गजल : मार्ने भए मार जुनी

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

निस्वार्थ यो मेरो माया, मार्ने भए मार जुनी
कठबारले दिलको ढोका, बार्ने भए बार जुनी
**
सक्दो गरें हात बढाएँ, तिम्रो मन् खै साँट्दिनौ त
विश्वासघाती साथ अन्तै, सार्ने भए सार जुनी
**
हितको बोल्दा रीसको सुन्छ्यौ, सौहार्दता सिउँछ्यौ भने
घन्घडो त्यो स्वार्थी नाता, खार्ने भए खार जुनी
**
सङ्लो मनको सोझो भाषा, अतिरञ्जित गर्छ्यौ भने
जुनको माया धराप मै, पार्ने भए पार जुनी
**
आफ्नो ठान्दा गुनले छाउँदा, मेरै बथुइँ गर्छ्यौ र त
लोककै सामु निहुरिएर, हार्ने भए हार जुनी।
** **

(अ.ने.सा.स. ताइपेई, ताइवानको “प्रयास” अनलाइन , वर्ष ३, अंक २, संस्करण २० मा प्रकाशित गजल)

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.