कविता : सम्बोधन फूलको

~असिम सागर~Asim Sagar

महोदय,
तिमीले
सुँघ्दैमा मेरो बास्ना रित्तिन्न
तिमीले छुँदैमा मेरो सौन्दर्य
मर्दैन
तिमीले चोर्दैमा
मेरो मुस्कान चोरिन्न
मन्दिरमा जो-जो जान्छन्
मलाई होइन,
मेरो लाश लिएर जान्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : चोली राम्रो पाल्पाली ढाकाको

~बुद्धवीर लामा~buddha-bir-lama

चोली राम्रो पाल्पाली ढाकाको
हेराइ राम्रो मायालु आँखाको
झिल्के मजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर

न्याँनोमा न्याँनो पस्मिना बर्को काठमाण्डौं शहरको
ल्याइदेऊ न साँइला हात पटासे भादगाउले खाँडीको
वैंश मिठो सोह्र र सत्रको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : गणतन्त्र

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

बिर्खरामले २०६२–६३ को आन्दोलनमा जोडतोडले सहभागिता जनाए । जनताहरू निरङ्कुश शाही सत्तालाई याँकेर देशमा गणतन्त्र ल्याउनुपर्छ भनेर आन्दोलनमा होमिएका थिए ।

बेरोजगार बिर्खराम पनि गणतन्त्रपछि त हामीले पनि जागिर पाउँला, सुखको जीवन बिताउँला भन्दै आन्दोलनको मोर्चामा सहभागी भए । उन्नाइस दिनसम्मको आन्दोलनले शाही सत्ता ढल्यो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : एउटा मान्छे मन पर्छ

~यादव खरेल~yadav-kharel

एउटा मान्छे मन पर्छ भुल्न सक्तिन
आफ्नो स्वरुप उसको सामु खुल्न सक्तिन
कुन साइतमा आँखा जुध्यो भुल्नै नसक्ने
कस्तो आपत पर्यो मलाई खुल्नै नसक्ने

संगिनीले जिस्क्याएर बस्नै गारो भो
सिमलको भुवा पनि मलाई सारो भो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : अपव्याख्यामा माधवी मिथक : मानवी कि पृथ्वी ?

~सुरज दहाल~book-cover-madhavi-madanmani-dixit

“माधवी”महाभारत , उधोग पर्वको एक मिथक हो । नेपाली जगतमा माधवी मदनमणी दिक्षितको उपन्यास मार्फत परिचित छ भने भारतिय जगतमा माधवी भिष्म साहनीको प्रसिद्ध नाटक र अनुपमा निरंजनको उपन्यास पनि हो ।

“माधवी” नहुष कुलमा चन्द्रवंशका पाचौ राजा ययाती पुत्रीको रूपमा प्रस्तुत एक नारी पात्रको रूपमा चित्रीत गरिएको छ जबकि माधवी कसकि पुत्री हुन ? माधवीकि माताको नाम कतैपनी उल्लेखित छैन । गालव विश्वमित्रको एक अत्यन्त प्रिय शिष्य हो जसलाई माधवीले प्रेम गर्दछिन ।

बाइबलमा याकुबका बाह्र पुत्रले अलग अलग वंशजको विकास भएको र ययातिका पाँच पुत्र बाट पाँच वंशज अगाडी बढेको सम्बन्ध रोचक लाग्दछ । यदु र पुरु जस्ता पुत्रका पिता सम्राट ययातीले गालवलाई आफ्नी पु Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

अनूदित कथा : द आर्टिस्ट

~नाओया शिगा~Naoya Shiga
अनु : रुमन न्यौपाने ‘अमन्त’

सिबेईको आमा बाबुलाई थाहा छ उ प्राय लौका किन्न आफैं जान्छ । उसले त्यो केही ऐनमा लेराउँथ्यो र छिट्टै त्यो ठुलो संग्रह बन्दै थियो । जब उ लौका लिएर आउँथ्यो, त्यस माथि कुनै यन्त्रको सहायताले प्वाल बनाउँथ्यो । बिँयाहरुलाई त्यस माथि पारिएको प्वाल बाट निकाल्थ्यो । त्यसपछि लौका बाट निस्कने नमिठो गन्घको प्रतिरोधको लागी त्यसभित्र केही चियाको पातहर हाल्थ्यो । अब उसको काम बुवाको कपमा जोगाएर राखेको पोलिसको थिग्रालाई साबधानी र्पुबक त्यसको बाहीर दल्नु हुन्थ्यो । सिबेईको लौका प्रतीको रुचि उत्कठ थियो । एकदिन उ समुन्द्र किनारामा घुम्दै गर्दा, मनपरेको बिषयमा घोत्लिदै गर्दा । उ एउटा साधारण दृश्यले अचम्मीत हुन्छ । उसले एउटा तालुखुईले, लामो टाउको भएको बुढो आफ्नो छाप्रो बाट हतारिदै समुन्दै तिर निस्कँदै गरेको देख्छ । Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

बाल कथा : असल साथी

~रमा अधिकारी ‘कादम्बरी’~

अनिषा, विनिताको असल साथी थिई । उनीहरू एउटै कक्षामा पढ्दथे । घर पनि सँगसँगै जस्तो थियो । अनिषा सरल, मृदुभाषी, लगनशील र सहयोगी थिई । विनिता छुच्चो स्वभावकी थिई । अनिषा विनिताको दुःख-सुखमा साथ दिन्थी । विनिताको गृहकार्यमा सघाउनेदेखि कहिलेकाहीँ स्कुल जाँदा-आउँदा बस भाडासमेत तिरिदिने गर्दथी अनिषा । विनिता भने मौका पर्‍यो कि अरू साथीहरूसँग गएर कुरा काट्न थाली हाल्थी – बाबै अनिषा त कस्ती घमण्डी ! यस्ता उस्तालाई त मान्छे नै गन्दिन । त्योसित कोही पनि नमिल है ?

विनिताले आफ्नोबारे अरूसँग कुरा काट्छे भन्ने थाहा पाउँदापाउँदै पनि अनिषा भने विनिताको साथ छोड्दैनथी । साथी भएपछि साँचो हृदयले साथ निर्वाह गर्नुपर्छ भन्ने कुराको राम्रै ज्ञान थियो अनिषालाई । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : सर्किनीको धारो

~जीवन दहाल ‘पीडित’~Jiwan Dahal 'Pidit'

टण्टलापुर घामले र्याक र्याक पारिरहेका बेलामा उकालाका फेदीमै निकै ठूलो खाने पानीको ट्याङकी देखियो ।

चारतिर बाटो छुट्टिने चौबाटोमा लगभग तीन हजार गाग्री पानी अटाउने सिमेण्टको पक्की पानी ट्याङकीमा जोर–जोरै धारा हालिएका त थिए तर धाराका टुटीमा भने साँचो लगाएर पानी खोल्न नमिल्ने बनाइएको रहेछ ।

टुटीभन्दा निकैमाथि ट्याङकीकै भित्तामा रातो इनामेलले लेखिएको थियो– Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : फर्काइदेऊ मेरो मनको एक जोडी परेवा

~अशेष मल्ल~ashesh-malla

आज कतै गएर
एउटा चर्को आवाजले चिच्याउँ लागिरहेछ
मनका सबै लगाम फुकाएर
आज कतै दौडूँ लागिरहेछ
मन सधैँ पानी भएर बग्यो
उठेर कहिले-काहीँ त आगो भएर पनि बल्न पर्थ्यो
निर्मम चट्टानसँगको साउती र सम्झौतामा
चुपचाप बग्दोछ यो मन
कुनै मृत्यु-दण्डको सजाय पाए जस्तो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कविताको मूल्य

~शीतल गिरी~Shital Giri

विम्ब कवि रमेश श्रेष्ठले एकल कविता वाचन पोखरा र काठमाडौंमा सम्पन्न गरिसकेका छन् । उनका कविता अति मन पर्छ मलाई ।

उनले बनाएका चित्रहरू सधैं हेरूँ हेरूँ लाग्छ मलाई । प्रेम, पीडा र दु:ख मिसिएको पाउने गरेको छु कविता र चित्रमा । उनको कविता वाचन शैली पनि बेजोड छ । प्रस्तुति सुनिसकेपछि उनका कविता पढ्न बस्ता त्यही वाचनशैली याद आउँछ ।

कतै नअड्की, शब्द र वाक्यांश वाचन गर्दा आरोह–अवरोह मिलाएर, दुई वाक्यांशबीचको विश्रामलाई बडो महत्त्व दिएर कवितावाचन गर्दा रहेछन् । रमेश श्रेष्ठ पोखराको माटोमा हुर्केर सशक्त कविको रूपमा आफूला Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : अक्षरको विरासत

~साम्ब ढकाल~Samba Dhakal

अक्षरहरु हिँडिरहे
नपुगुन्जेल हिँडिरहे
अक्षरहरु हिँडिरहे / हिँडिरहे ।

मान्छेहरुलाई भेट्न हिँडिरहे
मान्छे भेटुन्जेल हिँडिरहे
मान्छे फेला पार्न हिँडिरहे
मान्छे फेला नपारेसम्म हिँडिरहे
अक्षरहरु हिँडिरहे/हिँडिरहे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : ५४१६ मिटर

~भीष्म उप्रेती~Bhishma Upreti_1

बिहान चार बजे उठ्ने सल्लाह भएको थियो हिजो तर जाडो असाध्यै धेरै भएकाले उठ्न मनै लागेन । फेरि होटेलभरि विदेशी पर्यटकहरू रहेका र पहिला उनीहरूलाई ब्रेकफाष्ट गराउने जानकारी पाएकाले पनि यस्तो जाडोमा उठेर सास्ती पाउनुको अर्थ पनि देखिनँ । मनभरि उत्सुकता थियो आजको यात्राको । यस यात्राको सबैभन्दा उत्कर्षानन्दलाई अनुभूत गर्ने तयारीमा थियौँ हामी । यात्राभरिको सबैभन्दा उचाइमा रहेको थोराङला पास हुँदै अघि बढ्दै थियौँ आज । यस्तो उत्सुकताबीच पनि उठेर यात्राको लागि तयार भइहाल्ने जाँगरलाई जाडोको निरन्तर आक्रमणले उठ्न नदिएर ओछ्यानमै लम्पसार भइरहन विवश पारिरहेको थियो ।

सवा चार बजेतिर माइला दाइ कोठामै आइपुग्नुभयो बोलाउन । श्रीओमजी, मणि, ठाकुरजी र म चारै जना ज¥याकजुरूक उठ्यौँ चिसोसँग पौँठेजारी खेल्दै । हतारहतारमा सबै काम सकेर झोला बोक्तै लौरो टेकेर डाइनिङ रूममा पुग्यौँ । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : वेश्या माया

~राजेश बुढाथोकी~rajesh-budhathoki

त्यो रात म उसैसँग सुते । बिहान उठेर उसले भन्यो, “मसित हिँड तिमीलाई यहाँको भन्दा डब्बल दिन्छु ।” म तत्क्षण जान तयार भएँ ।

म वेश्या हुँ, यसो भनिरहँदा मलाई कुनै हिच्चकिचाहट हुँदैन । जब म एकान्तिक हुन्छु तब विगतका अभिव्यञ्जनाहरुले घाँटी निमोठ्न थाल्दछन् । आफ्नै विगतप्रति प्रश्रव वेदनाकी स्त्रीझैँ छटपटाउँछु ।

आफ्नै नियतिप्रति आजित भएका श्रीमान्ले भने, “माया, कत्ति दुःख गर्नु यसरी ? अब दुई÷तीन वर्ष विदेश पो भासिनुपर्छ क्यार ! तिमी घरव्यवहार सम्हाल है । उताबाट फर्किए’सी छोराछोरी पढाउनुपर्छ । सानोतिनो व्यवसाय गर्नुपर्छ ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कविताको हत्या

~बीजे विद्रोही राई~bj-bidrohi-rai

कविता ! कविता !! कविता !!!
के कविता ? कस्तो कविता ?? किन कविता ??
म मेरो कविताको हत्या गर्न चाहन्छु
म मेरो कवितालाई उखेलेर फाल्न चाहन्छु
जो हृदयको वृन्दावनमा उम्रेर पनि
देउराली भञ्ज्याङमा उम्रन सकेन

पोर्नस्टार सन्नी लियोनको चर्चा गरेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मैले साथ पाए

~एन पी भावी~narayan-pangeni-bhawi

मध्येरात एकान्तमा जुनको मैले साथ पाए
पीडाबीच टहलिदा उनको मैले साथ पाए ।

समाजको पर्दाबीच ऐना मैले हेर्दै गर्दा
बेकम्मा रास भित्र घुनको मैले साथ पाए । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा परिचय : प्रगतिवादी शिविरका प्रतिबद्ध स्रष्टा-विमल निभा

~पुरुषोत्तम सुवेदी~

नेपाली कवितामा राजनीतिक आग्रह राख्दाराख्दै पनि कविताको सम्पूर्ण कला बचाउने एउटा कवि पुस्ता छ र त्यस पुस्तामा कवि Bimal Nivaविमल निभाको उपस्थिति अग्रपङ्क्तिमा पर्छ । नेपाली राजनीतिको जनवादी सङ्घर्षमा कवि निभाको सिर्जनात्मक उपस्थितिले एउटा छुट्टै महìव राख्छ । उनी जनवादी शिविरका सौन्दर्यमूल्यमा अनेक मान्छेको सरोकार व्यक्त गर्छन् । राजनीतिक दल, पेशागत समुदाय र व्यक्तिहरूको इमानदार प्रयासप्रति कवि सक्रिय ऐक्यबद्धता जनाउँछन् भने विकृतिविरुद्ध पूरै शक्तिले आक्रमण गर्छन् ।

म अवश्य प्रवेश गर्नेछु
नारायणहिटी
पाँच अक्षौहिणी प्रयत्नसहित
विजय नामको साथी Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गीत : माया

~केशब आचार्य ~Keshav Acharya_1

कहाँ हुनछ कस्तो हुन्छ नदेखिने माया
छात्तीभित्र मुटुसँग समेटिन्छ माया —

आसुँ बनी आँखाबाट बगिदिन्छ माया
हाँशो बनी ओँठबाट हांसी दिन्छ माया — Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कमरेड ! तिमी कतापट्टीको ? कमाउ कि गुमाउ ?

~बलराम तिमिल्सिना~Balaram Timilsina

कमरेड कमाउ हँसिलो छ अचेल
रसिला कुरा गर्छ प्राय सवैसँग
उसको लागि यही पार्टी महान छ
महान छन प्राय सवै नेताहरू
ऊ प्राय आफ्नै लालपूर्जा भएको घरमा बस्छ
ऊ प्राय आफ्नै व्ल्युुवुक भएको चारपांग्रेमा चढ्छ
प्राय सुट टाईमा ठॉटिएर हिड्छ
उन्नति प्रगति र पदोन्नती धडाधड भएका छन
दुई चार वटा परियोजनामा लगानी गरेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मुनामदनको बज्जिका भाषामा अनुवाद गर्दा

~सञ्जय साह मित्र~

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सर्वोत्तम कृति मुनामदन खण्डकाव्यको लोकप्रियता देशविदेशमा व्याप्त छ । अन्यान्य विकसित भाषाका कवि तथा समालोचकको बीचमा पनि महाकविको अमर कृतिको सुनाम पैmलिएको छ । स्वच्छन्दतावादी धाराको अनमोल कृतिको रूपमा रहेको मुनामदन खण्डकाव्य नेपाली मातृभाषीका साथै नेपालका अन्य मातृभाषीमा पनि त्यतिकै प्रिय रहेको छ । मुनामदनको प्रियतालाई उच्चतम रूप विभिन्न भाषामा अनुवाद हुनुले पनि स्पष्ट गर्दछ । नेपालीमा एमए गर्दा मैले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्व विशिष्ट विषय बनाएको थिए“ । देवकोटाको विषयमा सामान्य नेपालीले पनि निकै कुरा बुझेका छन् तर उनलाई विषय बनाएर पढ्दा उनको विषयमा आधिकारिकरूपले जान्ने मौका प्राप्त भएको थियो । मेरो लागि निकै ठूलो Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीति कविता : ओखरबोटे कान्छी

~कृष्ण वस्ती~Krishna Wasti_1

हिजोसम्म मेलापात, बजार सँगै जान्थी ।
आजभोलि तर्किहिंड्छे, ओखरबोटे कान्छी ।।

तोरीबारीजस्तो रुप, हेरिरहूँजस्ती ।
पर्वतलाई नदीलेझैं ,घेरिरहूँजस्ती ।।
आजभोलि छेउमा गए, भुर्रै उड्छे पन्छी । Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : शून्यको परिधि

~केदार वाशिष्ठ~Kedar Bashistha

एक दिनको समयको जोड
एक दिनको आयु घटाउ
भावनाहरुको गुणामा
पीडाहरुको भागफल
हात लाग्यो शून्य !

आउँदैनन् कुनै अङ्कहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : रहस्य

~जयन्ती ‘स्पन्दन’~Jayanti Spandan

टिङ…टिङ… एकाबिहानै मूल गेटको घण्टी बज्यो। उनी नित्यकर्म सकेर भान्छातिर च्याउँदै थिइन्। “ओहो ! को होला यति बिहानै” कल्पदै ढोका खोल्न पुगिन्। “भाउजु नमस्कार है ! बिजयादशमीको उपलक्ष्यमा गणतान्त्रिक शुभकामना पनि।” उसले मुस्कान छोड्दै अभिवादन गर्‍यो।

“ओहो ! हजुर पो। कति सखारै त। अनि यतिका दिन कहाँ बेपत्ता हुनुभएथ्यो नी ? “गणतान्त्रिक नयाँ नेपाल बनाउने धुनमा तल्लिन भएर हो कि क्या हो ?” उनले छक्क पर्दै अनुहार नियालिन्।

“त्यस्तो त केही हैन भाउजू नयाँ चहलपहल, भेटघाट, के केमा व्यस्त भइयो, भइयो। मनले त दिनहुँजस्तो Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

यात्रा संस्मरण : आफ्नै आँखाले आफ्नै देश हेर्दा

~अजम्बरध्वज खाती~Ajamber Dhoj Khati

केही महिनाअगाडि नै थाहा भएको थियो नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १० औं राष्ट्रिय सम्मेलन कैलालीमा हुँदैछ भनी जुनबेला थाहा पाएँ, त्यसैबेलादेखि मलाई पनि त्यो सम्मेलनमा जान मन भएको कुरा शंकर भण्डारी, राम र लक्ष्मणहरूलाई सुनाएको थिएँ। योभन्दा अघि उनीहरूले नेपाल क्रान्तिकारी युवा सङ्घको सम्मेलन जुम्लामा सम्पन्न गरेका थिए। यो मलाई थाहा भएन। सम्पन्न भइसकेपछि थाहा पाएँ। साह्रै पछुताएको थिएँ। यो पनि थाहा पाएर होला मेरो युवा मित्रहरू मलाई लिएर जान तयार भए। मेरा इच्छा भएको ठाउँको यात्रामध्ये हो यो यात्रा। एक ठाउँमा कसैसँग कुरा गर्दा मैले भनेको थिएँ, ‘अब मलाई मर्ने बेलामा पनि केही पछुतो हुनेछैन। मेरो जीवनको सबभन्दा ठूला धोकोमध्येको धोकेा हो यो मित्रहरूले पूरा गरिदिए।’ Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : त्यो तिमी हौ

~लक्ष्मण श्रेष्ठ~Laxman Shrestha

मध्यान्हको चर्को घाममा
निधारबाट टप्किरहेका
पसिनाका थोपाहरूलाई
उत्साही हत्केलाले पुछ्दै,
बिहानीको झण्डा बोकेर
नव युगको आह्वान गरिरहेको
त्यो तिम्रो खबर हो
त्यो तीम्रो आकृति हो
त्यो तिमी हौ।

थाहा छ मलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म भक्तपुर हुँ !

~न्हुछेरत्न बुद्धाचार्य~

चौवीस सय वर्षअघि देखि म
ख्वप्रिङ्ग नामले प्रसिद्ध थिएँ
सबैको आस्थामा थिएँ, हृदयमा थिएँ
भक्तपुर नामले मलाई परिचित गराउने
आनन्द मल्ल !

इँट बोकेर पाँचतले मन्दिर निर्माण गर्ने
श्रमको इतिहास सिर्जना गरेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : माफ गर है

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

अन्जानैमा तिम्रो चित्त, दुखाएँ भने माफ गर है
ति नयनमा अश्रुधारा , छुटाएँ भने माफ गर है

कै’ले काँही आँफैलाईनी, छल्नु पर्दो रै’छ सानु
बाध्यतामा केहि कुरा, लुकाएँ भने माफ गर है Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : भो देख्दिन सपना

~किरण थेबे लिम्बू~Kiran T. Limbu

मैले साँचेको सपनालाई
विपनाले भाँचे पछि
भो, देख्तिन, अरु झुटा सपनाहरु
म, विपनामै ठगिए पछि,

म हिँडेको समयलाई
विगतले टेके पछि
भो, फकिन्र्न त्यो बुढो अतीतमा
मैले भोलिको बिहानी पाए पछि, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : आधुनिक सङ्कल्प

~भैरव अर्याल~Bhairab Aryal

प्रचण्ड पुरोहित परिषद्को महासमितिको बैठकले प्रचलित सङ्कल्पमा युग सुहाउँदो संशोधन गरी निम्नानुसार पास गरेको छ ।

हरि ॐ तस्सत् ३ श्री हरिलट्ठक महापुरुषस्य पार्टी आज्ञाया प्रवर्तमानस्य सकल जगत् विध्वंसकारिणो ब्राह्मणोे द्वितीय परार्डे श्वेतचर्मणः कल्पे राणा मन्वन्तरे प्रजातन्त्रे युगे मोहन–मातृका केशर गुञ्जान्ती कोन्दुकयुगे शान्ति चरणे वामनावतारे मिश्रखण्डे जम्बुकद्वीपे आचार्य वर्तान्तर्गत प्रलम्बकमलकूप नवपाराख्यदेशे माने–पेमे देव्या दक्षिण खण्डे चूडाचन्द्रनारायणस्य मध्येभागे पशुपति भद्रकाली चरणतले भताभुङ्ग जिल्लान्तर्गत गोलमाल ग्रामस्थाने इह पुण्यभूमौ कमलराशिस्थिते श्री सूर्ये घृतकुंभराशिस्थिते बालकचन्द्रे शेषेषु ग्रहेषु Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ऊ

~बिक्रम ज्ञवाली

उ लड्यो ,
देशको निम्ति भनेर
क्रान्ति मा लाग्यो ,
बन्दुक समातेर

हिड्यो उ ,
भोक प्यास नभनेर
सोच्थ्यो उ,
एक दिन अधिकार पाउछु भनेर
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : मानसिक रोग

~धीरकुमार श्रेष्ठ~Dhir Kumar Shrestha

नेपालप्रसाद बिरामीले इन्तु न चिन्तु भएको धेरै वर्ष भयो। उसलाई डाक्टरहरूकामा लगेर स्वास्थ्य परीक्षण गर्न लगाइयो। परीक्षणमा कुनै रोग नदेखिएकोले उसलाई पूर्ण स्वस्थ घोषणा गरियो। तर उनी तङ्ग्रिनुको सट्टा झन्झन् दब्लाउँदै गए। Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बनाऊँ आफ्नै देश

~शारदा पुडासैनी~Sharada Pudasaini

नेताहरुको बुद्धि छैन बिगारे नि देश
कैले आउने होला बुद्धि फुलिसक्यो केश
सात पुस्तालाई थुपारेर जालान् नर्क तिर
कहिल्यै तिनको सन्तानको हुन्न ठाडो शीर ।

नेपालको थिति कस्तो वाक्क दिक्क लाग्छ
बताएर साध्य छैन बरु मुखै थाक्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : होडबाजी सडकमा

~होम सुनुवार~Hom Sunuwar Dashucha

सवारी साधनका होडबाजी सडकमा
अरुभन्दा आफू अगाडि कट्ने अवसरमा
ठूला गाडीले बाटो छोड्नै मान्दैनन्
साना साधनहरु सही बाटोमा हिँड्दैनन्

महङ्गा चालकहरु दाँया बाँया हेर्दैनन्
साइकल मोटरसाईकलवालाले कसैलाई टेर्दैनन्
बटुवा बाटोको बिचैबाट वारीपारी गर्दछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment