गजल : किन हो?

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

कोदालाका पासाले खै, हान्न सकेनन् किन हो
मुखभरी तिरस्कारले, झान्न सकेनन् किन हो
**
नैतिकता सब् बेची खा’को, रङ्गेहातै भेटे पनि
सजायँको कठ्घरामा, तान्न सकेनन् किन हो
**
अतिसारै गिज्याएर, खाली खेदो खन्दा पनि
फटाहाका हातखुट्टा, बान्न सकेनन् किन हो
**
सहनेको श्रृङ्खलामा, पूर्णविराम् नहुँदा नि
महामारी अत्याचारको, जान्न सकेनन् किन हो
**
अस्तित्वको अस्तु सम्म, नामेट् सबै हुँदा पनि
ईज्जत् कत्ति बाऊबाजेको, धान्न सकेनन् किन हो?
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.