गजल : अपुङ्गे उहीं खाए भन्छन्

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

गाउँमा बाँड्ने राहत सबै, अपुङ्गे उहीं खाए भन्छन्
नाङ्गा आङ् सब ढाक्छौं भन्थे, आफ्नै घर पो छाए भन्छन्
**
प्रतिक्षाको बाली बुढ्यो, सुदामा छन् जनता यहाँ
निस्वार्थ गाँस लिन गा’को, धनकै गीत वहाँ गाए भन्छन्
**
नकच्चरा नाईके हुँदा, आशा मर्दो चाल भो सारा
जनका खाँतिर बैगुनी फेर, साईनो गाँस्न आए भन्छन्
**
ती गल्छी-गौंडा बुझ्ने चोखै, सोझालाई भो कानून जारी
नीति-नियम मिच्ने यीन् ल्यै, धन्यवाद पो पाए भन्छन्।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.