गजल : यता गाउँतिर

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

खाली छन् है प्रगतिका पाना यता गाउँतिर
चुहेका छन् हिजोजस्तै छाना यता गाउँतिर

बगेका छन् यति धेरै पसिना र रगत तर
सुनिदैन जिन्दगीको गाना यता गाउँतिर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : गुड फ्राइडे

~भूधरा उपाध्याय~bhudhara-upadhyay

धेरैजसो मान्छेले भनेको सुनेको छु शुक्रवारलाई ‘गुड फ्राइडे’ भनेर। तर मैले कसैलाई सोधेको छैन – ‘किन गुड फ्राइडे ? यो दिनलाई गुड बनाउन के के गर्छौ?’ स-साना नानीहरुको स्कुलमा ‘हाफ’ बिदा हुने हुनाले पढ्नु पर्दैन , छिट्टै घर फर्किएर धेरै खेल्न पाउँछन् त्यसैले ‘गुड फ्राइडे’ भयो होला। कार्यालय समय पनि अरु दिनको भन्दा दुई घण्टा कम भएकोले साथीहरुसँग रमाउन, सिनेमा हेर्न अथवा मासु वा माछाको पोको बोकी घरमा बसेर खाँदै रोमान्स गर्न‌ पाइने हुनाले ‘गुड फ्राइडे’ भयो होला।

म पनि शुक्रवार निकै खुसी हुन्छु। बिहान नुहाइधुवाइ चिटिक्क पर्छु। नयाँ ताजगी ल्याउन अनुहार सिंगार्छु अनि शरीरभरि मगमग वास्ना आउने अत्तर छर्किन्छु। निकै फूर्तिकासाथ कार्यालय पुग्छु। दिन ढल्किदै जान्छ। म Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कार्यपत्र : नेपालमा बज्जिका भाषा : साहित्य र भविष्य

~सञ्जय साह मित्र~

मुख्यरूपमा भारत, बिहारका केही जिल्लाको प्रमुख भाषाको रूपमा रहेको बज्जिका नेपालका केही जिल्लाहरूमा समेत लोकजीवनको मुख्य भाषाको रूपमा रहेको छ । नेपालमा बज्जिका भाषाको भौगोलिक सीमाक्षेत्रबारे मतैक्य पाइन्न । कतै बारादेखि महोत्तरीसम्म त कतै बारादेखि सर्लाहीसम्म बज्जिका बोल्ने गरिएको उल्लेख पाइन्छ । यसैगरी कतै सर्लाही र रौतहटमा बज्जिका बोलिन्छ भनेर पनि लेखिएको भेटिन्छ । नेपाल र भारत दुवैतिर यो भाषा बोल्ने गरिएको सन्दर्भमा भारतको उत्तर बिहारका जुन जिल्लाहरूमा बज्जिका बोलिन्छ, बिहारसित सीमा जोडिएका नेपालका तिनै जिल्लाहरूमा बज्जिका बोलिन्छ भन्ने प्रमाणहरूबाट स्पष्ट हुन्छ । नेपालमा बज्जिका भाषाबारे खासै चर्चा गरिएको पाइन्न । यहाँ नेपालीय बज्जिकाबारे सङ्क्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

लघुकथा : प्रहरी पुरस्कार समारोह

~मुकुन्द आचार्य~

भव्य समारोहको आयोजना थियो । राम्रो व्यवस्था–राम्रो जनसहभागिता । थुप्रै प्रहरीहरू पुरस्कृत र सम्मानित भए । सर्वत्र खुशी, उम·, उत्साह छरिएको थियो । अनेकौं चम्चाहरू सहयोगमा सक्रिय थिए ।

दर्शकदीर्घामा बसेको दश वर्षीय बालकले सोध्यो–“डैड १ यी प्रहरीहरूलाई केका लागि पुरस्कार दिएको ? मैले त क्यै बुझिनँ १” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पौराणिक समीक्षा : उपनिषद्को प्रश्न

