कविता : भित्रका श्री ढलेको

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

बुद्धीजीवी कहलाई महल महलका द्वारमा गै उठेका
दर्वारी बन्न पाए जुनि सफल हुने भ्रष्ट गठ्मा जुटेका
भित्री आँखा फुटेका अलिकति धनको पाइ हिस्सा लुटेका
सम्झी माथी उठेको अहम बीच चढी तथ्यदेखि छुटेका

गर्नाले नीच वृत्ति नियति अधम भै भित्रका श्री ढलेका
कोठे विद्वान केवल बहुजनहितको भावनाले छलेका Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मध्यरात

~आजाद अजनवी~Aajad Ajnabi

जब-जब पल्लो छिमेकी डेरावाल
रक्सीले बेस्सरी मातेर मध्यरातमा
सिङ्गो घर उचाल्दै
उचाल्छ देशविरोधी नारा
उचाल्छ नेताविरोधी नारा
एक्कासि १
मेरो गहिरो निद्रा खलबलिन्छ
सपनामा आइपुगेकी अन्जान राजकुमारीसँग
सुमधुर वार्तालाभ भङ्ग भइदिन्छ
केवल दुई मिनेट
म एक्लै दुर्बासा भएर रिसाउँछु Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : फरारहरूको फ्रेस विज्ञप्ती

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

आदरणीय सम्पूर्ण फरार सहकर्मीहरू,
क्रान्तिकारी अभिवादन् ।

केही उल्लू मानिसहरूले, केही पित्तपत्रकारिता गर्ने सञ्चार माध्यमहरूले हामी वरिष्ठ फरार अपराधी महानुभावहरूका बारेमा विभिन्न टीकाटिप्पणी गरी हाम्रोे प्रतिष्ठामा बारम्बार आँच पु¥याइरहेका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रतिकृयावादी, पुरातनपन्थी वा दक्षिणपन्थी बिचारका पृष्ठपोषकहरूले लोकतान्त्रिक गणतन्त्रको मर्म विपरित हामी प्रतिष्ठित फरार व्यक्तित्वहरूले गरेका सानातिना अपराधमाथि कार्वाहीको प्रश्न उठाउँदै समाचारहरू प्रकाशित गरेकोमा हामी घोर आपत्ति प्रकट गर्दछौँ । राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरका हामी होनहार फरार प्रतिभाहरूका विषयमा अपमानजनक समाचार प्रकाशन प्रसारण गर्नेहरूलाई मानहानीको मुद्दा लगाउन सकिने जानकारी पनि गराउन चाहन्छौं । Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बाजेको व्यथा

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

जिन्दगी फुलेन भनूँ भनेँ
कपाल पनि फुल्यो
फुल्यो भनूँ भनेँ
पेटभरि दुई छाक
दाल भात पनि फुलेन
सधैँ गुनासो सधैँ गनगन
कति थुमथुम्याउने यो मन
अब त आँत पनि सुकिसक्यो कान्छा
अब त गाउँघर दुखिसक्यो कान्छा !

असी वर्षको यो यात्रामा
श्री तीनदेखि प्रचण्डसम्म
अनेक अनुहार देखियो
सबैबाट –
सुमधुर आश्वासन पाइयो
र, आशाखेतीका गीतहरु गाइयो
तर यो बस्तीमा
सिन्को पनि भाँचिएन
यो नूर त झन्झन् झुक्यो नि कान्छा
बस्ती त झन्झन् दुख्यो नि कान्छा ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा: श्रीमतीज्यू

~गोमा  सिटौला~goma-sitaula

“छोरासँग फ़ोनमा बोल्दा बुहारीसँग पनि दुई वचन बोले के बिग्रिन्थ्यो र ? सासुको जात त जनाइहाल्ने !” श्रीमतीले रिसाउँदै भनिन् । म नम्र हुँदै भनेँ आमाले बुहारीलाई फोन दे बाबू ! भन्दै हुनुहुन्थ्यो । अस्ति आमासँग कुरा गर भन्दा तिमी रिसाएको देखेर “अहिले घरमा छैन” भनिदिएँ । आज नदिँदा तिमी यस्तो भन्छ्यौ । खै, कसरी बुझ्नु तिमीलाई ?

“आमाले के भन्नुभयो ?” उनी अझै केरकार गर्छिन् । झर्को मान्दै मैले भनेँ – आमा बिचरा… “यसपालिको दशैँमा घर आओ भन्दा फुटेको कौडी छैन, हामी आउदैनौ  भन्यौ तर ससुराली चाहिँ प्लेन चढेर गएको रे  भन्ने सुन्छु । जे भएपनि, बाबू ! यसपाली तिहारमा चाहिँ आउ है, सारै न्यास्रो लागिरहेछ” भन्नुहुन्छ । आ ………, जे सुकै होस्, यसपालि तिहारमा जान्छु । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : एक्लोपन

~भूपी शेरचन~Bhupi Sherchan

हो, म एक्लै छु, तर, मेरो साथ दिने
मसँगै सिङ्गै, अँध्यारो रात छ,
झ्यालसम्म नाँङ्गिएको रूख हेर्छु
त्यहाँ पनि एक्लो पहेंलो पात छ ।
हो, म एक्लै छु………

आकाशको बादल नबर्स व्यर्थै
मेरो आफ्नै आँखामा बर्षात् छ ।
चटयाङ् सित्तैमा नझर तिमी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जनता

~बद्री दाहाल~

धार-आधार वा तार, वार-पार गराउने ।
‘जनता’ ममता-माया, हारजस्तै सजाउने ।।

साधु-चोर, धनी-दीन, ‘जनतै’ गर्छ आदर ।
विद्वान्-मूर्ख सबै भन्छन्, ‘जनता’ छन् समादर ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो हलुवा भयो

~प्रकाश बस्नेत~

चामल छैन भकारीमा खाना मेरो हलुवा भयो
अमिरको धन हीरा, मेरो चाहिँ बालुवा भयो ।

ब्रेकफास्टमा केक कफी खान्छन् रे पैसावाल
मेरो मुखमा मीठो पिठो खाजा पुवा भयो । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : राष्ट्रसेवाः मेरो कर्म

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

आफू जन्मेको देशको
माटोको सेवा गरिरहन पाउँ
सुखी जीवन बिताएर
सधैंभरि बाँचिरहन पाउँ ।

लोभलालच छैन मलाई
सानो ठूलो केहीको पनि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बाँस घारी र बदलिएको प्रेम

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

ज्यादाजसो, बाँसघारी बाट निस्कीएको सुसेली समाउँदा ।
बास बस्ने चराहरुको प्रेमिल भाषा खोज्छु ।
म बुझ्छु तिनीहरुको प्रतिध्वनी
जहाँ, असाधारण प्रेमको गुञ्जायस हुन्छ ।
त्यहाँ ब्याप्त प्रेमको परिभाषामा
मैले एउटै भाषा पाँउछु ।
म बुझदिन कहिलेकाँही, बुझें भन्ने भ्रम हुन्छ ।
तर,
प्रत्येक दिन एउटै प्रतिबिम्ब, एउटै आकार, एउटै स्वर Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सम्झिनु नै कस्लाई छ र ?

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

तिमीलाई विर्सिएर, सम्झिनु नै कस्लाई छ र ?
सारा जीवन जवानी, आजन्म नि तिम्रै भर ।।

सुनैसुनको महल् बन्छ, तिम्रो मनमा बस्दाखेरि
झुपडी नै किन नहोस्, छाउने होस् न सुकेको खर ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : मार्ने भए मार जुनी

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

निस्वार्थ यो मेरो माया, मार्ने भए मार जुनी
कठबारले दिलको ढोका, बार्ने भए बार जुनी
**
सक्दो गरें हात बढाएँ, तिम्रो मन् खै साँट्दिनौ त
विश्वासघाती साथ अन्तै, सार्ने भए सार जुनी Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : बास दिन्छौ कि ?

~आचार्य प्रभा~acharya Prabha

तिम्रो मनको मझेरिमा बास दिन्छौ कि ?
बाँच्ने रहर पुरा गर्न सास दिन्छौ कि ?

तिम्रो निम्ती भएँ म त,भिखारी सरि नै
थोरै खुशी बटुल्नलाई आश दिन्छौ कि ? Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : अडान

~केवल गंगा गुरुङ~Kewal Ganga Gurung_1

अव मैले भने जस्तै
तिमीले हुनै पर्छ
मलाई साथ लिई तिमी
संसार डुल्नु पर्छ
च्याति दिनेछु म ति म्रो आँखाबाट
लालचका पोष्टरहरु
खोली दिनेछु म
तिम्रो आँखामा बाँधिएका
अन्धकारका पट्टीहरु
अव मैले भने जस्तै
तिमीले हुनै पर्छ
सागर माथी शिरमा राखी
तिमीलेसंसार डुल्नु पर्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : नाट्यसाहित्यमा कोशेढुङ्गा : प्रगतिवादी एकाङ्की नाटक

