कविता : के छ आमा त्यो दराजभित्र ?

~योगेन्द्र रिजाल~

तिम्रो प्रेमिले
उहिले खुसुक्क
सिउरिदिएको फूलको
सुकेको पत्ती,
वतासजस्तो उहिले
तिमी डुल्ने
गरेको पहाड,
घास-
दाउरा जाँदा बिझेको
जङगली काँडा,
वा, कसैले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माकादुम

~बाबु त्रिपाठी~

त्यस्तो भिर
मैले पैलोचोटि देखेको हुँ
जहाँ
भिरमै ठडिएका थिए
घरका खाँवा र धुरीहरू

भिरमै जेलिएको थियो
गड्यौलाजस्तो बाटो
जो वयेली खेल्दै
पुग्दा रहेछन्
सदरमुकामसम्म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक जमनामा

~प्रकाश रम्घाली~prakash-ramghali

मनभित्रै प्रेमको बस्ति बसाउन चाहाने
तर-
छातीको बाँयापट्टी
शान्तिको परेड खेल्न असमर्थ
क्यानम !
लाहुरे मुटु पनि थियो- एक जमनामा ।

पुरानो घरको बार्दलीमा बसेर
बाटोमा कामुक आँखा ओछ्याउने वयस्क घाम Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कालो छायाँ

~एनबी इलुंगा~nabin-bhandari-elunga_nbelunga

सधैँ झैं रातको ११ः३० बजे म अफिसबाट निस्किएर घरतर्फ लागेँ । बाटामा आउँदै गर्दा थाहा पाएँ, मेरो ड्राइभरले पिएको रहेछ । गाडी रोक्न लगाएर झपारेँ अनि आँफै ड्राइभ सुरु गरेँ । दिनभरको दौडधुपले गलेर लखतरान भएको शरीर फेरि गाडी कुदाउनु पर्दा कठीन लाग्दै थियो । म अली बढी नै सुविधाभोगी भएछु । ससानो काम गर्न पनि अल्छी लाग्छ । बाटामा एउटी महिला पत्रकारको फोन आयो । उनको स्वर सँधैभन्दा फरक लाग्यो । एउटी युवतीलाई ट्रकले कुचलेर भागेको खवर उनी भन्दैनिइन् । उक्त युवतीले आत्महत्या गर्ने मनशायले कुदिरहेको ट्रकमुनि फाल हालेको पनि उनले सुनाइन् । आजको इडिटिङ सकियो, भोलि बिहान फ्याक्स गर्नु भनेर मैले सम्पर्क काटिदिएँ । फेरि गाडी अगाडि बढाएँ । ३० कि.मि. यात्रा के टुङ्गिएको थियो, आधा बाटोमा म अचम्मको दुर्घटनामा परेँ । मेरो गाडीमुनि अघि मोबायलले भनेजस्तै एउटी युवतीले फाल हाली । मैले आत्तिएर गाडी रोकेँ । हत्तार हत्तार तल हेरेँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो छोरो पनि ठुलो मान्छे भएछ

~किशोर पहाडी~Kishor Pahadi

वर्ष चौबीसको,
गहुँ गोरो,
च्यूँडोमा सानो खत भएको,
दुब्लो दुब्लो,
चुरोट नखाने,
रक्सी नखाने,
अविवाहित,
घण्टाघर नजिकैको कलेजमा
आई.ए. बी. ए. कुन्नि के जाति पढ्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको काख

~ध्रुव सत्य~

सानो छँदा
तिमीले मलाई जटिल प्रश्न
गरेका थियौ—
आमा, म कहाँबाट आएको हुँ ?
तिमी सूर्यबाट आएका हौ ।

मेरो जवाफ पाएपछि
तिम्रो मुहार घामजस्तै
चम्केको थियो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हतारमा यात्रा

~श्यामल~Shyamal_1

धेरै कुराहरू छुट्छन् प्रस्थानबिन्दुमै
हतारमा यात्रा गर्दा
अँध्यारोमा देख्ने उज्यालो र्टच र दाह्री फाल्ने
पत्ती
दाँत माझने मन्जन र ब्रुस, सामान राख्ने झोला
महत्वपूर्ण सम्पर्कविन्दुहरू
पढ्न थालेको
तर अधुरै रहेको नयाँ किताब Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सरला

~सिमा आभास~seema avas

आगोमा पानी घोप्ट्याएझैँ
निभेथ्यो उसको तरुनी बैँस
बिजुली चम्किएर चट्याङ पर्दै गर्दा
हिँडी सिस्नुको घुम ओढेर एक्लै ।

भत्काइ आफैँले बनाएका
गौडा र गल्छेडा
बदली बोलीरहेको भाषा
भत्कँदै गइ पहिरोझैँ
सललल… तलसम्म
र रुख बनेर लडी बाढीमा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : आत्मदहन

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

To be absent from the god
is to be present with the lord.
the dust returns to earth.
the sprite return to god who gave it.
– vdiah

दृश्य आफै बन्दै जान्छ…

‘सुन्यता हिड घाट तिर जाँउ’ । आजकाल मलाई नराम्रो बानी परेको छ । कहीले घाट तिर पुग्छु कहीले ग्रेभयार्ड तिर । होलिडे डेस्टीनेसन यस्तै ठाउँलाई रोज्न थालेको छु । भुत/ प्रेत/पिचासको निबास्थान मेरो लागी ग्राउन्ड सिट बिछ्याएर कोक/ह्यामबर्गर/ओरेन्ज जुस खाँदै दिन बिताउने अच्चम लाग्दो गन्तब्य बन्दै छ । तपाईले मलाई अघिल्लो हत्ता बधशाला तिर घुम्दै गरेको भेटाउनु भयो होला सायद । हो । म यस्तै ठाउँमा जान थालेको छु । बधशाला या मृत्युशाला/घाट/चिहान/Tomb पार्क आदी आदी ..जहाँ मृत्युलाई सजिलै भेटाउन सकीन्छ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जुट्नु पर्छ आफै

~सजना गुरुङ~Sajana Gurung

सप्ना साकार पार्नलाई जुट्नु पर्छ आफै !
दिन बनाइ रातलाई उठ्नु पर्छ आफै !

देश शृंगार्ने चाह भए स्वदेशकै तीर् मा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : भिर नभए

~सिर्जना खड्का~

थाहा हुँदैन यात्रा अक्कर भिर नभए
बुझिँदैन जिबन अलिकति पिर नभए
सोचेको खोजेको जस्तो कहाँ मिल्छ र Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : साँचीय जस्तो लाग्छ

~सौभाग्य बज्गाईं~

जे होश अलिकति माया साँचीय जस्तो लाग्छ
साँझपख यादले मन कतै भाँचिए जस्तो लाग्छ

यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म
सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : किशोरी बिबाह

~कविता दाहाल~kabita-dahal

दिन विहान उठेर वस्तीका मान्छे बगरमा गिटी कुट्न जान्थे । तिखे र म पनि सधैँ गिटी कुट्नै जान्थ्याै ।

पेट पाल्नलाईन‌ै धाै-धाै परेका हामीलाई स्कुल पढाइ भन्ने कुरा गाैण थिए । सरकारले पनि हामीमा त्यति ध्यान दिएकाे थिएन । केही दिन स्कुल गएपनि हाम्राे वस्तीका वालवालिकाहरु विचैमा स्कुल छाडेर काम तिर लाग्थे । त्यही गिटी कुट्ता कुट्तै १५ वर्षको उमेरमा तिखे र म माया जालमा फँस्याै ।

हरेक झुप्रामा हल्ला हुन थाल्याे तिखेले वाटुलीलाई भगाउन अाटेकाे छ ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिम्रै सम्झनाले

~रामचन्द्र कार्की~Ram  Chadra Karki

मेरो प्रत्येक रातको निन्द्रा, तिम्रो यादमा भागिदिन्छ,
मनलाई रोक्न बार हाल्छु ,तैनि उफ्रि नाघिदिन्छ ।
गाँस टिपी मुखमा लग्यो, तिम्रो मुखले आँ पो गर्छ,
प्रत्येक पलमा तिम्रो फोटो, आँखाबाट खाँशु झर्छ ।

भोक प्यास निन्द्रा सवै, तिम्रै यादमा टरिदिन्छ,
तिमीलाई सोच्छु कहाँ पो छौं, मनमा पीर भरिदिन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य गीत : सुन ए हजुर

~पूर्ण ओली~Purna Oli

सुन ए हजुर
मेरी ‘जिएफ्एन्’ भनाउँदी लास्टै रैछे झुर !

अस्ति मात्रै ‘फेसबुक्फ्रेन् एड’ भई
त्यसपछि त छिनछिनमै भेट भई
‘हेलो’ भनेँ ‘हाइ’ सम्म भन्दिन
‘सियु’ भन्दा ‘बाइ’ सम्म भन्दिन
सुन ए हजुर
मेरी जिएफ्एन् भनाउँदी लास्टै रैछे झुर ! Continue reading →

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : पिइ हाल्छु रात परे पछि

~सिर्जना खड्का~

पिउदिन भन्यो पिइ हाल्छु रात परे पछि
चोखो पिरतिको बदलामा घात परे पछि

छुदैन अचेल कुनै मदिराको चुस्कीले मलाई
मदिराको भन्दा बढी प्रीतिको मात परे पछि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : बहुचर्चित लेखहरूको संग्रह

~हरि अधिकारी~book-cover-hariharraj-joshi-goreto-ko-khojima-nibandha

देवताको कोटीमा पुगिसकेका देवकोटाको जीवन देवताको झैँ थियो- संघर्षमय जीवन, व्यथैव्यथाका ती मार्मिक वर्षहरू अनि सन्तोषको त्यो अन्तिम क्षण आर्यघाटको किनारमा। त्यहाँ देवकोटाको अन्तिम सन्तोषको क्षण देखेर विरूपाक्षले सोचे होलान्- तिमी मजस्तै दन्त्यकथामा पर्नेछौ, एउटा दन्त्यकथामा उनिएर। अनि, मभन्दा भिन्नै तिमीले थुतुने सहानुभूति पाउनेछौ, यहाँ डढेर गएपछि।”

माथि दिइएको उद्धरण प्रख्यात् संस्कृतिविद्, अनुसन्धाता र लेखक हरिहरराज जोशीको हालै प्रकाशित पुस्तक “गोरेटोको खोजीमा” मा संग्रहित लेख ‘व्यथैव्यथाका ती मार्मिक वर्षहरू अनि सन्तोषको मीठो क्षण’बाट लिइएको हो। काठमाडौँको बौद्धिक समुदायका सुपरििचत अनुहार हरिहरराज जोशीले नेपाली कला र संस्कृतिका बारेमा खोजबिन गर्नुका अतिरत्ति आफ्नो समयको लोकप्रिय साहित्यिक मासिक रूपरेखामा ‘गोरेटोको खोजीमा’ शीर्षक दिएर एउटा नियमित स्तम्भ पनि चलाउने गरेका थिए। Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : भोगाइ

~रबिन गैरे~

शिवहरिको शरीर जीवन भोगाईसंगै बूढो भैसकेको छ । लाग्छ उसको शरीरको प्रत्येक अंगमा जीवन भोगाईका शब्दहरु कोरिएका छन् । शरीर बूढो छ । ऊ र ऊ जस्तै अरुको पनि तर जीवन र जीवन भोगाई के उस्तै होला ? उसको भोगाई जीवनभर दुखको भोगाइ, परिश्रम र इमानको भोगाइ, आज महल बस्नेसँग दाज्न के सकिन्छ र ?

अहँ सकिदैन । किनभने त्यो सम्पन्न पात्र भित्र शिवहरिको जस्तै अनुहारमा काला धब्बा, दु:ख र दमनका रेखाहरु भेटिदैनन् । जीवनको उत्तरार्धमा शिवहरिको दर्शन, शिक्षा, वा पुँजी जे भनेपनि उसको लागि मिहेनत र परिश्रम हो । अनि उसले बुझेको पनि त्यहि नै हो । ऊ परिश्रम गर्छ र परिश्रममै दर्शन भेट्छ । के उसो भए उसको जीवन भोगाइ सानो हो त । अवश्य होइन । साँच्ची शिवहरिले समय कसरी भोग्यो त ।
Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पूरक स्वस्थानी

~भैरव अर्याल~Bhairab Aryal

कुमारजी आज्ञा गर्नुहुन्छ– हे अगस्त्य मुनि ! कुमार भनेको कामदेव हो । जसलाई कामदेवले कुमार्गबाट मनपरी दौडाउँछ, त्यसलाई कुमार भनिन्छ भनी तिमीले जो भन्यौ त्यो मनासिवै हो । तर कुमारको यो अर्थ त्यस बेला मात्र लाग्ने छ, जब सभ्यताको चरमचुलीमा पुगेको मान्छे पुनः प्राकृतिकतातिर फर्कन लाग्छ । त्यसमाथि पनि यौनिक स्वतन्त्रतातिरको प्रत्यावर्तन विकसित देश, सभ्य समाज र संभ्रान्त परिवारका कुमार कुमारीहरू नकस्सिई संभव हुँदैन । त्यसैले हे अगस्त्यमुनि ! म जस्ता कुमारहरू त्यसबेला मात्र तिमीले लगाएको परिभाषामा पुग्न सक्नेछन्, जब सागरदेखि सगरमाथासम्म अनेकानेक अवतारहरू लिएर कामदेवका भान्जाभान्जीहरू पश्चिमबाट ओइरो लाग्ने छन् । हिप्पी हिप्पिनी Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

Story : Little Tamarinds

~Bikrant Koirala~Bikrant Koirala

I folded the sleeve of my shirt exposing the white skin beneath it. Hot air was constantly hitting my face, making its way through the open window of the vehicle. The road ahead was straight. Straight it seemed as if someone had drawn it with a ruler. Both sides of it were the open grassy fields, and on it were grazing small dots of cattle. The cigarette had burnt nearly up to the butt. I sucked it once and threw it out of the window. Jagdish had not spoken a word for sometimes. He was all busy with his clutch, gear and steering.

“How’s your son now?” I asked. Continue reading →

Posted in Story | Tagged | Leave a comment

कविता : शान्तिका दूत बनौं हामी

~निर्मला अवस्थी~Nirmala Awasthi_1

विसाऊ अब बन्दुकहरु उठाऔं कलम हातमा
लडाई लडौं विचारको लिएर विवेक साथमा
धेरै भयो तहस नहस देश पछाडी गइसक्यो
जागौं न जागौं अब त धेरै ढिला भइसक्यो।

बुध्दि विवेक बल सबै ओइरीसके विदेशतिर
अपाङ्ग, रोगी, बुढाबुढी बाँकी रहे स्वदेशतिर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बार्दली

~ओमआस्था राई~

उनले आज पनि मलाई क्वारक्वार्ती हेरिन्, खाउँला झैं।

म बिहान कलेज जाँदा होस् वा दिउँसो घर फर्कंदा, उनी मलाई सधैं त्यसैगरी हेर्छिन्, कप्लक्क निलूँला झैं।

सुरुमा त उनी कर्के नजरमात्रै लाउँथिन्। लुकीछिपी। डराई–डराई। चोरी समातिएला कि भन्ने भययुक्त भावले। मसँग आँखा जुध्दा हत्तपत्त अन्तै हेर्थिन्। जब म अन्त ध्यान दिन्थेँ, उनका आँखा फेरि सल्बलाउँथे, मेरो शरीरभरि।

उनका आँखाहरू बिस्तारै निर्लज्ज हुन थाले। निशंकोच। निष्पि्कक्री। म लाजले पानी–पानी हुन्थेँ। तर, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विजय, समय, काफ्का र कमिला

~सन्दिप बडाल~

साम्साले दूध छाडेर कुहिएका खाना खाइरहेकै बेला अचानकै अक्षरहरूका छेऊबाट एउटा कमिलो हिँड्यो ।काफ्काका शब्दसँगै काफ्काकै संसारमा पुगेको विजयलाई त्यो कमिला देख्न धेरै बेर लाग्दैन । उसले कमिलालाई एकछिन घुरेर हेर्छ।सानामा गुच्चालाई टुच्ची मारे जस्तरी कमिलालाई पर हुत्याइदिन्छ। फेरी पढ्न थाल्छ । तर अघिल्लो लाइनमा बढ्नु अघि नै उसको ध्यान अर्को कमिलाले तान्छ। सोफामुनि लुकिरहेको साम्साका मास्तिर हिँडीरहेको छ त्यो कमिला।विजयले बुढी औंलामा चोरी औंलो अड्याएर गोलो बनाउँछ । एकैछिनमा त्यो कमिलो पनि हुत्तेर पर पुग्छ। विजय फिस्स हाँस्छ। जसै किताबमा फर्किन्छ, अर्को कमिला फेरी त्यसरीनै हिँडीरहेको देख्छ। अचम्म मान्दै उसले आँखा तन्काउनुभन्दा पहिले नै बिस्तारै कमिलाको संख्या बढ्दै जान्छ। पहिला एउटा कमिला पानाको चेपबाट निस्किन्छ। त्यसपछी अर्को, त्यसपछी अर्को, त्यसपछी अर्को गर्दै बिस्तारै अक्षरभन्दा बढी कमिला हुन्छन। अक्षरहरूमाथि नै रङमङ्गीरहेका। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : पहराकी फूल हुँ

~पवित्रा गुरुङ~Pabitra Gurung

म एक पहराकी फूल हुँ
सक्छौ के टिप्न तिमीले
सक्छौ भने टिपी सजाउ
तिम्रो त्यो जीवनमा

नसोच्नु होला तिमीले Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : नजर करौँतिमा परे

~तिलक अनुरागी~Tilak Anuragi

नक्कलीको छड्के नजर करौँतिमा परे
जवानिले डसेपछि मत जिउँदै मरे!

भाग्न खोजे टाढा टाढा नजर भन्दा
मोहनिले ताने पछि वर वर सरे! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : त्यस रातको सपना

~गणेश कुमार राइ~

गाउँमा अचानक बाँसुरी बज्न छाड्यो
धपाइन छाडे जंगलमा भेडाहरु
रातभरि एक्लै निदाउन थाल्यो गोठ
बाँसुरी बजाउने भरुने
भेडा चरणमा गाउने चतुरे
र गोठ रुङ्ने दातेन
सबै–सबै अकस्मात हराए गाउँबाट
गाउँमा उनीहरुका सोल्टीना थिए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मनोविज्ञान

~पुष्कल श्रेष्ठ~Pushkal Shrestha

मनोविज्ञानमा ‘एम.ए.’को परीक्षा सकिने वित्तिक्कै कुन ‘टपिक’मा ‘थेसिस’ लेख्ने होला भन्ने प्रश्नले विद्यार्थीहरूलाई पिरोल्न थालिसकेको थियो। अन्तिम दिनको परीक्षा सकिएपछि हामी केही साथीहरू चिया पसलमा चिया पिउँदै त्यही विषयमा कुरा गर्न थाल्यौं तर त्यसदिन केही भएन।

‘‘यस्तो बेलाँ कुरा गरेर नि हुन्छ? भोलि विहान ‘फ्रेश मुड’ मा कुरा गरौं। ‘मर्निङ वाक’ गर्दै क्रिकेट मैदानमा सबैजना जम्मा होऔं। बरू कपालभाति र अनुलोम-विलोम त्यहीँ गरौंला। सबैले आ-आफ्नो ‘फ्रेश आइडिया’ त्यहीँ ‘शेयर’ गरौंला। त्यसो गरे कसो होला?’’ छुट्टिने बेलामा हरिकलाले प्रस्ताव राखिन्। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : देशप्रेम

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

प्यारो लाग्छ हामीलाई
आफू जन्मेको यो देश
थरीथरीका छन् यहाँ
आफ्नै भाषा र भेष ।

गौतम बुद्ध जस्ता
शान्तिका अग्रदूत जन्मे यही देशमा
गोर्खालीमा वीरता झल्किन्छ
यही राष्ट्रिय भेषमा । Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

संस्कृत कविता : प्रेमसिंहासने राजितोऽयं जगत्

~निर्मोही व्यास~Nirmohi Vyas

प्रेम सृष्टेः परं सारमेकं महत्
प्रेमसिंहासने राजितोऽयं जगत्
इन्दुना सार्धमाह्लादिता चन्द्रिका
भ्राजिता वारिवाहेन सौदामिनी

अम्बरश्चुम्बति क्वापि नूनं धरां
रागिणी यत्र त्तत्रैव वीणा–ध्वनिः Continue reading →

Posted in कविता, संस्कृत कविता | Tagged | Leave a comment

Story : The White Pebble

~Bikrant Koirala~Bikrant Koirala

She looked herself on the rear-view mirror before she pushed herself out of her car. The air was chill but she decided to leave the jacket in the car and walked down to the beach with her shades on. The cool air blew past her disturbing her loose white shirt and touching her skin beneath. She took in a deep breath feeling calm and relaxed. It wasn’t a regular day for her. She would have been in her work by then, probably eating her lunch and at the same time talking to her friends on the phone. She was on a sick leave, not physical but mental. What was the thing that was troubling her, making her feel so restless and occupying her mind most of the time. Was it Continue reading →

Posted in Story | Tagged | Leave a comment

कविता : जवाफ

~आस्था के.सी.~Aastha KC

टक्क रोकिए हुन्थ्यो
यो सिरसिर बहिरहेको पवन ।
यो निष्ठूरी समय
र यो मेरो मन् ।।

तिमी नजिकै छौ
र पनि कति टाढा छौ ।
खोजिरहन्छ मन् हरपल हरपल
तिम्रै निकटताको मिठो एहसास ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : कविशिरोमणि लेखनाथ पौड्याल

~नरेन्द्रराज प्रसाई~Lekhnath Poudel

लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवी र पं. दुर्गादत्त थिए ।पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए । वास्तवमा त्यही ईख र दधिराम मरासिनीको स्नेह, सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमा आफूलाई पुर्‍याएका थिए । पौड्याल आफू पन्ध्र वर्षको हुँदा काठमाडौँको तीनधारा संस्कृत पाठशालामा भर्ना भए । त्यसपछि उनी कविता लेखनमा पनि आबद्ध हुन थाले । त्यही तीन वर्षपढेर उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिन गए, तर उनी फेल भए । त्यसपछि उनले पढ्ने कामबाट मन झिके । यति हुँदाहुँदै पनि नेपाली र संस्कृत भाषामा उनी पण्डितलाई पनि जित्ने भए । उनको ज्ञानका कारण बनारसबाट प्रकाशित ‘सूक्तिसूधा’ र ‘कविताकल्पद्रुम’मा Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | 1 Comment