~शीतल गिरी~Shital Giri

आरुणिको समय आफ्नो शिष्य याज्ञवल्क्य (६५०ई.)भन्दा केही पहिले होला र आरुणिको गुरु हुनाले प्रवाहण जैवलिलाई हामी त्योभन्दा केही पहिलेको मान्दछौं । प्रवाहण पञ्चालको क्षत्रिय राजा थिए । प्रवाहणको बारेमा उपनिषद्भन्दा बाहिरको कुरो मलाई थाहा छैन । उसलाई त्यसैगरी बुझ्नुपर्दछ जसरी उपनिषद्ले बताएको छ । यस कारण उपनिषद् प्रति आस्थाको प्रश्नले मलाई लोभ्याएको छ, धर्मप्रतिको आस्थाले होइन । धर्मलाई जीविकोपार्जनको माध्यम बनाएर धर्मप्रति आस्था देखाउँदैमा कोही पनि विशिष्ट बन्न सक्दैन । त्यस्तो विशिष्टको चर्चा पनि मलाई गर्नुछैन । त्यहाँ लोभ, लालच र द्वेषसँग स·त गर्नुपर्ने हुन्छ । वास्तवमा धर्मको मत–मतान्तरबाट द्वेषको जन्म हुन्छ । म त्यस्तो धर्मको बाटोबाट एकदम पृथक छु । यसरी पृथक बस्दा मेरो कुनै अहित भएको छैन । अत: स्वार्थपूर्ण धार्मिक चर्चाहरूबाट टाढा एकान्तमा बसी स्वअध्ययनमा रम्न रुचाउँछु । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : मतभेद

~विमल निभा~Bimal Niva

केही वस्तुहरुसँग
मेरो गम्भीर मतभेद छ
माथि आकाशमा
अल्छी मानि–मानिकन
हिँडिरहेको चन्द्रमासँग
मेरो कुरा मिल्दैन
म रातसँग सहमत छैनँ
बगरेको चुपी, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : बाँच्नुको अर्थ

~अमर त्यागी~amar-tyagi

# म विदेश जान तयार भएँ।आमाबुवाले बडो स्नेहभाव दर्शाउन थाले। श्रीमतीले पनि आदरआत्मीयता बर्साउन थालिन्।

# म विदेश नजाने र स्वदेशमै केही गर्ने निर्णय सुनाएँ। आमाबुवाले झर्कोफर्को गर्नथाले। श्रीमती पनि ततर्केर हिंड्नथालिन्। Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

लोक कथा : भैरव शिकारी र स्याल

~अज्ञात~

कल्याणपुरमा एकजना भैरव नाम भएका शिकारी बस्दथियो। त्यों एकदिन धनु-बाण लिएर शिकार को खोजी मा विन्द्यांचाल वन मा पस्यो। त्यहाँ त्यसले एवटा मृग मारयो अणि त्यों मृग काँध मा हालेराफर्कन लाग्दा बाटो मा एवटा भयंकर बन्देललाई देख्यो।अनि त्यसले त्यों मृग लाई भुईमा राखी त्यों बन्देललाई निशाना पारी कसेर एवटा बाण हन्यो। त्यों बन्देल बाण ले खुतरुक्कै नमरी घाइते मात्र भयो अनि बाण का चोट को पीरले बौह्लाएर बन्देल त्यों शिकारी माथि जाइलग्यो। बन्देल को त्यस्तो भीषण प्रहरले शिकारी ठहरै मरिहाल्यो अनि त्यसको साथसाथ माँ बन्देल पनि घुर्लुप्प भइहाल्यो।

ती दुइका छटपटले अहरको खोजीमा निस्केको एवटा साँप पनि त्यही नै काच्याक कुचुक्क भएर मारना गयो। Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment

सूत्रकथा : अचूक सूत्र

~दिलीप आचार्य~Dilip Acharya

धन, पद र नामको पछि लाग्दा लाग्दै तनाव र रोगका सिकार भएका नगरवासीलाई तनाब र रोगबाट त्राण दिन भनेर नगरमा एकजना चमत्कारी बाबाको प्रवेश भएको थियो । शहरको चोक, गल्ली सबैतिर उनको शिविरको बारेमा आकर्षक विज्ञापन छापिएको थियो ।

“धनको पछि नलाग्नुस, धन आरोग्यको दुश्मन हो। स्वास्थको ख्याल गर्नुस..जीवन जिउने अचूक सूत्रका लागि बाबाको तीन दिने शिविरमा आउनुहोस्” Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : चढ्नु छ एउटा अजङ्गको पहाड