~रमेश शर्मा~book-cover-pragatibadi-ekanki-natak-khem-thapaliya

साहित्य भनेको मानव जीवनका सामुहिक आवेगहरूको कलात्मक प्रतिबिम्बन हो । मार्क्सवादले कला साहित्यलाई सामाजिक चेतना र विशिष्ट मानव कार्यकलापको रूपमा व्याख्या गरेको छ । कविला समाज हुँदै एक्काइसौँ शताब्दीसम्म मानव जातिले समाज विकासको क्रममा बेहोरेका ठूला ठूला राजनीतिक, आर्थिक, सांस्कृतिक एवम् सामाजिक परिवर्तनहरूको कलात्मक प्रतिबिम्बन कला साहित्यमा हुँदै आएको छ । विश्व प्रसिद्ध मार्क्सवादी लेखक हार्वर्ड फास्टले ‘लेखकहरू पछाडि बसेर होइन, अघिल्लो मोर्चामा बसेर बढ्नर्ुपर्छ । र्सवसाधारण जनतालाई यथार्थताको स्वरूपको जानकारी गराउनु उनीहरूको काम हो । त्यसमा नै उनीहरूको कला र उनीहरूको गौरव रहेको हुन्छ किनभने उनीहरूको कामको स्वरूपले गर्दा नै उनीहरूको निम्ति मानवीय आशा, डर र दुःखकष्ट र विजयको सार निकाल्न सम्भव हुन सक्छ तर त्यसो Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लघुकथा : आन्द्रामा घाउ

~डा. रविन्द्र समीर~Dr Rabindra Sameer

एक जना वृद्ध दुर्गमदेखि उपचार गर्न सुगमको एक निजी अस्पताल गए । डाक्टरले उनलाई सोधे— ‘के हुन्छ बा तपाईंलाई ?’

चिकित्सकको पहिलो प्रश्नको उत्तर दिए— ‘आन्द्रामा घाउ भएको छ ।’

‘कसरी थाहा पाउनुभयो, आन्द्रामा घाउ भएको छ भनेर ?’ त्यसपछि चिकित्सक चर्को स्वरमा बोले— ‘आजभोलि कस्ताकस्ता बिरामी आउँछन् भने, आफ्नो रोगको डाइग्नोसिस आफैं गर्छन् ।’ Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मातातिर्थ औँशी

~दिवाकर स्वप्नील~Diwakar Swapneel

“आज त मातातिर्थ औँसी , सबैले आफ्नी आमाको मुख हेर्नेदिन । आमालाई खुशी पार्ने दिन । कतिका आमा मृत्युपछिको लोकमा पुगेका छन् तापनि आमालाई सम्झिएर मठमन्दिरमा पुग्छन् ।” उसले आँखा खोल्नेबित्तिकै फेसबुक खोल्दा आजको दिनबारे थाहा पाएपछी एकैसाथ शब्दका ज्वारभाटा खेल्न थाल्यो । यतिबेला सम्म अर्कोकोठामा खङखङ खोक्दै आमा भगवानको नाम बर्बराउँदै थिइन् । ऊ आफ्नो कोठाबाट बाहिरियो । बजारमा पुगेर एक के.जी स्याउ , आधा के.जी. अङ्गुर अनि एक पोका मिठाइ बोकेर घर फर्कियो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : दुःखी चेली

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

लहरै फुले जाही र जुही बेली र चमेली ।
फुलीनौ तिमी किन हो कैल्यै भन न ए चेली ॥
आएन बैंश लागेन मात जवानी सकियो ।
मनका ईच्छा सपना सारा मनमै रोकियो ॥ १ ॥

दाउरा घाँस मेला र वन जीन्दगी यै हो कि ।
हाँसो र खुसी उमंग सबै अरुकै पो हो कि ॥
चन्द्रमा जस्तो मुहार तिम्रो चाँदनी छाएन ।
जीन्दगी भयो औंशीको रात पूर्णिमा आएन ॥ २ ॥ Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : गुलाबका फुलहरु

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

आगो छेक्न सक्ने ताकत जमाएका फुलहरु
पस्किंदै थिए सुगन्ध
अनि सुगन्धित हुँदै थिए
पृथक अस्तित्वका लागि
कोलम्बो तिर ठडिएका नदिहरु
र, गुलाबका फुलका सुगन्धित शक्तीले
प्रज्वलित हुंदै
कनाकरायन नदिसंगै थुप्रै नदिहरु
राजपक्षका जल्लाहदहरुको सामनामा
उर्लिसकेका थिए सयौं पटक । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुत्तरित प्रश्न

~शोभा सुनुवार~

माटो यही हो हिजो पनि स्वच्छ देशभक्त जन्माउने
किन आज विदेशी मनमस्तिस्कले आक्रान्त बन्दैछ ?
हिमाल यही हो हिजो पनि मन्द मुस्कान जन्माउने
किन आज नेपालआमा चित्कारले आक्रान्त बन्दैछ ?
हजुर,
गुराँस फुल्ने पखेरा
उजाड उजाड फुङ्गिएको छ किन ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

सुनुवार भाषी कविता : मिलोशिलो पाइचा

~सुर्य प्रकाश सुनुवार चेरेहामसो~

ताँ माराम ब्लाक चिपतिमे,
आँ पिया काइयो पोअ्ने माचाबु,
गुइ ग्याइशा किअ्ब मुरु माथिङा,
मोदे दा काई गेथि बोअ्ने माचाबु ।।

गेथ् लाचा कालि मुर पेचचा मालताउ,
मुर पेचचा कालि खोइल किःचा मालताउ, Continue reading

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कविता : जिजिविषा

~चेरेहामसो क्याबा~

समयको चक्रले
कहिले किचिएर
कहिले थिचिएर
जाँतोको मानी झैं
खिइँदै गएको आयुको ह्राससँगै
कतै पानि झरीले ओसिएर
खरीजुका झैं ढाडिदै गएको
कतै धामको रापले पिल्सिएर
मरिचको दाना झैं चाउरिदै आएको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ

~आचार्य प्रभा~acharya Prabha

मान्छेका आ -आफ्नै मन पर्ने कुराहरु हुन्छन ती मध्ये कसैलाई कुकुर, बिरालो, फूल, बुढा, बुढी, केटा, केटी मन पर्छ। मलाई पनि यी मध्येमा फूल र केटा ,केटी असाध्य मन पर्छ। बुढा,बुढी ,केटा ,केटी मन पराउनु भनेको कर्तब्यभित्रको कुरा पनि आउछ र भनिन्छ पनि केटा, केटी, फूल, बुढा, बुढी, फूल र गीत, सङीत मन नपराउने मान्छे शायद असाधारण मान्छे नै मानिन्छन अर्थात यस्ता मान्छेहरु कठोर स्वभावका हुन्छन। मलाई गीत ,सङीत मन पर्छ त र केटा ,केटा ,बुढा,बुढी ,फूल मन पराउनु भनेको इक्षाद्वारा होइन त्यो प्रक्रीतिले नै भित्रैबाट दिएको आत्मिक शक्ती हो। त्यो जबर्जस्ती इेछ्या बनाएर थोपरिएको होइन त्यो त भित्री अन्तस्करणबाट नै मन कोमल बनेर ती कुराहरुमा आक्रीष्ट भएको हो जस्लाई इेछ्या भनेर जबर्जस्ती नक्कली माया दिन सकिन्न । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फूल किन फुल्छ !

~रामकुमार पाँडे~Ram Kumar Pande

फूल फुल्नको लागि फुल्दैन
फूल फुलाएर फुल्छ
तर
ढुङ्गा पग्लिनुपर्छ माटो
भएर
माटो पग्लिनुपर्छ फूल भएर ।

फूल सुन्दरताको लागि फुल्दैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : स्वार्थ पुरा गरेपछी

~कृष्ण पौड्याल~

भेट्नु किन पर्यो स्वार्थ पुरा गरेपछी।
नलिनु भो मेरो नाम जिउदै मरेपछी॥

सँगै बाच्ने मर्ने बाचा कसम मन्दिरका।
सबै त्यागी एक्लै एक्लै तिमी खोली तरेपछी॥ Continue reading

Posted in गजल | Tagged | Leave a comment

नेपाली भजन : हरिकिर्तन गाऊँ

~उज्ज्वल जि.सी~ujjwol-gc

प्रभुको दर्शन गर्न कसरी म पाऊँ
मनको मन्दिर धाऊं या हरिकिर्तन गाऊँ ।

मानव चोला दिएर कसरी खेल खेलायौ
हृदयवासी भई जीवनलीला आफैले सिकायौ Continue reading

Posted in नेपाली भजन | Tagged | Leave a comment

स्रष्टा परिचय : स्मृति विम्बमा कवि कैलाश भण्डारी

~प्रद्मुम्न जोशी~pradhumna-joshi

पशुपतिको देवपत्तनमा वि.सं. २०१६ मङ्सिर १९ गते जन्मनु भएका कवि कैलाश भण्डारीले नेपाली साहित्य र साहित्यिक पत्रकारिताको क्षेत्रमा दिनु भएको योगदान अविस्मरणीय रहेको छ । जीवनको अन्तिम घडीसम्म पनि कवि भण्डारीले नेपाली साहित्य र साहित्यिक पत्रकारिताको विकासमा एकसाथ आफूलाई समर्पित गरिरहनु भयो ।

कवि भण्डारीले २०३७ सालदेखि वरिष्ठ कवि एवं नाटककार वासु शशीको सत्प्रेरणाबाट कविता लेख्न सुरू गर्नु भयो । आफ्नो साहित्यिक सिर्जनालाई एउटा क्षेत्रमा मात्र सीमित नराखी साहित्यिक यात्राका विविध पक्षमा आफ्नो कलम चलाउनु कवि भण्डारीको प्रतिभा हो । साहित्यलाई आफ्नो जीवनशैलीसँग अभिन्नरूपमा गाँसिरहने प्रवृत्तिले भण्डारीलाई विविध क्षेत्रमा कलम चलाउन जाँगर र प्रेरणा दिइरहृयो । उहाँले विभिन्न Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

मुक्तक : स्वाभिमान

~दिब्य गिरी~Dibya Giri

देवी-देवता सबै सात समुद्र पारी तारे पछि;
सीमा स्तम्भ सबै सीमा वारी सारे पछि
आफ्नो भन्ने बाकी के नै रह्यो र मित्र ! Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रश्न

~सोम खनाल~som-khanal

के छ यो टाउकोमा र यती भारी हुन्छ ?
यो मन किन डाडा वारी कहिले पारी हुन्छ ?
मौनतामा यो मुटुले कस्तो ब्यथा सुन्छ ?
किन छाती अनायसै आशु झारी रुन्छ ?

को हो गरीब को हो धनी, के हो आखिर धन ?
कुन चै धनले चोखो माया किन्न सक्छ भन ?
थैली भरी पैसा बोकी खुशी किन्न आको ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अतितलाई बिर्स नेता

~रामचन्द्र कार्की~Ram  Chadra Karki

जेजे भयो भइ गयो, अतितलाई बिर्स नेता,
संबिधान बनाउन, सबै मिली घिर्स नेता ।

कयौ बिते जेठ चौध, भदौसंगै मङ्सिर पनि,
तिमीलाई मस्ती भाछ, जनतालाई पिर्छ नेता । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : घण्टेयुद्ध

~शिरिष लामिछाने~Shirish Lamichhane

वीर शम्शेरको घण्टाघरले
हान्न नसकेको घण्टा
म अहिले हान्दैछु
सुन्दा अचम्म लाग्ला
घडीले हान्न नसकेको घण्टा
एक मनुवाले कसरी हान्यो?
तर यथार्थको रमाइलो पक्ष
घण्टा हानिदैछन्
धमाधम,
युद्ध चलिरहेको छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : शहिदपत्नीको किड्नी

~दीपक नेपाल~

भूकम्पले घर भत्काएपछि बिचल्ली भयो शान्ति नेपालको । सम्पत्ति भन्नु त्यही एउटा घर थियो । कमाई खाने खेतबारी थिएन । बनीबुतो गरेर खान्थिन् । बस्नलाई त्यही एकतले घर थियो । अब त्यो पनि रहेन ।

शान्तिको परिवारमा अरु कोही थिएन । आठ वर्षकी छोरी रमिला र चौध वर्षको छोरो रमेश थिए, उनका सर्वस्व नै ।

शान्तिको लोग्नेले छोडर गएको दश वर्ष नाघिसक्यो । घर मात्र हैन, पृथ्वी नै माया मारेर गएको हो । लोग्नेले पहिले घर छोड्दा शान्ति दुई जिउकी थिइन् । हिँडेको ६ महिना नपुग्दै छोरी जन्मी । छोरी जन्मेको थाहा पाएर उनका पति सोमनाथ एकपटक घरमा आएका थिए । तोरीको भाऊजसरी राति आएर राति नै गएका थिए । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment