~जी शाह~
मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो
उजाडिएको जीवन कसरी बहार गा’थ्यो
मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो
उजाडिएको जीवन कसरी बहार गा’थ्यो Continue reading
~जी शाह~
मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो
उजाडिएको जीवन कसरी बहार गा’थ्यो
मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो
उजाडिएको जीवन कसरी बहार गा’थ्यो Continue reading
आज शहरमा
हल्लीखल्ली छ चारैतिर
भेला छ बैठक छ
तालिम छ र गोष्ठी पनि छ
सदियौं पुराना अवशेषहरु मेटाउन
आत्मसम्मान र स्वाभिमानको जग बसाल्न
गाउँ–गाउँमा अन्तक्र्रिया छ
ठाउँ–ठाउँमा सभा पनि छ ।
Continue reading
~खेम थपलिया~
दृश्य एक
समय – बिहान ।
स्थान – अस्पताल परिसर र अन्य ।
पात्र – दाना, चौला, प्रशासक र अन्य
निम्न वर्गीय आदिवासी एवम् मध्यम कदको शारीरिक बनावट भएको दाना माझी मानिस आफ्नी टीबी रोगद्वाराग्रस्त बिरामी श्रीमती आमाङ्गलाई लिएर ६० किलोमिटर टाढादेखि हतार हतार जिल्ला अस्पतालमा आइपुग्छन् । त्यतिखेरसम्म श्रीमतीको अवस्था सामान्य सामान्य नै हुन्छ । मजदुरी गरेर जीवन निर्वाह गर्ने Continue reading
~भैरव अर्याल~
कैले कैले निद्रामा
त्यसइ देखिएको सपना जस्तो
कैले कैले तन्द्रामा
अनायासै सुनिएको घटना जस्ता
कस्तो कस्तो एक सम्भावनात्मक सम्झनाले
दिमागअको सानो तन्तु हल्लाइदिन्छ
ऊ थियो ।
व्यतीतको कहाली लाग्दो महासागरमा
मानवमावनको युगौंदेखिको महासागरमा, महासमरमा
को कहाँनेर कतीखेर के गर्दै थियो ?
सम्झिरहने कस्को तागत ! Continue reading
हे जिउँदा युवा हो देश तिम्रो हो जाग उठ !
हत्यारा भोगीलाई मेरो कब्जामा राखी देश चलाउनु
जलाउनु मेरोसाथ् ति जिउँदा लाशलाई
नयाँ नेपालको संरचना गर्नु छिमेकीको मुकाबिला गर्नु
देखाउनु पूर्खाको इमान सम्मान देश बनाउनु ! Continue reading
~मणिराज सिंह~
टेक्दै मसानका ढिस्काहरू
खेल्दै रगतका फाल्साहरू सित
झण्डा उचालेर वीरताको
फर्कदै थिए जब भीम मल्ल
आफ्नै आमाको काखमा
साँगुरो सुरुङ्गभित्र
कोलाहलका विक्षिप्ततामा रन्थनिएका
प्रताप मल्लहरू
पिचासझैँ भौँतारिएर
घृणाका काँडाहरू उमारेर आँखामा Continue reading
~त्रिभुवनचन्द्र वाग्ले~
जताततै पानीपानी पिउने थोपा छैन पानी ।
पूर्णकलश दाहिने पारी
आफ्नो समुद्री यात्रा सुरुगरें
मैले बिर्सिएको छैन काँधमा पानीको तुम्लेट बोक्न
अँ, यो जल–यात्रा हो
र त पिउने पानी लैजान बिर्सन हुन्न
हामी पानीमा बग्छौं
यद्यपि प्यासले सुक्छौं
मैले तुम्लेटमा पानी बोकेको छु
र त त्यसमा कहिलेकहिं समुद्रको गर्व छचल्कन्छ
(ममा तुम्लेट बोक्दा समुद्र उचाल्दाको अनुभूति छ) Continue reading
~केशव शिलवाल~
बादलको घुम्टो ओढेर
लजाउँदै–लजाउँदै
आकाशमा प्रकट भएको घाम देखेर
मलाई शरम लाग्छ
शरम गर–
यो शरमको कुरा हो
मानिसको छातीलाई पिच बनाएर
मानवताको छक्का हान्ने क्रिकेटरले नै
मानवताको गीत गाउनु–
यो शरमको कुरा हो Continue reading
~विनोदविक्रम केसी~
डेन्जर जोनमा हुनुहुन्छ तपाईं
र, खेलिरहनुभएको छ क्यान्डी क्रस
यो असाध्यै खतरनाक कुरो हो
चौतर्फी घेराबन्दीमा हुनुहुन्छ
समुद्रपारिको डोनाल्ड ट्रम्प र टोलको गुन्डा
राष्ट्रवादको प्रेत र मुकुटको पिशाच
माफियाजस्तो सरकार र सरकारजस्तो माफिया
कर्पाेरेट कल्चर र आदिम लुटशास्त्र
चड्का आइटम डान्स र हल्काफुल्का कमेडी Continue reading
~मनु ब्राजाकी~
गुन गरी फर्किजाने तिम्रो हात रै’छ,
फुलेपछि झरिजाने पारिजात रै’छ ।
हाँसीहाँसी लोभ्याउने जिन्दगी यो हाम्रो,
काँढामाथि सजिएको फूलपात रै’छ । Continue reading
~विप्लप प्रतीक~
हर रात सपनीमा ऐँठन हुन्छ
गाउँमा सायद पहिरो गयो कि
डाँडापारिको घामलाई हेर्छु
आमा र बाबा सम्झिरहन्छु
गाउँ छोड्दा बिझेका काँडा Continue reading
~हरिकृष्ण काफ्ले~
यस संसारमा जन्मने हरेक मानिसका आ-आफ्नै जीवनकथाहरू छन् । कसैसँग सुखद कथा होलान् भने कतिका जीवनकथाहरू कहालीलाग्दो र दुःखद होलान् । पात्र र परिवेशअनुसार सबैका अलगअलग अध्याय र अनुभव भएजस्तै केही कथा र व्यथा मेरा पनि छन् ।
मेरो जिन्दगीको किताबभित्र कतिपय पानाहरू रङ्गीन छन्, कतिपय पानाहरू सादा छन् र कतिपय पानाभित्र केरमेट र कहाली भेटिन्छन् । Continue reading
~चन्द्र रानोहछा~
जहाँ पोखेथ्यौ विदाइको अविरल आँशु
त्यहींबाट हेरिरहेछु
तिमीले नाघेको शून्य क्षितिज
परदेशी!
आकाशको कुन मौन बलेसी मुनि Continue reading
~माधव घिमिरे~
हृदयमा मधु हजुर, अधरमा हाँसी
विश्वकवि ! बोलिरै’छौ –आमी भालोवासी
आमी भालोवासी
आज स्वर्णप्रभातमा रविलाई देखेँ
रविबिम्बभित्र त्यही छविलाई देखेँ
तिमी आफ्ना सिर्जनामा सधैँ अविनाशी Continue reading
~राजेन्द्र पराजुली~
खगेन्द्रले सपना देख्न छाडेको ठ्याक्कै पाँच वर्ष भयो । ‘दुनियाँमा सबैभन्दा खतरनाक मान्छे त्यही हो, जो सपना देख्दैन’, यसै भन्छन् अचेल खगेन्द्रका पुराना साथीहरू ।खगेन्द्रका नयाँ साथीलाई उसले सपना देख्नु–नदेख्नुसँग सरोकार छैन । उनीहरू आफैँले कहिलेदेखि सपना देख्न छाडे, त्यो नै थाहा छैन । त्यसैले उनीहरूलाई आफ्नो सपनाको हत्या होस्, ती च्यातियून, कुल्चियून कुनै चासो छैन । उनीहरू सपना देख्दैनन्, सपनासँग प्रेम गर्दैनन् ।
सपनालाई प्रेम नगर्नेहरूको पङ्क्तिमै उभिन पुगेको छ केही वर्षदेखि खगेन्द्र पनि । सपना नदेख्ने जति सबै ‘पूँजीवादी’ हुन् भन्ने मान्यता छ खगेन्द्रका साथीहरूको । तर, खगेन्द्र भने आफूले सपना देख्न नछाडेको दाबी गर्छ र तिनको मूल्याङ्कन बेग्लै ढङ्गले गर्छ । ऊ आफ्ना सप्तरङ्गी सपना साकार भएको र उसका नजिकका Continue reading
~एकु घिमिरे~
रित्तो-रित्तो लाग्छ यो टारबारी
बा’कै झल्को दिन्छ त्यो बाँसघारी।
बाबा!खोजी गर्छ लोटा र भाँडा
बाबा जाँदा रित्तो भो अन्तुडाँडा!!
ढाका टोपी चट्ट् लाएर हिंड्ने
गुन्गुन् गीत गाएर हिंड्ने। Continue reading
~पुरुषोत्तम सुवेदी~
नेपाली मन छन कती घमन्डी -कतै दु:ख कांही ह्युस्की बरान्डी ।।
—————————————————————-
कोही झुप्रोमा खोले छैन – कतै भोज भातेर छ –
सधैं धन को पछी कुद्ने – जन ले कसलाइ टेर्छ –
शोषक जती पाखा सरे – मुर्ख अघी सरे – Continue reading
~Bikrant Koirala~
I didn’t want to get out of the bus. I wished it to move on, ride along, never stopping, just moving forward. I was in the bus and at the same time I was inside myself. I didn’t care about the people around me; what they were doing, what they were talking about or what they were laughing at. I was just blank to think about anything. All I could manage was to stare out and see the things outside moving away from me or was it me who was moving away from them? It was a fine lovely-sunny morning when I woke up but it began to change as it moved along with me. I could see no blue sky anymore; grey clouds and only them up to the horizon.
The bus stopped and I had to step out as it was the last station for it. I was already a Continue reading
~गोपाल कडेल~
समय चिन्ने छिटो,आनीबानी पनि गज्जब लग्यो
माया उस्तै मिठो,आनीबानी पनि गज्जब लाग्यो l
ओइ ! म्यासेन्जरमा फोटो पठाको छु हेरेर कमेन्ट गर है ?
मनमा राखे यही ठिटो,आनीबानी पनि गज्जब लाग्यो
दुख: त कति हो कति, फर्केर आए बा ! Continue reading
~लालानाथ सुवेदी~
त्रिवि, शिक्षा मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले प्रस्ताव गरी कार्यान्वयन गरेको नेपाली भाषाको हिज्जे सुधारबारे ‘नेपाली भाषा बचाऔँ अभियान ०७२’ का अगुवाबाट यो कुनै एक व्यक्ति विशेषले व्यक्तिगत लहडमा रातारात परिवर्तन गरेको हो भन्ने भ्रम खडा गरिँदै छ । सो परिवर्तनलाई उल्टाएर नेपाली भाषालाई संस्कृतकरण र अंग्रेजीकरणको भासमा लैजान गर्न लागेको वर्तमान प्रयासका सन्दर्भमा हिज्जे सुधारको पछिल्लो प्राप्ति कहिले कसरी प्रारम्भ भएर कुन कुन चरणबाट गुज्रँदै यहाँ आइपुगेको हो भन्ने यहाँ प्रस्तुत गरिएको छ । Continue reading
~बालकृष्ण पोखरेल~
भान्जी किमाथाङ्का !
मेरी भृकुटी दिदैकी प्यारी छोरी किमाथाङ्का !
मेरा स्रङचन भेनाको काख खुँद्ने किमाथाङ्का !
तिमी कति निष्ठुरी !
बाफ्रे ! कति अल्छे बानीकी अभिनेत्री तिमी !
हर्र मोटर चढेर आउँदिनौ तिमी मोरङ ।
भान्जी !
बरु तिम्रा ग्यारेजबाट अरुण नदीले बगाएका Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
मेरो कथामा छुटेको पात्र तिमी
मेरो संगीतमा छैनौ तिमी
गरु म तिमीलाई लयमय बासुरीमा ?
भो गाउँदीन तिमीलाई बेसुरमा ।
चुम्बन गर्दै
आलीङ्गन गर्दै
मस्त तिम्रो बक्षस्थलमा लरबराउँदै
मदको सुरमा तिमै्र नाम कराउदै
गरु म तिमीलाई लयमय बासुरीमा ? Continue reading
~पलपल मोक्तान~
फोटो हेरी बस्छु म त मुहार देख्न कहिले आउने होला
सात समुन्द्र पारी छ मेरो माया फर्की कहिले आउने होला
सबैले भन्ने गर्थे क्या गजबको जोडी हेर
फेरी पनि उनको र मेरो जोडी क्या सुहाउने होला Continue reading
~मिलनकान्छा किराती~
रेडियोसेटमा क्लिकऽऽ क्लिकऽऽ आवाज आयो । ठोक्दे ! सालेलाई उडा ! त्यही रुखको फेदमा छ ! आकासमा एक्कासी नाईटभिजन भटटटट गर्दै आयो ।लाइटले पुरै जङ्गल उज्यालो भयो । हेलिकोप्टरको हावाले जङ्गलका रुखपात हल्लिए । जुन रुखमा हान्ने आदेश गरे’थ्यो । म त्यहीं थिए । वरीपरी बम, बारुद बर्सिन थाल्यो–ढड्यङ, ठ्याङ, ठडङ्, ढ्वङ् ! एकोहोरो बम–बारुद बर्सियो । साथीहरु पनि तितर–वितर भए । कोही देखिएनन् । सबै ज्यान जोगाउनपट्टि लागे क्यारे ! म डरले त्राही–त्राही भएँ । मुटु उफ्रेर थामीनसक्नु भो । अहिल्यै बाहिर फुत्त निस्केला जस्तो भो । अप्ठेरो भीरमा आपत प¥यो । खुट्टा लुग्लुग् काँपेर भुईंमा टेक्न छाड्यो । म थ्याच्च बसेँ । Continue reading
~सुन्दर मानन्धर~
१. लोककथा नेपाली जीवनको अभिन्न अङ्ग हो । यसलाई दन्त्यकथा पनि भनिन्छ । यो एक पुस्ताबाट अर्को पुस्तामा परम्परा बनेर कथ्य रुपमा सुरक्षित हुँदै आएको पाइन्छ । भौगोलिक विविधता अनुसार लोककथामा त्यहाँको जीवनलाई प्रभावित पार्ने खालको लोकजीवनयुक्त लोककथाहरु कथ्ने गरेको देखिन्छ । गाउँघरका निरक्षर मान्छेहरुमाँझ यो दन्त्यकथा निकै लोकप्रिय भएको पाइन्छ । लोककथाहरु समाजशास्त्रीय, मानवशास्त्रीय र ऐतिहासिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । मानिसहरुरुलाई मनोरञ्जन प्रदान गर्नु यसको मूल धेय देखिन्छ । धेरै जसो लोककथाहरुमा भूतप्रेत, राक्षस, परी–अप्सरा, पशुपंक्षी, अलौकिक शक्ति भएका पुरुष आदिलाई मूल पात्र Continue reading
~शर्मिला खड्का दाहाल~
प्रियतम,
मीठो सम्झना तथा अदितीय मायाका थुँगाहरू
जीवनको यो मोडमा आएर तिमीप्रतिको मेरो प्रेमलाई यसरी व्यक्त गर्नुपर्दा तिमीलाई अचम्म लागेको होला । हो, म तिमीलाई प्रेम गर्छु तिमीलाई म क्षणिक शारीरिक आर्कषणमा आशक्त भएर होइन, जन्मजन्मान्तर म तिम्रो प्र्रेमको छहारीमा सुस्ताउन चाहन्छु । म तिम्रो प्रेमको स्वप्निल संसारमा डुब्न चाहन्छु । आऊ, तिमी र म भएर प्रेमको एउटा नयाँ परिभाषा दिऔँ अनि यो संसारले हाम्रो उदाहरणीय प्रेमलाई लिएर फेसनझैँ फेरिने प्रेमको घृणा गरून् अनि क्षणिक आसक्तिमा रमाउन तिरस्कार गरून् ।
हाम्रो प्रेममा विभिन्न बाधा अवरोधले तगारो हाल्न आउलान् र यो समाजले पनि सजिलै स्वीकार नगर्ला तर आऊ, Continue reading
~जयन्ती ‘स्पन्दन’~
सामञ्जस्यताको अभावमा
मेरा पुर्खाका आग्रहमा
अन्तरे,जन्तरे,लखन्तरे….र पानीमन्तरेपछि
मेरी आमा अझै पनि
छोरा,छोरा र छोराहरू नै
जन्माउन तम्सिरहिछन् हरबखत
खिया लागिसकेको गर्भाशयमा बोकेर
केवल एउटा अन्त्यपछिको अस्तित्वबोधका लागि।
मेरा बाबा अझै पनि
भोका र निवस्त्र आँखा लिएर Continue reading
~हरिप्रसाद बास्तोला~
नक्सामा खोज
कपिलवस्तु कहाँ
नबन अन्धो।
दुर्भाव त्याग
कपडी होडबाजी
बुद्ध नेपाली। Continue reading
~समा श्री~
गमलामा तिमीले रोपेको बोट
कठ्यांग्रिएको छ
तुषारोले खाएर पातहरू
पँहेलपुर हुँदै झरेका छन्
थुप्रिएका छन् बोट मुनि
यादहरू बनेर
सम्झ त Continue reading
~न्हुछेरत्न बुद्धाचार्य~
‘बुद्ध यो शब्दको महिमा अपार
शाक्यमुनिको बौद्ध दर्शन विश्व शान्तिको महान सन्देश हो
यो भूमण्डलमा संदियौदेखि अँध्यारो पथमा
ज्ञानको ज्योति प्रज्ज्वल गर्नुहुने सर्वाथसिद्ध !
परिवर्तनशील समाजका युगान्तकारी महामानव
दासयुगमा समानताको शंखनाद गर्नुहुने Continue reading
~सञ्जु शिल्पकार~
साल्मी, च्यातिएको तिम्रो पछ्यौरीको निम्ति
न्यायको सट्टा
उनीहरू,
पानीका फोहरा,
अश्रुग्यास बर्साइरहेछन्।
तिम्रो पछ्यौरीसँग
धेरैधेरै
तिम्रा संगीहरूको मुटु
जलिरहेको छ। Continue reading
~प्रेम के निडर~
ब्याचलर पास भएदेखि ऊ जागिरको खोजीमा थियो। उसले नघुमेको र नसोधेको अफिस नरहेको जस्तो भइसकेको थियो उसलाई। उसका धेरैजसो साथीहरू जागिर खाएर घरजम गरेर बसिसके। उ आफूले केही गर्न नसकेकोमा साथीहरूसामु लज्जित र दुःखी हुन्थ्यो र बेचैन भएर भन्ने गर्थ्यो – ‘मेरो भाग्यमै जागिर खान लेखेको छैन कि के हो? नत्र त भेट्टाई सक्नुपर्ने थियो। मेरो न सोर्स छ न फोर्स छ न कोही ठूला मान्छे छ। मेरो लागि जागिर अब मेरो पहुँचभन्दा बाहिर जस्तो देखिसकेको छ। यहा पहुँच र पैसा बिना नचल्ने भइसकेको छ। मलाई कहाँ जाऊ, कता जाऊ र कसलाई भेटूँ हुन्छ। रातमा पनि निदहराम हुनथाल्यो। सपनामा पनि बहुलाजस्तो अफिस अफिस चहारेर हिंड्न थालेको देख्छु।’ Continue reading