~दामोदर नेपाल~
त्यो भञ्ज्याङमाथिको क्षितिजबाट
सधैँ घाम झुल्किन्छ
तर मेरो बाबु
अझै झुल्किएन
आशा मरेको छैन
तृष्णालाई बुढ्यौली लागेको छैन
त्यसैले त नियाल्दैछु उसको बाटो
अनि वर्षौम्म नियालीरहनेछु
जबसम्म ऊ आउँदैन Continue reading
~दामोदर नेपाल~
त्यो भञ्ज्याङमाथिको क्षितिजबाट
सधैँ घाम झुल्किन्छ
तर मेरो बाबु
अझै झुल्किएन
आशा मरेको छैन
तृष्णालाई बुढ्यौली लागेको छैन
त्यसैले त नियाल्दैछु उसको बाटो
अनि वर्षौम्म नियालीरहनेछु
जबसम्म ऊ आउँदैन Continue reading
~मदनमणि दीक्षित~
बङ्गालको विभाजन भएर भारत र पाकिस्तानबीच बाँडिएको भन्दा ठीक वर्ष दिन पहिले ब्रिटिस सरकार मातहत बङ्गाल एउटा प्रदेश थियो । सन् १९४६ अगष्टतिर बङ्गालका मुख्य गभर्नर एच. सुहरवर्दीको समयमा “डाइरेक्ट याक्सन” चलाइएको थियो । त्यो घटनामा ब्रिटिस सरकारले आन्दोलनकारीहरूविरुद्ध आफ्नो सेनामा रहेका गोर्खा सेनालाई उपयोग गरेको थियो ।
त्यस समय म काशीहिन्दू विश्वविद्यालयमा (सन् १९४६ को अप्रिल) स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेर त्यही विश्वविद्यालयमा विद्यावारिधिको निम्ति दर्ता गरेको थिएँ । तिनताक बेलायतको विख्यात समाचारपत्र “म्यान्चेस्टर गार्जियन” ले सन् १९४९ सम्ममा भारतले बेलायतबाट स्वाधिनता पाउने पक्का भयो भन्ने समाचार दिइसकेको Continue reading
~कात्यायन~
– ऊनीहरूलाई देश टुक्राउने भाषण गर्न आउँदैन | खोला-नाला बेच्न जान्दैनन् | आन्दोलनको नाममा हिंसा पनि गर्दैनन् | चेली-बेटी ओसार-पसार गर्न पनि आउंदैन | तस्कर गर्दैनन् | अमूल्य जडिबूटी, प्राचिन मूर्तिहरू, कलाकृतिहरू पनि बेच्दैनन् |
– मित्र-राष्ट्रहरूलाई गालीगलौज पनि गर्दैनन् | समाजलाई टुक्राउन पनि खोज्दैनन् | धर्म परिवर्तन पनि गर्दैनन् | सुस्ता-कालापानी तथा लिपू-लेक आदिको समर्थन पनि गर्दैनन् | Continue reading
~शार्दूल भट्टराई~
हिजोआज स्वेच्छिक आप्रवासीको जीवनमा आधारित लेखनलाई पनि डायस्पोरिक मानिन्छ । भी.एस. नयपालका अनुसार, सङ्क्रमणकालीन द्वैध मनोविज्ञानको आग्रहसहित तनाव र अभिघातका पात्रहरूका आधारमा डायस्पोरा साहित्य सिर्जना हुन्छ । आप्रवासीको जीवन सङ्घर्ष, विरानोपना, आत्मपहिचान, पीडाप्रद अनुभूति, मानसिक अवस्था आदि कुराहरू डायस्पोरा लेखनका विषय हुन् । राजवको पछिल्लो उपन्यास “मोटेल अमेरिका” यस्तै डायस्पोरिक कृति हो जसमा अमेरिकास्थित आप्रवासी नेपालीहरूको मनोदशा चित्रित छ । उपन्यासले आप्रवासीका जीवन सङ्घर्ष, पीडा, मानसिकता जस्ता विषय–सन्दर्भहरूलाई उतारेको छ ।
सपनाको भारी बोकेर अमेरिका पुग्नेहरूमध्ये बेरोजगारहरूको दुःख कस्तो हुन्छ ? कसैको ‘पाल्तु कुुकुर’ Continue reading
~मीन बहादुर विष्ट~
‘सिक्रेट सल्काइदेऊ थापा दाइ
चाँदीको कुल्पीमा’
सल्काइदिनोस्, थापा दाइ
जरुर सल्काइदिनोस्
हजुरको हजुरलाई
अम्मल बसेको छ सिक्रेटको
तसर्थ
सल्काइदिनोस् सिक्रेट
चाँदीको कुल्पीमा । Continue reading
~ज्ञानुवाकर पौडेल~
मेट्न कसैले यहाँ कसैको नाम भएन
गतिलो तिम्ले’नि गरेको कुनै काम भएन
जता हेर्यो उतै देख्छु अचेल रावण मात्रै
सीतालाई बचाउन यहाँ एउटा राम भएन Continue reading
~प्रतिमा विवश राई~
म प्रेमको कुरा गर्छु
तिमी युद्धको
विपरीत ध्रुवमा उभिएका हामी
कसरी एउटै विन्दुमा उभिन सक्छौँ ?
मसँग प्रेम गर्ने मुटु छ
तिमी भन्छौ, मसँग युद्ध गर्ने हतियार छ
अब भन
मुटु र हतियारलाई Continue reading
~डा. दुबसु क्षेत्री~
छटपटी छटपटीमा रात बित्यो
कुतकुती कुतकुतीमा बात बित्यो
आँखामा आँखा ओठमा ओठ
एकै झमटमा यौवनको बात बित्यो Continue reading
~Bikrant Koirala~
My wife lies on the bed and I besides her. It’s already late to sleep. The table clock shows 12:11 AM. It has been three days I am trying to finish up a chapter of a book which I recently bought. The purchase of this book is not intentional. One of my colleagues from work owns a book store, a family business I suppose. His father looks after it, heck of a time pass for the old man. So, that day as I was returning from airport seeing off my sister, I happened to bump into him outside his store. And the obvious, he invited me in for a cup of coffee. A few talks and he got busy with some book issues. As I was browsing through the section Continue reading
~रवीन्द्र समीर~
विश्व सम्मेलनको अन्तिम साँझ्, सात तारे होटलमा भव्य पार्टी। सधैं औपचारिक भाषण गर्ने राष्ट्रप्रमुखहरू मदिराको चुस्कीसँगै अनौपचारिकतामा पोखिंदा हलुङ्गो महसूस गर्दै छन्। भव्य हलको एउटा कुनामा चालु मदिरा बहसः
“हामी के कुरामा कमी छौं?”
“तिमीहरू हाम्रा लागि मगन्ते जस्तै हौ।”
“विश्वको सर्वोच्च शिखर सगरमाथा हामीले तिमीहरूसँग मागेको हो?” Continue reading
~गोकर्ण भट्ट~
स्कूलको हाजिरी रजिष्टरमा मात्र हैन, सात कक्षाको मार्कसीटमै स्पष्ट लेखिएको थियो– हर्कबहादुर सार्की। र पनि, गाउँठाउँका ठकुरी राजासाबहरूको लागि ऊ सधैंको ‘डूम’। उसले आफ्नो असली नाम कहिल्यै सुन्न पाएन। बोलाउने मान्छेपिच्छे उसको नाम फरक पर्ने। भट्ट, जोशी, पाण्डे, पन्तहरूका लागि ऊ ‘खल्या’ र विष्ट, भण्डारीहरूका लागि ‘साला डुम्या’। ११ वर्षअघि पहिचानको खोजीमा ऊ त्यो चौहद्दीबाट बलात् बाहिरिएर मुक्ति यात्रामा हिंडेको थियो। एउटा यस्तो यात्रा जहाँको बाटोलाई यसका अगुवाहरूको चम्किलो बस्त्रले चकाचौंध बनाएको थियो।
तर, बीच बाटोमा अगुवाहरू अँध्यारोमा रूपान्तरण भए, ऊ जस्ता स्वप्नजीवीहरूलाई अलपत्र पार्दै। बाघजस्तै निर्धक्क, निष्फिक्री विचरण गर्दै जता पनि, जसलाई पनि र जुनसुकै अवस्थामा पनि घाइते बनाउन सक्ने Continue reading
~रुपेश श्रेष्ठ~
छितिज
बादलका छिर्काहरु
सपना
र शाहसहरु।
अनाकार आकाशको मुन्तिर
वादलुको फेदसम्म
उक्ली उक्ली चुलिएर
अनाकार अदम्य शाहसले
अनाकार सपनाका Continue reading
~सुषमा मानन्धर~
“डाक्टर साब, मेरो छोराले खानै मन गर्दैन,खायो कि वाकवाकी गर्छ। चांडै थाक्छ। धेरै सुस्त भैसक्यो। के भएको हो राम्ररी हेरिदिनुस् न है।” बुध्दवीर थचक्क मेचमा बस्यो। उसको एक्लो छोरालाई महिना दिनदेखि सन्चो छैन। विरामी भएको भनेर त्यसो त ओछयानमै थला परीसकेको हैन तर अरु बच्चाहरुले जस्तो चुलबुल गर्न भने छाडेको छ। अघिपछि हुंदो त खरायो झैं घरभरि उफ्रेको उफ्रयै गथ्र्यो, एकछिन चूप लागेर नबस्ने। सन्चो हुन छाडेपछि भने छोरो घरमा भएको नभएको पत्तै हुन छाड्यो। ऊ स्कूल गएर आउंछ,जसोतसो होमवर्क सकाएर पल्टिरहन्छ। केही सोधे पनि मन लगाएर जवाफ फर्काउंदैन। छोराको चाला देखेर आत्तियो बुध्दवीर। नआत्तियोस् पनि किन। एक्लो छोरा ,त्यो पनि उमेर ढल्केपछि पाएको। यो भन्दा अघि दुइटी छोरी छन् उसका। जेठीको त अझ विहे गर्ने उमेर पनि हुन Continue reading
~कल्पना चिलुवाल~
उनीहरूले बोक्सी करार
गरिदिएकै रात
झाँको फिजाएर
बोक्सी खोज्न
ऊ निस्किएकी हो
कस्ता कस्ता हुन्छन्
बोक्सी सम्प्रदायका अनुहारहरू
बोक्सी रीतिरिवजहरू
बोक्सी नृत्य र गायनहरू
बोक्सी बुझ्नकै लागि
यो मध्यरात Continue reading
~यल्जी विवश~
उफ्…
सि..sss,औ..स्…sss-
यो पसिना पनि कति आएको हो,
मैले त सोचेको पनि थिईन-
बाह्र बर्ष पछि त खोला पनि फर्किन्छ, भनेझै
बर्सौपछि
अचानक यहि चौतारीमा यसरी तिमिसँग भेट हुन्छ भनेर,
यहि चौतारी हो,
जहाँ हामी गुराँसको ईन्द्रेणी बनाउथ्यौँ ,
जहाँ हिमालको मुस्काँन हाँस्थ्यौ, Continue reading
~हरि अधिकारी~
त्यो कालो कुर्सि
त्यो सेतो मान्छे,
वा तर त्यो सेतो मान्छे पातलो मान्छे,
त्यो कालो कुर्सि त्यो दुब्लाउदै छ
तर
त्यो पातलो मान्छे मोटाउदै छ,
अनि कुर्सिले भन्छ सकिन तिमिलागि उचाल्न थाम्न्को लागि
तर Continue reading
अपशब्दका डंगुर
लात/घुस्सी/थप्पड
डण्डा/लठ्ठी/करेण्ट Continue reading
~अज्ञात~
हामीलाई हाम्रा अभिभावकहरूले नियन्त्रण गर्छन् भने अभिभावकले आफूलाई आफैले नियन्त्रण गर्छन् । निश्चित अनुशासन वा निर्धारित नियमहरूको अधीनमा रहन जोकसैलाई पनि निकै गाह्रो हुन्छ । नियन्त्रणभन्दा बाहिर हुँदा स्वतन्त्रता त प्राप्त हुन्छ तर त्यसले स्वच्छन्दता निम्त्याउँछ । स्वच्छन्दताको हुरीले मान्छेलाई उडाएर कहाँ पु¥याउँछ ? भन्न सकिँदैन । त्यसैले हामी कसै न कसैको अधीनमा रहनैपर्छ । धेरै दिनसम्म दाम्लामा बाँधिराखेका गाईवस्तुहरू दाम्लाबाट मुक्त हुँदा जसरी अनियन्त्रित हुन्छन्, मान्छेलाई पनि अति नियन्त्रण गर्दा त्यस्तै अतिस्वच्छन्दता निम्तिन सक्छ । हामी स्वच्छन्द हुँदै गयौँ भने हाम्रै सिको गरेर हाम्रा सन्ततिहरू पनि स्वच्छन्दतामा अग्रसर हुन रूचाउँछन् । आफ्ना सन्तति वा भावी पुस्ताका लागि पनि हामीले आफूलाई आफैले नियन्त्रण गर्नुपर्छ । हामीहरू आत्मसंयमी हुन सक्यौँ भने त्यसबाट हाम्रो भावी पुस्ता पनि आत्मसंयमी बन्नका लागि प्रयत्नशील भइरहनेछ । Continue reading
~रुद्र निरौला~
साहित्यकार कर्णकुमार श्रेष्ठ झापाका भाषा साधकमध्ये एक हुन् । करीब पैतिँस वर्षसम्म शिक्षण पेशामा रहेर निवृत्त जीवन बिताइरहेका श्रेष्ठ यो वा त्यो केही न केही गरिरहन्छन् । हास्यव्यङ्ग्य विधादेखि बाल साहित्यका सरल सामग्रीहरूको संरचना गर्न उनी सफल देखिन्छन् । आज युवा युवतीलाई मनपर्ने गजल संग्रह (ऋतुमभरा) पस्किएर आफ्नो भाषिक कुशलता प्रस्तुत गरेका छन् । एउटा चित्त नबुझेर सिङ्गै “मनको सागर” उराली दिएर आफू राम्रो गजल साधक भएको प्रमाण पेश गर्छन् । अहिले बालबालिकाको मन छुने बालकथा संग्रह “मुखाले पोथी” लिएर प्रस्तुत भएका छन् । यसैले यो कर्मशील सत्तरी वर्षे जँगरिला कलमलाई नजिकैबाट सलाम ।
नेपाली साहित्य आज धेरै विकसित एवं परिमार्जित हुँदै अगाडिँदो छ । भाषाका पारखीहरू आफ्ना–आफ्ना Continue reading
~रन्जु ‘मार्ग’~
पात्र परिचय –
गीता : डेरामा बसेकी एक नारी
हरि : गीता बसेको घर मालिकको घरमा काम गर्न राखेको एक बालक ।
दृश्य : छिंडिको सानो अँध्यारो कोठामा १०-११ वर्षको बालक हरि रोइरहेको आवाज आउँछ । गीता हरिलाई के भएछ भनी हेर्न जान्छे ।
गीताः (बोलाउँछे) हरि! ए हरि! के भो तिमीलाई किन यसरी रोइरहेको ?
हरिः (रोइरहन्छ) हुँ ! हुँ मलाई पेट दुख्यो । अया ! अया !! मरे नि ! अया !! Continue reading
~प्रभा भट्टराई~
रक्षा स्कुल जाँदै थिइन्, अचानक बाटोमा अगाडिको ढुङ्गामा ठेस लागेर लडिन् । मनले कड्केर आँखालाई गाली गर्यो- “धत् आँखा ! राम्ररी हेरिदिनु पर्दैन ? हेर बिचरी रक्षा कसरी लडिन् ।”
आँखाले पनि आँखा मर्काउँदै मनलाई उल्टै हपार्यो- “मैले त परबाट आइरहेको साँढेलाई देखेर त्यसबाट कसरी जोगाउने….भनेर वरपर हेर्दै पो थिएँ त! तिमीले नजिकमा पनि खतरा हुनसक्छ भनेर सम्झाउनु पर्दैन ?”
यस्तैमा कानले साखिल्लो पल्टिँदै प्वाक्क बोल्यो- “मैले त साँढे डुक्रेको समाचार दिँदै थिएँ, पाजी खुट्टो । तैँले Continue reading
~महेश बिक्रम शाह~
भुकभुके उज्यालो फैलियो टोलभरि । गह्रौँ मन बोकेर कमली ओछ्यानबाट जुरुक्क उठिन् । उनले बाटातिर खुल्ने सानो झ्यालमा कोठाभित्रको गतिविधि ढाक्ने उदेश्यले टाँगेको आफ्नो लुङ्गीको पर्दालाई उठाएर छेउतिर फर्काईन् । बाटामा मान्छेहरको गतिविधि बढिसकेको छ । पर्दा झारेर उनी पछाडि फर्किइन् । उनको ६ बर्षको छोरो रोहित र दुई बर्षकी छोरी रानू एकअर्काको अँगालोमा चेप्टिएर सुतेका छन् ।
“ए रोहित, रोहित । उठ् बाबू, दोकानमा दूध लिन जाने होईन ” कमली मस्त निद्रामा सुतेको छोराको अनुहारमा हात फेरेर उसको निद्रा बिथोल्ने प्रयास गर्छिन् । रोहित चलमलाउँछ मात्र, उसको खुट्टाको चलमलाहटले देब्रे खुट्टा सिरकको च्यातिएको छेउभित्र बल्झिन पुग्छ र सिरकको खोल धर्र च्यातिन्छ ।
“सत्यानास पारिसकिस् तैँले यो सिरक । यो हिउँदमास काट्न पनि मुस्किल छ यो सिरकले, त्यसमाथि तेरा यी अपराधी खुट्टाहरु …..।” कराउँछिन् कमली । आमाको चर्को स्वरले रोहितको निद्रा भङ्ग हुन्छ र ऊ ज¥याकजुरुक उठ्छ । Continue reading
~चेतनाथ धमला~
१- एक्लो बालक
लुगलुगी काँप्दै छ
घाम छेउमै।
२- चाल बढेर
दिन पनि रात भो Continue reading
~निरज भट्टराई~
सबथोक पाएर पनि केही नपाएजस्तो गर्छ
जिन्दगीले घरिघरि चित्त दुखाएजस्तो गर्छ
हावाका हातहरू हरियो कपाल सुम्सुम्याइ दिन्छन्
मोडमा टक्क उभिएर पीपल निदाएजस्तो गर्छ Continue reading
~श्रीराम राई~
` हैन , छाेड्नुस् मलाई । म अामाकाे लास भेट्न जाँदै छु। मलाई केही नगर्नस् ।बरु, यी सबै गहना झिकेर दिन्छु।´सुनयनाले अाग्रह बाेलिन् ।
सुनयना हस्याङफस्याङ गर्दै माइत जाँदै थिइन् । उनले अस्मिता रक्षार्थ अाग्रहकाे भाषा दाेहाेरयाए । यद्यपि, उनी अनजान व्यक्तिबाट लुटिइन् । बेहाेसमै उनी बाटाे लागिन् ।अाँगनमा अाफ्नाे अामाकाे लमतन्न परेकाे लास र अाफ्नाे बेहाल सम्झी उनी बेहाेसले डङ्ग्रङ्ङ पछारिइन्।
` साधना हाम्राे गाउँपालिकाका अभिभावक हुनुहुन्थ्यो । उहाँकाे गल्छीमा लास भेटिए । यसरी रहस्यमय हत्या Continue reading
~नाकारा~
विरहले गीत फेरि गाउबेसिमा रोयो
रुने गीतलाई पानी बनी वीरताले धोयो ।
भेल बग्ने पानी पर्दा उता गाउ सुक्दैछ
मेल हुने रीति चल्दा बेमेल हुरी चल्दैछ,
झुक्दैछ कि सगरमाथा हिउँ सुक्न थाल्यो
च्यात्दै छ कि झण्डा हाम्रो माटो रुन थाल्यो।।
Continue reading
~प्रतिरोध कार्की~
जहाँबाट बाहिरिएकी थियौ तिमी
त्यहीँ सम्झना गरिरहेछु म
बारीको पाटोमा रोपेको अन्नबाली
खेतको डिलमा रोपिएको भटमास
त्यतिबेलै ‘बाई’ गरेँ अँध्यारोलाई
र, सम्झिरहेँ तिमी हिँडेको पाइला
तिमी बाहिरिएपछि
उज्यालोको अनुहार हेर्दा
छोपिरह्यो अँध्याराको लप्काले। Continue reading
~विकास रेग्मी ~
एउटा सुन्दर बगैंचामा आकर्षणको केन्द्रबिन्दुमा रहेको एउटा सुन्दर गुलाबको बोटको काँडा भएर मेरो जन्म भयो। मानिसहरूले छुच्चो, अरूलाई घोच्ने निर्दयी र फटाहा भनेर व्याख्या गरेपनि म आफूलाई भित्री मनदेखि सफा र मायालु सम्झन्छु।
मेरो भित्री मर्म र भावना नबुझी अपव्याख्या गर्ने लोकको सर्वश्रेष्ठ प्राणी मान्ने मानिसदेखि दया लागेर आउँछ। तर म निरीह छु, उनीहरूमाथि मेरो तर्क र बिचार प्रस्तुत गर्न सक्दिनँ, किनकी म पनि त उनीहरूले नै उमारेको गुलाबको काँडा न परेँ। फेरि मेरो भाषा पनि त उनीहरू बुझ्दैनन्। Continue reading
~ठाकुर बेलवासे~
तिमीलाई गहिरो गरी पढ्नका लागि
मैले एउटा सिंगो रात मागेको छु।
म कल्पना गर्न सक्छु-
तिम्रा खुट्टादेखि शिरसम्म
पत्रपत्र पल्टाउँदै
एउटा अनन्त आनन्दको रहस्य पढ्दै गर्दा
जून सर्वाङ्ग हुने छ र
पोखिने छ, आकाशमा। Continue reading
~बासुदेव पाण्डेय ‘प्रभाकर’~
बिरानो झैँ लाग्थ्यो रनवन रमाएर नडुले
निकै खल्लो लाग्थ्यो रजत रङमा आरु नफुले।
अझै होलान् बारी बगर पथमा पत्थर कडा
फुले होलान् हाँस्दै धवल रङका आलुबखडा।।
डुली खोज्थ्यौँ सल्ली कुसुम वनमा गैकन बियाँ
म आफू झैँ, अर्को फरकपनको भिन्न दुनियाँ। Continue reading
~आचार्य प्रभा~
आरोप प्रत्यारोप ,
विश्वाश ,अबिश्वास ,
घाट ,प्रतिघात
न्याय ,अन्याय को चक्रब्युहमा
फँसेको म निरीह देश
मेरो स्वाभिमान आज भोली
हरेक जनताको अभिमान अनी प्रतिशोधको
ज्वाला बनेर जलिरहेछ । Continue reading
~गणेश खड्का~
अब आँफै संबिधान लेख्नुपर्छ देशवासी
सबै मिली व्यवधान छेक्नुपर्छ देशवासी ।
धेरै आए लोभिपापी,व्यभिचारी थरिथरी
हामीले नै समाधान टेक्नुपर्छ देशवासी । Continue reading