गजल : र त स्वार्थी भनें

~कृष्ण पौड्याल~

पुरानो सम्बन्ध तोड्यौ र त स्वार्थी भनें।
पाईला अर्कै तिर मौड्यौ र त स्वार्थी भनें॥

सँगै बाच्ने मर्ने बाचा कसम खाएको हो।
घुम्टो पराईको ओड्यौ र त स्वार्थी भनें॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : बाँच्ने आधार

~सुरेन्द्र महर्जन ‘अमर’~Surendra Maharjan 'Amar'

जीउन खोज्नु यही जिन्दगी हो
श्वास रहे आश बाँच्ने आधार हो
दुनियाँमा जे पनि देखिन्छ बाँचे Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : तिम्रो हर प्रश्नको जवाफ

~शम्भुजित बास्कोटा~shambhujit-baskota

तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नू
यदि चित्त तिमीलाई बुझ्दैन भने
मेरो सामुन्ने आएर सोध्नू

भूल होइन जस्तो लाग्ला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बाँदर, बिराला र सन्ततिहरु

~दीपकजङ्ग हमाल~deepak-jung-hamal

एउटा धुर्त बाँदर
खोस्छ कुराउनी बिरालाहरुबाट
निरिह बिरालाहरु
पर्छन हाम्रै शरणमा
कुराउनी पुन: प्राप्तिका लागि

दयावान भिंड उर्लन्छ कुराउनी खोस्न Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : जापानी हाइकुकवि मासाओका शिकि र उनका कविता

~माधवलाल कर्माचार्य~madhablal-karmacharya

जापानको हाइकु कविताका महारथी मानिएका चार कविहरूमा माचुओ वाशो, मोसा कुसोन, कोवायासी र इस्सापछिका मासाओका शिकि सबभन्दा पछिल्ला र आधुनिक हाइकु कविहरूमा पहिला मानिन्छन् । उनले वस्तुनिष्ठ कुराहरूमा वस्तुनिष्ठ सत्यकै खोजी गरे जब उनका पूववर्ती कविहरूले वस्तुनिष्ठ कुराहरूमा अवस्तुनिष्ठ सत्यको खोजी गरेका थिए ।

वस्तुतः उनी जन्मी बढी हुर्केको युगै यस्तो थियो, जब देश आधुनिकतातिर उन्मुख भई धारणा-अवधारणामा वस्तुनिष्ठताको आग्रहशील रहेको थियो । यो इस्वी सन् उन्नाइसौं शताब्दीको उत्तरार्द्धतिरको कुरा हो जब देश भित्रभित्र राजनीतिक अस्थिरताले आक्रान्त थियो भने बाहिरबाट बाहिरी सभ्यता, संस्कृति र विचारशैलीले अतिक्रमित हुन थालेको थियो । फलतः उद्योगधन्दा, शिक्षा, सञ्चार, रीति, संस्कार आदि यावत् क्षेत्र प्रभावित भई Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : तिमी मेरो सम्झनामा

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

तिमीलाई म के भनौं
फूल भनौं त्यसमा काँडा छ
चन्द्रमा भनौ त्यसमा दाग छ
शुभकामना तिमीलाई
सधैँभरिको लागि मिलीरहोस्
मंगल होस् सधैँ मंगल रहोस् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तपाईंका ती चालाहरू

~उज्ज्वल जी.सी.~ujjwol-gc

नदेख्नु’थ्यो देख्यौँ हामीले तपाईंका ती चालाहरू
भन्न थाले धेरैले अचेल कस्ता रै’छन् सालाहरू ।

गर्दै नगरी देश र गरिबका लागि कुनै काम
जता गयो लाज छोप्दै पहिरिनु हुन्छ मालाहरू । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : महाकवि कि महाकाव्यकार ?

~दिल साहनी~dil-sahani

बनारसको कुरा हो । पुष्पलालको पालाको कुरा हो । त्यतिबेला पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यालय दशपुत्र गल्लीमा थियो । पार्टी कार्यालय पार्टीका कार्यकता नेता तथा समर्थक भेला हुने एउटा निकै महत्वपूर्ण ठाउँ भएको थियो । यस कार्यालयमा बराबर बस्ने एकजना व्यक्ति थिए गोबिन्द ज्ञवाली । गोबिन्द ज्ञवाली पुष्पलालका ठूला भक्त थिए । पुष्पलाल पनि गोबिन्द ज्ञवालीलाई आँखाका नानीलाई जस्तै माया गर्दथे । गोबिन्द ज्ञवाली बिचारले जति गहिरा भए पनि ठट्टा रमाइलो मन पराउने मान्छे थिए । आफू पनि खुश हाँस्दथे र अरुलाई पनि निकै हसाउँथे । यिनको रोचक तरिकाले कुराकानी गर्ने बानी थियो । यिनी कविता पनि कोर्दथे र राम्रा कविता कोर्दथे । अहिले पनि उनी त्यस्तै छन् । खासै परिवर्तित भएका छैनन् । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : मेरो जीवनी गीत

~तुलसी घिमिरे~Tulsi Ghimire

तिमी नै मेरो जीवनी गीत
बिरानीमा एकान्तमा
हर पल तिम्रै साथ खोजिरहन्छ

दिन जहाँ ढल्छ रातको हात
खुसी सबै मेरो तिम्रो नै साथ
तिर्सनाको यो मनको तिमी नै हौ कि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कतै भेटिएन

~राजकुमार सुब्बा ‘अनिश्चित’~

विद्युतीय छापाहरुमा
कम्प्युटरका स्क्रिनहरुमा
टाइपिङ्ग हुँदै डिलिङ भएका अक्षरहरु
रिमाइण्ड हुँदै पुन
मोबाइला स्क्रिनभरी
घाम उदाउनु र अस्ताउनु जस्तै भएर
भाइरसले ग्रस्त पारेका
कुनै समयका फोल्डरहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुरबुबा

~निरज भट्टराई ‘मनोरोगी’ ~
Niraj Bhattarai

तपाईं बित्नुभन्दा ठीक
सात दिन पहिले
मलाई उपहार दिनु भएको थियो
मेरै अनुहार प्रिन्ट गरिएको टि—शर्ट
लगाएर निस्केको
पहिलो दिन नै
किलामा अल्झियो टि—शर्ट, थोरै
उघ्रियो
धागो निस्केको थियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : यो दुई थोपा आँसु

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

यो दुई थोपा आँसु
मैले मेरै लागि साँचेको
भोलि रुनलाई कसैकोमा आँसु
होला कि नहोला

दुख वेदनामा रोइदिन्छ आँसु
खुसीको सिमामा झरिदिन्छ आँसु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : सुबिसुधाको ‘रहस्यमय भोगाइ’का सम्बन्धमा

~प्रा.गोपीकृष्ण शर्मा~book-cover-subisudha-acharya-rahasyamaya-bhogai-katha

‘अग्नियुद्ध’ कथासङ्ग्रहको अन्तर्क्रिया हुँदै थियो । मेरा स्नेही बन्धु केशव आचार्यले घरमा आएर उक्त कार्यक्रममा सामेल हुन आग्रह गरे । वि।सं। २०६३ साल फाल्गुन १८ गते शुक्रवारका दिन उक्त कृतिको अन्तर्त्रिुयाको कार्यक्रम पुल्चोक स्थानीय विकास मन्त्रालयको सभाकक्षमा रहेछ । सुबिसुधा आचार्यले लेखेकी “अग्नियुद्ध” कथासङ्ग्रहबारे मैले पनि बोल्नुपर्ने भयो । हामी कार्यक्रममा भेला भयाँै । उक्त कथासङ्ग्रहबारे कथाकार माया ठकुरीबाट समीक्षात्मक टिप्पणी भएको थियो । मैले पनि उक्त कृतिका सकारात्मक पक्षहरुको चर्चा गरँे र प्रस्तुतिमा थप सुधारका लागि सल्लाह दिएँ । यसरी सुबिसुधा आचार्य र उनका रचनासँग प्रथम परिचित हुने मौका पाएको हुँ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

छन्द कविता : नेपाल सानो भयो

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

छन्द : शार्दूलविक्रीडित

मान्छे दैव छिमेक आखिर सधै हाम्रै पछाडी भए
हाम्रो सुन्दर देशको प्रकृतिले आरीस गर्दै गए
ठूलो देश हिजो थियो अब यहाँ मेची र काली रयो
टिस्टा दूर छ कांगडा लुटि गए नेपाल सानो भयो

डाँडो झर्छ नदी थुनिन्छ कहिले नेपाल भित्रै अहोँ
नेपाली जनको गरेछ रिस त्यो को थेग्छ रिस् दैवको
ठूलो धन् जनको अगाडि पहिरो हाम्रै धरामा गयो
खोलाले कहिले कटान गरदा नेपाल सानो भयो Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : नयाँ कुरा हो र ?

~सजना गुरुङ~Sajana Gurung

बलात्कार गर्नु नयाँ कुरा हो र ?
झुन्डिएर मर्नु नयाँ कुरा हो र ?

सरकारी शोषक बाट सधै जनता
अन्यायमा पर्नु नयाँ कुरा हो र ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : चिरेर छाती यो !

~रवि प्राञ्जल~Ravi Pranjal

कसरी देखाऊँ अोठमा हाँसो चिरेर छाती यो !
सिस्नु झैँ पोल्छ दशैँको बेला फूल र पाती यो ।

उस्तै छ घाम उस्तै छ जून उता त्यो शहरमा,
गाउँमा घाम लाग्दैन अचेल कालो छ राती यो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Essay : Words, Words, Words

~Ram Prasad Prasain~Ram Prasad Prasain

Literature defines life in vast, various, vivid and vivacious manners nearly in all moods. Henceforth, life demands aesthetic sensibility. It demands test, trial and turbulence to ponder, realize and understand diverse spectrums of life.

Literature deserves to be mirror of society, vanguard of civilization, bearer of culture and reflection of human sentiment. It helps bring the worlds into words where spirit of time, space and situations are delineated. Continue reading →

Posted in Essay | Tagged | Leave a comment

छोक : विडम्बना

~डा. दीनबन्धु शर्मा~dr-dinbandhu-sharma

म लाटो पढेँछु किताबै किताब
समात्यौ तिमीले त मुद्रा लगाम
सबै सत्य तिम्रो सबै न्याय तिम्रो
छ सत्ता त तिम्रो सबै थर्कमान Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : समकालीन नेपाली नारीकथाकार र कथा लेखन प्रवृत्ति

~लक्ष्मी उप्रेती~laxmi-upreti

विषय प्रवेश :
कथा सुन्ने र भन्ने परम्परा पुरानै भएता पनि स्वतन्त्र रुपले नेपालमा कथाको इतिहास १९ औं शताब्दीदेखि मात्र आरम्भ भएको पाइन्छ । कथा साहित्यमा समय र सहभागीताका दृष्टिले पुरुषका तुलनामा नारी अलि पछि र संख्यामा केही कम भएता पनि नारीको योगदान महत्वपूर्ण रहेको छ । सम्वत् १८२७ को शक्ति वल्लभ अर्यालको महाभारत विराट पर्व (नेपाली अनुवाद)बाट आरम्भ भएको नेपाली कथाको १४४ वर्ष र शारदा प्रकाशनको दोश्रो वर्ष १९९२ मा प्रथम नारी कथाकार तुषार मल्लिकाको सहभागिताबाट सुरु भएको नारी कथाकारको लगभग ८० वर्ष र २००५ देखि देवकुमारी थापा, फलेन्द्र जगतकुमारी राणा, राधिका राय, शशिकला शर्मा हुँदै पारिजात, प्रेमा शाह, बाट उर्वर बनेको कथायात्रामा हामी यात्रारत छौं । Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

गजल : चित्कार आयो

~वियोगी बुढाथोकी~biyogi-budhathoki

एक्कासि डरलाग्दो चित्कार आयो
उद्धार गर्दा पनि धिक्कार आयो ।

मानौँ विश्वास पराजित भएछ
हित गर्न खोज्दा दुत्कार आयो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : डस्टर उड्यो

~कार्तिकेय घिमिरे ~kartikeya ghimire

मध्यान्हको समय थियो । चर्को घाम लागिरहेको थियो ।

कक्षा ४ का विद्यार्थीहरु कक्षा कोठाभित्र खुबै हल्ला गरिरहेका थिए । हा–हा हु–हु गर्दै उनीहरु कक्षा थर्काउँदै कराइरहेका थिए ।

ट्वाङ्ट्वाङ् घन्टी लाग्यो । कृष्ण सर कक्षा कोठाभित्र छिर्नु भयो । सबै विद्यार्थी गुड आफ्टरनुन सर भनेर एकैसाथ उभिए । उहाले ल ल ठीक छ बस बस भन्नु भयो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : माला

~नीरज लवोजु~

ऊ हल्ला गर्छ र
माला लगाउँछ
ऊ माला लगाउँछ र
हल्ला गर्छ।

उसको हल्लाबीच सत्य खोज्नुपर्ने भएजस्तै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : पश्चिम नेपालको यात्राका केही बिम्ब

~सरोजराज गोसाईं~

भक्तपुरदेखि सुर्खेतसम्म

आँखा र कानबीच पाँच अङ्गुलमात्र फरक भए पनि हेरेर वा सुनेर गर्ने अनुभूतिमा आकास–जमिनकै फरक छ। भ्रमणको महत्त्व यसैमा झल्किन्छ। देश बुझ्न जनतामाझ नपुगी धरै छैन। वर्ष २०६९ ले बिदाइको हात हल्लाउने बेला भएको मध्य र सुदूरपश्चिमको देशाटनले शारीरिक र मानसिक ऊर्जा पुनः ताजा बनायो।

यसपटक नेपाल मजदुर किसान पार्टी, दैलेख जिल्ला समितिले आयोजना गरेको पाँचदिने कार्यकर्ता प्रशिक्षण शिविरमा भाग लिने मेसो मिल्यो। दैलेख नगएको करिब एक दसक नाघेछ। ‘माओवादी’ द्वन्द्वकाल, २०५९ सालमा नेमकिपाले १२ दिने जनचेतना अभियान सञ्चालन गरेको थियो। ‘माओवादी’ को अराजकतावादी Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मुठ-भेड

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

बलात्कारीमाथि आमा दिदी बैनी सारा
संगीनले लालाबाला हुन्छन् चिरा-फारा
चेतनाको उज्यालोमा जाग्यो र्सवहारा
ब्यूँझीदै छन् अनगिन्ति धरतीका सारा

उम्लिसक्यो हृदयमा प्रतिक्रिया चर्को
बदलाको भावनामा जनताको लर्को
संर्घषको मैदानमा नबलेका ज्योति
शहरिया साहित्यको फुस्किसक्यो धोती Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : परिस्थिति

~दिपक घर्ति मगर~Deepak Gharti Magar

बाध्यताले टाढाछु गास बनेर,
मरुभूमिमा बाचेकोछु दास बनेर,
परिस्थिति अनि घृणा सहे पनि Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : डर

~इप्सुल मगर~Ipsul Magar 'Maya'

लेख्न पनि डर लाग्छ कलम खोसिने पो हो कि ?
वीरहरुको यस्तै चालाले रगत सोसिने पो हो कि ?
हत्या हिँसा आतङक अनि मारामार जताततै Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : सत्ताच्युत

~भाउपन्थी~Tilak Prasad Sharma Khanal 'Bhaupanthi'

अहिले उसलाई यति नजिकबाट पनि चिन्न गाह्रो भयो । मैले उसलाई हजामको पसलबाट निस्कंदा देखेको हुं । पहिले जस्तै हजामलाई उसले घरमा बोलाउनुको साटो ऊ आंफैं हजामको पसलमा आएको छ भनेपछि ऊ सत्ताच्युत हुनुको यो पहिलो लक्षण हो । हजामको पसलबाट जिस्कंदा पनि उसको दाहिने हात उसको माथिल्लो ओंठको दाहिनेतिरको कुनाको जुङा बटारिरहेको थियो । यो ऊ विचारमग्न हुनुको अर्को लक्षण थियो उसले नियमित र लत लागे झैं त्यो ठाउंको जुङा कति बटार्यो भने त्यहांको भाग रौं नै नपलाउने गरी खुइलिएको थियो ।

सत्तामा छंदा उसले आफ्नो उमेर नसुहाउंदो लामो कपाल पाल्ने सोख गरेको थियो । कपाल लामो पाले पनि यता उसको जुंगा उम्रंदैनथ्यो । नत्र उसले सत्ताको तत्कालीन प्रतीक घोप्टे जुंगा पनि पाल्ने नै थियो । उसले त्यसरी लामो कपाल पाले पनि उसको व्यक्तित्व आकर्ष र समकालीन हुन सकेको थिएन । कुनै पनि कुरा बलजफती गर्नु उसको स्वभाव भइसकेको छ । लामो कपाल पाल्नु पनि त्यसमा पर्ने एउटा प्रमाण हो । ऊ स्थानीय स्तरमा लगातार पांच छ पटक चुनाउ जित्दै आएको छ । यसले पनि उसमा मैले जे गरे पनि हुन्छ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरा जीवनका सुस्वानुभूतिहरु

~किरण टि लिम्बू~Kiran T. Limbu

जिन्दगीको सही अर्थ नै जीवन बोध हुनु हो
जीवनप्रति बोधगम्य हुनु नै सही जीवन हो
दिनको उज्यालोमा मात्र हाँस्ने जीवन के जीवन ?
जीवनको अँध्यारो भित्र पनि बाँच्न सिकौं।

दिनलाई आफ्नो स्वार्थमा मात्र जगाउने होइन
अनि रातलाई निर्बाध सुताउने मात्र होइन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : कहिले काहीँ चिसोले

~राकेश कार्की~Rakesh Karki

कहिले काहीँ चिसोलेनि पोल्दोरहेछ
जति आँसु हाले पनि बल्दोरहेछ

याद आखिर यादै त हो
यो किन आउछ
चल्न नदिइ मुटु एक्लै
के लिन आउछ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : त्यो महानतालाई सलाम

~रामहरि पौड्याल~Ramhari Poudyal

बिहानको सुन्दर प्रभाती क्षण – म मर्निंग वाकमा छु । हरेक आइतबार म किंग्सलिनको आउज नदीको किनारै किनार प्रभाती हिडाई हिँड्ने गर्दछु । किंग्सलिनको टाउन सेन्टर हुँदै बग्ने आउज मेरो हरेक दिनको साथी हो – आफ्नो एकांकी जीवनलाई परदेशी भूमिमा बिर्साउने । मेरो घरकै सन्निकट त्यो आउज नदीमा एउटा पुल छ र त्यसको अलि पर युरोपकै सबैभन्दा ठूलो पाल्म पेपर मिल छ । हरेक बिहान मेरा नानीहरु प्रेरणा र प्रेमाको स्कूल त्यही नदीको किनारै किनारको वाकिंङ जोन हँुदै जानु पर्दछ । प्रेजाको अफिस, टाउन सेन्टर हरेक ठाउ पुग्ने सजिलो ठाउँ मेरा लागि त्यही आउजको किनार हो । नदीको किनारलाई एउटा रमणीय वाकिं Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : देश विकाश गरी देखाई देऊ

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

छाडेर भाषण गर्नलाई गरेर काम देखाई देऊ ।
गरे के हुँदैन र देश विकाश गरी देखाई देऊ।।
गरेर कुरा शान्तिका रोप्दछौ बिउ द्वेशको ।
नबुझ्ने पीडा जनताको हुन्छ नेता कसरी त्यो ।।

कुटिल तिम्रो चालले झुक्दै छ शान देशको । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

आरती रची कोइँचका नौ हाइकुहरु

~आरती रची कोइँच~Arati Rachi Koinch

बितेर गयो
सपनीको संसार
उभियो मृत्यु

तोडेर आएँ
फसेर त्यो मोहमा
छाडेर गयौ

हिजोको दिन Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment