कविता : आत्माघोषणा

~बिमल गुरुङ~bimal-gurung

अब म घोर तपस्या गर्छु
म सोच्न थाल्नेछु
कि
मैले धेरै-धेरै महिनाहरु
शुन्यमा बिताएँछु
म सोच्न थालेको छु
चल्न सक्दैन यसरी काम
अब म घोर तपस्या गर्छु
अब मेरो तपस्यालाई
कुनै सुन्दरी मेनकाको उत्तेजक
हाउभाउले भङ्ग गर्न सक्दैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सुन कमाउने धुन

~हरिकला उप्रेती~harikala-upreti

सानी छँदा सिँगारिन सरम लाग्यो । “जब भयो राती अनि बुढी ताती” भनेझैँ अहिले आएर अचम्मसँग सिँगारिने रहर जाग्यो । मान्छे नै भएर जन्मेपछि कुनै न कुनै कुराले त सिँगारिनै प¥यो । विचार गरेँ, मान्छे कि त गुनले सिँगारिन्छ कि त सुनले । गुनले सिँगारिन बुद्धि चाहियो । बुद्धिको बिर्को बन्द भएका बेकम्माले गुनले सिँगारिने कुरै आएन । त्यसैले सम्झेँ यो गुनले सिँगारिनुभन्दा त सुनले सिँगारिनु सयगुना सजिलो ।

“जति राम्रो, त्यो त्यति चाम्रो” भएझैँ सुन जाडोको ऊनजस्तो जताततै पाइने सस्तो हुँदैन । फेरि महँगीले नुन किन्न कठिन प¥या बेला, सुन सुन्दै डर लाग्ने कुरा कसरी किन्ने ? हुन त गुन कमाउनभन्दा सुन कमाउन पक्कै सजिलो छ । त्यसैले संसारमा गुन भएका मान्छेहरूभन्दा सुन भएका मान्छेहरू धेरै छन् । सुनै सुनले सिँगारिने Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल कविता : हाम्री छोरी

~दिव्या बज्राचार्य~Divya Bajracharya

नीलो ज्याकेटमा सजिएकी छोरी
रातो रीवन बाटीएकी छोरी
आँखामा गाजल लेपिएकी छोरी
ओठ फुटेपनि त्यत्तिकै राम्री छोरी

सेतो फ्रक औधी सुहाएकी
कालो जुत्ता टल्केको लगाएकी
भर्खर नाक आफै धोएकी
स्कूल जान्छु भनी चाँडै टम्सेकी Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : पल्लोघरमा जन्मदिन

~रमा अधिकारी ‘कादम्बरी’~

“काकी, के गर्नुभा’को ?”

“काकी, तपाई कति काम गर्नुहुन्छ है ?”

“काकी, म पनि सघाऊँ तपाईंलाई”

“काकी, आज स्कुलमा मैले हजुरजस्तै अर्को काकी देखेको नि !”

“काकी, के गर्नुभा’को ?” Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : कुन्दिनी

~लक्ष्मण घमाल~laxman-ghamal

पिता जयश्वर र माता फुलमतिको सहवासबाट पाँचौ सन्तानको रुपमा जन्म लिएकी कुन्दिनीमाथि चार दिदी र मुनि एउटा भाइ छ । कुन्दिनी तीन वर्षकी लाग्दा उसकी आमाको कोखबाट उसको भाइको जन्म भएको थियो । चार दिदीले भोग्नु परेको दुख उसले भोगिन कारण भाइ जन्मिएको श्रेय उसको भाग्यलाई गएको छ । आमा फुलमति पनि छोरो जन्मिएपछि सुख पाएकी छिन् । चार दिदीको विवाह भैसकेको छ । जेठी र माइलीलाई चोरेर लगेका रे, साइली र काइलीलाई पिता जयश्वरले नै पराईको हातमा थमाइदिए । भाइ जन्मिएपछिको दश वर्ष भाइसँगै रमाउँदै बिताएकी कुन्दिनीलाई वरिपरिका छिमेकीले भन्छन् – निकै भाग्यमानी रैछे यो कुन्दिनी । भाइले पाउने माया यसले पनि पाएकी छे ।

भर्खर तेह्र वर्षमा लागेकी कुन्दिनीलाई पहिलो रजस्वला हुन्छ । उसले देखेकी छे – रजस्वला भएपछि उसका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : खरायोको खेल

~गंगा पौडेल~Ganga Paudyal

रानीवनमा थुप्रै खरायोहरु बस्थे । तिनीहरु जहाँ जाँदा पनि समूह बनाएर हिंड्ने गर्थे । त्यो समूहमा सेतु नाम गरेको खरायो अरु सबैभन्दा चलाख र बुद्धीमान थियो उसले जङ्गलमा चाहार्दा कतैबाट खतरा हुने देखेमा तुरुन्तै आफ्नो समूहलाई खबर गरि हाल्थ्यो ।

एकदिन एउटा स्यालले सेतुलाई देखेर भन्यो “ए फुच्चे ! तँ के गर्दैछस् । यो जङ्गल मेरो हो भन्ने तँलाई थाहा छैन।

खरायोलाई फुच्चे भनेको पटक्कै मन परेन । तैपनि नबोली कुटु कुटु दुबो चपाई रहयो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : दिल जल्ने देखोस् संसार

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

आफ्नै जस्तो अरुको नि, दिल जल्ने देखोस् संसार
बाँच्नु पर्ने विवशतामा, दिन ढल्ने देखोस् संसार
**
दु:खको धन आफ्नै मात्रै, अरु सित्तै ठान्छन् यहाँ
पसिनाको पोखरी बीच, सुख फल्ने देखोस् संसार Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मनाेवाद : सपनाको न्यायाधीश

~महेन्द्र पौडेल ~Mahendra Paudel-1

बुबाले मुक्तिनाथ दर्शन गर्न जाँदा कालीगण्डकी तीरमा एउटा शिला भेटेर ल्याउनु भएछ । त्यो सुदर्शन चक्र जस्तो देखिएको कालो शिला थियो । सुदर्शन चक्रका आधारमा आस्था जगाउँदै विष्णु भगवानको साक्षात रुप मानेर उहाँले मलाई भन्नुभयो– ‘बाबु यसलाई जतन गरेर राखेस्, दुःख पर्दा पूजा गरेस्, नभए पूजा गर्ने बेला सम्झिएस् ।’ वहाँले यसो भनेर दिनुभएको शिलालाई मैले लामो समयसम्म पूजागर्दै आइरहेँ र सम्झी पनि रहेँ । मैले आस्था राख्ने तथा माथा टेक्ने एउटा माध्यम र बुबाको चिनो अर्को माध्यम त्यही शिला थियो । Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कविता : भुसको आगो

~अतित मुखिया~Atit Mukhiya

आत्मिय मित्र,
तिमीमा भुसको आगो
भित्र भित्रै सल्किएछ
मैले तिम्रो ब्यवहारमा
धुवाँ उठेको यादै गरिन ।

अरुसामु तिम्रै बखानगर्दै निस्फिक्री
तिम्रै प्रगतिमा रमईरहे म
तिम्रो सफलतामा आनन्दित भैरहे म
तर त्यो आनन्दमा उल्टै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

आचार्य प्रभाका बाह्र हाइकुहरु

~आचार्य प्रभा~acharya Prabha

मनमा रोपेँ
मेहेनतले माया
ढुङ्गा फलेछ ।

ऊ बर्षियो र
आवेशमा म पनि
निथ्रुक्क भिजेँ । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : तर स्वाभिमान ब्युँझेर आँधी उठ्न सकेन

~बासु शर्मा~Basu Sharma

माटोको सुगन्धमा
हरेक बिहान ब्युँझने मेरो देश
अचेल माटो दुखेको पीडाले
छट्पटाइरहेको देख्छु
चेतनाका ब्यापारीहरुको बिगबिगी बढेर
सगरमाथा पुड्किन थालेको देख्छु
तर स्वाभिमान ब्युँझेर आँधी उठ्न सकेन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मेरो ट्युब !!

~पौल भाट~Paul Bhat

भाट जी , भाट जी … हाम्रो ढोकामा बिहानै साउती मारे जस्तो गरि .. एक जना करायो !!

को भण्डारी चौकीदार ??

हजुर … मुनुवा ठाडा मा … बर्दिया का हुने लठा काट्न लाग्या छन् …. १५ -२० जना थिए !

काटेर गेल ठिक्क पार्या छन् !! Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सिमानाको सास्ती

~टंक वनेम~Tanka Wanem

जिम्मेवारीको आरानमा बसेर
शक्तिको धारमा धार नअर्जापे पछि
बाँधले पानी बाँधेको बाँध्यै छ
पानी उधोँबाट उभोँ बगेको बग्यै छ
राप्तिको जलकुण्डमा
निराशाको कमल फुलेको फुल्यै छ
कोसीले धार फेरेको फे-यै छ
लक्ष्मण बाँधको पर्खालले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पूर्वसन्ध्या

~अभय श्रेष्ठ~chanki shrestha - abhaya

खच्चरको पिठ्युँझैँ
दुःख बोक्नलाई मात्र थिएन मेरो जीवन ।

दुःखको बेहिसाब भारी बोकेर
हृदयको रगत कटकटिँदा
जब जब सुस्ताउन उभिन्थेँ
खच्चरलाई झैँ निर्दयतापूर्वक हिर्काइन्थ्यो मेरो पिठ्युँमा ।

मेरो विशाल र लाटो हृदयमा
हरेक कारबाहीपछि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : यादमा भुलेर

~सुनिता सापकोटा~Sunita Sapkota

गरेर प्रेमको उदय यादमा भुलेर
बिताउदै छु समय यादमा भुलेर

आफ्नो अवस्था थाहा पाउन गाह्रो
हुन थाल्यो महासय यादमा भुलेर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : गुमनाम आप्रवासी

~लेखनाथ काफ्ले~Lekhnath Kafle

टोक्यो, जापान

आगत खाटमा पल्टेर बाहिर हेरिराखेको छ, सानो झ्यालबाट। त्यो कोठाको झ्याल भन्नु नै त्यही एउटा सानो प्वाल हो, सालाखाला २ फीट चौडाई र ३ फीट लम्बाइको। खै के जस्तो डिजाइन हो, बाहिरबाट जाली लगाएको छ, दुइवटा शिसाका खापा दुई मध्य एउटा खुल्छ, अर्को स्थिर छ। किन स्थिर छ कुन्नि, बनाएकै त्यस्तै हो कि। थाहा छैन, त्यो पत्तो गर्ने चासो नि छैन। आज यो झ्याल नेर बस्ने मौका मिलेर मात्रै, नत्र झ्यालका खापा हेर्ने फुर्सद कहाँ हुने हो र उसलाई।

“कस्तो सिरेटो चलेको हो आज” आगतले मनमनै सोच्यो। एक जोड्दार सिरेटोकोको हप्को फेरि पस्यो खापाबाट। यो हिउदको बेला हो। त्यसैले बाहिर चिसो पनि त्यत्तिकै छ। होला ११ डिग्री जती तर मनमा भने छटपटी छ। के को हो के को यो छटपटी, यसले साह्रै अस्थिर बनाउछ उसलाई। आज उसलाई त्यो सिरेटो पनि कस्तो आफ्नै लागेको हो कुन्नी, एउटा भित्री गन्जी लगाएर झ्याल अगाडि बाहिर हेरेर बसेको छ। सिरेटोलाई छुन, अनुभव गर्न। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : साहित्य

~मुक्तिनाथ शर्मा~Muktinath Sharma

पाकेका स्याउका दानाभित्रको रसमाधुरी
काफल् ऐंसेलु सुन्तला आँप अम्बा भरी भरी
जस्तो पाइन्छ सुस्वाद खाँदा आनन्द आउँछ
साहित्य रस हो त्यस्तै स्वादिलोपन ल्याउँछ ।।

के गर्न हुन्छ के गर्न हुँदैन जो बताउँछ
क्रोधको बेग जो रोक्छ सभ्य शान्त बनाउँछ
शान्ति क्रान्ति यही बोल्छ बेला मौका उदाउँछ
साहित्य जीवनीभित्र स्वादिलो पन ल्याउँछ ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

लघुकथा : रोजगार

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

अहिलेका युवालाई वैदेशिक रोजगारले खूब तानेको छ । उनीहरू ठूलै सपना बोकेर खाडी मुलुक जान्छन् ।

नरे पनि यस्तै सपना बोकेर साउदी अरब गयो । दस वर्ष त्यहाँ बस्दा पनि उसले केही कमाएन । त्यहाँ उसले कुकुरले नपाएको दुःख पायो र रित्तो हात गाउँ फक्र्यो । गाउँमा उसको साथी श्याम बङ्गुर पालन गरेर करोडौँको मालिक बनेको थियो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य कथा : सरकारी जागिर

~चिरञ्जीवी ढकाल~chiranjibi-dhakal

५ वर्षमा २५ चाेटी लाेकसेवा/ निगम/ बैँक/संस्थान अादिकाे परीक्षा दिइयाे, कहिल्यै पास भइएन ।

मैले सरकारी जागिर खाने अाश मारेकाे थिएँ, २६ अाैँ पटकमा कताबाट फ्याट्ट न्याय सेवा काे  डिठ्ठामा लिखितमा नाम निस्केछ ।

अागनका डिलाँ गएर सात फन्काे नाचेँ ।

अन्तर्वार्ताकाे दिन पाेखरा, लाेकसेवाकाे कार्यालय गएँ । Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : प्रिय मार्क्स

~राजव~Janardan Pudasaini

प्रिय मार्क्स
तिम्रा तस्वीरहरुलाई अहिले
गधा र बाँदरहरुले घेरिरहेछन्
मैले तिम्रो तस्वीरमा
माल्यार्पण गर्न सकिन

गधा र बाँदरहरुको घेराबाट बाहिर
अलि टाढा उभिएर
प्रिय मार्क्स
म तिम्रो
संकटग्रस्त तस्विर टोलाइरहेछु Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘माधवी’को महिमा

~कनकमणि दीक्षित~book-cover-madhavi-madanmani-dixit

यस स्तम्भमा हामीले यसअघि दुइटा उपन्यासको चर्चा गरिसकेका छौं– रुद्रराज पाण्डेको ‘रूपमती’ र गिरीशवल्लभ जोशीको ‘वीरचरित्र’ को। आज अर्को उपन्यास अगाडि सरेको छ, मदनमणि दीक्षितको प्राग्–इतिहासकालीन ‘माधवी’। ‘माधवी’ पौराणिक कथा हो। त्यस हिसाबले यो हामीहरूका लागि नौलो पुस्तक होइन। चिरञ्जीवी पौड्यालको भागवत, (‘सुखार्णव’) लाई नगन्दा पनि विष्णुचरण श्रेष्ठ या शिवप्रताप थापाका पौराणिक आख्यान उपाख्यानहरू हामीले पाएकै हौं। पछि विनोदप्रसाद धितालको ‘योजनगन्धा’ ले त मदन पुरस्कार पनि पाएको हो। त्यस हिसाबले विचार गर्दा यहाँ ‘माधवी’ नै किन छानियो भन्ने खुलासा दिनुपर्छ मैले पैले। मेरो हिसाबले नेपाली उपन्यासको फाँटमा ‘माधवी’ एउटा कोसेढुङ्गा हो र हाम्रो ‘पुस्तक सम्पदा’ को एउटा रत्न पनि।भनूँ भने, ‘माधवी’ ले उपन्यास कसरी लेख्नुपर्छ, लेख्नुअघि विषयवस्तुमा कति शोध–खोज गर्नुपर्छ भनेर देखाइदिएको छ केही नभनेरै पनि। मदनमणिजीको विद्यार्थी जीवनका अमूल्य तीस वर्ष मात्र होइन, त्यसपछिका अरू तीस Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : निराशा

~पुष्पा खनाल~Pushpa Khanal

पैसाको बजारमा रहर बिक्ने ठाउँ हो यो, मेरा मूल्यहीन रहरहरूको पसल म किन थापुँ ? अब म चाहन्न दानस्वरुप प्राप्त भिक्षा थापेर बाँच्न । किनकि जिन्दगीका हर भोगाइहरूले बाँच्नुका सार्थकता बिसाइदिएको छ । अब मेरो जिन्दगी उजाड भैसकेको छ; डढेलो लागेको वनझैं जहाँ वर्षौंसम्म पनि हरियालीको आशा गर्न सकिंदैन । मैले मेरा कैयौं उर्वर वशन्तहरू तिमीलाई सम्झेर बिताएँ, तिम्रो लागि बिताएँ, तिमीलाई असाध्यै माया गरेर बिताएँ । सायद यही नै ठूलो भूल गरें मैले । तर एउटा कुरा थाहा पाएँ, लोग्नेमान्छेलाई माया गरेर कहिल्यै पनि आफ्नो बनाउन सकिंदो रहेनछ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

सुनुवार भाषी कविता : कोश्य

~सुर्य प्रकाश सुनुवार चेरेहामसो~

अ्वाकले लङगा ग्लुङानु
आाकालि मातुइथुन मुरकाःम ग्याइताअ्यि,
आँकालि ग्याइशा लाइशा
खोइल रोपशा पोँपिल पाइताअ्यि,
मेकले अ्वालैपा कुरशा लाइति ।

गो सापपान गाइताअ्यि,
आ खिँऽ चादिशशा आँकालि
खापाम लेक रापताअ्यि, Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गीत : माया भन्दै धड्किने दिल

~शेर्पीनी कान्छी ‘निम’~Sherpini Kanchi 'Neem Sherpa'

माया भन्दै धडकीने दिल दुखीरहने ठाउ भयो
तिम्लाइ माया गर्नाले नै मुटु भित्र घाउ भयो।।

क्षितिज पारि टोलाईरहेँ रात हुदै गयो
चोखो माया फूल्ने बागमा घात हुदै गयो
बादलको घुम्टो भीत्र पृयसीको गाऊँ भयो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रातो अक्षता

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

यसपालि पनि मान्छेको
रगतमा मुछेर लगाउने हो कि क्या हो
दशैंको रातो अक्षता?

कस्तो नन्सेन्स प्रश्न!
देशमा जुठो परेको बेला
टीको लाउनेलगाउनेहरु
काजकिरिया बसेको बेला
रातो अक्षता सजाउने
भाग्यमानी निधार खोइ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : प्रज्ञाप्रतिष्ठानका केही अनुभूति

~कृष्णप्रसाद पराजुली~Krishna Pd Parajuli

म प्रज्ञाप्रतिष्ठानमा पुग्दा बालचन्द्र शर्मा त छँदै थिए, सोमनाथ र लेखनाथ, बालकृष्ण सम र सिद्धिचरण, भवानी भिक्षु र माधव घिमिरेजस्ता दिग्गज स्रष्टा थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटा बितिसके पनि पछि सूर्यविक्रम ज्ञवाली र लैनसिंह बाङ्देलको समुपस्थिति रहृयो । यी कतिपय स्रष्टा व्यक्तित्वसँग मेरो सम्बन्ध पारिवारिक जस्तै भयो ।

बालचन्द्र शर्मा ज्ञानका सागर जस्तै लाग्थे । सम्झनाका क्षितिजमा (२०५९) मा मैले लेखिसकेको छु- “अग्लो शरीर, गम्भीर स्वभाव, गहिरो अध्ययन, गुलाफी कुराकानी, निरन्तर साधना र उत्साह दिइरहने बानी बालचन्द्रका प्रमुख विशेषता थिए ।” हुन पनि बालचन्द्र शर्मा ज्ञानका भण्डारजस्तै लाग्थे । अलिअलि लहडी पनि Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : स्तब्ध आशक्ती

~आचार्य प्रभा~acharya Prabha

शालिन् त्यो मुहार अनि भद्रपनको आशक्तिमा
म यसै हराएछु कि ……..,
आजकल म आफैभित्र आफैलाई
पाउन असमर्थ छु ,
हो त्यो मुहार निश्छल छ,गम्भिर छ,भावुक छ
ऊ पनि कता कता हराए झैं छ
शायद……. हामीबिच
अल्पपरिचिताको तगारो भएर होला/ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : अब त यो जिन्दगानी

~सिमूल~

अब त यो जिन्दगानी रोई रोई बित्ने भो
कसरी म बाँच्ने होला आफ्नै माया बिझ्ने भो

सडक गल्ली बिरानो भो तिमीसँग एक्लेपछि
ढुकढुकी नै निस्सासियो तिम्रो साथ छुटेपछि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बहरबद्ध गजल : सम्बाद उतै भो

~दिवाकर स्वप्नील~Diwakar Swapneel

छ आखा यता फेरि सम्बाद उतै भो ।
भजी देव ऐश्वर्य सौगात उतै भो ।

जगाएर आशा उठाएर चाहा
म सोच्थे चुमौला दुवैहात उतै भो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : विवेकशील बीपीको सम्झना

~डा बमबहादुर थापा ‘जिताली’~dr-bam-bahadur-thapa-jitali

साहित्य र समाजवादी विचारको मर्म
सय वर्ष बाँचेका छन् तिम्रा दुवै कर्म
आज तिम्रो सम्झनामा बत्ती बालिदिन्छु
विसङ्गति, विकृतिको हात्ती फालिदिन्छु ।

विवेकी ती विचार छन् आजभोलि लुला
आफैं मात्र धनी बन्ने नेता भए ठूला
दुवै हातमा लड्डु दिने विचार तिम्रो थियो
समाजवादी प्रजातन्त्र आज किन खियो ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : नयाँ नयाँ घामको किरण

~नरदेन रुम्वा~Norden Rumba_1

नयाँ नयाँ घामको किरण नयाँ नयाँ पात यो
नयाँ अब जिन्दगीको मिठो सुरुवात यो

बुटा बुटा चिया बारी आङ्गन यो अजम्बरी
फुलेका ति पसिना मोती दाना वरी परी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आबेग

~सोम खनाल~som-khanal

गजल, गीत, कबिता केही लेख्दिन
आज यौटा अठोट लेख्छु
लेख्दिन दया\अभिलाषाका याचनाहरू
आज बिपद र क्रोध लेख्छु ।

हेर्दिन बगैचामा फूलहरू
छुदिन घण्ट र त्रीशूलहरू
सुन्दिन कुनै आग्याहरू
तोडिदिन्छु सबै प्रतिग्याहरू । Continue reading →

Posted in कविता | Tagged | Leave a comment