~ढक बहादुर बस्नेत ‘आकाश’~Dhak Bahadur Basnet - Akaash

विस्तारै विस्तारै अ“ध्यारो अत्याचारबाट
उज्यालो न्यायतिर वामे र्सर्दै गरेको
शरणार्थी समयलाई
विषाक्त विचारको कोर्रर्ाा हिर्काउ“दै

बेइमान परिवेशको धुमिल छाया“मा
किशोर उज्यालोको हत्या गर्नेहरुसंग
म विजयको बा“सुरी बजाउन सक्तिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : जीवनका प्रभाती किरण

~मदनमणि दीक्षित~madan-mani-dixit_large_1979bs

बिहान साढे ४ बजेको होला, झिसमिसेमै अकस्मात् सुन्धाराको धरहराबाट विगुल बज्यो । विगुलको आवाज दुःखद थियो । युगान्त भएको राष्ट्रिय सूचना जस्तोले घडीको क्वाटर हान्दाखेरीको ट्याङ्ग टिङ्ग-टिङ्ग ट्याङ्गसागै सबै हामी ब्युझियौा ।

“लौ बित्यास बन्यो राति एघार बजेदेखि १ बजेसम्म कुरुवा बस्दा हिजै भाइ सिद्धिमणिले आशा छोडिसकेका थिए । गाथका साहस र मुटु गल्दै गएका थिए लौ झट्टै लुगा झिकी दे जानैपर्छ यस्तो बेला । हर्केलाई उठाएर घोडा कसिहाल्न भन् म आइहालेा” बेड स्वीच थिचेर बत्ती बाल्दै मेरा पिताले मेरी आमालाई अह्राउनुभयो । घडीको भित्ता भने स्प्रेहाहीन, कामनाहीन, टिक-ट्याक टिक-ट्याक गरिरहृयो । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : उन्माद

~गोविन्दप्रसाद आचार्य~

मनभित्र केको, केको उन्माद उर्लिएको छ
बिना कारण उन्मादको मन उम्लिएको छ
बेतालका बाँसुरीको धुनलाई मिठो भन्नुपर्ने
पटमुर्खले घाँटीमा सुर्के गाँठो कस्दा स्वागत गर्नुपर्ने

उन्मादको शासनमा सत्य फाँसीमा झुन्डिन्छ
उन्मादका शासनमा शासक विदेशको प्रवक्ता बन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : औंसी, घाम र प्रशान्त

~भोला सिवाकोटी ‘पुरानाघरे’~bhola-siwakoti-puranaghare

चुक पोखिए झैं अध्यारोमा
चुनौतिका बाटाहरुमा सम्भावनाहरु ओछ्याएर
पाइलाहरुसगै साधना र अभ्यासहरु उचालेर
अगाडि आखा सामुन्ने
औसीका शीतयुक्त कालारात्रिहरुमा
झलझलाकार पूर्णीमा देखेरै
साझपख उभिन्छन् पहाडसगै प्रतिभाहरु
उदाउछन् सूर्य बनेर औसीलाई
मध्य औसीमा उभिन्छन् सूर्य बनेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Before Leaving for Town

~Masan Upasak~masan-upasak
Translation: Mahesh Paudyal

Before leaving for town
we ought to look
at Mothers old loin
and promise, we would change it the following year;
ought to listen to Fathers age-old dreams
and counsel, we have to dream anew henceforth;
scan peers faces never to forget them;
show the scar on the left cheek
and bequeath traces of memory somewhere back; Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : बेसोमत झन्डाहरू

~कल्पना चिलुवाल~kalpana-chiluwal

यो राष्ट्र
प्राङ्गारिक मलखाद हो
जहाँ सप्रिएका छन्
ठुलाठुला झन्डाहरू

यिनै झन्डाहरू
अझै सप्रन
अवैधानिक सन्धि-सम्झौताको बाटो गरी
आयात गर्दैछन्
रासायनिक मलका विषाक्त बोराहरू
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सहारा

~यादव देवकोटा~Yadav Devkota__2

“उमेर घर्किंदै गएपछि लौरोले मात्रै भर नदिंदो रहेछ, छोराछोरीको सहाराको आशा बढी हुने रहेछ”, एकसाँझ् फोनमा बुबाले भन्नुभयो, हिक्का छोडुँला झैँ गरेर ।

“बुबा म हिंड्छु नि”, थर्थरी कामिरहेका खुट्टाले भुईंमा टेक्दै भनें, “तपाईंको काँध गल्यो होला ।”

तीनदिनसम्म हनहनी ज्वरोले थलिएपछि एकाबिहानै काँधमाथि राखेर हटिया लैजाँदै हुनुहुन्थ्यो बुबाले मलाई । तालखोला तरेर घोप्टेको उकालो चढ्दा टाउको रनन्न पार्ने गरी घाम चर्किसकेको थियो । खल्खली पसिना निकाल्दै उक्लने क्रममा बुबाले एक पटक खुइय गर्नुभएको थियो । हाम्रो अघि–अघि एक वृद्धा लौरो टेकेर उकालोमा घिस्रिरहेकी थिइन् । लाग्थ्यो, त्यो उनको जीवनको अन्तिम उकालो हो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म नेपालकी छोरी

~शुभ श्री~

अनन्त यात्रामा आज
तिमीसँग हातेमालो गर्न
धर्तिमा आएकी छु
मुठ्ठी अझै खोलेकी छैन
जनताका सत्रुलाई प्रहार गर्न
हटेकी होइन म पछाडि
तिमीलाई समेत्न आएकी
नेपाल आमालाई नहेप
म फेरि घुम्दै उन्कै रक्षा गर्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लास

~धुस्वां सायमि~dhuswan-sayami

मेरो
एउटा ‘म’ छ
यहांको स्थितिमा
सदा आफूलाई मरेको पाउंछ
तर सधैका लागि
कहिल्यै यो मर्दैन
र, यो बांचेर उठ्छ/जिउंछ

मेरो
एउटा ‘म’ छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना भित्र को एक चित्रण

~दिवाकर सिग्देल~

यो ऐना !
आहो यो त म हो !
लौन, ऐना भित्र म भेटिए !
यो बिशाल आकासमा,
मेरो शरिर ,
हात खुट्टा, टाउको इत्यादी आकारमा ब्याप्त रहेछ |
यो अविछिन्न दौडिरहेको आकृति |
हस्यांग फस्यांग स्वास , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नियति

~सरिता अर्याल~Sarita Aryal

रजस्वला नभई विवाह गरिदिए स्वर्ग पुगिने विश्वासमा हजूरबुबाले १३ वर्ष नलाग्दै मेरो लगनगाँठो कसिदिनुभयो । त्यस वेला मेरो काया बढीमा चालीस किलोको थियो होला । कोही नभएको केटालाई दिएकोले मेरो सुहागरात डेरामै भयो । घर पनि नभएको केटालाई किन दिएका होलान् ! बिर्तावालकी नातिनी पो थिएँ म त ! यस्तै गम्दै भित्रिएपछि कोठामा नजर दौडाएँ । एउटा सानो खाट, एउटा टेबुल, एउटा कुर्सी र भित्तामा झुन्ड्याईएका केही सर्ट–पाइन्ट । बस यत्ति !

एउटा प्लेटमा मासु र चिउरा लिएर आएकी दिदीले भनेकी थिइन्, “भोलिदेखि आफैं व्यवस्था गर्नू, आजलाई यही खाऊ ।”

कोठामा कोही थिएन, साँझ् प¥यो भोक पनि लाग्यो । खान कसलाई सोध्ने ? दिएको मलाई नै हो भनेर भकाभक खान थालें । मासु–चिउरा खाएपछि झ्म्म निन्द्रा लाग्यो । भुईंमा सुत्ने विस्तरा थिएन, खाटैमा पल्टिएँ । ढोका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आखिर, समुद्रलाई पनि आँसु चाहिँदो रहेछ

~अरुणा बैद्य~aruna-vaidya

कुनै समयमा समुद्रले भनेको थियो
मलाई आंसु चाहिदैन,
र बन्द गरेर कथाका थिमहरु बाकसभित्र
ऊ घाम ताप्न वसेको थियो,
आफ्नो कथा अव कसैलाई भन्दिनँ भनेर ।
तर
समुद्र हो आफै
ऊ पनि भिज्छ,
एक्लै भिज्छ
बिझेर भिज्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमी

~प्रतिमा विवश राई~pratima-biwash-rai

आँखाको नानीमा तिमी
आकासको जूनमा तिमी
लाखौँ ताराहरूमा तिमी
मुटुको स्पन्दनमा तिमी ।

हरेक शुभप्रभातमा तिमी
ढल्कँदो साँझमा तिमी
मेरो सपनाको राजकुमार
जीवनको यात्रामा तिमी । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : आंसु र पानी

~कात्यायन~dhanwantari-mishra-katyayan

– ऊ आंसु झार्ने कलामा निपूण थियो |

– उसको आँसुमा मान्छेहरू आँसु झार्थे | आँसुमै बहकिंथे | बलिन्द्र-धारा बगाउँदै सुकसुकाउंथे | आँसुको मूल्य तोक्थे |

– उसले आँसुबाटै यश-ऐश्वर्य, घर-जाम सबै जोडिसकेको थियो | पत्नी-प्रेमिकाहरूको पनि उसलाई दु:ख थिएन | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : गाउँकी भाउजूसित

~स्वप्निल स्मृति~Swapnil Smriti

सुँगुरपाठा व्यापारी दाजुको काँध न हो देउराली
ढोगें र घोडा चढें …
औंशीहाटमा टाढैबाट चोर औंलाले
हजूर चिनाइदिने गल्ती गरें जो !
त्यही दिन हारें दाजुसँग ।

यो चट्याङहरुको देशमा
मैले माया लाउन जानिनँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्घोष

~सीमा आभास~seema avas

तपाईंले लेखेको किताब
तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ
मै हुँ यो सभ्यताको धरोहर
तपाईंको सभ्य शैली
मन्त्र जस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ ।

तपाईंको निन्द्रा र सपना
ध्यान, जप, तप मै हुँ
म नै हुँ तपाईंको नग्नता छोप्ने बस्त्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : झरी पर्दा सम्झिन्छु……

~गणेश खड्का~Ganesh Khadka

अचेल झरी पर्दा-
थुप्रै-थुप्रै पुराना झरीहरु सम्झिन्छु म
जुन झरीहरुले मलाई झरीसँग प्रेम गर्न सिकाए,
झरी पर्दा सम्झिन्छु मेरो बालापन
अभिभावकको आँखा छली-छली झरीमा रुझी खेलेको
र, चिसोले हनहनी ज्वरो आउँदासमेत
झरी परेको आँगनमा उफ्रेको
झरीमा रुझ्दा ज्वरो आउँछ भन्ने ज्ञान जान्न थालेपछि-
पिसाबले कटकटी खाँदा पाइखाना जान नसकेर सू…गर्न
बलेसीबाटै तुर्क्याएको सम्झिन्छु झरीसँगै सार मिलाउँदै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘आइसल्याण्डको सर्प’ जस्तो जेल जर्नल

~क.दी.~

book-cover-b-p-koirala-jail-journal-biography

बीपी कोइरालाले जेलमा लेखेर थन्क्याएको ‘डायरी’ गणेशराज शर्माको सुझबुझले गर्दा ३३ वर्षपछि छापिएर आज हाम्रो पुस्तक सम्पदा बन्न आइपुगेको छ।

शुरूमा हिमाल खबरपत्रिकामा एक वर्षभित्र ‘पुस्तक सम्पदा’ का चौबीस ओटा प्रकरण मात्र लेख्ने कुरा भएको थियो। त्यसैले यो पच्चीसौं प्रकरण भनेको हाम्रा लागि फोसामा प्राप्त वस्तु हो।

‘फोसा’ भन्ने शब्द मूलमा नेवारी हो, ठिक्क अंग्रेजीको ‘बेकर्स डजन’ भनेजस्तो पसलेले विना मूल्य दिने तर काम लाग्ने कुरा। हामीले यहाँ कुरामा ‘फोसा’ भने पनि विश्वेश्वरप्रसाद कोइरालाको जेल जर्नल फोसा होइन, एउटा अत्यन्त महत्वपूर्ण दस्तावेज हो। नेपाली Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : बुद्धको देशमा युद्ध

~दिलिप योन्जन~Dilip Yonjan

बहुदलको घोषणा
नव दुलही झै
ओल्लो सडक तल्लो चोक
वारीको बस्ति र पारीको छितिज
तिर मिर..तिर मिर… मान्छेको आकृति
शहिदको सालिकहरुले
एक तमास हेरी रहे.. हेरी रहे… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लामो कथा : कल्पनाकुञ्ज

~रजित ओझा~Rajit Ojha

कठघरा मा दोषि भएर उभिँदा र सजाय नपाउँदा खुशि लाग्छ भनेर कसैले भन्छ भने म त्यसलाई सम्पुर्ण रुपमा गलत मान्नेछु । दोषि भएर पनि सजाय नपाउनु र त्यसको आत्मबोध आफुलाई हुनु जस्तो असहज केहि पनि हुन्न रहेछ । आफु भासिएजस्तो लाग्छ कुनै दलदलमा अनि पल प्रति पल जति निस्कन खोज्यो उति डुबे झैँ लाग्छ ।

त्यो दिन हाम्रो घरको Living room धेरै बेर सम्म तनावग्रस्त रहिरह्यो । म घोसेमुन्टो लगाएर उभिएको उभियै भएँ । घरि घरि आँखा उठाउन खोज्थेँ तर फेरि झूकाउनु परिहाल्थ्यो । बुवा आँशु भरिएका आँखाले मलाई हेरिरहनु भएको थियो । मलाई वहाँको अनुहार हेर्न मन लागेको थिएन अथवा भनौँ मैले आँखा जुधाउन सकिन । लोग्नेमान्छेको आँखामा आँशु ज्यादै दयनिय देखीन्छ । एकदम बिवश लाग्छन् मलाई लोग्नेमान्छेहरु रुँदा ! निरुपाय भएर मात्र रुन्छन् लोग्ने मान्छे , जहिले सम्म निकास देख्दछन् तबसम्म रुन जानेका हुन्नन् ! खोई के Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रेमको अभिव्यक्ति

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

झिँगटि घरको दलान छेउ
उम्रेको एक थान प्रेम माथि
मैले कबिता लेख्नै पर्छ ।
कुम्खा भित्र लुकेको माया
हार्दिकता ताप्न निस्कदाँ
हो, त्यति खेरै हो
मैले उनलाई प्रेम गरेको ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटा सडकका दुइटा कथा

~रजित ओझा~Rajit Ojha

जगतले झ्यालबाट टाउको बाहिर निकाल्दै टाढैसम्म हेर्न खोजेको थियो, तर उसको नजर चार वटा गाडीभन्दा परको पहरामा गएर ठोक्कियो । त्यहाँबाट बाटो मोडिन्छ । जति घाँटी बाहिर निकाले पनि उसले त्यहाँभन्दा पर देख्ने छैन ।

कसैले उसको कलर कोट्याउँदै सोध्यो, “दाइ काँक्रा खाने हो ? चिसो छ । मीठो छ ।”

सिमसिम पानी परे पनि बाहिर गर्मी नै छ । उसलाई पसिना बढी नै आउँछ । पसिना गन्हाउने पिरले उसलाई सधैं पिरोल्छ । हुन त ऊ त्यति साह्रो मोटो छैन धेरै पसिना आउनलाई । मान्छेअनुसार पसिना आउने/नआउने फरक पर्छ शायद । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रिय सखा !

~कृष्णसेन “इच्छुक”~

ए, मेरो प्रिय सखा !
जीवनसङ्ग्रामको यस दौरानमा
एकै यात्राका सहयात्री हामी
अहिले हाम्रो साथ तिमी नरहे पनि
मुक्तिका लागि विश्वभर लडिरहेका
योद्धाहरूको वीरतापूर्ण कथाहरूमा
एउटा कथा तिम्रो पनि थपिनेछ
न्यायका लागि संसारभर लडिरहेका
जनताको गौरवशाली कथाहरूमा
एउटा कथा तिम्रो पनि थपिनेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment