कविता : बर्दीको मान्छे

~प्रकाश रम्घाली~prakash-ramghali

काँडे तारको बारलाई फुत्त नाघेर
जब निस्कन्छ यो फौजी केटो
त्यसपछि-
टक्क रोकिन्छ दौडीरहेको बादल
नुन खाएको कुखुराझै झोक्राउन थाल्छ घाम
बन्दुकको छर्रा लागेको चराझै छटपटाउछ जून
र, तितर/बितर हुन्छन आकाशमा गट्टा खेल्दै गरेका ताराहरु

प्रेम गर्न डराउछे आफ्नै प्रेमिका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मबाट कविता लेखिदैन

~निश्चल काउचा~Nischal Kaucha

मबाट कविता लेखिदैन
देश दुखे पछि कविताबाट म लेखिदो रहेछु
गणतन्त्रको कलिलो आगनमा उभिएर
हेरिरहेछु मेरो देश
बुद्धका आँखामा
श्यामश्वेत धरहराको टुप्पोमा
कठै
सगरमाथाको हिउ फुल झरिसकेछ
देखेथे लार्भाबाट रंगिन पुतली बनेको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : महान् लेखक गोर्कीको प्रसिद्ध उपन्यास ‘आमा’

~आभा~book cover - Aama - Maxmi Gorky

गोर्कीलाई पढ्ने सायद थोरैले मात्र ‘आमा’ नपढेकोहोला। गोर्कीलाई चिनाउने पुस्तक नै ‘आमा’ उपन्यासभन्दा पनि सायदै फरक पर्ला। ‘आमा’ विश्वप्रसिद्ध साहित्यमा गनिने उपन्यास हो। ‘आमा’ को पहिलो प्रकाशन सन् १९०७ मा भएको थियो। यो तत्कालीन रुसी सामाजिक एवम् राजनैतिक परिवेशको शाब्दिक चित्र हो। यसले क्रान्तिको निम्ति लड्ने ती वीरहरूमा थप ऊर्जा प्रदान गर्‍यो। गोर्कीसँगको वार्तालापको सिलसिलामा लेनिनले ‘आमा’ उपन्यासबारे भन्नुभएको थियो –’जरुरी पुस्तक हो, धेरै मजदुरहरू क्रान्तिकारी आन्दोलनमा सजग रुपमा नभएर स्वतः स्फूर्त रुपमा भागलिंदै थिए। अब ‘आमा’ उपन्यास पढेर उनीहरूले धेरै फाइदा उठाउने छन् अति समयानुकूल पुस्तक हो यो।’

‘आमा’ उपन्यासको प्रारम्भमा देखिने एक कारखाना वरिपरिको साधारण मजदुर वस्तीको दयनीय स्थितिले पाठक गम्भीर बनाउँछ। त्यस मजदुर बस्तीमा रहेको मिखाइल ब्लासोबको Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : एउटी बेश्याको प्रतिकार

~सन्जीव बंकिम~sanjib-shah-bankim

भलै सरकार , एन. जि. ओ. , अाई. एन. जि. ओ. हरुको सहकार्य मा उसको बेश्यालय माथि प्रतिबन्ध लगाईएको थियो । बेश्याब्रित्ती एक गम्भिर अपराध हो भन्ने आशय का त्यहा थुप्रै होर्डिङ बोर्डहरु टासिएका थिए । तापनी अघोषित रुपमा उस्का दैनिक पिडा , बाध्यता भोक मा कसले प्रतिबन्ध लगाउन सक्छ र । कस्ले निषेध गर्न सक्छ र उस्को जिजिबिशा लाई ? केही बर्ष अघि जनयुद्ध को नाम मा रचिएको ठुलो ढोँगसँग उ राम्ररी वाफिक थि ई । जनयुद्ध को गन्ध पनि उसको बेश्यालय सम्म अाइपुगेको हो । जनयुद्ध काल मा माओबादी तथा उस्का कमान्डर हरु ले एउटा शख्त करवाहीको नाम मा नाटक रचेको हुन । बेश्यालय मा जाने जो कोही लाई समात्दै उसै सँग विवाह पनि नगराएका होइनन । तर त्यहा तिनै कमरेड हरुको उत्पिडनलाई कस्ले रोक्न सक्थ्यो र त्यो बेला ? उनी हरु ले यस्को अहसान चुकाएकै हुन । जुन सुकै मनसाय ले भये पनि उस्को यो पेशा लाई निरुत्साहीत गर्ने काम गरिये पनि अर्को भरपर्दो बिकल्प बाटो कोरिएको थिएन । जो जो उनी हरु प्रति सहानुभुती दिन आउथ्ये सहयोग का प्याकेज लिएर आउथ्ये तर उनीहरु को नियत पनि साफ हुन्थेन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हाँगो भएर आएँ

~भोला सिवाकोटी ‘पुरानाघरे’~bhola-siwakoti-puranaghare

चुँडेर फालेका थ्याै हाँगो भएर आएँ
कुल्चेर थोपा हाँस्याै छाँगो भएर आँए

फुकेका थ्याै उडाउनलार्इ धुलो ठानेर
जनमभरि यतै बस्छु पाँगो भएर आएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : झोपडीहरू

~दिपेन घिसिङ्~deepen-ghising

फाटेका सपनाको छाता ओढेर
कुख्रे निन्द्रा सुत्न गाउँमा पसेका
झोपडीहरू
संसार फट् फट् फट्किँदा पनि
भ्रमको आगो तापेर
झुक्रिएर बस्न वाध्य छन्।

इच्छाहरू बाँसको खाम्बोमा
सुर्काउनै सकेका छैन झोपडीहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : बार्बी डल

~मीना बज्राचार्य~mina-bajracharya

सदिक्षा र क्रिष्मा बार्बी डलसित खेलिरहेका थिए । त्यतिनै बेला सुबिर एक्कासी आएर तिनीहरुको हातबाट बार्बी डल खोसेर लगे । त्यसपछि दुबैजनाले सुबिरलाई लखेटे । तर ऊ घोडाजस्तो तेजले दौड्न सक्ने भएकोले उनीहरुले भेट्टाउन सकेनन् । क्रिष्माको सबभन्दा प्यारो पुतली बार्बी डल नै सुबिरले लिएर भागेकोले क्रिष्मा क्वाँ क्वाँ रोइन् ।

क्रिस्मा रोएको आवाज सुनेर सुबिरले बार्बी डललाइर्, “ला ले तेरो पुतली” भनेर परबाटै फ्याँकीदियो । टाढैबाट फ्याँकेकोले बार्बी डलको हातखुट्टा र टाउको छुट्टाछुट्टै उछिटिएर गयो । बार्बी डल बिग्रेको हुनाले क्रिष्मा झन Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : प्रेम : जिवनकाे यात्रामा

~मसान उपासक~masan-upasak

पहिलोपटक
तिमिले याे मुटुमा सुम्सुम्याएर
नभनि गएपछि दुखेकाे हाे
देब्रेछातिकाे कुनाकाप्चामा
दाेस्राे पटक
तिमिले छाेडेर गएपछि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

प्रहसन : सपथग्रहण

~मनोज गजुरेल~

पात्रहरु – प्रधान न्यायाधीश,तत्कालीन प्रधानमन्त्री, सेना प्रमुख,
सपथ खुवाउने (राष्ट्रभाषामा)- राष्ट्रपति रामवरण जादव
सपथ खाने (पितृभाषामा)- फोरमानन्द झाmanoj-gajurel-prahasan-shapathgrahan_1

‘म’

‘मैं’

‘म’

‘मैं’

‘के बाख्राजस्तो म्याँ म्याँ गरिरहनु भएको ! म भन्नोस् न । ‘

‘मैं’ Continue reading →

Posted in प्रहसन | Tagged , | Leave a comment

कविता : पर्ख म आउँदै छु

~मानुसी अज्ञात~

पर्ख मेरा साथी सङी म आउँदैछु
बालपन लोहोरी मा मस्त नीदाउदैछु |

आजको म सानी नानी भोली ठुलि हुन्छु
सन्कल्प छ मेरो ठुलो सगरमाथा छुन्छु |
नेपालकी छोरी हुँ म नेपाललाई पढ्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हातेमालो गरौ

~के आर शर्मा~

नौ नौ महिना आमाको कोखमा बसी
एक शिशुको रुपमा पूर्ण बिकसित भइ
प्रसबका अन्तरबेदनाहरु दिदै
आमाको पेटमा स्वतन्त्रता खोज्दै
च्या चु को आवाज संगै
धर्तिमा ओर्लिएकी म नेपाल पुत्री
मातृभूमीमा भर्खरै पैदा भयकी
मणी दाहालकी मात्रै नभई
सिङो नेपालीकी छोरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सुन्दर परियारको नयाँ थर

~अभय श्रेष्ठ~chanki shrestha - abhaya

१

सुन्दर परियार नेपाल आएको १० महिना बित्यो । तर, फर्कने नाम लिइरहेको थिएन ।

अमेरिकाको इडाहो राज्यस्थित पोकाटेलोमा उसको नेपाली सामान पाइने ग्रोसरी राम्ररी चलेको थियो । श्रीमतीलाई त्यो समाल्न भ्याइनभ्याइ थियो । यता, बहिनीको बिहेको केही दिनमै ०७२ साल वैशाख १२ गते नेपालमा ठूलो भूकम्प गयो । त्यसको विनाशलीला देखेर उसको मन भताभुंग भयो । भूकम्पपीडितको उद्धारमा उसले ज्यूज्यान लगाएर सघायो ।

युनिभर्सिटी अफ इडाहोको आडैमा रहेको ग्रोसरीबाट श्रीमती बारम्बार ताकेता गरिरहन्थी । उसले एक महिना, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : थपक्क

~कणाद महर्षि~Kanad Maharshi_1

ऊ यसै थपक्क बस्यो
भीड बढी रहेछ, आवाज उर्लंदो छ
मान्छेको सोच फरकफरक छ
आˆनै समूह-स्वार्थको नगिच छ
यस्तै भन्नेहरूको कुराहरू पनि सुनिरहेको थिए
कोलाहल सुनेको थिएा
बाटोमा कााडाहरू छरपस्ट छन्-
भन्ने पनि सुनेको थिएा
अगाडि उज्यालो छ भनेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : चुरा खस्यो

~डा. दुबसु क्षेत्री~dubasu-chhetri

जब पुनमको चुरा खस्यो
मेरो मनको चुचुरा खस्यो ।

फूलको धारले नै रेट्न थालेपछि
उनको मनको छुरा खस्यो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : बिर्सेको कुरा

~शार्दूल भट्टराई~shardul-bhattarai

म बिहानै उहाँको घरमा पुगेँ। तर, उहाँ कतै निस्किसक्नु भएको रहेछ। सार्वजनिक बिदाको दिन थियो। दिउँसो कुनै समय आउनु पर्ला भन्ठान्दै फर्किएँ।

दिउँसो फेरि पुगेँ। उहाँ आउनु त भएछ तर खाना खाएर फेरि निस्किसक्नु भएछ। कता जानु भएको हो र कतिबेला फर्किनुहुन्छ, निश्चित जानकारी पाउन पनि सकिनँ।

म अलि खिन्न हुँदै फर्किएँ। दुई घन्टाजति बरालिएर फेरि पुगेँ। उहाँ आइपुग्नु भएको थिएन। कतिबेला आइपुग्नु हुन्छ भन्ने कुरा अनिश्चित भएकाले मेरो छटपटी पनि अनिश्चितजस्तै बन्न पुग्यो। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सराङकोटको माछापुच्छ्रे र मेरो पर्यटक मित्र

~अरुणा बैद्य~aruna-vaidya

घाम तापेर
भर्खरै भित्र पसिन् माछापुच्छ्रे
आजभोलिको कडा घामले
सौन्दर्य बिगार्छ भनेर
कपाल दुखाउंछ भनेर
उनी हिमालसुन्दरी
धेरैवेर वाहिर वस्नु पनि हुँदैन ।

तर मेरो पर्यटक मित्र टाढाटाढाको देशवाट
एकाविहानै तिमी उकालै उकालो आएको जानेर,
उनले सुन्दरीहरुले जस्तै दर्शन दिइन्,
घाममा उडेका किरणहरुका दामी पोशाक पहिरेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : ठूलोबाको कन्तुर

~तुलसीहरि कोइराला~Tulasi Hari Koirala_1

भोलि दिउँसो मधेश जानु छ, ठूलोबाको घरमा कसैको फोन लाग्दैन । ल्याण्डलाइन मरिगए उठ्दैन, सबैका मोबाइल अफ छन् । एकाबिहानै उठेर ठूलोबाको गेट ढकढक्याउन मण्डिखाटार पुगें । निकैबेर घन्टी दबाएपछि कौसीबाट एउटा टाउकोले मलाई चियायो । टाउको जसको भए पनि देखेपछि गेट खुल्छ भनेर पर्खिरहें । एक क्षणमा ‘ए तँ पो !’ भन्दै ठूलोबाले गेट खोल्नुभयो अनि म भित्र छिर्नासाथै हत्तपत्त साँचो लगाइहाल्नुभो ।

ठूलोबाको अनुहारमा हेरें– ओठ कलेटी परेका थिए । आँखा राता भएका थिए । शरीर पनि काँपिरहेको थियो । बूढोमान्छे स्याँ–स्याँ गर्दै भ¥याङमा कुदिरहेका थिए । म पछ्याउँदै तीन तला माथिको बैठक पुगें । ठूलोबा थ्याच्च सोफामा बस्नुभयो । ठूलीआमा, दाइ, भाउजू, भतिजाभतिजी त्यहीं थिए । सबैको अनुहारमा अनिद्रा र त्रास तैरिरहेको थियो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कविताको अन्त्येष्टि

~विप्लव प्रतीक~biplav-prateek

कविता मेरो हातबाट गुम्दैछ,
मेरा विचार र भावसँग छुट्टिएर
मेरो कविता समयको अँगालोमा
मस्तसँग बाँधिएर गइरहेको छ—
र, म चूपचाप, निरीह, टोलाएर
यो तमाशा हेरिरहेछु ।

दुनियाँमा भएका असमानता, शोषण, बन्धन र अत्याचार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : तरंग

~कात्यायन~dhanwantari-mishra-katyayan

– “म तरंगको खोजी गर्दैछु |” – ऊ चिच्याउँदै हिंडिरहेको थियो | निर्जीव मानिसहरू अट्टहास गरिरहेका थिए |

– निर्झरलाई गएर छुन्छ | तरंग विद्यमान नै थियो |

– शान्त तलाउमा जान्छ र सानो पतिंगर बिस्तारै खसाल्छ | ज्वारभाटा झैँ तरंग पैदा हुन्छ र चारै किनारामा स्पन्दन गर्दै समाहित हुन्छ | स-साना कमिलाहरू त्यही पतिंगरलाई नाउ बनाउँदै तलाउ पार गर्छन् |

– ऊ सोच्छ – ‘ तरङ्ग त जीवन हुनु पर्ने हो |’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : जन्मदिन

~हेमन यात्री~heman-yatri

मैले बाँचिदिएको छु
र सम्झनेलाई एउटा बहाना भएको छ आजको दिन ।

आमाको कोखमा छँदा
म कहाँ–कहाँ पुगें हुँला ?
लेकबेंसी/हाटबजार ?
पँधेरो/करेसाबारी वा गौचरन ?
त्योभन्दा टाढा पुगेको भए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : स्वच्छ मन हुनेहरू

~प्रतिमा विवश राई~

मनको मैलो फ्याँक्न सके देवता पुज्नु पर्दैन
आफैंभित्रको देव चिने मन्दिर धाउनु पर्दैन ।

खुशी दिन नसक्नेले दुःख नदिए पुग्छ
बैगुनीलाई गुन गरे उसको शिर झुक्छ । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

किरात लोक कथा : हेङमावा (रक्सि)

~निराजन राजालिम ‘बतास’~nirajan-rajalim-batas

उहिले किराती गाउँको कुरा हो l त्यो समय एउटा गाउँमा एकजना किराती बुढी बस्थिन् l बूढीको परिवार थिएन l ति बूढी दिनहुँ हेङमावा बनाउने गर्थिन् l उनको बाँच्ने मेलो र काम भनेकोनै हेङमावा बनाउने र बाँच्ने थियो l

बूढीको बस्ने ठाउँ छेवैमा ठूलो पिपलको बोट थियो l त्यसको फेदमा सानो कुटीभित्र बूढी बस्थिन् l एकदिनको कुरा हो, सधैझैँ बूढी हेङमावा बनाएर खन्याउन लाग्दा एक थोपा पनि हेङमावा झरेन l बरु सबै हेङमावा बनाउने भाँडाहरु डढेर गएका थिए l बूढी सारै चिन्ता लाग्यो l अब हेङमावा बनाउने भाँडाकुँडा नै डढ्यो र बाँच्ने मेलो बनेको हेङमावा एक थोपा पनि झरेन l बूढीको मन सारै नमिठो भयो l Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : जोर हात दाउँछु

~अनुकुल प्रकाश~Anukul Prakash

कर्मठ मेरा जोर हात दाउँछु
परिश्रमको नै गीत म गाउँछु

धेरै सुन्यौ मेरा विरताको किस्सा
अब विकासको मूल उगाउँछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : कालजयी आख्यानकार रमेश विकल

~शार्दूल भट्टराई~

एउटा गौरवशाली नाम हो–रमेश विकल। यो नाम अत्यन्तै सम्माननीय,गरिमामय र लोकप्रिय रहेको छ नेपाली आख्यान साहित्यमा।Ramesh Bikal

साहित्यमा बहुविधाका सफल सर्जक हुनुहुन्छ– रमेश विकल। छ दशकभन्दा लामो सिर्जना यात्रामा उहाँ कथा,उपन्यास, नाटक,निबन्ध,यात्रा साहित्य ,बाल साहित्य तथा चित्रकलामा समेत सफलतासाथ उपस्थित हुनु भएको छ। यति धेरै विधामा आफूलाई सफलतापूर्वक सक्रिय गराउने साहित्यकार थोरै छन्। ती थोरै मध्येका पनि एक प्रमुख व्यक्तित्व रमेश विकल हुनुहुन्छ।

कथा,उपन्यास,यात्रा साहित्य र बाल साहित्य जस्ता विधामा विकलको उपस्थिति सफल मात्र छैन, अत्यन्त प्रभावशाली पनि छ। आख्यान साहित्यका उहाँ महानायक नै हुनुहुन्छ। Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

पुस्तक समीक्षा : यौन मनोविज्ञानको कथा “यायावर”

~केदार शर्मा~book-cover-brajesh-yayawar-upanyas

राजनीतिज्ञ नीलाम्बर आचार्यले एउटा उपन्यासका बारेमा छोटो टिप्पणी गरे, “ब्रजेशको यायावर पढें। अतृप्त, असफल, अपूर्णको कुशल पूर्णचित्र। (कतै हाम्रा) राजनीतिक सम्बन्ध वैकुण्ठको बिहेझै यौन पूर्णता नपाएका त भएनन्, जसबाट नयाँ जन्मँदैन?”

खारिएका र संयमित राजनीतिज्ञ आचार्यले यायावर को मुख्य पात्रको अतृप्त जीवनमा नेपाली राजनीतिको झ्ाल्को देखे र ट्वीट गरे। त्यत्तिका गहकिला व्यक्तिले एउटा उपन्यासका बारेमा एकै वाक्य लेखे पनि लाख हुन्छ। एकजनाले त यस पङ्क्तिकारसित भने नै, “अरूका कुरा सुन्दा फरक छवि बनेको थियो मनमा, नीलाम्बरजीको ट्वीट पढेपछि Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : ब्यूँतिने सपना हुँदैन

~कमल संघर्ष~

मूर्दाहरूमा पो ब्यूँतिने सपना हुँदैन
मान्छे हुन मान्छेमा किन बेदना हुँदैन।

उत्तेजित बनाइरहन्छन् मन्दिरहरूले
तैपनि टुँडालहरूमा उत्तेजना हुँदैन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : विचारको रङ

~असिम सागर~Asim Sagar

Posted in कविता | Tagged | Leave a comment

कथा : यथार्थ भ्रम

~रामलाल जोशी~

सल्लाघारीको बीचबाट गाडी हुइँकिएर गएको उसले हेरिरह्यो। सेतीको नागबेली नियालिरहेको यो डाँडाको छातीमा कुनै दिन गाडी हुइँकिएर जाला भन्ने उसले सोचेकै थिएन। पहाडमा मोटर गाडी पुगे। बिजुली बत्ती पुग्यो। मोबाइल फोन पुग्यो। अब त पहाडका गाउँ पनि अर्कै भएछन्।

गाउँ छोडेको एक्काइस वर्षछि फर्किंदा गाउँ बिरानो भइगएको थियो। सल्लेघारीका लागि ऊ बिरानो भइआएको थियो। काँधमा भिरेको पुरानो झोला एउटा बूढो रूखको फेदमा राख्यो। सल्लाको सुसाहटबाट आएको चिसो हावाले उसको आँत ओसिलो भयो। झोरे सल्लाको फेदमुनि अडेस लागेपछि उसले आरामको महसुस गर्‍यो। बिँडीको अन्तिम सर्को तानेपछि मुखैनेरको धुवाँ उसको आँखालाई बादलपुरी बनाउँदै माथिमाथि उडेर गयो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : गुन कस्तो हुन्छ !

~मनु ब्राजाकी~

थाहा भयो छिमेकीको गुन कस्तो हुन्छ !
थाहा भयो चामलसँग घुन कस्तो हुन्छ !

आफ्नै मित्रसँग पनि लड्नुपरेको छ
थाहा भयो खा’को तिम्रो नुन कस्तो हुन्छ ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पृथ्वी / अपृथ्वी

~मनप्रसाद सुब्बा~

उनीहरूले एक दिन मलाई
विशेष अतिथि हो कि विशेष ग्राहक बनाएर
यौटा यस्तो ठाउँमा पुर्‍याए
जहाँ ‘देवीदेवताहरू’ र उनीहरूका प्रतिनिधि यक्षहरू मात्र थिए
अनि ती प्रत्येकसित मेरो परिचय गराइयो l

उनीहरू ‘हल्लो’ भन्दै मसित हात मिलाइरहेका थिए l

उनीहरूका शरीरबाट निस्किरहेको अत्तर-बास्नाबिच Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : लालसेना  

~घनेन्द्र ओझा~

यही बाटो हुँदै गएको थियो, चाँडै आउँछु भनेर।

‘नजाऊ न मलाई एक्लै छाडेर’, रुँदै भनेकी थिई उसले, ‘आखिर यहीँ बसौँला, दुःखजिलो गरेर बाँचौँला।’

‘दुई वर्ष त हो नि, अलिकति कमाएर ल्याउँछु अनि कुनै पेसा गरौँला’, सम्झाउँदै भनेको थियो, ‘पछि सन्तानका लागि जोहो गर्नुपरेन?’
त्यसो त सुनमायालाई पनि आफ्नो नामजस्तै पहेँलपुर गहना लगाएर सुनपरी हुने इच्छा नभएको कहाँ हो र! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ भाषी कविता : प्यारो ताला

~पलपल मोक्तान~palpal-moktan

आमानै खेप्पा चुजम्बुलिङरी प्यारो ताला
आबानै खेप्पा चुजम्बुलिङरी प्यारो ताला
जुनै घ्लरी निबामी केवाला सा प्यारो ताला
ग्योईगदे लानन ताबामी ङालन ग्योई प्यारो ताला

धुन त मादललामी ज्याबान ताला
तर ङादाम डम्फुाला धुनमी प्यारो ताला Continue reading →

Posted in तामाङ कविता | Tagged | Leave a comment