कथा : रुची

~कल्पना किरण~kalpana-kiran_jeevan-adhikari

“ साधना रे त्यो नानीको नाम ”, बुवाले स्काईपमा भन्नुभयो | मैले फेसबुकको सर्चबारमा साधना टाइप गर्दा दुई-दर्जन साधनाहरु भेटिए | घरमा मेरालागि खोजेका केटिहरु मध्यकी सबैकुरा मिल्ने, असल, र राम्री केटि हुन् रे, साधना | समान सामाजिक र आर्थिक धरातल मिलेकाले बाउ-आमालाई पनि सारै राम्रो लागेछ | “ होइन के थर हो केटिको, साधना त धेरै देखायो त फेसबुकले ”, म कुर्लिए | बा-आमा एकछिन गनगन गरिसके पछी, “ केटि चाही अर्याल हुन्, उनीहरुको मामाली चाही खनाल हुन् “ | साधना अर्याल भनेर सर्च गरेपछि जम्मा ३ जना देखायो | मैले फोटो जूम गरेर सबभन्दा राम्री चाही, बुवालाई देखाए | “ हो येही हो केटि, मैले अस्ति पारीको साइलोसंग गएर येसो बाहिरबाट हेरेर आएको ”, बुवाले केटि हेर्न गएको कहानी सुनाउनु भयो | फेसबुकमा मैले फ्रेन्ड रिक्व्यस्ट पठाउन नमिल्ने रहेछ | “ बुवा यी नानीको बाबालाई भनेर फेसबुकमा एड गर्न भन्नु न त ”, मैले धेरै नै कर गरे | Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यात्रा संस्मरण : बन्दीपुर जीवनमा एकपल्ट जानै पर्ने ठाउँ रहेछ

~पद्मावती सिंह~

तरूणावस्थादेखि बन्दीपुरप्रति म आकर्षित भएकप् थिएँ – तारादेवीले गाएको म.वि.वि शाहले रचेको ‘बन्दीपुरको उकालो लामो मस्र्याङ्गदी डुङ्गाले तरेर’ भन्ने गीतबाट ….। बन्दीपुरको प्राकृतिक सुन्दरता र भौगोलिक स्थितिबारे केही जानकारी गराउने तथा बन्दीपुरको परिचय गराउने उक्त गीत मलाई साह्रै मन पथ्र्यो । त्यतिबेलादेखि नै मैले बन्दीपुरलाई भेट्ने धोकोलाई मनभित्र पालेको थिएँ । बर्षौ देखिको धोको पुर्याइ दिनुभयो बन्दीपुरको बुहारी जलेश्वरी भाउज्यूले पोहर साल । संयोग यसरी जुट्यो । गत साल पुषको पहिलो हप्ता जलेश्वरी भाउज्यूले आफ्नो निवास स्थानमा महिला लेखिकाहरूको एउटा कवि गोष्ठीको आयोजना गर्नुभएको थियो । उक्त गोष्ठीमा म पनि निम्त्याइएकी थिए । गोष्ठी सकेपछि कुरैकुरामा कवि द्वारीका श्रेष्ठले बन्दीपुरको चर्चा गर्नुपछि उहाँ बन्दीपुरको रहेछ भनी मैले थाहाँ पाएँ । उतिखेर मैले वर्षदेखि आफ्नो हृदयमा पालिराखेको बन्दीपुरको दर्शन गर्ने र आफ्नो अधुरो Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : तिमी समृद्धिको नमुना बन्नू !

~मिलनकान्छा किराती~Milan Kancha Kirati

समयको थुप्रै रङ्ग उडेपछि
एउटा युग आउँछ !
अँध्यारो लखेट्दै झिल्को झरेपछि
प्रभातमा लाली छाउँछ !
युगौंदेखि घाम–जून ओढेर
थुपै–थुप्रै्रै ज्ञात–अज्ञातको
प्राण–पखेरु उडेपछि
तिमी जन्मिएको हौं !

शासन–व्यवस्थाको बिर्को खोल्दा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पार्श्व घाम !

~दिवाकर स्वप्नील~Diwakar Swapneel

भर्खरै झर्दै थियो घाम
तल डाडा भएर हतास-
एक टाउको भरी
दिन बोकेर सन्ध्या चुम्न!

