जेनन नेपालका केही हाइकुहरु

~जेनन नेपाल~jenan-nepal

महल बन्यो
अग्लियो धरातल
म भुँइ खोज्छु

***

हेर्दै बाँच्नुछ Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

मुक्तक : रङ्गियो

~चित्र लक्ष्मी~chitra-bahadur-chaudhari-laxmi

बार रङ्गाई त्यो मोरी कालीले
गाउँ रङ्गाए ती साला सालीले
ए लाटो केरा Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित लघुकथा : परिचय

~आलोक कुमार सातपुते~alok-kumar-satpute
अनु : मनोज न्यौपाने

म हिन्दू हुँ…, सरी, म हिन्दू थिएँ भन्नुपर्ला किनकि हिन्दुत्वको खराबीलाई देखेर मेरा पूर्खाले बौद्ध धर्म स्वीकार गरेका थिए ।

म बुद्धिष्ट हुँ…तर यहाँ पनि समस्या छ । भारतमा अम्बेडकरवादी बौद्ध प्रचलित छ… अर्थात् धर्म व्यक्तिवादी छ । Continue reading →

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

थारू भाषी मुक्तक : बञ्जरभूमि

~छविलाल कोपिला~chhabilal-kopila

बिना कारण हमार वस्ती बगाजाइठ्
ओस्ते यहाँ रातारात आगी लगाजाइठ्
हेरो ! यी बञ्जरभूमि, Continue reading →

Posted in थारू मुक्तक | Tagged | Leave a comment

छोक : याे बिहान

~अकेला यात्री~akela-yatri

एउटा बिहान ल्याएर दिएकाे थिएँ
तिमीले कुल्चिएर फालिदियाै ।

अर्काे बिहान ल्याएर दिएँ
मनाेमानी गरेर छाडिदियाै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याचाहरुको कन्सर्ट

~सुरज राना~Suraj Rana

मेरो देश एउटा स्टुडियम बनेकोछ
जहाँ बुख्याचाहरुले कन्सर्ट गरिरहन्छन

केही बुख्याचाहरु
गरिबिको तार निर्ममता पुर्बक झट्काएर
बजाइ रहेछन गितार
केही बुख्याचाहरु
भोको देशको खोक्रो भुँडीमा
रेटि रहेछन भ्वाइलिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाका रंगहरु

~निश्चल काउचा~Nischal Kaucha

चपस्टिकले दुई गास भात निल्दै
एक मुठी सास झुण्डयाउदै
सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु
म यतै -कतै
गाई गोठहरुमा
बंगुर खोरहरुमा
टनेल हाउसहरुमा
मन्द बिष युक्त कारखानाहरुमा

घाम निदाए पछि
संबेदनाहिन निष्पट अँध्यारो रातमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नातिको एउटा विन्ती: भानु बाजेलाई

~छोगेल मोक्तान~tshogel-moktan

हे बाजे….!
आऊ तिमी पूर्वमा रक्तिम लालिमा फैलाउँदै
सुसुप्त तिम्रा सन्तानलाई चेतनाको नयाँ सन्देश सुनाउँदै
निशि अन्धकारको पर्दा हटाउँदै
दिव्य शिक्षाको प्रकाश छर्दै आऊ ।

हे बाजे….!
च्यातिसके रामायणका बहुमूल्य पानाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रलापहरू

~प्रविण अर्याल~ pravin-aryal

एकोहोरो फलाकीएका प्रलापहरू ।
दोब्य्राई दोब्य्राई पटाईएका पत्रहरू ।।
खल्ला खल्ला तीता र टर्रा छन् ।
खस्रा खस्रा र रूखा रूखा छन् ।।

मेसो नपाएर भौतारिएका भ्रमणहरू जस्तै ।
बाट्न नजानेर बटारिएका पोयाहरू जस्तै ।।
निरर्थक निस्सार र निस्प्रयोजनयि भई । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : संध्या

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

ललितपुरको हाइ–कलाको शिल्प–कोविदले छिनो
मन्त्रियो कस्तो कमाल !
सन्तुलित कोमल चिनाले, बुट्टा कस्ता बान्कियो लौ !
वाष्प–मरमर माथि लाल !
वसन्त–महलमा आदिकालीन
पश्चिमा भो आँखीझ्याल !
चन्द्रागिरि माथि विशाल !
जलपियो क्या ! सुनले त्यल्ले झल्ल पारी ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : सांस्कृतिक रूपान्तरणमा साहित्यको भूमिका

~मोहनराज शर्मा~mohanraj-sharma

१. विषयप्रवेश : सांस्कृतिक रूपान्तरणको आवश्यकता

यस युगको वर्तमान समयमा पनि डरलाग्दो आतङ्कवादको बिगबिगी कायमै छ । जहींतहीं अवाञ्छित हमला, हिंसा र युद्धको कालो छाया फिंजिएको छ । वातावरणमा आणविक तथा जैविक शस्त्रास्त्रको सन्त्रास व्याप्त छ । उर्लदो भूमण्डलीय जनघनत्वले कहालीलाग्दो कहर सिर्जेको छ । अभूतपूर्व वातावरणीय परिवर्तनले अनेक सङ्कट निम्त्याएको छ । नयाँनयाँ आर्थिक एवम् सामाजिक चुनौतीहरू विकराल मुख बाएर खडा छन् । यस तरहको विनाशकारी स्थितिबाट मुक्ति र त्राण पाउनाका लागि सांस्कृतिक रूपान्तरण आवश्यक छ । अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय अर्थात् विश्व स्तरमै यसको अपरिहार्यता देखापरेको छ ।

त्यसो त अहिले पनि विश्वमै सांस्कृतिक रूपान्तरण चलेकै छ । यो पाश्चात्य मुलुकहरूमा मात्र होइन पूर्वीय र अन्य मुलुकहरूमा पनि घटित भइरहेको छ । यसको जति तीव्रता र सघनता पश्चिमेली देशहरूमा देखिन्छ त्यति पूर्वेली र अन्य मुलुकहरूमा देखा परेको छैन । उपनिवेशवाद, भूमण्डलीकरण, सञ्चारको विकास, Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : कथाकी पात्रा

~रामप्रसाद ढुंगेल~Ram Prasad Dhungel

नेपालमा सुसारे, खाडीमा खदामा, इजरायलमा चाहिँ केयर गिभर । पदलाई जहाँ जसरी परिभाषित गरे पनि उस्तै हो काम, उस्तै हुन् पेलान, उस्तै हुन् बाध्यता अनि उस्तैै हुन् दर्दभरे कहानीहरु । तर, कमाइका दृष्टिले उत्तम थियो इजरायल ऊबेला । छ अझै पनि आकर्षक कमाइ । युरोप वा अमेरिकामा जति नै कमाए पनि इजरायलमा जोगिने पैसामा खासै ठूलो अन्तर थिएन र छैन अझै पनि । त्यही पैसाका कारण रित्तिदैछन् नेपाली बस्तीहरु । खाडीले तानेको छ धेरै तन्नेरीहरुलाई । बलियाबांगा छैनन् गाउँघरमा । रोधीमा भेटिन्नन् युवाहरु, साकेला र धाननाच उस्तरी जम्न छाडेको छ । देउडामा पनि बुढाबुढीमात्र देखिन्छन् । न त जन्तीमा छन् युवाहरु, न त मलामीमा ।

छोटो समयमा धेरै धन कमाइ बुढेसकालमा सुखी जीवन जिउने मिठो सपना कस्को हँुदैन ? कमाउने Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : फालेको मान्छे म त

~भोला सिवाकोटी ‘पुरानाघरे’~bhola-siwakoti-puranaghare

गुटबन्दीले सिमा कटार्इ फालेको मान्छे म त
किच्ला भनी डराएर ढालेको मान्छे म त

लडेका छन मुर्दाहरू इतिहासको आयाै सुती
इतिहासले पाइला नयाँ चालेको मान्छे म त Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : हैसियत नभएकाहरुको हतियार

~सन्तोष चिमरिया~santosh-chimoriya

“उसलाई सामान्य सोधपुछ होला भन्ने ठानेको थिए । तर प्रहरीहरु बडो क्रूर र आक्रमक भएर भोको सिकारी झै प्रस्तुत भए । बिना पक्राउ पुर्जी र सामन्य सोधपुछ सम्म नगरी उसको हात पछाडी बाँधियो र एकैपटक क्याफेको मार्बल टेबलमा उसको टाउको जोरले बजारियो । यो दृश्य हेर्न र सहन नसकेर मैले प्रहरीलाई उसलाई बाहिर लैजान भने । अनि उनिहरुले खालिदलाई अमानवीय तरिकाले घिसार्दै र पिट्दै लिएर गए । लिएर जाने क्रममा बाटोका रेलिङ र बिजुलीका पोलहरुमा बारम्बार उसको टाउको क्रूरतापुर्बक बजारियो । यो बिचमा उ मरिसकेको थियो तर प्रहरीहरुले लासलाई पनि कुट्न र बजार्न छोडेनन । यसरी एउटा निहत्था नौजवान नागरिक राज्यले नियन्त्रणमा लिने क्रममा सार्बजनिक स्थानमै मारियो र उ राज्यको नियन्त्रणबाट जिउँदो फर्किन पाएन ………” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हात थमाए जस्तो

~मसान उपासक~masan-upasak

प्रेम भए जस्ताे हात थमाए जस्तो
के हुदैछ यहाँ बित्थामा रमाए जस्तो

चिच्याएछु तिमी साथ छाै भनेर चिच्याएछु
लाग्दाे हाे यी रुखलाई पनि बर्बराए जस्तो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : प्रेमोपहार

~साधना तामाङ~

“हे भगवान तिमीले मलाई कस्तो जीन्दगी दियौ ? न त चाहेरै बाँच्न सक्छु न त मार्न नै सक्छु केवल, केवल नतमस्तक भएर नाटकीय रुपमा र दृश्यमा हेर्न बाध्य छु, कठपुतलीझैँ अरुको इशारामा नचाँउन, तिरस्कृत र व्यङग्यको पात्र बन्न भने पवित्र स्वच्छ पे्रमको उपहार र चोखो जीवन समर्पण गर्दा जीँउदै पीडा र दुखको आगोमा जल्न बाध्य भएकी छु, सायद मेरो भगवानले पनि त मलाई साथ दिन छोड्यो र उपहास ग¥यो, यस्तो सजाय किन भगवान किन ? के कसैलाई स्वच्छ हृदयले, मायाले पूज्नुको सजाय यही हो ? के यो घोर अपराध या पाप हो ? भगवान बरु मलाई मृत्यु दिए कति जाती हुन्थ्यो यो जीवन भन्दा सयौँ…….लाखौँ गुणा राम्रो, म कसरी जीऊँ भगवान कसरी ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बुद्ध बोल्दैछ

~दीपक जडित~Deepak Jadit

सुन् ए , ईश्वर !
कस्तो भ्रम फैलाईछस् तैंले
आजपनि मान्छेहरु नाघेर मान्छेहरुलाई
दौडिरहेछन् तँलाई भेट्न
म सम्झन्छु त्यो दिन अझै
भनेको थिएँ मैले
‘प्राणीहरु माझ रहने
प्रेम नै एक मात्र धर्म हो । ‘
चाहन्थेँ म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : स्तर बढेको

~सुशीला देउजा~Sushila Deuja

लामो समयपछि विदेशबाट आएका रमेश गाउँ पुगे । चारैतिर हेर्दै रमाइलो मानी उनी घरतिर जाँदै थिए । खलोमा धान त्यतिकै थुपारिएको थियो । धान उठाउने त्यहाँ कोही थिएनन । धेरै जसो घरमा ताल्चा मारिएको थिएन । आँगनमा झेका भाँडासहित अरु सामानहरु त्यतिकै छरपस्ट थिए । उनलाई यो गाउँ मानव वस्ती हैन, एउटा सुनसान नगरी जस्तो लाग्यो ।

हिँडदै जाँदा टाढैबाट आफ्नो घर देखे । खुसीले मुटुको धडकन तेज बन्यो । घरमा सबै जनालाई म आउँदै छु भन्ने पक्कै थाहा भइसक्यो । मेरो बाटो हेर्दै होलान । हतारिएको मन, घर कहिले पुगुँ जस्तो भयो । पुरानै भए पनि मर्मत ्गरिएको घर अलि फरक र राम्रो लाग्यो । खुसी खुसी घर पुगेँ । आश्चर्य यहाँ पनि त्यही हालत थियो Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कथा : रेग्नेरक

~खोर्खे लुई बोर्खेज~jorge-luis-borges

स्वप्नभित्र बिम्ब, कलरिजले लेखे, ती उद्वेगहरूका निरूपण हुन्, जुन हाम्रो बुझाइले स्वप्नका परिणाम हुन् : हामी कुनै स्फिन्क्सको प्रकट हुनुको आशङ्काबाट आतङ्कित बोध गर्दैनौँ; ता कि जुन आतङ्कलाई बोध गर्दछौँ, त्यसलाई दृष्टान्तबाट बुझौँ । यदि यस्तो भए त त्यस रात स्वप्नमा उत्पन्न आवृत्तिहरूको कोरा वृत्तान्त त्यसमा अल्झेको अल्झाइ, उमङ्ग, अनुमान, भीति र उल्लासलाई कसरी सम्प्रेषित गर्न सकिएला ? फेरि पनि, म त्यस वृत्तान्तको वर्णन गर्नुको प्रयास गरुँला ।

सम्भवतः ‘कि एक एक्लो दृश्यमा स्वप्न एकत्र थियो’ यो तथ्य आधारहीन कठिनाइहरूलाई टाढा वा धमिलो गरिदेला दृश्यमा दर्शन र साहित्य महाविद्यालय थियो र गोधूलि बेला, जस्तो स्वप्नमा प्रायः हुने गर्छ, सबै कुरा किञ्चित् भिन्न थियो; आकारहरूको अल्पवृद्धिले चीजहरूलाई परिवर्तन गरिदिएका थिए । हामी Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

बाल कविता : भित्री आँखा

~ललिता दोषी~lalita-doshi

सेतो लौरी हातमा छ
पीठमा ठूलो झोला
छामछाम छुमछुम गर्दै आइन्
नेत्रहीन नीरा

छैनन् उनी नपढेका
छैनन् बेरोजगारी
आफ्नो लागि कमाउँछिन् Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : झिमझिम गर्ने सानी पुतली

~रश्मी ‘असफल’~

कस्ती राम्री झिमझिम गर्ने सानी पुतली
मेरो पनि भए हुन्थ्यो नानी पुतली

मेरा बाबा कहाँ कहाँ आमा कताकता
कसले किनीदेला मलाई ज्ञानी पुतली Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : सम्भावनाको ढोका खोल्ने उपन्यास

~हरि अधिकारी~book-cover_karnali-blues

युवाकवि बुद्धिसागरको उपन्यास कर्नाली ब्लुजको प्रकाशनलाई नेपाली साहित्यको संसारमा यसवर्ष भएको एउटा महत्त्वपूर्ण घटनाका रूपमा लिन सकिन्छ । उपन्यासमा केही उल्लेख्य घटना छन्, जसले यस कृतिलाई पठनीय र मननयोग्य बनाएका छन् । गत वर्ष उर्गेनको घोडा लिएर आएका र चर्चा र प्रशंसा दुवै बटुल्न सफल भएका वामपन्थी लेखक युग पाठकझैँ बुद्धिसागर पनि आख्यानको क्षेत्रमा पहिलोपल्ट हात हालेका स्रष्टा हुन् । तर, पहिलो कृतिबाट नै उनले ठूलो सम्भावनाको ढोका खोलेका छन् ।

कर्नाली ब्लुज पूर्णतः आञ्चलिक उपन्यास हो । यसमार्फत नेपाली साहित्यमा पहिलोपल्ट कर्णाली नदी प्रवाह क्षेत्रको जनजीवन आफ्ना विविध रंग, गन्ध र प्रकाशका साथ Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

भलाकुसारी : स्रष्टाको आन्दोलन मुखर हुनु जरूरी छ – हरिगोविन्द लुइँटेल

~मनोज न्यौपाने~manoj-neupane

(वि.सं. २०१५ साल फागुन महिना २८ गते काठमाडौंँको ढुङ्गाअड्डामा जन्मनु भएका हरिगोविन्द लुइँटेलको साहित्यिक यात्रा वि.सं. २०३१ सालमा “परोपकार”पत्रिकामा प्रकाशित ‘मान्छेको म’ शीर्षकको निबन्धबाट प्रारम्भ भएको हो । वि.सं. २०४३-४४ मा “उत्साह” साहित्यिक मासिकको कार्यकारी सम्पादकको रूपमा काम गर्दै र २०४८ देखि “मूल्याङ्कन” मासिक र वि.सं २०५२ देखि “नवयुवा” मासिकको सम्पादन गर्दै आउनुभएका लुइँटेल स्रष्टा आन्दोलनमा २०३७ देखि निरन्तर लागिपर्ने जुझारू योद्धा हुनुहुन्छ । उहाँले वि.सं २०३७ को “सडक कविता क्रान्ति”मा सहभागी भई स्रष्टा आन्दोलनको आन्दोलन सुरू गर्नुभएको थियो । २०३६-३७ को “सडक कविता क्रान्ति”को क्रममा काठमाडौँंको काष्ठमण्डप चोकमा आयोजित कार्यक्रमा उहाँले प्रथम पटक कविता बाचन गर्नु भएको थियो । २०३६ सालको विद्यार्थी आन्दोलन होस् या २०४६ सालको जनआन्दोलन होस् वा २०६२/०६३ को जनआन्दोलन होस्, सबैमा उहाँले रचना र अन्य विविध गतिविधिमार्फत् उल्लेख्य योगदान पुर्‍याउनुभएको छ । यस क्रममा उहाँ २०४६ मा १ पटक र २०६२-६३ मा ६ पटक गिरफ्तारीमा पर्नुभएको छ । Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कथा : मोहभंग

~सुषमा मानन्धर~Shushma Manandhar

दिलप्रसाद पचास दशकको, त्यस्तै पचपन्नको हाराहारीका मान्छे। तिल-चामल कपाल अनि भरिलो जिउ। केही वर्ष भयो उसले अहिलेको प्रोजेक्टमा काम गर्न थालेको। यो भन्दा अघि ऊ एउटा स्कूलमा मास्टरी गर्थ्यो। निकै भनसुनपछि उसले प्रोजेक्टमा काम पाएको हो, मान्छे चिनेको यहीँनिर काम लाग्यो उसलाई। दुई फरक विषयमा डबल एम.ए गरेको उसमा महत्वाकांक्षा हुनसम्म कै थियो भने अरुको सामु ध्वांस देखाउनु पर्ने बानीमा कुनै कमी पनि थिएन। उसको यही बानीले निकै पल्ट उसलाई आर्थिक क्षति नगराएको पनि हैन तर आफ्नो प्रभाव देखाउन उसले त्यसलाई हाँसेर व्यहोरेको थियो। एक छोरा, एक छोरी र श्रीमती, सानै परिवार हो उसको तर आफनो सानो परिवारभित्र बाँड्न उसँग त Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मौन छु आँशु पिई

~रत्न शमशेर थापा~Ratna Shamsher Thapa

मौन छु आँसु पिई, पिर जब ओर्लिन्छ
तिमीले साँची साँची नयन किन गर्दिन २
आज थाकी थाकी पाइला सर्दै सर्दैन २

हाँसो खुसी र चैन सबै मलाई चाहिन्न
अनि देऊ पछि यही गुनासो म सुन्दिन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : आदर्शको ढाल हो

~वामदेव पण्डित~

सत्सठ्ठी अब छैन त्यो विगत भो ख्वाएर तीता कुरा ।
अठ्सठ्ठी अब आउँदै छ बलियो देखाउँदै पाखुरा ।।
पक्कै आउँछ संविधान रसिलो मिल्ने छ मीठो रस ।
सारा वर्ग खुसी हुने छ सबको प्यारो मणि पारस ।।१।।

हाम्रो देश अखण्ड बन्न उसले गर्ला बढी मद्दत ।
नेपाली मनमा सदैव रहला आदर्शको आदत ।।
राम्रो जागिरमा लगाउँछु भनी पैसा कमाइलिने ।
आफू हो भनी जाँचमा निडरले छोरी पठाइदिने ।।२।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : एक सपना देख्याँ

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

बीस वर्षका उमेरमा
गोरखा राज्यका अभिभारा काँधमा बोक्याँ
जता हेर्योँ उतै लड्याका,
भत्क्याका दारुण अवस्था देख्याँ
टुक्राटाक्री सबैलाई जोडजाम गर्न्या
र सुन्दर शान्त विशाल देश बनाउन्याँ
एक सपना देख्याँ
।।१।।

गोरखनाथ बाबाको आशीर्वाद
औ गजवीर–भाइभारदार र दुनियाँदारको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : अनुभूति

~महेश रेग्मी~

प्रकृति यात्रामा मौन पहाडलाई सुम्सुम्याएर हिडेँ
अनुभूतिको आकाशलाई टोलाएर/बोलाएर हिडेँ
साम्राज्यको सूर्यलाई हेरेँ
पहाडहरूको प्रतिक्रिया खलबलिरहेछ
हेर्दै-हिँड्दै जाँदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पर्खाइ

~नीलम कार्की निहारिका ~Neelam Karki Niharika

प्यारा  छोरा/ बुहारी /नाति
शुभ आशिष् !

आजआज भोलभोलि भर्दाभन्दै वर्षौं भयो हाम्रो भेट हुन सकेन । तिमीलाई भेट्ने हजारौँ मन हुँदाहुँदै तिमीलाई आऊ भन्न  सकिनँ /अहिले तिमि एक सन्तानको बाबु हौ, तिमी राम्रै अनुमान लाउन  सक्छौ, आफ्ना सन्तानबाट टाढा भएर  बस्न कति गारो हुन्छ । हामीलाई पनि त्यस्तै  गारो भयो बाबू  ! तिमी ठूलो भइसक्यौ तर आमाबाबुको नजर आफ्ना सन्तान काखका बच्चासरह नै हुने रैछन्  । सधैँ उही सानो बालक ¤ तिम्रा साथीहरूसँग भेट हुँदा उनीहरूमा तिमी खोज्दै बसेँ, कहिले कतैबाट तिमीले बाबा भनी बोलाएको जस्तो मानी फर्केर पनि हेरेँ । बाटो हिड्दा, तिमी्र आमा तिमीलाई सम्झेर रातिराति उठेर रुन्थिन् ।

चाडपर्वमा उनको मन मनाउन गारो पथ्रयो , उनको मन केही गरी बुझाउन खोज्थेँ, आफ्नो पीडा कोसँग पोख्थेँ र ? पछिपछि उनलाई  समेत सम्झाउन नसक्ने भएको थिएँ । तिमी गएपछि यो घर मा कुनै वर्ष दसैँ आएको छैन, टीका मुछ्ने जाँगर हुँदैन । तिम्रा दिदीबहिनीको तिहारमा हात रित्तै हुन्छन् । हामीले घरमा  मखमली र सयपत्री रोप्न नै छाडिदियौँ । पर्खियो छोरा, एक दशकभन्दा धेरै यसरी नै पर्खियो । तिम्रो आगामी भविष्य तिम्रा लागि अझै यसरी नै पर्खेथेँ, तर बाबू, अब मसँग तिमीलाई पर्खी बस्ने समय नै छैन, भन म कसरी पर्खूं ? Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कविता : आत्महत्या

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

लक्ष्य
पूरा हुन नसक्दा
मैले आत्महत्या गरेको भए
म कसैको पति बन्ने थिइन
मेरो बिहे हुनुप¥यो भन्दै
भतेर खोज्नेहरुको
इच्छा नै भताभुंग हुने थियो
उनीहरुको बधाई
मैले थाप्न पाउने थिइनँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : दार्जिलिङ सहर

~नरदेन रुम्बा~Norden Rumba_1

हरर बरर ढ्वाङ् तानूँ सरर
जानू छ हामीलाई दार्जिलिङ सहर
ए है मन फरर
 हरर बरर ढ्वाङ् तानूँ सरर
यो बाटो हामीसँगै हिंड्छ मोटर
ए है बेनी बगर

तेलैमा खोज्नु दहमा दह एक सेर ए लै लै तोरीमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँखामा केही आस थियो

~धनेन्द्र विमल~dhanendra-bimal

आँखामा केही आस थियो मुटुमा केही सास थियो
सायद तिमीले पर्खनुमा पर्खाइको कुनै रस थियो

सपनापछि सपना देख्ने निरन्तर यही क्रम रह्यो
मैले माया लाएँ कि लाइन मनमा सधैं भ्रम भयो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment