~केदार वाशिष्ठ~
विषय प्रवेश
नेपाली भाषाको अध्ययनमा स्वदेशी तथा विदेशी परम्पराको इतिहास कहिलेदेखि हो भन्न कठिन छ । खोज तथा अनुसन्धानले नयाँ नयाँ तथ्य पत्ता लगाउने काम जारी रहन्छ । त्यसै व्रmममा नेपाली भाषाबारे पनि खोजीहरू भएका छन् । तथ्यप्राप्ति र त्यसको परीक्षणबाट कुनै पनि विषयको तथ्यपूर्ण र प्रामाणिक इतिहास केलाउन सकिन्छ । त्यसैले नेपाली भाषाको अध्ययन परम्पराको इतिहास खोतल्ने काम पनि प्रशस्तै भएका छन् । स्वदेशी तथा विदेशी अध्ययन परम्परामा यसको खोजी भएको पाइन्छ । तिनमा युरोपेली विद्वान्हरूको स्थान अग्रणी रहेको पाइन्छ । विदेशी अध्ययन परम्परामा हालसम्म गरिएका अध्ययनहरूमा जोहान्स व्रिmस्टोफोरस अमाडुजी (अमादुच्ची) लाई नेपाली भाषाको पहिलो अध्येताका रूपमा Continue reading