उसले दिनभरी कल्पेको छ साँझ
स्वर्णिम रात !
हर रात चुस्छ सोमरस
उन्मत्त बैशको मातमा !
इमानदारीताको लगौटी लाएर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आज फेरी सपना देखेँ

~अनिल नेम्बाङ~

किस्ता किस्तामा जिन्दगी बेच्ने धुनमा
सपना नदेखेको धेरै भएछ
सपनाको चाङले छत छोएथ्यो सायद
थपिन त पोखिनु पनि पर्यो।

अँ,
हिजो दिनको अन्तिम कित्ता साहुलाई जिम्मा लाएर फर्कदै थिएँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : तामाङ जाति र सेलो

~पलपल मोक्तान~palpal-moktan

तामाङ जाति नेपालको एक प्रमुख जाति हो । प्राचिन समय देखी आफ्ना छुट्टै अस्थीत्व र पहिचाहान लीएर नेपालमा रहदै आएका तामाङ जातिको आफ्नै धर्मा, भाषा,,संस्कृतिक र परम्परा छ । यिनै परम्परा र संस्कृतिक मध्य सेलो परम्परागत तामाङ समाजको अत्यन्त महत्व पुर्ण संस्कृतिक पक्ष हो । नेपाली ग्रामिन समाजमा खास गरी लोककगीत ,लोकनृत्य र लोक कथाको क्षोत्रमा तामाङ जातिको योकदान बिशेष गरी उल्लखेििनय देखीन्छ । सेलो भनेको भाका हो व्हाई भनेको गति हो । अर्थात सेलो भनेको तामाङ जातिको सम्पुर्ण पाटो हो व्हाई भनेको तामाङ जातिको एउटा हाँगो हो अथवा साखा मात्रै हो । जुन सेलोमा वा नृत्यमा तामाङहरुको संस्कार ,रीतीरीवाज ,हाँसेको रोएको उकाली वराली गरेको तामाङहरुको सुस्केराहरु,एउटा ठेलगाडावालले ठेलला ठेल्दाकको मर्मा,एउटा भरयिाले टाउकोमा भरी Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : के म बुढो भएकै हुँ ?

~जीवन क्षेत्री~Jiwan Kshetry

मलाई खेद छ,
म युवाकालमै बूढो भएछु
झर्दै गरेका बोक्राहरूलाई फूल र
वैलिरहेका पातहरूलाई कोपिला सम्झने
अकर्मण्य संस्कृतिको बाढीमा
म अनायासै बूढो भएछु ।

टीठलाग्दो सुकेको आँट लिएर
घर र परिवारको चौघेराभित्र
कुँजिएर जर्जर र जीर्ण बनेछु Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : कमलरी

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

अन्जु चौधरी मुक्त कमैया हुन् । जमिनदारको थिचोमिचोबाट मुक्त हुँदा उनी धेरै खुसी थिइन् । तर त्यो खुसी धेरै दिन टिक्न सकेन ।

गाउँमा बाँच्नका लागि कुनै काम नपाएपछि उनी सहर आइन् । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

सुनुवार भाषी कविता : कोरो लति

~डा.लाल श्याँकारेलु रापचा~Dr Lal Shyaankarelu Rapchaa

मिम्तुनु कोँइच थेःनीमि ओँ देँ:ब —
“किल्लोआ कुम्सो
नम्दिआ शिल
ह्वाँ चिम्शा होमोक
जोइ चिम्शा जिल
मुलिच तमी गो समीबु
आँसकल हेँथे मदाप्चा Continue reading

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गीति कविता : गुन गर्‍यो बैगुन हुन्छ

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

गुन गर्‍यो बैगुन हुन्छ के युग हो यो कस्तो ?
अमृतको वृक्षभरि विषै फक्रेजस्तो ।

आउने हरेक अबगाल र अपजसलाई थिची
कर्म गर्नैपर्छ उत्सव बैगुन किचिमिची । Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : हिजो, आज र भोलि

~शिरीष रानाभाट~

हिजो
राष्ट्र थियो, राष्ट्रियता थियो
बल्दथ्यो दिन-रात सद्भावको दियो
राष्ट्रघातीहरूको सत्ता-मोहले
उप्काइफाल्यो एकताको मियो

आज Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हेरुँ हेरुँ लाग्छ

~शिव वियोगी चौलागाईं~

पल्लो घरको बार्दलीमा हेरुँ हेरुँ लाग्छ
पिरतीको डोरीले बेरुँ बेरुँ लाग्छ

पारी उनी वारी म नजर हानाहान भो
मलाई एकनास हेर्नेलाई घेरुँ घेरुँ लाग्छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : माया गर्न थालें तिमीलाई

~आचार्य प्रभा~acharya Prabha

म भावनात्मक माया गर्न थालें तिमीलाई
तिमी भने चाहनाको दृष्‍टिले हेर्न थाल्यौ मलाई …

म मीठो कल्पनामा बहन थालें तिमीमा
तिमी भने स्वार्थको शब्द फ्याँक्न थाल्यौ म मा … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मातृभूमीको यादमा !

~सुबेश घिमिरे~subesh-ghimire

आज-भोली झण्डा फेर्ने हल्ला आएको छ
साथी-भाइबीच ठूलो चर्चा पाएको छ ॥
नेपलकै नाम भोली फेरीने पो हो की
नेपालीले आजै सोच्ने बेला आएको छ ॥

झस्की-झस्की हिमालले धेरै रगत देख्यो
फेरी पनि रगत कै गन्ध आएको छ ॥ Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : भूपिको रचनाको सङ्क्षिप्त विचरण

~गोविन्द गिरी प्रेरणा~Gobinda GIri Prerana

आधुनिक नेपाली काव्यजगत्का सर्वाधिक लोकप्रिय कवि भूपि शेरचनको कृतित्वको विषयमा तयार पारिएको कृति हो ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ । यसका कृतिकार हुन् सुकुम शर्मा ।

लेखक शर्माले २०४८ सालमा रूपरेखा, रक्सी र भूपि शीर्षकमा एक लेख लेखेका थिए, जुन ‘प्रयोग’ (२०५३) मा सङ्कलित भयो, यसै लेखले उनलाई भूपिका बारेमा चासो, रुचि र लगाव बढ्यो र फलस्वरूप यो पुस्तकको जन्म भयो । भूपि शेरचन भन्नेबित्तिकै ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को सम्झना हुन्छ । यो उनको सर्वाधिक लोकप्रिय कृति हो । यो कृति प्रकाशनपूर्व उनका ‘परिवर्तन’ नाटक र नयाँ झ्याउरे गीति कवितासङ्ग्रह तथा ‘निर्झर’ कवितासङ्ग्रह प्रकाशित भैसकेका थिए । यी पुस्तकहरू उनी उग्रवामपन्थी धारमा यात्रारत हुँदाका कृति थिए Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : दबाबमा परेछ !

~मबि सिंह~Mabi Singh 'Sirish'

सरकार, दबाबमा परेछ !
अदालत, प्रभाबमा परेछ !

दुर्घटना रोक्न कस्तो अबेर?
फूर्सदको तनाबमा परेछ ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : रोएँ

~लोप्चन लामा~

रोक्न सकिन आशुँहरु
तालिको गढगढाहटमा
शिर उठाएर खुशीमा रोएँ

भर सभामा एक्लो उभीदाँ
एक्लोपनको महसुस भयो
परेली बिजाएर दु:खमा रोएँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरू

~सन्तोष लामिछाने~Santosh Lamichhane

हरेक फूल
आफ्नै तरिकाले
फक्रिन खोज्छन्
तिनको के भूल छ ?

भूलनै भएपनि
प्रकृतीको खेलसँगै
भूल सप्रने छन्

फूलहरूलाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शुक्रकिटको “प्रेम”

~प्रणिका कोयु~pranika-koyu

सबैले सोध्दैछन्
आखिर को परेछ त्यो शक्ति
जसले आफ्नो मनको जलन देखेछ एसिडमा
र सारेछ आफ्नो जलन उनको अनुहारमा

सबैले सोध्दैछन्
आखिर को रहेछ त्यो लाखे
जसले कौशल देखाउँछ जात्रामा
तर किन हो यो जात्रा “जात्रा” बनेछ – सिर्फ उसको नाचको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नीता म तिमीलाई फ्रेम गर्छु

~पूर्ण ओली~Purna Oli

“तिमीलाई कहाँ खोजिन मैले ? सबै फेसबुक भित्ताहरुमा उधिनेँ, सबै वेबपेजहरु खोतलखातल पारेँ । अँहँ कति भेटिएनौ । सधैँ गायबको गायब । आज कसरी झुल्कियौ अकस्मात ? सकियो तिम्रो जाँच ?”

“मैले त तिमीलाई नीलो गगनभरि नै खोजेँ । बादललाई सोधेँ, ‘भर्खरै पश्चिमतिर लागेको देखेको हुँ’ भन्यो, जूनलाई सोधेँ, ‘देखे-देखेजस्तो लाग्यो’ मात्र भनेर पन्छियो, ताराहरुलाई सोधेँ, ‘हामीले त देख्दै देखेनौँ’ भने, तिमीले पनि कम्ता तड्पायौ र मलाई ?”

“‘भन्टाङभुन्टुङ डे’मा हराएको मान्छे, ‘भ्यालेन्टाइन डे’मा मात्र झुल्कियौ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मायाको परिभाषा

~त्रिभुवनचन्द्र वाग्ले~

आमाले दूधले पखालि दिनुभएको गालामा
माया गर्ने पश्चिमे संस्कृतिमा तिमीले जुठो चुहायौ
मैले घिनमान्न पाइन, त्यो आतुरतामा
आमाले मलाई जन्मदिनको शुभकामनामा ढ्याब मार्दा पिठ्युँमा
सेतो सर्टमा दाग लाग्यो
धुँदा सर्ट तिमीले दागा ध-यौ–
“कसले मैलायो सर्ट” Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काँडा र गुलाफ

~सिर्जना खड्का~

थाहा छैन काँडालाइ ,
काँडासंग गुलाफ फुलेको हो
या गुलाफसंग काँडा ……
तर यति थाहा छ काँडालाइ
सधै सधै गुलाफसंगै रहनु छ उसको अंग रक्षक भएर …
आफ्नै छातीमाथि फुलेको गुलाफबाट न कहिल्यै सिक्यो काँडाले Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नामै नभएको सम्बन्ध

~महेन्द्र पौडेल~Mahendra Paudel-1

दीपाजी आफ्नो निमन्त्रणा पत्रलाई हातमा राख्दै त्यसभित्र हातले लेखेको अति सुन्दर र प्यारा शब्दलाई आफ्नो नजरले मनभित्र गम्दै भित्रभित्रैं रोमान्चक हुँदै प्रश्न खडा गर्दै गइन् । उनले धेरै पटक त्यही पत्र पढिन् । त्यहाँ प्यारा शब्दले कोरिएको बिबाहको निमन्त्रणा पत्र थियो । र सोचिन विवाहमा सबैजनले मलाई सोध्नेछन् ‘तिमी को हौं ? के सम्बन्ध छ मानवसँग? त्यसबेला म के जवाफ दिउँला? के जवाफ देलान मानवजी ? हामी दुइबीच बनेका सम्बन्धलाई कसरी परिभाषित गर्ने ? सम्बन्धको सम्बन्ध राख्नु त परै जाओस, के नाम दिने ?

बारम्बार उनलाई यी प्रश्नले थिचिरह्यो । फेसबुक, ट्वीटर र अन्य सामाजिक सन्जालमार्फत अकस्मात जोडिएको सम्बन्ध अन्जान, न चिन्नु न जान्नु, त्यहि पनि दिपाजीलाई मानव अति नै प्यारो र आत्मिय लाग्दै गइरहेको थियो । कहिलेकाँही उसको सिधापन, निष्कपट, निश्छल र मिठास बोलीले उनलाई भित्रभित्रै कुत्कुताइरहन्थ्यो र Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : साँझ पर्छ र जीवन झर्छ

~उदय निरौला~

साँझ पर्छ र जीवन झर्छ
त्यो सूर्यमूखी फूलको
राज चल्छ मच्छडको र झूलको
जीवन त्यो फूलसँग पनि बाटिएकै छ
जीवन यात्रामा त्यो झूलसँग पनि नाता गाँसिएकै छ ।

सायद
यी दूर्गम देशका दूर्गम गाऊँका
र दूर्गमबाट राजधानी छिरेर
दूर्गम नाम अर्र्जिएका सुगमेश्वरहरुको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माटोको गन्ध

~प्रवीण खालिङ~prabin-khaling

मेरो हजुरबाको नङ्ग्रीले खोर्सिएपछि
उनको हजुरबाको विर्ता मौलिएको हो
उसरी नै मेरो बाले यही माटोमा
जीवनको पानी नउम्रने बाँझोमा
अरूले शीत ठान्ने पसिना भए
अरूले रीत ठान्न असिना सहे।
बाकै पौरखले देश हिँड्ने भयो
बाकै पसिनाले देश धान भयो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दृश्य

~डिल्ली मल्ल~dilli-malla

जब देखिदै जान्छन्
विकट विगतका उन्मुक्त सपना
र, सम्झन्छु–
आफ्नै शिरमाथिको विद्रुप वर्तमान
परेलीको पहाड नाघेर
उर्लिन थाल्छन् कर्णालीका छालहरु

आँखै अगाडि घुमिरहन्छ
आफ्नै चिहान खन्न
गैती र बेल्चा बोकेर कुदिरहेका योद्धाहरुको लस्कर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : ज्वार भाटा

~हेमन यात्री~heman-yatri

मैले पहिलो पटक भोजपुरको दुङ्मा देखेको लगभग एक दशक भएछ । यसबीचमा दुङ्माले थुप्रै आरोह–अवरोह पार गरिसकेको छ । उसबेलाको दुङ्मा र यसबेलाको दुङ्मा निक्कै फरक भएको छ । सपनाले नभ्याएको सडकबाटो आज दुङ्माको आँगनमा आएर लमतन्न पसारिएको छ । केटाकेटीहरू मस्त सुतीरहेको सडकको आङमाथि उफ्रिदै धुलो उडाइरहेका छन् । बाबुआमालाई दुईदिनको समय चोरेर धनकुटादेखि ढाकर बोक्नुपर्ने अवस्था छैन आज । विभिन्न दातृ निकायहरूबाट सामाजिक, आर्थिक र शैक्षिक विषयहरूमाथि कार्यक्रमहरू भैरहेका छन् । तर फेरिएका छैनन् यहाँका ढुङ्गा–माटो, बटवृक्ष, हावापानी र दुङ्मालीले बोकिहिँडेका मौलिक भाषा र संस्कृतिहरू । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : Love Jatra

~Bikrant Koirala~Bikrant Koirala

I was sitting, thinking, didn’t know what to tell her. No clear thoughts, to put it other way, I would try to create an environment inside my head where I could be and sort it out as craftily as possible. But the random memories provided a great deal of hindrance. Memories; some sweet, some sour, some good, some bad. They are all over in our heads. Living without them is impossible and living with them, damn, a hell of a pain in ass.

The place was regular, we often met there. There was nothing special about it, of course, the prices on its menu weren’t so heavy and its remote location meant less people, less Continue reading

Posted in Story | Tagged | Leave a comment

छन्दबद्ध मुक्तक : उत्कृष्ट लेखे

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : स्रग्धरा

लेखेको नै नहेरी अनवरत कुनै उत्तिकै ठोक्छ “आहा”
केहीलाई रचेका सुमधुर कृतिका काइदै छैन थाहा
जान्ने गम्किन्छ धेरै कमसल बिचरो कोर्छ जानीनजानी Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित कविता : जोगियोस तिम्रो आवाज

~शायक आलोक~sayak-alok
अनुवाद : राजा पुनियानी

तिमी चुपचाप बस्नुले तिमीलाई भित्र- भित्रै
यसरी खानुसक्छ
जसरी चुपचाप रहेको
किताबलाई
चपाइदिन्छ कीराले
चुपचाप उभिएको मूसालाई
टिपेर उड़्दछ
चील
तिमीले बोल्नु पर्नेछ – Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : १०४ ज्वरो

~सुवास खनाल~subash-khanal

र उसैगरी किन आउँदैन
उनीहरूलाई १०४ को ज्वरो ?
जब हेर्छु बाबाको अनुहार
चिम्सा आँखाहरूले लुकाउन
सकेका छैनन् आँसुका भुल्काहरू
हजुरआमा उनको प्यारो दम
खोकिलामा उसैगरी च्याप्दै बसेकीछिन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : चञ्चल तिम्रो मन

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

चञ्चल तिम्रो मनसँग वोल्न पाए हुन्थ्यो
सपना मेरो सझाएर तिमी आए हुन्थ्यो

कल्पनामा छचल्किन्छौ किन होला तिमी
चाहनामा वहकिन्छौ एक्लै हुँदा पनि
निश्छल तिम्रो आतसँग हाँस्न पाए हुन्थ्यो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment