कथा : धन्यबाद ! ग्लाभ्स्को ..

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

The Jarvy Café को बार्दली बाट देखीएको एउटा अराजक सहर ।

म लामो कोरीडर हुदै उसको ढोका सम्म पुगेको थिए । डोर बेल थिचेपछी उ स्वागतार्थ ढोका छेउमा उभीन आईपुगेको थियो । छोटो छोटो दारी, कसीलो छाती, हल्का खैरो आँखा । एउटा रवाफीलो व्यक्तित्व मेरो सामु उभीएको छ । हामीले ह्याण्ड सेक गर्यौ । म भित्र बोलाईए ।

‘तपाईलाई स्वागत छ Jarvy Café मा’ । उसले भन्यो ।

‘धन्यबाद’–म उसको पछी पछी लागे ।

उसले एकदीन सोधेको थियो । ‘रुमन जि यो कोठाको भाबना अनुसारको नाम राख्नु पर्यो । तपाईको सल्लाहा चहान्छु’ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : तपार्इंको यो नयाँ वर्ष

~भैरव अर्याल~Bhairab Aryal

मन्त्री राशिः–
२०२७ साल तपाईंको लागि अशान्तिकारक तथा महत्वहीन वर्ष सिद्ध हुने लक्षण देखिन्छ, किनकी जन्मकुण्डलीका राज्यस्थानमा शनिको र मङ्गलको क्रुरदृष्टि परेकोले ज्यादा दौडधूप तथा अथक परिश्रम गरेता पनि आफ्नो सम्मानित ओहदाबाट ओरालो लाग्नुपर्नेछ । तर धन्दा नमान्नुहोस्, यो वर्षभर मङ्गल ग्रहले राज्य गर्ने भएको हुनाले जीवनभर घ्यू, भात खाएर बाँच्नका लागि यथेष्ट पुग्ने गरी जग्गा–जमिन तथा बङ्गला जोड्नमा अवश्य सफल हुनुहुनेछ तर यस्तो आयश्रोतबाट आर्जन गरेको सम्पतिमा आयकर लगाउन सक्ने तागत करअड्डामा हुने छैन । चन्द्रग्रह शुभ स्थानमा आसीन भएकाले फाटफुट उद्घाटन, भाषण चियापान समारोह तथा विवाहादि समारोहमा सान प्रदर्शन गर्नमा चुक्नुपर्ने छैन । राहुको भ्रमणकारी योगले गर्दा आफ्ना सहोदरी मित्रहरूका सामु अगुवा बन्दै तथा नेपालको तगडा पोलिटिक्सको जादुद्वारा प्रभावित भई “गाउँ फर्क राष्ट्रिय अभियानलाई” बढी प्रभावकारी ढङ्गले क्रियाशील गर्न Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : संझी कस्ले केर्दिन्छ र

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

आफ्नो व्याथा आफै लेख्छु, संझी कस्ले केर्दिन्छ र
फूलैफूल् ले मेरो घर, सित्तै कस्ले घेर्दिन्छ र
**
तागत् हुञ्जेल तपाईं भएँ, रागले सँधै रोजाई भएँ
निभ्दै गा’छ ऐले आगो, मेरो कस्ले हेर्दिन्छ र Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आगो भै बलौँ हामी

~आचार्य प्रभा~acharya Prabha

अन्यायको बिरुद्द आगो भै बलौँ हामी
देश यदी बँच्छ भने ज्वाला भै जलौँ हामी ।

सन्तान हौँ हामी सबै एउटै देश नेपालको
आमा यदी हाँस्छिन् भने मैन झैँ गलौं हामी। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

रोहन पृथकका पाँच हाइकुहरु

~रोहन पृथक~

१. गर्दा गुलामी
झुण्डियो राष्ट्रियता
काँचो धागोमा

२.हुन्छ झगडा
गिद्धझैं लुछाचुँडी
अर्काको जुठो Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

छन्द कविता : मेरो बास कहाँ थियो र पहिले

~प्रविण अर्याल~ pravin-aryal

छन्द : शार्दूलविक्रीडित

ऽ ऽ ऽ । । ऽ । ऽ । । । ऽ ऽ ऽ । ऽ ऽ । ऽ
मेरो वास कहाँ थियो र पहिले ऐले यहाँको भएँ ।
जाँला लौ कुन लोकमा र पछि त्यो जान्ने म आफू भएँ ।।
यो मेरो अनि भोगको र हकको आफ्नो र अर्को गरी ।
कालान्तर् विच मोहका जकडमा बल्झेर भुल्न्या भएँ ।।

आएँ औ कसरी धरातल महाँ उद्देश्य कस्तो लिई ।
यो चोला नरको र जीव गतिको के के छ मायाँ मति ।।
यी सारा विधि जाल के किसिमका आधारमा छन् पनि ।
भन्न्या लौ शुभ तर्कना पनि यहाँ खुल्दैन कस्तो परी ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पाकेको फर्सी

~एकु घिमिरे~eaku-ghimire

भुइँमा राख्दा बिगि्रन्छ भनेर
दलिनमा राखिन्छ पाकेको फर्सी
हेर्दा राम्रो-चाम्रो हुन्छ,
छाम्दा गिलित्तै राखेको फर्सी ।

कुहेछ, रछ्यानमा फ्याँकियो
सहस्र उम्रन्छ, बढ्छ र फल्छ, Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : यो भुँडी

~नर बहादुर खत्री क्षेत्रि ~nar-bahadur-khatri-chhetri

एक पाईलो नहिँडी बाईक चढ्यो।
तेसैको कृपाले आज भुँडी बढ्यो।।
मन छनी घटाउन अछ्न्दिलो भुँडी।
तरनहुने रहेछ सधैं बाइकमा गुडी।।

सत्य जागिर नहुँदा सानैथियो भुँडी।
जब खाइयो जागिरअनील्याइयो बुढी।।
अनी तेस्काबाजे आफ्नै बढ्यो भुँडी। Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो घमण्ड

~अभिसेक ढुङ्गाना~abishek-dhungana

मैले सब्दलाई शास्त्र बनाए, कलमलाई आस्त्र बनाए,
आफ्नै कृति लेख्न पुगी, झुटलाई आफ्नो बस्त्र बनाए |

आफ्नै गुडगान गइ थकिना, अरुको खोइरो खनाए,
एउटा एक्लो दरबार आफै राजा भै आफैलाई प्रजा बनाए | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : सारी अनि दाह्री

~विशाल पौडेल ~

आमा मलाइ तिमीले लगाउने सारी मन पर्छ,
आफ्नो हैसियत बिर्सेर बोक्ने भारी मन पर्छ,
तिमीले बारम्बार कराउदा पनि काट्नै नमान्नुको कारण, Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

छन्द कविता : नयाँ बर्ष

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

रातै लेक फुलुन् गुराँसहरुले बेशी फुलुन् काँशले ।
पाखा-पर्वतमा बुकी पनि फुलुन् वास्ना छरुन् घाँसले ॥
हाँगा मग्मग भै सुनाखरि फुलुन् नाना थरी रङ्गमा ।
नौलो याम फुलुन् सबै ह्दयमा उत्साहका सङ्गमा ॥ १ ॥

हाम्रा यी जति छन् कुभाव मनमा फालौँ सबैले अब ।
राम्रो काम गरौँ सबै तरहले धर्ती उठाऔँ अब ।
हाम्रो माथ उठोस् सदा सगरमा नीचो न ह्वौं क्वै कतै ।
हाम्रा यी सब सन्तती सफल हुन् राखुन् सुकिर्ती सधैं ॥ २ ॥ Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : अधुरो प्रेम

~सूचना घिमिरे~Suchana Ghimire

सुरु त्यहाँबाट हुन्छ जहाँ कुनै सुरुवातको सम्भावना थिएन, केही थिएन तर उनीहरु धेरै कुरा भएर पनि केही नभएको झैँ नदीका दुई किनारमा बगर बनेर बसेका थिए । आजसम्म उनीहरुको भेट भएको थिएन, तैपनि दिनका हरेक पलमा भेटघाट हुन्थ्यो शब्दका लहरहरुमार्फत । भन्न बाँकी केही थिएन चिन्न बाँकि केही थिएन,एक अर्काको अघि किताबका पाना झैँ पल्टाएका थिए । आफ्ना मनमनले मनलाई चिन्न बाँकी थिएन तर पनि अन्जान नै थिए उनीहरु यो समाजको परिभाषाबाट केलाउँदा । न कैले भेटेको छ न कैले देखेको छ, दिन भर च्याट गर्दैमा कसरी चिन्न सकिन्छ कसैलाई । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : डाँडा माथिका जूनहरुको सात समुद्र पारीको यात्रा

~रितु कार्की~

छिमेकी दाइभाउजुकोमा ८४ वर्षीया आमा आउनुभएको थियो। आमाको अमेरिकाको यो भ्रमण पहिलो भने थिएन। आमाले बेलायत र थाइल्यान्डमा पनि केही समय बिताइसक्नु भएको थियो। तपाईँलाई लाग्दो हो बुढीलाई त मस्ती रहेछ। तर आमालाई भने हामीले सोचेको जस्तो मस्ती छैन। आमा मस्तीको लागी भन्दा पनि बाध्यताले बेलायत, अमेरिकाको यात्रा गर्नुहुन्छ। छोराछोरी बढे, पढे, अनि सँगसँगै राम्रो कामको खोजीमा विदेशिए। सँगै मर्ने बाँच्ने कसम खाएका बुढाले पनि १५ वर्ष पहिला नै छोडेर गए। बुढीको गाउँमा न टेक्ने लौरो रह्यो, न समाउने लहरो नै। सकुञ्जेल त एक्लै बस्नुभो। जब बुढा ह‌ड्डीहरुले साथ दिन छोडे, आमाको केही लागेन। अनि त फरिया, चोलो र बाह्र हाते पटुकी सँगै आमा पनि विदेशिइन्। Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक समीक्षा : व्यावहारिक व्याकरण कृति

~देवेन्द्र अर्याल ‘आँसु’~

नेपाली भाषाको व्याकरण लेखन परम्पराको फेहरिस्तमा बलदेव अधिकारी ‘गाउँले’ को एउटा अनुसन्धानात्मक गहन कृति थपिएको छ ‘मध्यस्थ व्याकरण ।’

यस ‘मध्यस्थ व्याकरण भाग-१’ मा नेपाली व्याकरणमा विद्यमान विविध पक्षलाई उठाइएको छ । जे.ए. एटनबाट सुरु भएको नेपाली भाषाको व्याकरण लेखन परम्परा गाउँलेसम्म आइपुग्दा थुप्रै प्रयोग, विधि, पद्धति, सिद्धान्त प्रस्तुत भैसकेका छन् । हेमराज पण्डितको ‘गोरखाभाषा व्याकरण ः चन्दि्रका’, सोमनाथ सिग्द्यालको ‘मध्यचन्दि्रका’, ‘लघुचन्दि्रका’, गोपाल पाडे ‘असीम’को ‘ह्रश्वदीर्घको सबाई’, ऋषभदेव शास्त्रीको ‘व्याकरण दन्त्यकथा’, कृष्णप्रसाद पराजुलीको ‘राम्रो रचना ः मीठो नेपाली’ लगायत पछिल्लो समयमा आएर थुप्रै नेपाली Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गीत : बाँच्न देउ

~गणेश कार्की~Ganesh Karki

तिम्रो त्यो मौनतामा कति धेरै अर्थ छ
त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ.
मलाई बाच्न देउ तिम्रो वरिपरी

मेरो हरेक यात्रामा हिउँ नापरिदेउ
मा बस्ने चौतारीमा हुरी नचलाइदेउ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : ज्यान बोक्छन मान्छे

~भुपेन्द्र महत~Bhupendra Mahat_1

गाँस खोज्न हत्केलामा ज्यान बोक्छन मान्छे
भेडा भाख्रा सरी आफ्नो भाउ जोख्छन मान्छे

आकाश छुनेको भिडमा छाना नपाका माथा
भोकमा जकडी आफ्नै ओठ टोक्छन मान्छे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मानवता

~कल्पना किरण~kalpana-kiran_jeevan-adhikari

नारा बन्छन् यहाँ
देखावटी समानताका लागि
कस्तो समानता हुन्छ र?
पति दमन भित्र…
हामी बिना चुल्हो बल्दैन
रजस्वलाको चार रात पनि
सुख छैन हामीलाई
भाडा मोल्छौ र सुकाउछौ
आफ्नै जीन्दगी सुकेको पत्तै छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जिन्दगी

~सन्तोष लामिछाने~Santosh Lamichhane

कैदीले भन्यो कहिल्यै नखुल्ने ताला हो जिन्दगी
घाइतेले भन्यो ढाडमा रोप्या भाला हो जिन्दगी

बुर्लुक्क उफ्रदै वयस्कले भन्यो
भर्भराऊँदी युवतीको रातो गाला हो जिन्दगी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Poem : Funeral

~Kim Aryal~

Death is a loss, without a doubt
Death is a lesson to learn about
Death is also a call to heaven or hell

Death came and now my beloved
Fellow countrymen is gone Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : कर्णाली दख्खिन बग्दो छ

~दामोदर नेपाल~

एक टुक्रा जुनले
निशा चिर्ने प्रयास गरिरहेको बेला
सहयोगी हातहरु फैलाउँदै
प्रकाशलाई परावर्तन गर्दै
बस्तीमा उज्यालो छर्न उद्यत
कर्णाली दख्खिन बग्दो छ ।

घरको गर्जो टार्न
अनि
गाउँलाई झलिमिलि पार्न
दख्खिन झरेका र झारिएका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खाली हात

~निराजन राजालिम ‘बतास’~nirajan-rajalim-batas

हे मनुष्य,
म तिमीलाई ईशारा गर्दै छु
अमुक भाषामा
यी कोमल हातहरुले
तिमीलाई उपदेश दिदैछु;
यो खुला पन्जाले जनाउछ
म,तिमी
अनी हामी
सबै खाली हात
यस् धर्तिमा आयौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा शहिद बनिरहेछिन

~बसन्त थापा~

आफु देखी टाढा गएको सन्तानको
चिरायुको कामना गर्दै प्रतेक दिन
दियो जलाउन पल पल आमा
आसु थपीरहेछिन

दियो जलिरहेछ आमाको मन
तड्पिरहेछ,एक मुठ्ठी उज्यालो सङ्गै
उज्वल भबिस्यको आराधाना गर्दै आमा
आफ्नो चाहना सन्तानको सुखको लागि
जलाइरहेछिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दिप आफै बल्छ

~मन्जील दिप सुब्बा ‘गरिब’~

कसैले बाल्नु पर्दैन दिप् लाँई यहाँ
अन्धकार् कालो रात्रीहरुमा
जुनकीरि झै ज्योति जोगाई
दिप् आफै बल्छ

भो बजार्न पर्दैन यहाँ
अन्याय अत्याचारको बिरुद्द मा
विशाल् चटाँन् बनि
दिप् आफै बज्रन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आशिष छ मेरो

~बिदुर अधिकारि~

जुग जुग बाँची रहु ,आशिष छ मेरो
जन्म जन्म हाँसी रहु ,आशिष छ मेरो

तिमीलाई काँडा बिझ्दा ,मलाई मात्र दुखोस्
सधैं भरी हाँसी रहु ,आशिष छ मेरो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : दिप

~पुरुशोत्तम बाबु~

मलाई तिमी लाग्छ माता पो हौकी ?
त्यो छाती चुसी तृप्‍ति म छैन कत्ती
तिमी बाल देख्दा अती मक्ख पर्ने
तिमी ज्योति नाना बनी खेल भर्ने
**********************
तिमीलाई प्यारो सुख त्याग लाग्ने
हृदय जलाई तिमी मान भर्ने
तिमी दिप बल्ने पखरिमा यहाँ
म फुल्छु कि तिम्रो परम भेटमाहा ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति भित्रको आभा

~ध्रुब प्रसाद दाहाल~

आयो रसिलो चाड तिहार
घर घरमा जल्दै छ दियो ।
बल्दै छ आफु तर पनि
मन्दैन कत्ती पिर यो ।।

जली आफु अरुलाई
दिने रोशनी जसरी ।
तिम्रो समर्पणभाबको महिमा
गरौ म कसरी ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अखण्ड सधैं नेपाल हाम्रो

~के आर शर्मा~

छन्द : झ्याउरे

हेरेर तिमी बस्दी हौ आमा आउने बाटोमा
चाडमा पनि सकिन टेक्न नेपाली माटोमा
पुजेर दियो हालेर तेल बालेर बस्दी हौ
निराश हुँदै बनेर दुखी संघार पस्दी हौ

अबिर हरु छरेर हेर जोरबत्ती बालेको
फुलका पत्र च्यातेर राखी सजाई टालेको
गरेर पूजा बालेर दिप उज्यालो बनाई
लक्ष्मीले बाटो देख्छिन भन्ने यस्तै छ भनाइ Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : जरुर पुग्नेछु आमा

~ए.पी. सुमन~A P Suman

जगदीश घिमिरेको अन्र्तमनको यात्रा गर्दागर्दै,
ब्रजेश खनालको यायावर झैँ
तरुणी प्रसाद कोइरालाको अग्निबाटिका हुँदै
म विपिको यस्तो घुम्तीमा आइपुगेको छु आमा,
जहाँ सञ्जीव उप्रेतीका घनचक्करहरु
दौलत विक्रम विष्टका चपाइएका अनुहारहरु बोकेर
मेरा मुस्कानहरुलाई
मध्यरातमा टक्कर दिन तम्तयार भएका छन्,, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय मान्छे

~शीतल कादम्बिनी~Shital Kadambini Gurung

आज पनि छैन
मेरो घरको धुरीमा घामको स्पर्श
मेरो घरको आँगनमा
एउटा आदिम दुःख अग्लिरहेछ
अझ पनि देखिएको छैन
मेरो घरको धुरीमाथिको आकाश
म गर्व गर्छु, म घमण्डले उन्मत्त छु
मैले बाँचेको जीवन, तिमीले मात्र होइन
सम्भवतः कसैले पनि बाँच्न सक्दैनन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : वैज्ञानिकको नियात्रा

~आनन्द पी राई~book-cover-kaluram-rai-khumbu-mero-anusandhan-yatra-niyatra

झापा टटुवामारीको एउटा खम्बू (राई) केटो जीव–विज्ञानमा स्नातकोत्तर गरेर पढाउन थाल्छ । विद्यावारिधिका लागि उभयचर र सरीसृपको नमुना सङ्कलन गर्दै झपाको केचनाकलन र सोलुखुम्बुको खुम्जुङदेखि कर्णाली र बैतडीका भीरपाखा चहार्छ । पूर्वी पहाडमा अनुसन्धान गर्ने क्रममा २६ थरी किरात राईका भाषाको सर्वेक्षण गर्न पनि भ्याउँछ ।विद्यार्थीकालमा वाम राजनीतिक रुझन भएका खम्बू प्राज्ञिक क्षेत्रमा रमाउँदै ‘हर्पेटोलोजी’को अनुसन्धान पूरा गर्न दुई वर्ष युरोपमा सङ्घर्ष गर्छन् । तर, साउन २०६० मा बुझएको ६०० पृष्ठको उनको शोधपत्रलाई त्रिवि, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीन कार्यालयले वैशाख २०६२ सम्म थन्क्याइदिन्छ । धन्न हाकिमको डस्टबिनमा भेटिएको एउटा नखोलिएको खामले कुचिकारको ध्यान तानेछ, नत्र हक्की र जुझरु खम्बूको जीवनमाथिको खेलबाडको पटाक्षेप कसरी हुन्थ्यो अनुमान लगाउन गाह्रो छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : तिम्रो यादमा

~केवल गंगा गुरुङ~Kewal Ganga Gurung_1

गोधुलीको माधुर्यतामा हरार्इ दिउँकी लाग्यो
चोरेर तिम्रो तस्विर मनमा सजाई दिउँकी लाग्यो

दिनमा त एकै पल्ट हेर्ने मन तिमीलाई
तिमी नदेखे धर नहुने रोग कस्तो लाग्यो मलाई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भन प्रिय

~पूर्ण धिताल~

तिमी सधैं कुर्चीतिर जान मन गर्ने।
सधैंभरि सडकतिर हामी जानुपर्ने।
कुर्ची छोड्ने सल्लाह दिंदा तिमी आँखा तर्ने।
यस्तो बेला भन प्रिय मैले कसो गर्ने?

तारे होटल रङ्गीन रात तिमीलाई जाँगर आउने।
जोकिङ्ग गर्न भोटिङ्ग गर्न तिमी रिसोर्ट धाउने।
हरेक दिनमा फरक तालमा तिमी गीत गाउने। Continue reading →

Posted in कविता | Tagged | Leave a comment