यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

कथाकार दिवाकर नेपालीज्यू, भर्खर एउटा पात्रसँग मेरो भेट भएको छ । ऊ मलाई हातमा समाएर जोडले तान्दै छ । हेरौँ कहाँ लान्छ ? मलाई थाहा छैन कहाँ लाँदै छ भन्ने कुरा । ऊ हष्ट पुष्ट यौवनले भरिपूर्ण भएको पच्चीस–छब्बीस वर्षको जवान ढिटो छ । उसँग म कहाँ दौडनु सक्छु र ?

तर पनि उसले तानेपछि मरे छोड्नेवाला छैंन । त्यसैले हुत्तिदै, मुन्टिदै उसको पछि लाग्न बाध्य छु । यो पात्र अरूजस्तो होइन रहेछ । अरूको भावनाको, इच्छाको सम्मान नै नगर्ने ! कस्तो अव्यवहारिक केटो रहेछ ! उसले मलाई केही भन्ने मौका पनि दिएको छैन, हेरौँ मलाई कहाँ लादो रहेछ । म उसलाई पछ्याउँदै छु । अहिले मलाई अनौठो लागिरहेछ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रो यादमा

~कृष्णकला वनेम ‘करिना’~Krishnakala Banem 'Karina Subba'

तिम्रो यादमा हिजो आज आफै भित्र हराउछु
तिम्रो कोमल छाती भरी जही तही लहराउछु

सयौ डाडा पारी तिमी यादमा आउछौ मनभरी
कल्पनामा भेट्न आउछु यो मनको सागरतरी
आखाको नानीमा तिम्रो तस्बिर राखी सके Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : धोकेर बस्या छु

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

प्रियाको यादमा सराबी बोतल,धोकेर बस्या छु
मर्दैछु चाँडै रगत को छिल्का, खोकेर बस्या छु

सुन्दैछु उनी म सङ्ग कुरा , गर्दिन भन्छिन रे
म भने उनी भेट्नलाई सास , रोकेर बस्या छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

रुपक श्रेष्ठका सोह्र प्रणय मुक्तकहरु

~डा. रुपक श्रेष्ठ ~Dr Rupak Shrestha

एक
ओ मेरी दिलमाया, मेरो दिलको धड्कन सुनिदेऊ न प्लिज !
ओ मेरी मनमाया, मेरो मनको गुञ्जन सुनिदेऊ न प्लिज !!
तिमी यो मिठो रातो गुलाबछेउ म तिखो काँडा बन्न तयार छु,
ओ ज्यानमाया, तिमी मेरो भ्यालेन्टाईन बनिदेऊ न प्लिज !!!

दुई
तिमीले भन्यौ जसरी पनि आउनु यही महिना प्रेमोत्सव छ
सम्झेछौ कि बिर्सिसक्यौ त्यही दिन मेरो जन्मोत्सव छ
थाहा छैन म कहाँ छु तर तिमी छौ मेरो मनको मझेरीमा Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : सानो प्रेम कथा

~बिक्रम ज्ञवाली~Bikram Gyawali

कुनै कामले मगौशाला गएको थिए । फर्किने बेला बिहानै देखिको कालो बादल फुट्यो । सडक पनि भिज्यो । बाटोमा हिंडेकाहरु राम्रो ओतखोजेको पनि देखिन्थियो । मलाई भने कपन पुग्ने हतार । बस कुर्दै थिए एउटा रुखको तलओत लागेर ।

एउटा पोछी आर्कोगाडी आयो तर कपनको गाडीको कुनै सुर सारनै देखिन । यता उता आँखा घुम्दा घुम्दै मेरोआँखा छाता ओडेर बसेका दुई केटी माथि पर्‍यो । तेस्को अलि समय पोछी बाइ भनेर हातहल्लाएर त्यो मध्येकी एक जाना गई । आर्की चै म जस्तै आशाबादी अनुवार सँगै गाडीकुर्न लागिन् । हेर्दा गोरो अनुवार ,मिलेकाआँखा , ओठ पनि तेस्तै अनी आल्की । नजिक गए तर वास्ता नगरे जस्तै गरे । बोल्नमन लाग्यो तर हिम्मत आएन । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्रतिविम्ब

~जीवन क्षेत्री~Jiwan Kshetry

युगौंदेखिको प्रहार बोकेका,
ती खेतका आलीहरू
मंसिरमा झुले धानका,
ती सुन्दर बालीहरू
युगौँदेखिको मुस्काइरहेका
ती उषा लालीहरू
ती अँध्यारा गल्लीहरू,
ती डरलग्दा गल्छेँडाहरू
ती दुरुह सिरेटाहरू
ती उराठिला खडेरीहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म थवाङ हुँ

~वैरागी जेठा~bairagi-jetha

म थवाङ हुँ
अरण्ययुग युगान्तरका
मृत्युदण्डको फैसला सहेर
बाँचेको छु
ज्यानमारा जन्तुवर्षहरू छलेर
नयाँ बर्बर युगमा
आकास्सिएका सामन्ती जजटाजुटहरूसँग
निरन्तर लडिरहेकै छु मित्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँले जन्माएको शहर

~शुष्मा रुपाबुङ~Sushma Rupabung

उ भन्दै थियो
गाउँमा बस्ने मान्छेहरु असभ्य हुन्छन रे
केही जान्दैनन रे
मैले भने,
गाउँ त्यो हो जहाँ शान्तिले सास लिन सकिन्छ
अनि त्यहा बस्ने मान्छेहरु ..
जस्को निश्चल मुस्कान ले पीडा भुलाउछ
एउटा को दुखमा बिनाशुल्क सयौ हात उठ्छन
अतिथिलाई खाटमा राखी आफू भुइमा सुत्छन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : चंखे र दुम्सेको सिकार राजपङ्खी

~टंक वनेम~Tanka Wanem

उत्तिनखेर गाउँ घरमा स्यालहरु पनि मोटा घाटा र बलिया हुन्थे । प्रायः लिम्बूहरुका प्रत्येक घर घरमा कुखुरा पाल्ने चलन थियो । भेडा बाख्रा गाई वस्तु नपाल्ने घर थिएनन् । गाउँभरिको घरघरमा कुखुरा भेडा बाख्रा भए पछि कुनै न कुनै घरबाट स्यालहरुले आफ्नो आहारा जुटाउँथे । मर्न लागेका गाई वस्तु अलि अभेग ठाउँमा मर्न दिएर गिद्ध र स्यालहरुलाई ख्वाउँने चलन थियो । मरेको सिनोबाट गाउँ घरमा हैजा महामारी फैलिने डर हुँदैन्थ्यो । त्यति धेरै जम्मा भएका गिद्धका बथानले एकै क्षणमा सनात सिनित्तै बनाउँथे । विस्तारै जमाना परिवर्तन हुँदै गयो । आठ दश बालि जोतेर मर्न लागेका गोरु र दुधको फाँचो सुकेका गाईहरुले त्यहीँको माटोमा मर्न पाउँन छाडे । गाई वस्तु ब्यापारीहरु गाउँ Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : स्वाट्टै पर्नु पर्छ

~दिलमान राई ‘चोट’~Dilman Rai 'Chot'

पिउँदा-पिउँदै चिया सेलाउँछ स्वाट्टै पर्नु पर्छ
चिसो भए माटोको मगलाई प्वालाई पर्नु पर्छ

झर्ला र खाउँला भन्ने आश्वासअन आल्गो हुन्छ
अमिलो अङ्गुरलाई झटारिले झट्टै झार्नु पर्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बुद्ध मलाई माफ गर

~डिल्लीराम अंमाई~Dilliram Angmai

तिम्रो जन्मभूमिमा
धेरै पटक उडाएँ परेवाहरु
एकहातमा जोली परेवा थियो
अर्को हातमा सेतो फूल
शायद गोदावरी थियो कि
तर तिम्रै युगमा रोपिएको
पानीबाट उम्रिएको
यदु बंशीको तरवार
अनि पानीबाटै नारिएको
शाक्य र कोलिय रक्तपात
प्रभु रोक्न सकिनँ
बुद्ध मलाई माफ गर
थाहा छ तिमी बिरक्त थियौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘धृतराष्ट्र’ मा घनश्याम कँडेलको कवित्व

~डा. माधवप्रसाद पोखरेल~ 

कवि घनश्याम कँडेल ‘देवयानी’ (२०३९), ‘उज्यालोतिर’ (२०५५), ‘वनको क्रन्दन’ (२०५८), ‘आँसुका अक्षर’ (२०६०) र ‘विश्वामित्र(मेनका’ (२०६६) पाँच ओटा खण्डकाव्य प्रकाशन गरिसकेपछि छैटौँ खण्डकाव्य ‘धृतराष्ट्र’ (२०७३) को प्रकाशनको तयारीमा छन्। यो समालोचना उनको प्रकाशोन्मुख खण्डकाव्य ‘धृतराष्ट्र’ मा केन्द्रित छ।

कवि कँडेलले महाभारतीय मिथक प्रयोग गरेर लेखेको ‘देवयानी’ (२०३९) र ‘विश्वामित्र-मेनका’ (२०६६) पछिको यो (धृतराष्ट्र) तेस्रो खण्डकाव्य हो। घनश्याम कवि महाभारत र मूल मिथकको कथास्रोतमै नभएका कुराको पुनर्निर्माण गर्छन्। कालिदासले ‘अभिज्ञान शाकुन्तल’ (कालिदास १.२०) मा लेखेका छन्, ‘सतां हि सन्देहपदेषु वस्तुषु, प्रमाणमन्तःकरणप्रवृत्तयः’ (सज्जनहरूलाई सन्देह लागेका Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : कंकाल

~स्लिम जिवन~Jiwan Dahal 'Slim'

म आफ्नै अस्तित्व खोज्दै जाने क्रममा
एक खण्डहर बिच जंगलको
एक खाडलमा मैँले मेरै अस्थिपञ्जर देखे।
मस्त लमतन्न सुतीरहेको आफनै कंकाल देखे।
मैँले आँफैले आँफैलाई प्रश्न गरे।
आखिर त्यो युद्ध थियो कसका लागि? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल: पिडाहरू मेरा सबै

~डा. जुजु राज श्रेष्ठ~dr-juju-raj-shrestha

पिडाहरू मेरा सबै मनको कुनामा राखिरहें
आफ्ना ईच्छाहरू सारा आफैले नै मारीरहें

सोध्ने मात्रै कति हो कति, कति आए पनि
के भा’छ भनि सोधे, बोल्दै नबोली टारीरहें Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : भरेछौ नि सानु

~तिलक अनुरागी~Tilak Anuragi

खाली सिँउदो सिन्दुरले भरेछौ नि सानु।
मलाइ छोडी तिम्ले बिहे गरेछौ नि सानु॥

तिम्रै घरको मझेरीमा ढुनमुनाउछु भन्थेउ।
तर आज अन्तै बसाँइ सरेछौ नि सानु॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : महल कहाँ पुग्छ होला

~लोकेन्द्र बञ्‍जारा~

तलैतला हिँड्दै महल कहाँ पुग्छ होला
ढुङ्ग्यान हुँदै बटुवा पैदल कहाँ पुग्छ होला?

नियतिले बनाएको म जस्तै छ भोलि
हाँस्दै आज रुने पागल कहाँ पुग्छ होला? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अवधी कविता : कुटिया कै लक्ष्मी पुजा

~अजय पाण्डे~

सबकेहू लक्ष्मी माई कै अगुवानी मे लगा है |
हर गवाँ चौराहा पे माई कै मुर्ति खुब सजा है |

होइ सबकुछ मंगल अव सुख कय होइंहै बौछार
सब कै हृदय मे इहय अभिलास आव विश्वास भरा है । Continue reading →

Posted in अवधी कविता | Tagged | Leave a comment

कथा : पापी मन

~गंगा सुवेदी~

घुमन्ते चियापसलेबाट चिया लिएर पुण्यबहादुरले स्वास्नी ललितालाई पिउन दिएको केहीबेरमा नै ललिता ल परेर बेहोस भई । उसले ढुक्क भएर यताउती हे¥यो । कसैको ध्यान पनि आफूतिर छ्रैन भन्ने भएपछि भरखर पाँच वर्षमात्र टेकेको फुच्चे सानुको काँध हल्लाउँदै फुस्फुसाएर बोलायो । ‘सानु‘ ए सानु’ ऊ । बाटोभरी छाध्दाछाध्दा लखतरान परेको सानु झस्किएर उठ्यो । एकपल्ट बाबा पुण्यबहादुरलाई हे¥यो । पुण्यबहादुर सानुलाई आफ्नो पछिपछि आउने इशारा गर्दै अघि लाग्यो ।

पूर्णविश्वासका साथ बाबाको पछि लागेको सानुलाई बसको ढोकाबाट बोकेर तल ओराल्यो । सानुको हात पक्डिएर भीड चिर्दै नजिकैको सानो फूटपाथे पसलमा पुगेर अडियो । यतिबेरसम्म संरक्षक जसरी समातेको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

थारू भाषी समीक्षा : थारू भषासाहित्य और संस्कृतिके एक झलक

~अभितकुमार चौधरी~

पृष्ठभूमि

खोला कताके ठण्ढा हावामे बहौत दिनसे कुदल चियै
टुटल नै छै हमर बनेलहा घर सदियौँसे बैसल चियै ।

आपन मातृभषा, आपन परम्परागत रीतिरिवाज, बेग्ले किसिमके सांस्कृतिक पहचान, सामाजिक संरचना और लिखित या मौखिक इतिहास भेल जमा ५९ जाइत या समुदायके आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ के परिच्छेद १ धारा २ के (क) बमोजिम आदिवासी जनजाति कैहके परिभाषित क्याल गेल छै । ओइ Continue reading →

Posted in थारू भाषी रचना, समीक्षा | Tagged | Leave a comment

गजल : किन हो?

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

कोदालाका पासाले खै, हान्न सकेनन् किन हो
मुखभरी तिरस्कारले, झान्न सकेनन् किन हो
**
नैतिकता सब् बेची खा’को, रङ्गेहातै भेटे पनि
सजायँको कठ्घरामा, तान्न सकेनन् किन हो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म कवि हुँ नि प्रिय !

~ध्रुबकुमार सापकोटा~Dhruba kumar Sapkota

आकाशलाई तिम्रो पछेउरी भनेँ
बादललाई तिम्रो केश भनेँ
झरीलाई तिम्रा आँशु भनेँ
तिमीले किन बुझिनौ
म कवि हुँ नि प्रिय ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म मान्दिन कुनै धर्म

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

प्रकृति अनुरुप धर्म स्थापित हुनसक्छ
धर्मले प्रकृति वदल्ने होइन ।
एकाग्रता ग्रहण गर्नको बदला
लक्ष्य निर्धारण गर्नको बदला
परिवर्तनलाई पहिल्याउनको बदला
कुनै धर्मको आडमा
कसैले
आफुलाई ठुलो मान्छे वनाउंछ भने
मान्छे–मान्छे विच भेदभाव गर्छ भने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : मेरो ठेगाना

~अमृता प्रीतम~Amrita Pritam
अनु : मनोज न्यौपाने

आज मैले आफ्नो घरको नंबर मेटिदिएँ
र, गल्लीको शिरमा लगाएको गल्लीको नाम हटाइदिए
र, हरेक सडकको दिशाको नाम पुछिदिएँ
तर यदि तपाईं मलाई भेट्नै चाहनुहुन्छ भने Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : डिएनए रिपोर्ट

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

रविमान बसको कन्डक्टर बनेको धेरै साल भइसकेको थियो । तथापि उसले आजसम्म यस्तो घटना व्यहोरेको थिएन । ऊ एकनाससँग दायाँबायाँ नहेरी इन्स्पेक्टरले सोधेका प्रश्नको जवाफ दिँदै थियो,— ‘हो, इन्स्पेक्टर सा’प ! यी सबै बसभित्र मरेका मान्छेका लाश हुन् ।’

‘कहिले मरेका ?’ इन्स्पेक्टरले प्रश्न थपे ।

‘हिजो दिउसोको कुरा हो ।’

‘कहाँ जाँदै थिए यी ?’ इन्स्पेक्टरले फेरि सोधे । Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता : यौवनको हिरासतबाट

~नवीन प्यासी~nabin-pyaasi

यौवनको हिरासतबाट
मध्यराति
हावाले सुस्तरी अङ्गालो हालेपछि
लामो-लामो स्वास तानिरहेकी सल्लाछेउमा
बास बसेकी चखेवीलाई
जीवन कस्तो लाग्दो हो!
समयले दगुरिरहन नछाडेपछि
वैशको सगरमाथा चढेकी फूलको छातीमाथि
हिमपहिरो ल्याउन खोज्ने भमराहरुलाई
जवानीको अत्तर कस्तो लाग्दो हो! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जात

~लेखनाथ छेत्री~lekhnath-chhetri

सोधिदिनु
पुच्छर हराएर
भर्खरै मान्छेजस्ता भएका
मेरा सप्पैभन्दा पुराना पुर्वजलाई-
कि कसले घोल्यो उसको रगतमा
यो श्राप?
जसले मसम्म आएर
-मलाई बाटोतल्तिर धकेल्छ,
-पानीमूनि श्वास फेर्न अह्राउँछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : उदास थियो घरको दैलो

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

उदास थियो घरको दैलो रुँदै थियो खरको छाना
तिमीलाई नै सोध्दै थिए गाँउघरका सबैजना ।।

बाटुलीले भन्दै थिइन्, सम्झि रुन्छु अधेंरीमा
हाँसो छैन हाँसो जस्तो, पानी छैन पधेंरीमा
माईला बाजे भन्दै थिए, गाँउ छैन गाँउ जस्तो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

भलाकुसारी : समाजलाई हित हुने र अग्रगामी विचार दिनु साहित्यकारको जम्मेवारी हो

bhuwanhari-sigdel

साहित्यमा परिचित नाम हो भुवनहरी सिग्देल । वि.सं. २००७ साल जेठ ५ गते काठमाडौंको थानकोटदेखि उत्तरतर्फ दहचोकको डाँडामा जन्मिएका कवि साहित्यकार सिग्देल पिता नन्दलाल र माता मीनकुमारीका जेठो सन्तान हुन् । विषेशतः कविताका माध्यमबाट साहित्यजगतमा परिचित सिग्देलले कथा, निवन्ध, खण्डकाव्य, महाकाव्यलगायत अन्य विधामा पनि कलम चलाएका छन् । उनै कवि साहित्यकारसँग दीपश्रीका लागि शशी कुँवरले गरेको कुराकानीः

तपाईको बाल्यकाल कसरी बित्यो ?

मेरो चेतना बाख्राका स–साना पाठा र बिरालाका ङ्याउरासँग खेल्दै खुलेको हो । त्यो समयको स्मरण गर्दा म आफैँलाई आज विश्वास हुन्न तपाईले कति अनुमान लगाउन सक्नुहुन्छ म जान्दिन । नुहाउने साबुन थिएन । जुत्ता लगाउने, कट्टु लगाउने चलन थिएन । कैँचीले कपाल काट्ने चलन थिएन । चिया जन्मेकै थिएन, बिजुली बत्तिको कल्पना थिएन । टुकी बाल्ने मट्टितेल किन्न दिनभरी हिँडेर काठमाडौँ आउनु प¥र्यो, त्यहि पनि प्रशस्त पाइदैन थियो । टुकीको विकल्प दियालो बाल्नु प¥र्यो, बिरामी परेमा घरेलु ओखती मात्रै हो । आजको जस्तो डाक्टर औषधिको सपना सम्म थिएन । लेख्ने कलम कापी र मसी थिएन, पढ्ने पुस्तक थिएन । Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

चित्र ‘लक्ष्मी’का पन्ध्र हाइकुहरु

~चित्र ‘लक्ष्मी’~chitra-bahadur-chaudhari-laxmi

औंसी न पूर्णे
सोत्तर तोरीबारी
अन्धो जवानी!

जूनेली घाम
चैते पवनवर्षा
आहा जिन्दगी!

ऊनिउँ फूल्छ
रुझ्छन् ढुङ्गे परेली
व्रतालु गिद्द! Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

थारू भाषी गजल : तुह कहाँ रहो ?

~सीता थारू ‘निश्छल’~sita-nischal

जिन्दगीमे दर्नैं चिठ्ठा, तुह कहाँ रहो ?
तुहिनहे मँग्नु भिक्षा, तुह कहाँ रहो ?

हातमे लैके बरमाला ओ सेंदुर–टीका
घनि–घनि दर्नैं झिँका, तुह कहाँ रहो ? Continue reading →

Posted in थारू गजल | Tagged | Leave a comment

कविता : पराग हत्याराहरु

~छविलाल कोपिला~chhabilal-kopila

देश जलिरहेछ
तिमी भने,
प्रणय स्थलमा बसेर
प्रकृतिले दिएका
सृष्टिका लाखौं पराग हत्या गर्दै
कलिला फूल दिएर
अनि फूल लिएर
प्रणय साटिरहेछौ
अनि भन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : आञ्चलिक उत्खनन्को आख्यान

~हरि अधिकारी~book-cover-amar-neupane-paniko-gham-katha

यस वर्ष नेपाली साहित्यको आख्यान विधामा आन्विका गिरी, किरण रिमाल र अमर न्यौपानेजस्ता आसलाग्दा नामले प्रवेश गरेका छन् । यी नवोदित प्रतिभाहरूको लेखनीमा आत्मविश्वास, भाषालाई खेलाउन जान्ने सीप र जीवन र जगत्लाई हेर्ने-बुझ्ने सूक्ष्म अन्तदृष्टि प्रचुर मात्रामा देखिएको छ, जसको प्रशंसा हुनुपर्दछ । यिनका कृतिहरूले यिनको उज्ज्वल भविष्यको सङ्केत गर्दछन् । यिनीहरूमध्ये पनि अमर न्यौपाने सबैभन्दा प्रखर छन् । न्यौपानेको यहाँ समीक्षा गर्न लागिएको पुस्तक ‘पानीको घाम’ ले उनलाई यस वर्ष साहित्यको क्षेत्रमा पाइला टेकेका युवा सर्जकहरूको अग्रपङ्क्तिको अगुवाका रूपमा स्थापित गरेको छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment