पुस्तक समीक्षा : डायोस्पोरिक भावनाको कथा: ‘कमरेड भाउजू’

~रामकुमार पण्डित क्षेत्री~book-cover-comrade-bhauju-krishna-bajgain

सन् २००७ मै ‘यन्त्रवत्’ लघुकथा सङ्ग्रह प्रकाशन गरी पाठकहरूमाझ परिचित स्रष्टाले सन् २००९ मा ‘हिउँको तन्ना’ हाइकु सङ्ग्रह लेराएका थिए । उनले सन् २०१० मा फेरि अर्को लघुकथा सङ्ग्रह ‘रोडम्याप’ लेराएर पाठकका मनका सडकहरू तताए । उनले त्यही सालमा ‘स्रष्टा र डिजिटल वार्ता’ शीर्षकको साहित्यिक अन्तर्वार्ता सङ्ग्रह लेराए । यिनै स्रष्टा कृष्ण बजगाईँले पाँचौ साहित्यिक कृतिको रूपमा ‘कमरेड भाउजू’ कथा सङ्ग्रहलाई पाठकसामु पस्किएका छन् । यिनको काँधमा ‘समकालीन साहित्य डट कम’ जस्तो विशाल वेव पेजको निर्माण तथा सम्पादनको जिम्मेवारी छ । यी वाहेक अनेकौ साहित्यिक कृतिहरूको पनि सम्पादन यिनले गरेका छन् । यिनी साहित्यका सम्मानित पुरस्कारहरूबाट पनि सम्मानित स्रष्टा हुन् ।

यस कथा सङ्ग्रहमा विभिन्न शीर्षकका तेह्र वटा कथाहरू छन् । आयामका दृष्टिबाट सबै कथाहरू औषतमा Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

द्वन्दकालको कथा : आमा

~शिव घिमिरे~shiva-ghimire

“बाबु, मेरो बाबु! पर्ख, मैले तिमीलाई कहाँ-कहाँ खोजिनँ। पर्खन बाबु पर्ख।“ रुँदै भनिएको यस वाक्य सुनेर म पछाडि फर्किएँ। मलाई एक अधवैँशे महिलाले आई अँगालो हालिन्। मलाई केही डर महसुस भैरहेको थियो। तर मैले मेरो डरलाई लुकाइरहेँ। केही व्यक्तिहरुको आवाज सुनियो, “बहुलाही भागी, बहुलाही भागी।“

केही मनिसहरु आए। हेर्दा उनीहरु अस्पतालका कर्मचारी जस्ता देखिन्थे। उनीहरुले उक्त महिलाई तानेर मबाट छुट्याउन खोजे तर मैले उनीहरुलाई यसो गर्नबाट रोकेँ र उनले मलाई सुम्सुम्याई रहेकी थिइन्। मलाई पनि यस्तो महसुस भैरहेको थियो कि मेरो रक्तनलिहरुमा आमाको ममता प्रवाहित भैरहेको छ। उनले मलाई बडो ममताका साथ गहभरी आँशु पारेर हेरीरहेकी थिइन्, जसरी उनले मलाई बर्षौदेखि खोजिरहेकी थिइन्। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चटके र हाम्रो नाच

~प्रणिका कोयु~pranika-koyu

चटके
रूख, घाम, तारामा छ
हलो, गाई, हँसियामा छ
सबै रंग त्यसका सबैमा छ
सबभन्दा बढी त्यसको निख्खर कालो अनुहारमा छ

चटके
मिठो बोल्छ
नमस्ते गर्छ
खान्छ, नाच्छ, हिंड्छ
सुत्छ र सुताउँछ पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कोहि छ?

~मोहन पौडेल~

कोहि छ?
मध्य रात कटेको अढाई घण्टा पछि पनि,
म जागराम रहेको जाहेरी सुन्ने,
लोकमा ए कोहि छ?

कोटि-कोटि मस्त गहिरो निन्द्रामा
स्बप्निल सपना सर्लक्क
ओढेर आनन्द ओछ्यानमा
झुलिरहँदा,
त्यस्तै सपनाले आँखा कोक्काएर
बिच्छौना बिझाएर हायल-कायल,
यो ”एक” सँग “म दुई” भनेर सँघ जनाउन तयार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्दैन राम राज्य

~लोप्चन लामा~

पर्दैन जन्मिनु रामहरु
पर्दैन बन्न श्री कृष्ण
बस्
रावणहरु जन्मिएँ पुग्छ

लथालिंग भईसक्यो देश
कयौं राम बन्न खोजेर
लुटिएँ अस्तित्तो धेरै
कृष्ण लीला रोजेर
पर्दैन बनाउन अयोध्या Continue reading →

Posted in कविता | Tagged | Leave a comment

प्रमिला दाहाल ‘परी’का केही हाइकुहरू

~प्रमिला दाहाल ‘परी’~Pramila Dahal 'Pari'

तिमी आएनौ
कुरिरहे गर्मिमा
निराश मन।।


धाउँछौ सधैँ
मेरो नै वरिपरी
सपना बाढी ।।।।। Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

बहरबद्ध गजल : र पो जिन्दगानी

~दिनेश श्रेष्ठ~dinesh-shrestha

तिमी छ्यौ समीपै र पो जिन्दगानी
रसाएर आए भुलेको जवानी

हराए चटक्कै सबै पीर-बेथा
बनाएर त्यो केशराशी सिरानी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : हाम्रै हो

~अनिल बराल ‘गरीब चिराग अछुत’~

भावनाको वृतमा संसार सारा हाम्रै हो
नेपाली आकाश भरी लाग्ने तारा हाम्रै हो |

समताको परिधिमा को ठुलो को सानो
पानी भर्ने सार्बजानिक कुवाघारा हाम्रै हो | Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : डब्लु डब्लु डब्लु जिन्दगी डट कम

~इन्द्रमणि नेपाल~

एउटा लामो वेब पेग जस्तो जिन्दगि
गुगल सर्च गर्नु नपर्ने,
कतै क्लिक गर्नु नपर्ने,
त्यसै त्यसै सबैको सामु
फररररर ……
अगाडी देखा पर्ने
साचै चाख लाग्दो छ
हाम्रो आधुनिक जिन्दगि

कतै इन्टरनेट को बन्द कोठामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : साली भए …

~एकु घिमिरे~eaku-ghimire

नाङ्लो भए केलाउँथे डालो के गर्नु र ?
साली भए भेट्न आउँथे ,सालो के गर्नु र ??

‘रातो राम्रो , गुलियो मिठो’ भन्ने उखानै छ
सेतो भए पनि हुन्थ्यो , कालो के गर्नु र ?? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : दोष कस्को ?

~नबराज खड्का~nabaraj-khadka

दोष कस्को हो ? बुझि साध्य छैन् । नेताको हो किन जनताको आफ्नै हो कि अन्ताको खोजी साध्यै छैन् । टोल टोलमा पार्टीले भरियो । त्यसैले पेट्रोल भर्न लाईन बस्छौं । बाईक चढ्नलाई आखिर हामी बिर गोर्खालीको सन्तान न प-यौं । सराप्छन् कोही भारतले नाकाबन्द ग-यो भनि जस्तो सुकै महङ्गोमा नि किन्छन् पेट्रोल देखाउनका लागि हो कि म छु धनी भनि ।

खाद्यान्न अभाव हुदैँ गाछ तर पनि किन हो आजकालका मान्छेहरुलाई चुरोट, बिडी, सुर्ती, गुड्खा र जाँड रक्सीकै चिन्ता छ । एक छाक भोकै बस्छन् बरु वियर पिउनलाई घरमा खाने अन्न हुन्न तै पनि मस्ती छ जीउनलाई, राष्ट्रियताको कुरा गर्छन विदेशी हस्तक्षेप भो भनि कराउँछन् । नाकाबन्दीको कुराला Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : भुल्न सकिनछौ

~गोबर्धन पूजा~Govardhan Pooja

वर्षौसम्म तिम्ले पनि भुल्न सकिनछौ
कांडालाई पन्छाएर फूल्न सकिनछौ

अझै पनि प्रतीक्षामा रैछ प्रेम-झुला
मेरो साथ बिना तिमी झुल्न सकिनछौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : ढाकाटोपीको कमाल

~गोविन्द गिरी प्रेरणा~Gobinda GIri Prerana

अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा हिँडिरहँदा- कुनै अपरिचित अमेरिकन वा विदेशीले सोध्छ- तिम्रो शिरको टोपी कति राम्रो ?

म धन्यवाद भन्छु ।

कोही भन्छन्-कति राम्रो सुहाएको !

म धन्यवाद भन्छु । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

मुक्तक : नेपालमै बसेर..

~सागर’सहयात्री’~

भएन केही आम्दानी, नेपालमै बसेर….।
र, सुकेन यो सिरानी, नेपालमै बसेर…।।
एउटा जागीर मलाई, दिन्थ्यौ त सरकार… Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : नटिप्नु तिमी

~अविर खालिङ~abir-khaling

ओइली झर्ने फूल कैल्यै नटिप्नु तिमी
छुटी जाने प्रित कैल्यै नलाउनु तिमी ।

हातको फूल भुइमा खस्दा कोपिला च्यातिन्छ
टुटी जाने प्रीत लाउदा यसरी धर्ति फाटीन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : स्याउबाजे र स्टिभ जब्स

~रोशन शेरचन~Roshan Sherchan

हरेक हिउँद कर्‌याङकुरुङ झर्ने कालीगण्डकी उपत्यकाको आकाशमुन्तिर त्यो दिन एउटा बिछट्टको दलबल हिँडिरहेको थियो । २०६९ साल, मंसिर महिना थियो । नेपाल प्रज्ञाप्रतिष्ठान र थकाली सेवा समितिले आयोजना गरेको मुस्ताङको साहित्यिक भ्रमण । दलमा थिए— कवि श्यामल, तीर्थ श्रेष्ठ, भूपिन, दीपक कथित, पत्रकारद्वय वसन्त बस्नेत, अनन्त वाग्ले र म ।

श्यामल दाइ रातो मफलरमा मज्जाले खुलेको थियो । नीलो ट्र्याकसुटमा वसन्त धावकै देखिन्थ्यो । कर्‌याङकुरुङलाई पनि उछिन्लाजस्तो । भूपिन भने हरियो हुडीमा जादुगर हुडिनीजस्तो रहस्यमयी भान हुन्थ्यो । हुडिनी दर्जनौं ताल्चा र चेनले बाँधिएर समुद्रमा फ्याँकिँदा पनि छोटो समयमा ती बन्धनबाट मुक्त हुँदै निस्कनमा विश्वचर्चित थिए । भूपिन पनि मिलिक्कै बोक्सीखोलाको भंगालोजस्तै छुट्टिन्थ्यो, फेरि निमेषमै देखिन्थ्यो । कारण थियो, मायाबी मोबाइल । सबले रुकस्याक बोकेका । श्यामलको सिग्नेचर टोपी थियो, नेरुदा Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : कलेज : एक यातना–शिविर

~सुवास खनाल~subash-khanal

मलाई
कलेजको भित्ता भरिभरि
यातना–शिविर लेख्नुको रहर छ

म कलेज अध्ययन खप्न गइरहेछु
हरेक प्रोफेसर
पोडियम अघि उभिन्छ
र बाँड्छ स्लिपिङ ट्याबलेट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साँझको यात्रा

~हेमन यात्री~heman-yatri

साँझमा सँगै हिँड्ने जूनकीरीलाई थाहा छ
बाटामा कोही पर्खिबसेको चौतारोलाई पनि थाहा छ
पश्चिमले सधैँजसो उज्यालो चोरी लगेपछि
हेर्नलाई ताराहरू मात्र छन् मसित
हिँड्नलाई एकान्त मात्र छ मसित ।

यो त्यही एकान्त हो
जसले युगौँदेखि सुनिरहेको छ
साँझमा मेरै जस्तो अतीत बोकेर बग्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : युग र वितृष्णा

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- द्रुतविलम्बित

चटक या “टक”को टक जिन्दगी ?
किचक या-चक, रोचक जिन्दगी
उदक, मादक या कि त ‘वादक” ?
कि “धक” साधक वा चिर बन्धक ?

प्रगतिका गति दुर्गतिमा पुगे
विमतिले मति दुर्मतिमा पुगे
सुजन- “दुर्जन, भाजन”ले मरे
कृषक “शोषक शासक”ले मरे ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : महानगर

~धुस्वां सायमि~dhuswan-sayami

एउटा
सहर
महानगरका हरेक मानिस
कहिल्यै
सीधा र सही तरिकाले बाँच्दैनन् ।

उनीहरू आफू
आफ्नै र अरू कसैको
संकेत-निर्देशनमा
सदा
हिँडेर, सोचेर र बोलेर बाँच्दछन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सिमाना मेटिदै छ

~राकेश कार्की~Rakesh Karki

दुर्भाग्य सिमाना मेटिदै छ
नेपालको गला रेटिदै छ

नेपाली अनुहार हराउँदै छ
विदेशी अनुहार भेटिदै छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : बाबा ! भ्रष्टाचारी ज्वाइँ नखोज्नुस

~यमुना अर्याल~Yamuna Aryal

एक दिन साथीले आफ्नो दाइलाई व्यङ्ग्य हान्दै बायोडाटा बनाइदिइन् । दाइ अफिस गएका थिए ।

‘हेर न मेरो दाइ बुढो भइसक्यो, अहिलेसम्म भाउजू ल्याउने सुरसार गर्दैन । दाइले बिहे नगरी आफ्नो पालो आउँदैन क्यारे, आफू त बुढो भयो-भयो, बैनीलाई पनि बुढीकन्या बनाउने भयो !’ दाइले बिहे नगरेकोमा ठुस्स परिन् उनी ।

‘घरमा आमा-बुवाले जहिले कर गर्नुहुन्छ, सधैं बेला भएको छैन भन्दै टार्छ । पोहोर साल आमा बेस्सरी बिमारी हुनुभयो, बुहारीको मुख नहेरी मर्ने भएँ छोरा, बिहे गरे हुन्थ्यो भन्नुभो । तर, ज्यान जाला टेरेन,’ साथीको चिन्ता अझै सकिएको थिएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आज मेरी क्रिस्मस

~नर बहादुर खत्री क्षेत्रि~nar-bahadur-khatri-chhetri

कतै बुद्ध कतै यसु
कतै मुहमद पैगम्बर।
जे भनेनी उनै।
ब्रह्मा बिष्णु महेश्ववर।।

गाई काट्ने क्रिस्चियन त।
हिन्दू गाई पुज्ने ।।
धर्म पनि कस्ता कस्ता।
हामी के बुझ्ने ?

हलाल गर्ने मुस्लीम त । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : खैरो कोट र श्रीमतीको सारी

~गोकर्ण भट्ट~Gokarna Bhatta

उसलाई खैरो रङ्गको कोट किन्न मन थियो । पसलमा गएर सोध्यो । दाम रहेछ ११ हजार । फर्कियो ऊ ।

हप्तादिनपछि होला, उसले पैसाको जोहो गर्यो । ‘आज कोट किनेरै फर्किन्छु” यही सोच्दै ऊ अफिस जान ठीक्क पर्यो ।

‘सुन्नु न’ कोटको कल्पनामा रमाएको ऊ, श्रीमतीको आवाजतर्फ फर्कियो ।

‘के भो नानु’ उसले सोध्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : पीडा मात्र रहयो

~नरेश माङपाहाङ राई~naresh-mangpahang-rai

तिमी सगं छुटे पछि पीडा मात्र रहयो
हाँसो खुशी यो मनको कता हराई गयो

यति ठूलो ससांर पनि सून्‍य सून्‍य लाग्‍यो
आउने सबै वहार हरू उतै कतै भाग्‍यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यही मन कहिले

~राकेश कार्की~Rakesh Karki

यही मन कहिले सुखी हुन्छ
यही मन कहिले दु:खी रून्छ
बित्दै जान्छ यो जिन्दगी
आखिरमा कहानी भइ दिन्छ

अभिलाषा धेरै हुन्छन्
जाई जुही फुलिदिन्छन् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मधेस जलेकै छ

~एन पी भावी~narayan-pangeni-bhawi

मधेस आज पनि जलेकै छ
तर्राई आज पनि उस्तैछ
पहाडहरु मधेस नियाली रहेछन्
मधेसहरु दिनरात तातिरहेछ
मधेस आफैमा कुस्ताकुस्ती गरिरहेछ
मधेसको हितको लागि धेरै मधेसी उदाउदैछन्
तर पनि मधेस उस्तैछ
तर्राई उस्तै छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म नेपालको एक थुँगा फूल हुन नपाउने ?

~मनोज आठपहरिया ‘थारु’~

म शान्त थिएँ
तालमा जमेको पानीझैं
जे भोगे आफ्नो भाग्य ठान्थें
जे जे पर्छ सहन्थें
अरुले जे भन्छ गर्थें, अनि बन्थें
अरुको लागि मतवाली बनें
जंगली बनें
कमैया बनें, कमलरी बनें
सहिरहें सवै
कर्म र भाग्यलाई दोषी ठानिरहें
र मानव बन्ने अर्को जुनीको कल्पनामा डुबिरहें
त्यसैको आशमा यो जुनीमा सबै सहिरहें Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हतियार

~बिक्रम सुब्बा~Bikram Subba

हतियारलाई पनि चढ्दो रै’छ क्यारे जवानी !
नत्र, वैँशको छत्रे टोपी र यूनिफर्ममा ठाँटिएर
दाहिने आँखा छोपेर
देब्रे आँखा प्रहार गर्दै राजकुमारीतिर
अंगरक्षकका कमरबाट
किन मस्किँदै हल्लिन्छ रिभल्भर?

कुनै राज्य चलाउँदो रै’छ हतियारले पनि !
नत्र, हाक्पारा र सोरठीविरुद्ध
हरेक साँझ-विहान किन डुक्रिन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मुस्कान बेचिन्छ

~बाबु त्रिपाठी~babu-tripathi

सुरुमा ग्राहकलाई मुस्कान बेचिन्छ
मुनाफा नदिएपछि दोकान बेचिन्छ

खाली सिसी, पुराना कागज भन्नेलाई
किलोको हिसाबमा संविधान बेचिन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पश्चिम क्षितिजबाट…..

~स्वप्निल स्मृति~Swapnil Smriti

क्षितिजपारि आकाश गर्जिंदा
क्षितिजपारि बिजुली चम्किँदा
आमालाई सम्झिन्छु,
एकोहोरो हेरिरहन्छु
पूर्वीक्षितिजतिर….
त्योभन्दा पर मेरो देश छैन
त्याभन्दा उता मानिसको बस्ती छैन

एकटक हेरिरहन्छु —
घरतरुलको लहराले घोचा नाघेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आजकाल म कविता लेख्दिन

~नारायण तिवारी~Narayan Tiwari

ठीकै भन्नुभयो तपाईंले
आजकाल म कविता लेख्दिन ।

आजकाल
यो जिन्दगी धेरै फाटेको छ
र सिउन तल्लीन छु
माता–पिताका कृुराहरू
छाडिदिउ“
कर्तव्यपालनका
कुराहरू छाडिदिउ“
असमर्थताको हुरीले Continue reading →

Posted in कविता | Tagged | Leave a comment