~राबत~
आहा यार, तिम्रो त घर पनि बजार जस्तो !
कोही किनिन, कोही बेचिन तैयार जस्तो ।
यो बाटोमा जस्ले मुट्ठी उठाएर हिँड्न सक्छ
एक्लै पर्ला उ, तर देखिन्छ हजार जस्तो । Continue reading
~राबत~
आहा यार, तिम्रो त घर पनि बजार जस्तो !
कोही किनिन, कोही बेचिन तैयार जस्तो ।
यो बाटोमा जस्ले मुट्ठी उठाएर हिँड्न सक्छ
एक्लै पर्ला उ, तर देखिन्छ हजार जस्तो । Continue reading
~रुमानी राई~
बिद्यालयबाट आउनसाथ ऊ अर्थाथ सहदेव बिस्तारामा डङ्ग….लड्यो । मानौँ उसले दिनभर शारिरीक बलको काम गरेको छ र लखतरान थाकेको छ । उसले आँखा चिम्म गर्यो । चारैतिर आँध्यारोको साम्राज्य स्थापित भयो । एक लामो स्वास खिचेर छोड्यो । करिब दश/पन्ध्र मिनेट पश्चात आँखा खोल्यो । उसको क्लान्त मन र थकित थकित जस्तै शरीर केही चंगा भयो ।
बिहान कोठाबाट बाहिरिएदेखि नै उसको मनमा एउटा अमूर्त कल्पना,भावना,बिचार जुर्मुराइरहेको छ आज । आज दिनभर ऊ त्यही अनाम सागरमा डुबुल्कीरह्यो । उसले आफ्नो अमुर्त भावनालाई आकार दिने चेष्टा पनि नगरेको होइन । तर ऊ सफल हुन भने सकेन ।एक त ड्युटीको समय फुर्सत नै कहाँ मिल्छ र ! मिलिहाले पनि जागीरको सवाल छ । सबैलाई आफ्नो ईज्जत,मानप्रतिष्ठा र नैतिकताको माया अवस्य हुन्छ । यदी यो जागीरबाट Continue reading
~मनु मन्जिल~
मेरो एउटा दुश्मन छ
जो मलाइ फोहर जत्तिकै घृणा गर्छ
तर म उसलाई फुल जत्तिकै मन पराउँछु
उ मेरो अनुहारमा घाम नउदाउनु भन्छ
मेरो बगैंचामा बसन्त नआउनु भन्छ
मेरो घरका झ्याल ढोकाबाट हावा नपस्नु भन्छ
मेरो आँगनका फुलले नमगमगाउनु भन्छ
मेरा बालबचेराले उसले सुन्ने गरि नकराउनु भन्छ
उसलाइ दुख्ने गरि नरमाउनु भन्छ Continue reading
~गणेश पुर्बछाने मगर~
छोडी जाने मायालु लाइ ,, जान देउ
व्यर्थै….उस्को पछी लाग्छौ किन??
जब यँहा ….दुनिया नै स्वार्थी छ भने
छोडी जाने निस्ठुरीको ,, फेरी आसा गर्छौ किन??
जाने ले त गइ नै हाल्छ ,,छोडी एक्लै पारि तिमीलाई
उस्को मन बाधी,,चटक्कै नै माया मारी एक्लै पारेर Continue reading
~हरि अधिकारी~
धूलाम्य राजमार्गको उदास किनारामा
असरल्ल पसारिएको एक चोक्टो घामलाई
थोत्रो छाताझैँ ओढेर
हिले अलकत्राले फ्याँकेको अप्रिय आँचलाई
तीन चौथाई देखिएका स्तनका बीचमा
काखे बालकलाई झैँ घुसारेर
पहेलिँदै गएको परबरको वार्धक्यसँग
बिर्सिदै जान लागेको सपनाको मण्डीमा Continue reading
~रंजित निस्पक्ष~
केहन निर्लज तों भेले ओली,
बापक नाम हँसेले रै !
केहन बंशमें जन्म भेलौ तोहर,
खन्दानक नाम घिनेले रै !
बढ घिर्णित हम भेनौ ओली,
जे जन्म देलियौ हम तोरा रै !
अई स बरहिंया निपुतरे रहितौं,
नै होइतौं अपहेलित,अपमानित रै !
केहन निर्लज………………!
केहन बंशमें………………..! Continue reading
~रश्मिला कवाङ ‘रश्मि’~
गृष्मयामको उखरमाउली घाम
बतास चलेपनि टन्टलापुर गर्मी
आकाशबाट जति नै झरी दर्के पनि
चारैतिर मगमग बासना फूलको
स–साना किराफटयाङ्ग्रा छरप्रष्टै बाटाभरि
र लाग्छ प्रगतिपथमा लम्केका पाइलाहरु
त्यही गुलाबी बासनासँगै सदैव फैलिरहोस्
दुई पाइलापिच्छे राता र हरिया बत्तीहरु
जीवनमा बस विश्राम लिंदै हिड्नुछ टाढै Continue reading
~कृष्ण पौड्याल~
बियोग के हो दु:खमा परेकोलाई थाहा हुन्छ।
ज्युदै छ तर आत्मा मरेकोलाई थाहा हुन्छ॥
तिम्ले बुझ्न सक्दैनौ यो प्रेमको सम्बन्धलाई।
आफु भन्दा धेरै माया गरेकोलाई थाहा हुन्छ॥ Continue reading
~कमल प्रकाश पौडेल ~
तिमीलाई देखेर नै, सास धानेको छु सानी
तिम्रो साथ छ र पो त, बाँच्न जानेको छु सानी ।।
नपाइने हैनन् काली, सँगै जिउँछु मर्छु’ भन्ने
तिमीसँगै यात्रा गर्नु, युक्त ठानेको छु सानी ।। Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
…..सोमबार
क्यानन को यो क्यामेराको यो सायद पहीलो चम्मतकार थियो । मेरो हातमा कीन हो क्यामेरा छुट्टदैन थियो । आफु क्यामेरा साई भए पनी अरुलाई त्यसमा कैद गर्न सदा हतार हुन्थ्यो ।
यो तस्बीर मैले त्यो दिन लिएको अन्तीम तस्बीर थियो र यो नै सायद मेरो जिबनको रोमान्चक तस्बीर थियो होला वा हुनेछ । पश्चीम तिर बाट र्हुर र्हुर चलेको हावाले मनहराको त्यो फाँटमा, त्यो खोलामा खिचीएको लहरले मेरो मन भित्र पनी तरङ्ग लेराउँदै थियो । हतप्रत लेन्स मिलाएर फोकस खोलातिर सोझ्याए । पृष्ठभुमीमा देखीएका दुबै बालक राम्रा देखीएका थिए; सुन्दर थिए । खोलामा डुबुल्की मार्दै गर्दा मैले सटर दबाए । दुबैको अनुहारमा तेज थियो । ति मंगोलीएन बच्चाहरुको थेप्चो नाकमा चिम्म परेको आँखा सुहाएकै थियो जस्तो लाग्यो । मैले Continue reading
~टेकबहादुर सुनुवार~
जब मुस्कान मा ब्युझन्छ
पर्खाइ हुन्छ सुर्यदयको
अनि मुस्कुराउछ सुनौलो बिहानी
जुरमुराएर अनि दिशानिर्देश गर्छ!
झिस्मिसे मै लजावती झार! Continue reading
~राजीव~
हाम्रो घर ज्यादै पुरानो छ
यसका दलिनहरु
थामहरु
र डाँडाभाटाहरु
झुर्नाझुर्ना भएर कुहिसकेका छन्
छानामा
दलानमा
र जताततै
धमिरा छ्याप्छ्याप्ती छन्
लुगाहरु धोयो
र सफा पार्यो Continue reading
~क्युइँतिच रानाबिर~
साइगाइ, इरि इरि चामयामला
केखखि बङसेतआ लाथरा जिअ्शा
गुरिब (हालो) आ थेँदि दुमबा दे
गिपशिका: खुपशा चाअ्शो नामि।
आ बेअसि दा मेको लाथराआ थेँदि
तेकाइ मुअ्शा रोबाल चिबाल दुमशा Continue reading
~क्षेत्र प्रताप अधिकारी~
धेरै नदीहरू जन्माएर
तिर्खाएको देश
खडेरीले हिर्काएको देश
बाढीले तानेको
पहिरोले हानेको
अभागी देश
संसारमा कतै छ भने
त्यही विडम्बना हो मेरो देश ।
धेरै जलाधारमा Continue reading
~जैनेन्द्र जीवन~
मोतीराम भट्टको युगमा मौलाएको नेपाली गजल ६०–७० वर्षसम्म हराए जसरी सुस्तायो। भीमनिधि तिवारीहरूको समयमा पुनः ब्युँतिएको साहित्यको यो विधामा बहार आउन २०३० को दशकको आधाआधी पर्खनु पर्यो। नेपाली गजलमा तेस्रो पटक पुनर्जागरण ल्याउने सर्वाधिक श्रेय ज्ञानुवाकर पौडेललाई जान्छ, जसले २० वर्षको अन्तरालमा दोस्रो कृति सार्वजनिक गरेका छन्― जिन्दगी छैन अचेल जिन्दगीजस्तो। यसअघिको संग्रह खण्डहर नयाँ–नयाँ नेपाली गजलको आधुनिक कोसेढुंगा मानिन्छ।
रेडियो नेपालको प्रशासनिक फाँटबाट सेवा निवृत्त पौडेलले दोस्रो कृतिमा पूर्व प्रकाशित र केही नयाँ रचना समावेश गरेका छन्। ६४ थान गजल संग्रहित सँगालोले देश, समाज र व्यक्तिहरूको समकालीन उकुसमुकुसलाई स्वाभाविक अभिव्यक्ति दिएको छः Continue reading
~डा. खगेन्द्रप्रसाद लुइटेल~
असार १५ गते बेंसीसहर जाने कार्यक्रम तय भएको थियो । नेपाली समाजमा असार १५ गते दहीचिउरा खाने दिनका रूपमा प्रसिद्ध छ । यो कार्यक्रम भने साहित्यिक थियो । भीमनिधि तिवारीको शतवार्षिकी उनकै पैतृक थलोमा मनाउने कार्यक्रममा हामी जानु थियो । नेपाल प्रज्ञा प्रतिष्ठान र चिती साहित्य समाजद्वारा आयोजित गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्न म पहिले नै वचनबद्ध थिए“ । ताक परे तिवारी नत्र गोतामे हुन नजान्ने मान्छे भएकाले यता आनो महŒवपूर्ण काम भए पनि म उतै जान बाध्य भए“ । काठमाडौ“बाट छिटै प्रस्थान गर्ने योजना भए पनि नेपाली मानसिकताले यात्रारम्भ केही ढिला भयो । “जाऊ“ न हरर, बेंसीसहर” भन्दै विभिन्न तौलसमूहका आधा दर्जन मान्छे बोकी हाम्रो गाडी सवा एक बजेतिर सुस्त गतिमा अगि बढ्यो । Continue reading
~सुरेश सुवेदी~
ओठ राम्रो आँखा राम्रो तिम्ले बोल्ने भाका राम्रो
ममताले भरिएको त्रि्रो प्यारो काख राम्रो ।।
समाइराखुँ जस्तो लाग्ने नरम त्रि्रो हात राम्रो
सधैँ सँगै बसूँ लाग्ने त्रि्रो मीठो साथ राम्रो ।। Continue reading
~यादव खरेल~
चैत मास खडेरीमा डँढेलोले वनै कालो
उसको बाटो कुर्दा कुर्दा सुकसुकले मनै खायो
देउरालीका देउ-देउता पाती चढाउँला
भञ्ज्याङ्का माने जति तिमीलाई मनाउँला Continue reading
~चेरेहामसो क्याबा~
आफनै बारीमा उम्रिएर
उत्तर, दक्षिण, पुर्व, पश्चिम,
कतैको बाछिटाले नभिजी
झरौ राष्ट्रियताको भावनाले सिँचिएर
खाँटी राष्ट्रियताको ओतमुनि हुर्किएर पनि
कहिले बादशाहहरुका
तरवारले काटिएर
कहिले बारुद र छर्राहरुले Continue reading
~पिँडालु पण्डित~
कागभन्दा बाठा हास्य–व्यङ्ग्यकार । हास्य–व्यङ्ग्यकारमध्येका पनि बडाबाठा रामकुमार पाँडे । वर्षको एकचोटि मात्र भए पनि काजी खान्दान देखाएर पाजी पामरहरुको पेट भराइदिने महान् उद्देश्यले बजार पसे । पैसामा सस्तो खानमा मीठो के होला ? खल्ती छाम्दै दिमाग दौडाए । खुवाएर मात्र भएन, खाएको सम्झिने खानेकुरा पनि हुनु प¥यो । एकचोटि मात्र खुवाएर कसले सम्झन्छ र ? त्यसैले पटकपटक खुवाउनु प¥यो । के खुवाउने होला ? दिमाग तिर्मिरायो । तैतै झट्ट दिमागमा चढ्यो,—‘आलु’ ।
‘आलु खुवाउने !’ अचम्म लाग्यो । ‘होइन ठिकै हो, खुवाउनु पर्छ ।’ अर्कालाई आलु नखुवाई आपूm कसरी उँभो लागिन्छ र ? दिमागी करामत उचित लाग्यो ।
तैपनि एकचोटि मनमनै आपैmँलाई प्रश्न गरे,— ‘खुवाउन त खुवाउने, तर आलु खान आऊ भनेर कसैलाई निम्ता ग¥यो भने आउँछन् कि आउँदैनन् होला ?’ Continue reading
~रामेश्वर राउत ‘मातृदास’~
केटाकेटी मिलेर
हान्न थाले मटेङ्ग्रा
बगैँचाका फूललाई
लात्ती हान्छन् फटेङ्ग्रा
फूल रोप्ने मालीको
मीठो मुस्कान बालीमा
सबको हित चित्तले Continue reading
~अरुणबहादुर खत्री “नदी”~
रेडियो नेपालबाट प्रशारण गरिने विभिन्न कार्यक्रमहरुको नियमित श्रोता खड्गबहादुर एकदिन रेडियो नेपालको कार्यालय परिवेशभित्र रेडियो नेपालमा प्रशारणको लागि आफ्नो रचना पुर्याउन जाँदा एउटा कर्मचारीले आफ्नो खल्तीबाट सुर्ती झिकेर मुखमा हालको देख्दा खड्गबहादुर अचम्ममा पर्यो र उसले भन्यो “खैनी, सुर्ती र चुरोटको सेवन आफू पनि नगरौं अरुलाई पनि नगराउ भनेर रेडियोबाट भनिरहन्छ तर तपाई जस्तो रेडियोनेपालमै काम गर्नेले हाम्रो अगाडि खानुहुन्छ, किन ?” Continue reading
~आनन्द अधिकारी~
फूलको थुंगा माथी मुटु,
फूलको थुंगा माथी मुटु, तिम्रै चरणमा
अब जिन्दगी जुनी जुनी, तिम्रै चरणमा
हो हो हो हो
फूलको थुंगा माथी मुटु,
फूलको थुंगा माथी मुटु, तिम्रै चरणमा
अब जिन्दगी जुनी जुनी, तिम्रै चरणमा Continue reading
~डा बमबहादुर थापा ‘जिताली’~
प्राचीन युनानी सभ्यताकालदेखि नै काव्यलाई धार्मिक सिद्धान्तसँग जोडेर धर्म-प्रचार वा मानव-कल्याणको साधन मान्दैआएको पाइन्छ । साहित्य वा कलाका सम्बन्धमा पश्चिमी जगत्मा विभिन्न सम्प्रदाय र मतमतान्तर पाइन्छन् । सभ्यताको विकासका साथै मानव विचार र दृष्टिकोणमा परिवर्तन आउनु स्वभाविक मानिन्छ । ‘कविता नैतिकताका निम्ति’ हुनुपर्ने धारणा नीतिवादीहरूले अगाडि सारेपछि कलावादी दार्शनिकहरूले त्यसको तीव्र प्रतिक्रियास्वरूप कला वा कवितालाई नीति, उपदेश, धर्म-प्रचार, मानव-कल्याण आदिभन्दा भिन्नै ठान्न थाले र ‘कला, कलाका लागि’ वा ‘कविता कविताका लागि’ भन्ने कलावादी सिद्धान्तको प्रतिपादन गरे । केही विद्वान्ले त उपर्युक्त दुवै सिद्धान्तको समन्वय गर्ने चेष्टा गर्दै काव्यमा जीवन र कला दुवैको सामञ्जस्य हुनुपर्छ भने । यसरी पश्चिममा काव्य- Continue reading
~उज्ज्वल जी.सी.~
‘नून’ खाने कुखुराहरू
झोक्रिन्छन्/लठ्ठिन्छन्
र,
सम्भवतः मर्छन् पनि
विवेकशून्य/चेतनाशून्य
विचरा ती कुखुराहरू
अनायास ‘नून’ खाँदै
थला पर्छन्
तर,
हामी मानिस
अर्काको ‘नून’ पाए Continue reading
~रवि प्राञ्जल~
कोपिलामै थियो फूल, नफक्रँदै झर्यो फेरि ।
भोर हुँदै थियो भर्खर, किन रात पर्यो फेरि ।
जून झुल्क्यो डाँडापारि एक्लैएक्लै उदासउदास,
किन होला पापी बादल उतै तिर सर्यो फेरि । Continue reading
~किराँती भोगेन एक्ले~
पुरानो नेपालमा
रुनुपर्नेहरू खित्का छाडिरहेका छन्
हाँस्नुपर्नेहरू सुक्सुकाइरहेका छन्
सुन्नुपर्नेहरू बेफ्वाक बक्बकाइरहेका छन्
बोल्नुपर्नेहरू चुपचाप सुनिरहेका छन्
पुरानो नेपालमा
हलो र कोदालोले अड्काएका बाहेक
सिन्दुरे र दर्पनेको दाम्लाले बाँधेका बाहेक
कतै बहानामा त कतै तीव्र चाहनामा
मसी पोत्नेेदेखि लिएर थुतुनो जोत्नेसम्म Continue reading
~रामचन्द्र खतिवडा~
तराईं नेपालको उर्वरभूमि हो । तराई क्षेत्रको सप्तरीमा मुसहर जातिहरू प्रशस्त छन् । यिनीहरू सयौँ वर्ष अघिदेखि बसोबास गरिरहेका नेपालका जनजाति हुन् ।
सप्तरीको उर्वरभूमि फाँडेर बसेका उनीहरू पहिले त्यस भूमिका मालिक थिए, अहिले सुकुमवासी भएका छन् । Continue reading
~मोहनराज शर्मा~
घडीले दस बजाएपछि ऊ ढल्किँदैढल्किँदै आएर सात नम्बरको बेन्चमा बस्यो । सार्वजनिक थलो ‘खुला उद्यान’को त्यो बेन्च पनि सार्वजनिक नै थियो । त्यहाँ भुइँमा खुट्टो गाडेर अड्याइएका अरू पनि थुप्रै बेन्च थिए ।
खुला उद्यानको विशाल हातावरिपरि पसलैपसल रहेकाले त्यहाँ सदाकाल चहलपहल भइरहन्थ्यो । हाताभित्रको ठूलो फाँटमा पनि बडाबडा दुईवटा मण्डप थिए† जसमा सभा, सम्मेलन, मेला, प्रदर्शनी आदि चल्थे । यतिखेर मण्डप दुईमा ‘टक मेला’ चलेको थियो ।
चहलपहल र न्यानो घामका कारण उसलाई सात नम्बर बेन्चमा एक्लै Continue reading
~दीपक बस्याल~
महलकी रानी संगै शहर घुम्ने भाग्य कहाँ?
म धर्ति को धुलो उस्को अधर चुम्ने भाग्य कहाँ?
बरु विषै पिउन हुन्थ्यो चाहिदैन अमृत प्याला
लट्ठीएर आलिंगनमा संगै झुम्ने भाग्य कहाँ? Continue reading
~दिलिप योन्जन~
यादैमा तिम्रो, डुब्दछु जब, मन खान्छ बेसरी
सपनी छुट्दा, अधेरी रातमा, मै रुन्छु धर-धरी।
जुनेली रातमा, हेर्दछु तारा, देख्दछु तिमीलाई
सम्झेरै बाच्ने, केपाए भाग्य, रुवाई तिमीलाई
मनको प्यासले, जल्दछ तन, बुझाउने के गरी Continue reading