कविता : गन्ध

~कल्पना चिलुवाल~kalpana-chiluwal

निकाल त्यसलाई यो सभाबाट
जसको कमिजबाट आजसम्म पनि
आइरहेछ बारुदको गन्ध

बारुदको गन्धले
सम्झाइदिन्छ आफ्नै विगत
त्यो बिर्सन पनि
अब त अलिअलि भए पनि
ह्विस्की र वाइन गनाएकै राम्रो
अब त थोरैथोरै भए पनि
रेड लेबल र सिज्लर गनाएकै राम्रो

कुन मजुदर छ यहाँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निराजन राजालिमका केही हाइकुहरु

~निराजन राजालिम ‘बतास’~nirajan-rajalim-batas

(i)
ढुंगाको मूर्ती
मन्दिरमा रहदा
गमक्क छन्।

(ii)
हिन्दू र बौद्ध Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : तिम्रो बिजोक

~गोकुल ढकाल~

सडकको छेउमा तिमी नतमतस्क हामीलाई हेरिरहेका छौ,
दुर्घन्तित फोहोरको सुगन्ध सुघिरहेका छौ,
पुर्खाले कती कसरत गरे तिमीलाई जन्माउन
तिमी जन्मेउ जन्मन त,
तर हेर त आज आँफै
तिम्रो बिजोक।

हामी तिमीलाई भगवान भनेर पुज्छौ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : खोलिदेऊ

~सअदत हसन मण्टो~Sadat Hasan Manto
अनुवाद : सरोज देवकोटा

अमृतसरबाट दिउँसो २ बजे छुटेको त्यो खास रेलले मुगलपुर, लाहोर आइपुग्न झन्डै ८ घण्टा लगायो । कति मानिस त बाटोमै मारिएका थिए, कति घाइते र कैयौं त हराएका पनि ।

सिराजुद्दिनलाई होसमा फर्कन भोलिपल्टको १० बज्नुप¥यो । ऊ खाली मैदानमा ढलेको थियो । महिला, पुरुष र अन्य केटाकेटीले उसलाई घेरा हालेर होहल्ला मच्चाइरहेका थिए । हुन त यसले उसलाई केही प्रभाव पारेको थिएन ।

ऊ नचल्मलाई नीलो आकाशमा एकटक हेरिरहेको थियो । होहल्ला र त्यस माहोललाई उसले खास वास्ता गरेन Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : मिस्डकल

~हरि दुलाल~hari-dulal

शनिवार विहान करिव ६ वजे तिर कोटेश्वर हुँदै अरनिको राजमार्गको वाटोमा हुईकन सुरु भयो । २७ लटको मोटरसाईकल, सर्भिसिङ नगरेको पनि धेरै भईसकेको थियो । मोटरसाईकल खात्राक खुत्रुक अलि बढि नै गरेको थियो, गर्मी मौसम भएपनि विहानको सिरेठोले कानको लोती नै छिन्ला झैँ हानेको हान्यै गयो ।

भक्तपुरको जगाते नपुग्दै मोटरसाईकल साईड लगाए, गोजीमा भएको रुमाल झिकेर कान र नाक दुवै छोपिने गरि हल्का हिसाबले कसेँ , फेरि याक्सिलेटर बटारेर रफ्तारलाई कायम नै राखेँ ।

सडकको गार्इँगुर्इँ आवाज, नजिकैका वस्तिहरु ,सवारी साधनले फ्याकेको धुवाको गन्ध ,मनमा आएका अनेकौँ तरङ्गका विच यात्रा अगाडि बढिरह्रयो । तामाघाट बाट केही अगाडि बढ्दै थिएँ, कसैले बोलायो जस्तो लाग्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : पाडो किन्दा भैंसी उपहार

~टेकेन्द्र अधिकारी~Tekendra Adhikari

…. शु दशैं तिहार बहार
पाडो किन्दा भैंसी उपहार

आजभोलि टिभी, रेडियो र पत्रपत्रिकामा आइरहने विज्ञापन हो यो। नेपालमै निर्मित एउटा जुत्ताको बजार प्रवर्द्धन गर्ने उद्देश्यले यो विज्ञापन बनाइएको हो। विज्ञापनले जुत्ताको बिक्री बढायो वा बढाएन त्यो त कम्पनीलाई नै थाहा होला। तर यसले नेपाली समाजमा हुर्कँदै गएको ‘उपहार संस्कृति’प्रति भने व्यङ्ग्य गरेको छ।

मान्छेले भैंसी किन किन्छ भन्ने यथार्थ लगभग सबैलाई थाहा छ। भैंसीका लागि पाडो किन्ने कुरा अचम्मलाग्दो छ। Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कामरेडको लालझण्डा

~जेनन नेपाल~jenan-nepal

गाउँभरीको मुटु निचोरेर
खन्याएथ्यौ समयको हजारीमा,
त्यही हजारीले सिंचेर रगत,
उमार्‍यौ फ्रेन्च कट दारी

गिँडेर किसानका पाखुरीहरु
बनाएथ्यौ बन्दुकका कुन्दा,
पिँधेर ज्यामीका हाडहरु
बनाएथ्यौ बारुद
त्यही बन्दुक र बारुदले छेडेर मुच्र्छना
सिजैथ्यौ कार्तूसको बगैँचा,
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विरुद्धमा विरुद्ध

~मसान उपासक~masan-upasak

महोदय ,
भो यसरी नतर्साउनुस् अब
मलाई पनि देशको माया असाध्यै लाग्छ

पुरानो नागरिकताको रापमा बसिरहँदा
गुनगुनाउँछु यही देशको राष्ट्रिय गान
नपोलेको भए यही नागरिकतालाई
कसरी थेग्न सक्थ्यो र सरकार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बेकम्मा ! सुइटर

~दिपेन घिसिङ्~deepen-ghising

दृष्टि ऐनाभित्र सज्जिएको सुइटरमा ठक्क अडिएपछि त्यसलाई घरमा नल्याइ बस्न सकेको थिइनँ। त्यसको रूप-सौन्दर्यदेखि आँखा अर्कोतिर तर्केर दगुर्न सकेको थिएन। लट्ठू मन बनिएछ त्यतिखेर। घर फर्किएपछि त्यसको सौन्दर्य बजारका गल्ली-गल्लीमा चिहाइरहेका आँखाहरूबाट ओझेल भइसकेको थियो। आत्मिक सुखका रेखाहरू अनुहारमा बारम्बार प्रतिबिम्त भएको महसुस स्वंय गर्दै थिएँ। भनौँ, मेरै छात्तिमा टाँसिएर त्यसले आफ्नो सौन्दर्यको ढोल पिट्दैथ्यो डुङ डुङ डुङ। थर्केर उर्लेका लहर अथवा तरङ्ग नै गालाका मझधारबाट सन्तुष्टिको आकासतर्फ हल्कासित उड्दैथ्यो। अझ यसो भनौँ- ठण्डीको सिस्नु पोलाईले हतारसाथ न त्यसलाई शरीरबाट निकालेर राख्न सकिराकोथेँ। न मनको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सधै खस्छौ तिमी

~सुन्दर कुरुप~

म त्यहि खसू भन्छु जहाँ सधै खस्छौ तिमी
अझ सम्म देख्या छैन भगवान कहाँ बस्छौ तिमी

जुनले मात्र एक्लै कहाँ जित्न सक्छ अन्दकर्लाई
सधै साझ पर्दा ए घाम!कुन आकासमा पस्छौ तिमी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : हली

~भोला सिवाकोटी ‘पुरानाघरे’~bhola-siwakoti-puranaghare

बाली सुकेर बीउ नै मासिने भयो
जमिन्दारी सान ऋृणमै भासिने भयो
यही बेला हल्लाको हुरी चल्छ गाउँभरि
‘सृजनाको हली भतुवा लागेको छ’

मेरो सृष्टि सुकेको लासलार्इ
उ मरेको अखबारमा सुताउँछ
इतिहासको श्रापमाथि सुत्छ, उसँगै
गुटबन्दी मातेर मस्तसँग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश मात्र किन चलाख हुदैन बा’ ?

~प्रकाश रम्घाली~prakash-ramghali

दम दिएर चलाख बनाएको घडीझै
हजुर मात्र किन-
यति चलाख हुनुहुन्छ बा’ ?

चलाख हुनुपर्ने देश- किन चलाख हुदैन ?
चलाख हुनुपर्ने हामीहरु- किन चलाख हुदैनौं ?

हजुर चाहीँ –
घडीको सुईझै सक्रिय बनाउनु हुन्छ हात Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम निभेको कोठाबाट

~सुरज राना~Suraj Rana

तिमी गए पछि नै
हावामा आगोका फुलहरु फुल्न थालेका हुन

अँध्यारो कोठा भित्र
झ्यालको प्वालबाट छिरेको किरणले
एउटा उज्यालो रेखा बनाउछ
जुन रेखामा अलौकिक खुड्किला बनाएर
म आफ्नै मृत सपनाहरुको मलामी जान्छु

भित्तामा टागिएको पोट्रेटबाट
चुहीइ रहन्छ भुक्षय झै
मेरो आफ्नै अनुहारको अक्रेलिक रङ्ग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : न्यानो चाह्यो प्रवास

~आचार्य प्रभा~acharya Prabha

तिम्रो मायाको तापले यो मनले न्यानो चाह्यो प्रवास
तिम्रो मीठो सामिप्यताले मनले राहत पायो प्रवास।

उजाड थियो मनको पाखा मेरो ,निरश थियो बैँश पनि
अनायस तिम्रो आगमनले हरियाली छायो प्रवास । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : स्वर परिक्षा

~पुरुषोत्तम सुवेदी~Purushotam Subedi

साहित्य गीत संगीतले मानिसको स्वास्थ्य लाई स्वास्थ्यकर बनाउन ठुलो भूमिका खेलिरहेको हुन्छ । हरेक मानिस लाई साहित्य प्रती अभिरुची अबस्य हुन्छ । तर उसले बिषय लाई महत्वका साथ अगाडि बढायो भने कला र लय सैली बाट उ लाभान्वित हुन्छ । लय बिनाको साहित्य बिधा अलिक बेरसिलो हुन्छ । हरेक मानिस ले गीत गाउने रहर गर्छ ।हरेक मानिस कबिता कथा निवन्ध आदी रचना लाई आफ्नो भावमा प्रस्तुत गर्न चाहन्छ ।तर पनि उ आफ्नै स्वर को कारण बाट अगाडि आउन सकेको हुँदैन । खास गरी गीत कविता बाचन् मा स्वर र लय रहित भयो भने अलिक खल्लो महसुस हुन्छ ।

साहित्य संगीत दिन दुखी देखी राजा महाराजा सम्म सबै लाई रुचीको बिषय पर्छ । कहिले काही राजा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : धरती

~भूपेन्द्र सुब्बा~

पहिला पहिला यस्तो थिएन।

समय पनि थिएन
उमेर पनि थिएन।
त्यसैले
अहमको होड भन्ने थिएन।
अरुलाई टेक्दै माथि उठ्ने दौड थिएन।
संवेदनालाई कुल्चँदै कुद्ने हतारो पनि थिएन।

अघि खालि चट्टान मात्र थियो।
चट्टानमा खोपिएको बुद्ध थिएन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सुजु – द हिडन पार्ट अफ माइ लाइफ

~अमित पोखरेल~

‘प्रोस्टिच्युटको बारेमा लेख्न प्रोस्टिच्युट नै हुनु पर्छ भन्ने छैन नि डियर ! ‘

उनले यसरी मेरो प्रश्नको सटिक उत्तर दिइरहँदा म भने भर्खरै उनको ब्यागमा देखिएको ‘इलेभेन मिनट्स’लाई नै सम्झिरहेको थिए। पाउलोको बहुचर्चित उपन्यास ‘इलेभेन मिनट्स’ लाई इंगित गर्दै एक स्तम्भकारले एकपटक भनेका थिए – अहिले सम्म पढे मध्ये को सबैभन्दा कामुक पुस्तक। यसर्थ पनि मैले उनलाई प्रश्न गरेको थिए – ‘ तिमी पाउलो पढ्छौ ?? ‘

उनी अर्थात सुजु – अ लेडी अफ केटीएम। यो पछिल्लो लेडीवाला ट्याग चै उनको बोल्डनेसलाई ओके भन्न म बारम्बार युज गर्ने गर्थे र प्रत्युत्तरमा हाम्रो कनभर्सेसन इन्ड हुन्थ्यो उनको ‘यस् आइ यम’ बाट। हुन पनि उनी बोली र विचारमा अन्य लेडी भन्दा बोल्ड नै थिइन – जुन उनको इलेभेन मिनट्स रिडिंगले पनि प्रस्ट्याइसकेको छ।

‘सुजु ! कहाँ पुग्यौ ?? ‘ – पाउलोको बुक ब्यागमा राख्दै सोध्छु Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गान्धीजी अनि तीन बाँदरहरू

~टिका भुषण दाहाल~tika-bhushan-dahal

गान्धीजीले थप चमत्कार देखाए किनभने
उनले तीन बाँदर देखाए
मुख थुन्नेले भन्यो- “ज्यु हजुरी गरI”
कान छोप्नेले भन्यो- “नसुनेझैं गरI”
आँखा चिम्लिनेले भन्यो- “नदेखेझैं गरI”
भेला भए तीनैजना एकठाँउमा अनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : एकु घिमिरेको गाउँमा एकछिन्

~पञ्च विस्मृत~book-cover-eaku-ghimire-euta-bato-gausamma-kabita

खेवाराः
रमदानका दिनहरु । राती जाग्ने दिनमा सुत्ने अनौठा मान्छेहरुको बस्ती छ अगिल्तिर । ढोकाहरु सदा बन्द देखिन्छन् । यहाँ कोही कसैको घर छिर्दै गरेको देखिन्न । गाडीलाई नगन्ने हो भने सडकमा महिलाहरुको उपस्थिति प्रायः शून्य देखिन्छ । दिनमा पाँच चोटि नमाज पढिन्छ । नमाजका बेला सबै पसल र काम बन्द गरिन्छ– साउदी अरेबियाको गाउँमा । यस्तो अनौठो परिवेशमा उकुसमुकुस भएर छिरेको छु कवि एकु घिमिरेको गाउँ । उनको नवीनतम कृति ‘एउटा बाटो गाउँसम्म’का कविताहरुसित छु । किनकिन मलाई रमाइलो लागिरहेको छ । यहाँको अजीवता पटक्कै छैन एकु घिमिरेको गाउँमा । गाउँका हरेक घर आतिथ्य सत्कारमा खुल्ला ढोका र खुल्ला मन लिएर प्रतीक्षारत देखिन्छन् । वास्तवमै आफ्नोपनको आभाष हुन्छ यहाँ छिरेपछि । एक प्रकारको रमाइलो लागिरहेको छ, मध्यपूर्वमा बसेर नेपाली गाउँघर चहार्न पाउनु जतिको रोचक कुरा अरु के हुन सक्दछ ? Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : साझा नसोच्नु होला

~सीता थारू निश्छल~sita-nischal

बनाउँछु भनेर साझा नसोच्नु होला ।
बस् त्यो भन्दा ज्यादा नसोच्नु होला ।

जिन्दगीमा सधैं अगाडि बढ र बढाऊ
लगाउँछु भनेर काँडा नसोच्नु होला । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : साइकल सिम्फोनी

~चित्र लक्ष्मी~chitra-bahadur-chaudhari-laxmi

टिरिङ टिरिङ बज्ने तिम्रो गला
संगीतको धूनभन्दा कम थिएन
तिम्रो जोबन जूनभन्दा कम थिएन
राम्मोराम बसन्ती!
तिम्रो मोल सुनभन्दा कम थिएन।

उन्मुक्त बैंसमा तिमीले
मरक्कमरक्क चपायौ रोडा र कंक्रीट
अत्तर मानेर सुँघ्यौ गाउँले धूलो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : सृजनस्पृहा

~समदर्शी काइँला~Samadarshi Kaila

यौटा सुन्दर अभिनव मनचरी !
जसको शरीरमा चिदवैषम्यताको प्वाँख उम्रन्छ
अनि ‘नी सुनको पिंजडाबाट उम्केर
आकासको अनन्त फैलावटतिर………… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : फुलले पनि बिझाएको थियो

~स्वप्निल प्रमेश~Swapnil Pramesh

सायद उस्लाई फुलले पनि बिझाएको थियो
लडिन्छ कि भन्दै काँडा समाएको थियो

खै त उनी? प्रमेश! भनी सोधेकोथेँ मैले
पहिलोपल्ट उस्ले चित्त दुखाएको थियो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा यात्रा

~बिस्नु प्रवा सापकोटा~ bishnu-prawa-sapkota

एक जोर लुगा हाल्न सके
अलिकती अन्न
र अलिकती नुनको जोहो गर्न सके
यो जाडो भरिओठबाट मुस्कानले
भुइ झर्ने आँट गर्दैनथ्यो ।

अलिकती मट्टितेल ल्याउन पाए
साँझमा घर अँध्यारो त हुन्थेन ।

पुग्नु पर्ने टाढा छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धरतीलाई किन माया गर्दैन मान्छे

~प्रदीप लोहागुण~

भर्खरै लर्खराउँदै हिँड्न सिकेका
तोतेबोलीका खोल्साहरुलाई
हातेमालो गर्दै डोर्याइरहन्छ नदी।

लामो यात्रा हिँडेर
थाकी-गली पुगेको नदीलाई
अँगालो हाल्छ सागर र छातीभित्र अटाउँछ।
काँधमा चराको गुँड बोकेर सतर्क उभिबस्छ रुख Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अङ्गार बेच्नेको के कुरा

~दिनेश घिमिरे~dinesh-ghimire

घर जलाएर अङ्गार बेच्नेको के कुरा
पुग्दो हुँदाहुँदै हाहाकार बेच्नेको के कुरा

तिमी राम्री छाै मैले कत्ति भनुँ
जत्ति भन्दा नि श्रिङ्गार बेच्नेको के कुरा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : त्यो मान्छे

~लेखनाथ छेत्री~lekhnath-chhetri

हिँडदा हिँडदै
कहाँ-कतिबेला छुटेछ
साक्खे बाउको पखुरा टेकेर
धर्खराउँदै
त्यसले टेकेको पहिलो पाइला ।

पहिलोचोटि
त्यसको कलिलो आँखाले छामेको
त्यो निलो आकाश
कतिबेला खुम्चिएछ ।

कहाँ खसेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : जून हौ प्रिय

~लब्ली राजन श्रेष्ठ~lovely-rajan-shrestha

लाग्छ मलाई तिमी त धुन हौ प्रिय ।
पूर्णिमाको रातमा उदाउने जून हौ प्रिय ।
सक्दिन म बिर्सन कुनै पल , तिमी लाई Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

Translated Poem : The chaotic love

~Nabin Pyasi~nabin-pyaasi
Translated by : Ismael subba

I am a lover
Sleeping in the grave of
Spy of love…

Woke up from this grave
I want to walk
Such restricted paths
Of the world
Where,there is free
For you and me to walk…. Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : ज्युँदा सामन्तिहरु

~लोक राज भट्ट~Lok Raj Bhatta

जहाँ
सार्बभौमिकताको सिमाङ्कनमा
परधिनमा बाँच्छ सामन्ती मानसिकता
एकाबिहानै
बन्द सकडकबाट
डोकोभरीको साग नबेच्दै फर्कन्छन दुखीआत्माहरु।
जहाँ पढ्दा पढ्दै लडेको छोरो
फेरी उभिन खोज्छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आर्यघाटको आन्दोलन

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

मान्छेहरू हिड्न सम्म डराउने
प्राय सन्नाटा छाउने
मात्र लाशहरूको चिता जल्दै गर्दा
चिच्याहट,रूवाबासी सुनिने ती आर्यघाटहरूमा
आज फरक दृश्य देखिएको छ ।
शहिदहरूको आन्दोलन चलिरहेको छ ।
संयोग आज एक नेताको मृत्यु भएको छ ।
लाश लिएर मलामीहरू
पशुपती आर्यघाटमा पुगेका छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

रुबाई : परिस्थितिले नि सिकाउँदोरैछ

~राम अप्रिय~

दुःख पर्दा घरी-घरी रुनुहुन्न भन्ने थाहा छ ।
दुखाउन चोखो मुटु छुनुहुन्न भन्ने थाहा छ ।

दुःख सुख, हाँसो खुसी भोगिसके जिन्दगीमा Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment