शनिबार दिउसो तीन बजे काम सकिनु पर्ने । सवा तीन बजिसकेको म अझै काममै छु । काम छ नौ तला माथि । लिफ्ट पर्खदा अरु बढी समय लाग्यो । क्लक रुममा पुग्दा हात गोजीमा अनायस पस्यो । ला…गोजीमा भएको लकरको चाबी त छैन ! भएन त फसाद !
कसरी घर जाने, बस पास, लुगा, जुत्ता, ज्याकेट सबै लकर भित्रै छ । हिँडेर जाने भए पनि घर त पुगिन्छ, तर आजको मौसम खराब छ नि । यदि हिँड्दै जाने हो भने पनि बाटैमा पानी परेर बिजोक होला । आदि इत्यादि कुरा क्षण भरमा आएर मनमा फन फन घुम्न थाले ।
बिहानै काम नथाल्दैको कुरा झट्ट याद भयो । लकरको चाबी ढोकाको सेक्यूरीटी कार्डसँगै डोरीमा थियो । डोरी Continue reading →