कार्यपत्र : डायस्पोरा र नेपाली साहित्यको विश्वव्यापीकरण

~डा. खगेन्द्रप्रसाद लुइटेल~Dr. Khagendra Prasad Luitel

यतिखेर नेपालीमा डायस्पोरिक साहित्य÷आप्रवासी साहित्य, प्रवासी साहित्य, परदेशी साहित्य, लाहुरे साहित्य आदि अनेक नाम प्रचलनमा रहेका देखिन्छन् । यीमध्ये नेपालीमा डायस्पोरा शब्दको चर्चा निकै भएको पाइए पनि यसको सैद्धान्तिक स्वरूपबारे त्यति धेरै चर्चा गरिएको छैन । यस कार्यपत्रमा डायस्पोरा र नेपाली साहित्यको विश्वव्यापीकरणमाथि प्रकाश पारिएको छ । वर्तमान दशकमा नेपाली साहित्यका क्षेत्रमा अनेक ढङ्गबाट प्रशस्तै चर्चामा ल्याइएका शब्दमध्ये एक डायस्पोरा भए पनि यसको सैद्धान्तिक स्वरूपबारे चाहि“ धेरै चर्चा गरिएको छैन । नेपालबाट अलि टाढा गएर केही समय बसेजति सबैले आपूmलाई डायस्पोरा ठान्ने र त्यसप्रकारका सिर्जनालाई डायस्पोरिक लेखन Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : समकालीन नेपाली गजल २०६८को संछिप्त विवेचना

~सदानन्द अभागी~Sadananda Abhagi

परिचय

समकालीन नेपाली गजलको सम्पादन बरिष्ठ गजलकार, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष, हाम्रो मझेरी, पुष्पाञ्जलि, गजलविम्ब, गजलदीप, गजलयात्रा (१) गजलयात्रा (२), गजलगङ्गा, समयका स्वरहरूका सम्पादनकर्ता पुष्प अधिकारी अञ्जलिबाट भएको हो। बास्तबमा नेपाली गजलको इतिहासलाई केलाउने हो भने मोतीराम भट्टले १९४०मा गजललाई नेपालमा भित्र्याए र २००२सम्म गजलले नेपालमा खुट्टा गाड्यो। २००२ देखि २०३५सम्म नेपाली गजल गुप्तबासमा रह्यो अर्थात गजलले गति लिन सकेन जसलाई हामी नेपाली गजलको विलुप्त कालको रूपमा गणना गर्दछौं। त्यसपछि बि.संस २०३५साल असौजको रूपरेखा पत्रिकामा प्रकाशित ज्ञानुवाकर पौडेलको तीन शेरको रचनालाई आधुनिक गजलको रूपमा ग्रहण गरिएको छ र २०३६ सालदेखि नेपाली गजलको ज्ञानुवाकरको आधार लिएर पुनर्जागरण कालकोरूपमा लिइन्छ। बि.सं. २०५१देखि हालसम्म उर्बरक कालमा गणना गरिएकोमा, यो काललाई पुष्प अधिकारी ‘अञ्जलिले गजलमा Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

गीत : तिमी हेर्छौ भने

~दिपक बुढाथोकी~

तिमी हेर्छौ भने यो छातीभित्र
नदेखिने घाउ धेरै धेरै छन्
तिमी सुन्छौ भने यो जिन्दगीमा
कहिले नमेटिने कथाहरू छन्

खुसीहरूमा जिउन सकिन
जिन्दगी नै अभिषाप झैं भयो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : हात समायौ तिमीले

~सन्तोष लामिछाने~Santosh Lamichhane

आधा जिएपछि मेरो हात समायौ तिमीले
अटुट माया पाएर आँसु थमायौ तिमीले

शरीरको सुन्दरतामै शान मान्दै उहिले
उपेक्षाका अगुल्टाहरूले डमायौ तिमीले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : हृदयमा लागेका चोट

~बासुदेव बुढाथोकी ‘सागर’~ Basudev Budhathoki 'Sagar'

हृदयमा लागेका चोट सारा गन्ने भा’छु अचेल ;
रातैभरि आकाशका जूनतारा गन्ने भा’छु अचेल ।

कति मिठो माया थियो ,कति शीतल छाया थियो !
मुटु एकै थिए हाम्रा अलग केवल काया थियो । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

हास्य गजल : जेठान तिम्री बैनीले

~अरुन छेत्री ‘अनुरागी’~

जोडका तोड हुन्छे जेठान तिम्री बैनीले,
खै कस्का कुरा सुन्छे जेठान तिम्री बैनीले।।

यस्तो नगर सुन्तली भन्दा उल्टै सराप्छे,
बाउ बाजे पो छुन्छे जेठान तिम्री बैनीले।। Continue reading →

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

Poem : Oh, Subru! Hi, Humanity

~Ram Prasad Prasain~Ram Prasad Prasain

Retiring the tiresome day
He bid and told me,
Wrapping up the all conversations,
“Sir, don’t send my body to my country”
“Why?”
I was in grave consciousness,
Continuously vibrates my auditory drum
“Coz, my wife has no ways to run my funeral rites and rituals” Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कथा : मार्लिन

~दीपकजङ्ग हमाल~deepak-jung-hamal

हाई मार्लिन!

हेलो!

उताबाट जवाफ आयो। मेरो खुशीको सीमा रहेन। एकै साथ भावनाहरु मेरो मस्तिष्कमा तरंगीत भए। अब चिनजान, भेटघाट, चियापान, आत्मियता र सम्भवत ………. मीठो मिलन।

निशान्त, मेरो एकजना साथी। उसले दिएको जुक्ति हो यो। याहु च्याटमा जाने, अनि कुनै केटीसँग मित्रता गाँस्ने अनि फोन नम्बर माग्ने, भेटघाट गर्ने, प्रेमको नाटक गर्ने र अनि विस्तारै कुरा मिलाएर सेक्स। यहिहो तरिका वर्तमान समयमा प्रेम गर्ने। उसकै सल्लाहमा मैले याहु च्याटरुममा गएर मार्लिन भन्ने नामलाई डबल क्लिक गरी उसको च्याट बक्समा हाई मार्लिन लेखेको थिँए। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेवारी कविता : सी मास्ति मव:नि

~नारायणदेवी श्रेष्ठ~narayandevi-shrestha

सुन्दर जगया सुन्दर सुख नं,
मगा:नि याय् भोग,
मामाता लोभ व प्रेमं आ: नं
त्वा:तुगु मखुनि जित:,
शक्ती व साहस अभिलाषा नं
तंगु मदुनि भ्या हे
अमूल्य सुन्दर जीवन जिगु थौं
फूगु मखुनि कारे,
उकिं जि ला थौं पासा, धात्थें सीमास्ति मव:नि ! Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

गजल : छानी छानी

~रश्मिला कवाङ ‘रश्मि’~Rasmila Kawan

छानी छानी नसमाउनुहोस यी हात हजुर
कहिले काहीँ सुनिदिनुस् हाम्रो पनि बात हजुर ।

सबैको रगत रातो हुन्छ, सबले यसो भन्छन्
शहरबजार तैपनि किन भन्छ जात हजुर । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : हात खाली हेर

~मनु वि.क.~

हरेक क्षण लडे जनता तर हात खाली हेर
सुकिसके मुहानहरू हुँदैन कि बाली हेर

विश्वास गरी सधैभरि धेरै धोका पायौँ हामी
गर्ने मीठा कुरा तर नेता उनै जाली हेर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : डाक्टर साहेब

~गोविन्दप्रसाद आचार्य~

डाक्टर साहेब मेरो प्यारो संसार दुखेको छ
संसार दुख्दा डाक्टर साहेव शिर झुकेको छ
मेरो कपालभन्दा अझै देश दुखेको छ
देशभन्दा अति मेरो गाउँ दुखेको छ

त्यो गाउँमा बस्ने मेरो नाउँ दुखेको छ
नाउँ दुखे सहन्छु म देश दुखेको छ
लुगा फाली हिँड्नेलाई लुगा लगाइदेऊ
नाङ्गाबाङ्गहरूलाई सोझा पारिदेऊ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यमा प्रगतिवाद

~अमर गिरी~amar-giri

उठान

प्रगतिवाद नेपाली साहित्यको मुख्य धारा हो । मुख्य धाराका रूपमा प्रगतिवाद नेपाली साहित्यमा स्थापित रहे पनि प्रतिधु्रवीय लेखक समीक्षकहरूले यसलाई न्यून महत्व दिने गरेका छन् । कतिले त यसको उपस्थितिलाई नै लुकाउने गरेका छन् । केहीले यसलाई एक स्वतन्त्र धाराका रूपमा उल्लेख गर्न पनि चाहन्नन् । प्रगतिवादलाई स्वच्छन्दतावादसँग गाँसेर अध्ययन गर्ने परिपाटी लामो समयदेखि चल्दै आएको छ । सारमा प्रतिधु्रवीय यो वा त्यो रूपमा नेपाली साहित्यमा प्रगतिवादलाई न्यून वा कमजोर रूपमा प्रस्तुत गर्न चाहन्छ । यो उद्देश्यमूलक ढङ्गबाटै हुँदै आएको छ । प्रतिधु्रव प्रगतिवादको समुचित मूल्याङ्कन गरेर यसलाई महत्व दिन चाहन्न । ऊ यसो किन गर्न चाहन्न भन्ने कुराको धेरै विश्लेषण आवश्यक पनि छैन । प्रगतिवादको विकास उसको सत्ताको विरूद्धमा छ । प्रगतिवादी लेखक समीक्षकहरूबाट यसको मूल्याङ्कनको सन्दर्भमा Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : यो देशको म छु

~रमेश खकुरेल~Ramesh Khakurel

गर्नु पर्ने गरेकै छु नहुने काम गर्दिन
तुष्ट आफ्नै भागमा छु अर्काको भाग खोस्तिन ।।

नसक्ने कामका लागि सक्छु भन्दै म ढाँट्तिन
पूरा नबन्ने सपना दिन्छु भन्दै म बाँड्दिन ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दहरू, ए शब्दहरू !

~रामगोपाल ‘आशुतोष’~Ramgopal Ashutosh

ए शब्दहरू
किन ढुङ्गाजस्तै मौन तिमीहरू
बोल, चिच्याऊ, फलाक फोहर शब्दहरू
लेख अघोरी भित्तामा
अश्लिल शब्दहरू
भट्याऊ जँड्याहा देउसीहरू
उराल रक्स्याहा नाराहरू !

तिमीहरूलाई सुहाउँदैन मौन मरेको
पागलबनपागल
वाचालबनवाचाल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो यादमा पिए

~जय सिंह महरा~Jay Singh Mahara

दोबाटोमा छोडेपछि तिम्रो यादमा पिए
मदिराको धाँगो बनाई फाटेको मन सिए

सातै जुनी सँगै जीउने बाँचा कसम हाम्र
जीन्दगीको तालाचावी तिम्रै हातमा दिए Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : सफल हुनलाई

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

एक छिन थाम लोचनको पानी सफल हुनलाई
लुकाएर राख तिम्रो जवानी सफल हुनलाई

कुनै अठोट लिए पछि जारी राख अनवरत
कैले पनि गर्दै नगर्नु आनाकानी सफल हुनलाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : प्यास छ

~रवि प्राञ्जल~Ravi Pranjal

जीवन छ् र प्यास छ
तिमी छौ र आस छ ।।

घामसँगै छ छायाँ,
टाढा छैन पास छ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा नक्षत्र झरेछ साहित्यकाशबाट

~आचार्य प्रभा~acharya Prabha

म स्तब्ध बनें
त्यो शोकाकुल खबरले
साहित्यिक नभबाट एउटा स्रष्टारुपी तारा खसेछ
झापाली साहित्यकाशबाट ,
चम्की रहेका उज्ज्वल नक्षत्रलाई
कसरी कालो बादलले आफ्नो कालरात्री घुम्टोमा लुकाएछ /

म कामना गर्दछु वहाँको चिरशान्तीको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : उल्टोपाल्टो सोच्यौ आँसुु

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

तिम्रै लागि भनेपनि, उल्टोपाल्टो सोच्यौ आँसुु
त्यै वाणीको प्रत्युत्तरमा, तिखो वाणले घोच्यौ आँसु ।।

मैले लुट्नु के नै थ्यो र, मीठो बोल्न धक मान्यौ
सङ्कुचित छैनौ ठाने, तर जेलमा कोच्यौ आँसु ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : असल बन्ने इच्छा हुन्छ !

~सजना गुरुङ~Sajana Gurung

लक्ष्मीप्रसाद देवकोटा झै असल बन्ने इच्छा हुन्छ !
पासांग ल्हामु शेर्पा जस्तै सफल बन्ने इच्छा हुन्छ !

प्रकृतिको नीति नियम राजी खुशी स्वीकारेर
हिलोमा नै फक्रिने त्यो कमल बन्ने इच्छा हुन्छ ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : वर्णविन्यासको एकरूपता

~मोहनराज शर्मा~mohanraj-sharma

नेपाली वर्णविन्यासका क्षेत्रमा मैले देखेको सर्वप्रमुख समस्या एउटा मात्र छ । त्यो समस्या के हो भने वर्णविन्यासका सम्बन्धमा देखापरेका मतमतान्तरको समन्वय गर्ने र त्यसको कार्यान्वयन एवं अनुगमनमा लाग्ने उच्च भाषिक निकाय वा केन्द्रीय एकाइको अभाव छ । यहाँ के स्पष्ट पार्न आवश्यक छ भने यस्तो निकाय नियन्त्रणकारी नभएर समन्वयकारी, कार्यान्वयनकारी र अनुगमनकारी हुनु जरुरी छ । हाल यस्तो कुनै निकाय नभएको हुँदा नेपाली वर्णविन्यासका क्षेत्रमा केही अतिवाद पलाएका छन् र ती ठुलै रडाको मच्चाएर उर्लेका छन् ।

‘नेकशुले’पछि नेपाली वर्णविन्यासका क्षेत्रमा सुधारका जेजति प्रयास भएका छन् ती सबै एकप्रकारले वैयक्तिक वा सोसरह प्रयास हुन् । यस्ता केही प्रयास विभिन्न व्यक्ति (महानन्द, मुकुन्दशरण, चूडामणि, हेमाङ्गराज वा म Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : भूल…एउटा प्रेमीको

~उज्ज्वल जी.सी.~ujjwol-gc

उज्ज्वल जी.सी.“तिमी फर्केर आउन्जेल त मेरो बिवाह भएर पनि छोराछोरी भइसक्छन् होला । पॉंच–पॉंच वर्षसम्म प्रतीक्षामा बस्ने कुरा त्यति सजिलो छैन बिनोद ! मेरा बावुआमा कस्ता छन् भन्ने तिमीलाई थाहा नभएको हैन क्यारे ।” भन्दै शर्मिलाले ऑंखाभरि ऑसु भर्न थाली ।

“यो तिम्रो कमजोर मनस्थितिको उपज हो । कमसेकम कुरा बुझ्ने कोशिस त गर ! म कसरी आफ्नो पढाइलाई रोकु ? भविष्य पनि हेर्नु पर्यो । पॉंच वर्षसम्म तिम्रो पढाई पनि सकिन्छ । अनि म फर्केपछि बिवाह गरौला नि !” भन्ने बिनोदको तर्क शर्मिलालाई चित्त बुझेन । उनको मनभित्र पॉंच वर्षको लम्बाइले अनेक शंकाहरु जन्माउन थाले । चोखो प्रेममा हुनुपर्ने विश्वासको धरातल सॉंघुरिदै गयो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हवन

~नीलम कार्की निहारिका ~Neelam Karki Niharika

सजियो बग्गी ।

बाजा बज्यो धूमधाम ।

पड्किए आकाशे पटाका ।

साइपाटाका लस्कर बोकेर सुन्दरी कन्या अघि लागे । हीरामोती जडिएका थरीथरीका गरगहना किस्ती भरीभरी । रङरङका बहुमूल्य साडीहरू ।

दुलाहा निस्कियो बग्गीमा चढेर दुलही लिन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बौलाहा घडी

~मुकुन्द आचार्य~mukund-acharya

‘हजूर उठिसियोस् न ! ’त्यति भनेर श्रीमतीले चियाको कप ठ्यास्स राखिन् । श्रीमान् चैं अझ पनि ओछ्यानमा लडिबुडी गर्दै थिए ।

श्रीमतीले पुनः कराएपछि श्रीमान्को तन्द्रा भङ्ग भयो । एउटा हातले आँखा मिच्दै र अर्को हातले आफूलाई व्यवस्थित गर्दै श्रीमानले भने– ‘खै मेरो घडी ?’

श्रीमतीले घडी टेविलबाट झिकेर दिइन् र जिभ्रो टोक्दै भनिन्– क्या हो यस्तो उल्का ! यो घडीमा त Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

Poem : I like your presence

~Basanta Prabin~

Whenever you visit my dreams, I feel you with my sense
And its true I like your presence

When you are near
I cry with fear
for when you depart
My heart falls apart

You are my life’s essence
And its true I like your presence Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : घर कस्तो हुनु पर्ला

~लिल बहादुर खत्री ‘ललित’~Lil Bahadur Khatri 'Lalit'

म आज सोच्दै छु मान्छे वस्ने घर कस्तो हुनु पर्ला
कल्पना गर्दैछु असल मान्छेको रहर कस्तो हुनु पर्ला ।

मान्छेहरु मानवियताको छायावाट पर-पर सर्दै छन
मान्छे नै मान्छेले बनाएको शहर कस्तो हुनु पर्ला । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : सेरो र फेरो

~रत्न शमशेर थापा~Ratna Shamsher Thapa

सेरो र फेरो मेरो, अँध्यारो पारी गयौ २
सुकाई मूल फूल निमोठी फ्याली गयौ

उर्लन्छ यो छाती भित्र व्यथा असह्य भई २
गह भरिन्छ आँशुले रात दिन संधै Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीति कविता : बोलाउदा नि

~दिलिप योन्जन~Dilip Yonjan

बोल्लौदा नि रिसाउने कस्तो तिम्रो बानी
लजाउदा झनै राम्री मेरी मनकी रानी !

जती हेर्यो उती हेरु लागीरन्छ पल-पल
जे गरेनी तस्बिर तिन्को आइरन्छ झल-झल Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘फ्रन्टपेज’ कथासङ्ग्रहमा चित्रित समाज

~प्रा.गोपीकृष्ण शर्मा~book-cover-subisudha-acharya-frontpage-katha

गीत, गजल, कविता र मुक्तक जस्ता सिर्जनाबाट नेपाली साहित्यमा प्रवेश गरेकी सुबिसुधा आचार्य अहिले कथाका क्षेत्रबाट निकै चर्चित प्रतिभा हुन् । यिनका ‘अग्नियुद्ध’ र ‘रहस्यमय भोगाइ’ शीर्षकमा दुई कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । यो ‘फ्रन्टपेज’ कथासङ्ग्रह कथाकार सुबिसुधा आचार्यको तेस्रो कथासङ्ग्रह हो । कथा बाहेक पनि यिनका गीत, गजल, कविता, मुक्तक आदि पत्र–पत्रिकामा र पुस्तकाकार कृतिका रुपमा प्रकाशित भइसकेका छन् । पत्र–पत्रिकाको सम्पादन र कतिपय पत्रिकामा स्तम्भलेखन समेत गर्ने सुबिसुधा पत्रकारका रुपमा समेत देखा परेकी छन् । सुबिसुधा सामाजिक क्षेत्रमा पनि चासो राख्ने नारी प्रतिभा हुन् । शिक्षण सेवामा पनि समय खर्चदै गरेकी सुबिसुधाको प्रस्तुत ‘फ्रन्टपेज’ कथासङ्ग्रह नेपाली कथा साहित्यमै नया“ मोड लिएर आएको छ । स्वयं कथाकारले यस सङ्ग्रहलाई अन्तर्मनको तरङ्गका रुपमा लिएकी छन् । उनले आङ्खनो कृतिगत भूमिकामा भनेकी छन्– “म स्वयं रहस्यमय कथा हु“, त्यसैको बाछिटा मात्र हो Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : बूढो भैएछ

~सोम खनाल~som-khanal

कपाल मात्र फुल्या हो की भन्या हैन रैछ
बाटो मात्र भुल्या हो की भन्या हैन रैछ
यूग भन्दा पछि पछि पर्दै गैयेछ
तन्नेरी छु भन्दा भन्दै बूढो भैएछ ।

जवानीमा देखेका ती सपनाहरु खोज्दै
काडाहरु पन्छाउदै फूलहरु रोज्दै
उतै पुगे भनेको त यतै रहियेछ
तन्नेरी छु भन्दा भन्दै बूढो भैएछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अन्तरेहरुको अनौठो अभियान

~पिँडालु पण्डित~Basudev guragain_Pindalu Pandit

‘इन्क्लाब जिन्दाबाद ।’

‘जिन्दाबाद । जिन्दाबाद ।’

‘जन्मने अधिकार सुरक्षित होस् ।’

‘सुरक्षित होस् । सुरक्षित होस् ।’

‘हाम्रो हकहितका लागि संवैधानिक व्यवस्था होस् ।’

‘व्यवस्था होस् । व्यवस्था होस् ।’ Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment