कथा : तन्नेरी प्रेम

~केदारनाथ नेपाल ‘निश्चल’~

गाउघर तिर सरकारी विद्यालयमा पढेर ‘सेकेण्ड डिभीजन’मा पास हुनुलाई राम्रै मानिन्छ । एस. एल. सी. परीक्षामा म ‘सेकेण्ड डिभीजन’मा पास भएँ । यो कुरा घरपरिवार र साथीभाईले थाहा पाईसकेका रहेछन् । फोनबाट लगातार बधाईका आवाजहरु आउन थाले ।

एस. एल. सी. पास भएपछि म कलेज पढ्ने तयारीमा थिएँ । काम एकातिर काम थियो भने पढाई अर्कोतिर । तैपनि पढाईसँगै कामलाई पनि अघि बढाउने निर्णय गरेँ । पत्रकारितालाई मुख्य बिषय बनाएर नारायणटारमा रहेको एक उच्माध्यमिक बिद्यालयमा भर्ना भएँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धन अभियान

~कृष्ण शाह यात्री~

‘गैंडा बचाऊ अभियान’का संयोजक धनबहादुरले गैंडाको महत्व दर्शाउँदै गैंडाको संरक्षण गर्ने काममा दिनरात खटियो ।

गैंडा मारिने क्रम त रोकिएन । तर ‘गैंडा बचाऊ अभियान’को बैंक खातामा करोडौं रकम Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : रङ्गमञ्चीय एकाङ्कीको सँगालो

~तुलसीहरि कोइराला~

नेपाली साहित्यमा सबैभन्दा कम लेखिने विधाका रूपमा नाटकलाई लिइन्छ । यसमा पनि पूर्णाङ्की नाटकको त खडेरी नै परिसकेको अनुभव हुन्छ भने एकाङ्की चाहिँ औंलामा गन्न सकिने स्रष्टाहरूबाट धानिदै आएको छ । पछिल्लो चरणमा आएर नाटकघरहरू खोल्नेक्रम बढ्न थालेको छ र केही नाट्य समूह जुर्मुराएका पनि छन् । केही युवा नाट्यकर्मी यसै क्षेत्रमा समर्पित हुने सोचले निरन्तर लागिरहेकै छन् । यस्तै सक्रिय युवा नाट्यकर्मीमा पर्दछन् कृष्ण शाह यात्री । अभिनय, निर्देशन एवं लेखनमा समेत सक्रिय यात्रीको ‘बामियानका चिसा बुद्धहरू’ पछिल्लो एकाङ्की हो । उनका यसअघि समय अवसान (२०६१), मान्छे मान्छेहरू (२०६४), निर्वासित मनहरू (२०६७), अतिरिक्त यात्रा (२०६७) लगायतका नाटकसङ्ग्रहहरू आइसकेका छन् भने उनी लघुकथा र बालसाहित्यका क्षेत्रमा पनि उत्तिकै सक्रिय देखिन्छन् । प्रस्तुत सङ्ग्रहमा जम्मा ६ ओटा एकाङ्की सङ्गृहित छन् । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

बाल गीत : आ-उँछ इन्द्रेनी

~एकु घिमिरे~eaku-ghimire

घाम सँगै पानी पर्दा आ-उँछ इन्द्रेनी
हामीलाई मोहनी पो लाउँछ इन्द्रेनी ।

बैगुनको रङ हुन्छ सबैभन्दा पैले
नीर हुन्छ त्यसपछी तिहार सम्झें मैले
नीलो आकाश जस्तै रङ तेस्रो खापमा Continue reading →

Posted in बाल गीत | Tagged | Leave a comment

कविता : रातो बाकस

~इन्द्रेणी शर्मा ‘जलद’~Mohan Acharya Jalad

नेपालीको जीवनको रङ्ग देख्छु रातो
पिडा र कष्टले भरिएकोले पहेलो
खोज्दै जान्छु रहश्य यथार्थहरु
सार्है मुस्किल हुन्छ समाधान गर्न
म कथा सुरु गर्दैछु लाहुरेको प्रसङ्ग
हुनेहार युवाहरुको विदेश पलायन
सत्ताभोगिको चरम विलाशी आवाज Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बेलमति र सुम्निीमाको दसैँ कथा

~पवन न्यौपाने~pawan-neupane

घुमीफेरी फेरि दशैं आएको छ नयाँ गाऊँमा….आज दशैंको सप्तमी….बेलमतिलाई भने सास फेर्ने फुर्षद पनि छैन् । झिसमिसेदेखी नै कामको चटारो छ….घरआँगन लिपपोत गर..पुजापाठको सामग्री तैयार पार….पानी ओसार्न एक घंटा लगाएर पधेँरामा जाऊ…. दशैं भन्यो दशा नै हुन्छ वेलमतीलाई ….धारामा पुगेर पानी भर्दै गर्दा वेलमतीकी छिमेकी भाउजु सुम्नीमा र उनका श्रीमान पधेँरामा आईपुग्छन् ।

टोलाएर बसेकी वेलमतीलाई बोलाउँदै सुम्नीमा भन्छिन् ‘ बेलमती , गाग्री भरिएर पोखिइसक्यो त ……..अब हामी पनि पानी भर्न आईपुग्यौं हामीलाई भर्न दिने हैन ?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भर नपर

~आचार्य प्रभा~acharya Prabha

जे भन्यौ ठिकै भन्यौ
मनकै ब्यथा पोख्यौ ,
अस्पट भावनाहरु ओकलेर
मन शान्त गरायौ …
हो —सारा कुण्ठाहरु थुपार्नु हुन्न मनमा
असरल्ल पीडाहरु साँच्नु हुन्न ह्रीदयमा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : गौरीप्रेम

~लेख कार्की~lekh-karki

हेल्लो नमस्ते !

अर्को दिन मात्र रिप्लाई आयो नमस्ते ।

– आराम हुनुहुन्छ ?

– बिरामी भए त हस्पिटल गैन्थ्यो नि ! लोल

– अचेल त सामाजिक संजालमा पनि डाक्टर थुप्रै भेटिन्छन् नि । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आस्था खोजिरहेछु

~दिलिप योन्जन~Dilip Yonjan

त्यसै त म पागल भएँ
यातना दिई नसताउ
भुकम्प म भित्र पड्किएको छ
म छताछुल्लछरिएको छु
म धुजा धुजा भैइ फुटेर लडेको छु
बाँच्ने आशा र बिस्वास छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : भाषा, साहित्य र विकृति

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : स्रग्धरा

भाषासाहित्य पाटो अनि ललितकला खस्कँदै झर्न लाग्यो
मात्रै बढ्दैछ सङ्ख्या गुण र मधुरता गर्भमै मर्न लाग्यो
निस्के स्रष्टा अनेकौँ फुतफुत रचना थुप्रिए बालुवा झैँ
लेखी छापेर कोच्यो तहतह कुहियो हार्न खेल्ने जुवा झैँ ।

आफ्नैआफ्नै प्रणाली प्रचलन तरिका वर्णविन्यास धेरै
विद्यार्थी नै हराए कदमकदममै जन्मिए व्यास धेरै
दोबाटाको लिलामी जिनिससरि बने शिष्टताका निशानी
सद्दे आवास पोली पसलतिर पुगी बिक्न थाले खरानी । Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : एक तिमी

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
‘हुन्न’ भन्नु तिमीले केवल
आफूलाई नचिन्नु हो
आफूलाई नगन्नु हो !
स्रष्टाका ए प्रतीक अदर्पण
परिस्थितिको स्रष्टालाई,
धुस्नाहरुमा चट्ट सुताई,
कैद गरीकन थुन्नु हो !

ख.
किन हुन्न ? किन हुन्न ?
यस माटोमा अङ्गुर स्याउ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : परिवार

~अभिमन्यु निरवी~Abhimanyu Nirabi

डाँडाको टुप्पोमा पहेँलो घाम देखिन्छ। त्यो डुब्ने तरखर गर्दै छ। दिनभर उसले तताएको भित्री मधेस अझै हायलकायल छ। बारीमा भर्खर जन्मिएका हरिया मकैका बोटहरू दुई चुल्ठी बाटेर ठिंग उभिएका छन्। यस्तो लाग्छ कि तिनीहरू मलाई मेरो घरमै स्वागत गर्न उभिएका छन्।

म बारीको कान्ले बाटोबाट सम्हालिँदै आँगनमा पुग्छु। पिँढीमा सुतिरहेको एउटा खैरो कुकुर जुरुक्क उठेर जोडले भुक्छ। दौडेर मतिर जाइलाग्छ। म त्यसको ढाडमा जोडले लात बजार्छु र लखेट्छु। त्यो एकैछिनमा अदृश्य हुन्छ। केही बेरपछि पर कतै कुइँकुइँ गरेको आवाज मात्र सुनिन्छ।

ढोकाको आडमा एउटा टाटेपाटे बिरालो पनि छ। त्यो भलाद्मी पाराले अगाडिका दुई खुट्टा पसारेर थपक्क Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मुटु हुन्छ अर्को

~कस्तुप गैरे~kastup-gaire

शायद मुटु भित्र पनि मुटु हुन्छ अर्को ।
यता माया गर्दै उता जाल बुन्छ अर्को ।

संसारका सारा खुशी तिमीलाई दिन्छु भन्दै
सपना बाँड्छ एकातिर ओठ चुम्छ अर्को ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : खाली क्यानभास

~बसन्त श्रेष्ठ ‘क्षितिज’~Basanta Kumar Shrestha 'Kshitij'

रङ्ग छ
ब्रश छ
र क्यानभास पनि छ ।
जीवन भोगाइका क्यानभासमा
मुर्त/अमूर्त रेखाङ्कित तस्विर सजाउने रहर पनि छ ।

पहाडको अटल बिश्वास जतै अडिन चाहन्थे
लेकको रक्ताम्य गुराँसको मुस्कान भर्न चाहन्थे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म साहिली दमिनी

~अनुप मगर~

म साहिली दमिनी
ठूला बा’को दलान बाहिरै थिएँ,
नचोखिने गरी
जुठो माझेकै थिएँ,
कलम भिरेका’ सुकिला
मेरो घरमा एक हुल मान्छे आए
ठूला बा’को घर न जान अ-हाए
बाबै मलाई त मटराँ हालेर
शाहराँ पु-याए !!
तिम्लाई था’छ ?
त्यो शाहराँ
मेरो पानी चल्दो रै’छ
तारे होटलको गोश्ठिहरुमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश छटपटाइरहेछ

~डम्बर पौडेल~Dambar Paudel

भ्रष्टाचार व्याप्त छ देशमा
कसले बोल्ने ?
जाल ,झेल र कमिसनतन्त्र छ देशमा
कसले रोक्ने ?
कालो बजारी र तस्करी बढ्यो देशमा
कसले हेर्ने ?
जो देश चलाउने ठाउमा छन्
उनीहरु त्यसैको आडमा छन्
जो कानुन बनाउछन देशमा
उनै कानुन मिच्ने गर्दछन
जसले कानुन लागु गराउछन देशमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सोझो मान्छेको चेप्टो कुरा

~अतित मुखिया~Atit Mukhiya

धेरै देखे मैले
सभ्यताको पोखरीमा पौडिरहेका
असभ्य अनुहारहरु ।
शिष्टाचारको पासो थापेर
दुरव्यवहारका लोप्पा खुवाउने,
अशिष्ट भलाज्मीहरु ।
यसैले आजकल मनोकांक्षाका झिरहरुमा
भावनाका शील उन्दै
मनको भुङगरोमा सेकुवा सेक्ने गर्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : आञ्चलिक आँखीझ्याल सूर्य सुवेदीका कथाहरू

~आनन्द राई~

तेह्रथुमका रुपलाल रिजाल त्यसै ‘सोह्रमाने साहू’ कहलिएका थिएनन्, अरूले रुपियाँको २२ माना चामल बेच्दा उनी १६ माना दिन्थे । तर, समयकालमा छोरो नालायक निस्क्यो । दुष्ट भतिजाहरूले घरबार, २६ खला खेतबारी, सयौं तोला सुनचाँदी, २० धार्नी काँसका भाँडाकुँडा हडपेर जीवनभर अदालत धाउन बाध्य पारे । अदालतमा डिट्ठासँग निसाफको याचना गर्दागर्दै बूढा सकिँदा उनका शक्तिशाली भतिजाहरू न्यायाधीशसँग गफ लडाइरहेका थिए ।(निसाफ) ६० वर्ष पुरानो बूढा कामीको आरनमा दैनिक तीन बीस बिष्ट नआई धर पाउन्नन् । तीन छोरा र बुहारीको काँध Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

निबन्ध : सिलर क्याफेका चोटपटक

~थानेश्वर सापकोटा~

सिलर क्याफेको बाहिरी ओतमा मैले आफ्नो शरीरको हिउँ झार्दै गर्दा ऊ अचानक प्रकट भो । “म तिम्रो पिछा गर्दै थिएँ । तिमी त अचानक गायब भयौ ?” मैले भनेँ । उसले आफ्नो नाक जोडसँग सफा गर्‍यो र मन्द मुस्कानका साथ भन्यो, “हिउँ पर्‍यो, म कतै ओतको खोजीमा थिएँ ।”

बाहिर अझै हिउँ पररिहेकै थियो । सिलर क्याफेभित्र पस्दा ढोकाको छेउमै ज्याकेट झुन्ड्याउने ह्याङ्गरहरूको एउटा लस्कर छ । उसले ओभरकोट झुन्ड्यायो ।

“जाडोयाम मेरालागि अभिशाप नै हो,” उसले भन्यो । र, पर कुनापट्टकिो टेबुलतर्फ इसारा गर्‍यो । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : दुर्घटित मन

~हिरण्यकुमारी पाठक~hiranya-kumari-pathak

आज मन कता हरायो कता
भित्रभित्रै रित्तिउझैं थाहा छैन
अथाह समुद्र भित्रभित्रै
डुब्न गएछ कि मन,
कसरी समाउ यो मनलाई
कता खोजु कता यो मनलाई
मन नभएको मुटु कस्तो होला, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्ने छ सुन्दर शान्त र सम्वृद्द नेपाल

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

साथीहरू भन्छन्
हाम्रो देश बिग्रीयो
हाम्रो देशमा मानवता हरायो !
जनता राजनितिको शिकार हुन बाध्य छौ ।
म सोंच मग्न हुन्छु
मन मनै आफै भित्र प्रश्न उठ्छ ।

एउटा विरामीको पिडा कम गराउने
डाक्टरमा के मानवता छैन ?
साना बच्चा बच्चीको सिंगान पुछ्दै
शिक्षाको ज्योति फैलाउनेहरूमा
के मानवता छैन ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : के संविधान आउला ?

~पूर्ण ओली~Purna Oli

खेलेनौ अगुवा निस्वार्थ भुमिका, नेपालको खातिर
संविधान नआउने लक्षण यो, देखिन्छ चारैतिर
जानेभो अब फुत्किई पकडको सम्भावना सुन्दर !…
तिम्रो मात्र दलीय आग्रह छ रे ! हाम्रो यहाँ के छ र ?

हाम्रो देश इतिहासकै कठिनतम् यो मोडमा ल्याउने
को हो, हात उठाउ, धूर्त दल त्यो ? देशै धमिल्ल्याउने
नारा त्यो सहकार्यको रटिरह्यौ, नाचेर नाच् ताण्डव ! Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

नियात्रा : सिकागोसँगका अनुभूतिहरू

~राजेन्द्रप्रसाद अर्याल~Rajendra Aryal

सन् २०११ को जुलाई २, ३ र ४ तारिख । अमेरिकीहरूका लागि बिदा र बेग्लै महत्त्वका दिनहरू । यी दिनहरूलाई अमेरिका निवासीहरूले निकै रमाइलो र उमङ्गका साथ मनाएको देखियो । जुलाई ४ तारिख अमेरिकी स्वतन्त्रता दिवसको दिन भएकाले यस दिनमा विशेष उत्सव हुनु, राष्ट्रिय पर्व मनाइनु र चहलपहलमा वृद्धि हुनु कुनै नौलो कुरा भएन । यस दिनसमेतलाई मिसाउँदा कुल तीन दिन लामो सप्ताहान्त पर्नाले अमेरिकीहरूमा विशेष चहलपहल देखिन्थ्यो । महिनौँ पहिलेदेखि यो लङ्विकेन्डलाई कसरी प्रयोग गर्ने भनी योजना बनाएरै बसेका हुँदा रहेछन् अमेरिकीहरू । यस्तो लामो बिदा प्रायः नपर्ने हुँदा यसै विषयमा केन्द्रित भएर एकआपसमा भलाकुसारी हुने रहेछ उनीहरूमा ।

यस उत्सवमय वातावरणबाट हामी पनि अछुता रहेनौँ । यी तीन दिन हामीले पनि घुमफिरमै समय बिताउने Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : म रुन्छु कर्णाली

~महेश रिजाल~

आफ्नै छाया बाट छोडिएको
सिलौटोमा चंदन जसरी घोटिएको
चुसिएर, लुटिएर फालिएको
तर पनी आफ्नै भनिएको
देश को एस्तो शासन प्रणाली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : म माफ माग्छु

~महेश भट्टराई~

हाम्रो जीवनका हरेक दिन कुनै न कुनै घटना घटिरहेकै हुन्छन् । यस्ता घटना कुनै रमाइला र कुनै नरमाइला हुन्छन् । घटना रमाइलो वा नरमाइलो जस्तो सुकै भए पनि हामीले चाहेमा त्यसबाट कुनै न कुनै शिक्षा लिन सकिने रहेछ भन्ने मेरो अनुभव छ । यस्तै घटना मध्ये एउटा सानो घटना यहाँ उल्लेख गर्न लागेको छु ।

त्यसबेला म भी.एस. निकेतनमा कक्षा ६ मा पढ्थें । मैले गठ्ठाघरबाट स्कूल बस चढ्नु पथ्र्यो । आजकल त भी.एस.निकेतनले गठ्ठाघरको रुटमा २ वटा स्कूल बस पठाउँछ । तर त्यसबेला एउटा मात्र बस पठाउँथ्यो र बसमा असाध्यै भीड हुन्थ्यो सीट पाउन हाम्रो उछिनापाछिन हुन्थ्यो । कसैले बस्न पाउथे, कसैले उभिएरै स्कुल पुग्नु पथ्र्यो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : यात्रा स्थगित भइदेओस्

~उदय निरौला~

कहिलेकाहीँ त लाग्छ
यात्रा अविरल नबगेर कहीँ कतै टुङ्गियोस्
साक्षी बनेको छु यद्यपि
यात्रामा पात झर्छ
यात्रामा पात मर्छ
र पुनः पुनः पलाउँछ
पुनः झर्छ मर्छ
र पुनः पलाउँछ ।

लाग्छ ! घाम उदाएपछि पुनः नअस्ताओस् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : हाकिम

~सविन सिंह ‘एकतारे’~sabin-singh-ektarey

बिहानको १०.३० को समय । हातमा निवेदन बोकेर निर्देशकको कार्यकक्ष अगाडि पुगेको अनिल टक्क अडियो । समान्यतया ऊ हाकिमको कोठामा पस्नुअघि ढोका ढक्ढकाउने गर्दैनथ्यो ।निर्देशक भनेको कार्यालयको अभिभावक हो र अभिभावकको अगाडि पर्न डराउनु हुन्न र अनावश्यक शिष्टता भनेको चाकरी हो भन्ने ऊसको मान्यता हो ।

तर, यी हाकिम कार्यालयका लागि नयाँ हुन् । हिजो भर्खर आएका । आउनेबित्तिकै वैठक बोलाएर सबै कर्मचारीलाई निर्देशन दिइसकेका थिए ।  कार्यालयमा अनुशासन नभएमा नसहने र हदैसम्मको कारबाही गरिने कुराले अनिलको पाइला ढोकाअघि रोकेका थिए । ढोका नढक्ढकाई भित्र पस्दा अनुशासन भंग भएको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नयाँ जीबन

~सजना गुरुङ~Sajana Gurung

चारैतिर क्रिश्मसको रमझम ! सलोम मण्डलीको गेटबाट भित्र प्रवेश गर्नासाथ मेरा नयन चारैतिर घुम्न सुरु हुन्छ ! सबै आ आफ्नो जीवनसाथी सँग कति हाँसीखुशी देख्दै थिएँ तर म लोग्ने भएरै पनि लोग्नेको मायाबाट सधै वञ्चित ! निसन्देह ; यो भीडमा कसैको अनुहारमा दुख वेदनाको रंग देखिन्छ भने त्यो मात्र मेरै मुहारमा होला चाहे म जतिपनि मुलाहिजी खुशी देखाउनको प्रयत्नमा लागीपडुं ! खराब जीवनसाथीको साथमा जीन्दगी कति पीडामयी बन्न पुग्ने रहेछ यही दर्दनाक आभाससँग म बाँचिरहेकी छु तर पनि मैले मेरो आशाहरूलाई रित्तिन दिईन एकपललाई पनि चाहे त्यो पल जतिसुकै सास्तीपूर्ण किन नबनोस् लोग्नेको काराणले ! Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेरो पहिलो प्रेम

~डा. गोबिन्दसिंह रावत~Gobinda Singh Rawat

पहिलोपटक उनीसँग मेरो परिचय मेरो मित्रका माध्यमबाट भएको थियो । स्कूले विद्यार्थी भएता पनि साथीले परिचय गराई दिएपछि हाम्रो भेटले निरन्तरता पाउँदै गयो । छोटो उमेरमा हामीबीच नजिकता बढेपछि मलाई अरु कुरा भन्दा मेरो नयाँ प्रिय मित्रको चाहनाले बढी सताउन थालेको थियो । अनि विस्तारै उनलाई नभेटेसम्म मननै मन्दैन्थ्यो  र म आफुलाई उनी बिना एक्लो हुँदै गएको अनुभव गर्न थालेको थिए । हामीबीचको नजिकता बढ्दै गएपछि  उनलाई एकपटक नभेटी बाँच्न नै गाहे हुँदै जान थाल्यो । मेरो पढाईको प्रसङ्गलाई लिएर बुवाआमाले मलाई गाली गर्दा अनि कहिलेकाँही कुनै कारणवस् नरमाइलो र नियास्रो लाग्दा म उनको समिपता खोजी रहेको हुन्थे  र उनको समीपआएपछि एक प्रकारको आनन्द लाग्ने गर्थ्यो।

तर म भर्खर १३ वर्षको भएको हुनाले उनीसँगको मेरो भेट न त मेरो आमाबुवाले मनपराउनु हुन्थ्यो न त मेरो आफन्तजनले नै रुचाउने थिए । अझ भनौं मलाई चिनेजानेका र छरछिमेकीहरुले पनि उनीसँग मलाई देखेको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : सम्झनाले के दिन्छ र !

~विक्रम तिमिल्सिना~Bikram Timilsina

बिर्स सबै बिर्सिदेउ, सम्झनाले के दिन्छ र !
टुट्छ अटुट नाता भने बाँकी नै पो के हुन्छ र !

तिमीलाई गर्मी हुँदा चलाएका बतासहरु,
तिर्खाएकी बेला मैले मेटाएका ती प्यासहरु,
बिर्स सबै बिर्सिदेउ, सम्झनाले के दिन्छ र ! Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बधाई प्रचन्ड

~लोप्चन लामा~

बधाई छ प्रचन्ड
स-परिवार बिदेश भ्रमण तिमीलाई
बधाई छ बाबुराम
सर्बे-सर्वा ढुकुटी ब्रम्ह्-लुट तिमीलाई

धेरै आस्था
अनी
विश्वाश थियो
बाह्र बर्ष रगतको होली खेलेर
सत्तामा पुग्दा
नेपाल आमाले
लामो चैनको सुस्केर हालेथ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : डोलीमा गयौ

~दिनेश श्रेष्ठ~dinesh-shrestha

तिमी हाँसेर गयौ तिमी डोलीमा गयौ
सोह्र श्रृङ्गार गरी रातो चोलीमा गयौ

वाचा तिमीले खाथ्यौ देउरालीमा सयौँ
आज दिएर धोका एकै बोलीमा गयौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment