कविता : भित्रका श्री ढलेको

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

बुद्धीजीवी कहलाई महल महलका द्वारमा गै उठेका
दर्वारी बन्न पाए जुनि सफल हुने भ्रष्ट गठ्मा जुटेका
भित्री आँखा फुटेका अलिकति धनको पाइ हिस्सा लुटेका
सम्झी माथी उठेको अहम बीच चढी तथ्यदेखि छुटेका

गर्नाले नीच वृत्ति नियति अधम भै भित्रका श्री ढलेका
कोठे विद्वान केवल बहुजनहितको भावनाले छलेका
देशैद्रोही भएको कटु अनुभवका पीर पोली गलेका
माथि माथि उठेका जनप्रतिनिधिका चित्तमा क्षोभ लेका

राखेको भै चलाई निशिदिन जीविका देशको घाउबाट
गथ्र्यो तिन्को जुनीले किन हृदय धुने ऐतिहासिक आँट
बुद्धीबल गिर्न जाँदा चरण कमलमा दासताले भिजेका
धोकाको मूर्ति बन्दै क्षुधित मनुजका गै मुटुमा बिझेका

गर्ने फोस्रो जमर्को झुपडिसित छुटी बन्न साहित्यकार
बुद्धिमत्ता गुमेका कमलबीच तुल्याई सडेका विचार
हाम्ले ती तत्वलाई दिनु छ पहिले ध्वस्त पारी उखाडी
ऐले हामी उठेका अभिनव युगको उर्लदो बाढी आई

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.