कविता : नयाँ नेपाल

~तिर्थ प्रसाई ‘ अभिनव’~Tirtha Prasai 'Abhinav'

हिजोआज,
हरेक दिन
थेत्तरो महलले
जीर्ण झुपडीलाई फकाउँछ,
‘आइज,
तेरो र मेरो बिहे गर्नुपर्छ ।’

‘किन?’
प्रश्न झर्छ झुपडीको– Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आदिवासी धुवाँ

~राजा पुनियानी~Raja Puniyani

“गावं छोड़ब नाहीं
मां-माटी छोड़ब नाहीं
जंगल छोड़ब नाहीं”
उसलाई पृथिवीबाट लखेटियो
त्यसैले
उसले पृथिवीलाई नै काँधमा हालेको छ
उठिरहेछ
लखेटिएको पानीबाट
आदिवासी धुवाँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी आमा

~बाबु त्रिपाठी~babu-tripathi

टारीमा कुटो कोदालो लाउँछिन्
हिलो मैलोसँग खेल्छिन्
पसिना हो कि औँलाहरू रोप्छिन्
तर फल्ने बेलामा
सुनका झुप्पाहरू फलिदिन्छन् ।

पक्कै पनि–
मेरी आमा र माटोबीच Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : म रोबर्ट

~सुवास खनाल~subash-khanal

म मान्छे भएर बाँच्ने अभीप्सा कुनै समय पूरा हुनेछ । शायद यही सोच्नु नै समस्याको सुरुआत रहेछ । समस्या, यो कुनै मेरो पि्रय साथीको नामझैँ बारम्बार मेरो मानसपटलमा निर्धक्क हिँडडुल गर्ने कुनै विकिरणीय तरङ्गजस्तो एब्स्ट्रयाक्ट आकृति हो । रुसो भन्दै हुन्छ-मानिस स्वतन्त्र जन्मिन्छ र समाजले उसलाई परतन्त्र बनाउँदै लैजान्छ । यो अलिक पुरानो मोडलको विचार हो । अब मान्छे क्रोमोजोम अवस्थादेखि नै सुरक्षित छैन । ऊ उहीँदेखि परतन्त्र छ । एउटा सत्य कुरा गरूँ म आफू नै पुरुषसूचक क्रोमाजोम थिइनँ भने शायद मेरो हालको अस्तित्व सम्भव थिएन । मेरो क्रोमोजोमल अवस्थामा नै घाँटी निमोठिने थियो ।

मसँग विचार छ । मसँग चेतना छ । मुटु छ । मसँग बोल्नका लागि ओठ र जिब्रो छ । अन्य सबै अङ्गप्रत्यङ्ग छन् । मान्छेकै जस्ता सबै भावभङ्गिमाहरू भएरै पनि म मान्छेजस्तो किन छैन ? सपनाहरूले नै ब्रहृमाण्ड सिर्जना हुने भए मसँग अनन्त ब्रहृमाण्ड सिर्जना गर्नसक्ने अनन्त सपनाहरू छन् । कल्पनाहरूको सहर हुँदो हो त Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

अनूदित कविता : युवा कवि

~निकानोर पारा~nicanor-parra

लेख तिमीलाई
मन लागे जस्तै
जुनसुकै शैलीमा लेख
पुल मुनिबाट
बगिसकेको छ धेरै रगत
केवल एउटै मार्ग सहि छ Continue reading →

Posted in अनूदित कविता | Tagged | Leave a comment

छन्द कविता : सपनाकी प्रियतमा

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- शिखरिणी

बन्यो गाढा तन्द्रा भुसुभुसु सुते लोचनहरू
सिरानीमै टुङ्गे क्षणिक पलका गन्थनहरू
भए फिक्का बोली, अवयव निदाए शयनमा
उदाइन् रम्भा झैँ झलल सपनाकी प्रियतमा !!

सुगाको झैँ बोली, हरिणसरि सङ्ला नयन छन्
गलामा गीताका हरफसरि मीठा वचन छन्
परेलीका ताँती झिमझिम अहो सुन्दर छटा
घसेका गालामा जलरहित सेता घनघटा ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : नकोरीएको रेखाहरु

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

१.

“यो अत्याचार हो,  तिमीले म माथी गरेको अत्याचार” । उ भन्दै थियो उ भित्रको ज्वालामुखी बिस्फोट हुदै थियो । निकीताको शिर उसको छातीमा अझै टासिएको थियो । उनको आखाँहरु बाट अघी देखी नै अबिरल अश्रुधारा बगिरहेका थियो । निकीता पर कतै एकटकले हेर्दै थिई उसको आखाँहरु आशुले टप्प टालीएको जस्तो देखीन्थ्यो । उसले निकीतालाई कसेर आफ्नो छातीमा अघी देखी नै टाँसिरहेको थियो । उ एकै ठाउँमा गुटमुटीएकी थिई । उनको लगातार बगेको आँशुले उसको कमीज पुरै भिजीसकको थियो ।

–“होईन, यो अत्याचार हो । तिमीले मलाई कमजोर बनाई सकेको छौ” । उसले आफ्नो धर्य फेरी टुटायो उ बोल्दै थियो ।

निकीता केही बोलीरहेकी थिईन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठमेल स्टप

~पवन बराल ‘अनुरागी’~

एक्कासी भावुक भएर मनोरन्जनात्मक कार्यक्रम ,त्यो हो हल्ला ,राष्ट्रिय नाचघरको रङ्गमय वातावरण छाडेर निस्किएँ कोटेश्वरको लागि । काठमाडौँ भन्दा पनि धुलोमाण्डु भन्न सुहाउने सहरको रात्री कालीन समय ,ओहोर दोहोर गर्ने मान्छेहरुको बढ्दो चाप , जताततै बालिएका मधुरा बत्तिहरुको बिचमा एउटा अपवाद म ।“टिरिङ्ग टिरिङ्ग” मोवाइलको घन्टी बज्यो उठाएँ होहल्लाले गर्दा त्यति राम्रो सुनिएको थिएन त्यहि पनि मुख छोपेरै कुरा गरँे । कुरा गर्दे जाँदा बच्चाबेला देखिको मिल्ने साथी केशवले सम्झेको रहेछ । अमेरिकाबाट नेपाल आएको भएर ,आजको साझँ रमाइलो गर्नलाई । आज अलि व्यस्त छु , अर्को दिन पक्का भनेर जसोतसो साथीको आशालाई निराशामा बदलेर मन , दुखाएरै भएपनि उसको कुरा टारेँ । र लागे कपुधारा दाजुको कोठा तर्फ । यी दाई मलाई सल्लाहसुझाव दिने मेरा सल्लाहाकार जस्तै थिए । सानै देखिको चिनजान ,आत्मिएता र एक अर्कोप्रतिको खुलस्तताले होला अलि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : इन्क्लाव जिन्दावाद

~मोहनविक्रम सिंह~

आँखा खोल सुन अब
इन्क्लाबको आवाज यो
हिमचुली नाघी आयो
क्रान्तिको सन्देश हो
नयाँ आज हाम्रो साइत
महान् हाम्रो यात्रा छ
आँखा उठाऊ माथि हेर
हाँसिरहेछन् भाष्कर
मुर्दाहरूका घाटमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हामीलाई फुटाउँदैछन्

~राहुल पुन~

हेर हेर हामीलाई फुटाउँदैछन्
फाइदाफेरि उनैले उठाउँदैछन्

वर्षौंदेखि सँगै मिली बसेका
भौगोलिक रुपमा छुट्टाउँदैछन् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : दरुवाको भोली

~दीपक घिमिरे~Deepak Ghimire

‘ओइ एक प्याक लगाम्, रातीको ह्याङ चट् हुन्च…’ आँखा मिच्दै रिसिभ गरेको फोनमा ‘मोटे’ बोल्दै थियो ‘बचेको मासु तताउँदै गर् म ल्याएर आएँ ।’

म बोल्नै पाइनँ, उसले फोन राख्यो ।
कोठाका झ्याल छैनन् । आपसमा जोडिएका तर, बजारका अलगअलग घरहरु । उठेँ । झन्न रिँगाटा लाग्यो । लरबरिँदै भित्ताको स्वीच दाबेँ । कोठा उज्यालो भो ।

नचाहेरै नजर कोठाभरि दौडिएँ । ‘रोयल स्टेग’हरु असरल्ल थिए । कोठाभरि बोत्तल अनि हड्डीका टुक्रा ।

चुरोट अनि रक्सीको गन्ध । कोठा डुङडुङ्ती भएको थियो । टाउको बम्म थियो । कन्चट चिर्किरहेको थियो, फुट्लमजस्तै भएर । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देश रोएको बेला

~बासु शर्मा ~Basu Sharma

आफू उभिएको माटो
आफू हिँडेको बाटो
खै कसरी मजबूत हुने होला
जब कि देश उठाउने बिँडो बोकेकाहरु
मध्यमार्गमै जिम्मेवारीको ढाकर बिसाएर
आपसी गाली गलौजमा उत्रन्छन्
र, लाज शरम पचाएर
नाङ्गानाङ्गै नाचेर उफ्रन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मौसम/बेमौसम

~डा.रुपक श्रेष्ठ ~Dr Rupak Shrestha

शिशिर
सधैँझैँ पोहर पनि
ओढेर धेरै अँध्यारो
लिएर थोरै उज्यालो
आईपुग्यो लिएर क्रिशमस
त्यही
अँध्यारो र उज्यालोलाई
बेरेर आएको ठिही देखेर
जिससले प्यारले पठाए
रोटी र पवित्र पेय
आफ्नै खून र पसिनाको
फुसफुस भेँडाका ऊनहरुसँगै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई माफ गर

~पवन शर्मा~Pawan Sharma

म दौडिँदै अतालिँदै
पुलिस थाना पुगेँ
अनि निवेदन गरेँ
महाशय ! मेरो बलात्कार भो
मलाई न्याय बक्स होस्
चकित हुँदै पुलिसले सोध्यो
कहाँ ? कसरी ? को ? कहिले ?
मैले भने हे न्यायकर्ता !
मेरो भावनाको बलात्कार भो
रिपोर्ट लेख अनि मलाई न्याय देउ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कोठा

~बिक्रम ज्ञवाली~Bikram Gyawali

केहि तस्बिर झुन्डिएको भित्ता
तल सानो खाट
यत्र तत्र फालिएका लुगाहरु
कुनामा हस्तमैथुनको ब्रिय्य लागेका
टिस्यु पेपरहरुको टुक्रा
सिरानी र त्यसको तल
प्रयोग हुन नपाएका कन्डमहरु

हो यो मेरो कोठा हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : खस्यो पुजा थाली

~राजकुमार श्रेष्ठ ‘दीप’~Raj Kumar Shrestha 'Deep'

मन्दिरकै संघार मा खस्यो पुजा थाली
दैव पनी मेरो निम्ती बन्यौ किन जाली

बजेनन् ती घण्टाहरू मैले बजाउदा
पछ्यौरीमा अल्झ्यो हात चुरा सजाऊदा
टुक्रिएर झर्यो भुईमा भयो खाली खाली Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : साँचो कुरा

~भैरव अर्याल~Bhairab Aryal

साँचै भनूँ भने बोली फुटेदेखि बाक्य बन्द नहुन्जेल सबभन्दा बढी लिने अर्ति र दिने उपदेश साँचो बोल भन्ने नै हो । बाह्रखरी विशारददेखि लिएर विद्वत् शिरोमणिसम्मका गुरुहरूको पहिलो दीक्षा र सानो वर्णमालादेखि लिएर महापुराण मालासम्मका ग्रन्थको पहिलो शिक्षा पनि साँचो बोल नै भन्ने सुनिन्छ । भाषा मात्र फरक हो, भावना बुद्धका आर्य अष्टा¨ पढूँ वा क्राइष्टका टेन कम्यान्डमेन्ट सुनूँ ऐजन बमोजिम साँचो बोल्ने आदेश नदिएको कसैले छैन । यसरी सबतिरबाट एक स्वरले चिच्याएपछि कसै न कसैले त सा“च्चै साँचो बोलिदिनुपर्ने हो, तर साँचै बोलूँ भने साँचो बोल भनी अर्तिमाथि अर्ति थप्नेहरूकै मात्र बोली केलाउँदा पनि ७५ प्रतिशत झुठ नमिसिएको होला जस्तो लाग्दैन । प्रमाणको लागि धेरै किन कोट्याऊँ– “जब–जब धर्मको ग्लानी र अधर्मको उत्थान हुन्छ, तब म आउँला” भनी आश्वासन दिंदै सुइँकुच्चा ठोकेका भगवान् कृष्ण उनकै मूर्तिहरूको चोरी–ब्यापार चलिसक्दा पनि पटक्क फर्कदैनन् । लौ Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : कसैलाई काँडा लाग्छ

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

संसार एउटै हुन्छ सानु, कसैलाई काँडा लाग्छ |
कसैलाई नैतिकता त, कसैलाई छाडा लाग्छ ||

समथर सतहमा, चरित्र छन् अनेकथरी |
मनभित्र पस्ने सिंढी, उकाला र ठाडा लाग्छ || Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सही बाटो

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

संकीर्णताको परखाल नाघी
यथार्थ वैज्ञानिक पन्थ लागी
पीडितमा जागृति बत्ति बाल
भगाइद्यौ भारतका दलाल

प्रगति भो अब व्यापक जाज्वल
परिसके प्रतिगामीहरू तल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मानुषी

~पारिजात~parijaat_3

तिमी र म एउटै होइनौं
एक–अर्काका पूरक मात्र हौं
त्यसैले
तिमी मेरा थुप्रै
अनुभूतिहरुका
भागीदार हुनसक्दैनौ
म तिम्रो मृतदेहसँग
जिउँदै मर्नसक्छु
म तिमीहरुको
सामूहिक बलात्कार
खपेर बाँच्न सक्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मीठो माया हुन्छ

~आचार्य प्रभा~acharya Prabha

तिम्रो इर्ष्या मेरोलागी अझ मीठो माया हुन्छ
तिम्रो डाहा मेरो लागि मनै छुने साथ हुन्छ ……

जब रिसले मुख मोड्छौ झनै मनले तिमीलाई खोज्छ
जब शंका तिमीले गर्छौ अझै माया पाए झैँ लाग्छ ……. Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : विज्ञापन

~त्रिभुवनचन्द्र वाग्ले~

रुँदारुँदै उसको आँशु सकियो । जलिरहेको आमाको चिता हेर्दै ऊ त्यहाँबाट उठेर हिड्यो । कहाँ गयो ? कसैलाई चासो भएन । आमाको तेह्रौ नसकिदै ऊ बेपत्ता भयो तर उसले गाउँ र गाउँलेलाई नजिकबाट हेरिरह्यो । आमाको वार्षिकीमा ऊ गाउँ गयो । कसैको सहयोग पाएन । सामान्य तरिकाले वार्षिकी सक्यो । उसको घर भत्केको थियो । कसैले आज यतै बस् भन्छन् कि भनेर ऊ दुईचार घर पुग्यो । कोही उसलाई आफ्नो घरमा बसाउन तयार भएनन् ।

खण्डहर घरको ढिकिरीको पुच्छारतिर उसले निदाउने प्रयास ग-यो । सजिलैसँग निद्रा आएन । सम्झियो, आमालाई । भनिथिन् आमाले ‘धान कुट्दै गर्दा तँ यहीं जन्मेको होस्, ढिकिरीको ओखलमा त घान पर्छ, तँ भोकै मर्दैनस् । कतिखेर निदायो ऊ, थाह भएन । भोलिपल्ट ब्यूझदा उसको आडमा कुकुर थियो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : लुकि-लुकी भेट्छन !

~एकु घिमिरे~eaku-ghimire

भेट्नुहुन्न त्यसलाई भन्छन्,लुकि-लुकी भेट्छन !
निहुरिन छोड्यौं भन्छन्,झुकि-झुकी भेट्छन।

टाढा हुँदा बिरोध गर्छन्,नजिक हुँदा पाउ पर्छन !
मर्यदाक्रम बिर्सिएर ढुकि-ढुकी भेट्छन। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : गर्भदानकर्ताहरुलाई रक्तमुच्छेल गर्भेणाको पीडामिश्रित साधुवाद

~पूर्ण ओली~Purna Oli

(५)

मैले वनासिसजस्तै कलाक्षेत्रबाटै धनी हुने बच्चा जन्माउन खोजेको होइन !
राजेश हमाल र रेखा थापालाई मात गर्ने कलाकारलाई जन्माउन पनि सक्तिन म !
म लैला मजनुको प्रेमलाई मात गर्ने प्रेमलाई जन्म दिन सक्तिन !

मभित्र शेक्सपियरको संवादलाई बिर्साउने कुशल वक्ताको भ्रुणको विकास भएको छैन भन्ने कुरामा पनि निश्चिन्त छु ! Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : कोशिस गरें !

~सजना गुरुङ~Sajana Gurung

आशाको संघारमा चोटहरु भेट्दा बेहुली मनलाई सम्झाई हाँस्ने कोशिस गरें !
धोका थियो सिन्दुरको साइनो मेरो तै पनि नविन नाता गाँस्ने कोशिस गरें !

प्रेमहिन, आत्मियता हिन मुलाहिजी र मिथ्या थियो बैबाहिक सम्बन्ध,
माइती, घरको इज्जत धान्न कर्तव्यको इशारामा नाँच्ने कोशिस गरें ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अब के गर्ने होला?

~दिनेश अधिकारी~Dinesh Adhikari

ऊ अन्धो थियो
सडकको पेटीछेउमा बसेर
दिनभरि भजन गाइरहन्थ्यो
आउँदा-जाँदा
म उसलाई देख्थेँ
ऊ-
सायद आफ्नो आँखाहरुमा
एकछत्त अँध्यारो हेरिरहन्थ्यो

कुनै एक दिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हतारको हाताभित्र

~दिनेश अधिकारी~Dinesh Adhikari

झण्डा हल्लाएर कसैले
लाग्छ, रेल छुट्न लागेको सङ्केत दिइरहेछ
र, मान्छेहरु त्यसलाई समात्ने हतारमा छन्
भर्खरै कसैले
लाग्छ, सिङ्गै सहर
भुइँचालोग्रस्त हुँदै गरेको खबर सुनाएको छ
र, मान्छेहरु भयभीत भागिरहेछन्
अथवा-
लाग्छ, यहाँ यत्तिखेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हट् घोडा हट् !

~दिनेश अधिकारी~Dinesh Adhikari

ममाथि पिठ्यूँमा बसेर हात उठाऊदै
यत्तिखेर–
मेरो सानो छोरो
तोते बोलीमा ‘हत् घोरा हत्’ भनिरहेछ
र, चार हात-खुट्टाहरु टेकेर
म, घोडा भाँतीमा घोप्टिएको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सिपाही

~दिनेश अधिकारी~Dinesh Adhikari

पर्ख ! अहिल्यै हातका खनखनाउँदा चुराहरु नफोर
बच्चा-मुख आमा-छातीमा टाँसिनुको भाँतिमा
चुल्ठीमा अल्झेको लालीगुराँस
तिम्रो यौवनलाई असाध्यै सुहाएको छ
सिन्दूर पखालेर- Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध

~दिनेश अधिकारी~Dinesh Adhikari

औपचारिक रुपमा
सम्बन्ध बिच्छेद पछि
तिमीसँगको मेरो सम्बन्ध
झनै प्रगाढ भएर आएको छ

हामी जव सँगै थियौ-
सबै उस्तै र एकनास थियो
उही आकाश, उही परिवेश Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शासक र तर्क

~दिनेश अधिकारी~Dinesh Adhikari

उ भनिरहेथ्योः
अनुशासनहीनताको पनि एउटा हद हुन्छ
म यो देशको शासक पो हूँ त
मेरो अनुमति विना नै
खोलामा लहरहरु उठिरहेछन्
आफु खुसी फक्रिरहेछन् कोपिलाहरु
बिना हिचकिचाहट नाँचिरहेछन्
हाँगा/हाँगामा फूलका पातहरु, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विभाजित मृत्यु

~दिनेश अधिकारी~Dinesh Adhikari

देख्नेहरुका लागि
ऊ मर्‍यो र
उसँगै-
उसका जवाफदेही र जिम्मेवारीहरु मरे
असफलता र पीडाहरु मरे
यात्रा र थकानहरु मरे
रोग र औषधिहरु मरे Continue reading →

Posted in कविता | Tagged | Leave a comment