संस्कृति परिचय : किरात चाड उभौली/उधौली पर्वः बारे प्रचलित मिथकहरु

~अतित मुखिया~Atit Mukhiya

१.प्रारम्भिक कथन

विश्व मानचित्रमा सानो राष्ट्र भएरै पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधर्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र मानिन्छ । यही बहुलता भित्रको पनि अर्को बहुल बिशेषता हो किरात जातिका संस्कार र संस्कृति । एउटै किरात धर्म मान्ने भएरै पनि किरातमा बिविध भाषा-भाषीका छन र केही फरक संस्कार भएरै पनि फेरी एउटै संस्कृति छ । यसैले नेपालका किरातहरुलाई बुझनु पर्दा बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझनु पर्ने हुन्छ । विद्वानहरुको मत अनुसार ५९ आदिवासी/जनजातिहरुमध्ये अधिकांश जातिहरु प्राचिन नेपालमा ३३ पुस्तासम्म शासन गर्ने किरात बंशका सन्तान हुन । राज्यले एकल भाषा, धर्म, संस्कृति लाद्ने क्रममा कतिपय किरातहरुले आफ्नो स्वपहिचान लुकाउन बाध्य हुन पुगेको पाइन्छ । Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : अवसान कलमको

~डा. रुपक श्रेष्ठ~ Dr Rupak Shrestha

फगत आज फेरि
एउटा सचेत कलमले
निस्सार हारेको छ
अन्यायको विरुद्ध लड्दालड्दै
अत्याचारको विरुद्ध भिड्दाभिड्दै
आलो इतिहासको धब्बासामु
निर्मम घुँडा टेकेको छ
बिसंगत आज फेरि
एउटा कलम विवश ढलेको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य : पत्रकार र उपप्रधानमन्त्रीबीचको व्यङ्ग्यलाप

~राम लोहनी~ram-lohani

अर्घाखाँचीमा यसरी स्कुलका नानीहरुलाई भारतीय स्तुति गान गाउन लगाइयो तर उपप्रधानमन्त्री भने मुख दर्शक भएर बसेको खबर सार्वजनिक भएको छ । सोहि घटनामा आधारित यो पत्रकार र उपप्रधानमन्त्रीबीचको व्यंग्यलाप 

पत्रकार — हैन तपाईँ उपस्थित कार्यक्रममा भारतको यशोगान गाउनुभयो रे नि?

उपप्रम — मैले गाएको होइन, बच्चाहरूले गाएछन्।

पत्रकार — सुन्नुभएन तपाईँले?

उपप्रम — सुन्न त सुनेँ नि। सुन्दैमा मेरो मन मैलो भएको त छैन नि। Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : परदेशी छोरो

~होम सुनुवार दसुचा~Hom Sunuwar Dashucha

मातृभूमि छोडी पाईला विदेशतिर लम्कियो
मनलाई गुटुमुट पारी भित्रैबाट नचाहेर पनि
के भनौँ बाध्यता वा विवशको भारी बोकेर
अथक हातगोडाहरु निरन्तर चलिरहन्छन्
स्वचालित मसिनझैँ आफ्नै रफ्तारमा
पसिनाको थोपाले जब भिज्छ पराईभूमिमा
मन चिसिन्छ कताकता मातृभूमिको यादमा
हृदय भतभती पोलेर खाग हुनै लागी सक्यो
स्वदेशको भताभुङ्ग लथालिङ्ग अनेकौँ देखेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : मान्छे एक्लै हुन्छ

~श्रेष्ठ सत्य~Shrestha Satya

“साथीहरु सबै काममा गएकोले म त आज दिनभरि एक्लो परँें, झण्डै बौलाईन, घरमा कोही पनि नभएकोले म त बेस्सरी आत्तिएँ ……”

“एक्लै बस्नुप-यो भने म त बौलाउँछु होला ।” यस्ता वाक्यहरु प्रायजसो हामी सुन्ने गर्दछौँ र त्यसो भन्ने व्यक्तिलाई हामी सान्त्वना दिन्छौँ । मानव समाजमा एक्लो हुनुलाई अभिशापको रुपमा लिइन्छ । अनादिकालदेखि नै मानिस एकाकीपनाबाट निकै त्रस्त छ र त्यसबाट बच्न उसले विवाह, परिवार, सन्तान–दरसन्तान आदि परम्पराको विकास गरेको पाईन्छ । एक्लो होइएला कि भन्ने भयले त्रस्त भएर नै होला ऊ कुनै न कुनै संघ–संस्था वा समूहहरुमा आवद्ध हुने गर्दछ । मानिस कतै एक्लो हुन नपरोस् भन्ने भयले हरतरहले Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : देश दुखी रहेका घाऊहरु

~जे.बी. शेर्पा ~ J B Sherpa

छाक जुटाउन धौ धौ परे पनि !
मिठो खान र राम्रो लाउन चाडै कुर्न परेपनी !
धुलो र पसीना नै जीवन भएपनि !
साग सिस्नु र ढ़िडो मै हुर्के पनि !
बचे खुचेको केही थोत्रो आशा बाहेक !
मलाई तिमी संग खासै गुनासो थिएन ए काठमांडू !
तर आज !
म आफ्नै देश मा , वैरी हरु द्वारा लुटियी रहेछु , लखेटीइ रहेको छु !
शरणार्थी बनेको छु !
अनि देख्छु , मेरो भत्किएको घर आँगन मा तिरंगा ** को कालो छायाँ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पढ्न खोज्यौ कि ?

~आचार्य प्रभा~acharya Prabha

खुल्ला किताब सम्झिएर पढ्न खोज्यौ कि ?
बिझाउने काँडा बनी गड्न खोज्यौ कि ?

रोकिएका पाइलाहरु अघी सार्न खोज्दै
मेरो हात समाइ अघी बड्न खोज्यौ कि ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पराजित

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

बाबा आमाले
सन्तानको आगमन पछी
उसको भविष्य माथी देखेको सपना
पुरा गर्न नसकेर पराजित !

दाजु भाई दिदी बैनीहरूका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो दिलको अवस्था

~राकेश कार्की~Rakesh Karki

तिम्रो दिलको अवस्था
मलाई बताउ मायालु
भोली भाली मुहारले
यसै सताउ मायालु

तिम्रो मीठो सपना मेरै Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जङ्गल

~रामचन्द्र कार्की~Ram  Chadra Karki

पूर्व पहेलो भएन यहाँ
भालेको डाँक छुटेन,
चरीको चिरिबिरी
यो कोलाहल क्रंकिट र रोडाको जङ्गलमा ।

एकै थरी जङ्गल
साथ दिइरहेछन
फलामे रडले
निर्दयी मान्छे भत्काइरहेछ प्रकृति । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बात प्रिय हुन्छ !

~सजना गुरुङ~Sajana Gurung

पीरव्यथा निको पार्ने बात प्रिय हुन्छ !
दुख पर्दा साथ दिने हात प्रिय हुन्छ !

सुन्दरतामा मख्ख पर्दै फूल टिप्न खोज्दा
काँडा बन्दै घोचे पछि पात प्रिय हुन्छ ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो जिबन को एक बर्ष घट्यो

~अशोक ‘खलानको मान्छे’~

सत्ते यही हो,यो सत्तेले मनमा शुख्ख बड्यो
म फर्कन धेरै दिन बाँकी छैन
धर्ती को यो सेवामा काटेर यो मानब योनी
म फर्कन्छु आफ्नै धाम
जहाँ एकमा नै छ अनन्त काम
फर्कने मेरो समयको एक बर्ष घट्यो
तेसैले मनयो हर्शले बिभोर भयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राहत भर्सेस आहत

~पूर्ण ओली~Purna Oli

मध्यरात अघि नै
निन् निन् निन् निन्
सुमधुर गीत गुनगुनाउँदै
तिम्रा ती सुडौल लामालामा हातले
यी अनिदा गाला मुसार्दै
निरन्तर चुम्बन गर्छ्यौ मेरो ओठमा
म बिर्सन्छु दिनभरिका पीडाहरु
तिम्रो मायाँ मलाई राहत लाग्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नीलकण्ठको आवाज

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
छीः छीः दूरदूर गरिएको हुँ !
सबले आँखा तरिएको हुँ !
आदिम मनुको बदमाशीले
तर पृथिवीमा बरिएको हुँ !
दिव्य शल्यको दैनिक साधनमा
स्रष्टाले दरिएको हुँ !

ख.
बेकार सराप्छौ तिमी मलाई
सुन रे मेरा शठ भाइ !
मुनिको मनको काँढा मै हुँ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : साँस्कृतिक रुपान्तरणको प्रश्न

~जीवन पुन~

हामी मानव समाजमा बस्दछौं । हामीलाई थाहा छ विद्यमान समाज वर्गमा विभाजित छ अर्थात् हाम्रो समाज वर्गीय छ । जसरी समाज वर्गीय छ, त्यसरी नै हामीले अंगाल्ने संस्कृति पनि वर्गीय छ । संस्कृति एक वर्गीय विचारधारा हो । अझ माक्र्सवादी चेतनाका दृष्टिकोणले भन्नुपर्दा त संस्कृति राजनीतिलाई डो¥याउने आधार हो । राजनीतिको केन्द्रमा विचारधारा हुन्छ। त्यस विचारधाराले पार्टी, नेता र कार्यकर्तालाई डो¥याइरहेको हुन्छ । वर्गीय समाजमा संस्कृतिको स्वरूप पनि वर्गीय हुन्छ । जसरी वर्गीय रूपमा शोषक र शोषित, धनी र गरिब, पुरूष र महिला, ब्राम्हणवाद र दलितबीच लडाई चलिरहेको छ । त्यसरी संस्कृतिमा पनि लडाई चलिरहेको छ Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : सम्मान अब पाउनै पर्छ

~तारा लामगादे~

सम्मान अब पाउनै पर्छ
सम्मान अब पाउनु पर्छ औजार बनाउने दाइले
उचित ज्याला पाउनु पर्छ भरिया मेरो भाईले

जात र पात भेद्भावले नेपालीको मान छैन
अझैपनि गरिबलाई दुई छाक खान छैन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कार्यपत्र : नेपाली प्रगतिवादी नाटकः परम्परा, विकास र सम्भावना

~रमेशप्रसाद भट्टराई~

प्रगतिवादी नेपाली नाटकको विकास

२००१ मा प्रकाशित “गंगालालको चिता” एकांकी संग्रहपछि प्रगतिवादी नेपाली नाटकको लेखनमा लामो समयसम्म शिथिलता आएको देखिन्छ । २००७ सालको परिवर्तनले ल्याएको उत्साह लामो समयसम्म रहन सकेन । दिल्ली सम्झौतालाई धोका मान्दै आन्दोलनलाई अगाडि बढाउने क्रममा २००८–२०११ सम्मका विभिन्न आन्दोलनहरूले लेखकहरूलाई ऊर्जा प्रदान गरे पनि त्यसपछि संघर्षका क्षेत्रमा पनि शिथिलता देखा प¥यो । नेपाल कम्युनिस्ट पार्टीभित्र देखा परेको दुई लाइनको संघर्ष, द्वन्द्व र २०१७ सालको प्रतिगमनको प्रभाव देशका सचेत लेखकहरूमा पनि परेका कारण नेपाली प्रगतिवादी नाटकको यो कालखन्ड शून्यप्रायः रहेको देखिन्छ । Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कथा : प्रेम दिवसको शुभकामना

~दिपेन्द्र खड्का~Dipendra Khadka

अंग्रेजी महिना फेब्रुअरी माया गर्नेहरुको महिना रे भन्छन त्यस्तै प्रेमले दिवस लाई अति नै माया गर्थ्यो । तर कहिले पनि मनको कुरा भनेको थिएन दिवसले प्रणय दिवस पर्खेको थियो । प्रेमले फेब्रुअरी १३ को दिन अमुल्य उपहार किनेर आयो । बिस्तारै ढोकाको चाबी खोलेर उपहार कोठामा राख्यो लडेर फुट्छ कि भनेर छेउ छाउमा किताबले अडेश लगाएर राख्यो । मन्द मुस्कान छरेको उपहारले प्रेमलाई नै हेरेको जस्तो आभाष हुन्थ्यो अनि उपहार नजिकै गई पग्ली..भोली त बिहानै तिमीलाई भेटेर यो उपहार दिन्छु अनि म कति माया गर्छु मेरो मनमा लागेका जुन तिमी प्रति जागेका भावनाहरु छन् मनका चाहनाहरु छन् सबै तिमी सामु पोख्नेछु । प्रेमले आफ्नो बिछ्यौनामा सिरानीको सहारा लिएर कपि र कलम लिएर आफ्नो मनमा लागेका कुराहरु कोर्न थाल्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सिमाना हराएको देश

~दिलिप योन्जन~Dilip Yonjan

टनकपुर हरायो सम्झौतामा
माहाकाली लुटियो सन्धिमा
टिष्टा काङ्गाडाको त के कुरा
मेरो देशको राष्ट्रियता
बिर गोर्खालीको देशमा माटो हराईरहेछ
सन्धि र सम्झौता नबुझ्ने पशुनेताहरुले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लेख : प्रगतिशील साहित्य लेखनसम्बन्धी केही कुरा

~भीमसेन वन~

यथास्थितिलाई टिकाइ राख्न त्यही अवस्थाको गुणगानमा अल्झिएको साहित्यका विरूद्ध प्रगतिशील साहित्यको महत्व हुन्छ । जीवन जगतसँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचित हृदयस्पर्शी लेख वा रचनालाई नै साहित्य भनिन्छ । जहाँ विचारको साथमा कलाको प्राथमिकता हुन्छ । साहित्य मौलिक लेखनमा आधारित व्युक्तपति प्रतिभा हो । सले समाजको गतिलाई अगाडि वा पछाडि धकेल्न मद्दत गर्दछ । तर हामीले बुझ्नुपर्ने कुरा के छ भने हाम्रो साहित्य बहुसंख्यक जनताको हितमा आवाज उठाएको हुनुपर्दछ । जसबाट सामाजिक प्रगतिमा विकास होस् लेनिनले मेक्सीम गोर्कीको “आमा” Continue reading →

Posted in लेख | Tagged | Leave a comment

गजल : खबरदारी गरिदे न युवा

~उत्तम न्यौपाने~

पुकार्दैछिन् आमा तँलाई खबरदारी गरिदे न युवा
क्रान्तिको मसाल बोकी अगाडि लम्किदे न युवा

म आउँछु उनी आउँछिन् हामी सबै आउँछौं
सुतेका ती बस्तीलाई छिटो व्युँझाइदे न युवा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सदाचार र एकता

~शान्ता पन्त~

सूनौलो त्यो सरस रसिलो पूर्व प्राचीन हाम्रो
गाथा त्यस्तै मधुरपनको हेर संसार राम्रो
देखी यो सुन्दर नजरले विश्व सामू उठेको
प्यारो हाम्रो वनजल सबै भीर पाखा पखेरो
।। १ ।।

थुत्दा ढुंगा जग घरको आड नै भाषिने भो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित निबन्ध : युवा लेखकहरुसित कुराकानी

~म्याक्सिम गोर्की~Maxim Gorki

आफ्नो जीवनलाई सञ्चालन गर्ने मूल शक्तिहरूलाई पत्ता लगाउन नभएर, आफ्ना विचारहरूलाई कुनै खास ठाउँमा पु¥याएर विश्राम गर्ने आतुरी भएको कारणले धेरै मानिसहरू सोच्ने र तर्क–वितर्क गर्ने काम गर्दछन् । उनीहरूमा प्रायः “तर्क अथवा सन्देहभन्दा टाढाका” सत्यहरूको स्थापना गर्ने आतुरी मुख्यरूपले आलोचकहरूमा पाइन्छ र उपन्यासकार र कथाकारहरूमा पनि यसको नराम्रो प्रभाव पर्दछ । लेखकको काम धेरै नै श्रेयष्कर हुन्छ, किनभने त्यसको अनिवार्य परिणाम जीवन र निरन्तर परिवर्तनशील वास्तविकताहरूमा निहित सत्य सङ्कुचित व विकृत हुन जान्छ । एङ्गेल्सले (एङ्गेल्स अति नै बुद्विमान मानिस थिए) माक्र्सवाद कुनै जड सिद्धान्त नभएर कार्यक्षेत्रमा बाटो देखाउँने दर्शन हो भनेर एकदमै सही भनेका हुन् । यदि साधारणरूपमा भन्ने हो भने हामी के भन्न सक्दछौँ भने हाम्रा सम्पूर्ण कामहरूको उद्देश्य पुरानो संसारलाई बदलेर नयाँको निर्माण गर्नु हो । सोभियत श्रमिकहरूको Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | 1 Comment

कविता : फर्की आउ

~जमुना पुन~

फर्की आउ प्रिय तिमी ताराका चम्काइसँगै
क्रान्तिको दियो बाली मिर्मिरे घामको उदयसँगै

सङ्घर्ष धेरै गर क्रान्तिको दियो बाली
चर्केला ती घाउहरू जताततै तिमीले ताली
अन्याय र अत्याचारमा परेका ती नेपाली
जनतामाथि खेलवाड गर्ने शोषकलाई तिमीले फाली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अजिङ्गर

~नर्मदेश्वरी सत्याल~Narmadeswari Satyal

न कोल्टिन्छ न फर्किन्छ
न बाल चिन्त न बृद्ध
न घर न थर
न गाई न भाइ

ऊ त,
मुख बाउन
बिना नंग्रा मुटु कोपन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लाटो रिस

~कृष्ण अधिकारी “चिन्तित”~

आत्मीय काजल
तिमी शान्तिप्रिय हुँदा हुँदै पनि
शान्तिको सास फेर्न पाइनौ
उन्नती र विकास हेर्न पाइनौ
अशान्तिको भूमरीमा बाँच्न बाध्य छ्यौ,
फूल ठानेर काँढा समाउँदा पनि घोचेनरे
विश्वासघातीलाई पनि पराई सोचेनरे
तिम्रो मन कति स्वच्छ र निश्पक्ष छ
तिम्रो स्वच्छताको र निश्पक्षताको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ओथारो

~तितेपाती~

नवीन यूग जन्माउन गरेका धेरै यत्न विफल रहे ।
त्यसैले हार नमानि
आकाशका जुन तारा साक्षि राखेर
झलमल्ल घामको उज्यालोमा
आफ्नै मनसड्ड भरपुर सहवास गरेर
उसले अक्षरहरूको गर्भाधान गरेछ यसपल्ट त ।

अनि कष्टपुर्वक कोरलेको शब्दरूपि अन्डाको Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : जाली धेरै छन् यहाँ

~मधु रिजाल~

भ्रमको जाल विच्छ्याउने जाली धेरै छन् यहाँ
उल्टै बगैंचा मास्ने माली धरै छन् यहाँ

आफैले आफैलाई सोच्छन् मै छु भरीपूर्ण
बाहिर भरीभराउ देखिए नी खाली धेरै छन् यहाँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : संविधान पाउने आशैआशमा

~दिलवर ऐर~

शहरका गल्लीहरुमा, पहाडका खोचहरुमा
तराईका फाँटहरुमा, हिमालका सुन्दर चुचुराहरुमा
नयाँ संविधानको खोजीमा हिंडिरहेछु म
खै, कहाँ गएछ ? त्यो नयाँ संविधान

निरन्तर हिंडिरहेको म खै कहाँ पुगिरहेछु थाहै छैन,
लगातार दिनरात के हो थाहै नपाई डुलिरहेछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “राष्ट्रनिर्माता खण्डकाव्य” भित्र एक नजर लाउँदा

~गोविन्दप्रसाद आचार्य~

राष्ट्रनिर्माता खण्डकाव्य माधवप्रसाद घिमिरेको ऐतिहासिक विषयवस्तुलाई आधार बनाएर लेखिएको मौलिक काव्य हो । जुन काव्य पृथ्वीनारायण शाहलाई आर्दश पुरूषका रूपमा चिनाउने उद्देश्यले लेखिएको हो । मैले वर्तमानको सन्दर्भबाट यसलाई हेर्दा हिजो पनि राष्ट्र टुक्राउन चाहानेहरू उत्तिकै रूपमा सशक्त थिए । ती सन्दर्भहरू आज पनि मिल्दाजुल्दा छन् । कलाको लेप लगाएर कुतर्कहरू मानिसको मन र मस्तिष्क विथोल्ने कति सफल हुन्छन् भन्ने विषयमा यस खन्डकाव्यले प्रस्तुत गरेका विचारहरू यहाँ सान्दर्भिक लागेर प्रस्तुत गर्ने जमर्को गरेको छु ः

परन्तु दाज्यै ¤ अब पाउने र
म गर्छु विन्ति धनु झैं झुकेर
भो लड्नु छाडौं, अब बढ्न छाडौं
यही बलियो ध्वजदन्ड गाडौं ¤ Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गजल : गरेको देखिनौ

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

विशाल त्यो गरेको देखिनौ
तिम्लाई म मरेको देखिनौ
**
के को रीस पाल्यौ ए भैरवी
वाचा यहाँ झरेको देखिनौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : रोकिने यो समय हैन

~राम श्रेष्ठ~

सम्‍झन लाई मुटु भित्र,
कुनै ठाऊ बाकी छैन…!
अरु लाई नै राखी सके,
तिमी यो दिल को भाका हैन…!!

आखा भरि सजाऊनलाई,
सपनीमा आऊनु पनि त पर्यो…!!
गीत बनाई गाऊनलाई, Continue reading →

Posted in कविता | Tagged | Leave a comment