन्द अधिकारी~ananda-adhikari

कति सम्झ्यौ कति बिर्स्यौ थाहा छैन
जति सम्झ्यौ त्यति लाख बिर्से पाप छैन

जाउँ भने कतै मेरो जाने ठाउँ छैन
सबै नाउँ तिमीले लियौ मेरो त नाउँ छैन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : जहाँ छन् बुद्धका आँखा

~बमबहादुर थापा ‘जिताली’~dr-bam-bahadur-thapa-jitali

अनुष्टुप छन्द

जहाँ छन् बुद्धका आँखा
स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र
मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ
मेरो देश कता कता
छल्किन्छ ममता मेरो
भाव गंगा जता तता Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गजल : नगनाउने

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

बचनको बान्ता गर तर नगनाउने
जताततै सत्बीउ छर तर नगनाउने

सही मार्गमा सही गर सफल हुन्छौँ
ल ल जेपमा अर्थ भर तर नगनाउने Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : बोर्खेसको जीवनमा कविताको असर

~प्रकाश सायमी~Prakash Sayami

यदि म जीवन फेरि बाँच्न पाउँछु भने
अर्को क्रममा- म कोशिश गर्नेछु
-म अझै धेरै गल्ति गर्नेछु
म मरेपनि सोह्रै आना सही रहने कोशिश गर्दिनँ
म अझै धेरै आराम गर्नेछु
म अझै भरिपूर्ण हुनेछु- अहिले भन्दा धेरै ।
वास्तवमा म थोरै कुरा गम्भिरतापूर्वक लिनेछु
म कम स्वास्थ्यकारी हुनेछु
म धेरै चुनौति लिनेछु
म धेरै भ्रमणशील हुनेछु
म धेरै सूर्यास्त हेर्नेछु
म धेरै हिमालारोहण गर्नेछु Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : धुन बदलियो

~शेर्पीनी कान्छी ‘निम’~Sherpini Kanchi 'Neem Sherpa'

गजल उस्तै छ मात्र धुन बदलियो
अधेरि उही हो मात्र जुन बदलियो।

मालि संग डालि मागी भमरा रमायो
फूल मुल्य सस्तो नै छ सुन बदलियो। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रेम सार्ने बानी छैन मेरो

~कृष्ण पौड्याल~

एक त्यागी अन्त प्रेम सार्ने बानी छैन मेरो।
रहेको थोरै आत्मबल मार्ने बानी छैन मेरो॥

सके मद्दत गर्छु तर समस्या बढाउदिन।
झुठो कल्पनामा सागर तार्ने बानी छैन मेरो॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : अलिकति दाम हुछ

~ए.पी. सुमन~A P Suman

जब मेरो खल्तीमा नि, अलिकति दाम हुछ
बगलीमा छुरै होस्, मुखमा रामराम हुन्छ

ऊ हड्डी घोटेर आफ्नो, पसिना निकाल्छ
तैपनि उसको झुपडीमा, न कहिल्यै माम हुन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा परिचय : काव्यशिल्पीमा अजेय : कवि अजम्बरध्वज खाती

~खोमा तरामु मगर~Ajamber Dhoj Khati

नेपाली वाङ्मय क्षेत्रमा ‘बोल्ड’ उपस्थिति सहित सिर्जनाकर्ममा साधनारत कवि एवं गीतकार हुन्– अजम्बरध्वज खाती । कविता एवं गीत लेखनमा उनी नीजि विशेषताले परिचित छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेका अनुसार उनी ‘पहाडी सौन्दर्य’ का कवि एवं गीतकार हुन् । सामान्य जनबोलीले बोल्ने ठेट शब्दहरुलाई उनी लोकलयको शैलीमा गीत/कविताहरुको सिर्जना गर्छन् । अजम्बरध्वजबारे राष्ट्रकवि घिमिरे थप भन्छन्–“कवि धेरै सोच्छन् थोरै लेख्छन्, धेरै बहन्छन् थोरै कहन्छन् । कवि खाती गीत कवितामा जिउाछन् ।” उनी यस्तै पसिना र उन्मुक्त जीवनदायी लेखनको यात्रामा झण्डै छ दशक लामो समय यात्रारत छन्– अबिरल र अविचलित ।

उनी सबैभन्दा गम्भीर बिधा हो भन्छन् – कवितालाई । यो कुरा उनले बुझेका मात्र छैनन्, विभिन्न कृतिहरुको प्रकाशन मार्फत पुष्टि समेत गरिरहेका छन् । उनी कवितालाई क्षणिक तालीको सामग्री बनाएर ‘टिकट शो’ मा Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गजल : उठ्न पर्छ है

~लिल बहादुर खत्री ‘ललित’~Lil Bahadur Khatri 'Lalit'

अव त विहानि हुन थालि सक्यो उठ्न पर्छ है
सबैजना मिली राष्ट्र निर्माणमा जुट्न पर्छ है ।

भत्किएको घर अनि चर्किएको आगन
नव निर्मार्ण कार्यमा एकजुट हुनु पर्छ है । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : असारे जीवन

~रश्मिला कवाङ ‘रश्मि’~Rasmila Kawan

पानीका हरेक थोपाथोपासँगै
सम्बन्धहरु टल्केका छन्
गृष्मयामका उखरमौली गर्मीमा
हिलाम्य बनाउँदै सारा पर्यावरण
वर्ष दिनका लागी जसरी अन्न रोप्छन्

छुपुछुपु गर्दै ती किसानहरु,
उस्तै वेगले जीवनको असारमा
रोपिँदैछ मीठा – मीठा सपनाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुरुवाती …..

~लोक राज भट्ट~Lok Raj Bhatta

हिमालको घुम्टो ओढेर
ओठको जवानी सरह
चाँदनी र पन्चेश्वरीको यात्रामय लहरमा
अधेरीमा टल्किने मृगनयनी
सुर्मा र रामारोसनका
दृष्टीपटल सँगै
देशको दर्पण
सुदुरकुनामा सजाएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक :फेसबुक

~बिकास सुबेदी~Bikash Subedi

अजिब रहेछ फेसबुक नचिन्नेसंग भेट भैरहेको हुन्छ
नचाहिने भयो लमी आफ्नोसंग सेट भैरहेको हुन्छ
कुनै मूल्य रहेन सम्बन्ध र चरित्रको, Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : घर मै फर्क साथी

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

कतीन्जेल बस्छौ एक्लै एक्लै घर मै फर्क साथी
लाला बाला संग बेग्लै बेग्लै घर मै फर्क साथी

पाखुरीमा बल छँदा बिदेशमा जिवन खेर नफाल
गरौंला केही धन्दा स्वदेशमा घर मै फर्क साथी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : के मिल्छ र आफैंलाई ढाँटी ?

~पुष्पा खनाल~Pushpa Khanal

मैले माया गरिसकें, तिम्रो छ कि बाँकी
के मिल्छ र भन प्रिय, आफैंलाई ढाँटी

हृदयको ढोका खोली, बस्न देऊ बास
चाहेको छ यो जीवनले, केवल तिम्रै साथ
बोलिदेऊ मनका कुरा, नराख है बाँकी Continue reading →

Posted in कविता | Tagged | 1 Comment

लघुकथा : महिला

~प्रेम सुब्बा ‘मेन्याङ्बो’~Prem Subba Meyangbo

पसल जादा कहिले काही भिकारी महिला अर्थात गरिब महिला लाई १ रुपैया ( १ रियल ) दिने गर्थे त्यो कार्य धेरै दिन चली रहेको थियो ।

एक दिन भिकारी महिला लाई १ रुपैया दिए र त्यो महिला ले भन्यो सुक्रन ( धन्यवाद )

तर पैसा त्यो महिला बाट पनि अर्को छेउमा उभिएर मोबाइल मा बोल्दै गरेको महिला लाई दियो ।

र भन्यो यो पैसा उहा सर ले दिनु भएको र पैसा भने त्यो महिला ले लियो । सयद त्यो मोबाइल मा बोल्ने नै Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : एक कार्यकर्ताको कथा

~वसन्त प्रवीण~

तिनी थिइन् टनकप्रसादकी दुलही । पहिले बत्तीसै लक्षणले नभएपनि बत्तीसै दन्तले युक्त भएकी भनेर भित्राइएकी उनी अहिले दन्तस्खलन रोगबाट पीडित थिइन्, र त्यहीं दाँत कयौंपटक टाल्दाटाल्दै टनकप्रसादको खल्ती चुहिनथालिसकेकोले उनले यो अनवरत प्रक्रियालाई अन्त्य गरिसकेका थिए , फलस्वरुप उनी शुद्ध शाकाहारी भैसकेकी थिइन् । पहिले उनी आफ्नी दुलही हाँसिरहेको , बोलिरहेको हेर्न मन पराउँथे , तिनका स्वस्थ दन्तलहरमा उनी आफ्नो पुरुषार्थ पाउँथे , तर अचेल उनी आफ्नी दुलही सकेसम्म मौन रहुन् भन्ने चाहन्थे, तिनका ध्वस्त दन्तलहरमा उनी आफ्नो नालायकीपन, असफलता र निकम्मापन देख्थे । Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कतै आउला कि कुनै यस्तो दिन

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

हिजो एक मित्रकहाँ गएको थिएँ,
एउटा पोको कोठाको कुनामा,
दलिनमा झुण्डिरहेको थियो
ती- अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका
सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : भुस मान्छे ! ओ भुस मान्छे !!

~जोतारे धाईवा~Jotare Dhaiba

समय,
मैले सधैँ मनमै जपिराख्ने ‘प्रिय’ विशेषण यस पत्रमा तिम्रो नामअघि लेख्न सकिनँ । खोइ जाँगरै चलेन, मन बन्द भएजस्तै भयो । यसको लागि सुरुमै माफी माग्छु । प्रिय सम्बोधन पनि कतै तिम्रो लागि दोहोरिइरहने झर्को कुरा बन्ला भनेर भयभीत भएँ म । फेरि तिम्रो घरपरिवार, करिअर अनि पुराना चिनाजाना अन्तरङ्ग साथीभाइको अघि मेरो आठ–नौ महिनायताको त्यो सम्बोधन तिम्रो हेराइमा आपूmलाई मनमौजी निजी वस्तु ठानी गरेको हस्तक्षेपकारी बोली लाग्ला भनेर म सतर्क भएँ । साँच्चि म तर्सिएँ यसपाली । यो तेस्रो पत्रमा आइपुग्दा एक दुई तीन भनेर कुनै गणनामा हामीलेनिश्चितता तोक्न खोज्ने आम प्रवृत्तिजस्तै प्रियताको स्वतःस्पूmर्त सम्बोधन मबाट निस्किन सङ्कोच मान्यो । म पनि आप्mनो यो स्थितिबाट चकित भइरहेछु । खोइ, के भयो भयो ! लाग्छ, अब संसारमा यस्तै चकित हुनुपर्ने लीलैलीला त छन् नि ! Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

निबन्ध : मोफसलको कथा

~सङ्गीत आयाम~Sangeet Aayam

भन्छन्, मोफसल राजधानीबाट धेरै टाढा छ । हुन त सायद त्यसैले पनि राजधानीवादको हावादेखि पर पनि छ । आजमात्र होइन हिजोदेखि नै मोफसल सँधै राजधानीबाट टाढा नै रह्यो । पर रहेपनि मोफसलले कहिल्यै राजधानीलाई स्मृतिको कठघरामा राखेन । कस्तो बिडम्बना छ भने राजधानी बिरामी पर्दा मोफसलले भरथेग गर्नुपर्छ तर मोफसल थला पर्दा पनि राजधानीले एक झल्को चियाउँदैन । अचम्भ लाग्छ मोफसलको ऋण खाएर बलियो र मजबुत बनेको राजधानी आफूलाई कहिल्यै मोफसलको ऋणी हुँ भन्दैन ।

वास्तवमा मोफसलको कथा यतिमैं समाप्त हुँदैन पुस्तकका पुस्तक लेखिन सक्छ मोफसललाई लिएर । उसको कथा नै यस्तो दर्दनाक छ कि जति नै भने पनि कहिल्यै टुङ्गिदैन । कथा समाप्त भएको उद्घोष बारम्बार गरिए तर पटक पटक सुरु हुन्छ त्यसको श्रृङ्खला । धेरै पीडा र यातनाहरुसँग दशकौंदेखि संघर्षमय जीवन बाँच्दै Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : फेवा माथि दुई छायाँ

~आभास~Aavaas - Achyut Prasad Phuyal

[छायाँ १]

ए पोखरा !
तेरी फेवा पोइल गई
नपत्याए
डुङ्गा खियाउने माझीलाई सोध्
डिलमा उभिएर
डुङ्गाको दृश्य हर्ने काजीलाई सोध्
पर्यटक महाशयले
फकाएर
छकाएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment