समीक्षा : महाकविः अमेरिका र वेद मेहता

~गोविन्द गिरी प्रेरणा~Gobinda GIri Prerana

सन् २००२ को कुनै महिना वाशिङ्गटन डी.सी.को जर्ज टाउनमा अवस्थित वर्निस एण्ड नोवल पुस्तक गृहमा भारतीय अमेरिकी लेखक वेद मेहतासँग भेट गर्ने अवसर जुरेको थियो । उनको नव प्रकाशित पुस्तकको बजारका लागि पुस्तकाश पढ्ने सिलसिलामा । कार्यक्रम सकिएपछि मैले उनीसँग कुरा पनि गर्ने अवसर पाएँ । मैले आफ्नो नाम बताएर म नेपाली हुँ भन्ने बित्तिकै उनले मेरो हात समातेर भने- ‘मैले नेपालको महाकवि देवकोटालाई भेटेको छु । उनको बारे पुस्तकमा लेखेको पनि छु । ‘

मैले झलक्क माइकल हटलाई सम्झेँ-सन् १९९२ मा म बेलायत भ्रमणमा जाँदा माइकल हटले उनको विश्वविद्यालयमा बोलाएका थिए । कुरै कुरामा महाकवि देवकोटाको प्रसङ्ग निस्कियो । अनि उनले भनेँ ‘महाकवि देवकोटा मृत्यु शय्यामा छँदा डम मोरियस र वेद मेहताले भेटेका थिए । उनीहरूले आ-आफ्नो पुस्तकमा त्यस विषयमा लेखेका छन् । म त्यसको फोटोकपी तपाईंलाई दिन्छु ।’ Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

श्रृजना क्षेत्रीका केही मुक्तकहरु

~श्रृजना क्षेत्री~Shirjana Chhetri

कसम पागल हुन्छु जस्तो लाग्दैछ अचेल !
जिउने रहर सबै मन बाट भाग्दैछ अचेल !
असह्य हुदा चोट,अनी असह्य हुदा पिड़ा
सिर्फ मर्ने मात्र एउटै इच्छा जाग्दैछ अचेल

मन भित्र पिड़ा धेरै बढ्यो र रोएँ आज !
पिड़ापिड़ा ले शिखर चढ्यो र रोएँ आज !
कोमल मुटु मा आशुँ को मेघ गर्जिए झै Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : झुकाब छ रे आज भोली !

~अभागी कान्छा गाउँले~Abhagi Kancha Gaule

सुन्छु म प्रति कसैको, झुकाब छ रे आज भोली !
म बिना उन्को जिबन, अभाब छ रे आज भोली !!

मेरै नाममा मायाले, प्रस्ताब गर्न आगनीमा
फुलाएका थरीथरी, गुलाब छ रे आज भोली !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : प्रसङ्ग मानेका पातको

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

धनबहादुर छक्क पर्यो्। चतुरे, जसलाई अरूहरूले छोटकरीमा चते भने पनि ऊ मायाले चतु भनेर बोलाउथ्यो, दिन पर दिन शङ्काको दायरामा साँगुरिदै जादो थियो। चतुरेलाई जति विश्वास उसले अरू कुनै नोकरचाकरलाई गरेको थिएन र त्यो गोठालो चतुरे र उसको मालिकको बिचमा लोग्ने र स्वास्नीको जस्तो विश्वास थियो जसका शङ्का गर्ने ठाउँ हजार भए पनि शङ्का गर्दैनथे र शङ्का गर्नु पनि अपराध ठान्दथे या एक अर्काको विश्वासलाई मात्र सत्य मान्दथे। तर धनबहादुर पनि के गरोस्? अकारण भैंसीको दुध Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घर छोड्नुको पीडा

~रुमानी राई~rumani-rai

सबभन्दा पीडा त,
घर छोड्नुमा रहेछ ।

तेसो त,
घर कसले पो छोड्दैन र ?
जस्तो की,
कोही साहु छल्न घर छोड्छन्
कोही कमाउनलाई छोड्छन् घर /

कोही, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : बसेको छेउ काली

~दिपक घर्ति मगर~Deepak Gharti Magar

यो मेरो अङ्ग अङ्गमा बसेको छेउ काली..
आशु सबै म लिन्छु हासो तिमी लेउ काली.
मैले जस्तो माया तिम्लाइ कसैले नि गर्दिन.. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अहिलेको क्षण

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
अहिले, अहिले, यही, यही क्षण
ढुकढुक हो
परिवर्तनको मधुर ज्वलनको
जीवन–नामा स्पन्दनको
मुटुका कदमको टुकटुक हो

ख.
तातो रगतको, जिउँदो रगतको, चल्दो रगतको
भकभक हो
विश्वको नाडी व्यक्तिको जीवनभित्र घुसेको
भित्र चलेको टिकटिक हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : गोहीको आँसु

~दिलिप योन्जन~Dilip Yonjan

रोपे हुन्थ्यो झिरले मलाई, किन उन्छौ पिरमा सधैं
किन झार्छौ गोहीको आँसु, भित्र भित्रै कच२ चपाई।

छोड्नु नैरहेछ दोबाटोमा मलाई, झुटो नाता किन जोडेउ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : युवाहरूको नाममा

~जीवन क्षेत्री~Jiwan Kshetry

रगतका आला फाल्साहरूले
पसिनाको तिख्खर धाराहरूले
आँटका दरिला पहाडहरूले
लगनका नीला नदीहरूले
युवा ∕ इतिहास सजाउँदै जाऊ

काँतरताको जुवा मुनि जोतिएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बलत्कार गरिरहेछन ६०१

~रामचन्द्र कार्की~Ram  Chadra Karki

ऐया
आत्थु
निरन्तरताको चित्कारलाई
हासोमा उडाउदै
बलत्कार गरिरहेछन ६०१ ।

स्वतन्त्रतालाई मुठ्ठिमा कसेर
बोत्तलको आडमा जिब्रो फट्कार्दै
हासिको फोहोरामा
निर्दोष संबिधानलाई
बलत्कार गरिरहेछन ६०१ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पूर्ण मानव

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

+सुर्य भन्दापनि धेरै माथि के छ ?

-ताराहरु |

+ सुर्य भन्दापनि धेरै ठुला के छन् ?

– ताराहरु | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

छोक : चुनाउ

~प्रभा भट्टराई~prabha-bhattarai

यो धरा धामको यात्रा, यात्री भैकन आइयो
यहाँ अर्ध शताब्दीको देउराली देख्न पायियो
उकाली जिन्दगीका यी सजिलै पार लयियो
हर्ष बिष्मातका छाया-घाम भित्र नुहायियो ।

डुबेरै जिन्दगीका यी चाखियो जब षड् रस
कतै तीता कतै मीठा मिसिए बिष-अमृत Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : बूढो रुखको सम्झना

~पुरुषोत्तम सुवेदी~Purushotam Subedi

छन त
खाली यी नीला सागर छन्
जसमा सलबलाइरहेछन् अनेक दुःखहरू
यो विरही क्षितिज छ
र केही उदास गीतहरू छन्
जो, तिम्रो सम्झनामा अनायसै आइदिन्छ
Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : ति बितेका पलहरु

~दिपक घर्ति मगर~Deepak Gharti Magar

भुल्न गाह्रो हुदैछ ति बितेका पलहरु..
कस्तो दियौं बैगुनी नबिर्सने छलहरु.

हावा अनि हुरिले हल्लायो जता ततै..
मर्नै लाग्यो बिरुवा पाको छैन मलहरु. Continue reading →

Posted in गजल | Tagged | 1 Comment

कविता : ज्योतिर्पुञ्ज

~पूर्ण ओली~Purna Oli

ज्योतिर्पुञ्ज उदाउँदो धरतिको प्यारो सबैको थियो
कल्लाई इख भो र बल्न नदिई झ्याप्पै निभाईदियो
पापीले कुन फाइदा लि मुटुको टुक्रा खसालीदियो
भित्रैभित्र कदापि झिक्न नहुने काँडा पसालीदियो ।

ढाल्ला जीउ सरी बतास चल्छ मनमा रोकेर रोकिन्न यो
चारैतिर अन्धकार सरि भो छेकेर छेकिन्न यो
जोडी छिन् अझ पुत्रपुत्रि पनि छन् बाँच्न सके ठाउँ छ !
पीडा मात्र पिएर बाँचु कसरी ! छातीभरी घाउ छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : स्त्रीपुरुष सम्बन्धका आधारहरू

~राप्रउ पोखरेल~raprau-pokharel

लेखक जगदीश घिमिरे आफ्नो वहुचर्चित पुस्तक अन्तर्मनको यात्रामा लेख्छन्- “लामो रोग उपचारको क्रममा म नौ महिना ब्याङ्कक बसें । यस अवधिमा दुर्गा धेरैजसो मसँग रहिन् ।” दुर्गा धेरैवटा संस्थाहरूमा अति व्यस्त थिइन् । उनी भन्न सक्थिन् – “तिमी पो विरामी भयौ, मेरो करिअर छ, मेरो आफ्नै जीवन छ र आकाङ्क्षाहरू छन् । के म पनि तिम्रो रोग सँगसँगै सती जाऔं ?” तर तेसो गरिनन् । उनले मेरो स्वास्थ्यलाई प्राथमिकता दिइन् । पत्नी दुर्गाले पतिमाथि दर्शाएको त्यो सेवा र समर्पणको भाव देखेर जगदीश अभिभूत बन्छन् ।

पाँच छ वर्षअघि अति आधुनिक सभ्यतामा हुर्केका केही नारीहरूले विवाहको बन्धनलाई अस्वीकार गर्दै आफ्नो स्वच्छन्द (यौनजीवनसमेत) जीवन जिउन पाउनु पर्छ भन्ने माग चरित्रहीन चेली का नामबाट खुला रूपमा उठाएका थिए । दुवैप्रसङ्ग फरक फरक पृष्ठभूमिका हुन् तर ती दुवैमा पाश्चात्य सोचको जीवनशैली झल्किन्छ । एक शताब्दी जसो अघि नर्वेका हेनरिक इब्सन (ई १८२८ – १९०६) ले ‘पुतलीको घर’ नाटक लेखेका थिए । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

बाल गीत : स्कुलको मुख देख्न नै पाइन

~कृष्ण अविरल~Krishna Abiral

पिएर रक्सी बाबाले दिन–रात, निहुँ खोजीखोजी पिटेको देख्दा
सहनै मुस्किल भएर आउँछ, आमाको हिक्का छुटेको देख्दा

पसिना धारा चुहाउँछिन् आमा, आधापेट खाई अर्काको घरमा
अपमान पिउँदै दुःखलाई सिउँछिन्, आशाको त्यान्द्रो साँचेको भरमा Continue reading →

Posted in बाल गीत | Tagged | Leave a comment

संस्मरण : अम्बर गुरुङको आँसु

~कुन्द दीक्षित~kunda-dixit

७३ वर्षको उमेर पुग्नलागेका बेला आफ्नो देशको हालत देखेर नौ लाख तारा गाउने अम्बर गुरुङका आँखा रसाउँछन्। अतीतको त्यो गीतले एउटा पूरै पुस्तालाई म नेपाली हुँ भनेर चिनायो। त्यो गीत सुन्दा अहिले पनि देशप्रेमको भावनाले हामीलाई गर्व हुन्छ; तर देशको गति, शासकहरूको कुशासन र बेवास्ताले गर्दा पीडाबोध पनि हुन्छ। अम्बर गुरुङले सङ्गीत भर्नुभएको नयाँ नेपाली राष्ट्रगान सुन्दा पनि यी दुवै विरोधाभासपूर्ण भावनाहरू मनमा उम्लिएर आउँछन्।

गत साता नेपालगन्ज पुग्दा नेपालय र अन्तरालले आयोजना गरेको पलेँटी साङ्गीतिक कार्यक्रममा अम्बर Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : पोस्ट सिस्मिक- मेरो सहरको एउटा रात

~रजित ओझा~Rajit Ojha

“खै कोही आउँछन् जस्तो छैन,” सरिताले चुरोट सल्काई ।

“चुरोट नसल्का न, यो गुम्ममा पेट हुँडल्दैन ?”

“कसैको नभको तेरो पेट !”

हर्केले सरितालाई हेर्यो, ऊ धूवाँ फुक्न थालिसकेकी थिई ।

उसले ट्याक्सीको झ्याल खोल्यो, धूवाँ बाहिर निस्कियो । निष्पट्ट अँध्यारो अनि सिमसिम पानी । धूवाँ पानीमा पनि त मिसियो होला थोरै । कस्तो अचम्म ! दुई विपरीत धार मिसिए । पर पिलपिल बल्दै गरेको बत्ती अचानक Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : खै कुन्नि ?

~पुष्पा खनाल~Pushpa Khanal

सँगसँगै चालेथ्यौं पाइलाहरु हामीले,
खै ! हिंड्दा हिंड्दै कहाँनिर ठेस लागेछ कि कुन्नि ?
म वैशाखी खोज्न थालें
तर तिमीले त नेटो काटिसकेछौ

एउटै ओढेथ्यौं च्यादर दुवैले
खै ! चिसो पस्न थाल्यो कताबाट च्यातिएछ कि कुन्नि ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

चलचित्र गीत : मोहनी लाग्ला है

~कुसुम गजमेर~

मोहनी लाग्ला है गाउँलेको बोलीले
डाँडा काँडा छहराको गीतले
ख्याल ठट्टा नगर अल्झेला बगर
बिर्सनेलाई सम्झनाको गीतले

कुन सन्जोग होला कुन दैब होला भेट भयो बगर
कुन गाउँ होला कुन ठाउँ होला बस्ने कुन सहर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मुहार छ उसको सधैँ

~मनु ब्राजाकी~Manu Brajaki

मुहार छ उसको सधैँ फूलको डालीजस्तो
छिमेकी छ फूल टिपी बेच्ने मालीजस्तो ।

महफिलमा बसेपछि यस्तै हुन्छ सधैँ
कोही झारीजस्तो अनि कोही प्यालीजस्तो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो पनि कविता

~विमला तुम्खेवा~Bimala Tumkhewa

मेरो जीवन
राम्रोसँग देश देख्न नपाउँदै
चुलो सम्हालेर जुग बित्यो ।

बिहे गरेर यो घर आएपछि
ससुराको हेराइ
सासूको रातदिनको टोकसा
बात–बातमा कुटाइ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी बाँचेको युग

~विप्लप प्रतीक~biplav-prateek

गुलाफ रगतपछ्य छ
सयपत्री र मखमली छियाछिया छन्
र, रोएको छ हिमाल ।
काँडा तिखारिएको छ
तरबार चम्किएको छ
राक्षसहरू गर्जिरहेका छन् ।
अचेल दूबोमा शीत पर्दैन
र इन्द्रेणी लाग्दैन आकाशमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : विकलसँग बिताएका पल

~नरेन्द्र रौले~Narendra Raule

मङ्सिर महिनाको मध्यान्ह छ । चिसो मौसम । आरुबारीको रौनक बेग्लै छ । बाँसका रूख हल्लिरहेका छन् । केही पर हरियो जङ्गल । एउटा बूढो पीपलको रूख नजिकै रहेको घर । त्यसैको छतमा बसेर पारिलो घाममा जिउ तताइरहनु भएको थियो वरिष्ठ साहित्यकार रमेश विकल, जो यतिखेर हामीमाझ हुनुहुन्न ।

कान्तिपुर दैनिकका कोसेलीका फिचर सम्पादक दीपक अधिकारीको अनुमतिले रमेश विकलको अन्तर्वार्ता लिन मङ्सिरको पहिलो हप्ता आरुबारीस्थित उहाँको निवासमा पुगेको थिएँ । जुन अन्तर्वार्ता प्रकाशित भएको हप्ता दिन नबित्दै उहाँ सधैँका लागि बिदा हुनुभयो । सम्भवतः उहाँलाई भेेटेर मैले लिएको अन्तर्वार्ता नै अन्तिम होला । त्यसपछि केही दिनमा उहाँ बिरामी भएर अस्पताल भर्ना हुनुभयो । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : बिरहले रोएको रात

~नरेन्द्रराज प्रसाई~narendra_raj_prasai

बिरहले रोएको रातमा तिर्सनाले छोएको छातीमा
सधै नजलाऊ मलाई मुटु दुखेको बेलामा
Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जँघार तर्ने साँघु

~इन्द्रकूमार श्रेष्ठ ‘सरित’~indra k.shrestha sarit

छाती चिरेर देखाउनू
छैन सम्भव
बोलीमा छैन कसैलाई विश्वास
छ त केवल त्राशमा विश्वासमा

अघाए नि छैन जीवनमा सूख
भोकाए नि केवल साथमा मात्रै दूःख
छ शंका, त्राश र उकूसमूकूस केवल
जीवन पानी बिनाको माछो हो कि
मरुभुमिमा रोपिएको मखमली विरुवा ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~केशव आचार्य~Keshav Acharya_1

मन,
सधैंभरि हाँस्दैन
मन,
सधैंभरि रुँदैन पनि
मन,
कहिले काहीं
अमिलो हुन्छ र कुँडिन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सपनाको राजकुमार

~देवेन्द्र अर्याल ‘आँसु’~

ऊ जहिले पनि राजकुमारसित हाँसखेल गरेको सपना देख्थी । यसो निद्रा लागेर पल्टियो कि राजकुमारको सपना नै देख्थी । सपनामा उसको राजकुमार यसलाई भेट्न आइहाल्थ्यो । ऊ बारम्बार त्यही सपना देखेको आफ्ना साथीसङ्गीलाई भन्ने गर्दथी ।

एक दिन ऊ त्यही सपना देखिरहेकी थिई । सपनाको नियमिततासँगै उसका कपडाहरू पनि क्रमभङ्ग हुँदै गए । ऊ राजकुमारको पछि लागी । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कथा : बसाइँ सर्ने चटारो

~रञ्जुश्री पराजुली ~Ranjushree Parajuli

मिर्मिरे सूर्यको किरणसँगै चराचुरुंगी पनि मानव समुदायजस्तो चल्मलाउन थाल्छन्। उनीहरूलाई पनि बिहानीको चटारोले व्यस्त बनाउँछ। मान्छे शुभप्रभात भनेर एकआपसमा आदरसत्कार व्यक्त गर्दै नौलो बिहानीलाई स्वागत गर्छन्।

समय भएपछि आआफ्ना कार्यक्षेत्रतिर क्रियाशील हुन्छन्। घरबाहिर पनि चराचुरुंगीको संसारमा त्यस्तै प्रकारको वातावरण हुन्छ। उनीहरू पनि चाराको खोजीमा परपरसम्म हावामा कावा खाँदै उडेर जान्छन्।

चराचुरुंगी र मानव जाति एकअर्काका पूरक हुन्। वातावरण स्वच्छ राख्न चराचुरुंगीको पनि योगदान हुन्छ। ठूला खाले पन्छी मानवबस्तीदेखि पर वनजंगलमा हुन्छन्। साना खाले भने मान्छेकै परिवेशभित्र रहेका रूखहरूका हाँगामा गुँड बनाएर बसेका हुन्छन्। Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : गए राती सपनीमा

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

स्वर्ग बाट आएकी परी जस्तै सुन्दर थियौ
आलंगारीक पैरनमा तिमी
आँखा बन्द नगरी हेरिरहे
निस्फिक्री प्रेमी बनेर ।

तिम्रो आवाजमा कालु शब्द गुन्जियो
मेरो कानमा तातो श्वास संगै
र त्यो निरन्तर गुन्जीरह्यो
मिठो गित बनेर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

केस्रा : याद

~मीना पुमा राई~mina-puma-rai

म जन्मे अनि हुर्केको माटो
मैले पाइला टेकेको दोबाटो

झल्झली याद आउँछ मलाई Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment