गजल : खानी हौ तिमी

~रोहित राना~Rohit Rana

निश्चल चोखो मायाको,खानी हौ तिमी
मिठो मह दिने माहुरीको,रानी हौ तिमी

सपनीमा केवल तिम्लाई,देख्छु मैले हेर
कोमल मेरा दुई आँखाको, नानी हौ तिमी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

रुबाई : मागेर रुवाई दियौ

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

तार चुडेसी सारङ्गीको, धुन मागेर रुवाई दियौ
कोरा भित्र बस्या बेला , नुन मागेर रुवाई दियौ

सताउनुको पनि एउटा , सिमा हुन्छ मेरी सानु Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment

गजल : भाब बुझिन

~आषिश श्रेष्ठ~Ashish Shrestha

मैले तिम्रो गजलको भाब बुझिन
गजल प्रति तिम्रो लगाब बुझिन ॥

म साहित्य नरुचाउने मान्छे
त्यो तिम्रो गजलको किताब बुझिन ॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : आठ कविताको ब्रम्हाण्ड

~रोशन शेरचन~Roshan Sherchan

समकालीन कविता राम्रा लेखिएका छन् । एउटा प्रमुख कारण हो– तीव्र प्रतिस्पर्धा र प्रकाशनको बढ्दो अवसर । कविलाई नजिक वा सुदूरका राम्रा कविमाझ उत्कृष्ट कविता लेख्नुपर्ने तीव्र दबाब छ । पहिलेको जस्तो कछुवा गतिको समय अहिले छैन । क्रिया–प्रतिक्रियाको परकम्पछेउ बसेर कविता लेख्नु अत्यन्त चुनौतीपूर्ण छ । पाठकहरू उत्तिकै चेतसम्पन्न छन् ।

द्रुततर बदलिएको राजनैतिक परिदृश्य, नाफामुखी भूमण्डलीकरणले अठ्याउँदै लगेको गोलाद्र्ध र प्रविधिले हस्तक्षेप गरेको समाजमा ठोकुवा गरेर केही भन्न अब कठिन छ । पुरातन हाजिरजवाफ शैलीले अब सान्दर्भिकता गुमाइसक्यो । आधारहरू अगाडि नसारी भन्नु सुसाइडल हँदैछ । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : एकान्तमा

~केवल गंगा गुरुङ~Kewal Ganga Gurung_1

ढाँटे पनि तिमीलाई आफुसँग सत्य वोले
एकान्तमा मनको चाह आफैलाई खोले

तर्किन मन लाग्छ किन तिमीले हात माग्दा
म इन्कारको नाटक गर्छु तिमीले साथ माग्दा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बहरबद्ध गजल : कहानी अनेकौं बनाएर जाऊ

~रेनुका पौडेल “आहत”~Renuka Paudel 'Ahat'

कहानी अनेकौं बनाएर जाऊ
लताको घडी नै समाएर जाऊ

तिमीले मलाइ रुवाइ गएसी
म भाको छु मुर्दा हसाएर जाऊ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : बिर्सन पनि गाह्रो लाग्छ

~ज्ञानुवाकर पौडेल~Gyanuwakar Paudel

बिर्सन पनि गाह्रो लाग्छ
सम्झन पनि अप्ठ्यारो लाग्छ ।

मन पर्दैन सत्ते फूल मलाई
काँडा बरु प्यारो लाग्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : सलगमको सहर घुम्ने रहर

~गङ्गा कर्माचार्य पौडेल~Ganga Paudyal

रामचाकोबारीमा मुला, काउली, बन्दागोबी, भ्यान्टा जस्ता थुप्रै तरकारीहरु लटरम्मै फलेका थिए । ती मध्ये पहिला काउली टिपेर उनले खर्पनमा राखी सहरतिर बेच्न लगे । अर्को दिन, बन्दा गोबी भ्यान्टा मात्र लगे । त्यो देखेर सलगमले मुलासँग भन्यो “दाई मलाई पनि खर्पनमा बसेर पिङ खेल्दै सहर घुम्न साह्रै रहर लाग्यो ।

“तँ गान्टेलाई कसले पत्याउँछन् र जान्छस् ? म जस्तो ह्याण्डसम त जान पाछैन्” मुलाले होच्याएर बोल्यो ।

उसको बचनले सलगमलाई चोट प¥यो । माटोमा पुरिएको सरिरका अङ्गलाई बल गरेर माथि उचाल्यो र ठिङ्ग उभिएर भन्यो “हेर ! अब म तिमि जत्रै भएनी, अझै तिमी भन्दा खाईलाग्दो भकुल्ले पनि देखिन्छु । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : लुकुँ लुकुँ लाग्यो मलाई

~किरण खरेल~Kiran Kharel

लुकुँ लुकुँ लाग्यो मलाई, बादल जस्तो त्यो कालो केशमा
नाचूँ नाचूँ लाग्यो मलाई, पिरतीको रंगीन देशमा

सेतो पाना, चोखो मन, दुबैमा छ तिम्रै गीत
निलो आकाश, निलो खोला, जता ततै तिम्रो प्रीत
झुमुँ झुमुँ लाग्यो मलाई, सुवास जस्तो हाम्रो मिलानमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : दारुवाज

~स्लिम जिवन~Jiwan Dahal 'Slim'

दारुवाज, हो उनी अझैँ जिउँदै छन। यो मृत शहर भन्दा केही पर रहेको घना जंगलमा। उनका कपाल सेतै भएर फुलेका छन। दाह्री फुलेर उस्तै सेताम्मे भएका छन। ठ्याक्कै जाडोयाममा हिउँले ढपक्क ढाकेर सेताम्मे भएका डाँडाहरु जस्तै! आखीर समय सँगै उमेर पनि त ढल्किएको छ उनको। अस्ति भर्खरै मात्र उनले आफ्नै निजी आश्रममा आफ्नो त्रीसठ्ठी अौ जन्मदिन ह्याप्पी बर्थ डे टु मी भनेर दुई चार पटक थप्पडी बजाएर एक्लै मनाए। अब त उनको साहारा बचेको छ त एउटा लौँरो अनि विश्वका विभिन्न शहरहरुमा बनेका ब्राण्डेड रक्शीहरु। लौँर‍ो पनि उसलाई एकजाना उनको मिल्ने जापनीज साथी हाकुराले स्वयम् जापान बाट आफ्नै हातले बनाएर ल्याईदीएको हो। उनी दारु जिउन लाई पिउछन। उनी पिउनलाई जिउछन। अन्य सामन्य मानीसहरुको जम्मा सात वटा बार हुन्छन। आईतबार… Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाबुराम लामिछानेका पाँच मुक्तकहरु

~बाबुराम लामिछाने~baburam-lamichhane

एक्लै एक्लै हिँड्दैछ आफ्नै माया लागेर अाईरा छ
झुत्रो भनेको जिन्दगी पनि प्यारो लागेर अाईरा छ
जिन्दगीलाई कहिल्यै धन्यवाद दिन पनि जानिएन
अनायास आज मलाई किन गुनगुनाउन अैइरा छ ।

कोही टाढा, नजिक छैन कोही आफ्नो, पराइ छैन
जे हुँ जम्मै यही हुँ तर लम्बाई, चौदाइ थाहा छैन
जिन्दगीको आयतन नाप्जोख गर्न आउँदैन मलाई
अग्लो, होचो जे जे भन्नोस् मलाई कुनै पर्वाहा छैन

जे बन्छबन्छ बनाऊ न कुरामात्र गरेर के हुन्छ कहाँ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

लोक कथा : बोँगेरानी

~सुन्दर मानन्धर~Sundar Manandhar

स्याङ्जा जिल्लाको क्याक्मी गाविसमा धेरै पहिले भूमिराज नाम गरेका राजा थिए । उनी बडा प्रतापी राजा थिए । त्यहाँको मौलाथर भन्ने ठाउँमा उनको दरबार थियो । उनी आफ्ना प्रजाका हरेक सुखदुःखमा साथ दिने गर्थे । चारैतिर उनको यश फैलिएको थियो ।
भूमिराज राजाका बोँगेरानी नाम गरेकी परम रुपवती छोरी थिइन् । राजाले आफ्नी छोरीका हरेक आवश्यकताहरु पूरा गरिदिन्थे । दरबारमा छोरीका लागि सखीहरु, नोकरचाकरहरु सारा कुराको बन्दोबस्त गरिएको थियो ।

राजा बेला–बेलामा फुर्सद हुनासाथ सिकार खेल्न जाने गर्थे । उनी कहिले उत्तरतिरको हरिनाशको जङ्गलमा सिकार खेल्न जान्थे भने कहिले पश्चिमतिरको आडको वनमा त कहिले दक्षिणमा रहेको पुर्कोटको अग्लो लेकमा सिकार गर्न जान्थे । सिकार गरेर ल्याएका विभिन्न किसिमका चरा र मृगका मासु बडो मीठोसँग Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : रेप नम्बर ……….

~नवराज शिवाकोटी ‘अनाम’~Nabaraj Siwakoti 'Anam'

शरीर निक्कै थाकेको छ । श्रीमान पनि एक हप्ताकोलागि काठमाडौं छोरा बुहारीकोमा गएकोले फूर्सदिलो छु । छोरा बुहारी त काठमाडौंतिरै बस्छन् । कहिलेकाहीँ फोन गर्छन् । सायद सञ्चै होला । मानिसलाई जब जीवननैं बोझिलो लाग्छ तव कसैको वास्ता नलाग्ने रहेछ । मलाई कसैलाई फोन गर्न पनि मनलाग्दैन । साथीहरु मलाई साह्रै निष्ठूरी र सन्की भन्छन् । सायद म यस्तै हुँला पनि । कोही भन्छन पोइले बेस्करी कमाएकै छ अनि धनले सन्किएकी । हो मेरो श्रीमानले कमाएको पनि छ तर मैले होइन । खाना पकाउन पनि खासै छैन । तर खान मन नभएपनि खान चाहिँ खानैं पर्ने रे ! जति बढी पिडा भए पनि मानिसलाई सबै भन्दा बढी आफ्नैं शरीरको मोह चाहिँ पक्कै लाग्ने रहेछ नत्र त बोझिलो जीवनमा पिडै पिडा भोगेर बाँच्न चहिँ सक्ने अनि भोक भोकै मर्न चाहिँ किन नसक्ने ? भोकै बसी रहे त बोझिलो जीवनबाट चाँडै मुक्ति मिल्थ्यो नि ! खै रातदिन चिन्तै चिन्ताको चितामा जलेर भएपनि मानिस यो शरीरबाट आफै सास Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकाङ्की : मुक्त

~नन्दलाल आचार्य~Nandalal Acharya_1

(ठूलो घडी चित्राङ्कित ठूलो पर्दा झुण्डिएको छ । घडीको केन्द्रमा गोलो घेरा छ । त्यसभित्र लौरो टेकेर टुक्रुक्क बसेको प्रौढ र जवानीमा प्रवेश गर्दै गरेको बाँदर बन्धन मुक्त अवस्थामा रहेको तस्विर छ । प्रौढ त्यसलाई दाने भन्दछ । घडीका किनारामा क्रमशः १, २, ३, ४, ५, ६ र ७ लेखिएका तीर आकृतिका सात वटा सुई छन् । तिनीहरूले क्रमशः दमाई, चमारे, फलामे, मजदुर, लथालिङ्ग, विरक्ति र वर्तमान लेखिएको दाँयाबाट बाँयातर्फ लम्केको स्थानलाई देखाएका छन् ।

सर्वप्रथम छैटौँ सुई जुम हुन्छ । ठूलो अक्षरमा देखिन्छ– विरक्ति ! एकाएक प्रौढ र दाने केन्द्रबाट फुत्त बाहिरिन्छन् । वरपर रुखबिरुवा छन् । मानिस र यातायातका साधनहरूको आवाज अल्पअल्प मात्र सुनिन्छ । दाने भुइँँमा छरिएका अन्नका गेडागुडी टिप्दै खाँदै गर्छ । प्रौढ एक टकले हेरिरहन्छ । दाने वर सर्छ र प्रौढले टेकेको लाठ्ठी तान्छ । उसको तन्द्रा भङ्ग हुन्छ ।) Continue reading →

Posted in नाटक | Tagged | Leave a comment

तामाङ भाषी गजल : आताबा दात्दे

~पलपल मोक्तान~palpal-moktan

चु धर्तिला मेन्दो हिन्ना ह्याङ तामाङ लुसि आताबा दात्दे
दोङराब ब्रिबा बेलारी याङतामाङ झुकाब आताबा दात्दे

नत मोक्रान,पाखी्रन,स्यांतान नता योन्जन,बम्जन,लोप्चन
ह्याङ जम्मन ज्यो ज्यो आले हिन्ना चुकाब आताबा दात्दे । Continue reading →

Posted in तामाङ गजल | Tagged | Leave a comment

गीत : मुस्कानले जन्माएका संघर्षहरु-१

~छोगेल मोक्तान~tshogel-moktan

कालो रातमा खै के भयो आफ्नै छायाँ खोजेछु
सहारा कोही नभेट्दा आखिर अन्धकारलाई रोजेछु ।

सत्यले साथ नदिँदा झूठको आड़ लागेछु
विरक्तिएर होला मैले दैवलाई आफ्नो काल मागेछु । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लोकतन्त्रको अस्मिता

~मणिराज सिंह~Maniraj Singh

समयको बटुकोमा जमाएर स्वाभिमान
माछाको टाउकोसित
देश टोकिखानेहरूले
कालसर्पको यज्ञकुण्डभित्र
चेतनाहरू डढाएर
रगतको काँचो इतिहासमा
अनुवाद गर्नेछन्
मनको कोलाज
त्यतिखेर,
कलिला नानीहरूलाई
उच्छृङ्खल इन्द्रेणीसित Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खँदै छु उज्यालो म

~निर्मोही व्यास~Nirmohi Vyas

छ भस्मासुरको राज्य, चौतर्फी अन्धकार छ
पिशाची हूल गस्तीमा बस्तीमा वार–पार छ
विवेकी र इमानीका निम्ति तैयार छन् चिता
कर्कलोझैं गलेको छ रापिएर मनुष्यता

भूतका भागमा भोज, भनिन्छन् ‘भतुवा’ हली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : दिलमा आएको भूकम्प

~सुर्य चन्द~

आज म प्रेम पत्र कोर्दैछु तिम्रो लागि तर खोइ कहाँ बाट सुरु गरु हरपल तिम्रो सुन्दर प्रतिविम्ब मेरो नजर वरीपरी घुमिरहन्छ हुन त अहिले इमेल र फेसबुक अनि भाईबर देखि उई च्याट, व्हाट्सअप सम्म को जमाना मा यो मेरो प्रेम कथा को कुनै अर्थ र मान्यता हुन्न होला तर पनि यो मनको भाबना हरु तिम्रो सामु मैले ब्यक्त गर्नु नै पर्छ।

मेरी सपनाकी राजकुमारी नानु मलाई विश्वास छ कि मेरो पवित्र चोखो प्रेमले तिम्रो विशाल हृदयलाई भरिदिन् काफी छ । मलाई बचन देउ र आफ्नो पत्रमा वा इमेल, फेसबुक अनि भाईबर र उई च्याट, व्हाट्सअप मा भए पनि प्रेमका मीठा–मीठा सपनाहरु कोरेर पठाउ । यदि यसो गर्न उचित देख्दैनौं भने मेरी मायाँलु मलाई सिधा–सिधा आफ्ना मीठा भावना भनिदेउ आफ्नो हृदयको ढोका खोली देउ नत्र इन्टरनेट बाट नै भए पनि मलाई उत्तर देउ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लिफ्ट प्लिज !

~सुशील पन्त~Sushil Panta

‘दाइ कहाँ सम्म हो?’ असोजको अन्तिम साताको एकदिन महाराजगञ्ज चक्रपथमा साझा बस कुरेर बसिरहेको समयमा एक अपरिचित युवकले अगाडी आएर बाइक रोकेर सोधे।

‘जमल सम्म’, मैले भने।

‘ल म पुर्‍याइ दिन्छु बस्नुस।’

हेल्मेटका कारण अनुहार त चिन्न सकिन तैपनि उसैको आग्रका कारण बाइकमा बसेँ, विश्वज्योति हलनेर पुगेपछि म ओर्लिएँ र दुइ पटक धन्यवाद दिएँ। अपरिचित मित्र आफ्नो बाटो लागे। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : गजलकार जी.सी.को “छातीभित्र पीडा फुल्दा” हेर्दा

~अरुणबहादुर खत्री “नदी”~book-cover-ujjwal-gc-chhati-bhitra-pida-fulda-gajal-sangraha

वि.सं. २०१७ भाद्र २७ गते काठमाडौंमा जन्मेका कवि एवं गजलकार उज्ज्वल जी.सी. को “छातीभित्र पीडा फुल्दा” नामक गजल सङ्ग्रह २०६७ मा प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र उनले लेखेका ७६ वटा गजलहरु सङ्कलन गरिएका छन् भने यी गजलहरुमा प्रेमका संयोग अनि वियोग भावका साथै देशभक्तिको भावले ओतप्रोत भएका गजलहरु पनि छन् । उनी गजलमा देश, जनता र समाज लेख्छन् । यस सङ्ग्रहभित्रको पहिलो गजलले धन र पदको लालच छैन मुखले सधैं भन्नुहुन्थ्यो, अमूल्य स्वाभिमान लिलाम गर्दै नोटसँग झुक्नु भाछ भनेर व्यङ्ग्य हानेको छ । कवि तथा गजलकार उज्ज्वल जी.सी. विलक्षण प्रतिभासम्पन्न सिद्धहस्त अथक राष्ट्रिय प्रतिभा हुन् । वि.सं. २०३४ सालबाट साहित्यिक यात्रा प्रारम्भ गरी आजको दिनपर्यन्त आइपुग्दा नपुग्दै अत्यन्त स्तरीय, सुसंस्कृत, सुगठित र परिस्कृत कृति–कुसुमहरुले नेपाली वाङ्मय वाटिकालाई सुगन्धित र सुरभित गरी नेपाली भाषा साहित्यको यथेष्ठ संरक्षण र संवद्र्धन गर्न सफल भएका छन् । उनका सुन्दर कृतिहरुमा नखोज आँसु बर्साउन नामक गजल सङ्ग्रह २०६१ सालमा तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको थियो । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गीत : आँसु भर्ने कुवा

~त्रिभुवन वाग्ले~tribhuwan-chandra-wagle

आँखा पनि परेलीमा आँसु भर्ने कुवा भए
आँसुसँगै जवानीका वाचा कसम खेर गए

सूर्यलाई अर्घजस्तै एकातर्फी माया दिएँ
रात धेरै तिम्रा लागि कचौरीमा शराब पिएँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

डा. जुजु राज श्रेष्ठका सत्र हाइकुहरु

~डा. जुजु राज श्रेष्ठ~dr-juju-raj-shrestha

इमान्दार त्यो
केराउ छोडाउदा
खान्न एउटै

भारी भो छाती
आफ्नै भए नि मन
सुन्दैन मेरो

पराई भयो
आफ्नै मेरै यो मन Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : तिम्रो हात देउ

~आचार्य प्रभा~acharya Prabha

अल्झिरैछु लहरामा सहारा तिम्रो हात देउ
बैँशालु झैं नशा चढोस् मिठो मलाई मात देउ।

सबैले सोध्छन मलाई,तिम्रो पहिचान के भनी ?
परिचय नै खुल्ने गरी स्थाइ बरु जात देउ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अतितका ईन्द्रेणी पल

~राज थापा~Raj Thapa

आज खोज्दैछु तिमीलाई
अतितका यादहरू पल्टाई
जतनले राखेको त्यो फोटो
घरी घरी हेर्छु चस्मा लगाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मनोवाद : संरक्षक

~पूर्ण ओली~Purna Oli

म सकाण्ड सोत्तरिएको आज होइन । यी काण्डहरु बिचेत छन् । यी पत्रहरु पत्कर हुँदै झरिरहेका छन् । यी मुरहरु मुर्झाइसकेका छन् । म भने ठाडठाडै ठिङ्ग्रिङ्ग ठिङ्ग्रिएको छु । म जिङ्रिङ्ग जिङ्ग्रिएको छु । सुस्त चल्ने बतास त के हुरीले पनि मलाई केही लछारपाटो लाउँदैन । मुर मुर्झाउनुले ममा कुनै अर्थ राख्दैन । न ममा पीडा हुन्छ, न त हर्ष नै । जुन दिन हामी सोत्तरियौँ, त्यसबेला नै मुर र पत्रहरुको प्राणपखेरुले पखेट्टा फटफटाइसकेको हो । झरेका पत्रहरु अब कसैगरी जोडिँदैनन् । मुर्झाइएका मुरहरुले टाउको उठाउने सम्भावना भने अलिकति बाँकी नै छ ।

यायावर पुतलीहरु भुर्र मेरो माथिबाट उड्छन्, तर मसँग खेल्न मन पराउँदैनन् । मेरो झुसैदेखि तर्सन्छन् तिनीहरु । मलाई सुँघेर मात्र जाने प्राणीहरु पनि प्रशस्तै छन् । तिनीहरुको घ्राणशक्तिले मेरो गन्ध कस्तो महसुस गर्छन्, मलाई थाहा छैन र मतलब पनि छैन । उनीहरुको प्रत्येकको गन्धसँग म परिचित छु, तर अर्थ Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

लघुकथा : उसको बुबा

~त्रिचन्द्र ‘प्रतीक्षा’~Trichandra Shrestha 'Pratikshya'

“के भयो राजु ! किन रुदैछौं ?”

“आज बिहान बिहानै बुबाले आमालाई धेरै पिट्नुभयो ।”

“किन ?”

“आज महिनाको १ गते, आमाले बुबासँग रासन किन्नको लागि पैसा मागेकी Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

समालोचना : देवकोटाको ‘पागल’ कविताको मनोसामाजिक विश्लेषण

~अजय रिसाल~

महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६—२०१६ ) का अनेक कृतिहरुमा “पागल” शीर्षकको गद्य कविताले प्रमुख स्थान ओगटेको पाइन्छ । नाटककार समले उनको ‘पागल’ (२०१०)सँग तेश्रो जन्म भएको उल्लेख गरेका छन्, पहिलो जन्म ‘मुना—मदन’(१९९६), दोस्रो ‘शाकुन्तल’(२००२) । यसैबाट ‘पागल’ र देवकोटाबीच बेग्लै साइनो रहेको विदित हुन जान्छ । प्रकृति–प्रेम र झ्याउरे लयप्रतिको लगाव ‘मुना–मदन’ले देखाउँछ भने महाकाव्य रचनाप्रतिको उत्साह अनि समकक्षीहरुसँगको होडबाजीको उत्कर्षका रुपमा ‘शाकुन्तल’ देखापर्दछ । यी सबैदेखि भिन्न आफ्ना जीवनका भोगाइहरु, समकालीनहरुसँगको सम्बन्ध, समाजमा Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

व्यङ्ग्य कविता : श्रीमती र रिमोट कन्ट्रोल

~गोबिन्दसिंह रावत~Gobinda Singh Rawat

श्रीमती यदि रिमोटबाट चल्ने भइदिएको भए
आफूले चाहेको बेला अन गर्थें
नचाहेको बेलामा अफ गर्थें
मन परेको कुरा गर्दा सुनी दिन्थें
डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थें ।

आधारातमा साथीभाइ र पार्टीबाट फर्किंदा Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

स्रष्टा परिचय : नाटकमा विविधताको खोजी

~कृष्ण शाह यात्री~Nandalal Acharya_1

नेपाली नाटकमा पछिल्लो दशकमा देखिएको सक्रिय नाम हो– नन्दलाल आचार्य । उनले नाटकसँगै कविता, कथा र निबन्धमा पनि कलम चलाउँदै आइरहेका छन् । मोफसलमा रही निरन्तर साहित्यसाधना गरिरहेका आचार्यको पहिलो नाटकसङ्ग्रह हो– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । यसमा १५ वटा समसामयिक एकाङ्कीनाटकहरू सङ्ग्रहित छन् । नाटकहरूबाट थाहा लाग्छ, उनी वैचारिक नाटक लेख्न रुचाउँछन् । उनी आफूले देखेभोगेका यथार्थलाई नाटकमा ढाल्न सक्ने खुबी राख्दछन् ।

शीर्ष नाटक ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’मा कवि कृष्ण सेन इच्छुकलाई द्वन्द्वकालमा राज्यले दिएको Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : पाहुनामहात्म्य

~होम सुवेदी~Hom Subedi

पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी–‘डेरा सरूँ अर्को कुनै टोलतिर ।’

हुन पनि उसको इच्छा सारै मनासिब थियो । लगातार पाहुनाको धुइरोले गर्दा उसको मगज चढेको थियो । उसलाई थामथुम पार्न सक्ने मेरो हबिगत सकिएको थियो । मलाई पनि पाहुनाको समस्याले उभिन्ड्याइसकेको थियो । तर म भने कसै गरी थामिरहेको थिएँ । कुनै दिन पनि पाहुनाले एक्लै रहनै दिएका थिएनन् । कोही म्यानपावरका लागि अन्तर्वार्तामा आएका, कोही छोराछोरीको बिहेका सामान किन्न आएका, कोही औषधी उपचार गर्न आएका, कोही भिसा र पासपोर्ट बनाउन आएको त कोही केटी हेर्न आएका कोही प्रेमको फर्माइसका लागि । साँझ पर्नै पाउँदैन एक न एक जनाको आगमन भइहाल्छ । कहिले त निकै जनाको Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : ठूलो पारी छात्ती

~गोर्खे साइँलो~Rishi Lamichhane 'Gorkhe Sailo'

सद्भावना कायम गर ठूलो पारी छात्ती
जनता भन्छ हत्या-हिंसा गर्नछाड साथी ।

धेरै मरे नेपालमा सिधा-सादा जनता
अझै पनि मौका छोपी नबनिदेऊ घाती । Continue reading →

Posted in गजल | Tagged | Leave a comment