व्यङ्ग्य कविता : निमन्त्रणा

~वसन्त प्रवीण~

फर्की हेर्दा आफैलाई, मन रमाएको
एउटाले चाँडै आउने, निम्तो थमाएको

मन नलाई जानुपर्ने, कस्तो होला उर्दी
यस्तो पो त हुँदो रै’छ, भ्रष्टाचारको पुर्जी
जाने हो कि अलि-अलि, गरी कमाएको
एउटाले चाँडै आउने, निम्तो थमाएको

उनीलाई के थाहा र, हाँस्दै भित्र आइन्
रेडियोले भन्दाखेरी, बल्ल थाहा पाइन् Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी आउँछौ भनेर

~दिलिप योन्जन~Dilip Yonjan

मुसु मुसु हाँसी दिन्य्थौ
देउराली अनि चौतारीमा भेट्दा
पहिलो भेटको मुस्कान
अझै अमर छ
सपनी अनि बिपनीले
सोधिरहन्छ …… खोजिरहन्छ …… Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रा दुई नयन

~पवन शर्मा~Pawan Sharma

सुन्दर ती तिम्रा दुई नयनले हेर्दा म पानी पानी हुन्छु
तिम्रो एक मुस्कानका निम्ति हुस्सु म जानी जानी हुन्छु

शितल सौम्य निलो गगनका फेदमा बसेको बेला
काव्यधारा बहन्छन् यसै तिम्रो सम्मोहनमा फसेको बेला Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : बिपना नभई बाँची दिने

~गोपाल योन्जन~Gopal Yonjan

बिपना नभई बाँची दिने, म भित्रका मेरा सपना
म मरे पनि रही दिने, मेरा प्यारा प्यारा सपना
बिपना नभई बाँची दिने

आँशु सितै पग्ली झर्ने, हाँसो भित्रै खेलीरहने २
प्रीत नपाई रोजी हिंड्ने, ती अधुरा मेरा सपना Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : दुइटी आमा

~ललिता ‘दोषी’~lalita-doshi

कात्तिकको महिना, समय त्यस्तै बिहानको एघार जति बजेको हुँदो हो । अमेरिकी नागरिक लरेन गेटमा उभिरहेकी थिइन् । आठनौ वर्षकी बालिका हातमा सानो प्लास्टिकको झोला बोकेर उनीतिर नै दौडदै आइन् ।

लरेनले उनलाई तलदेखि माथिसम्म हेरिन् । उनको कपडा च्यातिएको थियो । कपाल कोरिएको थिएन । खुट्टामा जुत्ता पनि थिएन । लरेनले उनलाई पैसा दिन हात बढाइन् । त्यो केटी लरेनको वास्तै नगरी अगाडि बढिन् । लरेनले अचम्म मान्दै त्यस केटीलाई हेरिरहिन् । त्यस केटीले झोलाको मुख खोलेर बाटोको छेउमा राख्दै फेरि बेतोडले दौडिन् । Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : ओलम्पिक ज्योति र सपनाहरु

~विजय हितान~

‘ला… ला… वैकुण्ठ अगाडि-अगाडि आउँदै छ । मैले रङ्गशालामा नेपाली झण्डा कसैले फरफराएको देखेँ, नेपाली पनि पुगेछन् त्यहाँ ओलम्पिक हेर्न । थुइय… यति बेलै लोडसेडिङ हुनुपर्ने.. साला…!’ टिनले छाएको घरमा बिजुली झ्याप्प जान्छ । टेलिभिजनमा ओलम्पिक हेर्दै गरेको सुरेश भन्किदै कोठाबाहिर निस्कन्छ । निस्पट अँध्यारोले लपेटिएको छ दाङ बजार । ’पाजी नेताहरु…! एक-आपसमै सत्ताको कुर्सी तानातान गर्न ठीक्कै…। राजगद्दी फ्यालेको यतिका वर्षपछि पनि ! नदीनालाका पानी त्यत्तिकै खेर गइरहेछन्,

गोठमा भैँसीको मुत बगेझैँ । भन्छन्, अझै जलसम्पदामा ब्राजिलपछि विश्वमा दोस्रो धनी राष्ट्र नेपाल पर्छ भनेर । जाबो बिजुली उत्पादन गरेर जनताका घर-आँगन उज्यालो पार्न सकेका छैनन्… बजियाहरु…’ गनगनाउँदै सुरेशकी श्रीमती भान्साकोठामा टुकी बालेर धिपधिप उज्यालो पार्दै खाना पकाउँछिन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : जन्मभूमि

~योगीता भट्टराई~

मेरो जन्म भूमि नेपाल शान्तिपूर्ण देश हो
दौरा सुरुवाल ढाका टोपी यो देशको भेष हो

कृषि प्रधान देश हाम्रो सुन्दर शान्त नेपाल
आफ्नै काम आफ्नै शान सुन्दर शान्त विशाल Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : घाम

~सौगात न्यौपाने~

उजेलीलाई साथै ल्यााउने
कति राम्रो घाम
घामसित शुरु हुन्छ
हाम्रो पनि काम

विद्यार्थीले पढ्ने लेख्ने Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : हे निरीह कलम, म के लेखुँ ?

~सरस्वती प्रसाद रिजाल~saraswati-prasad-rijal

हालको २१ औं शताब्दीको विश्वसम्म
युद्ध नै युद्ध ।
कोही विपन्न असाध्यै,
कोही धनाढ्य ।
दुःख पिर अभावले रोइरहेका,
सुख सुविधाले मात्तिएका
मानवहरु यो विश्वमा ।

मानव संरचनामा
भगवानको सृष्टिमा नै विभेद भएजस्तो, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साजिसे

~नविन कुमार~

साजीसहरु भुर्रर उडेर आए
फेरि पनि अपहरण दुई बालक
निख्रिएको वरदात उघाएर ल्याए
मायालाई कुल्ची दिए
दयालाई मारी दिए
परेवा त खोजी खोजी
रगतको भुटुनमा भुटे Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्रायश्चित

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

उसले आफ्नो बिगतमा गरेको पापकर्मको सजायं भोगी सकेको थियो | त्यसैले ऊ  अबको बाँकी जीवनलाई नयाँ तरिकाले जिउने विचारका साथ अघि बढिरहेको थियो | यही क्रममा ऊ यदाकदा सार्वजनिक कार्यक्रममा जान थालेको थियो |

आज पनि उसलाई एउटा प्रतिष्ठित कार्यकर्ममा जानु थियो | त्यस कार्यक्रममा देशका नाम चलेका गन्य मान्य बहुप्रतिष्ठित व्यक्तिहरु पनि सहभागी हुने निम्तो थियो |यसपल्ट उसले आफ्नी पत्नीलाई पनि लिएर जाने विचार गरयो | उसकी पत्नीपनि आफ्नो पतिले धेरै दिनपछि यति ठुलो कार्यक्रममा लैजान लागेको देखेर फुरुङ्ग भई  कपडा लगाउन गई | Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : युवा

~दैवज्ञराज न्यौपाने~daibgya-raj-neupane

युवा नजीक सृष्टिको म फक्रँदैछु पालुवा
थरी-थरी सुहाउने मभित्र छन् नयाँ कला
बसेर काख मातृको स्वदेश निम्ति मर्दिने
युवा म हूँ समाजको सहस्र शक्ति भर्दिने।

पहाड चढ्न टाकुरा मलाइ घच्घच्याउँछन्
सुवास छर्न फूलले मलाइ चम्चम्याउँछन्
बहेर भन्छ निर्झरी अगाडि पुग्न बढ्नु छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : यति धोको

~माधव घिमिरे~Madhav Ghimire

कस्तो हुन्थ्यो यो जुनीमा यति धोको पुगे
मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे

तोपचरीको गुँडै राम्रो पूर्वतिर दैलो
भाइको भने घरै छैन कहाँ खेलूँ भैलो
कस्तो हुन्थ्यो- एक घर सबैलाई पुगे
मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

बाल गीत : उस्तै रात दिन

~नीलम कार्की निहारिका~Neelam Karki Niharika

एकै हुन्छ मेरा लागि उस्तै रात दिन
संसार हेर्न पठायौ दैब दृिष्ट नदिई किन ?

हरियो छ भन्छन् धर्ती आकाश नीलो छ रे
लुक्दै छिप्दै डाँडाँबाट ,सूर्य उदाउँछ रे
हरियो र नीलो भन्ने, रंग कस्तो होला
आकाशले छोपी राख्या धर्ती कत्रो होला ? Continue reading

Posted in बाल गीत | Tagged | Leave a comment

कथा : घात

~अनिश भट्टराई~anish-bhattarai

मलाई झल्याँस्स उसको सम्झना आयो । ४ बजे भेट्ने भनेर हिजैमात्र बाचा गरेका थियौं । धरानबाट मेरो पुरानो स्प्लेन्डर मोटरसाइकल हुइँक्याउँदै तरहरा पुग्दा झन्डै २० मिनेट लागेछ । चोकमा पुगेर उसलाई फोन गरें । नजिकै एउटा सेकुवा पसलमा चुरोट खाँदै बसिरहेको रहेछ । मलाई ऊभन्दा पनि उसले भोगिरहेको नियतिप्रति चासो थियो । त्यसैले उसलाई कुरा गर्दागर्दै नियालेर हेरेँ । अघिल्लो पटक भेटेको भन्दा अनुहार अलि उज्यालो देखिएको थियो । अनुहारमा कसैले कोतरेको जस्तो देखिन्थ्यो । पहिलोचोटि पनि उसलाई भेट्दा मैले उसलाई सम्भवतः त्यही लुगामा देखेको हुनुपर्छ । अरु केही कुरा फरक देखिनँ ।

उसलाई मैले योभन्दा अगाडि हवाईजहाजमा भेटेको थिएँ । त्योभन्दा अगाडिचाहिँ मैले बुद्ध एयरको एयरपोर्ट Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुन्दर दमकको सानो परिचय

~एकराज तिम्सिना~

नगरपालिका दमक हाम्रो सुन्दर कति राम्रो
प्रत्येक वार्डमा पढ्ने स्कूल कति धेर हाम्रो ।।
नगर बीचमा पूर्व–पश्चिम राजमार्ग चल्छ ।
कुनाकाप्चा नगरभरी बिजुली बत्ती बल्छ ।।

केन्द्रबाट रकम निकाशा रवि सडकलाई दियो ।
यो सडकको ठेक्का पनि ठेक्केदारले लियो ।।
यातायातले पहाड सुगम भयो दमकतिर ।
ताजा ताजा फलफूल सब्जी आउँछ यतैतिर ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : आमा

~सृष्टि अधिकारी~

आमाको ममताको लेखा छैन
आमा भन्दा ठूलो इश्वर होइन

आमा हाँस्दा दिशा खुल्छ
हृदय भित्र ईश्वर डुल्छ Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

गजल : छलेको हैन

~राकेश कार्की~Rakesh Karki

साँच्चिकै हो मैले छलेको हैन
डुबेँ होला यादमा जलेको हैन

छातीमै छ तस्वीर पिउँदै नशामा
मातेँ होला बरु ढलेको हैन Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : हृदयलाई डाक्नु भुल थियो

~आशिष सुवेदी~

अश्रुधारा खोलीबन्दा हृदयलाई डाक्नु भुल थियो
उसलाई तानी जिन्दगीको कुनाभित्र जाक्नु भुल थियो ।

हुन्न भन्थेँ साँचो कहिलै ढुङ्गासँग पुकारेर
अटेर गरी उसैसँग सम्बन्ध त्यो भाक्नु भुल थियो । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रवृत्ति

~विकास थुलुङ्ग~

कला छ, गला छ हातमा फूलको माला छ ।
यही बाटो मन्त्री आउँछ भन्ने हल्ला छ ।
मनले मन समाल्या छ ।
भरे के बोल्ने भनि रट्या जस्तो जवाफ छ
अरु भन्दा कम छैनन् भनि सबैले भन्या छ
भिड लमतन्य छ
तर, भिडमा भिडै नदेखिने अडान लिया छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अब कसरी

~नरेन्द्र लावती~

लुट्नै लागेका छन्, यस्तै त्यो सामन्तीले ।
भ्रष्ट योगी चिन्तन भई यसै बाँच्नु कैले ।।
बिरामी भई लडे मत थिचे थिच्नु सबैले ।
अब कसरी पिउनै सक्तिन ओखती उढ्नु कैले ।।
तर ……. Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जुवा

~रुपेश राई~

छ–बाह्रभित्र
कुनी कस्तो मति आउँछ ।
एकदिन केटाहरुसँग, हजारे खेल्दै थिएँ ।
आमाको स्वाँटले अहिलेसम्म दोहो-याएको छुइनँ ।
‘तास, जुवा, मद, पान भुले हात लाउँलास्, लाखेस†’
गाउँलाई यो सजाइ हो । सभ्यताको कलङ्क ।
मान्छे हुनुको विडम्बना । इच्छा गर्नुको श्राप ।
यसैले गाउँ मौका हेरिबस्छ तृप्तिको । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राजनीति खेल भ्रष्टलाई जेल

~पुण्य प्रसाद भट्टराई~

जयप्रसाद गुप्ता तिमीले जनताको जय
गर्छौ भन्दै जनताले चुनाउवमा भोट लाए
जनताको जय होइन आफ्नै जय ग¥यौ
जनघाती भ्रष्टाचारी आम कमार छाड्यौ

भ्रष्टचारको छिनो फानो अदालतमा भएको Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मनमा लिई हाँस्दैछु म

~आचार्य प्रभा~acharya Prabha

दशैंको त्यो रमझमलाई मनमा लिई हाँस्दैछु म
परदेशमा भए पनि अतितको याद साँच्दैछु म ।

फुले होलान् सयपत्री आँगनमा मुस्काउँदै
यता भने काँडाघारी मनमा पाली बाँच्दैछु म । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : जून माग्छौ तिमी

~सुनिल दियाली~

औँशीको रात थियो जून माग्छौ तिमी
तिहुनमा नुन छैन सुन माग्छौ तिमी

मलाई छाडी पराई लाई ताक्छौ
बैगुनीको रुप देखाई गुन माग्छौ तिमी Continue reading

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : “लक्षित पाइलाहरु”को बसाई

~राजकुमार सुब्बा ‘अनिश्चित’~

सन् १९८६÷१२÷२८ गते सौरेनी सम्घिको भुटानमा जन्मिएका स्रष्टा हुन दिनेश चाम्लिङ्ग ‘अभिलाषी’ जिवनको सार खोज्नेलाई जब मनले चिताउँछ तब लक्षित र निश्चित ठाउँमा ती पाईलाहरु पुग्छन् । यसैको एउटा उदाहरणीय रुप हो चाम्लिङ्गको कृति “लक्षित पाईलाहरु” ! नेपाली साहित्य लेखनको क्षेत्रमा मुलत गजल लेखन र गजल कृतिहरु प्रकाशन हुने क्रमहरुको लहरमा पछिल्लो समयमा पाठकहरु माझ आईपुगेको अर्को कृति हो दिनेश चाम्लिङ्गको “लक्षित पाईलाहरु” आजको बसाई भरी यिनै स्रष्टा चाम्लिङ्गका कृतिसँगै पाठकहरुलाई पनि सँगै डोर् याउने प्रयत्न गर्दैछु ।

चाम्लिङ्गका “लक्षित पाईलाहरु”मा जम्मा ६ ओटा गजलहरु समाविष्ट छन् गजलहरु पढ्दा र हेर्दा लाग्छन् Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

दिपेन्द्र खड्काका तीन मुक्तकहरु

~दिपेन्द्र खड्का~Dipendra Khadka
 
१.
तिमी भन्थ्यौ मलाई सधै माया गर्छु भनेर
तिमीलाई पाउन सधै तिम्रो नजिक सर्छु भनेर
तर आज तिम्रो माया झुटो र खोटो रहेछ
किन ब्यर्थै नाटक गर्छौ तिमी बिना मर्छु भनेर

२.
म छु धेरै टाढा तिम्रो याद आउछ अचेल Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मलाइ बचाउ !

~बिक्रम ज्ञवाली~Bikram Gyawali

आफैलाई खोज्न हिडे धेरै धरै समय
तर थाहा पाए एक दिन ऐना अगाडि रहेछु
एक दिन जल्ने लाशको प्रतिनिदित्व गर्दै
बसिरहेको पो रहिछु
म मान्छे रे
एक दिन मर्न पर्ने रे
कस्तो हासो लाग्दो कुरा
एक दिन मर्नै परने रे Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश ICU मा

~आषिश श्रेष्ठ~Ashish Shrestha

चुरोट बिडी नपिउने देशलाई,
क्यान्सर पो लाग्या छ ।।
पुस्तौ-पुस्ता देखि लाग्या दम,
केही पर पो भाग्या छ ।।

पटक पटक ICU मा
राखी सकियो देशलाई ।।
साम-दाम सबै डाक्टर र बैधहरुलाई,
दण्ड सदा झै निमुखा जनतालाई ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : साहित्यमा पनि क्रमभङ्गता !

~नरेश शाक्य~Naresh Shakya

क्रमभङ्ग गरौँ । कछुवाको जस्तो सुस्त चालले होइन कि उफ्राइ उफ्रौँ भ्यागुताको जस्तो । छलाङ्ग मारौँ । वर्तमान नेपालको राजनीतिक वृत्तमा थोरै हदसम्म मात्र भए पनि नेपाली साहित्यमा पनि यसको बहस, छलफल वा वाद विवाद चाल्नु आवश्यक भएको ठान्दछु । नेपाली साहित्यमा क्रमभङ्ग गर्ने क्रम नचलेको होइन, नेपाली भाषमा साहित्यको सिर्जना गरेर भानुभक्तले प्रथम चरणको क्रमभङ्ग गरे । संस्कृतको अब छिन्न जगजगी र दवदाव भएको उत्निखेर नेपाली भाषामा साहित्यको सिर्जना गर्नु कम महत्वको र दुष्कर कार्य थिएन नबनेको,कसैले नखनेको बाटो हिँडनु । परम्परागत लेखन क्षेत्रलाई यो एउटा धक्का थियो । जवर्दस्त धक्का । अवश्य खनिए होलान् भानुभक्तमाथि पुरातनवादी लेखक कविहरू । देवभाषाको अवहेलना गरे भनेर । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : काबुलको कात्रो

~सोफिया मायालु~Sophiya Mayalu

साईलीको साईला, लाहुरजाने भन्छ
सनुसको सम्पत्ति, खनखन्ति गन्छ
घरखेत साहुलाई, धितो राखी भन्छ
साईलिलाई बाला, लगाईदिन मन छ

खोलावारि साईला, साईलीं बसिन पुलमा
बिदा भई घर, पुग्यो साईला काबुलमा
अनगिन्ती सपना, बगाई पसिना
हरायो साईलो आज, शहरको हुलमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : घटना

~अर्जुन खनाल~

म चौराहादेखी घर तर्फ जानको लागी माइक्रो चढे ।माईक्रो अलि भिड थियो, चढ्न कति हम्मे हम्मे परेको थियो तैपनि चढि हाले । खलासी कानैमा आएर चिच्याउदै थियो अलि पछाडी जानु भन्दै मैले फ्याटै भने दाजु यस्तो खाली माइक्रो छ पछाडी जाँदा त डर लाग्छ निच्च पहेला दाँत देखाउदै भन्यो लास्टै साईड त नहान्नु के गर्नु पेट पाल्नै प¥यो जसो तसो गरी ।

हल्का भिड छिचोलेर पछाडी गए एकजना झर्दै रैछन क्यार उनकै सिटमा थुचुक्क वसिहाले । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment