रुबाई : बन्न सक्दिन म

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

भनेकै हुँ तिम्लाई आखिर,माया बन्न सक्दिन म
सँधै भरि साथमा हिँड्ने, छाँया बन्न सक्दिन म

मेरो पनि बाध्यता छ , किन अबुझ बन्छौ तिमी ? Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment

गजल : दिलमा बिषादि भरेकोछ

~तिलक अनुरागी~Tilak Anuragi

कसम तिम्रो दिलमा बिषादि भरेकोछ
कोमल मुटुको पथमा काँडा छरेकोछ!

पलमै बसमा पार्यौ पलमै डसेर मार्यौ
भन अपराध त्यस्तो मैले के गरेकोछ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : पत्थर बनि गई बिर्सिएर

~उद्धब ओझा~Uddhab Ojha

मन कठोर पारी पत्थर बनि गई बिर्सिएर
जुनीभरी साथ् दिउला भानि गई बिर्सिएर

जिउला तिमी संगै बरु मर्नु परे मरिदिउला
भन्नेलेनै कसम तोडी अनि गई बिर्सिएर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : धुजाधुजा फाटिदिएँ

~नगेन्द्र ईङ्नाम “आठराईली”~Nagendra Ingnam 'Athraili'

पीरति त नशा भन्थे यै नशामा लठ्ठै मातिदिएँ
तिम्रो प्रेमको नशासँग मैले जीऊज्यानै साटिदिएँ

पीरतिको नाममा तिमीबाट जब मैले धोखा पाएँ
मनलाई सिउने ठाउँ नै रहेन धुजाधुजा फाटिदिएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : जीवन हो कि सुरुङ

~तिपाहाङ्ग फियाक~Teepahang Fiyak

‘सर आज पढाइ भएन नि? किन?’

‘कस्ले भन्यो? म क्लास सकाएर आउँदैछु।’

‘अनि म पनि त क्लासमानै एक घण्टा एक्लै बसेर फिरेको?’

‘आज देखि विद्यार्थी धेरै भएर अर्कै कोठामा पढाउन थालेको हो। शुरुमा त सबैलाई सदाकै कोठामा पढाउन खोज्या आँटेन। अनि ठाउँ सारेको। आफू ढिलो आउने?’

हिजो १० मिनेट छिटो आएको थिए। कोहि आएनन्। टिचर पनि – उनिहरुको विदा थियो रे। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म कठोर कवि

~आभास~Aavaas - Achyut Prasad Phuyal

मन धराप भएपछि
यसमा केही अट्दैन
तिमी प्रेमको प्रश्न गर्छौ ?
यहाँ त घृणा पनि अट्दैन
म
त्यही धराप मन बोकेर हिँडेको
एउटा भरिया
म एक्काइसौँ शताब्दीको द्वारमा उभिएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिजीबिषाको लडाइँ

~आचार्य प्रभा~acharya Prabha

ढुङ्गाको मन बोकेर पर्देशिएका हामी
बाध्यताको बन्धनले बाँधिएका छौं ,
भन्छन,
भन्नेहरु सजिलैसँग देशलाई भुल्यौ
पैसाको मोहमा फँस्यौ
त र….. त्यसो हैन,
केवल जिजीबिषाको लडाइँ लड्न मात्र
हामी पर्देशिएका छौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार

~नारायण गडतौला~

१. समालोचनाको स्वरूप
‘समालोचना’ शब्द प्रायः ज्ञान विज्ञानका सबै क्षेत्रमा प्रयोग हुने भए पनि यहाँ साहित्यिक समालोचनाका अर्थमा मात्र सीमित गरिएको छ । साहित्य र समालोचना दुवैको साइनो ज्यादै निकट रहेको छ । माली र फुलबारी जस्तो समालोचना र साहित्य आपसमा अन्योन्य भएर सहभागी भएका छन् । समालोचना बिना साहित्यको आस्वाद्य रूप बोध हुन सक्तैन भने साहित्य त समालोचनाको उद्गम स्रोत नै हो । त्यसैले क्यानाडाली समालोचक नथर््रप पर्|mइले समालोचना र साहित्यलाई भौतिक शास्त्र र प्रकृतिसँग तुलना गरेका छन् । उनका अनुसार भौतिक शास्त्रको अध्ययन गर्ने विद्यार्थीले प्रकृतिको अध्ययन गर्दछ तर ऊ आफूलाई प्रकृतिको विद्यार्थी नभनेर भौतिक शास्त्रको विद्यार्थी भन्दछ । फ्राईका अनुसार साहित्यको भौतिक शास्त्रको नै विद्यार्थी Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

Translated Poem : Remembrance

~Suraj Rana~Suraj Rana
Trans : Mandira Sapkota

Neither you wanted to be missed
Nor I promised not to forget you
For no reasons
With no conditions
I’m habitual to miss you every moment

Each time I try
Not to remember you
Exactly than
Every single things of the world
Stand against me Read More

Posted in Translated Poem | Tagged , | Leave a comment

गजल : अपुङ्गे उहीं खाए भन्छन्

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

गाउँमा बाँड्ने राहत सबै, अपुङ्गे उहीं खाए भन्छन्
नाङ्गा आङ् सब ढाक्छौं भन्थे, आफ्नै घर पो छाए भन्छन्
**
प्रतिक्षाको बाली बुढ्यो, सुदामा छन् जनता यहाँ
निस्वार्थ गाँस लिन गा’को, धनकै गीत वहाँ गाए भन्छन् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : निन्द्रा लाग्दैन

~मनोज न्यौपाने~manoj-neupane

साहूको रिन सम्झन्छु, निन्द्रा लाग्दैन
बन्धकी जमिन सम्झन्छु, निन्द्रा लाग्दैन

मेरै घरमा हो धमिरा लागेको
जग र दलिन सम्झन्छु, निन्द्रा लाग्दैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : हेल्चेक्रयाइँ

~ईशा शाह~isha-shah

‘मुग्धा ! किचनबाट फर्किदा तातो पानी लिएर आऊ है ।’ आयुषले भन्यो ।

‘किन चाहियो हजुरलाई तातो पानी ? अघिपछि रुघाखोकी लाग्दा तातो पानी पिउनुभन्दा स्वाद हुन्न भन्ने मान्छे हजुर, आज किन तातो पानी ल्याउन भन्दै हुनुहुन्छ हजुर ? कि अर्कै सुरसार छ ?’

‘कति खोजीनीति पर्छ हगी तिमीलाई ? ल्याऊ भनेपछि सानो थर्मसमा एक थर्मस तातोपानी ल्याऊ न, कति दिनदेखि खोकेको देखेर पनि … !’

‘भन्दा नमान्नेलाई कति भन्नु ?’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : श्यामश्वेत जीवनका कथा

~जीवा लामिछाने~book-cover-seto-dharti

पानीका घाम उपन्यासका लागि २०६६ सालको पद्मश्री साहित्य सम्मान विजेता अमर न्यौपाने नेपाली आख्यानमा निकै ठूलो सम्भावना बोकेका प्रतिभा हुन्। दोस्रो उपन्यास सेतो धरती मार्फत उनी अझ् ठूलो आत्मविश्वासका साथ फेरि प्रकट भएका छन्। मरुभूमि जस्तो निरस तथा अनुत्पादक बिम्व बोकेको सेतो धरती शैली, दर्शन, प्रस्तुति तथा विषयवस्तुको दृष्टिले अब्बल दर्जाको कृति बनेको छ। महाभूकम्प आएको वि.सं. १९९० मा कास्कीको सेरोफेरोमा जन्मिएकी ताराको २०६८ सालसम्मको जीवनवृत्तलाई भित्री तहदेखि खोतलिएको छ, सेतो धरती मा। सात वर्षमा बिहे र ९ वर्षकै उमेरमा विधवा भएकी ताराको बालमनोविज्ञान र यौवनावस्थाको अनुभूतिदेखि अस्ताचलसम्मको विशिष्ट अन्वेषणले विशेष बनाएको छ, उपन्यासलाई। Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : विष्णुमतीका किनारामा

~बाबुराम लामिछाने~baburam-lamichhane

कति वर्षदेखि एउटै टोलमा बस्दै आए पनि ती र म नदी वारिपारिका बासिन्दाजस्तै थियौँ भन्दा पनि हुन्थ्यो । कतैतिर भेट हुँदा एकले अर्कालाई पुलुक्क हेरेर एक धर्सो मुस्कान खेलाउँदै दुगुर्नु नै पर्याप्त हो जस्तो हामी जिइरहेका थियौँ । बितेर गएका सयौँ-हजारौँ दिन असमर्थ भइरहेका थिए हाम्रो धूमिल आकाशमा सूर्यको उज्यालो छिराउन र एउटा आत्मीय संवादमा हामीलाई अभिमुख, उत्सुक गराउन तर आज कुन साहसले हो कुन्नि तिनले मलाई लक्ष्य गर्दै भने- ‘आउनुहोस्, सँगै बसेर चियासिया खाऊँ ।’

प्रातःकालीन भ्रमणबाट सडकको ओल्लोपल्लो किनारामा एकखालको दूरी समातेर र्फकंदै गर्दा तिनको त्यो आवाजले मेरो ध्यान खिचियो । हो कि होइन जस्तो तिनलाई मैले पुलुक्क हेरेँ र आफ्ना पाइला गह्रुँगो गरी तिनीतिर उचाल्दै आफैसँग साउती गर्न थालेँ- ‘यी मान्छेलाई आज के भयो ? कसरी देखे यिनका आँखाले मलाई’ जेहोस् । ती र म नजिकैको रेस्टुराँमा छिरेर प्लास्टिकका कुर्सीमा मुखामुखजस्तो बस्यौँ । हामीबीच सेतो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बहरबद्ध गजल : बिरामी हो विवेकताको।

~दिवाकर स्वप्नील~Diwakar Swapneel

रुपैले मान खोज्ने ऊ , बिरामी हो विवेकताको।
घरैमा शान खोज्ने ऊ , बिरामी हो विवेकताको।

भरौटे ती बिचाराले, सुनाए रे उही नारा..
उसैको गान खोज्ने ऊ , बिरामी हो विवेकताको। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : रित्ताघरहरु

~लोक राज भट्ट~Lok Raj Bhatta

मन्दिरमा फहराउन त फहाउदैछन धोजा र पताकाहरु
अनी
कहिलेकाही आगन्तुकले झै
कसैले बजाइदिन्छ घाँट र घुमुराहरु
तर
भडारहरुमा राखेका
दाइना र दुमाउहरु
मुसाले चोट्याइ सक्यो
ईतिहाँसलाइ चिथोरे झै गरी
धेरै घरका मानेझ्यालहरुबाट धुवा आउन झोडेपछी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मावाखोलाको मन

~प्रथा~Pratha

वैँसको घोडामा चढेर
बतासले जुल्फी लर्काउन थालेपछि
उस बेला–
छानाबाट फर्सी झरुञ्जेल
थेवाले बजाएथे रे !
आफूजस्तै जब्बर च्याब्रुङ
च्याब्रुङ ब्रुङ ! च्याब्रुङ ब्रुङ !!
त्यही आदिम धुन सुनेर
युगौँदेखि निदाइरहेको
यो नदीले–
जीवनको गति हालेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : होटेलको साइनबोर्ड

~राजु क्षत्री “अपुरो”~Raju Chhetri 'Apuro'

उसलाई नोकरी गर्नुभन्दा व्यापार गर्ने भित्री इच्छा थियो । तर, कुन व्यापार गर्ने भन्ने निर्णय लिन सकिरहेको थिएन । सर्वेक्षण गर्दा एउटा सहरको केन्द्रबिन्दु मानिने ठाउँमा होटेल चल्न सक्ने सम्भावना देख्यो ।

उसले आफ्नो झिटीझ्याम्टो धितो राखेर होटेल थाप्यो । होटेल राम्रै चल्यो । तर, उसले पायो कि उसका ग्राहकहरू भनेका केबल धनी घरमा मान्छेहरू मात्र हुन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : सोचेजस्तो हुन्न जीबन !

~सजना गुरुङ~Sajana Gurung

हिजोसम्मा मिठो सपना र खुसीको मुहान लाग्थ्यो डलर !
तर आज सजाय जस्तै आभास भैरहेछ डलर !
तिमीलाई पाउन रोइरहेछु ,सारा दु:ख सहिरहेछु डलर !
दु:खको मुहान होउकी सुखको किरण ?
बुझेरै नसकिने तिमी के हौ डलर ?

इजरायल आएको दुई तीन महिन पश्चात् अचानक मेरा मन्मस्तिस्कमा यी वाक्यहरु स्वतह आउन थाले , बिहान् ,दिन , साँज हरपल अविरल गतिमा ! नेपालबाट धेरै सपनाहरू मनभरि बुनेर आएकी थिए तर विदेश आएपछी Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अंगार

~यल्जी विवश~l-g-biwash

हो,
मेरो जीवन त्यही दिन सकिएको थियो
जुन दिन समयको धारले मलाई काठ बनायो !

मेरो अस्तित्व र पहिचान फेरिएर
म त्यही दिनदेखि अर्कै नामले बोलाइए,
भलै, मेरो नश्लमा त्यही जीवन मृत भएर बगिरहेको हओस् !

अहिले त झन्
नियतिले मलाई यति जलायो कि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तस्बिर जलाई गयौ किन ?

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

चिठी च्याती गयौ किन ? तस्बिर जलाई गयौ किन ?
मेरो सुन्दर सपनाको , महल ढलाई गयौ किन ?

बाचा तोड्यौ कसम तोड्यौ, दुइटा मुटु साटी जिउने ,
निस्ठुरी भै धेरै टाढा, छाडी मलाई गयौ किन ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पिंजडा भित्रका कबिता

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

नेलकडी ठोकेर
पिंजडा भित्र बन्दी बनाइएको
शताब्दीयौं भयो – मेरो कबिता !
पिंजडा –
दन्तेकथाको एकिकरणको,
अन्धा/ बहिरा/ लाटा राजतन्त्रको,
पञ्चायत नामको,
झुक्याउने प्रजातन्त्रको,
फोस्रो लोकतन्त्रको,
प्रमाणीत हुन नसकेको गणतन्त्रको ।
पिंजडाले रुप फेरिरहने/ परिबर्तन भैरहने
कबिताको पिडा भने उहिका उहि/ जस्ताको तस्तै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध जित्ने हरु लाई एक सानो सन्देश

~सन्जीव बंकिम~sanjib-shah-bankim

भनिरहनु पर्दैन
युद्ध आँफै मा एक घ्रिणित फोहोरी खेल हो
जहाँ हामी अहमता का हुन्कार भरी रहेका हुन्छौ
दुश्मन हरु लाई नस्तनाबुद पारी रहेको चर्चा गरी रहेका हुन्छौ
हामी कति असत्य बोली रहेका छौ
कि फँला फँला युद्ध मा हाम्रा सेना हरु ले
यस्तो बहादुरि देखाये उस्तो बहादुरि देखाये
अर्को जित्ने ले पनि यस्तै बोली रहेको हुन्छ
जित्ने हरु को यौटै साझा अबधारणा बन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जाउँ हिँड सुन्तली-ओलाङ्चुङ गोला !

~ध्रुबकुमार सापकोटा~Dhruba kumar Sapkota

रात भरी भरी
गल्ली गल्ली बाट
भुस्याहा कुकुरहरुको
अट्टहासले
मेरो निदलाई तर्साउँछ
खै सुन्तली, त्यो स्याल कराएको आवाज ?
झिस्मिसे हुनु धेरै पहिले देखि
रातको प्रथम प्रहर सम्म
मोटरगाडीको कोलाहलले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानी

~अकेला यात्री~akela-yatri

यो राजधानीको साँघुरा कोठाहरूबाट
यी नानीहरूलाई ठूलो चौरमा पु¥याएर
कहिले भेट्नु हामी दुई जना एकान्तमा धित मारेर
मध्यराति ढोका ढकढकिन्छ
एकाबिहानै लुगा पनि लाउन नपाई
घरबेटीले– ढोका ढकढकिन्छ
प्रायशः मलाई स्वतन्त्रता
र सौहार्दता बाँच्न मन लाग्छ
तर यो साँघुरो कोठामा ठुलो स्वरले बोल्न मिल्दैन
ठुलो स्वरले हास्न मिल्दैन
उमङ्गमा नाँच्न पनि मिल्दैन
र त यो राजधानीमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : उर्गेनको घोडा,एउटा विषम समयको अनुवाद

~सुवास खनाल~book-cover-yug-pathak-urgen-ko-ghoda-upanyas

सेतासेता घोडाहरूका हजारौँ आकृतिहरू हिउँ फुस्फुसाएझैँ कोठाभरि रङमङिएका थिए ,सम्पूर्ण कोठा त्रिआयामिक क्यान्भासझैँ लाग्थ्यो , र यो घोडा हो उर्गेनको घोडा । एउटा अमुर्त पोटे«टजस्तो घोडाको बयान छ यहाँ ,कथाको शुरुवाततिर ।

यो कथा होइन वास्तविकता हो । तपाईँ ,म वा जो कोही थोरै वा धेरै यहाँ अभिव्यक्त पीडाहरू भोग्नेमा पर्छौँ नै । मात्र यत्ति हो कसैले एकथरीबाट पीडा पाए होलान् कसैले अर्काथरीबाट । यो नेपालको एउटा समयको आशिंक झझल्कोजस्तो पनि हो । किताबहरू सँग डराउनुको पीडा । आफ्नै घरका कोठाहरू ,खेत र खलियानहरू सँग डराउनुको पीडा । आफ्नै घरगाउँलेहरू र छिमेकीहरूसँग आशङ्कित हुनुपर्ने अवस्था ,यो जत्तिको विषमताहरू अझै पनि सम्झनामा कुनै डरलाग्दो भूतको कथाजस्तो भई दिमागहरूमा घुमिरहन्छन् । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : नयाँ जीवनको खाका

~राजेन्द्र तारकिणी~Rajendra Tarakini

(सायद मान्छेले धरतीलाई पिलाइदिएको थियो–
एक शिशी विष
र, धरती बहुलायो–
नियम उल्टापुल्टा परे
बाङ्गाटिङ्गा तरङ्ग विनाश प्युँदै आए
जीवन टुक्रिए/आशा चुँडिए
सपना कच्याककुचुक परे)

कति खरानीमय बगर मात्रै हेरिबस्नु अब ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~तेजविक्रम कार्की~Tej Bikram Karki

बिर्सिएर हिडेछु भने एक दिन
आफैंलाई
जोडेर दियोहरु – घाम लेख्दै हिडुँ
बगेर पानी-पानी समुन्द्र लेख्दै हिडुँ

उज्यालोको साना साना झिल्काहरु चोरेर
जुनकीरी-जुनकीरीहरुले जुन लेख्दै हिडुँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रोबोट हुनुको विरुद्दमा उभिएको – “मानिस” ।

~अनमोल कडेँल~Anmol Kandel

रोबोट सगँ ,
आँखा जस्तै “लेन्स” हुन सक्छ तर ,
रोबोट सगँ
मान्छेको मुख जस्तै बोल्ने “स्पिकर” पनि हुन्छ तर ,
रोबोट सगँ ,
दिमाख जस्तै काम गर्ने एउटा “यन्त्र” हुन्छ तर ,
रोबोट सगँ
मान्छेको जस्तै तारहरु जोडिएको” हात -खुट्टा” पनि हुन्छ तर ,
रोबोटसगँ हुदैन रहेछ
मान्छेको जस्तो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गाऊले एक बालक सम्झेर

~मनु मन्जिल~manu-manjil

म चाहन्छू
भेटीदा बालक संगै भेटियोस मुस्कान
भेट्दा फुलसॅगै भेटियोस वसन्त

मानौ सोधियो कि उस्का बाबू कहा छन
बालकले सानो औलाले देखाओस्
चौतारा भरी बसेर हासी रहेका मानिस
र भनोस् त्यहाको यौटा हासो उसको घरको हो।
मानौ सोधियो की उसकी आमा कहा छिन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : आदिवासी केटीहरूको बारेमा

~निर्मला पुतुल~nirmala-putul
अनुवाद : मनोज बोगटी

त्यसै त काली
भित्रबाट चम्किने सेतो दाँतजस्तो
मलिन हुन्छ उ।
कोमल हुन्छ उ।

जब हाँस्छ उ
फिनाइल-दूध
पोखेजस्तो
निश्चल हाँसो
झर झर गर्दै गर्छ पहाडबाट Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : विश्वास गरेर हेर्दा

~राज आशातीत~raj-ashatit

एउटा फूल
आफ्नै आंखाबाट
ओर्लीरहेछ ……
चौबन्दी तुना हुँदै!

अर्को भमरा
पिल्छिएको सुंडो लिएर
भुन्भुनाइरहेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment