~हिरालाल तण्डुकार~
मेरै सगरमाथा छैन मैले चढेको,
हिमालको हिउँ कस्तो हुन्छ ? छैन मैले छोएको ।।
मेरै नेपाल सकल छैन मैले घुमेको,
को कहाँ के–कस्ता छन् छैन मैले जानेको ।। Continue reading
~हिरालाल तण्डुकार~
मेरै सगरमाथा छैन मैले चढेको,
हिमालको हिउँ कस्तो हुन्छ ? छैन मैले छोएको ।।
मेरै नेपाल सकल छैन मैले घुमेको,
को कहाँ के–कस्ता छन् छैन मैले जानेको ।। Continue reading
~बाबुराम पन्थी ‘गुल्मेली’~
म मरे पछी
मेरो लाश लाई राष्ट्रिय झन्डा
वा राजनैतिक दलको झण्डा नओढाउनु !
म नेपाल आमाको सन्तान हो ।
मेरो लाश ढाक्न कात्रो भए पुग्छ ।
मेरो लाशसंगै मेरो देशको गौरव
मेरो देशलाई संसार सामु परिचय गराउने
राष्ट्रिय ध्वजा नजलाउनु !
म मरेपछी
मेरो लाश लाई
राष्ट्रिय झन्डा नओढाउनु ! Continue reading
~कनकधारा स्वामी स्वदेशानन्द~
छन्द : शार्दूलविक्रीडित
मर्स्याङ्दीतटदेखि माथितिरको स्वर्लोकको साँधमा
सांग्रीला र हिमालका नजिकको देवालयोद्यानमा
फुल्थे फूलहरू विभिन्न थरिका हेरेर चौतर्फमा।
डुल्दैथे भ्रमरा पराग रसमा जिभ्रो लगाईकन।।01।।
पाखा सुन्दर,स्वच्छ शैल बनिए,जामेन पानी कतै।
बारीमा हरिया भएर लहरा उर्लेर आए अझै।
पन्छीले वनमा गरी चिरिबिरी संगीतको माधुरी।
फैलाए मनभित्र प्रेमलहरी फैलेर आए सरि।।02।। Continue reading
~निरज भट्टराई ‘मनोरोगी’ ~
तर्साउछ जहिले ,
हप्काउछ जहिले
नदेखिने ,नसुनीइने,
पर्दा पछाडी को भूत
चोर होइन ,
भ्रस्ट होइन
सोझो निमुखा म नेपालीलाई
घुस्याहा होइन ,
होइन म दक्षिण, Continue reading
~इलामेली टीकाराम दुलाल~
छन्द : भुजङ्गप्रयात
तिमी भद्रतारा मता जून हुन्छु
उतै बास मारे मता रून्छु रून्छु
सधा साथ साथै बसौला भनेर
कहाँ हुन्छ राजा तिमी दूर् बनेर ।१।
भनेको थिए यादले यादले त्यो
अरू खास केही कुरा हैन भाको
सतायो तिमीकै मिठो यादले जो
र पो भेट्न खोजेँ तिमी प्राण मेरो ।२। Continue reading
~लिल बहादुर खत्री ‘ललित’~
हरियालिनि कुनै वेला उजाड लाग्दो रहेछ
मन सुन्य भएपछि विरह जाग्दो रहेछ ।
हराएका खुसिहरु एकान्तमा खोज्दा-खोज्दा
खै कुन्नि आफै किन वैराग लाग्दो रहेछ । Continue reading
~ज्ञानेन्द्र यक्सो~
हाम्रो ठुल्दिदीको अनुहार
फूलजस्तो थिएन
हाम्रो ठुल्दिदीको अनुहार
जूनजस्तो थिएन
तर उनी हाम्रो बा थिइन्।
एक दिन यो पहाडमा.. बर्खायाममा
बारोजको बादल उड्यो
त्यही बादलले छेकिएर
उनीहरूले मारे
हाम्रो बाबालाई। Continue reading
~सअदत हसन मण्टो~
अनुवाद : जंगबहादुर शाह
एकदमै थर्ड क्लास होटेलमा ह्विस्कीको बोतल रित्याएपछि तय भयो, बाहिर घुम्न जानुपर्छ र एउटी यस्ती आइमाई खोज्नुपर्छ जसले होटेल र ह्विस्कीले पैदा गरेको खिन्नता दूर गरोस्। र, त्यो आइमाई बेस्वादको रक्सीको तुलनामा स्वादिलो होस्।
फख्रले होटेलको प्रदूषित वातावरणबाट बाहिर निस्कनेबित्तिकै म र मसऊदसँग भन्यो-‘कुनै राम्री आइमाई होस्, राम्रो गवैयाको गलाजस्तै त्यसमा सौन्दर्य होस्। खुदा-कसम मन प्रसन्न हुनेछ।’ ह्विस्की दुवैलाई मन परेको थिएन, सोडा झन् बेस्वादको। सायद, यसैकारण फख्रलाई राम्री आइमाईको चाहना भइरहेको थियो। हामी तीनैजनालाई आइमाईको चाहना थियो। मेरो लागि यस्ती महिलाको अर्थ राम्ररी वाहियात कुरा गर्ने आइमाई थियो। मसऊदलाई यस्ती आइमाई चाहिएको थियो जसमा बनियापन नहोस्। Continue reading
~आचार्य प्रभा~
म भूल हुँ सुधारन सक्छौ
पुरानो गल्बन्दिको धागो हुँ
उधारेर नयाँ स्वरूप दिन सक्छौ ….,
कहाँ मैले भनेकी छु र ?
म सदाबहार छु भनेर
कहाँ मैले हठ गरेकी छु र ?
म सदा सर्वदा जायज छु भनेर , Continue reading
~रामचन्द्र कार्की~
हाँसेर बाँच्न सिक्दै छु म अचेल,
नाचेर बाँच्न सिक्दै छु म अचेल ।
लुकाइ पिडा देखाउदै पिरति,
गाँसेर बाँच्न सिक्दै छु म अचेल । Continue reading
~लोक राज भट्ट~
अचेल ठिक छैन गुरु चेलाको सम्बन्ध
यदी तिम्रो एक झल्को सम्झाइले
कोही जिबनको उकाली उक्ल्यो भने,
तिमी त पछारिकै महसुश गर्छौ होला।
त्यसैले भुल जतिसक्छौ भुल
सबै भुलिदेउ ,
तनाबका घैलाहरु बोकेर
किन सम्झिनु जिबनका कुइनेटाहरु। Continue reading
~खिमानन्द पोखरेल~
साँच्ची नै दिल खोलेर भन्नु पर्दा घनश्याम राजकर्णिकारको नाम नियात्रा जगतको संसारिक परिवेशमा नसुन्ने व्यक्ति विरलै होलान् । नियात्रा लेख्नु भनेको चानचुने, सरल र सहज विधा हो भनेर म भन्न सक्तिन । पाठकहरुको मन पगाल्न त्यहाँका दृश्यहरुको अवलोकन, त्यहाँको परिवेश, मानिसहरुको रहन सहन, वातावरण र त्यहाँका मानिसले गर्ने भद्र र अभद्र व्यवहारलाई टपक्क टिपेर आफ्नो मालामा उनी एउटा लामो सम्झनाको पेटारो बनाई पाठक सामु प्रस्तुत गर्न सक्ने खुवी बोकेर नियात्रा अगाडि दौडिरहेको हुन्छ । यस्तै यस्तै नियात्राको पेटारो उन्न सिपालु व्यक्तिका रुपमा नियात्राकार घनश्याम राजकर्णिकारलाई लिन सकिन्छ । कति मीठा शब्दहरु सबैले बुझ्ने गरी लेखिएका सुन्दर अक्षरहरुबाट नियात्राकारलाई चिनाउने गर्छ । हामीले जति लेख्यो जति पढ्यो र जति बुझ्यो त्यो भन्दा पनि पृथक शैलीमा तैयार पारी पाठक सामु प्रस्तुत हुन सफल भएको छ यो नियात्रा सङ्ग्रह “यात्रा अमेरिकाको माया नेपालको” । २०८ पृष्टमा सजिएको यो नियात्रा सङ्ग्रहमा ८ वटा नियात्रालाई सजाएर यौटा पुस्तक आकारको रुपमा पाठक सामु प्रस्तुत गरिएको छ । यसको उचित मूल्य २५० रुपैया हो । Continue reading
~सनत रेग्मी~
भर्खरै बृहत् जनआन्दोलनबाट शान्तिपूर्ण क्रान्ति सम्पन्न गरेको एउटा मुलुकले अग्रगामी परिवर्तनअनुसार साहित्य, संस्कृति र कलाको क्षेत्रमा नयाँ दृष्टिकोण र बहुल सांस्कृतिक चेतनाका साथ काम गर्ने गरी एउटा राष्ट्रिय सांस्कृतिक केन्द्र गठन गर्ने निर्णय गर्यो । एउटा उच्चस्तरीय सांस्कृतिक नीति निर्माण समिति गठन गरियो, जसमा सबै प्रमुख आन्दोलनकारी दलका प्रतिनिधि र सांस्कृतिक क्षेत्रमा कार्य गरिरहेका, जातजाति, विविध भाषाभाषीका प्रतिनिधि समावेश गरिए । त्यस समितिले सबै जातजाति, भाषाभाषीका संस्कृतिको विकास गरेर एउटा राष्ट्रिय संस्कृतिको निर्माण गर्ने नीति तर्जुमा गर्यो र राष्ट्रको सर्वोच्च सांस्कतिक संस्था यी सबै कुराका विज्ञहरूको प्रतिनिधि संस्था बनाउने निर्णय गर्यो । नयाँ क्रान्तिकारी सरकारबाट एउटा विज्ञ चयन समिति तयार भयो । चयन समितिमा रहेका सदस्यहरूलाई चारैतर्फबाट सुझाव र दबाबहरू आउन थाले । Continue reading
~धनेन्द्र विमल~
लाइदेऊ लाइदेऊ माया लाइदेऊ ए संगीता
जुग जुग बित्ने माया लाइदेऊ ए संगीता
हिजो पनि तिमी मेरो आज पनि तिमी मेरो
जति जति जन्म हुन्छ त्यति त्यति तिमी मेरो
तिम्रो बोलीले लठ्ठै पार्यो तिम्रो हेराइले लठ्ठै पार्यो Continue reading
~उदय प्रकाश~
अनुवाद: मनोज बोगटी
एउटा भाषा हुने गर्छ
जसमा म जतिपल्ट लेख्न चहान्छु `आँसू´ सित मिल्दोजुल्दो कुनै शब्द
प्रत्येकपल्ट बग्ने गर्छ रगतको धारा
एउटा भाषा छ जसमा बोल्न वैज्ञानिक , समाजविद अनि तेस्रो दर्जाको जोकर
अनि हाम्रै समयका सम्मानित वेश्याहरू, क्रान्तिकारी सबै लजाउँछन्
जसको व्याकरण र हिज्जेको भयावह भूलहरूले नै
कुलशील, वर्ग अनि नस्लको श्रेष्ठता कति हो भन्ने कुरा प्रमाणित गर्छ।
सबैभन्दा धेर बोलिने, लेखिने सुनिने र पढिने गाइने बजाइने एक धेरै कमाउर Continue reading
~दीपक घिमिरे~
छोराको अनुहार दुई दिन नदेख्दा न्यास्रो लाग्यो, सम्झिएँ उसले मेरा खुशी जति जम्मै बोकेर मामा घर गएछ । भित्र गएँ, अँध्यारो कोठामा मनै बसेन । बाहिर ऊ थिएन ।
घरबाट आमाको फोन आयो ‘बाबु खै ? बाबुलाई फोन दे ।’
मैले हेल्लो भन्न नपाउँदै आमाले नाति केटो खोज्नु भयो । उहाँलाई पनि मेरोभन्दा नातिकै माया छ । भन्छन् नि साउँको भन्दा ब्याजको माया, साच्चिकै रहेछ ।
‘अस्ति मामा घर गएको हो आमा । आएको छैन, सायद भोलि आउँछ ।’ मैले जे हो त्यै बताइदिएँ । Continue reading
~केपी शर्मा~
अनामनगरका होटेलहरुमा खाजामा धेरैको आलुचना लोकप्रिय छ । त्यसमा पनि यहाँ इलामेली वहिनीले पकाएको आलुचनाको स्वाद नै भिन्नै । त्यसमा लसुन, जिरा फुराएको र कागतीको ताजा रस हालिएको हुन्छ । त्यहाँ खाने सबैको जिब्रोमा स्वाद झुण्डिएको हुनुपर्छ । जसले त्यहाँको आलुचनाको मजा लिएको छ, त्यहाँ फर्कीफर्की आइरहन्छ । अनामनगरका अन्य होटेलहरु र अन्यत्र पनि आलुचनाको व्यापार मजैसँग चलेको छ ।
आलुचनाको व्यापार चम्किए जस्तै आलोचनाको ग्रहण शक्ति, आत्मसातीकरण पनि अनामनगरको पर्खाल पारि सिंहदरवारमा पहिलाभन्दा ह्वात्तै बढेको छ । आलुचना र आलोचनामा भिन्नता देखिन छाडेको छ । आलुचना स्वादले खाइन्छ र आलोचना स्वादले पढिन्छ, देखिन्छ र सुनिन्छ । दुवैमा कडापन भने चाहिन्छ । आलोचनामा मन्त्रीहरुको तडकभडक अनि आफ्नै प्रतिबद्धता विपरीत चल्दा गरिने विरोध वा आलोचनामा हुने मजा त झन् अर्कै हुन्छ । त्यसमा चर्चित होइन्छ । शक्तिशाली ठहरिइन्छ । सर्वहारा वर्गको राजनीति गरेर मन्त्री Continue reading
~वसन्त प्रवीण~
खोजे कतै पाइएन कोठो जिन्दगीलाई
कहाँ गइ चलाउने खोटो जिन्दगीलाई
बुझ्न कत्ति नसके’सी दुनियाँको अर्थ
सुझ-बुझ मिलाएको हुँदोरै’छ व्यर्थ Continue reading
~एकान्त श्रीवास्तव~
अनुवाद : चन्द्र गुरुङ
दिदीबहिनीहरू घरभरि
सुगन्धझैँ फैलिएका छन् ।
एकदिन उडी जाने छन्
थाहा छैन
हावाको कुन
झोक्कासित ।
…
रहने छ चर्को घाममा पनि Continue reading
~त्रिभुवनचन्द्र वाग्ले~
ए दाजु तिम्रो गाउँ र
मेरो जन्म ठाउँ
नजिकै हो नि
तर के गर्ने
म पयरले सयर गर्छु
तिमी विचारले विचरण गर्छौ
यति भनेपछि भन्नुपरेन
म आकार हुँ
तिमी निराकार
म माछापुच्छ्रे हेर्न तिम्रो गाउँ आउँछु Continue reading
~दिवाकर स्वप्नील~
संविधान सभा ढल्यो छातीभरि देश दुख्छ ।
नेपालीको स्वप्न जल्यो छातीभरि देश दुख्छ ।
एक चोक्टो शिद्रामा नी बिरालोको सधैँ द्वन्द्व…
आफ्नै बाह्र टक्का चल्यो छातीभरि देश दुख्छ । Continue reading
~भिम बहादुर थापा~
मेरो-तिम्रो सम्बन्धको, अमर गीत गाऊ न खुनको
जिउने मेलो थाँती राखी, भेट्ने कसम खाऊ न जुनको
**
एकुन्द्रो भो भेटको बाचा, पैंचो बोली फर्केन खोई
मौनताको मकसद् खोल्न, साक्षात्कारमा आऊ न धुनको Continue reading
~भुपेन्द्र केसी~
हँहँहँ हो हो हो तिमीलाई पर्खिरहेको छ नेपाल
स्वदेश फर्कने बाटो, हेरेर त्यो पाल
कस्तो रहेछ जिन्दगी, नटुङगीनेयात्रा
आफ्नै देश बनाउनु छ, छाडी आउ है विदेशीको जात्रा
कर्णालीले कलकल बग्दै, हानी रहेछ छाल
तिमि विना अधुरो बन्दै छ , नेपाल Continue reading
~दीपक बस्याल ‘दीनबन्धु’~
भाग १
एकाएक प्रशंसाको पोको सहितको यो बिशेष मित्रता अनुरोध बाट म एक किसिमको अनौठो अनुभूति गर्दै थिए। फोटो हेरे, खासै चिने जस्तो लागेन, उसको प्रोफाइलमा प्राइभेसी सेटिंग गरिएको थियो, मात्र फिमेल हो भन्ने जानकारी थियो। कमन फ्रेन्ड हरु एक जना पनि छन् भन्ने देखिएन, म सोचमा डुब्दै थिए, फ्रेन्ड रिक्वेस्ट लाइ सदर गरु कि बदर। नगरु, चिनेकै होला त्यो पनि सुन्दर महिला, पुरुस भएको भए त बाल। फेरी चिनेकै जस्तो गरि इमेल पनि त लेखेकी छ। तर पछिल्लो समयमा फेसबुकमा फैलिएको बिकृतिको शिकार भै नै सकेको छु म, धेरै ई- फ्रेण्ड बनाउने भन्ने मेरो सपना त्यो दिन देखि चकनाचुर भएको थियो जब म एउटा यस्तो लज्जाजनक तस्बिरमा मेरो कथित इ-मित्र बाट ट्याग गरिएको थिए। Continue reading
~चन्त वनेम~
अनेक थरिका ढाँचा अनि प्रकार
घरमा मिलेर बस्छन् आ–आफ्नो परिवार
घरै घरको निमार्णले बन्यो सहर
परिवारको सुमुधुर मिलन केन्द्र हो घर
विश्वासको जग हो सबैको यसमा भर
सुरक्षाको पहिलो सिँढी हो घर ।
प्राचिन वासस्थान सायद गुफा र ओढार
आवश्यकताको गतिसँगै बनाए घर
छतको विकल्पमा बन्न गयो घर Continue reading
~लक्ष्मण घमाल~
धेरै दिन भयो उनले मलाइ भेट्न खोजेको। जहिले म अफलाइन हुँदा मेसेज पठाउदा रहेछन फेसबुक मा । अफिस सकेर कोठामा पुग्दा पाँच बजेर एकतिस मिनेट बजाएको थियो एनसेल नेटवर्क को मेरो मोबाइलले।हत्तपत्त फेसबुक खोले मेसेज आएको रहेछ उनैले पठाएका रहेछन मेरा बालापनका हितैसी मित्र अन्जान।आज मलाइ कल गर्नुहोला भनेर फोन नम्बर पनि पठाएका रहेछन। उनको घर ताराखोला, बागलुङ को पश्चिमी भेग। मेरै घर छेउमा उनको मामा घर, मामा घरमै बसेर कक्षा सात सम्म पढेका अन्जान संग को सात बर्ष को फ्रेन्डसीप हरपल मस्तिष्कमा आइरहन्थ्यो।दशै बिदामा घर गएका उनी कहिल्यै फर्केर आएनन।चौध बर्ष पछि फेसबुक मा साथी भएको आज चौध दिन भयो।Friend request पनि उनैले पठाएका । Continue reading
~सौभाग्य बजगाईं~
कलम कहाँ थियो पुवांखले लेख्ने मसि चिनेनौ
यति कन्जुस गरेउ कि बोर्डमा लेख्ने खरी किनेनौ
कहिले कुट्टो, कोदालो, साबेलले खेत बारी कुटायौ र तिमीले
तैपनि कपुरी क र घर जस्तो घ भन्दा माथि सिकेनौ Continue reading
~चन्द्र ‘प्रतीक’ लिम्बू~
बिलियो जुन
पर्खिरहृयो केवल
ताराहरूले
झोंक्का हावाको
मेरो खबर सोधी
सुस्तरी बहृयो ।
हेलेन केलर
जन्मिन्छन् फेरि पनि Continue reading
~वियोगी बुढाथोकी~
उस्तै छैन तिमीले भनेजस्तो
हुँदै भएन खाल्टो खनेजस्तो
उध्रियो झन् सिउँछु भन्दाभन्दै
सकिएन उन्न धागो उनेजस्तो Continue reading
~लोकेन्द्रबहादुर चन्द~
उनलाई जङ चल्यो र आर्मीमा छँदादेखि नै बानी परेको कडा भाषा प्रयोग गरी मुर्मुरिन थाले – “साले होटल खोल्छन् हरामीहरू । एक कोठालाई ६ कोठा बनाउँछन्, मुस्किलले एक कोठामा एक ओछ्यान अटाउँछ अनि रातभरि उडुस – उपियाँले टोकाइदिए वापत बहाल लिन्छन्, थप यात्रुको दामी सामान पनि चोरी गर्छन् । पिस्तौल, छुरा देखाई लुटेमा सजाय हुन्छ, यसैले होटेल खोल्ने भन्छन् र उल्टो उस्तरा समेतले हजामत गर्छन् । के गर्ने पेन्सनर भइयो, आर्मीमा बहालै भएको भए म यी डाँकाहरूलाई सुट गरिदिन्थेँ ।” उद्विग्न भएर उठे र आफ्नो नित्यकै नियमानुसार मार्गशीर्षको जाडोमा पनि बाहिर गई धारामा नुहाउन थाले । शिरमा दुई – तिन लोटा चिसोपानी परिसकेपछि उनलाई धमिलो – धमिलो सम्झना हुन थाल्यो – घडी त दुईचोटि नाडीबाट खसी सडकमा बजेको थियो, उनले टिपेको थिए, हुन सक्छ के ? तेस्रो चोटि पनि खसेको होस् “हुन सक्छ के ? पक्कै घडी खसेकै हो” – उनले सोचे कि हिजोतिर उनी आफू पनि त धेरै पटक पूरा होसहवास नभएको अवस्थामा विचरण गरिरहेका थिए नि । Continue reading
~शीतल गिरी~
सुनको दिन एक उदाउँछ रे
यस देश खुलिकन आउँछ रे
रङ्गिला बनी बादल छाउँछ रे
जल चञ्चल भैकन गाउँछ रे ।
म श्री वैद्यनाथ हाई स्कूल महेन्द्रनगर, कञ्चनपुरमा २०२६ सालमा ६ कक्षाको विद्यार्थी छँदा महाकवि लक्ष्मीप्रसादको प्रस्तुत कविता पढेको थिएँ । सुनको बिहान नामक पुस्तकमा रहेका अरू पनि कविता पढियो । महाकविका कविताहरू लय हाली हाली पढियो । मेरो बालसुलभ मन साहित्यप्रति आकर्षित गराउनमा यस कविताको महत्त्व धेरै रहेको म स्विकार्दछु ।
महाकविबारे चर्चा गर्न सक्ने मेरो क्षमता छैन । यस कविताको चर्चा गर्दा पनि कतै अन्याय पो हुन जाने हो कि भन्ने डर लाग्छ । Continue reading