सूत्रकथा : अर्को पागल

~कुमार काफ्ले~kumar-kafle

-पागलको संज्ञा दिदैं मुकुन्दलाई गाउँमा बस्न नालायक ठहर गरियो।

-उसलाई उपचारको लागि पाटनस्थित मानसिक अस्पतालमा पुर्‍याईयो।

-त्यहाँ मानसिक रोगको उपचार गर्ने एक से एक चिकित्सक थिए। Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

नियात्रा : दिउँसोको मस्को र उज्यालो रातको लेनिनग्राड

~प्रदीप नेपाल~

मस्कोमा मलाई हेर्न मन लागेको अब एउटा मात्र स्थान थियो – भूमिगत रेल । चर्चा खुबै सुनिएको थियो मस्को मेट्रोको । चर्चा गरिनलायक पनि रहेछ त्यहाँको भूमिगत रेल । मैले अमेरिका, चीन, हङकङ, भारतमा पनि मेट्रो चढेको छु तर मस्कोको मेट्रोसँग अहिले पनि कसैको तुलना हुनसक्छ जस्तो मलाई लाग्दैन । मस्को मेट्रो चढाउने र घुमाउने जिम्मा चाहिँ मेरै नाति प्रद्युम्न नेपालको भागमा परेको रहेछ ।

मस्कोको चर्चा गर्दा मैले, हाम्रो नेपाली उपेन्द्र महतोको विशाल बजारका बारेमा पनि चर्चा गर्नुपर्छ । किनभने मस्कोमा रहुन्जेल प्रायः प्रत्येक दिन म त्यो बजारमा पस्ने, निस्कने गरिरहेँ । अरूणहरूको कार्यालय पनि त्यहीँ बजारको माथिल्लो तलामा रहेछ । मस्कोको मुटु मानिने गर्बुस्का भन्ने ठाउँमा महिनाको सत्तरी/असी लाख Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : नाथै नाथका बाँदरहरू

~उषा शेरचन~

सधैँ अरूकै हात खोसेर
खान पल्केका बाँदरहरू
सधैँ अरूकै भाग लुटेर
बाँच्न पल्केका बाँदरहरू
जति नै निर्दोषताका खोल ओढे पनि
जति नै निश्छलताका ढोल पिटे पनि
अरूलाई मात दिने आशामा नै बसिरहेका हुन्छन्
अरूलाई घात दिने ताकमा नै ढुकिरहेका हुन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : विद्रोह

~घनेन्द्र ओझा~

कथा जस्तो लाग्छ। एकादेशको कथा।

‘छिः यस्तो पनि हुन्छ मान्छेको जिन्दगी!’, निक्कै चिढिन्छे ऊ, ‘मान्छे, रूपमा मात्र मान्छे छन् यहाँ। विवेकशून्य छन् यहाँका मान्छेहरू।’

लाग्छ, भत्काइदिऊँ यी सारा पर्खालहरू, जो ठडिएका छन्, मान्छे-मान्छेका बीचमा। तर कसरी गरोस् आँट? जबकि समाजमा उसको मूल्य कत्ति पनि छैन। कसले गरोस् सहयोग, कसले देओस् भरोसा? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अवधी कविता : मननीय

~अजय पाण्डे~

देश कय अवस्था एकदम दयनीय होइगय
कल कय गुन्डा जब से मननीय होइगय

पढाल लिखल देखो सब भैँस चरवय
अव बिन पढ़ा सब कै सम्मनीय होइगय Continue reading →

Posted in अवधी गजल | Tagged | Leave a comment

कविता : आर्यघाट तिर

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
प्राची सुत अति प्रतिभ प्रतापी दिव्य दिवसको अब अवसान !
आलोक प्रवच्चित आशामुख छन् सविषाद गवाही गाढा !
किरण दृष्ण ती तुहिन महीधर मौन खडा छन् मुख म्लान !
रुदित वाग्मती–जल छटपटले विलपी बग्दछ टाढा !

ख.
निशिचिर–शान्ति–पिपासा–पीडित थकित विहङ्गम उड्छ उदास !
दूरवर्ती अविदित घरतिर, भ्रमण बिसाउन व्योमपथी !
उड्डीन दिवाको अनुचर आत्मा, अहार्य नियमको यौटा दास !
भ्रमण–बिसाउनी आर्यघाटमा मै पनि घोरिरहेछु बसी ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आज फेरि भाँचिएछ

~सुवासचन्द्र ढुङ्गेल~subash-chandra-dhungel

भाँचिएको मन आज फेरि भाँचिएछ
आफ्नो मृत्युमा खुसी भै आफैं नाचिएछ

ढुङ्गा जस्तो मुटु बोक्ने मान्छेहरूमाझ
धेरै वर्ष काँचजस्तो जीवन बाँचिएछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : तबेला

~कात्यायन~dhanwantari-mishra-katyayan

– मृत घोडाको तबेलाको अवलोकन गर्नेहरूको भीड विहानैदेखि शुरु हुने गर्थ्यो | उत्साहपूर्ण अनुहारहरू फर्किएपछि नैराश्यतामा परिणत भएका हुन्थे |
– “के रहेछ त तबेलामा ?” – कसैले उत्सुकता प्रकट गर्यो |
– “के हुनु र ! उही लादी, काठी, लाठी, रक्याप तथा तबेलाहरू |”
– “बाच्छा-बाच्छीहरूको चीहन देख्नु भएन ?”
– “पुरिएका रहेछन् !” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : खबर

~रुमानी राई~rumani-rai

साथी !
के बताउँ मेरो हाल तिमीलाई ?

जीवनको
पहिलो पाईला
धर्तीमा चाल्न सुरु गरेदेखि नै
हिंड्दैछु
पाईला मेट्दैछु ।

अचेतन मै
आफ्नो छायाँसित नतर्सिएरै
आफै भाग्दैछु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : थप परिष्कारको अपेक्षा गर्ने कथाहरू

~हरि अधिकारी~book-cover-gobinda-giri-prerana-ghorahi-shunya-kilometer

साहित्यका सबैजसो प्रमुख विधाहरूमा समानरूपले कलम चलाउँदै आएका उत्साही लेखक गोविन्द गिरी ‘प्रेरणा’ को नवीनतम् कथासङ्ग्रह ‘घोराही शून्य किलोमिटर’ मा समसामयिक विषयवस्तुमा केन्द्रित भई लेखिएको २० वटा कथा सङ्कलित छन् । सङ्ख्यात्मक हिसाबले हेर्दा निक्कै नै उर्वर देखिने प्रेरणाका यसअघि नै ‘सुतेको समुद्र’, ‘अन्तराल’ र ‘यात्रा अनन्त’ शीर्षकमा ३ थान कथासङ्ग्रह प्रकाशमा आइसकेका छन् । अमेरिकामा बसाइँ सारेका प्रेरणा त्यहाँको तीब्र, जटिल र व्यस्ततम् जीवनशैलीको व्यवस्थापन गरेर साहित्य साधनामा नै रहेका छन् र प्रत्येक वर्ष कुनै न कुनै विधामा १-२ कृति प्रकाशन गरिरहेका छन् । नेपाली भाषा र साहित्यप्रतिको उनको यो विशेष अनुराग स्वागतयोग्य छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : मर्न बरु गाह्रो हुन्न

~तीर्थराज तुलाधर~

मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्न

बसन्तको हरियाली
फूलसँगै ओइली जान्छ
निलो भुइँको सेतो बादल
हावासँगै उडी जान्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : यो शताब्दीमा बाँचिरहेको क्रूर

~राजव~Janardan Pudasaini Rajab

आज ई.सं.२००२ डिसेम्बर १ का दिन ने.फ्रा. कम्प्युटर सफ्टवेयर कम्पनीको बोर्डको बैठक चलिरहेछ।

बैठक कोठामा पियन प्रवेश गर्छ। अध्यक्षलाई कागजको एउटा चिट दिन्छ। अध्यक्ष उक्त कागजको चिटमा लेखिएको कुरो पढेर एकाएक आश्चर्यमा पर्छ। त्यो चिट बोर्डका आठै सदस्य पढ्छन् र आ-आफ्नू अनुहारमा उत्तिकै आश्चर्य प्रकट गर्छन्।

प्रतीक्षारत पिउनतर्फ फर्केर अध्यक्ष उस्तै आश्चर्य प्रेषित गर्दै भन्छः ‘भित्र पठाइदेऊ।’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : साँझको बेला…..

~दिलिप योन्जन~Dilip Yonjan

साँझको बेला लाग्यो नि मेला डबली बजारमा
पर्खिन्दी होली भिजाई आँखा मिलनको आसमा।

घमाइलो पाखा चरीले गाउदा छुदोहो यादैले
सुन्सान रातमा परेली भिजाई रुदिहुन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Poem : Question

~Kamal Kumar~kamal-kumar

I love questions without answers
And answers without question
Tell me
Would you answer
Or question?

Sometimes no question is question Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कथा : संयोग

~गोविन्द श्रृङ्खला~

अहो कस्तो अनौठो संयोग ! कल्पना सम्म नगरिएको परिघटना !  कहिं कतै कुनै संभावना नै नरहेको अप्रत्याशित अनुपम संयोग ! त्यस्तो संयोग जसको कहिं कतै कल्पना सम्म गरिएको थिएन । यस्तै संयोग रचितका सामु परिलक्षित भएको छ ।  संयोग मान्छेले चाहेर वा निर्माण गरेर हुने घटना होइन, संयोग अनायासै घट्ने घटनासंग संवन्धित हुन्छ  । रचितको लक्ष्य अर्कै थियो, गन्तव्य अर्कै थियो र ऊ यस विषयसँग सरोकार राखेर हिडेको पनि थिएन । एउटा गन्तब्यको क्रमिकतामा अवरोध आएपछि रचितकोे जीवनमा एउटा अनौठो संयोग घटित भएको छ । भाग्यवादीहरु  भाग्य र लेखनी प्रति विश्वास गर्दछन्, जे प्रारव्धमा लेखिएको छ त्यसलाई टारेर टर्दैन भन्छन् र जे हुने भनिएको हुन्छ त्यसको पटाक्षेप अवश्य पनि भइ छाड्छ भन्छन् । हाम्रो समाजमा घट्ने यस्ता घटना केवल संयोग मात्रै हुन् या विधाताले लेखेको लेखनी ? सवैका आ–आफ्नै तर्क छन् सवैले आफ्नो तर्कलाई स्थापित गराउन चाहन्छन् । रचितको जीवनमा पनि भाग्यवादीहरुको विचारमा लेख्नेले जे लेखेको छ त्यो भएको छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समालोचना : मार्क्सवादी समालोचनाको भ्रष्टीकरण विरूद्ध

~खेम थपलिया~

लेखकको सिर्जनाबाट परजीवी वर्गका विरुद्ध लडिरहेका जनताले प्रेरणा र ऊर्जा पाउन सकून् । कुनै पनि लेखक जबसम्म नयाँ व्यवस्था, नयाँ समाज र मानवतामा आधारित भविष्यका लागि सङ्घर्षरत वर्ग र यसका मूल्यप्रति प्रशंसात्मक दृष्टिकोण अँगाल्दैन, तबसम्म उसले कहिले पनि यस विश्वलाई फेर्न सङ्घर्षरत शक्तिहरूलाई प्रेरित गर्न सक्तैन र यो कुरा प्रमुखरूपमा आफ्नो समयको वर्गसङ्घर्षमा कसको पक्षमा उभिएको छ भन्ने कुरामा नै भर पर्छ । – न्गुगी वा थ्योङ्गो

विषयारम्भ

मार्क्सवाद विश्वभरका उत्पीडित राष्ट्र तथा जनसमुदायको मुक्तिकामी वैज्ञानिक हतियार हो । आज हामीले भनिरहेको माक्र्सवाद मार्क्सवाद–लेनिनवाद–माओवादको समुच्चय हो । राजनीतिकसँगै कला, साहित्य रसंस्कृतिको क्षेत्रमा पनि आफ्नै स्वत्वका साथ यसको गर्विलो उपस्थिति रहेको छ । Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

गजल : आँशुको मूल रै’छ

~पलपल मोक्तान~palpal-moktan

साँच्चै जिन्दगी त एउटा आँशुको मूल रै’छ ।
सबैलाई आफ्नो सम्झी मन साट्नु भुल रै’छै

उसैलाई आफ्नो सम्झी मनको कुरा साटें
त्यहीकुरालाई चिरोफारो गर्ने उसको हुल रै’छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा

~त्रिभुवनचन्द्र वाग्ले~

हिउँदका चीसा रात
कहाँ पाउनु मातृवात्सल्यको न्यानो काख
शिशुहरू बेबी क्यारियरमा
मातृ–काखको ताप धिताइरहेका छन्
कुकुरका छाउराले मम्मीको काखबाट
बेबी क्यारियरमा ब्यङ्ग्य भरिरहेका छन्
आमाको मान्यता र शिशुको मूल्य विषयक कविता लेख्न बस्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मजबुरी

~दिपेन्द्र खड्का~Dipendra Khadka

फोन बज्यो हत्तारमा फोन उठाएँ ,साउदी अरबबाट साथीले रहेछ । खबर सोध्न थाल्यो मैले पनि भन्दै गएँ ।

उसले अाफ्नो कम्पनीको बारेमा पनि सबै जानकारी दियो । ५ महिना तलब न दिएको कुरा पनि गर्यो । मैले देशमा केही गरेर बस्छु भनेर पसल गरेँ तर सबै घाटा लाग्यो । त्यसैले परदेशी भूमि टेक्न मन नभएपनि जानै पर्ने बाध्यता भयो ।

पहिला साथीहरुसँग विदेशी भूमि टेक्दिन भनेको पनि सम्झिएँ तर के गर्नु अर्को उपाय सोच्नै सकिन र उतै जानको लागि मेनपावर गएँ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : झ्याल

~प्रविण अर्याल~pravin-aryal

झ्याल, झ्याल भन्ने बित्तिकै मलार्इ, मेरो विचारमा “घरको भित्तामा करिब १ मिटर गाह्रो लगार्इसके पछि सिल र लिन्टेल (Sill and Lintel) विच बनार्इएको करिब १.५ मि अग्लो सुपर स्ट्रक्चर (Super Structure) हो, जसमार्फत त्यो कोठामा सजीलैसँग प्राकृतिक हावा तथा प्रकास आवतजावत गर्न सकोस्।” यो परिभाषा र्इन्जीनियरीङ्ग पढ्नेहरूका लागि मान्य छ, पढ्नु त भो, अव बुझ्न के गर्नु भो? त्यो तपार्इलार्इ थाहा होला। त्यसैले यो परिभाषालार्इ परको भाषा संझेर बिर्सिदिनुहोस्। यहाँ, म अव शुद्ध नेपाली भाषामा झ्यालको अर्थ बुझार्इदिनेछु। कृपया ध्यानदिएर पढ्नुहोला। फेरी, यहाँ कोही अरूको कुरा सुनेर अर्को समस्या आयो, समस्या के भन्देखीन् शुद्ध नेपालीमा झ्याल शब्दलार्इ अर्थ्याउने त भने, तर त्यती शुद्ध नेपाली त मलार्इ पनी अउने होर्इन, मलार्इ आउने नआउने भन्दा पनि पढ्नेले बुझ्दैनन् की Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

Poem : Destination

~Jiwan Kshetry~Jiwan Kshetry

O friend,
I have grown up,
As I can see today,
I have grown up.
The hills standing in the same place,
The rivers flowing in the same way,
The clouds thunder, it rains the same way.

Still I am different,
Yes friend, I have grown up. Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : बोलेरै याँ खायौ जेठा

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

दिउँसै राती गर्दै भाँती, बोलेरै याँ खायौ जेठा
भित्र के थ्यो बाहिर जे थ्यो, खोलेरै याँ खायौ जेठा
**
गुलियो गाँस्दै झुठो बाँड्ने, बर्षौं भयो देख्दै आ’को
संग्राम बेरी रंग फेरी, टोलेरै याँ खायौ जेठा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : माया म किन्न चाहन्न

~आचार्य प्रभा~acharya Prabha

भो पैसामा माया म किन्न चाहन्न
मन नभएको निष्ठुरिलाई चिन्न चाहन्न …
म त भावनामा सधैं हराउने मान्छे परेँ
त्यसैले माया मैले अबिस्वाशिलाइ गरें … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लामो कथा : दोश्रो अध्याय

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

१

रात छिप्पिदै गए पनि काठमाडौको एउटा सम्भ्रान्त समाजको जमघटको मादकतामा कुनै कमी आएको थिएन । साँझ ढल्कि सकेपछि शुरू भएको जमघट पहिले त सधैँजस्तै सामान्य भलाकुसारीबाट थालिएको थियो । ‘भो, भो । नखाऊँ, नखाऊँ’ भन्दै बल्लबल्ल पेग समातिएका थिए र बिस्तारै बिस्तारै रङ्ग चड्दै गएको थियो । जति रात छिप्पिदै गयो त्यति नै ती चालिसका वारपारका लोग्नेमानिस र तीस र चालिसका बीचका स्वास्नीमानिसहरूको उमेर नशाको जोडले घट्दै आएर तन्देरी बन्न पुग्यो र ‘पियामन भाए’ जस्ता Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम, यौवन र नजन्मिएको म

~प्रदीप गौतम “अंकित”~

“Hi! I’m Shaurav, Good to see You.”

“Me, Juna! Good to see You too.”

“जुना …..नेपाली हो?”

“हो नि! अनि आफू पनि नेपाली हो?”

“ओ, हो। ल नेपाली-नेपाली परेछ नि! फेस हेरेर त छुट्ट्याउनै नसकिने भो ….. ”

“त्यही त हेर न” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : केही पढ्नैपर्ने आख्यान

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

पढेकामध्ये बिर्सी नसक्नु किताब थुप्रै हुन्छन् तर आत्मीयता अनुभव हुने निकै कम । म्याक्सिम गोर्कीका उपन्यास ‘आमा’, ‘बाल्यकाल’, ‘जीवनको मार्गमा’, ‘मेरा विश्वविद्यालयहरू’, मिखाइल सोलोखोबको ‘मान्छेको भाग्य र दोनका कथाहरू’, गुस्ताब फ्लुबर्टको ‘म्यादम बोभारी’, गाबि्रयल गार्सिया मार्खेजको ‘क्रोनिकल अफ अ डेथ फोरटोल्ड’, मिलान कुन्देराको ‘जोक’, नाथानियल हाथोर्नको ‘स्कारलेट लेटर’, मिलारोद पाभिचको ‘ल्यान्डस्केप पेन्टेड विथ टी’, मोपासाँ, चेखब, गोविन्द गोठाले, उदयप्रकाश, मनु ब्राजाकीका कथाहरू अविस्मरणीय लाग्छन् ।

त्यही सिर्जनाले मानिसलाई सबभन्दा बढी छुन्छ जुन उसको आत्मा र जीवनदर्शनसँग नजिक हुन्छ । सन् १९८३ को नोबेल पुरस्कार विजेता विलियम गोल्डिङ्सको उपन्यास ‘लर्ड अफ द फ्लाइज’ (१९५३) मेरा लागि यस्तै उपन्यास हो । कुनै युद्धको विभीषिकाबाट बचाउन एक हुल बालबालिका अनकन्टार जङ्गलमा छाडिन्छन् । उनीहरूको सभाले १२ वर्षे केटो राल्फलाई नेता चुन्छ । उसको लक्ष्य हुन्छ, बालबालिकाको सुरक्षा र त्यहाँ Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : जिल्ल परे मान्छे

~धनराज गिरी~Dhanraj Giri

के भो के भो हिजोसम्म जिल्ल परे मान्छे
छैन गीत छैन साज जिल्ल परे मान्छे

बन्छौ हामी ढुकुरझैं कैले परेवाझैं
उतिखेरै बन्छौ बाज जिल्ल परे मान्छे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : यी हल्लाहरु हुन् तिमीले सुनेका

~कृष्णहरि बराल~Krishnahari Baral

यी हल्लाहरु हुन् तिमीले सुनेका
कसैसँग मैले मुटु साट्या छैन
नपत्याए हेर चिरेर यो छाति
तिमीलाई कहिले मैले ढाँट्या छैन

यो मनमा तिमी छौ बचनमा तिमी छौ
तिमी स्वप्न बन्दै सजेकी नयनमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मायामाथि सन्देह नगर

~नेत्र कोइराला~

मेरो मायामाथि सन्देह नगर
म त जुनीजुनी तिमीसँगै हुन्छु
एकै थोपा आँसु तिमी रोए पनि
हजार आँसु रुँदै हजार मृत्यु मर्छु

आफ्नो भन्दा पनि तिम्रो माया गर्ने
सधैं सँगै बाँच्ने सँगसँगै मर्ने Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : धरतीको छाती

~लक्ष्मण लोहनी~Laxman Lohani

धरतीको छाती ज्योतिले पोती म भेट्न आउँला
सगरका तारा आँगनमा झारी दोहोरी खेलौंला

दसशय खोला नौडाँडा जम्मै सेरो र फेरो यो
पसिना झारी पूर्खाले तिम्रै बाउसे गरेको Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गजल : खाना लिएर आउनु

~प्रकाश पौडेल ‘माइला’~Prakash Poudel Maila

आँत सुकेको बर्षौं बित्यो खाना लिएर आउनु
लालाबाला काप्न थाले नाना लिएर आउनु ।

दिन दिनै आँधि चल्छ हुरीको के कुरा गर्नु
तारा मण्डल घर ओत्ने छाना लिएर आउनु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : ग्रे-कोटभित्रको मान्छे

~दिनेश अधिकारी~Dinesh Adhikari

केही दिन अगाडिदेखि
मेरो साथीले
ग्रे-कोट लगाउन थालेको छ
र, म अनुभव गरिरहेछु-
ग्रे-कोट लगाउन थालेपछि
उसको मुटु हराउन थालेको छ
मान्छे उही हो
पहिले पहिले Continue reading →

Posted in कविता | Tagged | Leave a comment